अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
हेभी सवारी चालक तालिम सुरू
२०८३-०५-१७काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १७ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान २२ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-१७सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २० वर्षीय रमेश कुमार साह, सोही नगरपालिका-३ बस्ने २३ वर्षीय अजय ठाकुर र सर्लाही हरिपुर्वा नगरपालिका-६ हरिपुर्वा घर भएका २४ वर्षीय राज कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ । कास्की, पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ४४ वर्षीय जयराज सुनारलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १० एम्पुल र डाइजेपाम ९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम र नगद ८ हजार १ सय ९० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश चौधरी र कैलाली गोदावरी नगरपालिका-५ घर भएका २२ वर्षीय सुशिल चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम र नगद ५ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय जस्टिम सिंहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगपालिका-२० चन्द्रनगर रानीपोखरी बस्ने ४१ वर्षीय अमिर गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौली समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ट्याब्लेट सहित पर्सा बहुदरमाई नगरपालिका-६ बस्ने ३१ वर्षीय ललन महरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको बा.प्र ००७ ख ०५६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२० गायत्रीनगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२० मनिकापुर बस्ने ३० वर्षीय अकतर अली दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा २ लाख ५६ हजार ९ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले सोही ठाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१३ भरैया बस्ने २७ वर्षीय दिपक थारूलाई समेत पक्राउ गरेको छ । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२ बस्ने १९ वर्षीय दिपक यादव र सोही उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय दिपक ठाकुर रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध गाँजा १७ किलो १ सय ४० ग्राम सहित भारत सुपौल पञ्चायत फत्तेपुर-१ बस्ने २१ वर्षीय दिपक कुमार पोदारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना.६० प ५३९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, दुहबी नगरपालिका-११ नहर चोकबाट अवैध लागूऔषध गाँजा २८ किलोग्राम सहित देवानगंज गाउँपालिका-३ बस्ने २३ वर्षीय एम.डी. जावेद मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबी समेतबाट खटिएको प्रहरीले नहर चोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को.२१ प ७९८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-१७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ओखल मोलुङ नगरपालिका-१७ घर भएका ३३ वर्षीय यज्ञ बहादुर तामाङ र काठमाडौं महानगरपालिका-४ बस्ने बागलुङ बडिगाड गाउँपालिका-३ बस्ने ३० वर्षीय सुजेन घर्ती मगर रहेका छन् । पक्राउ मध्ये यज्ञ बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र सुजेनले हंगेरी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञ बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट र सुजेनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- खरिद प्रकृया रद्द गरिएको सूचना (२०८३-०५-१७)
- बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०५।१७ गते १२;५०बजे सम्म ।
- अच्युत-मिना अमर प्रहरी पुरस्कार छनौट समितिको सूचना (२०८३-०५-१६)
- खरिद प्रकृया रद्द गरिएको सूचना (२०८३-०५-१६)
- प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)
- प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना (२०८३-०५-०५)
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-२५)
रिपोर्ट तथा प्रकाशन