प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ

२०८३-०४-११

  • A
  • A-
  • A+
Share

उदयपुर, १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तोयाहाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

मोरङ, १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका-९ बस्ने २१ वर्षीय सुमन कुमार साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२५

पाल्पा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगीस्थित मोटरसाइकल वर्कशप संचालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण थाना दरपा गम्हरिया पोष्‍ट गम्हरिया ग्राम गम्हरिया कला घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महतोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२२

बर्दिया, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  बाँके, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रूपलालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।