प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

सर्लाही, पर्सा गाउँपालिका-३ बाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित ईश्वरपुर नगरपालिका-३ बस्ने २३ वर्षीय बिजय महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीलाई  देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलका चालकले मोटरसाइकलमा सवार बिजयलाई झोला सहित छोडी फरार भएपश्चात प्रहरीले झोलाबाट उक्त गाँजा फेला पारी बिजयलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ बस्ने २५ वर्षीय हेमराज परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-११ ओदारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका-७ बनगाई बस्ने २१ वर्षीय सन्तोष थापा र पाल्पा तिनाउ गाउँपालिका-३ बस्ने ३० वर्षीय बिशाल कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ आउँदै गरेको लु.९७ प ११४ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बिशाल र मोटरसाइकलमा सवार सन्तोषलाई पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-५ लवली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष बमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही, सैनामैना नगरपालिका-८ बाँसगदीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण थारू र २७ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.८३ प ७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-३१

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ हजार ९ सय ट्याब्लेट सहित काठमाडौं महानरपालिका-१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २६ वर्षीय राजु मिजारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खालि जग्गामा रोकी राखेको युपि ७८ सिबि ९८३५ नम्बरको कार तलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २८ वर्षीय हिमाल खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा पुल नजिकैबाट नियन्त्रित लागूऔषध नोफिन ३ एम्पुल,  डाइजेपाम ६ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ७ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र मोबाइल १ थान सहित काठमाडौं जडिबुटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१६ भोरलेनी घर भएका २९ वर्षीय अमन तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको   छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय पहल मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-९ आमबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विवेक लिम्बुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०२-३०

कपिलवस्तु, मायादेवी गाउँपालिका-१ सिमरौटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८८ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद कुमार पाण्डे र सोही गाउँपालिका-८ बस्ने ३५ वर्षीय श्याम सुन्दर यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले फुलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु.९५ प ६०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय २० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-१० बस्ने ३३ वर्षीय अर्जुन कटुवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटरमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न उदयपुर कटारी नगरपालिका-२ बस्ने ३३ वर्षीय सुमन माझिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २ ट्याब्लेट र कोलिवान ९२ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २३ वर्षीय दिपेश जैसवाल र सोही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय राम आङला लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ राधेराधेबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ४६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित भक्तपुर पुरानोठिमी बस्ने खोटाङ घर भएका २६ वर्षीय केवल राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ निकोशेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ कुण्डोल बस्ने २२ वर्षीय रिकेश थापा, सोही नगरपालिका-६ कुण्डोल बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भएका ३२ वर्षीय तारा बहादुर भारती र काठमाडौं चन्द्रागिरी नगरपालिका-७ थानकोट बस्ने २२ वर्षीया रेश्मा ठकुरी रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ बानियाभार एकान्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय गुड्डु दमाई र ५१ वर्षीय अकुव खाँ पठान रहेका छन् । प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-९ फूलबारीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७ एम्पुल, फेनारगन ७ एम्पुल, डाईजेपाम ५ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय क्षितिज तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।   कञ्चनपुर, पुनर्वास नगरपालिका-४  जमुनाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, नरहा गाउँपालिका-३ चौहर्वा चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाईट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-३ बस्ने २३ वर्षीय उमेश कुमार साह र सोही नगरपालिका-४ बस्ने १९ वर्षीय सलम खान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ६२ वर्षीया संगमाया स्याङ्वोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले गैरीगाउँबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००२ स ४१५१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०२-२९

तनँहु, आँबुखैरैनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-४ बस्ने १९ वर्षीया सुशिला सुनार र २० वर्षीय सुवास परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.-०२-०२६ प १०३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अर्नमा गाउँपालिका-३ घर भएका २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका-८ कसहा घर भएका २२ वर्षीय संतोष कुमार महतो र  औरही गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन कुमार साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २४ वर्षीय बिमल कुमार महतोले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले बिमलको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम फेला पारी बिमललाई समेत पक्राउ गरेको छ । सल्यान, त्रिवेणी गाउँपालिका-६ लुहामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय अबिषेक नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश आले मगर रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लु.३४ प ६७६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रिसव चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-४ जोरसालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने ३० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-१ बस्ने झापा बिर्तामोड घर भएका ३४ वर्षीय रोहित न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तिपुर बस्ने २७ वर्षीया नन्दा श्रीमाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-९ गरगरेबाट नियन्त्रित लागूऔषध फेनारगन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल, नोर्फिन २४ एम्पुल र नगद ३६ हजार १ सय ४० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय बहादुर सोमै मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले बा.२८ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०२-२९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित सिराहा बिष्णुपुर गाउँपालिका-३ घर भएका २१ वर्षीय अमन यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपहानगरपालिका-१६ जोरसखुवा भूमीपथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोहित बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८२-०२-२८

काठमाडौं, टोखा नगरपालिका-३ स्थित ग्राण्डी अस्पतालको पछाडिबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेस्ट बंगाल ईस्लामपुर-११ घर भएका ४० वर्षीय साशिक आलम र भारत बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम रहेका           छन् । काठमाडौं उपत्यकामा लामो समयदेखि लागूऔषध खैरो हेरोइनको खरिद बिक्री तथा ओसारपसारको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट भारत पठाना दानापुर घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा साशिक र मोहमद मन्जुरसँग बिक्री गर्नको लागि खैरो हेरोइन रहेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो । साथै नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी फलामको रड प्रहार गरे पश्चात प्रहरीले आत्मरक्षाको लागि गोली फायर गर्दा दुबै जना घाइते भएका थिए । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी समेत ५ जनालाई मंगलबार राति प्रहरीले  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ मनहरा बस्ने २० वर्षीय कमल रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने अर्नमा गाउँपालिका-३ हरकट्टा घर भएका २० वर्षीय राकेश कुमार महतोलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गोल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय श्याम कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोल चोकबाट सैनिक चोकतर्फ जाँदै गरेको मधेश प्रदेश-०१-००४ प ८३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-७ शिवालय मन्दिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने १९ वर्षीय प्रवेश लिम्बु र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय सुजन कार्कीडोली रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवापुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २२ वर्षीय अनिस थापा, हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रशान्त भन्ने तेजन स्याङ्तान र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय एलिश लुङ्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद २२ हजार ५ सय १० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने कैलाश गाउँपालिका-९ घर भएका १९ वर्षीय निश्चल लामा नेगी र सोही उपमहानगरपालिका-९ डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-६ घर भएका २० वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।