प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८१-१०-१५

  • A
  • A-
  • A+
Share

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८९ एम्पुल, फेनारगन ८९ एम्पुल र बुप्रेनोर्फिन ८९ एम्पुल सहित लमजुङ बेशीसहर नगरपालिका-८ बस्ने २४ वर्षीय प्रविन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.२ ख २००४ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१३ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित रोहिणी गाउँपालिका-१ बस्ने २५ वर्षीय अतहर खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एएस ७६७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुर्खेत, पन्चपुरी नगरपालिका-५ बाबियाचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-५ चतुरे बस्ने २९ वर्षीय झंकर थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ स्याउली बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामोल ३ सय ५ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका-५ श्रीपुर बस्ने २० वर्षीय अमिर थिङ र सोही गाउँपालिका कर्मचुली बस्ने २० वर्षीय सन्देश राई रहेका छन् । प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००२ प १५८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ग्राम सहित कैलाश गाउँपालिका-९ नामटार घर भई हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ४० वर्षीय कुमार सिंह गोलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३-००५ प ९२८४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ दाबिलेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही उपमहानगरपालिका-१८ मानेडाँडा बस्ने २७ वर्षीय सुमन गोङ्वालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहागनरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१० बस्ने ३० वर्षीय गौरव शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चप्परगौडी पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय रोनित राणालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-६ बस्ने १९ वर्षीय अर्जुन सुनार समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, सोही नगरपालिका-९ बस्ने १९ वर्षीय पुरन बिक र सोही नगरपालिका-८ बस्ने २२ वर्षीय करन गुरङ रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले सुरेन्द्रको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

स्याङ्जा, पुतलीबजार नगरपालिका-१ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ट्याब्लेट सहित रूपन्देही घर बताउने १९ वर्षीय अंगत सेन्चुरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७४२ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो २५ ग्राम सहित शिवराज नगरपालिका चन्द्रौटा बस्ने रूपन्देही देवदह नगरपालिका-९ शितलनगर घर भएकी ३० वर्षीया सरस्वती विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाँछी बस्ने ३१ वर्षीय सन्तोष परियार र सोही उपमहानगरपालिका-१६ बस्ने  २० वर्षीया अनुष्का श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामानिल ५ सय ३२ ट्याब्लेट र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सन्तोषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-३ गौधारास्थित वनेम मेडिकलका संचालक ४१ वर्षीय सुरज वनेम र उनकै श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामोल २ हजार ट्याब्लेट र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त मेडिकलमा लागूऔषध विक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मेडिकल तलासी गर्दा कार्टुनभित्र लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०३-०३

पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित ड्राईपोर्ट परवानीपुर सडकखण्डबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ९ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ बस्ने ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्र बहादुर थामी रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो तलासी गर्दा प्लाष्टिकले बेरिएको ८ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक सुभाष र बोलेरोमा सवार छत्र बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०३-०३

कैलाली, कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-८ मालभंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कनकाई नगरपालिका-५ र ६ को सिमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ घैलाडुब्बा बस्ने २६ वर्षीय पवन कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ७ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१४ बस्ने २४ वर्षीया सोनी खाती र झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बस्ने ६० वर्षीया सिता राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय अविनय खतिवडालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले कलमडाँडाबाट लामसुरेतर्फ जाँदै गरेको ना.२ ह ३५७० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अविनयलाई पक्राउ गरेको हो  ललितपुर, गोदावरी नगरपालिका-११ शेराफाँटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ ढोललाहिटी बस्ने ओखलढुंगा घर भएका ३२ वर्षीय मिलन सापकोटा र बागलुङ घर भएका २८ वर्षीय मनिष पुन रहेका छन् । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले प्रदेश ३-०२-०१२ प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी, सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय बिरेन्द्र कुमार चौधरी, धरान उपमहानगरपालिका-५ डेरा गरी बस्ने मोरङ लेटाङ नगरपालिका-३ घर भएका २८ वर्षीय अभिशेक विक र २८ वर्षीय संजिप विक, मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने १९ वर्षीय बिकाश राई, १९ वर्षीय निसान सरदार, मोरङ कटहरी गाउँपालिका-५ बस्ने १९ वर्षीय निरज राम र सुनसरी बर्जु गाउँपालिका-५ बस्ने ३३ वर्षीय जितेन यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले राजेश र बिरेन्द्रलाई ३ ग्राम ३ सय ६० मिलिग्राम, अभिशेक र संजिपलाई ९ ग्राम ८ सय २० मिलिग्राम, बिकाश र निसानलाई ५ सय ७० मिलिग्राम, निरजलाई १ ग्राम ७० मिलिग्राम र जितेनलाई ६ सय ८० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो १ सय ८५ ग्राम सहित सोही महानगरपालिका-६ जरेबर बस्ने तनहुँ घर भएका २१ वर्षीय संगम गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको ग.८ प ४८४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ कैलाश टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय ४३ एम्पुल, फेनारगन २ सय ३८ एम्पुल र बुप्रेनोर्फिन २ सय ३४ एम्पुल सहित सोही ठाउँ बस्ने ७३ वर्षीय अमर हमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०३-०२

कैलाली, कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-५ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ५० वर्षीय तमिज आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२२ झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ६ सय ग्राम सहित सोही उपमहानगरपालिका-२२ चकरी बस्ने ३० वर्षीय नाईस बाबु तामाङ समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले चकरीबाट अमलेखगंजतर्फ आउँदै गरेको ना.२ ह ११६० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, मधुवन नगरपालिका-५ स्थित १७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही नगरपालिका-५ गाउँ नम्बर ९ शान्तिपुर टोल बस्ने २३ वर्षीय रमेश चुदारालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०३-०२

सिराहा, गोलबजार नगरपालिका-७ चहोर्वाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय १५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार र भारत पटना धनरूवा ग्राम पंचायत बस्ने ३० वर्षीय रोहित कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले धर्मपुरबाट चहोर्वातर्फ आउँदै गरेको नम्बर प्लेट नभएको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रमममा गोलबजार नगरपालिका-१० बस्ने ६० वर्षीय छक बहादुर सुनुवारको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २२ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ । रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-२ सिम्रुत बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय कमल पुन र २० वर्षीय राजन पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले बिमैचाबाट सिम्रुत बजारतर्फ आउँदै गरेको भे.१२ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बगुवा बस्ने ४५ वर्षीय योगेश न्यौपानेलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ९० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ गणेश लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३३ वर्षीय बिक्रम उदासलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याबलेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सप्तरी कञ्चनरूप नगरपालिका-९ बस्ने २१ वर्षीय शिवनारायण महत्तो र २४ वर्षीय प्रदिप यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय सरोज तामाङ, ३४ वर्षीय मोहन परियार, सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय सुमन पासवान, सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिपेश राना मगर र २२ वर्षीय सक्षम केसी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, धनपालथान गाउँपालिका-४ कर्सियाबाट अवैध लागऔषध गाँजा करिब ८ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो  ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-३ बस्ने ३१ वर्षीय कमल कुमार राम, पथरी शनिश्चरे नगरपालिका-८ बस्ने २५ वर्षीय शंकर माझी र सुनसरी दुहबी नगरपालिका-८ बस्ने २५ वर्षीय संदिप कार्की रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-३ भोटे पुल बस्ने २७ वर्षीय बीरगंज आङदम्बेलाई नियन्त्रित लागूऔषध स्पारेष्ट ९६ ट्याब्लेट र ट्रामाडोल ९५ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिगग्राम सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने सोही नगरपालिका-३ घर भएका ३९ वर्षीय गणेश प्रसाद ओलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्र.१-०१-००३ ह ०४०८ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गणेशलाई पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९० मिलिग्राम सहित दमक नगरपालिका-३ बस्ने २७ वर्षीय बिकास भुजेल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ४ प ५७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ गिरूबारीबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र नगद २३ हजार ९ सय ७८ रूपैयाँ सहित मध्यबिन्दु नगरपालिका-९ बसन्तपुर बस्ने २५ वर्षीय आशिस मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले कावासोताबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.३८ प ५६०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ८० मिलिग्राम सहित झापा कनकाई नगरपालिका-९ बस्ने ३७ वर्षीय फुर्साङग पाख्रिन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६६७२ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम, १ लाख ४३ हजार नेपाली रूपैयाँ, ९ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित कृष्णपुर नगरपालिका-५ बस्ने २३ वर्षीय राजेश राना समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४३ जना पक्राउ
२०८३-०३-०१

काठमाडौं महानगरपालिका-७ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट र नगद ७ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ५० वर्षीया सरस्वती श्रेष्ठ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सरस्वतीको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-७ बस्ने ४० वर्षीय सुरज ढकाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ६४ मिलिग्राम र नगद १ लाख १ हजार ९ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९९७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्राम सहित कमल गाउँपालिका-३ बस्ने ३१ वर्षीय धनुश सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । यसैगरी झापा, भद्रपुर नगरपालिका-४ तारानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ गरामनी बस्ने ३७ वर्षीय सुरेश सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ९४५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ डाँसपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय चेतन भन्ने संजय दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-३ सुतैयास्थित फुटबल ग्राउण्ड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भएका २६ वर्षीय समिर शाही र भारत बहराइज केवलपुर सकिन नगर रूपैडिया बस्ने ४३ वर्षीय गोपी निसार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ शिव मन्दिर नजिक बस्ने २८ वर्षीय कृष्ण कुमार थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम, नगद ४० हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कृष्ण कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१७ थुकैला गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ६३ ग्राम ५ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिहा नई बस्ती बस्ने ४० वर्षीय मो. रिजवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० क्यू ८९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैयापुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले से.४ प ७४८१ नम्बरको मोटरासइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय २० मिलिग्राम सहित रामधुनी नगरपालिका-१ बस्ने ३२ वर्षीय अजय चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले को.२१ प ५६५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएकी २५ वर्षीया बिष्णु तामाङ, धनकुटा घर भएकी सरू परियार, मोरङ घर भएकी २६ वर्षीया बिमला लिम्बु, सुनसरी घर भएका २६ वर्षीय युसुब शेख र मोरङ घर भएका ४० वर्षीय जोजो लामा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३ मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने ३२ वर्षीय गोपाल जोगी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३३ वर्षीय सुनिल चौधरी, धरान उपमहानगरपालिका-१७ बस्ने ३२ वर्षीय धनजित राई र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-१२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय पवन सिटौला र मिक्लाजुङ गाउँपालिका-७ बस्ने २६ वर्षीय अभिषेक थापा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ सन्ताउन्नबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १५ एम्पुल, बुप्रेनोर्फिन ४ सय १५ एम्पुल र प्रोमेथाजाइन ४ सय १५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोपी लोनियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ बनस्पती घर भएकी २२ वर्षीया निर्मला मोक्तान समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निर्मलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सौगात खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, बाग्मती नगरपालिका-२ धरहरा बस्ने ३० वर्षीय पवन लामाको घरबाट नियन्त्रित लागूऔषध स्पास्मो १० ट्याब्लेट र स्पारेष्ट ६ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती नगरपालिका-२ डुम्री टोल बस्ने ३१ वर्षाया अर्जुन सिङ्तान र मकवानपुर मनहरी गाउँपालिका-६ पर्ता टोल बस्ने २० वर्षीया एलिना तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । प्रहरी हाल फरार पवनको खोजी गरिरहेको छ । दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित कोशेली खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २७ हजार ७ सय ५ रूपैयाँ सहित खाजा घरका संचालक रोल्पा रून्टिगढी गाउँपालिका-१ घर भएकी ५० वर्षीया मिना घर्ती समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । इलाम, माई नगरपालिका-४ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २४ वर्षीय पदम बुढा क्षेत्री, २४ वर्षीय प्रकाश अधिकारी र सूर्योदय नगरपालिका-१ बस्ने ३० वर्षीय हिरण शंकर रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले बिर्तामोडबाट दानाबारीतर्फ आउँदै गरेको मे.११ प ८५३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।