प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-२० चिमफुले खोलाबाट अवैध लागूऔषध गाँजा २ सय २५ किलोग्राम सहित  धनकुटा साँगुरीगढी नगरपालिका-९ घर भएका ४३ वर्षीय हरि कुमार राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले विष्णुपादुकाबाट रेल्वेतर्फ जंगलको बाटो हुँदै आउँदै गरेका भरियाहरूलाई जाँच गर्न खोज्दा उनीहरूले बोकेको बोरा फालेर भाग्ने क्रममा उनीहरूमध्ये हरि कुमारलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ४१ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने २७ वर्षीय सुनिल मोक्तान र मकवानपुर भीमफेदी गाउँपालिका-३ बस्ने २० वर्षीय हर्क रूम्बा रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र ०३-००३ प ३१२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-१ रत्नराजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित दैलेख दुल्लु नगरपालिका-१० बस्ने २५ वर्षीय शिव शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही गाउँपालिका-१ बस्ने २१ वर्षीय याम बहादुर बुढासँग किनेको खुल्न आएपश्चात  उनको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

कैलाली, घोडाघोडी नगरपालिका-१ शान्तिनगर बस्ने ३१ वर्षीय मिन बहादुर बुढामगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ९० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-१९ लक्ष्मी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय तिलक लामा र २४ वर्षीय सुनिल गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले ना.३७ प ४६७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर धर्मपथबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पाल्पा रम्भादेवी गाउँपालिका-३ हुमिन घर भएका ३५ वर्षीय गणेश कवर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०३-१०

झापा, बिर्तामोड नगरपालिका-३ भाटभटेनी छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम र नगद १३ हजार २ सय ६० रूपैयाँ सहित अर्जुनधारा नगरपालिका-५ बस्ने ५० वर्षीय भरत मोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८५६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा चालक भरतको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१७  बस्ने २० वर्षीय अरमान मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०३-१०

कैलाली, धनगढी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-१६ बस्ने सुरेश बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ डाँडावनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ३० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ राजिपुर बस्ने ३३ वर्षीय संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, कैलारी गाउँपालिका-७ हौसलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय मिलिग्राम सहित भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने ४७ वर्षीय हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१६ बस्ने ३८ वर्षीय प्रकाश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, राप्ती गाउँपालिका-१ आँपखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय राज विश्वकर्मा र सोही गाउँपालिका-१ नयाँबसपार्क बस्ने २८ वर्षीय योगेश पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले राजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ लखुवार बस्ने ३५ वर्षीय बसन्त डिसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ ट्राफिक रोडस्थित होटलबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात उक्त होटल तलासी गर्दा होटलमा बसिरहेका सोही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने २५ वर्षीय गोपाल चौधरी, बंगलाचुली गाउँपालिका-८ स्वामिघाट बस्ने २७ वर्षीय शरद कुमार खत्री र २३ वर्षीय निम बहादुर खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित फेला पारी प्रहरीले पक्राउ गरेको   छ । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ सरस्वती गार्मेन्ट टोल डेरा गरी बस्ने रोल्पा घर भएका ३१ वर्षीय महेन्द्र रोका मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१० बस्ने २३ वर्षीय मो. कलाम मन्सुरी र लहान नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र ०१-००५ प ०९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, कञ्चन गाउँपालिका-४ भैरवघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका-४ बस्ने ३८ वर्षीय यकेश्वर पुन र ३८ वर्षीय प्रकाश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।अर्घाखाँची, शितगंगा नगरपालिका-१२ हिलेखोला बस्ने ५२ वर्षीय मान बहादुर रोकाहालाई अवैध लागूऔषध गाँजा ८ सय ४७ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र डाइक्लोमाइन १४ ट्याब्लेट सहित भोजपुर षडानन्द नगरपालिका-१३ बस्ने २७ वर्षीय अनिल पुलामी मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दार्चुला, महाकाली नगरपालिका-४ मोहतीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १३ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने दुहु गाउँपालिका-४ घर भएका ४३ वर्षीय राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-६ बस्ने २४ वर्षीय किरण तिरखाती र २१ वर्षीय सुदिप टमटा रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६८ ट्याब्लेट सहित कालिकोट खाँडाचक्र नगरपालिका-६ बस्ने २२ वर्षीय गणेश शाहीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २७ वर्षीय योगी धामी, २३ वर्षीय प्रकाश भण्डारी, सोही नगरपालिका-१ भाँसी बस्ने २३ वर्षीय बालचन्द्र धामी र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय गणेश बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  झापा, झापा गाउँपालिका-४ सुकुमबासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ बस्ने ३९ वर्षीय सुर्दशन डांगी, शिवसताक्षी नगरपालिका-११ बस्ने २४ वर्षीय राम दर्जी, गौरादह नगरपालिका-९ बस्ने २४ वर्षीय बिजय मुर्मु र इलाम इलाम नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय प्रमेश रत्नेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने ३३ वर्षीय सागर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उप-महानउरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१० घर ३३ वर्षीय आशिस मगर र उनकै श्रीमती २२ वर्षीया ममता माझी (मगर) रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ६ सय ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत चित्रकोट नगर जयपुर राजस्थान घर भएका ४१ वर्षीय अरपित वशल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-५ ईमिलिया बस्ने २६ वर्षीय तिर्थु रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-२ बगौरा बस्ने ३३ वर्षीय प्रदिप थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-२ खरबिन्द्र टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ३५ एम्पुल, बुप्रेनोर्फिन १ सय ३५ एम्पुल र फेनारगन १ सय ३५ एम्पुल सहित सोही गाउँपालिका-१ हनुमान गडिया बस्ने ३८ वर्षीय बिर्जु यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६६ ट्याब्लेट र  अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २७ वर्षीय अजय कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०५२ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ बङ्गलामुखी मन्दिर नजिक बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन ३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२६ ठमेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट, स्पास्पेन ४ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २३ वर्षीय निशान्त सुन्दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-८ जाँते तेलीखोला झोलङ्गेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सोही नगरपालिका-६ सुकेचौरी बस्ने २१ वर्षीय निउस राई समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले को.२२ प ६४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ मयुरधाप बस्ने २६ वर्षीय प्रनिक कार्की समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १३ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राकेश नेपाली र १९ वर्षीय आशिष विष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१६ अमहवास्थित जङ्गलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७० एम्पुल, फेनारगन ७० एम्पुल र बुप्रेनोर्फिन ७० एम्पुल सहित सोही ठाउँ बस्ने ४७ वर्षीय जलालुदिन चुरियारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-५ पन्थापाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय संतोष राजवंशी रहेका छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-२ रजवारा मिलन शिबिर बस्ने २५ वर्षीय रूकेश डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-३ सुन्दरवस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३५ वर्षीय अरूण खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २० वर्षीय कृष्ण परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२-००१ ख १००९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०३-०८

बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध अफिम १५ किलो ३ सय ४० ग्राम र नगद ३४ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ घर भएकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका-३ घर भएकी ४२ वर्षीया मिना रोकाया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेची बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-१ बस्ने १९ वर्षीय नुमसिक लिम्बुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम र नगद १९ हजार ५ सय रूपैयाँ सहित मेचीनगर नगरपालिका-१३ बस्ने २३ वर्षीय आशिष गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, भेरी नगरपालिका-४ रानागाउँ बस्ने ४२ वर्षीय पर्शुराम थापालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७२ ग्राम ९ सय मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ बस्ने २५ वर्षीय अमन लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-२१ लकडिगोठबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२ ग्राम ३ सय मिलिग्राम सहित भारत मधुवनी पदमाहा ग्राम पञ्चायत-२ जोगिया टोल बस्ने २८ वर्षीय छोटु भन्ने रंजित कुमार पासवान समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरी भाग्न खोजे पश्चात प्रहरीले गोली प्रहार गर्दा रंजित घाइते भएका थिए । घाइते रंजितको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दी बस्ने २३ वर्षीय निश्चल कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७० वर्षीया सरातुन खातुन र उनकै बुहारी २० वर्षीया सेविका सरदार रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जनताबस्तीस्थित पिपलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट, स्पास्पेन १ सय २७ ट्याब्लेट र नगद २ हजार ७० रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश मादेन समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ देवीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय माकुने भन्ने राज कुमार तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३ मिलिग्राम सहित ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ फाप्ला क्रिकेट ग्राउण्ड नजिकैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ ग्राम ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय बेनी माधव खड्का समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र गाँजा ४ ग्राम ३ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय अस्पात अन्सारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाजुरा, बडिमालिका नगरपालिका-९ अस्पताल लाइनबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ३० मिलिग्राम र गाँजा ४० ग्राम १ सय ९० मिलिग्राम सहित  गौमुल गाउँपालिका-४ बस्ने २४ वर्षीय पुरन रोकायालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-६ बस्ने २६ वर्षीय ललित बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।