प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय  ४८ ट्याब्लेट सहित काठमाडौं बागबजार बस्ने रामेछाप घर भएका ३२ वर्षीय शंकर थापा मगर समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १५ किलोग्राम सहित भारत रागवती हाउस कलिकेट केरला बस्ने ३४ वर्षीय रितेश कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । थाई एयर एशियाको उडानद्वारा थाइल्याण्डको बैङ्ककबाट नेपाल आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको एराइभल गेटनजिकैबाट नियन्त्रणमा लिइ तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८५ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय करण घर्ती मगर र २६ वर्षीय पवन केसी रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले करणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

पर्सा, बहुदरमाई नगरपालिका-६ भौराटार बस्ने ३३ वर्षीय अमेरिका प्रसाद साह गोढलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १३ किलोग्राम र अफिम जस्तो देखिने पदार्थ २ सय ५० ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-२ निकेतन गल्ली बस्ने २४ वर्षीय अफ्रोज सिद्धिकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्पास्पेन १ सय २० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-११ बस्ने २९ वर्षीय आशिष राई र २९ वर्षीय आशिष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ६४२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित बेदकोट नगरपालिका-५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २१ मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय दिनेश बम समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-७ मिलनचोकस्थित मेडिकल संचालन गरी बस्ने कालिकोट तिलागुफा नगरपालिका-६ घर भएका ३२ वर्षीय नन्द बहादुर शाहीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम माई नगरपालिका-५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र झापा विर्तामोड नगरपालिका-५ बस्ने २३ वर्षीय राजिब चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित चकरी अमलेखगंज सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो १ सय ५० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ पशुपतीनगर बस्ने २८ वर्षीय गोविन्द श्रेष्ठ र सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २० वर्षीय सागर घलान रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०५४ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०३-१२

कञ्चनपुर, बेदकोट नगरपालिका-६ सिसैया बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-७ मन्दिरपुर बस्ने २६ वर्षीय सुनिल डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम र नगद ८ हजार ४ सय ४५ रूपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरील उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-७ बस्ने १९ वर्षीय भोज राज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
२०८३-०३-१२

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४२ वर्षीय टेक बहादुर थापा मगर र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २४ वर्षीय सन्त बहादुर बस्नेत रहेका छन् । पक्राउ मध्ये टेक बहादुरलाई ६ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट मंगलबार र सन्त बहादुरलाई ८० ग्राम खैरो हेरोइन सहित ललितपुर महानगरपालिका-७ बालकुमारीबाट बिहीबार पक्राउ गरेको   हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय २० मिलिग्राम सहित काठमाडौं कोटेश्वर बस्ने भारत बिहार पुर्वी चम्पारण-१७ परेउवा रौक्सौल घर भएका २९ वर्षीय नरेश कुमार ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ०५९९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिलो भंगालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका २८ वर्षीय जंग बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू काठमाडौं चुच्चेपाटी बस्ने २५ वर्षीय अर्जुन मास्के र ललितपुर सातदोबाटो बस्ने झापा घर भएका २४ वर्षीय बिशाल सुनुवार रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले प्र.३-०२-००२ प ४०२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित आनन खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय ५७ ट्याब्लेट सहित खाजा घर संचालिका सोही ठाउँ बस्ने मकवानपुर घर भएकी २५ वर्षीया गौरी देवी बलामी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण सुन्ताखानबाट अवैध लागूऔषध गाँजा २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अबिनाश खत्री समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    सुनसरी, धरान उपमहानगरपालिका-१७ फोकल्याण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ८५ ट्याब्लेट र कोलिवान ४ हजार १ सय ८५ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आङदावा तामाङ र १९  वर्षीय बुद्ध दर्जी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, रामधुनी नगरपालिका-६ सौरना बस्ने ४८ वर्षीय विजय राजधामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ ग्राम ९ सय ३० मिलिग्राम र नगद ६३ हजार ८ सय २० रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ भरौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८ ग्राम र नगद १ लाख ८२ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु धामी र ३६ वर्षीय रूद्र बहादुर सुवेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ सुब्बा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने रोशन श्रेष्ठ र अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित चुलाचुली गाउँपालिका-३ बस्ने २६ वर्षीय बिवेक राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-१० कालाखुट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय गोरू भन्ने नसरू मिया र ६० वर्षीया अक्लिमा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ रूपाटोल बस्ने ३२ वर्षीय ईन्द्र प्रसाद गिरी र सोही नगरपालिका-७ निलकण्ठ टोल बस्ने ३८ वर्षीया सन्जु खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-१० दनुवार बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अस्पात शेखलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पाँचथर घर भएका  २४ वर्षीय हितेश तावाहाङ र १९ वर्षीय निरोज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल लुईटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित सोही नगरपालिका-७ बोक्तोबारी बस्ने १६ वर्षीय बालकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१ कौसिलानजर बस्ने २६ वर्षीय जोग बहादुर विकलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० रामघाटबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २१ एम्पुल र नोर्फिन १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३२ वर्षीय विकास नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१६ याङकुली महाबिहार दौबाहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नगद ६ हजार ५० रूपैयाँ सहित सोही महानगरपालिका-११ बंगलामुखी ईखाछे बस्ने भक्तपुर घर भएका २१ वर्षीय दिप्सन दर्शनधारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-९ बस्ने ३० वर्षीय जिबन महर्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१० बस्ने ३४ वर्षीय साजन तण्डुकारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।  रूपन्देही, देवदह नगरपालिका-१० चरङगेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सागर परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ भेटघाट चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ४० ट्याब्लेट र डाइक्लोमाइन २ हजार २ सय ४० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २१ वर्षीय सुरज ऋषिदेव, २७ वर्षीय लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ बस्ने ४८ वर्षीय उमर हुसेन र सुनबर्सी नगरपालिका-२ बस्ने २२ वर्षीय सागर गनगाई रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय प्रेम योगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०३-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ सुन्दरबस्ती भंगालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ६० मिलिग्राम र नगद १२ हजार ४ सय ५ रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय राजेश कुवर र बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने चितवन घर भएका ३८ वर्षीय बनोद भट्ट रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पोखरिया नगरपालिका-९ सम्बारी घर भएका १९ वर्षीय तारिफ आलम र  बारा कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया घर भएका २३ वर्षीय लोकेन्द्र राम चमार रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ६४७ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २६ ग्राम ७ सय मिलिग्राम सहित ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २७ वर्षीय राजन राई, २८ वर्षीय अभिषेक भुजेल, २८ वर्षीय सुमन राई, ४० वर्षीय सन्देश राई, उदयपुर बेलका नगरपालिका-४ बस्ने २७ वर्षीय रबिन राई र उनकै श्रीमती १९ वर्षीया आयुषा राई रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ ह ८९९२ नम्बरको अटोका चालक राजन र अटोमा सवार अभिषेकलाई २ ग्राम ८ मिलिग्राम, प्रदेश १-०२-०४६ प ९०५४ नम्बरको मोटरसाइकलमा सवार रबिन र उनकै श्रीमती आयुषालाई १६ ग्राम ३१० मिलिग्राम र स.११ प ४१४० नम्बरको मोटरसाइकलमा सवार सुमन र सन्देशलाई ८ ग्राम ३ सय १० मिलिग्राम ब्राउसनगुर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा चोक डेरा गरी बस्ने २५ वर्षीय फुर्मा गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ लगुना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय शिशिर गुँरागाई र इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोल बस्ने रामधुनी नगरपालिका-५ घर भएका २५ वर्षीय बिमल लम्साल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को.२७ प ९४३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २३ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-७ बस्ने २७ वर्षीय सनम धिमाल र सोही गाउँपालिका-६ बस्ने २० वर्षीय प्रदिप दास रहेका छ्न् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ६३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । साथै प्रहरीले सोही ठाउँबाट हल्दिबारी गाउँपालिका-३ बस्ने १५ वर्षीय बालकलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको छ ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ खुकुरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सुनिल पासवान र २१ वर्षीय उदय पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-११ बस्ने ४५ वर्षीय रनधिर प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम, १३ हजार भारतीय रूपैयाँ र ८ हजार १ सय ४० नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ घन्टाघर बस्ने २५ वर्षीया प्रेयंका चौधरी र भजनी नगरपालिका-८ सोनाफाँटा बस्ने २२ वर्षीया कमला परियार रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ पबेराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुशान्त चौधरी र गौरीगंगा नगरपालिका-८ बस्ने ३३ वर्षीय हेइमन बखरिया रहेका छ्न् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बस्ने ३० वर्षीय मनकुमार मगर र २४ वर्षीय हर्क बहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २१ वर्षीय निरज चौधरी र २३ वर्षीय मनिष तामाङ रहेका छन् । अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, जानकी गाउँपालिका-६ दशेरी बिगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय इतवरीलाल गडरिया समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-४ मदाह बस्ने २९ वर्षीय अजय चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०३-१०

झापा, बिर्तामोड नगरपालिका-३ भाटभटेनी छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम र नगद १३ हजार २ सय ६० रूपैयाँ सहित अर्जुनधारा नगरपालिका-५ बस्ने ५० वर्षीय भरत मोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८५६ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा चालक भरतको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१७  बस्ने २० वर्षीय अरमान मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०३-१०

कैलाली, धनगढी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-१६ बस्ने सुरेश बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ डाँडावनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ३० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ राजिपुर बस्ने ३३ वर्षीय संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, कैलारी गाउँपालिका-७ हौसलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय मिलिग्राम सहित भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने ४७ वर्षीय हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१६ बस्ने ३८ वर्षीय प्रकाश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, राप्ती गाउँपालिका-१ आँपखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय राज विश्वकर्मा र सोही गाउँपालिका-१ नयाँबसपार्क बस्ने २८ वर्षीय योगेश पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले राजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ लखुवार बस्ने ३५ वर्षीय बसन्त डिसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ ट्राफिक रोडस्थित होटलबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात उक्त होटल तलासी गर्दा होटलमा बसिरहेका सोही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने २५ वर्षीय गोपाल चौधरी, बंगलाचुली गाउँपालिका-८ स्वामिघाट बस्ने २७ वर्षीय शरद कुमार खत्री र २३ वर्षीय निम बहादुर खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित फेला पारी प्रहरीले पक्राउ गरेको   छ । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ सरस्वती गार्मेन्ट टोल डेरा गरी बस्ने रोल्पा घर भएका ३१ वर्षीय महेन्द्र रोका मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१० बस्ने २३ वर्षीय मो. कलाम मन्सुरी र लहान नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र ०१-००५ प ०९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, कञ्चन गाउँपालिका-४ भैरवघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका-४ बस्ने ३८ वर्षीय यकेश्वर पुन र ३८ वर्षीय प्रकाश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।अर्घाखाँची, शितगंगा नगरपालिका-१२ हिलेखोला बस्ने ५२ वर्षीय मान बहादुर रोकाहालाई अवैध लागूऔषध गाँजा ८ सय ४७ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र डाइक्लोमाइन १४ ट्याब्लेट सहित भोजपुर षडानन्द नगरपालिका-१३ बस्ने २७ वर्षीय अनिल पुलामी मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दार्चुला, महाकाली नगरपालिका-४ मोहतीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १३ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने दुहु गाउँपालिका-४ घर भएका ४३ वर्षीय राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-६ बस्ने २४ वर्षीय किरण तिरखाती र २१ वर्षीय सुदिप टमटा रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६८ ट्याब्लेट सहित कालिकोट खाँडाचक्र नगरपालिका-६ बस्ने २२ वर्षीय गणेश शाहीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २७ वर्षीय योगी धामी, २३ वर्षीय प्रकाश भण्डारी, सोही नगरपालिका-१ भाँसी बस्ने २३ वर्षीय बालचन्द्र धामी र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय गणेश बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  झापा, झापा गाउँपालिका-४ सुकुमबासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ बस्ने ३९ वर्षीय सुर्दशन डांगी, शिवसताक्षी नगरपालिका-११ बस्ने २४ वर्षीय राम दर्जी, गौरादह नगरपालिका-९ बस्ने २४ वर्षीय बिजय मुर्मु र इलाम इलाम नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय प्रमेश रत्नेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने ३३ वर्षीय सागर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उप-महानउरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१० घर ३३ वर्षीय आशिस मगर र उनकै श्रीमती २२ वर्षीया ममता माझी (मगर) रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।