प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८२-०४-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ घर  भएका २९ वर्षीय मनिष खड्का, सोही नगरापालिका-१० घर भएका २५ वर्षीय सुजन रूम्बा, सोही नगरपालिका-४ डेरा गरी काभ्रे पनौती नगरपालिका-३ घर भएका २७ वर्षीय रबिन तामाङ, चन्द्रागिरी नगरपालिका-१० डेरा गरी बस्ने सिन्धुली घर भएका २२ वर्षीय बिक्रम साह शंकर र सोही नगरपालिका-८ घर भएका ३० वर्षीय साजन राउत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, सुनवर्षी नगरपालिका-९ डायनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिक्टी ग्राम पंचायत-१३ सहिदाबार बस्ने ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत-६  ऱहनीकट्टा बस्ने ३२ वर्षीय शेर मोहमद रहेका  छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झपडतलबाट डायनियातर्फ आउँदै गरेको बिआर ३७ एसी ६७९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनकुटा, शहिदभुमी गाउँपालिका-६ सुकेआलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २३ वर्षीय सुवास राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय नसिप मनिहारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-२ सानोपोखरा चोकस्थित चिया पसलबाट अवैध लागूऔषध गाँजा ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भिमफेदी गाउँपालिका घर भएका ४२ वर्षीया सरस्वती मुक्तान, भारत मोतिहारी बस्ने २३ वर्षीय सुल्तान खान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सरस्वतीको चिया पसलबाट उक्त लागूऔषध फेला सहित उनीहरूलाई पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ३ हजार ८ सय ट्याब्लेट, ट्रामाडोल १ हजार ८ सय ७० एम्पुल, Tramadol and Acetaminophen ४ हजार ५० ट्याब्लेट र डाइक्लोमाइन ९७ हजार ट्याब्लेट सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बिनोद र बिर्तामोड नगरपालिका-५ बस्ने ५० वर्षीय भानुभक्त खरेलले कोठा भाडामा लिई नियन्त्रित लागूऔषध भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी बिनोदलाई पक्राउ गरेको हो  । हाल फरार भानुभक्तको प्रहरीले खोजी गरिरहेको छ । 

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित लेकवेशी नगरपालिका-३ गोरामारे बस्ने २८ वर्षीय कृष्ण बहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ बस्ने २१ वर्षीया प्रतीक्षा रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, डाइजेपाम ९ एम्पुल र नोर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय राजेश लामा र सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय राम तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-५ लगनखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही महानगरपालिका-१२ लगनखेल थटी टोल बस्ने २९ वर्षीय रोजेश देउलालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल डेरा गरी बस्ने सप्तरी घर भएका २९ वर्षीय गौतम कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका ३० वर्षीय दिपु गोले र सोही नगरपालिका-१ बस्ने झापा घर भएका ३२ वर्षीय विनय उदास रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले दिपुको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३ एम्पुल, नोर्फिन १ सय ३ एम्पुल, फेनारगन १ सय ३ एम्पुल, ट्रामाडोल ८ सय ५० ट्याब्लेट, नाइट्राभेट २ सय १० ट्याब्लेट र नगद २८ हजार २ सय ५० रूपैयाँ सहित सूर्यविनायक दार्जलिङ हाइट बस्ने सिन्धुली घर भएका ३० वर्षीय प्रकाश पाख्रिनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१५ चोरसाँघुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८७ एम्पुल, फेनारगन ८७ एम्पुल र नोर्फिन ८७ एम्पुल सहित सोही ठाउँ बस्ने ५५ वर्षीय हेमकमल केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-२७ तालचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १५ एम्पुल, फेनारगन १ सय १५ एम्पुल र बुप्रेनोर्फिन १ सय १५ एम्पुल सहित सोही नगरपालिका-२७ रिठ्ठेपानी बस्ने सिन्धुली घर भएका २९ वर्षीय भरत घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरीले कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  साथै प्रहरीले उनले प्रयोग ग.७ प ७२४१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर,  लालझाडी गाउँपालिका-५ गडबिजलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ४ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका-५ बस्ने सन्तोस विकलाई सोमबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम सहित तिलोत्तमा नगरपालिका-१४ नन्दनगर बस्ने २५ वर्षीय रवि विकलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-३ सखुवागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२५ प ५०५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-१४

स्याङ्जा, पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फारूक अली र सोही नगरपालिका-४ घर भएका २५ वर्षीय निशान थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फारूकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ गोलबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३८ हजार ३ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय शेखर कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, कालिका नगरपालिका-१ सूर्यपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९५ ट्याब्लेट र एनारगन १ सय ९३ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने १९ वर्षीय साहिल तामाङ र सोही नगरपालिका-४ बस्ने २९ वर्षीया सबिना पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० लेखनाथ चोक बस्ने ३० वर्षीया बिबिसा चापागाई र सोही नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय दिपक उप्रेती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।   बर्दिया, राजापुर नगरपालिका-४ आनन्त चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने ३१ वर्षीय अनिल प्रधानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानका लागि अन्य ५ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३२ गगनगौडा बस्ने तनहुँ घर भएका २७ वर्षीय अनिल नेपाली र तनहुँ व्यास नगरपालिका-१२ बस्ने आँबुखैरेनी गाउँपालिका-१ घर भएका ३० वर्षीय मदन घिमिरे रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध पोलेन ८ ग्राम सहित ललितपुर महानगरपालिका-१३ बस्ने २० वर्षीय शिब श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे गाउँपालिका-६ बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०१-१४

मोरङ, विराटनगर महानगरपालिका-९ पतञ्जली रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९१ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घर भएका २५ वर्षीय बाबु मिया र भारत बिहार अररिया जोबनी थाना-६ साहपुर घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुर्खेत,  वीरेन्द्रनगर नगरपालिका-८ कालिन्चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ सय ६६ ग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-११ बस्ने १९ वर्षीय भगीराम जैसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  सिन्धुली, कमलामाई नगरपालिका-६ रातमाटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नगद ८ हजार ३ सय ६५ रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय शंकर खड्का र सोही नगरपालिका-५ बस्ने ३८ वर्षीय चन्द्र बहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नोर्फिन १ एम्पुल सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २८ वर्षीय रूफस लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०६-००७ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०१-१३

झापा, भद्रपुर नगरपालिका-५ गौशालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ, फुङलिङ नगरपालिका-१ बस्ने २२ वर्षीय प्रताप मादेन र  सोही नगरपालिका-५ ताप्लेजुङ बजार बस्ने २४ वर्षीय अनुप लामगदे रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ लागूऔषध सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-८ सिगाना बिमिरबोटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४५ एम्पुल, नोर्फिन ४२ एम्पुल र फेनारगन ४४ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय रञ्जन घर्ती क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-२२ शान्तिचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ बस्ने २८ वर्षीय दिनेश बास्खोर, ३५ वर्षीय नुर मोहम्मद किंगरिया र २९ वर्षीय फिरोज साई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले भे.४ प ३९६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । महोत्तरी, बर्दिवास नगरपालिका-१४ लच्चकाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५८ ट्याब्लेट, स्पास्मो ४२ ट्याब्लेट र नगद १६ हजार ४ सय २५ रूपैयाँ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ भप्सी टोल बस्ने ३३ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१४ बस्ने २६ वर्षीय अनिष पुर्वाछाने मगर र ३२ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ मोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश रननगर खिरी बनविरपुर बस्ने ३४ वर्षीय गुरमुख सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ सिइ ५३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-७ श्रीवानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ग्राम सहित सोही ठाउँ बस्ने ४७ वर्षीय यम बहादुर भण्डारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका-८ बस्ने ३६ वर्षीय आश कुमार राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०४-००२ प ०१७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यसैगरी  सुनसरी, इटहरी उपमहानगरपालिका-११ डेरा गरी बस्ने भारत बिहार नरपतगंज घर भएका २९ वर्षीय मो. सहनेवाजकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५० हजार ५ सय ४० ट्याब्लेट र डाइक्लोमाइन ९ हजार ५ सय २० ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०२-०५० प ७१२२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ साठ्ठिबिघा बस्ने २७ वर्षीय टाँसी गुरूङ र सोही नगरपालिका-६ बर्मेली टोल बस्ने दमक नगरपालिका-२ घर भएका ३२ वर्षीय बिशाल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९७ प १६४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी  पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-१ बिलाईतीबारीबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्ने ३३ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय साजन माझी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ३९१७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ भट्टराई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३४ ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने २३ वर्षीय अस्मिन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ७० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्जु बुर्जा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३३ जना पक्राउ
२०८३-०१-१२

काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ३ सय मिलिग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१ घर भएका ३७ वर्षीय समिर श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९८ ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित काठमाडौं बल्खु बस्ने काभ्रे चौरीदेउराली घर भएका २० वर्षीय अविशेख पहरी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । जाजरकोट, भेरी नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने सोही नगरपालिका-२ घर भएका २४ वर्षीय प्रेम खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-११ कालापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २ हजार १ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विवेक राई र २७ वर्षीय उदित राई रहेका छन् । प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, भद्रपुर नगरपालिका-५ मेचीबिट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ अन्जली मोड बस्ने २८ वर्षीय कन्चन राजबंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ भन्सार मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० नमुना टोल बस्ने २६ वर्षीय गुलाम रसुल मियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ सुन्दरपुर बस्ने २१ वर्षीय रोहित शर्मा र सोही नगरपालिका-४ सुकुम्बासी टोल बस्ने ४३ वर्षीय दिपक श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१ डाँडागाउँ बस्ने २६ वर्षीय सुदिप बिशुङ्खेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र डिकोलिक १ सय ५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० अन्जलीमोड बस्ने ३२ वर्षीय राजु कुमार राजबंशी, अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बस्ने २० वर्षीय सलुन रसाईली र बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय पारस प्रसाई रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-८ गाउजी अमर सामुदायिक बनको गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २० वर्षीय प्रेम कार्की र  भीमदत्त नगरपालिका-३ बस्ने २३ वर्षीय बिशाल बिष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय राम धानुकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ गोबरैया नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीया अमृता खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ गोब्रैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय भविन्द्र रोका र २३ वर्षीय दिलिप थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-५ बुद्धनगर बस्ने २३ वर्षीय एलिश थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८० मिलिग्राम सहित बेलबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय मन कुमार राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-२ बिसौनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट सहित सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय बिनोद पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरीले नेपालगंजबाट रूकुम पश्चिमतर्फ आउँदै गरेको ना.४ ख ७७१० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-५ सितलपुर गुलरी पाखास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्राम र नगद ४ हजार ३ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय अंकित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.१ प ७०४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-६ नयाँबस्ती घर भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय सन्तोष पोख्रेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ प्रस्र्‍याङ नौलो घुम्ती डेरा गरी बस्ने बाग्लुङ घर भएका २५ वर्षीय विपिन नेपालीलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १७ एम्पुल, फेनारगन १ सय १७ एम्पुल र डाईजेपाम १ सय १७ एम्पुल सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-१० पहलमानपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय शंकर भट्ट समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-५ कान्छी बजार बस्ने २५ वर्षीय जिबन भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित इनरूवा नगरपालिका-७ बस्ने २२ वर्षीय श्रवण कुमार उरावलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ राधापुरबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५० ट्याब्लेट र स्पास्मो २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।