अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०५-०३
- A
- A-
- A+
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय २० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-११ सलकपुर बस्ने ४५ वर्षीय लोक बिक्रम शाहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१४९ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ रेल्वबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-१७ बस्ने २२ वर्षीय मौषम राई समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-९ डब्बा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-१० प्रयागपुर बस्ने ४३ वर्षीय सुरेश लोधलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले डब्बा गाउँबाट टपरा गाउँतर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।