प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ बडडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ५० वर्षीय अक्कल बहादुर घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरीले अक्कल बहादुर र सोही ठाउँ बस्ने ५३ वर्षीय घारे तामाङलाई सोधपुछ गर्ने क्रममा घारे तामाङ झोला फाली फरार भएपश्चात अकल बहादुरलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले घारे तामाङको झोलाबाट थप ४ किलो गाँजा र ३ सय ग्राम चरेश फेला पारी बरामद गरेको छ । हाल फरार तामाङको प्रहरीले खोजी गरिरहेको छ । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बन्दरगाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित सोही नगरपालिका-१ बाइपास बस्ने २६ वर्षीय प्रेमलाल यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । साथै प्रहरीले उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित सर्लाही बसबरीया गाउँपालिका-१ घर भएका १९ वर्षीय रमेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-४ (घ) गाउँ आनन्द बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय सुरज कुवर र २८ वर्षीय बिनय देवान रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-८ भाषीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६०  मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अकबर डगौरा र २२ वर्षीय अभिषेक डगौरा रहेका छन् । अस्थायी प्रहरी पोष्ट गईलनदिबाट खटिएको प्रहरीले अभिषेकको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बाँके खजुरा गाउँपालिका-४ ई गाउँ बस्ने ३६ वर्षीय राज कुमार सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-३ लखनागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल थारू र २० वर्षीय सफिक मोहम्मद शाई रहेका छ्न् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० कर्राबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हर्क बहादुर क्षेत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-१ लावरबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभुमि गाउँपालिका-२ बस्ने २६ वर्षीय सम्राट राई, २६ वर्षीय सचिन राई र २४ वर्षीय प्रनिस राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र-१-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार सम्राट र सचिन तथा को.२१ प ९४६० नम्बरको मोटरसाइकलमा सवार प्रनिसलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोक डेरा गरी बस्ने ३२ वर्षीय यसराज राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम र नगद १९ हजार रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२ अर्चलबोटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५९ एम्पुल, फेनारगन ५८ एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल, टापेन्टाडोल ८० ट्याब्लेट र नगद ३४ हजार ७ सय रूपैयाँ सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१८ लामागाउँ बस्ने २६ वर्षीय लक्ष्मण पुन मगर, २२ वर्षीय गोपाल, २२ वर्षीय बिनित दर्जी, २८ वर्षीय किस्मत गुरूङ र २६ वर्षीय कालिदास घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-५ प्रतिक्षालय चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २० वर्षीया गायत्री सुनार र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय सिमोन विक रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित गुल्मेली खाजा घर एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो र नगद १ लाख ५६ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटलका संचालक गुल्मी रूरूक्षेत्र गाउँपालिका-४ बस्ने २२ वर्षीय हरी प्रसाद ज्ञवाली, गुल्मी, मालिका गाउँपालिका-६ बस्ने २६ वर्षीय महेश घिमिरे र २६ वर्षीय दिल बहादुर कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त होटलमा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०८-०१

 काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नारायणटार बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ३३ वर्षीया लक्ष्मी कार्की र काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ घर भएका ३४  वर्षीय किरण खत्री रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो २८ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय सबिन विष्ट र सोही नगरपालिका-६ बस्ने २३ वर्षीय समिर थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ हजार ८ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय नसिव नारायण चौधरी र उनकै श्रीमती २४ वर्षीया सम्झना चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले नसिव नारायणको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम २ सय ७० मिलिग्राम सहित धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने २५ वर्षीय सिकेन्द्र रामलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-६ शिव मन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३८ किलो ८ सय ९० ग्राम सहित हरीवन नगरपालिका-१ कटौना बस्ने ५५ वर्षीय बद्री बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लखनदेही खोलाबाट लालबन्दीतर्फ आउँदै गरेको प्र.२-०३-००१ ह ३२८ नम्बरको अटो र ना.६० प ५५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला अटो चालक बद्रीलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  सिन्धुली, दुधौली नगरपालिका-४ बैराबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७० ट्याब्लेट र स्पास्मो ७० ट्याब्लेट सहित सोही नगरपालिका-३ कालापानी बस्ने २० वर्षीय हिरण गौतमलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले बैराबाट डकाहा चोकतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०७-३०

काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्‍तरी राजविराज नगरपालिका-६ घर भएका ३९ वर्षीय रवि आनन्द देव, भारत साउथ महेश्‍वरी हरीपुर अरारी-१८ घर भएका २३ वर्षीय राजा कुमार, भारत स्वस्तिक नगर जोगबनी अरारी-७ घर भएका २१ वर्षीय देवेन्द्र कुमार साह र मोरङ पथरी शनिश्‍चरे नगरपालिका-८ घर भएका २९ वर्षीय पुष्‍प मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रविलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७२ ग्राम सहित काठमाडौं महानगरपालिका-१३ पनेरू गाउँबाट बुधबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका राजा कुमार र देवेन्द्र कुमारलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गे अड्डाबाट पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बिआर ०७ बिई ९९७३ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले पुष्‍पलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९३ ग्राम सहित बिहीबार पक्राउ गरेको हो ।   सल्यान, शारदा नगरपालिका-१ भगवती खोला बस्ने २१ वर्षीय अर्जुन बुढाथोकीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-३ बुटकुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय लोकेन्द्र रावल र २७ वर्षीय दिपेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले भे.७ प ७११३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम  सहित सोही नगरपालिका-७ अन्जलीमोड बस्ने ३७ वर्षीय तरूण राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी प्रहरी चौकी हरीपुरबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख ३८०१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक प्रशान्त र सहचालक राजनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ सोमबारेबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-२ बस्ने २४ वर्षीय बसन्त कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय १८ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१७ बस्ने १९ वर्षीय मनिष परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय  नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ माताटोल बस्ने ३० वर्षीय गणेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया लम्साल गल्लीस्थित बोगटी होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ सय ७ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक डोटी जोरायल गाउँपालिका-९ बस्ने ३७ वर्षीय ओम प्रकास थापा र कैलाली गोदावरी नगरपालिका-२ बस्ने बझाङ बुङ्गल नगरपालिका-५ घर भएका ४१ वर्षीय नरेश प्रसाद जोशी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले उक्त होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, नवराजपुर गाउँपालिका-४ नवराजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका-७ चक्रदहा बस्ने २१ वर्षीय बिक्रान्त चौधरी र सिराहा लहान नगरपालिका-१ मटिहरवा बस्ने २६ वर्षीय शितल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ७८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-५ लल्का पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीया सुसिला देवी र पोखरिया नगरपालिका-७ बस्ने ३० वर्षीया पुजा देवी रहेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।