प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२०८०-०५-११

  • A
  • A-
  • A+
Share

सुनसरी, बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।  

ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको थियो । तत्काल फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोलसहित दुई जना पक्राउ
२०८१-०२-१२

सप्तरी, खडक नगरपालिका-८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २  राउण्ड र म्यागजिन २ थानसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।