प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८२-०३-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२२

रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-४ लामाखेत बस्ने बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नन्दराम बाठा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीस्थित चुलाढुंगे रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका सञ्चालक सोही ठाउँ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-४ घर भएका ४१ वर्षीय कुलदिप राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ६ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।