प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८२-०४-०८

  • A
  • A-
  • A+
Share

कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्र बहादुर चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरूवा बन्दुक १ थान फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८२-०९-२७

कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । स्याङ्जा, विरूवा गाउँपालिका-६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरू सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।