प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८३-०१-०२

  • A
  • A-
  • A+
Share

उदयपुर, उदयपुरगढी गाउँपालिका-६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय अरूण राई र अरूणकै श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । घाइते अरूणको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । 

स्याङ्जा, विरूवा गाउँपालिका-७ चित्लाङ बस्ने ४६ वर्षीय केश बहादुर गुरूङलाई एकनाले भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केश बहादुरको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित तीन जना पक्राउ
२०८३-०४-२४

कपिलवस्तु, विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पेस्तोल १ थान सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे , सोही नगरपालिका-८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् । उनीहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा पेस्तोल देखाई  डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.६१ प ७०७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।