एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०१-११
- A
- A-
- A+
सुर्खेत, बराहताल गाउँपालिका-४ छाप्रे बस्ने ५३ वर्षीय शेर बहादुर रानालाई एकनाले भरूवा बन्दुक १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट तरंगाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।