प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०२-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ ३ जना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ १२ जना गरी प्रहरी उपरीक्षक पदमा १३ जना, प्राविधिक प्रहरी  नायव उपरीक्षक पदमा १६ जना र प्राविधिक प्रहरी निरीक्षक पदमा १४ जना गरी कुल ४७ जनामध्ये ४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो । पदोन्नति भएका मध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरू हाल तालिमको सिलसिलामा कोरियामा रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सिर्जनशील, थप जवाफदेही र संवेदनशील भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा जनपद तथा प्राविधिक समूहको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट संगठनले सकारात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरेको बताउनुभयो । पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठानिक मूल्य मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व बहन गर्न उहाँले निर्देशन दिनुभयो । परिवर्तित परिस्थितिसँगै थप चुनौती र प्रहरीसँग नागरिकको अपेक्षा पनि बढिरहेको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भई राज्यको असल प्रतिनिधिका रूपमा सांगठनिक छवि बढाउँदै कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।    सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण समर्पित भई संगठनको लक्ष्य प्राप्तीमा अझ उत्कृष्ट ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो । 

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
    २०८३-०२-२७

    काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बगरकोट बस्ने १९ वर्षीय काले भन्ने नितेश विक समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले नितेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, गुलरिया गाउँपालिका-९ टेपरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश राणा र ३१ वर्षीय गेद बहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-२ पिपल चौतारा प्रतिक्षालय नजिकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-३ बस्ने २९ वर्षीय बिशाल थापा मगर र कोहलपुर नगरपालिका-१ बस्ने ४८ वर्षीय जगत बहादुर परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ नौघरे डेरा गरी बस्ने धादिङ घर भएकी ६० वर्षीया ज्ञानु कुमारी श्रेष्ठ र उनकै छोरा ३७ वर्षीय प्रकाश श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ९ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय २० ट्याब्लेट सहित गोदावरी नगरपालिका-१४ लाखेटोल बस्ने २२ वर्षीय राजिब भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । जुम्ला, तातोपानी गाउँपालिका-५ बस्ने २० वर्षीय वरिष्ठ डाँगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत कक्षमा रहेका थुनुवालाई भेट्न आएका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ दूधपानी खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ राजवास बस्ने २४ वर्षीय दिपेन्द्र मोची, इटहरी उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय दिपेश चौधरी र २८ वर्षीय सरोज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०४४ प ७२२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २१ मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सुजन लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
    २०८३-०२-२७

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् । पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

    [ विस्तृतमा ]
  • अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
    २०८३-०२-२७

    काठमाडौं, अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई बिबस अधिकारी भन्ने नामबाट २०८२ चैत १५ मा मुद्दा खोल्ने तथा पुन: प्रमाणिकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि बिबसको बैंकमा २ करोड १३ लाख रूपैयाँ रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी बिबसलाई अदालतबाट १ लाख ६ हजार ५ सय रूपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरी प्रचलनमा ल्याएको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०२-२७ बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०२।२७ गते १०:०० बजे सम्म ।
२०८३-०२-२२ Notice For Enlistment
२०८३-०२-२२ प्राविधिक प्रहरी समूह अन्तर्गत नर्सिङ्गतर्फ, सूचना प्रविधितर्फ, विधिविज्ञानतर्फ, सञ्चारतर्फ, संगिततर्फ, केनाईनतर्फ र आवास तथा भौतिकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२२ गते) ।
२०८३-०२-२२ प्राविधिक प्रहरी समूह अन्तर्गत सञ्चारतर्फ, संगिततर्फ, विधिविज्ञानतर्फ, सूचना प्रविधितर्फ, केनाईनतर्फ र आवास तथा भौतिकतर्फ प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२२ गते) ।
२०८३-०२-२२ प्राविधिक प्रहरी समूह अन्तर्गत केनाईनतर्फ सञ्चारतर्फ, संगिततर्फ र सवारीतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०२।२२ गते) ।
२०८३-०२-२२ प्राविधिक प्रहरी नायव उपरीक्षकहरुको सरुवा सम्बन्धमा (चिकित्सक र सूचना प्रविधि कम्प्युटर) ।
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-१२-२० जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० दरखास्त फाराम (२०८२-१२-२०)
२०८२-०८-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
२०८२-०६-१० दरखास्त फाराम (२०८२-०६-१०)
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८३-०२-२५)
रेडियो कार्यक्रम (२०८३-०२-२१)
रेडियो कार्यक्रम (२०८३-०२-१८)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview