अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-१०-१३बाँके, बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-१०-१३चितवन, माडी नगरपालिका-१ बनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने दार्चुला घर भएका २९ वर्षीय सुरेन्द्र सिंह कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी चितवन, खैरहनी नगरपालिका-९ पिपरा बस्ने २१ वर्षीय अर्जुन घलानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ४५ ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, कालिका नगरपालिका-४ छिमेकी टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ४६ वर्षीय बसन्तराज गोतामे र इच्छाकामना गाउँपालिका-१ बस्ने ५० वर्षीय तिलकराज गिरी रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित बझाङ जयपृथ्वी नगरपालिका-३ बस्ने २६ वर्षीय दिनेश बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७८ प ६७५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१० तिल्केनीटोल बस्ने २३ वर्षीया ऐश्वर्या बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय अमित राना र २० वर्षीय समिर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय राम नारायण रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १८ ट्याब्लेट र स्पास्पेन २ सय ८९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने ३५ वर्षीया जैतुन खातुन समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम र नगद ९० हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जैतुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९० किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा चौबीसे गाउँपालिका-७ बस्ने २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट सखुवागाछी समेतबाट खटिएको प्रहरीले को.२ ह ६१२५ नम्बरको अटोलाई तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक साजन र अटोमा सवार गगनलाई पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ थारूगाउँ बस्ने २५ वर्षीय सुदिप थारू समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सुदिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-११ बस्ने २५ वर्षीय गोपाल रोकाबाट लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले गोपालको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बासुदेव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-१९ बस्तिपुर बस्ने ५३ वर्षीय चन्द्र लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले कुवापानीबाट बस्तीपुरतर्फ आउँदै गरेको ना.२ ह २६२९ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक चन्द्रलाई पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ स्थित न्यू अनुसा खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १५ ट्याब्लेट, स्पास्पेन ६ सय ट्याब्लेट र डिकोलिक १ सय १५ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही खाजा घरका संचालक अमित मगर, दमक नगरपालिका-५ बस्ने ३५ वर्षीय मिन कुमार धिमाल र सोही नगरपालिका-९ बरगाछी बस्ने १९ वर्षीय निरन्जन विश्वकर्मा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प ९४०५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-१०-१३काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-६ घर भएका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने चितवन राप्ती नगरपालिका-३ घर भएका २७ वर्षीय सरल आचार्य रहेका छन् । पक्राउ मध्ये कृष्णले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, मनिषाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, भक्त प्रसादले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ र सरलले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३ बाट, मनिषालाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-६ बाट र भक्त प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा सरललाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना ।
- प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, नर्सिङतर्फ र ईन्जिनियरिङ्ग उप समूह, सवारीतर्फ प्र.नि. पदबाट प्र.ना.उ. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।१०।११ गते)।
- प्राविधिक प्रहरी समूह, विधिविज्ञान र स्वास्थ्य उप समूह, नर्सिङतर्फ प्र.ना.उ. पदबाट प्र.उ.पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।१०।११ गते)।
- प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, नर्सिङतर्फ प्र.उ. पदबाट प्र.व.उ.पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।१०।११ गते)।
- जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।१०।०९ गते) ।
- प्रहरी उपरीक्षकहरूको पदस्थापन/काज सम्बन्धमा।
- प्रहरी सहायक निरीक्षक (जनपद) पदमा ORMS प्रणाली मार्फत तोकिएको समयमा आवेदन दिएका उम्मेदवारहरूले अपुग कागजात एवं विवरणहरू अद्यावधिक गर्ने सम्बन्धी सूचना (२०८२-१०-०९)
रिपोर्ट तथा प्रकाशन