प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - सुरक्षा सेवा व्यवस्थापन महाशाखा


परिचय:


स्वदेशी तथा विदेशी अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन, व्यक्तिगत सुरक्षा अधिकृत खटाउन, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको सम्मेलन, गोष्ठी, समारोहस्थलको विश्वसनिय एवं भरपर्दो सुरक्षा व्यवस्था मिलाउने उदेश्यले सेवा बिशिष्टिकरणको अबधारणा अनुसार बि.सं. २०५४ सालमा प्रप्रका अपराध अनुसन्धान विभाग सुरक्षा शाखा, सामान्य सुरक्षा उपशाखा र विशिष्ट व्यक्तिको सुरक्षा शाखाको ५३ जनाको दरबन्दीलाई कार्य विभाग अन्तर्गत राखी काम गर्दै  आईरहेकोमा समयको बिकाशक्रम सगै २०५८ सालमा  प्र.ब.उ. को कमाण्डमा रहने गरी सुरक्षा महाशाखा स्थापना भएको र २०६६ सालमा  सुरक्षा महाशाखालाई स्तर बृद्धि गरी प्र.ना.म.नि.को कमाण्डमा रहने गरी सुरक्षा सेवा निर्देशनालय कायम भएको देखिन्छ । २०७१ सालमा यस निर्देशनालय मातहत रहने गरी प्र.ना.उ.को कमाण्डमा प्रधानमन्त्री विशेष सुरक्षा ईकाइको स्थापना हुनुका साथै मिति २०७२ सालमा अंगरक्षक गण स्थापना भई यस निर्देशनालयमा नै रही  कामकाज हुदै आईरहेको र २०७५ सालमा सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय कायम भई हाल सुरक्षा सेवा व्यवस्थापन महाशाखाले सुरक्षा सेवा प्रदान गर्दै आईरहेको छ ।


उद्देश्य तथा कार्यनीति:


स्वदेशी तथा विदेशी विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको कार्यक्रम सम्वन्धमा समन्वयात्मक सुरक्षा सम्वन्धी वैठकमा भाग लिई सुरक्षा सेवामा आवश्यक श्रोत साधनको व्यवस्थापन र परिचालन गरी स्वदेशी तथा विदेशी विशिष्ट र अतिविशिष्ट व्यक्तिहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, सुरक्षा प्रवन्ध सम्वन्धमा मातहत तथा अन्य निकायहरुसंग सूचना प्रवाह र समन्वय गर्ने, प्रहरी कर्मचारीहरुलाई व्यवसायिक रुपले चुस्त तुल्याउन तालिम, अनुशिक्षण र पुनर्ताजगी तालिमको व्यवस्था गर्ने र “विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधी २०७७ ” अनुसार सुरक्षा प्रदान गरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थालाई अझ बढि प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाई व्यक्तिगत सुरक्षा सेवा सम्बन्धी स्पष्ट नीतिको विकास गर्ने कार्यनीति रहेको छ ।