प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - हातहतियार मर्मत शाखा


परिचय:


प्रहरीमा हातहतियारको प्रयोग संगसंगै हतियारहरुमा आउने समस्याहरुलाई समाधान गर्ने उदेश्यले बि.सं. २०४० सालमा यस शाखाको स्थापना भएको थियो । यस शाखाले हातहतियार मर्मत सम्बन्धि बिभिन्न तालिमहरु संचालन गर्ने र  बिभिन्न प्रहरी तालिमहरुमा हतियार सम्बन्धी प्रशिक्षण प्रदान गर्नुको साथै प्रहरी ऐन/ नियम भित्र रही अन्य आवश्यक कार्यहरु समेत सम्पादन गर्दै आएको छ ।


उद्देश्य तथा कार्य नीति :


नेपाल प्रहरीले प्रयोग गरी रहेको विभिन्न किसिमका हातहतियारहरुको प्रभावकारी मर्मत संभार, आवश्यक पार्टपूर्जाहरुको निर्माण, प्रशिक्षण र तालीम प्रदान गर्ने लगायत हतियार सम्वन्धि सुझावहरु तालुक कार्यालयलाई पेश गर्नु यस शाखाको मूल उद्देश्य तथा कार्यनीति रहेको छ ।