प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - आतंकवाद नियन्त्रण शाखा


परिचय:


मिति २०५२।११।१२ गते प्र.प्र.का. कार्य विभाग अन्तर्गत आतंकवाद नियन्त्रण महाशाखाको स्थापना भए पनि हाल आतंकवाद नियन्त्रण शाखाको  रुपमा कार्य संचालन गरिरहेको छ । देशमा क्षेत्रीय, जातीय, धार्मिक, साम्प्रदायिक स्वार्थ प्रेरित विभिन्न सशस्त्र तथा विखण्डनकारी समूहहरुले बिभिन्न मागहरु राखी गैह्र कानूनी गतिविधि संचालन गरेको अबस्थामा प्रहरी परिचालनलाई वैज्ञानिक र प्रभावकारी बनाई उल्लेखित गतिविधि नियन्त्रण गर्न कार्य योजना तयार गरी यस शाखाले कार्य संचालन गरिरहेको छ ।


उद्देश्‍य तथा कार्यनीति:


आपराधिक क्रियाकलापहरुको निग्रानी एवं सूचना संकलन, विश्लेषण तथा सम्बन्धित इकाईहरुमा सम्प्रेषण गर्ने तथा विध्वंसात्मक एवं अपराधजन्य गतिविधि नियन्त्रण गर्न केन्द्रीय तहमा विभिन्न नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गर्न मातहतलाई निर्देशन दिने यस शाखाको उद्देश्‍य तथा कार्यनीति रहेको छ ।