प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - सशस्‍त्र प्रहरी गण नं.१


परिचय:


प्रहरी प्रधान कार्यालयको कार्य विभाग मातहत रहने गरी  मितिः२०२६ साल जेष्ठ २६ गते सशस्त्र प्रहरी गण नं.१ को स्थापना भएको हो । सशस्त्र प्रहरी गण नं.१ नक्सालको शुरुको स्थापनाकालमा आफ्नो आवास तथा कार्यालय भवनमा आत्मनिर्भर हुने अभियानको क्रममा गणको उत्तर पूर्व कुनामा अंग्रेजी एल. (L) आकारमा बुर्जा सहितको टिनको छाना भएको तीन तल्ले पक्की व्यारेक भवन र एक तल्ले क्वार्टर गार्ड भवनको निर्माण कार्य पूरा भई मिति: २०३५ जेष्ठ ०८ गते तत्कालीन प्रहरी महानिरीक्षक श्री खड्गजीत बरालज्यूबाट समुद्‍घाटन सु–सम्पन्न भएको हो । प्रहरी प्रधान कार्यालयको सुरक्षा ब्यवस्थापन गर्नु नै यसको मुख्य उद्देश्य हो ।


उद्देश्य एंव कार्यनीति :


प्रहरी प्रधान कार्यालयको सुरक्षा ब्यवस्थापन मिलाउनु, विषम परिस्थितिहरुमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा नेपाल प्रहरीको रिजर्भ जनशक्तिको रुपमा परिचालन गर्नु, प्राकृतिक प्रकोप, हुलदंगा, विद्यार्थी आन्दोलन, सशस्त्र संघर्ष, जातीय, सांस्कृतिक, धार्मिक एवम् क्षेत्रिय आन्दोलन लगायतका कुनैपनि सुरक्षा चुनौती खडा गर्ने परिस्थितिमा प्रहरी परिचालन हुनसक्ने गरि तयारी अवस्थामा राख्नु र परिचालन गर्नु  र परिस्थितीलाई नियन्त्रण लिनु यसको उद्देश्य एंव कार्यनीति भित्र पर्दछ ।