प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - नेपाल प्रहरी केन्द्रीय बिशेष कार्यदल


परिचय:


आतङ्कवाद, दङ्गा, अपहरण एवं दैबीप्रकोप जस्ता असमान्य चुनौती पूर्ण अवस्थामा कुशलतापूर्वक प्रहरी कारवाही गरी शान्ति सुरक्षा कायम राख्न बिशेष कार्य सम्पादन गर्ने Elite Force को रुपमा मिति २०५२/१२/१२ गतेको निर्णयबाट प्रहरी प्रधान कार्यालय, कार्य बिभागको प्रत्यक्ष नियन्त्रणमा रहने गरी नेपाल प्रहरी बिशेष कार्यदलको स्थापना भएको थियो । यस पश्चात सशस्त्र प्रहरी वल स्थापना गर्ने क्रममा तत्कालीन सरकारको मिति २०५८/०१/१८ गतेको निणर्य अनुसार सम्पूर्ण दरबन्दी सशस्त्र वलमा स्थानान्तरण गरी ने.प्र.बि.कार्यदललाई बिघटन गरिएकोमा  पुनः मिति २०५८/०८/२१ गतेको तत्कालीन सरकारको निर्णय अनुसार मिति २०५८/०९/०१ गतेबाट लागु हुने गरी केन्द्रीय प्रहरी बिशेष कार्यदलको  स्थापना भएको हो ।


उद्धेश्य तथा कार्यनीति :


आतंककारी गतिविधिको नियन्त्रण गर्नु, प्रकोपको अवस्थामा उद्धार कार्यमा खटिनु, अपहरण, Hostage situation मा उद्धार गरर्नु, Bomb Disposal गर्नु, बिशिष्ट व्यक्तिको सुरक्षा प्रदान गर्नु, बिशिष्टिकृत तालिम संचालन  गर्नु यसको  उद्धेश्य तथा कार्यनीति रहेको छ ।