प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - कार्य महाशाखा


परिचय:


कार्य विभागको कामलाई चुस्त दुरुस्त र समयमै सम्पन्न गर्ने हेतुले निश्चित जिम्मेवारीका साथ यस महाशाखाको स्थापना मिति २०४५।०२।२६ गते कार्य शाखाको रुपमा भएको हो । यस महाशाखाले कार्य विभागको प्रत्यक्ष नियन्त्रण र रेखदेखमा रही काम गर्दै आईरहेको छ । थप मद्धत परिचालन, निर्वाचन, मेला पर्व, विभिन्न किसिमका विरोधका कार्यक्रमहरुमा योजना तर्जुमा गरी प्रहरी परिचालन गर्ने गराउने कार्य यस महाशाखाले गर्दछ ।


उद्देश्य तथा कार्यनीति:-


आपराधिक एवं विध्वंशकारी गतिविधि लगायत गैरकानूनी चन्दा असुली गर्ने, सार्वजनिक सम्पतिमा हानी नोक्सानी पुरयाउने, विष्फोटन गराई जनधनको नोक्सानी पुर्याउने, अवैध चोरी निकासी पैठारी रोक्नका साथै जनसमुदायमा आतंक सृजना गर्ने जस्ता गतिविधिहरु नियन्त्रण तथा निस्तेज पार्न प्रभावकारी रुपमा  प्रहरी परिचालन गर्ने, निर्वाचन सम्पन्न गर्न सुरक्षा अबस्थाको बिश्लेषण गरी प्रहरीको समानुपातिक परिचालन तथा थप मद्दत उपलब्ध गराउने, आन्तरिक सुरक्षा व्यवस्था सुदृढ गर्न र प्रभावकारी बनाउन अल्पकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने/गराउने यस महाशाखाको उद्देश्य तथा कार्यनीति रहेको छ ।