प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - नेपाल प्रहरी स्मारक गुठी


परिचय:


सभ्यताको विकासको प्रारम्भ संगै परिकल्पित प्रहरी हरेक विकट र विषम परिस्थितिमा पनि सुम्पिएको उत्तरदायित्च र कर्तव्य निर्वाह प्रति अदम्य शाहस, विरता बहादुरी र धैर्यताका साथ सदैव समर्पित रहेको छ । 

सामाजीक उद्देश्य तथा कानुन पालन गराउने कर्तव्य र उत्तरदायित्व प्रत्यक्ष प्रहरीको हो भने  सत्य सेवा सुरक्षणमको महान उद्‍गारद्वारा प्रेरित तथा मार्ग दर्शित प्रहरीको आफ्नो कर्तव्य परायणताका गाथा र वीरताको इतिहासलाई जीवन्त राख्नु तथा भावी पुस्ताको निमित्त प्रेरणाको  श्रोत स्वरुप आदरणीय र प्रातस्मरणीय रुपमा अमर तुल्याउनु इतिहासको कर्तव्य पनि हो । मातृभुमिका वीरहरु इतिहासको गर्भमा समाहित हुन्छन्, वीरहरुको अमरत्व भावी पुस्ताका लागि प्रेरणाको अनन्तश्रोत बन्न पुग्छन् । यस्तै थुप्रै भावनात्मक अभिव्यक्तिहरुलाई समेटेर श्रद्वासुमन सहितको न्यानो स्मृतीको पलहरुलाई सबैका बीच ऐक्यबद्वताको सम्बन्धमा गाँस्ने बलियो अठोट गर्दै समाजको सबै पक्ष र वर्ग बीच आफ्ना उद्देश्यहरुलाई साकार रुप दिने तथा कर्तब्यपालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिने अमर प्रहरी तथा आश्रित परिवारलाई सहयोग होस भन्ने भावना सहित कार्य विभाग मातहत रहने गरी “नेपाल प्रहरी स्मारक गुठी” को स्थापना भएको हो । 


उद्देश्य:


वीरगती प्राप्त प्रहरीका जेहेन्दार सन्ततीको लागि छात्रवृति उपलव्ध गराउने ,अभिनन्दन गर्ने, वीरगाथाको अभिलेख तयार गरी प्रहरी पुस्तकालयमा राख्ने, विभिन्न स्वदेशी चथा विदेशी गुठीहरु वा संस्थाहरुसँग समन्वय गर्ने, वीरगती प्राप्त प्रहरीका सन्ततिहरु सक्षम , आत्मनिर्भर र वालिग नभएसम्म शिक्षा दिक्षाको यथोचित व्यवस्था मिलाईने, प्रहरी दिवसको दिनमा प्रहरी ईकाईहरुमा कविता पाठ , प्रवचन जस्ता प्रेरणामूलक कार्यक्रमको आयोजन गर्ने लगायत विभिन्न सामाजिक रचनात्मक कार्यहरु संचालन गर्ने यसको उद्देश्य रहेको छ ।