प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा


परिचय:


गौतम बुद्ध (भैरहवा) विमानस्थल सिद्धार्थ नगरमा अवस्थित आन्तरिक विमानस्थल वि.सं. २०१५ असार २४ (08 July,1958) बाट संचालनमा आएको थियो । भगवान बुद्धको जन्मस्थल लुम्बिनी यस विमानस्थलबाट १८ कि.मी. पश्‍चिममा रहेको हुँदा यसको सम्भावना र भगवान बुद्धको अस्तित्वलाई ध्यानमा राख्दै बुद्ध जन्मस्थल लुम्बिनीलाई CAAN ले अन्तर्राष्ट्रियस्तरमा जोड्न यो विमानस्थलको स्तरोन्नति कार्य गरी रहेको छ ।


उद्देश्य तथा कार्यनीति:-


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलापहरुमा संलग्न व्यक्तिहरुको निग्रानी राखी आवागमनको नियन्त्रण गर्न तथा विमानस्थलहरुको सम्पूर्ण सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने सम्बन्धमा सरोकारवाला निकायहरु बीच प्रभावकारी सम्बन्ध स्थापित गर्दै सुरक्षा व्यवस्थालाई चुस्त / दुरुस्त बनाउने,  अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरुको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने,  आवश्यकता अनुसार यस विमानस्थलसँग सम्बन्ध विभिन्न निकायसँग सहयोग परिचालन गर्ने,  विज्ञान प्रविधि,  संचार प्रणाली एवं सूचना प्रविधिको सुरक्षा गर्ने, आपतकालिन उद्दार कार्यको लागि सोही अनुसारको योजना तर्जुमा गर्ने र विमानस्थल सुरक्षा सम्बद्ध श्रोत साधन, प्रविधि तथा क्षमता अभिवृद्धि कार्यक्रमको पहिचान गरी आवश्यक श्रोत व्यवस्थापन गर्न सरोकारवाला निकाय र तालुक कार्यालयसँग समन्वय गर्नु  यस कार्यालयको मुख्य उद्देश्य तथा कार्यनीति रहेको छ ।