प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - केन्द्रिय प्रहरी परिचालन कक्ष


परिचय:


देशमा शान्ति सुरक्षा अमन चयन कायम गर्न समयमै प्रहरी परिचालन गरी जन धनको थप क्षति हुन गर्न नदिन र क्षति न्यूनीकरण गर्न गराउन मातहत इकाईसम्म विभागीय नीति निर्देशनहरू प्रवाह गरी प्रहरीको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालयमा केन्द्रीय प्रहरी परिचालन कक्षको स्थापना भएको हो । स्थापना हुनु पूर्व फिल्ड अधिकृत र ड्युटी अधिकृत खटाई देशभरिको सुरक्षा अवस्था सुपरिवेक्षण, अनुगमन गरी प्रतिवेदन र आवश्यक समन्वय गर्ने गरी केन्द्रीय प्रहरी परिचालन कक्षको स्थापना भई तत्कालीन प्रहरी महानिरीक्षक श्री दिल बहादुर लामा ज्यूबाट समुद्घाटन भएकोहो । यसको बिकासको क्रममा नेपाल प्रहरीको कार्य क्षमता अभिबृध्दि गरी व्यवस्थित एवं प्रभावकारी ढंगबाट काम कारवाहीलाई छिटो छरितो एवं समयानुकुल परिमार्जन, परिस्कृत र प्रविधि मैत्री तथा सेवा विशिष्टिकरण बनाउंदै परम्परागत जाहेरी प्रणालीलाई सुधार तथा परिमार्जन गरी मिति २०६७।०२।२६ गतेवाट यस कक्षलाई कमाण्ड सेन्टरको रुपमा विकसित भई कमाण्ड सेन्टरको रुपमा संचालन हुंदै आएको छ ।


उद्देश्य तथा कार्यनीति:


शान्ति सुरक्षा अमन चयन कायम गर्न समयमै प्रहरी परिचालन गरी जन धनको थप क्षति हुन गर्न नदिन र क्षति न्यूनीकरण गर्न गराउन मातहत इकाईसम्म विभागीय नीति निर्देशनहरू प्रवाह गरी प्रहरीको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउन र मातहत प्रहरी ईकाईसंग समन्वय गरी प्रहरी परिचालन गर्ने गराउने र प्रहरी सेवालाई छिटो, छरितो, ब्यबस्थित र ब्यवसायिक बनाउन प्रबिधिमैत्री र समयानुकूल स्तरिय प्राबिधिक सेवा प्रदान गर्नु यस कक्षको मुख्य उद्देश्य रहेको छ । Proactive Policing को अवधारणा अनुरूप घटना/दुर्घटनाहरू हुन सक्ने सम्भावित स्थानमा प्रहरी परिचालन गर्ने/ गराउने, विपदका घटनाहरूमा अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग समेत समन्वय गर्ने र तत्काल प्रहरी परिचालन गरी यथाशिघ्र उद्धार गरि थप जन धनको क्षति हुन नदिने, विशिष्ट व्यक्तिहरूको आवागमनको मनिटरिङ गरी सुरक्षा व्यवस्था मिलाउन समन्वय गर्ने, राजनैतिक कार्यक्रम तथा अन्य समूहहरूको कार्यक्रमको मनिटर गरी सुरक्षा व्यवस्था मिलाउन समन्वय गर्ने यसको कार्यनीति रहेको छ ।