प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्तिक २०८३
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित
२०८३-०७-१८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बुधबार आयोजित विशेष समारोहबीच गृहमन्त्री सुधन गुरूङले प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।सुशोभन समारोहमा गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त हुनुभएका प्रहरी महानिरीक्षक केसीलाई हार्दिक बधाई दिनुहुँदै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर नवनियुक्त प्रहरी महानिरीक्षक केसीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।  गृहमन्त्री गुरूङले प्रहरीले नागरिकसँग सहकार्य गर्दै निर्वाह गरेको भूमिकाले नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ हुँदै गएको चर्चा गर्दै त्यसको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नेपाल प्रहरीको सुदृढीकरणको साथसाथै गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । साथै नयाँ नेतृत्वले संगठनलाई थप मजबुद बनाउने र सम्पूर्ण प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी संगठनको नेतृत्वको जिम्मेवारी सुम्पिनुभएकोमा नेपाल सरकार प्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्नुभयो । साथै संविधान र कानुनप्रति अविचलित रही नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा, निष्पक्षतामा कुनै सम्झौता नगर्ने र आफ्नो कार्यकालको मूल्याङ्कन नेपाली जनतालाई के दिन सके भन्नेमा आधारित रहने गरी प्राप्त जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक केसीले साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक एवम् भ्रामक सूचनाहरू गम्भीर चुनौतीको रूपमा देखा परेको र त्यसलाई सम्बोधन गर्नुपर्ने तथा विपद् व्यवस्थापनमा समेत सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्रोतसाधन, भवनको अभाव, लामो कार्य घण्टा, सरूवा बढुवामा निष्पक्षता लगायतका आन्तरिक चुनौतीहरू सम्बोधन गर्न प्रणालीगत रूपमा विकास गर्नुपर्ने जरूरी रहेको र यसलाई आफूले अवसरको रूपमा लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिडको महामारी तथा शान्ति मिसनहरूमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ ।  हामीसँग अनुभव छ, जनशक्ति छ, सेवा गर्ने इच्छाशक्ति पनि छ र यो सबै कामहरू गर्नको लागि हामीले हाम्रो जनशक्तिलाई विशिष्टकृत र मनोबल युक्त बनाउनुपर्नेछ ।’ प्रहरी कर्मचारीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर तत्काल एउटा संयन्त्र कार्यान्वयनमा ल्याउने र अरू योजनाहरू क्रमश लागू गर्ने अवस्था बनाउँदै जाने उहाँले बताउनुभयो । आधुनिक प्रहरीमा जनतासँगको सम्बन्ध नै महत्वपूर्ण स्रोत भएको चर्चा गर्दै आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता र प्रहरीलाई प्रभावबाट मुक्त राख्न उहाँले नेपाल सरकारसँग सहयोग तथा आग्रह समेत गर्नुभयो ।  कार्यक्रममा गृहसचिव केदारनाथ शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक केसीले बुधबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक केसी नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो । साथै प्रहरी महानिरीक्षक डा.मनोज कुमार केसीको उपस्थितिमा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको निर्णयले प्रहरी महानिरीक्षक पदमा डा.मनोज कुमार केसीलाई नियुक्त गर्ने निर्णय भएको सुखद अवसरमा नेपाल सरकारलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्ने निर्णय गरिएको छ । यसैगरी देशमा शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन विस्तृत सुरक्षा योजनाको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने सम्बन्धमा मातहतलाई निर्देशन दिने समेत नीति निर्माण समितिको बैठकमा निर्णय गरिएको छ ।प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी नेपाल प्रहरीको ३४औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।  नुवाकोट जिल्लाको साविक तुप्चे-२ हाल बिदुर नगरपालिका वडा नम्बर ७ मा बुबा अशोक कुमार केसी र माता शान्ति केसीको कोखबाट वि.सं. २०३२ साउन २८ गते जन्मनु भएका प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीका श्रीमती सर्‌यू केसी र छोरा अंशुमन केसी हुनुहुन्छ । प्रहरी महानिरीक्षक केसीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक केसी २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।  एप्लाइड कन्फ्लिक्ट ट्रान्सफर्मेसन स्टडिजमा विद्यावारिधी गर्नुभएका प्रहरी महानिरीक्षक केसीले पिसकिपिङ एण्ड इन्टरनेशनल कन्फ्लिक्ट रिजोलुसन, लजिस्टिक सपोर्ट टु युएन पिस किपिङ अपरेसन्स्, ग्लोबल टेरोरिजम, इन्टरनेशनल ह्युमेनेटेरियन ल एण्ड ल अफ आर्म्ड कन्फ्लिक्ट, सेक्युरीटि मेजर्स फर युएन पिसकिपर्स, हस्तक्षेप र व्यवस्थापनका सिद्धान्तहरू, इन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्स, कोर्स अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, व्यवस्थापन र विकास तालिम, मास्टर ट्रेनिङ अफ ट्रेनर्स, स्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट लगायत विभिन्न १५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको   छ । प्रहरी महानिरीक्षक केसी प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक केसीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा दंगा नियन्त्रण प्रहरी गण मुख्यालय बर्दिबास महोत्तरी, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, जिल्ला प्रहरी कार्यालय जाजरकोट, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला प्रहरी कार्यालय काठमाडौं, अञ्चल प्रहरी कार्यालय राप्ती, जिल्ला प्रहरी कार्यालय धादिङ, महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय रूपन्देही, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी प्रधान कार्यालय नक्साल लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कमाण्ड गर्नुभएका केसी २०८२  वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कमाण्ड समेत गर्नुभएको थियो । 

नागरिकको अपेक्षा अनुरूप प्रहरी संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक - प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
२०८३-०७-१८

काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भई विषम परिस्थितिमा नेपाल सरकार र आम नेपाली नागरिकको अपेक्षा अनुरूप संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च एवम् गरिमामय प्रहरी महानिरीक्षक पदमा पदोन्नति गर्नु भएकोमा नेपाल सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै संगठनको सर्वोच्च नेतृत्वसम्म पुग्न प्राप्त भएको साथ, सहयोग, सल्लाह, सहयात्रा, शुभेच्छा एवम् सद्‍भावका लागि सम्पूर्ण अग्रजहरू, मार्गदर्शन गर्नुहुने शुभेच्छुकहरू, सहकर्मीहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरू, परिवारजन एवम् शुभ चिन्तकहरूमा हार्दिक आभार समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले बदलिँदो सामाजिक परिवेश र विकसित हुँदै गएका सुरक्षा चुनौतीसँगै नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिक प्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै संगठनको गौरवशाली इतिहास, संस्थागत मूल्यमान्यता, प्रहरी कर्मचारीहरूको त्याग र वलिदान तथा आम नागरिकको नेपाल प्रहरी प्रतिको अपेक्षा, भरोसा र विश्वासलाई अझ अभिवृद्धि गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीलाई गाम्भीर्यताका साथ ग्रहण गरेको बताउनुभयो । संगठनको मूल्य, मान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोच, दृष्टिकोण, उच्च नैतिक चरित्र र व्यावसायिकता प्रदर्शन गर्दै मित्रता र सहकार्यका साथ सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो क्षेत्रबाट हर प्रकारले अटुट साथ दिनु हुनेछ भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले देशमा आएका राजनीतिक तथा सामाजिक परिवर्तन, प्राकृतिक विपद्, संकट तथा बद्लिँदो सुरक्षा चुनौतीका अनेकौँ कठिन घडीमा नेपाल प्रहरीले आफूलाई राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा उभ्याउँदै जनधनको रक्षा गर्दै आएको चर्चा गर्दै सांगठनिक सुदृढीकरणको लागि विभिन्न समयमा लागू गरिएका नीति, योजना, कार्यविधि तथा असल अभ्यासहरूलाई निरन्तरता दिँदै अझ प्रतिवद्धताका साथ आगामी दिनहरूमा देश र नागरिक प्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी प्रभावकारी र जबाफदेही ढंगबाट उच्च मनोवलका साथ निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी संगठनका लागि सिर्जित तमाम चुनौतीहरूको सम्बोधन प्रहरी महानिरीक्षकको एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने भएकोले प्रहरी अतिरिक्त महानिरीक्षक देखि प्रहरीका आधारभूत तहसम्मको सक्रियता, अग्रसरता र सृजनशीलताको आवश्यकता रहने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक केसीले मुलुकको वर्तमान संवेदनशील सुरक्षा अवस्था, सञ्चार एवं सामाजिक सञ्जालको वर्तमान प्रवृत्ति तथा प्राविधिक जोखिमहरूलाई मध्यनजर गर्दै, प्रहरी कार्यसम्पादन, आन्तरिक रणनीति र संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताउनुभयो । विधिको शासनको पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीहरूबाट प्रर्दशन हुने अपेक्षा लिएको उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै सांगठनिक र व्यक्तिगत रूपमा आम नागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउँदै आपराधिक प्रवृत्तिसँग कठोर रूपमा तर आम नागरिकहरूसँग अपेक्षा अनुरूपको व्यवहार गरी सेवा प्रवाह गर्नु सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि नेपाल प्रहरीमा उपलब्ध साधनश्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधारका प्रयासहरू निरन्तर गरिने समेत उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण, पारदर्शी, अनुमानयोग्य र क्षमतामा आधारित वृत्ति विकास प्रणालीको प्रवर्द्धन लगायतका विषयमा आवश्यक नीतिगत व्यवस्थाको लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग सार्थक पहल गरिने बताउनुभयो । साथै विश्वव्यापी अपराध चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकूल प्रविधिको विकास, क्षमता अभिवृद्धि, सुदृढ नीतिगत तथा कानुनी व्यवस्था, स्रोत साधनको व्यवस्थाको सन्दर्भमा तालुक गृह मन्त्रालय तथा नेपाल सरकारबाट सदैव सहयोग र निरन्तर मार्गदर्शन हुने अपेक्षा र विश्वास लिएको समेत उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०७-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बौथली चोक बस्ने २८ वर्षीय रबिन तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ७४ ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बाह्रदशी गाउँपालिका-६ घर भएका ३६ वर्षीय विर्खराज योङहाङ र धादिङ गल्छी गाउँपालिका-२ घर भएका ३४ वर्षीय सानो बावु तुलाधार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनर्वासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सजिव राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ हलगडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका २० वर्षीय अविनाश रौनियार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पासपेन १ सय १० ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लक्ष्मण थिङ, २२ वर्षीय राकेश काफ्ले र २३ वर्षीय रबिन कार्की रहेका छन् । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय दिपक भाटलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ३० मिलिग्राम सहित कैलाली घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २३ वर्षीय जिबन पार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित रोयल फास्टफुड खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-८ बस्ने २६ वर्षीय रिदम केसी समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बिकासनगर घर भएका २२ वर्षीय शिव विक समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-४ घर भएका २० वर्षीय शिवराज थारू र बर्दिया गेरूवा गाउँपालिका-५ बस्ने २७ वर्षीय उमेश थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटएको प्रहरीले भे.६ प ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, माडी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४८ ट्याब्लेट र स्पास्मो २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने २४ वर्षीय आशिष गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ना.६ ख ४०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ बक्तुरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम ५ सय ७० मिलिग्राम सहित कैलारी गाउँपालिका-४ हसुलिया बस्ने २० वर्षीय सरोज चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-८ बन्देबीपुर बस्ने २४ वर्षीय भुवन तिमिल्सिनालाई ‍मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

जुवातास खेलिरहेको अवस्थामा ६४ जना पक्राउ
२०८३-०७-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ डेरा गरी बस्ने नुवाकोट घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रतिभा समेत २१ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख २९ हजार ६ सय रूपैयाँ, ३३ थान कौडा र १७ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-८ पानीटंकी चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने जमौली बस्ने ५९ वर्षीय लक्ष्मण खरेल समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ नबिन चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने २८ वर्षीय सुरज गुरूङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-२ हल्लनचोक बस्ने ६४ वर्षीय अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा अमर समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ९ सय २५ रूपैयाँ र ४ सय ३८ पत्ति तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय हरिदत्त पाण्डेय समेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  तनहुँ, ब्यास नगरपालिका-१२ घाँशिकुवास्थित तामाङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक सोही नगरपालिका-१ भादगाउँ बस्ने ४३ वर्षीय बल बहादुर गुरूङ समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय १५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  रोल्पा, रून्टीगढी गाउँपालिका-७ होलेरी हाटबजारस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ५० वर्षीय दिल बहादुर खड्का समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ७ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा मातहत प्रहरी कार्यालयका सुचना अधिकारीसँग छलफल एवम् अन्तरक्रिया
२०८३-०७-१७

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मातहत प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरीमा सञ्चार मध्यमको विकासक्रम, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले गृह मन्त्रालयबाट सूचना उपलब्ध गराउने सम्बन्धी परिपत्र, नेपाल प्रहरी प्रधान कार्यालयबाट गरिएका परिपत्रहरू, सामाजिक सञ्जाल दुरूपयोग गर्ने प्रहरी कर्मचारी उपर विभागीय कारबाही संख्या, प्रहरी कर्मचारीले सामाजिक संजालहरूको व्यक्तिगत प्रयोग सम्बन्धमा समेत विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

चाँदी जस्तो देखिने विभिन्न सामानहरू सहित दुई जना पक्राउ
२०८३-०७-१७

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम तौलको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न सामानहरू सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ नगवा बस्ने ३६ वर्षीय राम प्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले बीआर ०५ बिके ४४१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त सामानहरू सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-१७

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद २८ हजार ९ सय ७५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ डाँछी बस्ने २६ वर्षीय सुनिल ब्रमाशाखा र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने २० वर्षीय सबिन श्रेष्‍ठ रहेका छन् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले बा.३२ प ७२०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ८० ग्राम र डिजिटल तराजु १ थान सहित भारत मधुवनी मधुवापुर थाना-३ घर भएका ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय बिबेक सापकोटालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०७-१७

ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, गोदावारी नगरपालिका-३ टुपिखेलबाट अवैध लागूऔषध पोलेन १० ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खत्रीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, सुनकोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन ९० ग्राम १ सय ६० मिलिग्राम सहित धनुषा मिथिला नगरपालिका-४ घर भएका २९ वर्षीय मन्जित योन्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३-०२-००१ प १६२२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   झापा, शिवसताक्षी नगरपालिका-६ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र गणेश समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेची पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २९ वर्षीय मेहबुब आलम मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम ७ सय ९० मिलिग्राम सहित पाँचथर याङ्वरक गाउँपालिका-१ बस्ने २१ वर्षीया निश्मा राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० शिविरक्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय रूपेस सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले प्र ३-०२-००२ प ३८८४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९५ ट्याब्लेट सहित तनहुँ बन्दिपुर  गाउँपालिका-५ बस्ने २४ वर्षीय सन्तोष कुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०१-००१ ज ०६३० नम्बरको भ्यानमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित भानु नगरपालिका-१० ढाड बस्ने ३० वर्षीय समुन्द्र विमलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६५३८ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पुबाट नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, डाईजेपाम १५ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुल सहित कास्की मादी गाउँपालिका-८ बस्ने २९ वर्षीय सुरेश परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००२ प ४६७४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-२ छपकैया बस्ने १९ वर्षीय सुजित यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-३ बस्ने २४ वर्षीय ज्ञानेन्द्र नेपाली र २१ वर्षीय रोहित कुमाल रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०७-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, काठमाडौं महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री, काठमाडौं महानगरपालिका-१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, काठमाडौं टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् ।  पक्राउ मध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आशिकालाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार, बिष्णुलाई काठमाडौं महानगरपालिका-३२ बाट र दिनेशलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बाट आइतबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

करिब २ सय ९ किलो गाँजा सहित पाँच जना पक्राउ
२०८३-०७-१६

सुनसरी, धरान उपमहानगरपालिका-२० च्यान डाँडाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९ किलो ४ सय २० ग्राम सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी डाक्नेश्वरी नगरपालिका-१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका-१ बस्ने ४५ वर्षीय राजेन्द्र प्रसाद मंडल, छिन्नमस्ता गाउँपालिका-६ बस्ने ५९ वर्षीय राज कुमार शाह, भारत बिहार प्रान्त मधुबन्नी बस्ने ३८ वर्षीय सन्तोष ठाकुर र सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २१ वर्षीय अमृत बिशुङखे रहेका छन् । उक्त स्थानमा दुईवटा स्कारपियो गाडीमा गाँजा लोड भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरको स्कारपियो तलासी गर्दा उक्त परिमाणको गाँजा फेला उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०७-१६

मोरङ, जहदा गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ग्राम ८ सय मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय प्रवेश कुमार राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, सुन्दरहरैँचा नगरपालिका-१२ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक खवासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने २३ वर्षीय सुरेश नेपाली समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनको घर तलासी उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कपिलवस्तु, वाणगंगा नगरपालिका-३ राजापानी क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३४ वर्षीय सलाउदिन मुसलमान र सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय उमेश थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवा गाउँस्थित सुरज किराना पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सुरज थारू समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, शिवसताक्षी नगरपालिका-९ यलम्बर चोक बस्ने ३१ वर्षीय बादल भन्ने हेन्जिङ जबेगूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  दार्चुला, नौगाड गाउँपालिका-६ धुलिगडाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ५५ ग्राम ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ७० वर्षीय काशि धामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धुलिगडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट सहित सोही नगरपालिका-९ लामाटार भुजुङ्गे बस्ने २९ वर्षीय कृष्ण श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ फूलबारी बस्ने ३० वर्षीय बाली रावत समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८५ प ८८०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-४ हसनापुर बस्ने २८ वर्षीय बिशेश्वर प्रसाद चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-४ बस्ने ३२ वर्षीय नबिन राई र २९ वर्षीय सुनिल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रौतहट, कटहरिया नगरपालिका-५ कटहरिया बजार डेरा गरी बस्ने भारत बिहार सितामढी भलुआहा ग्राम बस्ने १९ वर्षीय शिवम महतोलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय २० ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

पटका सहित दुई जना पक्राउ
२०८३-०७-१६

चितवन, कालिका नगरपालिका-६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान-१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेलीलाई करिब २ लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा-८ घर भएका २९ वर्षीय राज जयसवाललाई करिब ८६ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका, १५ हजार भारतीय रूपैयाँ  र १ लाख ४८ हजार ३ सय नेपाली रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०७-१५

काठमाडौं, काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३० ट्याब्लेट, नोर्फिन १३ एम्पुल, फेनारगन १९ एम्पुल र डाईजेपाम २७ एम्पुल सहित काठमाडौं गौरीघाट बस्ने दोलखा घर भएका १९ वर्षीय शैलेश नेपालीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-३ उत्तर भकारी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मंगल थारू र २५ वर्षीय निराजन थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.प्र.०३-००१ प ८८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकी भाईरल रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-५ बस्ने २४ वर्षीया प्रियका सुनार र २१ वर्षीय प्रबिण सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-२ दिव्यश्वरी प्लानिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५४ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनहरा बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका-९ घर भएका ३८ वर्षीय बसन्त बहादुर खत्री र काठमाडौं कागेश्वरी मनहरा बस्ने दोलखा मेलुङ गाउँपालिका-३ घर भएका २८ वर्षीय प्रदिप केसी रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, घोराही उपमहानगरपालिका-८ शान्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्राम ९ सय मिलिग्राम र नगद २ लाख ७ सय ७५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-९ बस्ने ३१ वर्षीय गोबिन्द खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-८ कोठिया गाउँ बस्ने २५ वर्षीय दिपेश सिंह थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले दिपेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राजवंशी र शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-११ भेडाबारी बस्ने ३४ वर्षीय सन्दिप श्रेष्ठ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ८० मिलिग्राम र नगद ४२ हजार ५ सय ५ रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहर समेतबाट खटिएको प्रहरीले सन्दिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३९ मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय किरण रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०७-१५

ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४१ वर्षीय रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा रामबाबु समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार ७ सय १० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सन्तोष भण्डारी समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०७-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम २ सय ५० मिलिग्राम र नगद २० हजार २ सय रूपैयाँ सहित गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ सय ४० मिलिग्राम सहित ललितपुर इमाडोल बस्ने सप्तरी खडक नगरपालिका-१ घर भएका २३ वर्षीय गौतम चौधरी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, झापा गाउँपालिका-५ खयरबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ डिक्लीबारी बस्ने २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय चैतन हेमरम रहेका छन् । प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-८ बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २७ मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-२ घर भएका २५ वर्षीय अमर बहादुर कुँवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित टीकापुर नगरपालिका-५ बस्ने २२ वर्षीय रोशन सार्की समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रोशनले प्रयोग गरेको  लु.प्र.०१-०१५ प ४७८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  लमजुङ, बेसीशहर नगरपालिका-१ देउरालीडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, बुप्रेनोर्फिन १० एम्पुल र फेनारगन १० एम्पुल सहित सोही नगरपालिका-८ भुलभुले बस्ने ३० वर्षीय सुजन तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले ग.१० प ९९६९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ लौकही केराबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहवी नगरपालिका-३ बस्ने ३४ वर्षीय दिपक परियार र उदयपुर वेलका नगरपालिका-३ बस्ने ३२ वर्षीय बल बहादुर थापा रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-९ बस्ने २१ वर्षीय सुशिल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय नोर्गेन मोक्तान र काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता रसाईली रहेका छन् ।   पक्राउ मध्ये नोर्गेनले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४० लाख रूपैयाँ र सुस्मिताले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नोर्गेनलाई ललितपुर ललितपुर महानगरपालिका-३ बाट र सुस्मितालाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०७-१३

सिन्धुली, सुनकोशी गाउँपालिका-५ मुलकोटबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ग्राम सहित रूपन्देही गैडहवा गाउँपालिका-१ घर भएका २८ वर्षीय प्रकाश थापा र सप्तरी सुरूङ्गा नगरपालिका-२ घर भएका २२ वर्षीय निराजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ग्राम, पेस्तोल १ थान र गोली १ राउण्ड   सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया घर भएका २२ वर्षीय दिपक कुमार बोसाक, ४० वर्षीय पुरन कुमार बोसाक र मोरङ रतुवामाई नगरपालिका-१ घर भएका ३५ वर्षीय योगेन्द्र ठाकुर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले नियन्त्रणमा लिने क्रममा दिपक कुमारले पेस्तोल निकाली प्रहरी माथि लक्षित गरी फायर गर्न खोजे पश्चात प्रहरीले जवाफी फायर गर्दा दिपक कुमार र पुरन कुमार घाइते भएका थिए । घाइते भएका उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-१० पोखरी बाँधबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६६ ट्याब्लेट र स्पास्पेन ८६ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने झापा दमक नगरपालिका-४ घर भएका ३१ वर्षीय सुमन सुवेदीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इटहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका-९ गणेशचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने झापा शिवसताक्षी नगरपालिका-८ घर भएका २८ वर्षीय सन्तोष सार्की र सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय कुशल दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४४ प ८६२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-४ बर्मेली चोकबाट नियन्त्रित लागूऔषध ऐनारगन ६ सय ३ ट्याब्लेट र ट्रामाडोल ६ सय ३ ट्याब्लेट सहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय अस्मिन कुईकेल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.२४ प ७८२२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।यसैगरी चितवन, भरतपुर महानगरपालिका-१५ प्रगती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३१ ट्याब्लेट र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नबिन गुरूङ र २६ वर्षीय अमृत गुरूङ  रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाख्रीबास नगरपालिका-५ बस्ने २६ वर्षीय सुरज तामाङ र धनकुटा नगरपालिका-१ बस्ने २७ वर्षीय शिसिर बस्नेत रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेलबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ५ ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-६ बटुकभैरव बस्ने भारत घर भएका २० वर्षीय गौतम कुमार र सोही महानगरपालिका-६ प्रयागपोखरी बस्ने भारत घर भएका २० वर्षीय आलोक जैसवाल रहेका छन् ।   वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, कन्काई नगरपालिका-४ शान्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय संजय चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, बुप्रेनोर्फिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३२ तल्लो खुदी बस्ने १९ वर्षीय उज्वल विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले  गण्डकी एएबि ३२२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय मक्सुद अहमद इद्रीसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१९ बागफाटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१९ बस्ने ३४ वर्षीय लछु राना समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी बागफाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, लालझाडी गाउँपालिका-१ नौरङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षिय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, इटहरी उपमहानगरपालिका-२ कर्नेल टोल बस्ने ३७ वर्षीय किशोर लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-५ बस्ने २० वर्षीय गोविन्द डाँगीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमि नगरपालिका-३ कौशलटारबाट अवैध लागूऔषध पोलेन २ सय ग्राम सहित काठमाडौ कलंकी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भएका ३३ वर्षीय उमेश दियालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३-०२-००५ प ५०९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा धनुषा सबैला नगरपालिका-१२ घर भएका २८ वर्षीय सुनिल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने/खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रूपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको   छ । उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय बिरेन्द्र शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  बिरेन्द्रले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-५ बाट पक्राउ गरेको हो  । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ३१ वर्षीय भोजराज थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  लिखत कीर्ते गरी सवारी दर्ता किताब तयार गरी चार पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अमेरिकन डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, अमेरिकन डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने मोहन बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  गोकर्णेश्वर नगरपालिका-४ स्थित एकान्त ठाउँमा पीडितलाई बोलाई अमेरिकन डलर देखाई सस्तो दरमा साटिदिने भनि प्रलोभनमा पारी मिति २०८२ चैत २३ गते पीडितबाट ५ लाख रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वती खेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मोहन तथा उनका साथीहरू मिलि काठमाडौं उपत्यका तथा उपत्यका वाहिर समेत गई मानिसहरूलाई सस्तो दरमा अमेरिकन डलर साटिदिने भनि प्रलोभनमा पारी एकान्त ठाँउमा बोलाई लुटपाट तथा ठगी गरेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ
२०८३-०७-१३

तनहुँ, ब्यास नगरपालिका-३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार श्रेष्ठले सञ्चालन गरेको रश्मी नेवारी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रबिन कुमार समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय ३० रूपैयाँ र २ सय ११ पत्ती तास सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-७ गौतमचोक बस्ने तेज बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैया नयाँ गाउँ बस्ने ३८ वर्षीय बिशाल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिशाल समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्थित एकान्त होटलमा जुवातास खेलिरहेको अवस्थामा सल्यान कुमाख गाउँपालिका-५ बस्ने २९ वर्षीय प्रजित पुनमगर समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५९ हजार ५ सय ६० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०७-१२

काठमाडौं, ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर, ललितपुर महानगरपालिका- १४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न वहानामा पीडितहरूबाट पटक-पटक गरी जम्मा ५ करोड ८० लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३५ जना पक्राउ
२०८३-०७-१२

कास्की, पोखरा महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घर भएका २४ वर्षीय पारस गुरूङ, धादिङ निलकण्ठ नगरपालिका-७ घर भएका ३१ वर्षीय प्रकाश पोखरेल र झापा मेचीनगर नगरपालिका-६ घर भएका ४५ वर्षीय बिशाल आङदेखे (लिम्बु) रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैंचा नगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद १८ हजार ५ सय ८० रूपैयाँ सहित सुनसरी दुहबी नगरपालिका-१२ बस्ने २६ वर्षीय संजय उरावलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ४२ वर्षीय याम कुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ गैरीगाउँ बस्ने ३६ वर्षीय अमिर सार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-८ गैसार डेरा गरी बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार २ सय ७० ट्याब्लेट र डाइक्लोमाइन ५ हजार ५ सय १० ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-११ सम्झना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १० ट्याब्लेट र डाइक्लोमाइन ८ सय ट्याब्लेट सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-२ बेलडाँगी बस्ने २७ वर्षीय अरूण माझीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०२-०४१ प २५४६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   बारा, बिश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५१ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-‍५ बस्ने २२ वर्षीय बिशाल सहनी र २६ वर्षीय रोशन कुश्वाहा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१२ प ३७१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी बारा, प्रसौनी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित भारत घर बताउने ६० वर्षीय शम्भु सहनीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेकोहो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही गाउँपालिका-७ बलुवा टोल बस्ने ४५ वर्षीय अच्छेलाल सहनीसँग खरिद गरेको भन्ने खुल्लासाथ अच्छेलालको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा ८ किलो ७ सय ग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   सिराहा, औरही गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ८४ किलो ५ सय ९० ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ तुलसीपुर बस्ने ५३ वर्षीय छेदी दासर र बरियारपटी गाउँपालिका-३ शिवनगर बस्ने ६५ वर्षीय शंकर यादव रहेका छन् । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१९ चारपाटे चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५४ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ दोर्दी गाउँपालिका-८ घर भएका ३१ वर्षीय सागर तामाङ र भरतपुर महानगरपालिका-२० चन्द्रमा टोल बस्ने ३८ वर्षीय रोशन गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको सोही महानगरपालिका-१९ रानिपोखरी बस्ने ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामाको घरमा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१ ग्राम र नगद ३९ हजार ५ सय रूपैयाँ फेला पारी ईश्वरलाई समेत प्रहरीले पक्राउ गरेको छ । कैलाली, भजनी नगरपालिका-५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित भजनी नगरपालिका-५ पगियापसार बस्ने २१ वर्षीय दिपक बुढा समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले से.७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-३ बस्ने १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ७२४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-१ बस्ने २९ वर्षीय नराज चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, मटिहानी नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय बिनोद सुडिलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिहानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  धनकुटा, चौबिसे गाउँपालिका-६ राजारानी बजारबाट अनियन्त्रित लागूऔषध ट्रामाडोल ६४ ट्याब्लेट, डाइक्लोमाइन ३७ ट्याब्लेट र स्पास्पेन ३१ ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-८ बस्ने २१ वर्षीय रोमन भन्ने रमेश पोखरेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा खरिबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ९० मिलिग्राम सहित काठमाडौं न्यूरोड बस्ने भारत घर भएका ३८ वर्षीय गणेश कामतीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.५३ प १६९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अनिष खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-१ हरियाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय क्रिन्स परियार समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-८ बस्ने २३ वर्षीय गोपाल रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नागरिकको सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०७-११

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालन गर्नुका साथै नागरिकहरूको गुनासोको उचित सम्बोधन गरी नागरिकको सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी सवारी साधनको यान्त्रिक चेकजाँच, लापसे, मापसे, ओभरलोड लगायतको गतिविधि नियन्त्रणमा विशेष जोड दिँदै यात्रुहरूको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको साथसाथै ट्राफिक नियम सम्बन्धी चेतनामुलक सन्देश समेत प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । चाडपर्वको समयमा जुवातास, पटका लगायतका विष्फोटक पदार्थको कारोबार तथा सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न प्रहरी कर्मचारीहरू अझ सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने उहाँले   बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगको सुरक्षा व्यवस्थापनमा कुनै पनि त्रुटी नहुने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै उक्त प्रतियोगिता अवधिमा हुनसक्ने अनलाइन बेटिङ लगायतका गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको उच्चतम् प्रयोग गर्दै संलग्नलाई ‍कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो । आगामी बिहीबार देखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सम्भावित जोखिम स्थलहरूको पहिचान गरी उच्च सतर्कता अपनाई पूर्वतयारी सहित प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरहरूमा रहेका महिला, बालबालिका तथा ज्येष्ट नागरिकहरू विरूद्ध हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न समेत संवेदनशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरू सामुहिक भावनाका साथ प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आ-आफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने बताउँदै आफू मातहतका सबै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्न थप नवीनतम् कार्ययोजना ल्याउन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरूले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो ।  कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

१५ दिनको अवधिमा २ सय ३९ जना लागूऔषध कारोबारी पक्राउ
२०८३-०७-११

काठमाडौं, सुनसरी इनरूवा नगरपालिका-४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा ९ सय १५ किलो ६ सय ८० ग्राम सहित ३६ वर्षीय बुलबुल यादव समेत ४ जना कात्तिक १ गते पक्राउ परे । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित बारा घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा घर भएका २७ वर्षीय सुनिल सहनी कात्तिक २ गते पक्राउ परे ।  विगत १५ दिनको अवधिमा अवैध लागूऔषध सहित पक्राउ पर्ने बुलबुल यादव लगायतका व्यक्तिहरू प्रतिनिधि पात्र मात्र हुन् । नेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट २ सय ३९ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये लागूऔषध नियन्त्रण ब्यूरोबाट ३ जना, उपत्यकाबाट ४७ जना, कोशी प्रदेशबाट ३८ जना, मधेश प्रदेशबाट २४ जना, बागमती प्रदेशबाट २६ जना, गण्डकी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ३९ जना, कर्णाली प्रदेशबाट १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३२ जना पक्राउ परेका हुन् । पछिल्लो समयमा लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष अप्रेशन सञ्चालन गरी कार्य गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न नेपाल प्रहरी आक्रमक रूपमा प्रस्तुत भइरहेको छ । चाडपर्वको समयमा समेत लागूऔषध कारोबार हुने विभिन्न नाकाहरूमा सुक्ष्म रूपमा सूचना संलकनका साथै योजनावद्ध प्रभावकारी प्रहरी परिचालन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय भई कार्य गरिरहेको छ ।’सो अवधिमा अवैध लागूऔषध गाँजा २ हजार ८ सय ७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करिब ३६ किलो, अफिम १ किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन १ किलो ७७ ग्राम ९१९ मिलिग्राम, कोकिन २७ ग्राम ६७८ मिलिग्राम तथा  विभिन्न किसिमका नियन्त्रित लागूऔषध समेत प्रहरीले बरामद गरेको छ ।   विगत १५ दिनको अवधिमा विभिन्न अपराधमा संलग्न १ हजार ३ सय २७ जना पक्राउनेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये ब्यूरोहरूबाट ४ जना, उपत्यकाबाट २ सय ३० जना, कोशी प्रदेशबाट २ सय ४ जना, मधेश प्रदेशबाट २ सय ८९ जना, बागमती प्रदेशबाट १ सय जना, गण्डकी प्रदेशबाट ९१ जना, लुम्बिनी प्रदेशबाट २ सय ३ जना, कर्णाली प्रदेशबाट ६० जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ४६ जना पक्राउ परेका हुन् । सो अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यान सम्बन्धी कसुर अन्तर्गत २ सय ६४, आत्महत्या सम्बन्धी १ सय २६, चोरी सम्बन्धी १ सय ५८, लागूऔषध सम्बन्धी २ सय ७, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी ८, अपहरण तथा शरिर बन्धक सम्बन्धी ३, आर्थिक अपराध सम्बन्धी ३९, चेक अनादर सम्बन्धी १ सय ८, सामाजिक अपराध सम्बन्धी २ सय ६१, महिला तथा बालबालिका सम्बन्धी १ सय २, सवारी सम्बन्धी १ सय २९, विद्युतीय कारोबार सम्बन्धी ७, लिखित सम्बन्धी ५ र नागरिकता सम्बन्धी कसुर अन्तर्गत ५ वटा मुद्दाहरू दर्ता भएका हुन् । गत वर्षको दसैंको अवधिमा ८ सय १ जना पक्राउ परेका थिए भने ९ सय ६० वटा मुद्दा दर्ता भएको थियो ।  आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८३-०७-११

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय २२ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २०२३ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धनुषा, सबैला नगरपालिका-१३ किरतपुर बस्ने ४५ वर्षीया फुलो देवी ठाकुरलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ८० ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले फुलो देवीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय नसिम अक्तर मिया र ३० वर्षीय सलमान मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ एए ५३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ पिपल चौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुबिन सिंह र बाँके कोहलपुर नगरपालिका-२ बस्ने ३३ वर्षीय प्रसान्त मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बसपार्कस्थित न्यू खप्तड सैपाल होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ किलो ३ सय २४ ग्राम सहित बझाङ छबिसपाथीभेरा गाउँपालिका-६ बस्ने ३५ वर्षीय सुरेन्द्र बहादुर बुढालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले होटलको १०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी चालक उन्नत तालिम सुरू
२०८३-०७-११

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३३ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन गर्नुभएको हो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल १६ कार्यदिन रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान १२ जना गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०७-११

काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम र नगद ५ लाख ८० हजार रूपैयाँ सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कल्याणपुर नगरपालिका-२ घर भएका २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ घर भएका २६ वर्षीय राजिब तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट, नाइट्राभेट ५ हजार ४ सय ट्याब्लेट, डाईजेपाम  १ सय ६७ एम्पुल, फेनारगन ४ सय २३ एम्पुल र नोर्फिन ३ सय २४ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले राजिबको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अमेरिकाबाट कुरियर मार्फत डकुमेन्टको आवरणमा ल्याइएको अवैध लागूऔषध गाँजा १ किलो ३ सय ३८ ग्राम सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक २३ वर्षीय BHAVARSINGH र ३३ वर्षीय VANDIT PATEL रहेका छन् ।  सुनसरी, देवानगंज गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ५ सय २० ग्राम र नगद १४ हजार  २ सय ६० रूपैयाँ सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिनगर गाउँपालिका-६ घुस्कि बस्ने २६ वर्षीय लुकमान अंसारी र भारत पुर्णिया राजदमपुर पञ्चायत-९ घर भएका २८ वर्षीय एमलि मझाल रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्र.१-०२-०४६ प १७४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका-९ रामपुर ठोक्सिला बस्ने २६ वर्षीय लाल बहादुर श्रेष्ठ र सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने २४ वर्षीय निर्मल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-८ सिसुवाधरमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २७ वर्षीय मोहमद आजादलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दोघरेस्थित सिटी टाउन होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम र नगद ३२ हजार ७ सय १० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय योगेश पुन मगर, १९ वर्षीय दिवश केसी र सोही उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय अर्पन पुन रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ गैरागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ बेलभार बस्ने ३७ वर्षीय धनिलाल धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ६४७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बझाङ, बुंगल नगरपालिका-४ बिजगडा बजार बस्ने ४३ वर्षीय जनक कार्की समेत २ जनालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ किलो २ सय ६५ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले जनकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बारबर्दिया नगरपालिका-७ सोनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-७ हर्नवा बस्ने २१ वर्षीय रितेश थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियाभार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-७ सोनपुर बस्ने २९ वर्षीय यज्ञ लामिछाने सँग खरिद गरेको भन्ने खुल्नासाथ यज्ञको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले हाल फरार यज्ञको खोजी गरिरहेको छ ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट नियन्त्रित लागूऔषध डिकोलिक १७ ट्याब्लेट, स्पास्पेन ५० ट्याब्लेट र ट्रामाडोल ७० ट्याब्लेट सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ हात्तीसार बस्ने २० वर्षीय प्रणय राई, २० वर्षीय रमण राई, १९ वर्षीय रोजित राई र २३ वर्षीय सनम भन्ने देवराज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।झापा, बिर्तामोड नगरपालिका-१० कुवापानीटोल बस्ने २० वर्षीय प्रदिप बर्देवा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्रदिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३० किलो ९ सय ९० ग्राम र नगद ६३ हजार ५ सय ५ रूपैयाँ सहित धनकुटा चौबिसे गाउँपालिका-७ बस्ने ३५ वर्षीय आइत बहादुर राई समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले प्र.१-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चाँदीका तयारी गरगहनाहरू सहित भारतीय नागरिक पक्राउ
२०८३-०७-११

काठमाडौं,  चन्द्रागिरी नगरपालिका-७ थानकोटबाट ६८ किलो २ सय ४४ ग्राम २ सय ४० मिलिग्राम तौलको चाँदीका विभिन्न तयारी गरगहनाहरू सहित सोही ठाउँ बस्ने भारत बिहार रक्सौल घर भएका १९ वर्षीय अमन सर्राफलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  अमनले काठमाडौं थानकोट एरियामा विभिन्न किसिमका चाँदीका तयारी गरगहनाहरू भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रूपमा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहनाहरू सहित पक्राउ गरेको हो ।    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-११

धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-२ मारेक बस्ने २४ वर्षीय होम बहादुर गान्छाकी मगरलाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पटका सहित ६ जना पक्राउ
२०८३-०७-११

बारा, जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट राजपुर नगरपालिका-५ बस्ने २८ वर्षीय बिनोद महतो र बारा पचरौता नगरपालिका-७ बस्ने २६ वर्षीय राधा कृष्ण सहनी रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-०३४ च ७३१५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त पटकाहरू फेला पारी चालक बिनोद र पिकअपमा सवार राधा कृष्णलाई पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-४ सितलहाईटबाट २५ हजार रूपैयाँ बराबरको पटका सहित सोही नगरपालिका-६ ईमाडोल बस्ने पर्सा वीरगंज महानगरपालिका-२६ घर भएका २८ वर्षीय अमित कुमार कुशुवहा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पटका सहित पक्राउ गरेको हो । काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १२२४ नम्बरको गाडीमा सवार उनलाई उक्त पटका सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बैसाली महुवा टोल बस्ने २५ वर्षीय बिर्जु  कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बिआर १ एपि ६०७३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा १९ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर्जु कुमार र गाडीमा सवार मन्जय कुमारलाई पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुखराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-१ भगबन टोल बस्ने ४० वर्षीया प्रमिला देवी मण्डललाई अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्रमिलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०७-१०

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ गागलफेदी बस्ने ललितपुर गोदावरी घर भएका २१ वर्षीय उमेश मगर र सोही नगरपालिका-४ थली हेमपाइप बस्ने धनकुटा घर भएका २७ वर्षीय मिलन मिश्र रहेका छन् । प्रहरी प्रभाग थलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात बस्ने ४६ वर्षीया SHAIKH SHABANABANU YAR MAHAMMAD र ३५ वर्षीया ANSARI SARIFA ABBAS  रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   सिराहा, धनगढीमाई नगरपालिका-१० डगर टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो २ सय ७० ग्राम सहित बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बस्ने ४१ वर्षीय शिव शंकर साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र. ०३-०३२ प ७५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सिराहा, धनगढीमाई नगरपालिका-१४ बिहिबारे टोल बस्ने ५६ वर्षीय झनक बहादुर ठकुरीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १६ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले झनकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय आषिस लुहारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले म.१ ह ५५६ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक आषिसलाई पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ ४ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय बिशाल अछामी र ३८ वर्षीय बिरू लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, कावासोती नगरपालिका-१५ गैरीटोलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ३८ ग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय बुद्धिराम गुरौलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-१० बस्ने झापा मेचीनगर नगरपालिका-६ घर भएका ४४ वर्षीय संजय सुवेदी र चितवन राप्ती नगरपालिका-१ घर भएका ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन् । पक्राउ मध्ये संजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र मधुमालतीले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

चोरीमा संलग्न चार जना पक्राउ
२०८३-०७-१०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, ४६ वर्षीया विणा देवी, चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने १९ वर्षीय राजु पोदार र २३ वर्षीय राजेन्द्र कुमार रहेका छन् ।काठमाडौं महानगरपालिका-१४ कलंकी तासिङडोल मार्ग बस्ने सिता थपलियाको फ्ल्याटबाट र निरञ्जन नेपालको घरबाट नगद, सुन तथा चाँदीका गरगहनाहरू लगायतका धनमालहरू चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको   हो । प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू, मोबाइल १६ थान, घडी १० थान लगायतका सरसामान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित
२०८३-०७-०९

काठमाडौं, सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा  सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ । यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १ सय २४ जनाको मृत्यु भएको छ । तीमध्ये ८३ जना पुरूष, ३९ जना महिला, ७ बालक र ५ बालिका रहेका छन् । ती दुर्घटनामा परी २ हजार ९८८ जना घाइते भएका छन् । घाइते मध्ये ४ सय ३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् । चाडपर्वको अवधिमा दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा चालिएको कदम बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूको सुरक्षा तथा सहजताको लागि प्रभावकारी व्यवस्थापन गरेको छ । सवारी छुट्ने स्थानमै चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे/नराखेको चेकजाँच, TCA (Traffic Communication Application) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेष्ट (चेकजाँच) गर्दै सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्य तर्फ पठाउने व्यवस्था मिलाईएको छ ।’ सो अवधिमा देशका विभिन्न स्थानमा १ हजार ३३९ वटा सवारी दुर्घटनाका घटनाहरू भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा १७१ वटा, कोशी प्रदेशमा ३९७ वटा, मधेशमा ८० वटा, बागमतीमा ११२ वटा, गण्डकीमा ९७ वटा, लुम्बिनीमा १६१ वटा, कर्णालीमा १७१ वटा र सुदूरपश्चिममा १५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा मोटरसाइकल १ हजार ५५२ वटा, जिप\कार ३३७ वटा, टेम्पो २०७ वटा, ट्रक\ट्याङ्कर ७१ वटा, माइक्रोबस ६४ वटा, बस ५४ वटा, ट्याक्टर ३८ वटा, टिपर १५ वटा, डोजर\स्काभेटर\लोडर १० वटा र अन्य १३३ वटा गरी जम्मा २ हजार ४८१ वटा सवारी साधनहरू संलग्न रहेका छन् । तथ्यङ्कको विश्लेषण गर्दा सबै भन्दा बढी दुर्घटना कोशी प्रदेशमा र सबै भन्दा कम मधेश प्रदेशमा भएका छन् भने सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । गत वर्षको दसैंको अवधिमा कुल १ हजार ४ सय ९२ वटा सवारी दुर्घटनाका घटनाहरू भएका थिए । ट्राफिक नियम उल्लङघन गर्ने ५ हजार ७०३ सवारी साधन कारबाही :दसैंको अवधिमा देशभरबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको छ । जसमध्ये मादक पदार्थ सेवन अन्तर्गत २ हजार ७९४, सिट क्षमता भन्दा बढी १ हजार ८८२, तीव्र गति ७४६, यान्त्रिक परिक्षण कारबाहीतर्फ ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लापसे ५३ र TCA तर्फ ९ वटा गरी ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको हो । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले कारबाही गर्ने भन्दा पनि यात्रु एवम् चालकहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी दुर्घटना हुन सक्ने स्थानको पहिचान गरेर नियमित तथा आकस्मिक रूपमा चेकजाँच गर्ने गर्छ । सुरक्षित र मर्यादित सडकको प्रयोग एवम् सवारी आगमनलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीले विभिन्न प्रविधिहरूको समेत प्रयोग गरी कार्य गरिरहेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाएको देखेमा, पाइएमा नजिकको प्रहरी कार्यालय वा १००/१०३ मा खबर गर्नुहुन आम नागरिकमा अनुरोध छ ।’  नेपाल प्रहरीले दुर्घटना न्यूनीकरणको लागि ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत संचालन गर्दै आइरहेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यस वर्षको दसैंको अवधिमा देशभर ४ सय ८ वटा यात्रु सहायता कक्ष, अन्तर्राष्‍ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरी दुर्घटना न्यूनीकरणमा विशेष सतर्कता अपनाई कार्य गरिएको थियो । साथै नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले सवारी दुर्घटना न्यूनीकरणमा विशेष योजना अवलम्बन गरी कार्य गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-०९

चितवन, भरतपुर महानगरपालिका-३ बेलचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नोर्फिन २२ एम्पुल र प्रोमेथाजाइन २२ एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने गोरखा घर भएका १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित बागमती गाउँपालिका-७ बस्ने २३ वर्षीय रोशन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा  केन्द्र वनस्पतिबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सर्लाही, लालबन्दी नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित सोही नगरपालिका-२ नवलपुर बस्ने २४ वर्षीय विशाल प्रधानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०५४ प १४४९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९२ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय तिलक खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०७-०९

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-३२ पेप्सिकोला बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-५ घर भएका २८ वर्षीय श्रीकृष्ण बराम समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.२ ज ३०३३, बागमती प्रदेश १-००२ ज ६७५२ नम्बरका ट्याक्सीहरू र बा.७५ को ८४६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-७ बस्ने २७ वर्षीय कुशल घिमिरे समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ९ सय ८० ट्याब्लेट र स्पास्पेन ७ हजार ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-००५ ह ६४८० नम्बरको सिटी सफारी जाँच गर्दा उक्त लागूऔषध फेला पारी सिटी सफारीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई समेत पक्राउ गरेको छ । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ राँगाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २३ हजार १ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम ३ सय ट्याब्लेट सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २६ वर्षीय मनोज मग्रांतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्क डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-३ घर भएका २५ वर्षीय बविस भण्डारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बविसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-४ निपनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-५ बस्ने ३१ वर्षीय अजय कुमार यादव र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय अरबिन्द कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास महोत्तरी समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००६ प ५१३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अस्मिताको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १६ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आवेश राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ कम्पनीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपक कुंजडा र २५ वर्षीय राम कुमार कुंजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, बित्थडचिर गाउँपालिका-८ बागथला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ किलो १ सय ९५ ग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय कटक जप्रेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरदेखि धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ४२११ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । धनुषा, गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया मुस्लिम टोल बस्ने ३२ वर्षीय अब्दुल रहमानलाई अवैध लागूऔषध गाँजा ३ सय ६० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले अब्दुलको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय सुमन खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.२१ प १७५१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ
२०८३-०७-०९

सुनसरी, इटहरी उपमहानगरपालिका-४ शान्ति चोकस्थित द स्टंन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३७ वर्षीय मोहन घिमिरे समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका वडा प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५६ हजार १ सय ८० रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको   हो ।  भक्तपुर, चाँगुनारायण नगरपालिका-४ हलचाप बस्ने ५४ वर्षीय धुर्व श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-६ मटियारी बस्ने ४५ वर्षीय हरि दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि समत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ५ रूपैयाँ सहित पक्राउ गरेको हो ।  अछाम, मंगलसेन नगरपालिका-५ मंगलसेन बजार बस्ने ४८ वर्षीय नृप बहादुर बिष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा नृप बहादुर समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ५ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०७-०८

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय १० ट्याब्लेट र नगद ४२ हजार ५ सय ९८ रूपैयाँ सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ ब्रम्हखेल घर भएका ३५ वर्षीय गणेश श्रेष्‍ठ र गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका बस्ने नुवाकोट घर भएका २१ वर्षीय अनिस केसी रहेका छन् । प्रहरी प्रभाग थलिबाट खटिएको प्रहरीले बा.प्र.०२-०३१ प ३७२२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम सहित धादिङ निलकण्ठ नगरपालिका-१४ घर भएका २९ वर्षीय जोनाम लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००२ ख १२८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन ४२ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका-६ घर भएका २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका-२ घर भएका २९ वर्षीय दिपक परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका-७ बस्ने ३० वर्षीय टार्जन चौधरी र इनरूवा नगरपालिका-८ बस्ने १९ वर्षीय लम्बु भन्ने साहदिन हुसेन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ बुधबारे चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २१ वर्षीय पवन गन्धर्ब समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रकास चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय पुर्ण बहादुर चन्द र २४ वर्षीय शंकर देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७७ मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय टनक अवस्थी र कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका ३४ वर्षीय राजु बिष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.५ प ४३१३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १७ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आशिष भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २२ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय आकाश रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-१८ बस्ने २६ वर्षीय रामकृष्ण बराललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०७-०७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५२७६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १३ एम्पुल र डाईजेपाम १४ एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय अनिल कुमार हरिजनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपीचारबाट अवैध लागूऔषध गाँजा ८७ ग्राम ९ सय ७० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने २८ वर्षीय सुरज लामिछाने र ललितपुर, ललितपुर महानगरपालिका-३ बस्ने ३३ वर्षीय आस्तिक सेरचन रहेका छन् । अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले पश्चिम रूकुमबाट पूर्वी रूकुमकोटतर्फ आउँदै गरेको बा.३७ प ८४४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ जोकवारबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ७७ ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका-४ बरमपुरवा बस्ने ४५ वर्षीय दान बहादुर हरिजनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ७ सय २० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका-२ बस्ने २४ वर्षीय अमित दर्जी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०६

कैलाली, भजनी नगरपालिका-३ पडरीया बस्ने २८ वर्षीय हरि प्रसाद डगौरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ मनेहरा पुरानो शिविर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१० केरावारी बस्ने २३ वर्षीय सन्दिप चौधरीलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट, नाईट्रोसन १ सय ७० ट्याब्लेट, गाँजा २ सय ४० ग्राम र नगद २४ हजार १ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट र स्पास्पेन ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने १९ वर्षीय कुशल बिष्टलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली मंगल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ६२ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय उत्तम राई समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय गणेश साह कलवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-३ सहिद कलेज अगाडि बस्ने २२ वर्षीय अभिजित नेपाललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट शान्तिचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०७-०६

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानी क्रिकेट ग्राउण्ड नजिक टहरामा जुवा (ओखर) खेलिरहेको अवस्थामा गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने नुवाकोट घर भएकी ३३ वर्षीया अन्जली पुडासैनी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५५ रूपैयाँ र  ओखर ११ थान सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बालग्राम बस्ने विनोद पोखरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय विक्रम गिरी सहित ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । डोल्पा, ठुलीभेरी नगरपालिका-७ जुफाल बजार बस्ने ४२ वर्षीय धनलाल बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा बोहरा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुफालबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ६ हजार ६ सय ३० रूपैयाँ, तास १ सय ५९ पत्ति र कौडा ४५ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा टीका तथा प्रसाद प्रदान
२०८३-०७-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बडा दसैं २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान १० बजे देखि दिउँसो १३:०० बजेसम्मको समय तोकिएको थियो । टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०७-०५

पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र गाँजा १ सय २० ग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ४३ वर्षीय संजय औझैया, १९ वर्षीय अशोक चौधरी र २६ वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५८ मिलिग्राम सहित गोदावारी नगरपालिका-९ बस्ने १९ वर्षीय सन्जय राना समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीद्वारा नि:शुल्क बस संचालन
२०८३-०७-०३

काठमाडौं, बडा दसैंको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते नि:शुल्क बस सञ्चालन गरेको छ । रूट नम्बर १: यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ ।रूट नम्बर २: यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ । रूट नम्बर ३: यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुन: नक्सालमा फर्किनेछ ।निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको   छ ।नि:शुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज १६:०० बजेबाट तीन वटै रूटमा सञ्चालन हुनेछ । यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८:०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो १५:३० बजे बाट उक्त रूटहरूमा सञ्चालन हुनेछ ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०८३-०७-०३

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बडा दसैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कार्कीले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कार्कीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार राम कुमार कार्कीलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार पोषण राज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवम् महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।   

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८३-०७-०३

जुम्ला, तिला गाउँपालिका-३ कुडारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ३० मिलिग्राम सहित तातोपानी गाउँपालिका-१ राँका बस्ने २० वर्षीय विकाश सार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले नाग्माबाट जुम्लातर्फ आउँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय प्रदिप राजवंशी समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित भारत पिलिभित न्युरिया कलौनी बस्ने ३२ वर्षीय अमित हलदरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने २७ वर्षीय आयुस बम समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले आयुसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०७-०३

ललितपुर, महालक्ष्मी नगरपालिका-४ ढुङगेसाँघु इमाडोलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय अश्मिन केसी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने धनुषा घर भएका ३६ वर्षीय विशाल चौधरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा विशाल समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-२२ पटिहानीस्थित होटल रिभरसाइडमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम ठकुरी समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६८ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०७-०२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरिया टोल घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौ घर भएका २७ वर्षीय सुनिल सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च ७५८८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ शान्तिचोकस्थित ऋतु होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ बस्ने २५ वर्षीय रबिन थारू र बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २६ वर्षीया पुतली पुन रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।  बाँके, जानकी गाउँपालिका-४ ढुडुवारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय तिलक विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईज तहशिल नानपारा घर भएका २७ वर्षीय साबिर अलि अंसारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-११ दुधे डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका ४८ वर्षीय बम बहादुर लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम र नगद ८९ हजार ७ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बम बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ६९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पप्पु यादव र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय अरूण कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले पप्पुले प्रयोग गरेको बिआर ३० एच ६०९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्म्देब जिरो पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ सालघारी बस्ने ३३ वर्षीय राज चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट र नाइट्राजेपाम ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ४३ वर्षीय अर्सद अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ९ सय १५ किलो गाँजा सहित ४ जना पक्राउ
२०८३-०७-०१

सुनसरी, इनरूवा नगरपालिका-४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय १५ किलो ६ सय ८० ग्रामसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहवी नगरपालिका-१० बस्ने २२ वर्षीय कुन्दन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  साथै प्रहरीले उक्त स्थानबाट प्र.१-०२-००१ प ९१९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०१

बारा, गढीमाई नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले भे.३ प ३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, डिजिटल तारजु १ थान र नगद ९१ हजार ४ सय ५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-११ डाङडुङे बस्ने २७ वर्षीय उज्वल चौलागाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा. प्र.०३-००१ प ३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमिन ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २७ वर्षीय प्रवेश बानिया समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बा. प्र.०३-००५प ६९११ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय दुर्गा ऋषिदेव र सुनसरी धरान उपमहानगरपालिका-६ पानमारा बस्ने २७ वर्षीय पुरन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले भैराहाबाट सुगातर्फ आउँदै गरेको को. २० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ चम्मचोकस्थित न्यू तहल्का होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित बेदकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय मनोज राज भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०७-०१

काभ्रे, पनौती नगरपालिका-५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । रूपन्देही, तिलोत्तमा नगरपालिका-४ डिङ्गानगर सिद्धार्थ पथबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय तिलक वली समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ४ सय १० र ३ बुक तास सहित पक्राउ गरेको हो  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<
अधिक लोड >>
कम देखाउनुहोस् <<