प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : हानिकारक हतियार
भरूवा बन्दुक सहित पाँच जना पक्राउ
२०८२-०८-२९

रूकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद करिब २ सय ग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ खराङ बस्ने ३० वर्षीय शेर बहादुर थापा, ४३ वर्षीय यम प्रसाद पुन र ४८ वर्षीय कृष्ण बहादुर मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट खटिएको प्रहरीले शेर बहादुरको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपालिका-१२ अर्नाबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय मित्र बहादुर बुढाथोकी र ४४ वर्षीय हिरालाल तामाङ रहेका छन् । प्रहरी चौकी बसेरीबाट खटिएको प्रहरीले मित्र बहादुरको बारीबाट उक्त बन्दुक फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल सहित तीन जना पक्राउ
२०८२-०८-१६

काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ सुन्धारा बस्ने दार्चुला दुहुँ गाउँपालिका-४ घर भएका १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर, काठमाडौं महानगरपालिका-१८ भुरूङखेल बस्ने सोही महानगरपालिका-१४ कलंकी घर भएका २८ वर्षीय रसिल जोशी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै पक्राउ मध्ये रसिल उपर प्रहरी वृत्त स्वयम्भूबाट लागूऔषध मुद्दा दर्ता भई गत भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

पेस्तोल तथा रिभल्भर सहित पाँच जना पक्राउ
२०८२-०८-१२

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल २ थान र म्याग्जिन १ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डप बस्ने बागलुङ ढोरपाटन नगरपालिका-३ घर भएका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट सिभिल होम नजिक बस्ने तनहुँ भानु नगरपालिका-९ घर भएका ४१ वर्षीय मनोज कुमार सुन्दासलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ८ राउण्ड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फस्कु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२१ लगन डेरा गरी बस्ने भारत बिहार घर भएका १६ वर्षीय किशोरलाई रिभल्भर १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्भर फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
२०८२-०७-२३

काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद  ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हतियार सहित पक्राउ
२०८२-०७-२२

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुंगानालाई ग्याँस गन १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०१

मकवानपुर, मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरूवा बन्दुक २ थान, अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । हुम्ला, सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हातहतियार सहित तीन जना पक्राउ
२०८२-०६-०८

कैलाली, गौरीगंगा नगरपालिका-१ बाट पेस्तोल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  गोरखा, पालुङटार नगरपालिका-३ मैबल बस्ने ६३ वर्षीय राम बहादुर राना मगरलाई एकनाले भरूवा बन्दुक २ थान,  बारूद जस्तो देखिने पदार्थ र फलामको गज ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित एक जना पक्राउ
२०८२-०६-०६

काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सात सय ३० राउण्ड ‍गोली सहित आठ जना पक्राउ
२०८२-०५-२९

काभ्रे, बनेपा नगरपालिका-९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली सहित एक जना पक्राउ
२०८२-०५-२४

पर्सा, वीरगंज महानगरपालिका-१६ बाट होममेड सिक्सर पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित भारत झारखण्ड पाकु ग्राम पंचायत मालपाहारी बस्ने २७ वर्षीय प्रदिप शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित खाजा पसलमा प्रदिपले १८ वर्षीया किशोरीलाई गोली प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको   हो । साथै गोली प्रहारबाट घाइते भएकी किशोरीको एनएमसी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल सहित तीन जना पक्राउ
२०८२-०४-२१

सिराहा, नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल १ थान सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुबनी बेल्हीपुर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषि नाथ, छारापट्टी कमलाबारी बस्ने २० वर्षीय ओम शंकर यादव र कमलाबारी फुलकाहा बस्ने १९ वर्षीय आकाश कुमार मण्डल रहेका छन् ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले भारतबाट गोलबजारतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु १८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हातहतियार सहित तीन जना पक्राउ
२०८२-०३-३१

कैलाली, भजनी नगरपालिका-९ आमबाडिबाट पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित दुई जना पक्राउ
२०८२-०३-२८

अर्घाखाँची, शितगंगा नगरपालिका-१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई एकनाले भरूवा बन्दुक १ थान, फलामको छर्रा १७ थान, केप १९ थान, सिसाको छर्रा २ थान र बारूद सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट एकनाले कटुवा पेस्तोल २ थान र थ्रिनटथ्री राईफलको गोली २ राउण्ड सहित सप्तरी बलान बिहुल गाउँपालिका-२ डिगीया टोल बस्ने ४५ वर्षीय जगदिश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.३० प ५३१९ नम्बरको मोटरसाइकल तलासी गर्दा उक्त हातहतियार फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार र अवैध लागूऔषध सहित पक्राउ
२०८२-०३-०१

मकवानपुर, राक्सिराङ गाउँपालिका-१ ढुंगेन बस्ने ५० वर्षीय राजु स्याङ्तानलाई विभिन्न हातहतियार र अवैध लागूऔषध सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, अवैध लागूऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लाष्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान, सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका-१ ठुलोभाबर बस्ने ४२ वर्षीय विर बहादुर लामालाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली सहित दुई जना पक्राउ
२०८२-०२-०८

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०१-३०

पाँचथर, ३१ वैशाख, फाल्गुनन्द गाउँपालिका-१ उतेसेनीस्थित जंगलबाट भरूवा बन्दुक १ थान सहित फिदिम नगरपालिका-९ दरेनी बस्ने ३३ वर्षीय मन बहादुर सम्बाहाम्फेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  मन बहादुर र सोही ठाउँ बस्ने सुन्दर सारू मगर उक्त जंगलमा सिकार खेल्न जाने क्रममा बाटोमा मानिस आउँदै गरेको देखी सुन्दरले बन्दुक झाडी भित्र लुकाउने क्रममा बन्दुक पड्किँदा सुन्दर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरीले मन बहादुरलाई उक्त बन्दुक सहित पक्राउ गरी सुन्दरलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-१२-२५

मोरङ, केराबारी गाउँपालिका-८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक ३ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्ली कुमार कार्की रहेका छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरूवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मणिराज र डिल्ली कुमारलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल र भरूवा बन्दुक सहित पक्राउ
२०८१-११-२७

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-२० घर भएका ३३ वर्षीय सुदन जोशीलाई पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ निगाली बस्ने ६२ वर्षीय नर बहादुर बुढालाई भरूवा बन्दुक १ थान, केप ६६ थान र बारूद सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पहरियाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बिशाल सामुदायिक जंगलतर्फ जाँदै गरेका उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल तथा गोली सहित दुई जना पक्राउ
२०८१-११-१२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दिपक कुमार रहेका छन् ।प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तोल तथा गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-१०-२७

संखुवासभा, मकालु गाउँपालिका-५ खोत्ताकबाट भरूवा बन्दुक १ थान तथा बन्दुकमा प्रयोग हुने विभिन्न सरसामान सहित सोही ठाउँ डेरा गरी बस्ने मकालु गाउँपालिका-५ नुम घर भएका ३० वर्षीय हेमराज बिकलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नुम र इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरीले उनी बस्ने घर तलासी गर्दा भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने नाल २ थान, बट १ थान, सोडा जस्तो देखिने पदार्थ २ किलोग्राम, केप २४ पिस, फलामको टुक्रा १ थान, सिसाको छर्रा २५ पिस, बारूद करिब १ सय ग्राम लगायतका सरसामान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दुई थान भरूवा बन्दुक सहित तीन पक्राउ
२०८१-१०-२३

कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाँउस्थित आर्याघाटबाट भरूवा बन्दुक २ थान र चक्कु १ थान सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१९ बस्ने ३९ वर्षीय गुरू प्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत अली र ४० वर्षीय देसराज राना रहेका छन् ।   सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०९-१६

 सर्लाही, हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका-२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा रहेका छन् । अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०८-१८

मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगा बस्ने ओम प्रकाश यादवलाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसीलाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले उनको घरको छाना माथि लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियार सहित दुई जना पक्राउ
२०८१-०८-०५

कञ्चनपुर, भिमदत्त नगरपालिका-९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त टोलीलाई उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियार सहित एक जना पक्राउ
२०८१-०७-२२

दाङ, लमही नगरपालिका-३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कुमालले आफ्नै घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुक २ थान, खाली बट, बन्दुकको काठको बट १ थान, बन्दुक नाल १ थान, बन्दुकको नाल बनाउन प्रयोग हुने फलामको पाईप १ थान, बारूद जस्तो देखिने पदार्थ २ सय १२ ग्राम २ सय ३० मिलिग्राम, छर्रा १ सय ३५ थान, केप १८ थान, ठुलो गोली २९ थान लगायतका हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुक सहित तीन जना पक्राउ
२०८१-०७-२०

बाजुरा, गौमुल गाउँपालिका-६ सटेडाबाट भरूवा बन्दुक १० थान र बन्दुकको नाल ३३ थान सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका-१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् । गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक फेला पारी गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल सहित पक्राउ
२०८१-०६-१७

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ ओइराबु बस्ने २० वर्षीय उदय पन्थलाई अटोमेटिक पस्तोल १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मीलाई कटुवा पेस्तोल १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रिभल्वर र भरूवा बन्दुक सहित तीन जना पक्राउ
२०८१-०६-०५

कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट मेड इन कानपुर लेखिएको ५ राउण्ड गोली लोड गरेको सानो रिभल्वर १ थान र गोलीको खोका १ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरागाउँ वस्ती बस्ने ३२ वर्षीय प्रितम कुमार र २५ वर्षीय सुरज दुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको युपि ५१ एम ०५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रिभल्वर सहित फेला पारी पक्राउ गरेको हो ।  ताप्लेजुङ, फक्तालुङ गाउँपालिका-५ बस्ने जित बहादुर लिम्बुलाई एकनाले भरूवा बन्दुक १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-५ स्थित देबिस्थान जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको ३ थान भरूवा बन्दुक फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०५-२२

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्कीलाई भरूवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूको घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरीले नन्दराम साउँदको घर नजिक बारीमा लुकाई छिपाई राखेको एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा १३ वटा र बारूद तथा चिन कार्कीको घरबाट एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा ९ वटा र बारूद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित एक जना पक्राउ
२०८१-०५-१९

बाँके, डुडुवा गाउँपालिका-६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनको घरमा भरूवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरूवा बन्दुकको चित्र भएको काठ २ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारूद र जंगली जनावरको खोपडी सहितको सिङ १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-०५-१३

धनकुटा, चौबिसे गाउँपालिका-५ बैकुण्ठे बस्ने ४५ वर्षीय प्रेम बहादुर जोगीलाई भरूवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थान सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४४ वर्षीय भिम सुबेदीसँग बादबिवाद हुँदा मादक पदार्थ सेवन गरेका प्रेम बहादुरले आफ्नो घरमा गई  भरूवा बन्दुक ल्याई मारि दिन्छु भनी ताकेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।                         

भरूवा बन्दुक र चोरीका सामान सहित तीन जना पक्राउ
२०८१-०४-२७

झापा, अर्जुनधारा नगरपालिका-७ मिलडाँडास्थित ईन्दिरा अधिकारीको पसलबाट नगद लगायतका सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेका छन् ।  उक्त पसलबाट शुक्रबार राति ताला फुटाई सरसामानहरू चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई चाँदीको सिक्री ३ थान, चाँदीको पाउजु २ थान, चाँदीको औठी २ थान, नेपाल टेलिकमको ५० दरको रिचार्ज कार्ड १९ थान, एनसेलको ५० दरको रिचार्ज कार्ड ५ थान, सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा १ थान भरूवा बन्दुक छिरिङको घरबाट र चोरी गर्दा प्रयोग भएको १ थान खुकुरी किराना पसलमा फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हातहतियार सहित तीन जना पक्राउ
२०८१-०४-२७

दाङ, राजपुर गाउँपालिका-४ फोहरा बस्ने २२ वर्षीय ईच्ढा कुमार रैदासलाई भरूवा बन्दुक १ थान सहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चङगुवाबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बनशक्ति सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-४ ठुलाखालीस्थित गादिबरा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान र सोही बन्दुकको गोली २१ राउण्ड छर्रा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ सुनवलपुर बस्ने ३६ वर्षीय टंक थापा र २९ वर्षीय युबराज गिरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोठिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एक थान कटुवा पेस्तोल सहित दुई जना पक्राउ
२०८१-०३-३०

बारा, महागढीमाई नगरपालिका-११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारीलाई १ थान कटुवा पेस्तोल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनीहरू बीच एकआपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा ल्याई छलफल गराउने क्रममा उनीहरूले महागढीमाई नगरपालिका-११ मधुरी गाउँ स्थित आँपको रूखमुनी कटुवा पेस्तोल गाडी राखेको खुल्न आए पश्चात प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो । साथै अनुसन्धानको लागि समसुदिनको बुवालाई समेत प्रहीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल सहित एक जना पक्राउ
२०८१-०३-१९

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिन सहित भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया-५ बस्ने २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको वीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हातहतियारसहित तीन जना पक्राउ
२०८१-०३-१०

उदयपुर, त्रियुगा नगरपालिका-१२ बाट चाईनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । ताप्लेजुङ, पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसे बस्ने ४३ वर्षीय नरेश फुयाङ लिम्बुलाई भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद, सिसाको टुक्रा र दाउ १ थानसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१५ बोरे डाडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई मेड इन युएसए लेखिएको रिभल्वर १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मोक्तानको घर तलासी गर्दा उक्त रिभल्वर फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकसहित पक्राउ
२०८१-०३-०८

पाल्पा, तिनाउँ गाउँपालिका-४ सत्यवती बस्ने ५१ वर्षीय कुल बहादुर कनौजेलाई एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने केप ११ वटा, छर्रा ६ वटा र बारूद करिब २० ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुल बहादुरले बाँदर लखेट्नको लागि बन्दुक लिई खेतमा जाने क्रममा अचानक लड्दा निजले बोकेको बन्दुक पड्किँदा बन्दुकको छर्रा लागेर उनीसँगै रहेको सोही ठाउँ बस्ने ४१ वर्षीय लेक बहादुर घर्ती समेत ३ जना व्यक्तिहरू घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । साथै घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा थप उपचारको लागि त्रिबि शिक्षण अस्पताल महाराजगंज काठमाडौंतर्फ पठाइएको छ । सल्यान, बागचौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेर बहादुर वलीलाई भरूवा बन्दुक २ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित दुई जना पक्राउ
२०८१-०३-०७

मुगु, छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन बहादुर बडुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खोटाङ, रावाबेशी गाउँपालिका-६ राईसिंहे बस्ने ४५ वर्षीय दिल बहादुर राईलाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोलसहित दुई जना पक्राउ
२०८१-०२-१२

सप्तरी, खडक नगरपालिका-८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २  राउण्ड र म्यागजिन २ थानसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हातहतियारसहित दुई जना पक्राउ
२०८०-१२-२४

काठमाडौं, कास्की, पोखरा महानगरपालिका-२० भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई मेड इन स्पेन लेखेको दुईनाले बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले बन्यजन्तुको अबैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त बन्दुक, मृगको जस्तो देखिने ८ सय ग्राम मासु र शिकार खेल्न प्रयोग हुने विविध सामग्रीसहित उनलाई पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ नेपाल भारतको सिमानामा रहेको व्यारेज पुलबाट एसएलआरको ३ राउण्ड र थ्रीनटथ्री को २ राउण्ड गोलीसहित बिनयी त्रिवेणी गाउँपालिका-७ बस्ने २९ वर्षीय राहुल थापालाई शुक्राबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त गोलीसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०८०-१२-१६

काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-९ घर भएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई कटुवा पेस्तोल १ थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र मोबाइल २ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं कपनमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिई उनको घर तलासी गर्दा उक्त हतियार फेला परेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एकनाले भरूवा बन्दुक एवम् बारूदसहित ४ जना पक्राउ
२०८०-१२-१३

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट १ थान भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने छर्रा र बारूद सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ ईटीया बस्ने ५६ वर्षीय बिनोद थापा, रूपन्देही सैनामैना नगरपालिका-५ बस्ने ३१ वर्षीय सन्तोश राना, रुपन्देही सैनामैना नगरपालिका-१० बस्ने ४१ वर्षीय सुकई थारू र रैनादेबी छहरा गाउँपालिका-७ धावा बस्ने २४ वर्षीय बुद्द बहादुर भन्ने रमेश कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले रमेश कुमाललाई उनकै घरबाट १ थान भरूवा बन्दुक तथा रैनादेबी छहरा गाउँपालिका-७ पहेलाघाटबाट बिनोद, सन्तोश र सुकईलाई बन्दुक छर्रा र बारूदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल र भरूवा बन्दुकसहित दुई जना पक्राउ
२०८०-१२-०९

रूकुम पूर्व, भुमे गाउँपालिका-९ गोठिवाङ बस्ने ३९ वर्षीय नविन मल्ल भन्ने विश्व विक्रम मल्ललाई पेस्तोल १ थान र सोही पेस्तोलको खालि म्याग्जिन १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । पाल्पा, रैनादेबि छहरा गाउँपालिका-४ ठुलीपोखरीस्थित जंगलबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-४ दागिल बस्ने ४६ वर्षीय बद्री भन्ने लिला बहादुर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुझूङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोलीसहित दुई जना पक्राउ
२०८०-१२-०६

सर्लाही, बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले सोही ठाउँ डेरा गरी बस्ने जितेन्द्रको कोठाबाट उक्त हातहतियारसहित पक्राउ गरेको हो । साथै उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीतर्फ लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरीयास्थित बाटोमा जितेन्द्र गाडीबाट भाग्न खोजे पश्चात प्रहरीले गोली फायर गरी नियन्त्रणमा लिएको हो । साथै गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विष्फोटक पदार्थसहित दुई जना पक्राउ
२०८०-११-०१

मोरङ, ईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विष्फोटक पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड, सोडा करिब २ केजी, सहयोग रसिद ठेली २ थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प १ थान, मोबाइल ४ थान, सिम कार्डहरू लगायतका सामान बरामद भएको छ ।विराटनगर महानगरपालिका-३ स्थित खाली चौरमा प्रेशर कुकर बम जस्तो बस्तु फेला परेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको र अनुसन्धानको क्रममा उक्त बस्तु राख्न उनीहरूको संलग्नता रहेको खुल्न आएको  छ । उक्त बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकसहित एक जना पक्राउ
२०८०-१०-१९

पाँचथर,फिदिम नगरपालिका-११ फलाँटे तिरूवाखाल बस्ने ४५ वर्षीय भीम भन्ने भगेन्द्र घिमिरेलाई भरूवा बन्दुक १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँ बस्ने ५३ वर्षीय मेघराज आङबो हाइड्रोतर्फ जाने क्रममा भगेन्द्रले भरूवा बन्दुक अचानक पड्काउँदा बन्दुकको छर्राले लागेर मेघराज घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर समेतबाट खटिएको प्रहरीले उनलाई फिदिम नगरपालिका-१ साब्राङ भन्ने स्थानबाट पक्राउ गरेको हो । साथै घाइते मेघराजलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड झापा रिफर गरिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली सहित दुई जना पक्राउ
२०८०-१०-०५

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट पेस्तोल १ थान, गोली १ थान र सेतो रंगको पाउडर जस्तो धुलो पदार्थ करिब २ किलो ७ सय ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा हिमाली नगरपालिका-१ बस्ने ३१ वर्षीय देव बहादुर थापा र नवलपरासी पूर्वी सुस्ता कावासोती नगरपलिका-५ बस्ने ५७ वर्षीय वीर बहादुर थापा मगर रहेका छन् ।  प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको   हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ
२०८०-०८-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।सोही उपमहानगरपालिका-९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित पक्राउ
२०८०-०८-२२

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत ४ जनालाई हातहतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । कुशलले हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट उनलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र दुई  नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।   बर्दिया, गुलरिया नगरपालिका-४ रामपुर टापु बस्ने ६५ वर्षीय गोपाल सिंह रानाक्षेत्रीलाई भरूवा बन्दुक १ थानसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीको घरमा अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई घरमा लुकाई राखेको उक्त बन्दुकसहित पक्राउ गरेको हो । पर्वत, मोदी गाउँपालिका-६ गिज्याङस्थित गिज्याङ सामुदायिक वनबाट भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशान्त नेपाली र धादिङ घर भएका ३० वर्षीय गर्ज घलेलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कच्ची घरभित्र लुकाई राखेको विभिन्न हातहतियार बरामद
२०८०-०८-०४

रौतहट, यमुनामाइ गाउँपालिका-३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २ थान, घडि १ थान, सिमकार्ड ४ थान, पेनड्राइभ १ थान र शेख एजाज अहमदको नामको नेपाली नागरिकता १ थान आइतबार साँझ बरामद भएको छ ।  उक्त घरभित्र हातहतियार लुकाइ राखेको भन्ने जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।  बरामद हातहतियार ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

विभिन्न हातहतियारसहित पाँच जना पक्राउ
२०८०-०७-२३

बारा, सिम्रौनगढ नगरपालिका-११ भगवानपुरबाट विभिन्न हातहतियारसहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका-११ भगवानपुर बस्ने ३५ वर्षीय उपेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, २७ वर्षीय धरिन्जन पटेल, रौतहट देवाही गुनाही नगरपालिका-३ बस्ने ८० वर्षीय शोभा राउत र रौतहट बौधिमाई नगरपालिका-२ बस्ने ४४ वर्षीय राज मंगल पटेल रहेका छन् । उपेन्द्र पटेलको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले घर तलासी गर्दा घरेलु रिभल्बर १ थान, सोही रिभल्बरको गोली ७ राउण्ड, घरेलु नलकटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोली ३ राउण्ड फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उपेन्द्रको घर आगाडि रोकी राखेको ना.९ प २६३० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियारसहित दुई जना पक्राउ
२०८०-०७-१८

दाङ, गढवा गाउँपालिका-६ बस्ने ४९ वर्षीय दिल बहादुर राना र ४५ वर्षीय निम बहादुर बुढालाई विभिन्न हातहतियारसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १३ थान, छर्रा २४ थान, बारुद करिब ५० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १० थान, छर्रा १३ थान, बारूद करिब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध हातहतियार र लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०७-१६

काठमाडौं, पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ५० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा मुलपानी बस्ने भारत वेष्ट बंगाल नक्सलबारी ठेगाना भएका ४८ वर्षीय मोहमद करिम र झापा कचनकवल गाउँपालिका-७ ठेगाना भएका ३७ वर्षीय हर्क बहादुर लिम्बु रहेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटारमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलाई लक्षित गरी लागूऔषध कारोवारीले पेस्तोलबाट फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा मोहमद करिम घाइते भई तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल पेप्सिकोलामा लगिएको र घटनामा संलग्न हर्कबहादुर समेतलाई प्रहरीलेपक्राउ गरेको हो । पक्राउ परेका हर्कबहादुर २०७४ चैत २९ गते मानव वेचविखन मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०८०-०६-११

महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनी चोकबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थानसहित भारत बिहार राज्य सितामढी जयनगर ग्रामपंचायत-११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक महतोलाई पक्राउ गरेको हो । साथै बिआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएकोमा प्रहरीले उनको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक र भरूवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ
२०८०-०६-०५

रूकुम पश्चिम, मुसिकोट नगरपालिका-६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारीलाई ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

विभिन्न हातहतियारसहित पाँच जना पक्राउ
२०८०-०५-१४

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुर बलैया नगरपालिका-५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा. ४३ प ९००० नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले जाँच गर्ने क्रममा हाल फरार भएका माझीसँगै रहेका हाल वतन नखुलेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ । कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट  हर्नेट १ थान, म्यागजिन १ थान, गोली १५ राउण्ड र बारूद ५ ग्रामसहित घोडाघोडी नगरपालिका-७ बस्ने ३२ वर्षीय अर्जुन बिक समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

१९ राउण्ड गोलीसहित एक जना पक्राउ
२०८०-०४-०८

 पर्सा, वीरगंज महानगरपालिका-८ भानुचोकबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई आइतबार राति प्रहरीले पक्राउ परेको छ ।  प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध भरुवा बन्दुकसहित पक्राउ
२०८०-०४-०७

सुर्खेत, बिरेन्द्रनगर नगरपालिक-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट  उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो ।  कैलाली, कैलारी गाउँपालिका-६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

हतियारसहित एक जना पक्राउ
२०८०-०४-०३

धनकुटा, चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै विक स्वयंले खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकसहित पक्राउ तथा बरामद
२०८०-०३-३०

डडेल्धुरा, अजयमेरु गाउँपालिका-६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीर सिंह भण्डारीलाई एकनाले भरूवा बन्दुक १ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । सोलुखुम्बु, सोताङ गाउँपालिका-५ केल्चाकस्थित चुकसुदो सामुदायिक बनबाट लोड भएको भरूवा बन्दुक १ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सोताङबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र ३ थान गोलीको खोकासहित एक जना पक्राउ
२०८०-०३-२०

महोत्तरी, रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल १ थान र गोलीको खोका ३ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  सोही नगरपालिका-१ बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकसहित पक्राउ तथा बरामद
२०८०-०३-०९

नुवाकोट, किस्पाङ गाउँपालिका-१ नोचेतस्थित म्यानम्यान सामुदायिक जंगलको छेउबाट भरूवा बन्दुक १ थानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय कुल बहादुर तामाङ र २६ वर्षीय लालिमान तामाङ रहेका छन् । कुल बहादुर तामाङ, लालिमान तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय विजय तामाङले लोड अवस्थामा रहेको भरुवा बन्दुक लिई दुम्सी मार्न हिँडेकोमा अचानक भरूवा बन्दुक पड्किँदा विजय तामाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । गम्भीर घाइते विजय तामाङको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं पठाइएको छ ।  तनहुँ, घिरिङ गाउँपालिका-४ करूवाटार बस्ने ५९ वर्षीय टेक बहादुर सोतीलाई एकनाले भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।  धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मार्पाङस्थित जंगलबाट वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित पक्राउ तथा बरामद
२०८०-०३-०३

धादिङ, ज्वालामुखी गाउँपालिका-४ धुवाखोलाबाट भरुवा बन्दुक ३ नाल, खुकुरी १ थान र करिब ४ किलोग्राम मृगको मासुसहित सोही ठाउँ बस्ने ६० वर्षीय पदम सिलवाल समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामग्रीसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी धादिङ, नेत्रावती गागउँपालिका-२ कमरेनमाथि माथिलो गुम्बास्थित जगंलबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ नाल शनिबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सेमजोङबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियारसहित दुई जना पक्राउ
२०८०-०२-३२

काठमाडौं, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाले बोकेको झोला सडकमा फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो । साथै प्रहरीले बानियालाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बस्ने २१ वर्षीय शशी राईलाई भरुवा बन्दुक २ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न हतियारको १ सय २ राउण्ड गोली बरामद
२०८०-०२-२८

पर्सा, वीरगंज महानगरपालिका-१०स्थितबाट हर्नेटमा प्रयोग हुने १७ राउण्ड, एसएलआरमा प्रयोग हुने ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरल म्यागनममा प्रयोग हुने ८ राउण्ड, विनचेस्टरमा प्रयोग हुने ५ राउण्ड, ५४ एमएमको ३ राउण्ड, ७ एमएमको १ राउण्ड र बिग्रेको खोका ४ राउण्ड समेत गरी जम्मा १ सय २ राउण्ड गोली आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।  वीरगंज महानगरपालिकाको जेसीबीको सहयोगमा बाटोको नाला सफा गर्ने क्रममा शंकास्पद रुपमा प्लास्टिकको झोला भेटिएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गोली फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकसहित पक्राउ
२०८०-०२-०३

काठमाडौं, सल्यान, कालिमाटी गाउँपालिका-६ सिरेनी बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीलाई भरूवा बन्दुक १ थान र बारुद भर्ने रड  १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । घर्तीले घर नजिकैको जंगलमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी घुइँयाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक र रडसहित फेला पारी पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-११ स्थित बनपथ राष्ट्रिय वनबाट भरुवा बन्दुक २ थानसहित सर्लाही ईश्वरपुर नगरपालिका-१२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलन समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले जंगली जनावरको शिकार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ
२०८०-०२-०१

सुनसरी, धरान उपमहानगरपालिका-१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका-१५ सहिद मार्ग बस्ने  २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले हुकमेन जिमीलाई उनकै घरमा लुकाई राखेको स्वचालित हतियार पेस्तोलका विभिन्न पार्टससहित फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान आफूले राखेको र १ थान रोहित राईलाई दिएको भनि खुल्न आएपछि रोहित राईको घर तलासी गर्दा १ थान म्याग्जिन सहितको पेस्तोल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियार सहित पक्राउ
२०८०-०१-०२

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान, ५ राउण्ड गोली लोड भएको पेस्तोल १ थानसहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय कुमार भन्ने जय कुमार राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । काभ्रे पनौती नगरपालिका-५ ढलमलेमा एक व्यक्तिलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा आरोपित उनी उक्त टप्पुमा हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । रोल्पा, गंगादेव गाउँपालिका-४ डोलसिंगे बस्ने ३३ वर्षीय कृष्ण वलीको घरबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । वलीको घरमा हतियार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । मादक पदार्थ सेवन गरी गंगादेव गाउँपालिका कार्यालयको गाडी तोडफोड गरेको अभियोगमा वलीलाई चैत ३० गते प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । इलाम, रोङ गाउँपालिका-५ इलाम र झापा मेचिनगर नगरपालिका-३ को सीमानास्थित सुकेनिन्दा खोलाको बगरबाट भरुवा बन्दुक १ थान र बारुद भर्ने तार १ थान शुक्रबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुबनबाट खटिएको प्रहरीले उक्त बगरमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित दुई जना पक्राउ तथा बरामद
२०७९-११-१४

पाल्पा, रिब्दिकोट गाउँपालिका-६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  तिनाउ गाउँपालिका-६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।  धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ सेलारस्थित जंगलमा बेवारिसे अवस्थामा रहेको बाह्रबोर भरुवा बन्दुक १ थान  शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२ नाल भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०७९-११-०४

रूकुम(पूर्व), सिस्ने गाउँपालिका-२ तुवाङस्थित खौरे भन्ने ठाउँबाट विभिन्न हातहतियारसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६९ वर्षीय कमरा रोका र २३ वर्षीय सुरेश घर्ती रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरीले कमरा रोकाको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा २ थान,  केप १९ थान, बारुद तथा सुरेश घर्तीको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा ७ थान, केप ८ थान र बारुद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-१०-२४

झापा, मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियार सहित भारत घर भएका २० वर्षीय ओम साह समेत ४ जना भारतीय नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड  र छर्रा गोली ५० राउण्ड सहित फेला पारी पक्राउ गरेको हो ।सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ६० वर्षीय फुल बहादुर लामालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-१०-२२

धनुषा, जनकपुर उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साहलाई कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान  र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनी उपर मिटर ब्याज सम्बन्धी उजूरी परेपछि थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको घर तथा पसलमा तलासी गर्दा उक्त हतियार र पीडितको नाममा जग्गा रोका रहेको फारम ५ थान, कपाली तमसुक १५ थान र रकम उल्लेख नगरी दस्तखत भएको चेक १ थान समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक सहित पक्राउ
२०७९-१०-१०

झापा, अर्जुनधारा नगरपालिका-४ स्थित जुकेखाडी सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वन उपभोक्ता समितिका पदाधिकारी र सशस्त्र प्रहरी बेस खुदुनाबारीबाट खटिएको संयुक्त टोलीले करिब १० जना युवाहरुको समूहलाई देखी नियन्त्रणमा लिन खोज्दा लोड अवस्थामा रहेको उक्त भरुवा बन्दुक छोडी भागेकोमा खोजी गर्ने क्रममा ती किशोरलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।  

विभिन्न हतियार सहित दुई जना पक्राउ
२०७९-१०-०३

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हतियार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका-१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा गोली ३५ राउण्ड, तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

भरूवा बन्दुक सहित पक्राउ
२०७९-०९-१७

भोजपुर, अरुण गाउँपालिका-३ बस्ने ३७ वर्षीय पूर्ण बहादुर राइलाई १ थान भरूवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पूर्ण बहादुर र सोही ठाउँ बस्ने २३ वर्षीय पारुहाङ राईले सोही ठाउँस्थित मालिका सामुदायिक वनको छेउको बारीमा बाँदरलाई लखेट्न बनाएको उक्त बन्दुक पड्काउँदा छर्रा लागि पारुहाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पूर्ण बहादुरलाई पक्राउ गरेक हो । साथै घाइते भएका पारूहाङलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगरतर्फ  पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एक थान कटुवा पेस्तोल सहित पक्राउ
२०७९-०८-२९

सिरहा, विष्णुपुर गाउँपालिका-३ राजपुर बस्ने २८ वर्षीय विन्दे दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  सोही गाउँपालिका-३ राजपुरस्थित आफन्तको विवाहमा आएका मिर्चैया नगरपालिका-१ बस्ने सौखिया कापरको स.५ प ४३९३ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा विन्देले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको अवस्थामा उक्त हतियार सहित फेला पारी विन्देलाई पक्राउ गरेको हो ।   हाल फरार सरोजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कटुवा पेस्तोल सहित दुई जना पक्राउ
२०७९-०८-०८

ललितपुर, ललितपुर महानगरपालिका-२५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोल सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका-४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् । प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजे पश्चात उनीहरूलाई बा.७८ प १२९० नम्बरको स्कुटर सहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो । प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान समेत फेला पारेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली लगायतका सामान सहित दुई जना पक्राउ
२०७९-०८-०६

कपिलवस्तु, मायादेवी गाउँपालिका-६ रजवापुर बस्ने ३४ वर्षीय जुल्फकार मुसलमान र उनकै भाई २२ वर्षीय नदिम मुसलमानलाई मेड इन युएएस लेखिएको पेस्तोल १ थान, सोको म्यागजिन १ थान, गोली ६ राउण्ड, नगद १ लाख ४६ हजार रुपैयाँ, ३ हजार ६ सय भारतीय रुपैयाँ, तौल गर्ने डिजिटल मेशिन १ थान, स्मार्टफोन १२ थान र ब्राउनसुगर जस्तो धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरूले आफ्नै घरको कोठाभित्र लुकाई राखेको उक्त हतियार लगायतका सामान सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित तीन जना पक्राउ
२०७९-०८-०२

बर्दिया, बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित ३ जना शुक्रबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-२ सिमलघारी बस्ने ५२ वर्षीय रत्न बहादुर राना, ६२ वर्षीय प्रेम बहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन रहेका छन् ।  उक्त स्थानमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना रम्मापुर चेकपोष्ट समेतबाट संयुक्त रूपमा खटिएको टोलीले तलासी गर्दा रत्न बहादुरको घरबाट भरुवा बन्दुक १ थान, प्रेम बहादुरको घरबाट बाह्रबोरको बन्दुक १ थान र सोही बन्दुकको नाल १ थान, रतुवाको सिङ र खुर तथा लालमायाको घरबाट  भरुवा बन्दुक १ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । 

हातहतियार सहित पक्राउ तथा बरामद
२०७९-०७-०४

बाजुरा, त्रिवेणी नगरपालिका-७ कोकोट्ट्यारीबाट भरुवा बन्दुक १ थान, बारुद करिब ४० ग्राम र गोली बनाउन प्रयोग गरिने फलामका टुक्रा १० वटा सहित सोही ठाउँ बस्ने ४५ वर्षीय नयाँ लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बडिमालिकाबाट खटिएको प्रहरीले लुहारलाई घर भित्र लुकाई राखेका उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।  बागलुङ, ढोरपाटन नगरपालिका-४ लुकुरबन बस्ने ५० वर्षीय खिमे भन्ने गोरे सुनारको घरबाट भरुवा बन्दुक १ नाल बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई राखिएको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार गोरे सुनारलाई प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

कटुवा पेस्तोल सहित १ जना पक्राउ
२०७९-०६-३०

धनुषा, सवैला नगरपालिका-१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोल १ थान सहित सिरहा गोलबजार नगरपालिका-७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२-०१-००२ प.३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरले प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोला सहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ । 

अवैध हातहतियार सहित पक्राउ तथा बरामद
२०७९-०६-११

अर्घाखाँची, भूमिकास्थान नगरपालिका-१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । पाँचथर, याङवरक गाउँपालिका-३ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकबाट एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ४ वटा छर्रा र ३ थान टर्चलाईट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नागीथर्पुबाट खटिएको प्रहरीले उक्त मन्दिर नजिक बाटोमा वेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली सहित पक्राउ
२०७९-०५-३१

रूपन्देही, बुटवल उपमहानगरपालिका-९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्ड सहित बाग्लुङ दगाटुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय  सन्तोस सलामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलको १०४ नम्बरको कोठामा सन्तोस बिहीबार बेलुकीदेखि शंकास्पद अवस्थामा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-०५-०६

मोरङ, सुनवर्षी नगरपालिका-८ खडेबारीबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.०५ एमएम राउण्ड १ थान र सिक्सर पेस्तोल १ थान सहित सोही नगरपालिका-८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ आइतबार साँझ पक्राउ परेका   छन् ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा ती हतियारहरू उर्लाबारी नगरपालिका-६ तरुण टोल बस्ने २९ वर्षीय नबिन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका-८ डाम्राभिट्टाबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नगद ४७ हजार ७ सय ७० रूपैयाँ समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद
२०७९-०४-०६

पाँचथर, हिलिहाङ गाउँपालिका-६ मालबासे बस्ने २३ वर्षीय टेकेन्द्र साउदिनलाई १ थान भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । टेकेन्द्र साउदिनले श्रीमतीलाई कुटपिट र सासुलाई काट्छु मार्छु भन्ने धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको प्रहरीले खोजी गर्दा उनले दाजु भिम बहादुर साउदिनको घरमा उक्त बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी टेकेन्द्रलाई पक्राउ गरेको हो । सिरहा, कर्जन्हा नगरपालिका-५ स्थित खाल्डे खोलाको किनारबाट १ थान भरूवा बन्दुक सहित सोही नगरपालिका-११ बस्तिपुर बस्ने ३० वर्षीय सत्रुधन शाहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । शाहले साईकलमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । रूकुम पूर्व, भुमे गाउँपालिका-७ स्थित डाग्रीवाङको जंगलबाट ६ नाल साबुत र १ नाल वेसाबुत गरी जम्मा ७ थान भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद
२०७९-०३-३२

बारा, कोल्हवी नगरपालिका-३ सखुहवा जडिबुटीबाट १ थान थ्रिनटथ्री जस्तो देखिने घरेलु हतियार, १ थान भरुवा बन्दुक जस्तो देखिने घरेलु हतियार र ४ राउण्ड गोली सहित २ जना शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-३ बस्ने ५० बर्षीय सुवन्स चौधरी र सोही नगरपालिका-५ बस्ने ४२ बर्षीय दिपेन्द्र चौधरी रहेका छन् । सब डिभिजन बन कार्यालय कोल्हवी र तामागढी बन ब्यवस्थापनबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाएको हो । रुकुम (पूर्व), सिस्ने गाउँपालिका-५ रुमालबारा घट्टेखोलास्थित जंगलबाट १ थान लोड भएको भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हतियार सहित पक्राउ
२०७९-०३-२०

रुपन्देही,  लुम्विनी साँस्कृतिक नगरपालिका-६ बसपार्कबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् । उनीहरू सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद गरेको हो । घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निग्रानीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट विभिन्न हातहतियार सहित चार जना पक्राउ
२०७९-०३-१४

  ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित सोही नगरपालिका-८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।   धादिङ, खनियावास गाउँपालिका-२ अक्थलीबाट म्याग्जिन सहितको १ थान पेस्तोल र १ थान खुकुरी सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका-२ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५  वर्षीय अविनाश तामाङ रहेका छन् । उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई  राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  धनुषा, जनकपुर उपमहानगरपालिका-९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई १ थान पेस्तोल र १ सोको १ राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको कारण अधिकारीले पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल तथा नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०३-०१

सुनसरी, बराहाक्षेत्र नगरपालिका-३  बस्ने १९ वर्षीय रोहित राईलाई १ थान कटुवा पेस्तोल, १ थान खोका, नियन्त्रित लागूऔषध १० थान डाईजापाम, १० ट्याब्लेट नाईट्रोजन, ३ हजार ३७५ पिस ट्रामाडोल र १ थान साइककल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ । कोशी गाउँपालिका-२ झाङ्गर टोलस्थित घरको बरण्डाको बाहिर रहेको खाटमा अपरिचित मान्छे सुतिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले रोहितलाई फेला पारी निजले प्रयोग गरेको साईकलबाट उक्त पेस्तोल तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध हातहतियार सहित पक्राउ तथा बरामद
२०७९-०२-२७

ओखलढुङ्गा, सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  जाजरकोट, छेडागाड नगरपालिका-५ चंखेलास्थित झाडीमा लुकाई छिपाई राखेको १ नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त झाडीमा लुकाई राखेको बन्दुक ईलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०७९-०२-१८

बैतडी, डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट २ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट २ वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।   वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, २ थान भरुवा बन्दुक सहित १० जना पक्राउ
२०७९-०२-१६

प्युठान, ऐरावती गाउँपालिका-१ अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय दोर्ण बहादुर आलेमगरको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञान बहादुर नेपालीले उक्त जंगलमा सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्णबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठान, ईलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुक सहित पक्राउ गरेको छ ।  घटनामा संलग्न हाल फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित पक्राउ तथा बरामद
२०७९-०२-१४

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ स्थित गोपाल टोलबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, १ थान म्याग्जिन र लागूऔषध जस्तो देखिने २३ एम्पुल सहित सोही ठाउँ बस्ने १९ वर्षीय धन बहादुर राई लगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-४ रोक्दिनबाट जिर्ण अवस्थामा रहेको १ थान भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने राम बहादुर श्रेष्ठको पुरानो घरमा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्रबोरको बन्दुक सहित पक्राउ
२०७९-०२-०६

रौतहट, गरुडा नगरपालिका-१ बस्ने ४२ वर्षीय जयमंगल महतोलाई बाह्रबोरको बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त नगरपालिका-१ जयनगरस्थित आफ्नो घर अगाडि बन्दुक पडकाउँदा सोही नगरपालिका-१ जयनगर बस्ने शेख समसैदको छोरा १० वर्षीय मजसिर शेख समेत ३ जनालाई छर्रा लागि घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेहरूको स्थानीय संजिवनी अस्पताल शिवनगर रौतहटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-०२-०४

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट १ थान कटुवा पेस्तोल, फलामको दाउ, फलामको पाईप २ थान, रड र नक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुंवर र २० वर्षीय शिव कुंवर रहेका छन् । दुवै जनाले हातहतियार बोकी गाउँघरमा हिडिरहेका भन्ने खबर प्राप्त हुनासाथ अस्थयी प्रहरी पोष्ट रतनपुर र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त हातहतियार फेला परेको हो । मुगु, खत्याड गाउँपालिका-७ स्थित रामतडी बजारबाट १ थान कटुवा पेस्तोल सहित सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय अर्पन बानियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त रूपमा खटिएको टोलीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

विभिन्न हातहतियार सहित दुई जना पक्राउ
२०७९-०१-२४

बारा, सिम्रौनगढ नगरपालिका-९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पंचायत लौखान-१ बस्ने २३ वर्षीय पप्पु कुमार यादव र सोही ठाउँ भेलवा-१४ बस्ने २१ वर्षीय अकलेश कुमार सिंह रहेका छन् ।भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पि ३१६१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल गोलागंज पोष्टबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित पक्राउ
२०७९-०१-२३

पर्सा, सखुवाप्रसौनी गाउँपालिका-१ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोही गाउँपालिका-१ औराहागाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनकै घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा महतोको संलग्नता रहेको खुल्नआएपछि प्रहरीले उनलाई उनकै घर नजिकै नालीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सात थान भरुवा बन्दुक सहित चार जना पक्राउ
२०७९-०१-१८

रुपन्देही, देवदह नगरपालिका-६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनबाट ७ थान भरुवा बन्दुक, सोही बन्दुकमा लाग्ने छर्रा १ सय २५ थान र  करिब २ सय ५० ग्राम बारुद सहित सोही नगरपालिका-६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना लगायत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   उक्त वनभित्र भरुवा बन्दुक सहित मानिसहरु हिडेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी भलुही र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-०१-०८

महोत्तरी, बर्दिबास नगरपालिका-१३ बिजलपुरा डाँडाटोल बस्ने २८ वर्षीय लालबाबु भण्डारीलाई १ थान पेस्तोल र १ थान मिसफायर भएको गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले पेस्तोल लिई बिबाहको गाडी तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र प्रहरी चौकी हात्तिलेटबाट खटिएको प्रहरीतर्फ लक्षित गरी भण्डारीले फायर गर्दा मिसफायर भएपछि तत्काल उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-११ श्रीपुर गाउँ बस्ने ४५ वर्षीय दिल बहादुर राईको घरबाट १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनको घरमा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार राईको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक सहित पक्राउ
२०७८-१२-११

सिन्धुली, घ्याङ्लेख गाउँपालिका-३ तामाजोर भन्ने स्थानबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-१२ खोक्सिङ बस्ने ३८ वर्षीय नेत्र बहादुर मोक्तान, सोही नगरपालिका-५ रानीखोला बस्ने ५३ वर्षीय तिर्थ बहादुर मगर र नुवाकोट सूर्यगडी गाउँपालिका-१ मनिडाडा बस्ने ३६ वर्षीय कुमार तामाङ रहेका छन् । सोही ठाउँस्थित निर्माणाधीन स्वास्थ्य चौकीको भबनमा काम गर्दै आएका उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी  ईलाका प्रहरी  कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ देउराली डाँडा बस्ने ५१ वर्षीय दिल बहादुर गोङ्बालाई १ थान एकनाले भरुबा बन्दुक र १ किलो अवैध लागूऔषध गाँजा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक र लागूऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बन्दुक र गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक सहित २ जना पक्राउ
२०७८-१२-०२

सुनसरी, बराहक्षेत्र नगरपालिका-५ सिमरवनस्थित जनजागृति सामुदायिक वनको पोखरी नजिकबाट ३ थान भरुवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-५ सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र सोही नगरपालिका-३ देविथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन् । जनजागृति सामुदायिक वनको पोखरी नजिकै भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद
२०७८-११-२६

सल्यान, छत्रेश्वरी गाउँपालिका-३ झिम्पे बस्ने १९ वर्षीय माधव पुनलाई १ थान भरुवा बन्दुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २७ वर्षीय लोक बहादुर पुन र माधव पुन भरुवा बन्दुक लिई सिकार खेल्न जाने क्रममा घर नजिकै लोक बहादुरले माधवलाई बन्दुक समात्न दिएकोमा उक्त बन्दुक पड्किन गई लोकबहादुर घाइते भएको भन्ने खबर प्राप्तहुनासाथ अस्थायी प्रहरी पोष्ट पोखरीडाँडा र इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले माधवलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घाइते लोकबहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  सुनसरी, बराहक्षेत्र नगपालिका-७ बुद्धचोकबाट १ थान भरुवा बन्दुक बुधबार राति प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने ३० वर्षीय जुद्धबहादुर तामाङले मादक पदार्थ सेवन गरी हो-हल्ला गरी उनकै घर अगाडि भरुवा बन्दुक पड्काई भाग्ने क्रममा आफै लडेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । घाइते जुद्ध बहादुरको स्थानीय नगर अस्पताल चक्रघट्टी हुँदै थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित ३ जना पक्राउ
२०७८-११-१८

बाँके, डुडुवा गाउँपालिका-४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोक सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका-१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका-३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् । उक्त स्थानमा गोली पड्किएजस्तो आवाज आएपछि ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको सुसान्तले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरुवा बन्दुक सहित २ जना पक्राउ
२०७८-११-०१

कपिलवस्तु, बाणगंगा नगरपालिका-२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका-१४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वीर बहादुरलाई खालि अवस्थामा रहेको १ थान र खेमुलाई लोडेड अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जना पेस्तोल र गोली सहित पक्राउ
२०७८-०९-०६

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका-१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् । ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई अन्यको खोजी गर्ने क्रममा गैंडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट उक्त हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गरेको हो ।           यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक सहित पक्राउ
२०७८-०८-२०

खोटाङ, ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल हुमे बस्ने ३० वर्षीय संजय राईलाई १ थान अवैध भरुबा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले भरुवा बन्दुक लिएर सामाजिक संजाल फेसबुकमा फोटो अपलोड गरेको पाएपश्चात  ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-१ थप्रेक ओखल्दी बस्ने ४७ वर्षीय सुन बहादुर गुरुङलाई १ थान भरुवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । गुरूङ र सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल तुरतुरे पाखामा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक अचानक पड्कन जाँदा आफै घाइते भई थप्रेक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले भरुवा बन्दुक सहित गुरुङलाई पक्राउ गरेको हो ।  अर्घाखाँची, पाणिनी गाउँपालिका-६ धातिवाङस्थित दलेरो पुल जंगलबाट १ थान एकनाले भरुवा बन्दुक आइतबार राति प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरु बन्दुक फाली फरार भएपश्चात उक्त बन्दुक प्रहरीले बरामद गरेको हो । हाल फरार अपरिचित व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हातहतियार सहित पक्राउ
२०७८-०७-२६

काठमाडौं,  ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-४ थलङ बस्ने ३३ वर्षीय कमल थलङ लिम्बुलाई १ थान पेस्तोल, सोही पेस्तोलको २ राउण्ड गोली र १ थान खुकुरी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेरिङदेन गाउँपालिका-६ नाल्बो खोजुङ्वा बस्ने ३० वर्षीय बिनोद नाल्बो लिम्बुलाई कमलले सानो पुरानो चापेले कन्चटमा ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुकिम्बाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । बारा, महागढीमाई नगरपालिका-५ बगरमपुर बस्ने ४५ वर्षीय मनोज जैसवाललाई १ थान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने १  थान गोली र प्रदेश ३ -०२-०१० प ७१२३ नम्बरको मोटरसाइकल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  बारागढी गाउँपालिका-३ खोपवा बजारस्थित कलैया बस्ने अजय यादबलाई मनोजले कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरुवा बन्दुक सहित २ जना पक्राउ
२०७८-०७-१८

पर्वत, महाशिला गाउँपालिका-२ भोक्सिङ बागमाराबाट १ थान भरुवा बन्दुक, सोही बन्दुकको ५ सय ग्राम छर्रा, २ सय ५० ग्राम बारुद सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-१ होश्राङदी बस्ने ४५ वर्षीय राज बहादुर राना र सोही ठाउँ बस्ने ४० वर्षीय रेशम राना रहेका छन् । उक्त स्थानमा लु.३९ प ३८६१ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुंखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पटाका सहित पक्राउ तथा बरामद
२०७८-०७-१८

काठमाडौं,  काठमाडौं महानगरपालिका-१२ भोटबहालस्थित किराना पसल संचालन गरी बस्ने भारत मधुवनी घर भएका २६ वर्षीय कृष्ण कुमार साह र २३ वर्षीय मोती कुमार साहलाई १० किलोग्राम किङ कोब्रा नाम गरेको पटाका सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा उक्त पटाका सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।रुपन्देही, बुटवल उपमहानगरपालिका-४ अमरपथ र सोही उपमहानगरपालिका-५ नेपालगंज रोडमा वेवारिसे अवस्थामा रहेको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बरामद गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार तथा नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०७-१७

कपिलवस्तु, मायाँदेवी गाउँपालिका-८ बिजुवा चोकबाट हतियार र नियन्त्रित लागूऔषध सहित सोही गाउँपालिका-६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थाई प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ थान पेस्तोल, २८ थान कार्ट्रिज, नियन्त्रित लागूऔषध ४२ चक्की स्पास्मो, २१ चक्की नाइट्राजेपाम, १ थान मोबाइल, ४ थान पेनड्राइप र १ थान वाईफाई स्पिडर समेत फेला पारी बरामद गरेको हो ।  गुल्मी, मुसिकोट नगरपालिका-४ बडागाउँ बस्ने ४६ वर्षीय दिपक काउछा मगरलाई १ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीसँग सोही ठाउँस्थित धारापानी जंगलमा वन कुखुरा मार्ने क्रममा दिपकले भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले दिपकलाई सोही नगरपालिका-४ गजुङ्गाबाट पक्राउ गरेको हो । साथै घाइतेलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद
२०७८-०७-०४

काठमाडौं,  जाजरकोट, शिवालय गाउँपालिका-६ सुङ्गुरखाली रिसिना बस्ने २९ वर्षीय नबिन शाही र सोही ठाउँ बस्ने २२ वर्षीय  मनोज शाहीलाई ४ थान भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट थला रैकरबाट खटिएको प्रहरीले नबिनलाई शिकार खेल्दै गरेको अवस्थामा १ थान भरुवा बन्दुक तथा उनकै घरबाट १ थान भरुवा बन्दुक र मनोजको घरगोठ तलासी गर्दा १ नाल भरुवा बन्दुक तथा उनकै घरपछाडि ओडारमा राखेको १ थान भरुवा बन्दुक समेत गरी जम्मा ४ थान भरुवा बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  बागलुङ, बडिगाड गाउँपालिका-५ कुलिङ सामुदायिक बनमा लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा २ जना पक्राउ
२०७८-०६-३०

रौतहट, २०७८ असोज ३१ गते  गौर नगरपालिका-५ कोईरीया टोल बस्ने १८ वर्षीय मोहमद कैपलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय जितु कुशवाहा र २२ वर्षीय सत्य कुशवाहा रहेका छन् । उनीहरूले पुरानो रिसिबीको कारण मोहमदलाई चक्कु प्रहार गरी घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घाइते मोहमदलाई जिल्ला सरकारी अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।