प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अपराध (पक्राउ)
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
२०८२-०८-२२

सुनसरी, रामधुनी नगरपालिका-२ बस्ने ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका १ बस्ने ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका-५ वर्षीय ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ वर्षीय ३७ वर्षीय गियास मन्सुरी, सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ बस्ने २८ वर्षीय अंकित साह र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन् ।रामधुनी नगरपालिका-२ कर्मनिया टोलस्थित सडकमा अपरिचित व्यक्तिहरूले गत असोज २५ गते बेलुकी गोली प्रहार गरी प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक दिनेशको हत्या गरेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।भिम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८२-०८-१९

काठमाडौं, लमजुङ बेसीशहर नगरपालिका-२ भकुण्डे बस्ने ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न रहेको अभियोगमा चितवन साविक बछौली गाविस-१ हाल रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।सिता आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेको घटनामा जिल्ला अदालत लमजुङबाट २०८२ वैशाख १५ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८२-०८-१९

काठमाडौं, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक समारोहबीच सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा “Limit the Speed, Save The life” भन्ने नाराका साथ सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समय देखि अनुशासित भएर सवारी चलाउने सार्वजनिक सवारी साधनका चालकहरू लगायतलाई प्रशंसापत्र वितरण गर्नुभयो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री गुप्ताले सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न आयोजित यस कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई देशभरीनै संचालन गर्नुपर्ने उल्लेख गर्दै उपल्ब्ध स्रोत साधन तथा प्रविधिको भरपुर प्रयोग र ट्राफिक प्रहरी एवम् सवारी चालकहरूबीच सकारात्मक सम्बन्धको विकास गरी सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन कार्य, सवारी दुर्घटनाको कारण र त्रिवर्षीय विश्‍लेषण, सवारी दुर्घटना न्यूनीकरणका प्रयासहरू, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या र चुनौतीहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक स्टीकर वितरण गर्नुका साथै सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत यातायात मजदुर संघका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद नेपालका पदाधिकारीहरू, विभिन्न संघस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०८-१९

स्याङ्जा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी साविक पुतलीबजार नगरपालिका-८ हाल सोही नगरपालिका-१४ पिपलडाली बस्ने ५७ वर्षीय मेग बहादुर भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पुतलीबजार नगरपालिका-१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदातल स्याङ्जाको २०७३ मंसिर २३ गतेको फैसलाले उक्त मुद्दामा १५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०८-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन् । पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १ करोड २५ लाख ७८ हजार ८ सय रूपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये दिल बहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

३१ औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि शुरू
२०८२-०८-१७

काठमाडौं, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ बुधबारबाट शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधिहरूलाई प्राथमिकतामा राखी शैक्षिक गतिविधिहरू संचालन गर्दै आइरहेको चर्चा गर्नुभयो । यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरू केवल खेलकुद कार्यक्रम मात्र नभई समग्र रूपमा विद्यार्थीहरूको अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमता र खेल भावना प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उहाँले बताउनुभयो ।  सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास गरेका थिए । साथै उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालयद्वारा बैण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।   प्रतियोगिता अन्तर्गत नेपाल पुलिस स्कुल साँगा (रातो) टिम र पिस प्वाइन्ट स्कुल बानेश्वर बीच आज भएको उद्‍घाटन खेल ०-० को बराबरीमा समाप्त भएको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५  टिमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

नक्कली नोट सहित तीन जना पक्राउ
२०८२-०८-१७

रौतहट, ईशनाथ नगरपालिका-४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोट सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका-४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण-२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् । प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-१६

काठमाडौं, वैदेशिक रोजगारीमा अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपलिका-९ घर भएका ४५ वर्षीय ईश्वर राना रहेका छन् ।  पक्राउ मध्ये प्रवेशले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ७० हजार रूपैयाँ र ईश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडतबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रवेशलाई काठमाडौं महानगरपालिका-२६ बाट र ईश्वरलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो  ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-१५

काठमाडौं, वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ
२०८२-०८-१५

काठमाडौं, राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका-६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् । राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दु:ख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित दुई जना पक्राउ
२०८२-०८-११

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित २ जना अमेरिकी नागरिकहरू मंगलबार राति पक्राउ परकेा छन् । पक्राउ पर्नेहरूमा ३२ वर्षीय SUNIL SANKAR र ३१ वर्षीया BINITA GAZMER रहेका छन् ।  एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा SUNIL को लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम ४ सय मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करिब १ किलो ३ सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्राम तथा BINITA को लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम ७ सय ५ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०८-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौं महानगरपालिका-२४ बस्ने ४२ वर्षीय बिशाल बज्राचार्य र काठमाडौं महानगरपालिका-४ बस्ने लमजुङ दोर्दी गाउँपालिका-६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन् । पक्राउ मध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिशालले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४७ हजार ५ सय रूपैयाँ र पुड्केले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमृतलाई काठमाडौं महानगरपालिका-११ बाट सोमबार तथा बिशाल र पुड्केलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध जडीबुटी तथा नगद रकम सहित दुई जना पक्राउ
२०८२-०८-१०

काठमाडौं महानगरपालिका-१६ नयाँबजार एरियाबाट अवैध जडीबुटी तथा नगद सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक MA MASU र काठमाडौं महानगरपालिका-३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन् ।यार्सागुम्बा, वन-लसुन, किटपतंग (किरा), गुच्ची च्याउ (जडीबुटी) जस्तो देखिने वस्तु लगायतका वन पैदवारहरूको गैर कानूनी रूपमा संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद २० लाख रूपैयाँ, यार्सागुम्बा जस्तो देखिने वस्तु झोला सहित करिब ९ किलो ३ सय ६० ग्राम, वन लसुन जस्तो देखिने वस्तु बोरा सहित करिब १ सय ५७ किलोग्राम, किटपतंग जस्तो देखिने सुकेको किराहरू बोरा सहित १ सय १ किलोग्राम, गुच्ची च्याउ जस्तो देखिने वस्तु बोरा सहित ७ किलो ९ सय ग्राम, तौल गर्ने मेसिन २ थान लगायतका सामान बरामद गरेको छ । उनीहरूलाई वन ऐन,२०७६ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८२-०८-०९

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा-४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ जना भारतीय नागरिक पक्राउ
२०८२-०८-०८

काठमाडौं, एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्द्रा प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।क्रिकेट एशोसियसन नेपालद्धारा मंसिर १ गते देखि मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई betacular.live नामक अनलाइन बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो ।उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-०५

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-३ बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २० वर्षीय आसमान विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आसमानले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०८-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका ४१ वर्षीय रमेश कुमार निरौला, काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका ६४ वर्षीय चित्र बहादुर कार्की, काठमाडौं महानगरपालिका-२८ बस्ने महोत्तरी भँगाहा नगरपालिका-८ घर भएका २३ वर्षीय हैदर अली र भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २२ वर्षीय दिनेश पुरी रहेका छन् । पक्राउ मध्ये रमेश कुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ, चित्र बहादुरले  इजराइल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, हैदरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ र दिनेशले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेश कुमार र दिनेशलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट, चित्र बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट तथा हैदरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  पक्राउ मध्ये रमेश र चित्र बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने हैदर र दिनेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-०८-०४

काठमाडौं, एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका-८ मगरागडी घर भएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् । क्रिकेट एशोसियसन अफ नेपालद्वारा मंसिर १ गते देखी मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्छौ भनि सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राम मार्फत सम्पर्क गरी खेलको हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने आठ जना पक्राउ
२०८२-०८-०३

काठमाडौं, राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने पाँचथर घर भएका २६ वर्षीय सन्जय आङ्देम्बे, काठमाडौं शंखरापुर नगरपालिका-६ बस्ने ३२ वर्षीय ख्याम बहादुर श्रेष्ठ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय प्रेम बहादुर लामा, काठमाडौं महानगरपालिका-२८ बस्ने १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका-२६ बस्ने सुर्खेत घर भएका २९ वर्षीय टेक बहादुर सुनार, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने दोलखा घर भएका ३० वर्षीय साजन श्रेष्ठ, काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने रामेछाप घर भएका ४० वर्षीय गोकुल बहादुर श्रेष्ठ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय जिवन लामा रहेका छन् । राहदानी विभाग त्रिपुरेश्वर काठमाडौंको मुलगेट बाहिर सेवाग्राहीहरूलाई राहदानी छिटोछरितो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिई दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका २५ वर्षीया सुजु प्रजा र काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने ४२ वर्षीया रोजी गुरूङ रहेका छन् । पक्राउ मध्ये सुजुले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६४ हजार रूपैयाँ र रोजीले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजुलाई काठमाडौं महानगरपालिका-२८ बाट र रोजीलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् । पक्राउ मध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ
२०८२-०८-०२

काठमाडौं, राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सर्लाही हरिवन नगरपालिका-१ घर भएका ३२ वर्षीय भाग्य नारायण साह, काठमाडौं महानगरपालिका-३ बस्ने धादिङ नेत्रावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय विरेन्द्र थापा मगर र काठमाडौं महानगरपालिका-२८ बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-५ घर भएका ४३ वर्षीय मिक्टे लामा रहेका छन् । राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८२-०८-०२

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ८ लाख १३ हजार ९ सय १० रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका-३ बस्ने ३४ वर्षीय सुवाश लामिछाने, २९ वर्षीय रूपेश सहनी र कविलासी नगरपालिका-४ बस्ने मलंगवा नगरपालिका-१० घर भएका २८ वर्षीय मुकेश चौधरी रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतको सोनबर्षाबाट मलंगवातर्फ आउँदै गरेको म.प्र.०३-०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवाश र रूपेश तथा पैदलयात्री मुकेशलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ
२०८२-०८-०१

काठमाडौं, ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रौतहट कटहरिया नगरपालिका-१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा पक्राउ परेका छन् । एनसिबि क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४ वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  आनन्द कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०८-०१

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न व्यक्ति रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालयका तत्कालिन सचिव दोलखा जिरी नगरपालिका-६ बस्ने अर्जुन कुमार कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्बन्धमा वदनियत पूर्वक नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०७-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका-१३ बस्ने प्युठान गौमुखी गाउँपालिका-४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् । पक्राउ मध्ये मनोहरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र मेघराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई काठमाडौं महानगरपालिका-१० बाट बिहीबार र मेघराजलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाइन ठगीमा संलग्न तीन जना पक्राउ
२०८२-०७-२९

पर्सा, अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा बिश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन् ।  वीरगंज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको Money Mole Account खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जाल मार्फत Fishing, OTP Fraud, Job Scam तथा Fake Online Business Scam र एआईबाट विभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरू बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले एटिएम कार्ड ४३ थान सहित पक्राउ गरेको हो । साथै उनीहरूले विभिन्न व्यक्तिहरूको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोड भन्दा बढी अवैध कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२६

काठमाडौं, वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-८ घर भएकी ४५ वर्षीय पुरूषोत्तम भण्डारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुरूषोत्तमले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०८२-०७-२६

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय XIONG CHANGYE रहेका छन् । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको पछाडी साईडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद फेला पारी चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र XIONG CHANGYE लाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मनिषाले क्यानडा पठाइन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२४

काठमाडौं, ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा रौतहट फतुवा हर्साह-९ घर भएका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसूरको अनुसन्धानको क्रममा ठगी कसूरमा संकलन भएको नगद तथा चेक मार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२२

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्झौता संचालक समितिको निर्णय र आधार विना वदनियत पूर्वक भएको खुल्न आएको छ । साथै नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको, लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको एवम् उक्त कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्‍याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०७-२१

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका रेशम बहादुर राना पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । रेशम बहादुर राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

स्लोभिकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका ४४ वर्षीया साबित्रा हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।हुमागाईले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएका ३५ वर्षीयी कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।कुमारीले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विभिन्न हतियार सहित एक जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले शिवराजको कोठा तलासी गर्दा ईन्सास राईफल १ थान, सर्टगन १ थान, ठुलो चाईनिज पेस्तोल १ थान, एसएलआर राईफलको ब्ल्याङ्क राउण्ड २ सय ५ थान, ईन्सास राईफलको म्याग्जिन १६ थान र  ठुलो चाईनिज पेस्तोलको म्याग्जिन २ थान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१९

काठमाडौं, सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा सिराहा कल्याणपुर नगरपालिका-११ घर भएका २२ वर्षीय जिवन कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिनसट गरेको अश्लिल तस्विर/भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुख/हैरानी दिई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई सिराहाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०७-१८

नवलपरासी पश्चिम, आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खड्काले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०७-१६

नवलपरासी पश्‍चिम, आफ्नै दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले कोदालोको बिड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्र बहादुरलाई पक्राउ गरेको हो ।  गुल्मी, आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल लुटपाट तथा बिक्री वितरणमा संलग्न ५ जना पक्राउ
२०८२-०७-१५

काठमाडौं, गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरूङ, हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौं महानगरपालिका-१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौं महानगरपालिका-१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं महानगरपालिका-३१ बानेश्वर घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन् । प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ ।   उनीहरू उपर हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-१५

मोरङ, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका जहदा गाउँपालिका-१ बस्ने ३० वर्षीय सुनिल सरवरीयालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जहदा गाउँपालिका-१ राजवंशी चोक बस्ने ३८ वर्षीय मुकेश कुमार साह र उनकै श्रीमतीलाई कात्तिक १० गते साँझ सुनिल समेतका व्यक्तिहरूले ज्यान मार्ने उद्योग गरेको घटनामा जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरू मध्ये सुनिललाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको   छ ।

चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-०७-१५

भक्तपुर, चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर कमलविनायक बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-३ घर भएका २७ वर्षीय बिक्रम थापा, काभ्रेपलान्चोक रोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय राम बहादुर तामाङ, रोल्पा परिवर्तन गाउँपालिका-४ घर भएका ४३ वर्षीय लोकेन्द्र पुन र उदयपुर बेलटार घर भएका ४० वर्षीय राजु राई रहेका छन् । मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरा ढुङ्गेधारा बस्ने ७६ वर्षीय पुरूषको घरको झ्यालबाट अपरिचित व्यक्तिहरू प्रवेश गरी पीडितलाई दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०८२-०७-११

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५ सय ६८ ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका-६ घर भएका २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।    

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०७-०८

कास्की, पोखरा महानगरपालिका-५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-१८ सराङकोट घर भई सोही महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ चिल्डेल पार्क नजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनिललाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिल बिच सामान्य बादबिबाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आए पश्चात तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०४

भोजपुर, टेम्केमैयुङ गाउँपालिका-३ हर्कटे सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, खुकुरी १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा सहित सोही गाउँपालिका-४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । अर्घाखाँची, शितगंगा नगरपालिका-१० बाघखोर बस्ने ४५ वर्षीय हेम बहादुर नेपालीको घरबाट भरूवा बन्दुक १ थान, फलामको टुक्रा १७ थान र बारूद करिब १५ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिद्धाराबाट खटिएको प्रहरीले हेम बहादुरको घर तलासी गर्ने क्रममा उक्त भरूवा बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त भरूवा बन्दुक सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश नेपालीको भन्ने खुल्न आए पश्‍चात दिनेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ९२ जना पक्राउ
२०८२-०७-०३

संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्क बस्ने ५७ वर्षीय जित कुमार राईले संचालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जित कुमार समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९ सय ३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक तास सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-१ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक तास सहित पक्राउ गरेको हो । काभ्रे, बनेपा नगरपालिका-१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  सिन्धुली, गोलन्जोर गाउँपालिका-३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १ सय ६१ रूपैयाँ र १ सय ६४ पत्ती तास सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १ सय ९५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६ सय ३५ रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।   जुम्ला, चन्दननाथ नगरपालिका-१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका-५ बस्ने ३६ वर्षीय कुष्ण आरसि लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पटका सहित एक जना पक्राउ
२०८२-०६-२९

काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट विभिन्न प्रकारका पटका तथा आतिसवाजी १ हजार २ सय ७१ प्याकेट, नगद २ लाख नेपाली रूपैयाँ र २५ हाजर ५ सय भारतीय रूपैयाँ सहित सोही महानगरपालिका-१३ बस्ने भारत चुरू राजस्थान  घर भएका ४८ वर्षीय सुनिल कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित सुनिलले भाडामा लिई संचालन गरेको गोदामबाट उक्त पटका फेला पारी पक्राउ गरेको हो ।  उनलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर र राजस्व छली सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ
२०८२-०६-२८

कास्की, नक्कली पेस्तोल देखाई लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका-२० भलाम बस्ने पर्वत मोदी गाउँपालिका-१  घर भएका २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई नक्कली पेस्तोल (खेलौना) १ थान सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२७

काठमाडौं, आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२४

काठमाडौं, टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा र छाला जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०८२-०६-२३

काठमाडौं, तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट २ किलोग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छाला सहितको खपटा जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-३ बस्ने २१ वर्षीय लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका-१ बस्ने  ३९ वर्षीय श्याम ढुंगाना रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान  तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०६-०९

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी धनुषा जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-०९

सुनसरी, इटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने ४२ वर्षीय राम कुमार चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाले चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राम कुमारले लेनदेनको विषयलाई कुटपिट गर्दा लाले गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राम कुमारको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्य भएको हो । नवलपरासी पूर्व, आफ्नै श्रीमती ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-८ सगरमाथा टोल बस्ने ४२ वर्षीय सूर्य प्रसाद पाण्डेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूर्य प्रसादले घरायसी विवादको क्रममा चक्कु प्रहार गर्दा संगिता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगितालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८२-०६-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट सुन जस्तो देखिने पदार्थ करिब ८ सय ३५ ग्राम सहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका छन् । ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-२४

पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने ३० वर्षीय महमद मुराद मियाँको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-५ सल्ले भुम्लु बस्ने २१ वर्षीय मनिक पराजुली र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय अनिश राई रहेका छन् ।  उनीहरूले वीरगंज महानगरपालिका-१६ बसपार्कमा महमदलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका महमदको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ
२०८२-०५-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ३५ ग्राम सहित भारतीय नागरिक भरत कुमार विनोद चन्द्र भाटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियामा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइने छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति साउदी अरेबियाबाट पक्राउ
२०८२-०५-२३

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका दिपक सारू थापा भन्ने खिम बहादुर थापा पक्राउ परेका छन् । एनसिबि रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । दिपक सारू थापा भन्ने खिम बहादुर थापा समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६  घर भएका ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सिन्धुपाल्चोक साविक माङ्खा गाविस-७ मा जित बहादुर तामाङको २०३७ कात्तिक ७ गते खुकुरी प्रहार गरी हत्या गरी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०५-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने प्युठान नौबहिनी गाउँपालिका-१ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा बुद्धशान्ति गाउँपालिका-२ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र  ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने महोत्तरी गौशाला नगरपालिका-९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन् । पक्राउ मध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रूपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रूपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बाट बिहीबार तथा निकेशलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०५-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका-५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका-१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका-१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् । पक्राउ मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार तथा सहनसिललाई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका-३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०५-२०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ६१ वर्षीया विमला अधिकारी, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी र काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भएका ४४ वर्षीय माधव पण्डित रहेका छन् ।              काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८२ भदौ १३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी विमलालाई काठमाडौं गौरीघाटबाट बिहीबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट आइतबार र माधवलाई काठमाडौं बालाजु चोकबाट बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये विमलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबार र माधवलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने महमदलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने व्यक्तिहरू पक्राउ
२०८२-०५-१९

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-८ बस्ने डोटी घर भएका २७ वर्षीय लक्ष्मण पनेरू र काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने झापा घर भएका ५४ वर्षीय विनोद साह रहेका छन् । उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै टोखा नगरपालिका-८ बस्ने पीडितलाई तपाई लगायत तपाईको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको सूचना प्राप्‍त भई हामीले अनुसन्धान गरी रहेका छौँ र उक्त कारवाहीबाट बच्न १ करोड रकम दिएमा फाईल बन्द गरीदिन्छौ नत्र सबैलाई जेल हाल्छौ भनि योजनाबद्ध ढंगले डर त्रास देखाई धम्काएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, मोबाइल ४ थान र १ गाडी १ थान समेत प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१९

काठमाडौं, ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-१ ठेगाना भएका ३५ वर्षीय प्रकाश तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आफुसँग बहुमुल्य चम्किने ढुंगा (Light Stone) रहेको र उक्त ढुंगा महंगो मुल्यमा बिक्री गर्न सकिन्छ भनि झुक्यानमा पारी ठगी गरेको घटनामा जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा नुवाकोट बिदुर नगरपालिका-२ बाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१८

काठमाडौं, वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन् ।  पक्राउ मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुर, ललितपुर महानगरपालिका-२ बाट मंगलबार र सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१८

काठमाडौं, वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान बागचौर नगरपालिका-९ घर भएका ३५ वर्षीय रमेशराज डाँगी र भक्तपुर सूर्यबिनायक नगरपालिका-६ बस्ने दैलेख नौमुले गाउँपालिका-२ घर भएका २४ वर्षीय खगेन्द्र मल्ल रहेका छन् ।  पक्राउ मध्ये रमेशराजले इटाली पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख ८५ हजार रूपैयाँ र खगेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशराजलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार र खगेन्द्रलाई भक्तपुर सूर्यबिनायक नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरू मध्ये रमेशराजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने खगेन्द्रलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८२-०५-१८

काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ७८ वर्षीय विनोद कुमार श्रेष्ठलाई स्रोत नखुलेको नगद ४ करोड २५ लाख ५० हजार रूपैयाँ, करिब ९ हजार ८ सय ३७ ग्राम ९ सय ६० मिलिग्राम सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न गरगरहना र करिब ३ हजार २ सय १८ ग्राम ९ सय २० मिलिग्राम चाँदी जस्तो देखिने सेतो धातुका विभिन्न गरगहना सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महारागंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद तथा गरगहना फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-१७

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  मिनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यएईबाट पक्राउ
२०८२-०५-१६

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ ।  उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित तीन जना पक्राउ
२०८२-०५-१६

काठमाडौं, राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ लिस्ती घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-४ जुबु घर भएका ४२ वर्षीय कृष्ण बहादुर गुरूङ र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ ज्यामिरे घर भएका ५२ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।  काठमाडौंको चमती वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) राजस्व छली भण्डारण तथा संचय गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ चमतीस्थित गोदामबाट विभिन्न कम्पनीका विद्युतिय चुरोट (भेप) ३ हजार ८ सय ५ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१६

काठमाडौं, वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय कार्तिक कुमार चौधरी र काठमाडौं महानगरपालिका-१६ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन् ।  पक्राउ मध्ये कार्तिकले सर्विया पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट ४२ लाख रूपैयाँ र मनोजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने व्यक्ति पक्राउ
२०८२-०५-१६

काठमाडौं, शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-१० बस्ने महोत्तरी, महोत्तरी गाउँपालिका-२ घर भएका ३८ वर्षीय जयरूद्र झालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी कन्ट्रोल रूमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित विभिन्न शैक्षिक संस्थाहरूमा विष्फोटक पदार्थ राखेको छ भनी झुट्टा अफवाह फैलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यम संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८२-०५-१६

कास्की, मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-३ नालामुखस्थित सिन्धु खाजा घरका संचालक २३ वर्षीय सिन्धु किसानलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुले बालिकालाई ललाई फकाई विभिन्न प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-१६

सिन्धुली, आफ्नै आमा ६५ वर्षीया फाल कुमारी सुनुवारको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-१४ भौडी बस्ने ४० वर्षीय तुला राज सुनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अंशबन्डाको विषयलाई लिएर तुला राजले फलामको खन्ती प्रहार गर्दा फाल कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-६ गिजरा बस्ने २२ वर्षीय अर्जुन राना मगरको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश रमजालीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । घरयासी वादविवादको क्रममा दिनेशले बियरको बोतल प्रहार गर्दा गम्भीर घाइते भएका अर्जुनको सञ्जीवनी कलेज अफ मेडिकल साईन्स अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४६ वर्षीय प्रदिप खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७९ असोज ३० गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र क्षतिपुर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । उनलाई  फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-१३

स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३४ एम्पुल, नोर्फिन ३४ एम्पुल र फेनारगन ३४ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ बस्ने २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापा रहेका छन् । वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ८४५२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०५-१३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका-८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ आरूबारी बस्ने सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३५ वर्षीय बिक्रम कुमार दमाई र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ काडाघारी बस्ने बैतडी पाटन नगरपालिका-६ घर भएका ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दामा विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये अम्बिकालाई भक्तपुर नगरपालिका-१ सिर्जनानगरबाट, बिक्रमलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट र जय सिंहलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूमध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, बिक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कारवाहीको लागि पठाइएको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०५-१३

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-८ घर भएका २७ वर्षीय रवि लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, टिकटक लगायतमा नक्कली आईडिको प्रयोग गरी साथी बनाई उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई तथा विभिन्न प्रलोभनमा पारी पीडितबाट रकम लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं चाबाहिल गणेस्थानबाट पक्राउ गरेको हो । उनलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१२

काठमाडौं, चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ घर भएका ४५ वर्षीय सत्यमान लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट २०८० वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ५ महिना ३ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-१२

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१२ बस्ने बागमती गाउँपालिका-५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । छबिन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ३१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
२०८२-०५-११

काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघा बस्ने कृष्ण सुनार पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २५ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।  

क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१०

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका-५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने संखुवासभा मकालु गाउँपालिका-४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।  पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०५-१०

काठमाडौं, वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका-१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।  पक्राउ मध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका-९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा आठ जना पक्राउ
२०८२-०५-१०

स्याङ्जा, वालिङ नगरपालिका-५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका-५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय  निशान थापा, चापाकोट नगरपालिका-०५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् । वालिङ नगरपालिका-५ जर्कोटस्थित मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढाल बहादुरलाई शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको थियो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०९

काठमाडौं, नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्राम सहित पक्राउ गरेको हो । साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०६

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा इडियु सर्च नेपाल बानेश्वरका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने कास्की पोखरा महानगरपालिका-१४ घर भएका २९ वर्षीय बसन्त कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बसन्तले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०५-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३९ वर्षीय शान्त बहादुर विक, काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रे बनेपा नगरपालिका-८ बस्ने सिराहा कर्जन्हा नगरपालिका-८ घर भएका ४४ वर्षीय महमद हातीम र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-४ घर भएका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् । पक्राउ मध्ये शान्त बहादुरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, प्रल्हादले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, महमदले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शान्त बहादुरलाई काठमाडौं महानगरपालिका-२९ बाट, प्रल्हादलाई काठमाडौं महानगरपालिका-२६ बाट र महमदलाई काभ्रे बनेपा नगरपालिका-७ बाट बुधबार तथा तारालाई बुढानिलकण्ठ नगरपालिका-२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।  

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८२-०५-०६

पर्सा, वीरगंज महानगरपालिका-२ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ घुसुकपुर बस्ने ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका-४ बगडमपुर बस्ने ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बीआर ०५ एबि ७७६१ नम्बर र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ
२०८२-०५-०५

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तु वाणगंगा नगरपालिका-३ घर भएका दिपक कुमार श्रेष्ठ बुधबार पक्राउ परेका छन् । बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरूद्ध डिफ्युजन जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

कोरिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०५

काठमाडौं, वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हाल सम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ
२०८२-०५-०५

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोरखा, गोरखा नगरपालिका-४ बस्ने २८ वर्षीया सरिता सिर्मललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सरिताले पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौंडाबाट वीरगंज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो । साथै प्रहरीले तीन जना पीडितहरूलाई उद्दार समेत गरेको छ ।  उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-०५

काठमाडौं, आफ्नै श्रीमती ३५ वर्षीया सर्मिला मग्रातीको हत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । भिमसेनले सर्मिलालाई करूवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । रौतहट, यमुनामाई गाउँपालिका-५ फतुवा बस्ने २२ वर्षीय साहबुदिन मियाको हत्या गरेको अभियोगमा गौर नगरपालिका-३ बस्ने २० वर्षीय सोनु भन्ने सनोज रामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका-५ स्थित बाँसघारीमा सनोजले चक्कु प्रहार गर्दा साहबुदिन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका साहबुदिनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू पक्राउ
२०८२-०५-०४

ललितपुर, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा संलग्न २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खटाङ  घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-१७ शिवटोल बस्ने २६ वर्षीय सिमन राई र महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  गोदावरी नगरपालिका-१४ ठैब दमाईटार सडकमा भदौ १ गते राति बि एएच ९३४५ नम्बरका ट्याक्सी चालकलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको र चालकको साथमा रहेको नगद, मोबाइल एवम् चाँदीको सिक्री समेत डाँका चोरी गरी फरार भएको घटनाको अनुन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई  ललितपुर महालक्ष्मी नगरपालिका-१ शिवटोलबाट पक्राउ गरेको हो ।  उनीहरू उपर ज्यान मार्ने उद्योग र डाँका चोरी कसूरमा जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०४

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा मकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय मंगल सिं प्रजालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यामा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० शंखमुलबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-०३

रूपन्देही, देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुदिपले विवादको क्रममा सन्त बहादुर र उनकै भाइ १९ वर्षीय सुमन कुमाललाई चक्कु प्रहार गर्दा दुबै जना गम्भीर घाइते भई उपचारको लागि देवदह मेडिकल कलेज भलुहीमा लगिएकोमा सन्त बहादुरको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
२०८२-०५-०१

काठमाडौं, आफ्नै श्रीमती २७ वर्षीया ललिता विकको हत्या गरी फरार रहेका बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-२६ गोगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा ललिताको हत्या भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पर्सा वीरगंजबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ललिता र सन्तोष बिच सम्बन्ध बिच्छेद गर्न भनी सहमती भई दुबै जना भिन्न बस्दै गरेको र २०८२ साउन २७ गते सम्बन्ध बिच्छेदको अन्तिम छलफल गर्ने भनी ललितलाई उक्त होटलमा बोलाई हत्या गरेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-२९

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बोडे बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ साउने घर भएका ३३ वर्षीय पुरूषोतम पराजुलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पुरूषोतमले काठमाडौं चावहिल पिपलबोटस्थित पपुलर जब सोलुशन कम्पनी संचालन गरी होटलमा आवश्यक पर्ने कामदार पठाउने भनि विज्ञापन गरी पेश्की स्वरूप रकम लिई कामदार नपठाई पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बोडेबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-२९

काठमाडौं, वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-९ बस्ने बझाङ बंगुल नगरपालिका-६ घर भएका २९ वर्षीय त्रिलोक सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका-२७ डाँडाकोनाकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ
२०८२-०४-२५

कास्की, सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही महानगरपालिका-१ बिन्दावासिनी बस्ने ३५ वर्षीय सन्दिप ढाव, सोही महानगरपालिका-४ तेर्सापट्टी बस्ने ४७ वर्षीय दिपक सामन्त, सोही महानगरपालिका-३ बस्ने ४७ वर्षीय गोविन्दा दिण्डा, सोही महानगरपालिका-९ चिप्लेढुङ्गा बस्ने ३५ वर्षीय असित वर, सोही महानगरपालिका-२ भैरव टोल बस्ने ३८ वर्षीय उज्वल भोमिक र सोही महानगरपालिका-८ सभागृह बस्ने ४० वर्षीया सुनिता पवार रहेका छन् ।  पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९  का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।   प्रहरीले राजेन्द्रको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २ सय ९६ तोला ३३ लाल र नगद १ लाख ६० हजार ५ सय रूपैयाँ, मनिकको साथबाट सुन १३ तोला १७ लाल र चाँदी १० तोला ५५ लाल, सन्दिपको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथको साथबाट सुन १२ तोला १२.७ लाल र चाँदी ९ तोला ५९.४ लाल, दिपकको साथबाट सुन ३८ तोला ५ लाल र चाँदी ३० तोला ११ लाल, गोविन्दको साथबाट सुन २ सय १० तोला ८९ लाल, असितको साथबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापसको साथबाट सुन २४ तोला १५ लाल, उज्वलको साथबाट सुन ५ तोला ४६.९ लाल, सुनिताको साथबाट  सुन २ तोला ५० लाल र चाँदी ९३ तोला ६१ लाल, प्रोभासको साथबाट सुन ८८ तोला ३१ लाल र नगद १ लाख ८५ हजार रूपैयाँ तथा पोखरा महानगरपालिका-१ स्थित सन्जय ढावको कारखानाबाट सुन १३ तोला ५८ लाल, चाँदी ४ तोला २३ लाल र नगद १ लाख ६९ हजार १ सय ५५ रूपैयाँ समेत बरामद गरेको छ । प्रहरीले हाल फरार सन्जयको खोजी गरिरहेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कम्प्यूटर स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ
२०८२-०४-२४

काठमाडौं, कम्प्यूटर स्रोत संङ्केत चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुर, ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । सफ्टवेयर कम्पनीको स्रोत संकेत (Source Code) मा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने मनसाय लिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०४-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-७ बस्ने तनहुँ भानु नगरपालिका-११ घर भएका ५५ वर्षीय योगराज गुरूङ, काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ घर भएका ३८ वर्षीया खेम कुमारी श्रेष्ठ मानन्धर, काठमाडौं टोखा नगरपालिका-७ बस्ने बाग्लुङ जैमिनी नगरपालिका-८ घर भएका ५२ वर्षीय रामचन्द्र शर्मा र ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने सुनसरी धरान उपमहानगरपालिका-११ घर भएका ६२ वर्षीय राजु मगर रहेका छन् । पक्राउ मध्ये योगराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, खेम कुमारीले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रामचन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३५ हजार रूपैयाँ र राजुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगराजलाई टोखा नगरपालिका-९ बाट, खेम कुमारीलाई काठमाडौं महानगरपालिका-९ बाट र रामचन्द्रलाई काठमाडौं टोखा नगरपालिकाबाट बुधबार तथा राजुलाई ललितपुर महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

कर्तव्य ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१ पानी ट्याङ्की बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएका ३८ वर्षीय संदिप धामी भन्ने रूपलाल धामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७५ फागुन २८ गतेको फैसला उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरी पठाइएको छ ।

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन् ।  पक्राउ मध्ये राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्र बहादुरले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार  रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ३६ वर्षीय नर बहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका-२ बस्ने पाँचथर फिदिम नगरपालिका-१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।  पक्राउ मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नर बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट र उमेशलाई टोखा नगरपालिका-२ बाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न दुई जना पक्राउ
२०८२-०४-२१

पर्सा, अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित नेक मोटरसाईकल वर्कशपका संचालक बहुदरमाई नगरपालिका-२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एण्ड लजमा लगी २०८२ वैशाख २० गते जबरजस्ती करणी गर्नुका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३ गते बिहान छाडी फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-२०

काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-२ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मिना कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ
२०८२-०४-२०

सप्तरी, डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय राज कुमार विक, बोदेबरसाइन नगरपालिका-२ बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका-८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुर बेलका नगरपालिका-१ बस्ने २८ वर्षीय चन्दर मरिक, सिराहा लाहान नगरपालिका-६ बस्ने ५२ वर्षीय महेन्द्र गोड्से र लाहान नगरपालिका-८ बस्ने ३८ वर्षीय उमेश साह सोनार रहेका छन् ।  सुरूङ्गा नगरपालिका-८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, खुकुरी १ थान, चाँदीको जस्तो देखिने बाला १ थान र बालिया १ थान समेत बरामद गरेको छ ।  उनीहरू उपर डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-१९

काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका-१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनी उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-१९

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सखुवा प्रसौनी गाउँपालिका-५ बस्ने २५ वर्षीय हिरा माझीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हिराले पीडितलाई प्रेम सम्बन्धमा पारी विभिन्न प्रलोभन देखाई ललाई फकाई विवाह गर्छु र भारतको दिल्लीमा काम लगाई दिन्छु भनि काठमाडौंबाट वीरगंज हुदै भारतको दिल्ली लैजाने लागेको अवस्थामा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी उनलाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०४-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका-७ कमलबिनायक बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-१ घर भएका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७५ असार २४ गतेको फैसलाले उक्त मुद्दामा २५ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भएकोमा उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०८१ असार २४ गते शुरू अदालतको फैसला सदर हुने ठहर गरी फैसला भई फरार रहेका जनकलाई गोकर्णेश्वर नगरपालिका-१ बिपि चोकबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका गणेशलाई भक्तपुर नगरपालिका-१० बाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये जनकलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ भने गणेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०४-१८

ललितपुर, आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पर्सा, आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जितनले वादविवादको क्रममा  कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१७

ताप्लेजुङ, आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयलाई लिएर मन कुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो । कैलाली, बर्दगोरिया गाउँपालिका-३ बस्ने १७ वर्षीया याचना सेजवालको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-१ बौनियास्थित राजधानी सेकुवा एण्ड मम सेन्टर होटलमा काम गर्ने सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय नृप भन्ने निरज साउदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी याचनाको निषर्ग अस्पताल प्रालि धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०४-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने काठमाडौं महानगरपालिका-३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौं महानगरपालिका-१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप हमाल र काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् । पक्राउ मध्ये अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख २९ हजार रूपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख ६३ हजार रूपैयाँ, प्रदिपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रूपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौं महानगरपालिका-१३ बाट बुधबार तथा सुसानलाई काठमाडौं महानगरपालिका-३२ बाट, प्रदिपलाई काठमाडौं महानगरपालिका-२६ बाट र मञ्जुलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुसान, प्रदिप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१६

पाँचथर, आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०४-१६

काठमाडौं, हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२५ न्ह्योखामा भारत पश्चिम बंगाल घर भएका ५३ वर्षीय सुर्वता पालको साउन १४ गते राति हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगर बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका-१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७९ फागुन २३ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपुर्ती बापत शुल्क १२ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेकी दुर्गालाई काठमाडौं खहरेबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०४-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तार्केश्वर नगरपालिका-४ बस्ने सल्यान कपुरकोट गाउँपालिका-३ घर भएका ३२ वर्षीय टेक बहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ४५ वर्षीय बिमल आले रहेका छन् ।  पक्राउ मध्ये अशोकले युएइ पठाइदिन्छु भन्दै ६ जना पीडितहरुबाट ११ लाख ४० हजार रूपैयाँ, टेक बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार रूपैयाँ र बिमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा टेक बहादुरलाई टोखा नगरपालिका-७ बाट र बिमललाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०४-१५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने सुर्खेत लेकवेशी नगरपालिका-१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाले उक्त मुद्दामा १५ लाख रूपैयाँ जरिवाना, ५ दिन कैद र क्षतिपुर्ती बापत शुल्क ६० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका सुकरामलाई काठमाडौं महानगरपालिका-८ गौशालाबाट मंगलबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका लक्ष्मी प्रसादलाई बुढानिलकण्ठ नगरपालिका-६ बाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये सुकरामलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने लक्ष्मी प्रसादलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०४-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका-७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् ।  पक्राउ मध्ये सुजनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९० हजार रूपैयाँ, नविनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र राजले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका-३ बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका-३२ बाट सोमबार तथा नविनलाई काठमाडौं महानगरपालिका-९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ
२०८२-०४-१४

काठमाडौं, नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुली दुधौली नगरपालिका-१० कोकटी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका ३९ वर्षीय लाल बहादुर घिसिङ रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै सुनका गरगहना खरिद गर्ने भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागडी नगरपालिका-१४ बुईपा घर भएका ३९ वर्षीय भक्त बहादुर गदाल विकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भनि नक्क्ली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको खुल्न आएको छ । साथै उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रूपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना. ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुदाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१४

स्याङ्जा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कास्की पोखरा महानगरपालिका-१७ तल्लोबिरौटा टोल बस्ने ४६ वर्षीय बाजिन्द्र सोती मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  चापाकोट नगरपालिका-२ स्थित विवाह कार्यक्रममा सोही ठाउँ बस्ने हस्ते विकलाई २०५० फागुन महिनामा कुटपिट गर्दा घाइते भई उपचारको क्रममा मृत्यु भएको घटनामा सर्वोच्च अदालतको २०५९ असोज ७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्कीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८२-०४-१३

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका अत्तरखेल बस्ने सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-२ घर भएका ४१ वर्षीय यम बहादुर क्षेत्री र शंखरापुर नगरपालिका-९ साँखु घर भएका २४ वर्षीय रोशन कार्की रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ गरामनी बस्ने २७ वर्षीय रोसन शिवा र सोही नगरपालिका-५ देवीबस्ती बस्ने २४ वर्षीय समरदेव राजबंशीलाई रहेका छन् । प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-४ रिछा बस्ने २३ वर्षीय राम कुमार राना र  पुनर्वास नगरपालिका-६ ङ गाउँ बस्ने २२ वर्षीय कल्लु राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय जिवन मन्ने र २७ वर्षीय आदित्य खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय सुभम राना र  सेवा राना रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले प्र.३-०२-००७ प ५५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौना बस्ने २७ वर्षीय राम कुमार साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो २५ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कठौनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट, नाईट्राजेपाम १० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२० पाटन महापाल घर भएका २३ वर्षीय अनिश शाक्य, सोही महानगरपालिका-५ लगनखेल घर भई ललितपुर बालकुमारी बस्ने ३७ वर्षीय जिबन कार्की रहेका छन् । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०४० प ५९८८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १२ ट्याब्लेट सहित सोही महानगरपालिका-४ गणेशटोल बस्ने ३४ वर्षीय सन्दिप शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९६ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, डाईजेपाम ५९ एम्पुल, नोर्फिन ५९ एम्पुल र फेनारगन ५० एम्पुल सहित नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका-७ शिवपुर बस्ने ३१ वर्षीय कृष्ण बहादुर रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दिबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ६९४७ नम्बरको बसमा सवार उनालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-७ किरात चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ बस्ने १९ वर्षीय सौगात परियार समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ आदामारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३० वर्षीय प्रविन लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देख्नासाथ ना.५१ प ५९०७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले झोला छाडि फरार भएपश्चात झोला तलासी गर्दा ट्रामाडोल ६ हजार ट्याब्लेट फेला पारी बरामद गरेको छ । प्रहरीले हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-१३

काठमाडौं, फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  राजुले काठमाडौं महनागरपलिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले हाल सम्म १३ लाख २५ हजार रूपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-१ घर भएका ३४ वर्षीय बुद्धी बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-१० बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०४-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् ।  पक्राउ मध्ये हेम बहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रूपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र मैया देबीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हेम बहादुरलाई टोखा नगरपालिका-८ बाट शुक्रबार, ईश्वरीलाई टोखा नगरपालिका-१० बाट शनिबार र मैया देबीलाई चन्द्रागिरी नगरपालिका-५ बाट आइतबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैया देबीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-१२

भक्तपुर, नक्कली सुन देखाई ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धी बहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।  नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका-६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोक नजिक बोलाई उनको साथबाट १२ लाख रूपैयाँ र २०८२ जेठ २७ गते भक्तपुर राधे राधे बस्ने दोलखा घर भएका पीडितलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

लुटपाटमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-१२

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१४ लामपाटीस्थित सडकमा सोही ठाउँ बस्ने एक जना पीडितको सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न तीन जना पक्राउ
२०८२-०४-११

कास्की, अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर नगरपालिका-१३ हाटबजार ठेगाना भएका ४५ वर्षीय महुमुद्दिन एम अहमद, कास्की पोखरा महानगरपालिका-६ बैदाम बस्ने झापा दमक नगरपालिका-४ ठेगाना भएका ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर ठेगाना भएका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । पोखरा महानगरपालिका-१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी बिनिमय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय यूरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रूपैयाँ बरामद भएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा महुमुद्दिनले रूपन्देही तथा कास्की जिल्लामा रेष्टुरेण्ट व्यवसाय संचालन गरी नेपाली रूपैयाँसँग विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने, राजकुमारले विगत २० वर्ष देखि सेन्टर प्वाईन्ट लेक साइडमा हिलारी मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने र खेमराजले विगत १४ वर्ष देखि स्ट्रिट नम्बर १४ लेक साइडमा सगरमाथा मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गरेको खुल्न आएको छ ।उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-१०

काठमाडौं, ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने सुनसरी गढी गाउँपालिका-५ घर भएका ४८ वर्षीय हिरा बहादुर मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत सुनसरीबाट २०८२ असार १७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुडालबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लगि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०९

म्याग्दी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका-४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  के बहादुर समेतका व्यक्तिहरूले साविक दग्नाम गाविस-२ बस्ने धनराम तिलिजाको धारिलो हतियार प्रहार गरी २०६० कात्तिक ६ गते हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीको २०६८ जेठ ११ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले रघुगंगा गाउँपालिका-४ दग्नामबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत म्याग्दी पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०४-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-१ घर भएका ३६ वर्षीय दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगपालिका-५ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका ४७ वर्षीय टेक बहादुर केसी, ललितपुर महानगरपालिका-२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका ५० वर्षीय भरत प्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने पर्वत विहादी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् । पक्राउ मध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, टेक बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेक बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट तथा दिपकलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार, भरत र प्रेमलाई ललितपुर महानगरपालिका-१५ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-०८

काठमाडौं, गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।  गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी लगायका कागजातहरु माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा उनलाई सिन्धुली भिमान चोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ठगीमा संलग्न तीन जना पक्राउ
२०८२-०४-०८

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका २३ वर्षीय विशाल घिमिरे, काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर घर भएका २५ वर्षीय समिर सिंह र ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने सर्लाही कविलासी नगरपालिका-९ सल्यानपुर घर भएका २६ वर्षीय अशोक कुमार यादव रहेका छन् ।  अमेरीका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख  रकम आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गर्न लगाई अन्य व्यक्तिहरूको बैंक खाताहरूमा स्थानान्तरण गरी/गराई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने धनुषा मिथिला नगरपालिका-१० घर भएका ४६ वर्षीय सन्तोष पुडासैनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुर समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम ७३ लाख जरिवाना र १ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२९ धापाखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

दुई किलोग्राम सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ
२०८२-०४-०७

काठमाडौं, दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ज्याँठा बस्ने चीन सिचुआन घर भएका ४६ वर्षीय CHUNLIN TAN र २४ वर्षीया XUEMI ZOU रहेका छन् । CHUNLIN TAN समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई काठमाडौं महानगरपालिका-२६ ज्याँठास्थित JIU DING YUAN BIN GUAN होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले होटलको ३०४ नम्बरको कोठा तलासी गर्दा बिस्कुट आकारमा रहेको उक्त परिमाणको सुन तथा नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०४-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भएकी २९ वर्षीया जुनु राना थापा मगर र काठमाडौं महानगरपालिका-३२ बस्ने बर्दिया गुलरिया नगरपालिका-२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् ।  पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ५४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका-१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका-३० बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ  । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-०६

उदयपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पर्वत, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ चर्काङ बस्ने ६४ वर्षीय भुवान्नद तिवारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुवानन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सेतीवेणीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०४-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-३० बस्ने ४९ वर्षीया लता गुरूङ श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा २ लाख २२ हजार रूपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८ हजार ८ सय ८० रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेकी लतालाई काठमाडौं सितापाईलाबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार २८ गतेको फैसलाले २० लाख रूपैयाँ जरिवाना, ४ दिन कैद र क्षतिपूर्ती बापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका वृहस्पतिलाई काठमाडौं शंखमुलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०४-०५

कास्की, चोरीमा संलग्न रहेको अभियोगमा माछापुछ्रे गाउँपालिका-९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई पोखरा महानगरपालिका-६ डिकोपाटनबाट चोरी भएको नगद ९ लाख ९७ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०५

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ६२ वर्षीय शम्सेर बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या भएको घटनामा पुनरावेन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा आदलतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय सुदिप सापकोटालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सुदिपले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपलिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने झापा शिवसताक्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सन्तोष कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका-२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख ५० हजार रूपैयाँ जरिवाना, ३ दिन कैद र क्षतिपूर्ती वापत १६ हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

किर्ते गरेको अभियोगमा पक्राउ
२०८२-०४-०२

काठमाडौं, विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने  सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंज चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठाबाट विभिन्न कार्यालयका होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाका रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाका बैंक स्टेटमेन्ट, प्रिन्टर २ थान, सिपियु १ थान, स्क्यानर १ थान लगायतका सामान समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा सफराजले बिगत २ वर्ष देखि आफ्नै पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय तथा राजनैतिक पार्टीहरूको नक्कली छाप, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लेटर प्याड, बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको खुल्न आएको छ । उनी उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-०२

 डडेलधुरा, आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  रूपन्देही, सियारी गाउँपालिका-३ कुरमार बस्ने २८ वर्षीय नागेश्वर चौधरीको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ गठुवा बस्ने २४ वर्षीय पाहलद थारूलाई प्रहरीले पक्राउ गरेको छ । पाहलदले बुधबार कुटपिट गर्दा नागेश्वर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका नागेश्वरको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजश्व छली गरिएका विद्युतीय उपकरण सहित चिनियाँ नागरिक पक्राउ
२०८२-०४-०१

काठमाडौं, राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय YU WANG लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा लगायत बिल बिजक नभएका राजस्व छली गरिएका सामान तथा पाटपूर्जा ल्याई भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं सिनामंगल पन्चमुखी चोकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट बिना बिल बिजक राजस्व छली गरिएका २ करोड १९ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा, एचडी क्यामेरा लगायतका सामन समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-०१

इलाम, माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाई प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट र अवैध लागूऔषध अफिम सहित पाँच जना पक्राउ
२०८२-०३-३१

सुर्खेत, ३२ असार, नक्कली नोट र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट कुशे गाउँपालिका-५ घर भएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही गाउँपालिका-५ खुर्पा घर भएका ३३ वर्षीय राम बहादुर सिंह, सोही गाउँपालिका-७  समकोट गमौडी घर भई सुर्खेत भेरीगंगा नगरपालिका-१२ ठकुरी टोल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण बहादुर वली, ३८ वर्षीय प्रेम बहादुर विक र कालिकोट नरहरीनाथ गाउँपालिका-४ घर भई बाँके कोहलपुर नगरपालिका-११ न्यूरोडमा जनगर्जन नेटवर्क प्रा.लि. मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मन बहादुर सहकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१० शान्ति टोलबाट दिलमायालाई नेपाली एक हजार दरका ६ थान नक्कली नोट सहित सोमबार दिउँसो पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा राम बहादुर र दिलमायाको डेरा कोठा तलासी गर्दा थप नेपाली एक हजार दरका १ हजार २ सय ३६ थान नक्कली नोट फेला परेको थियो । साथै कृष्ण बहादुर र प्रेम बहादुरको डेरा कोठा तलासी गर्दा अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ११ किलो ३ सय ७२ ग्राम सहित फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले मन बहादुरले संचालन गरेको जनगर्जन नेटवर्क प्रा.लि तथा उनको कोठा तलासी गर्दा नेपाली एक हजार दरका ५१ थान नक्कली नोट, अफिम जस्तो देखिने पदार्थ १९ किलो ३ सय ग्राम, प्रिन्टर १ थान, सिपियु १ थान, मोनिटर १ थान, किबोर्ड १ थान, माउस १ थान लगायतका सामान फेला पारी मंगलबार बिहान पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार, वैदेशिक रोजगरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुरथिमी नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४० वर्षीय राम बहादुर थिङ, काठमाडौं महानगरपालिका-१४ बस्ने चितवन राप्ती नगरपालिका-१ घर भएका ५३ वर्षीय प्रेम कृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका-२६ बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय सबिक राई, काठमाडौं टोखा नगरपालिका-३ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४४ वर्षीय मनोज महर्जन र काठमाडौं महानगरपालिका-९ बस्ने २३ वर्षीया दिप्ती केसी रहेका छन् । पक्राउ मध्ये राम बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९९ सय हजार रूपैयाँ, प्रेम कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, सबिकले कतार पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ, मनोजले क्यानडा पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १ करोड ३४ लाख २५ हजार रूपैयाँ र दिप्तीले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट र दिप्तीलाई काठमाडौं महानगरपालिका-१ बाट आइतबार तथा प्रेम कृष्णलाई काठमाडौं महानगरपालिका-१ बाट, सबिकलाई काठमाडौं महानगरपालिका-२६ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-३ बाट सोमबार पक्राउ गरेको    हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार, नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ताप्लेजुङ फाकुम्बा गाउँपालिका-६ घर भएका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग गाउँपालिका-८ दोरम्बा घर भएका ३६ वर्षीय बिजय तामाङ र ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ घर भएका ४४ वर्षीय बिरेन लिम्बु रहेका छन् । सुन जस्तो देखिने धातुको ढिक्कालाई सुन हो सस्तोमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ मंसिर ८ गते ललितपुर, ललितपुर महानगरपालिका-२१ खोकना बस्ने एक जना पीडितबाट नगद २५ लाख रूपैयाँ र २०८२ असार १८ गते भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भएका एक जना पीडितबाट नगद ७ लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं टोखा नगरपालिका-५ श्रीटोलबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ
२०८२-०३-२९

काठमाडौं, बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित नागार्जुन नगरपालिका-१५ कारखाना चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८ सय ७० थाई भाट फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने उदयपुर त्रियुगा नगरपालिका-९ घर भएकी ३५ वर्षीया बिमला दनुवार र काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने कास्की पोखरा महानगरपालिका-२६ घर भएकी ४८ वर्षीया राम कुमारी रोक्का मगर रहेका छन् । पक्राउ मध्ये बिमलाले ४ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र राम कुमारीले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-७ बाट र राम कुमारीलाई नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

डलर साटीदिन्छु भनि ठगी गर्ने चार जना पक्राउ
२०८२-०३-२८

काठमाडौं, डलर साटीदिन्छु भनि ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तबिर पाइन र ललितपुर, ललितपुर महानगरपालिका-१६ धापाखेल बस्ने ३५ वर्षीय बिष्णु कुमार रूम्बा रहेका छ्न् ।  पीडितलाई आफुसँग ६ हजार अमेरिकन डलर छ, ७ लाख नेपाली रकम दिनु भनि असार २२ गते भक्तपुर चागुँनारायण नगरपालिका-४ हलछापस्थित जंगलमा लगि नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको मोबाइल र नगद ७ लाख रूपैयाँ जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट बा.७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश.०२-०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रूपैयाँ, चेक १ थान र मोबाइल १० थान प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा ललितपुर  महानगरपालिका-२३ बस्ने नवलपरासी पूर्व सुनवल नगरपालिका-१ घर भएकी २९ वर्षीया बिन्दु पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  बिन्दुले युके पठाइदिन्छु भन्दै १९ जना पीडितहरूबाट ३२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ
२०८२-०३-२७

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक घर भएका काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षीय सुरेश तामाङ रहेका छन् ।  पोखरा महानगरपालिका-१० शिवचोकमा अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाको २ तोलाको सुनको सिक्री २०८१ चैत २९ गते साँझ लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा उक्त कार्यमा संलग्न उनीहरूलाई काठामाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका-२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् ।  पक्राउ मध्ये सजुले सर्बिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ
२०८२-०३-२४

काठमाडौं, हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर,ललितपुर महानगरपालिका-२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।  ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको  भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँस्थित राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ ।  उनीहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।   पक्राउ मध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका-६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-२४

मोरङ, आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंक बहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा टंक बहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ ।  उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ४९ वर्षीय अमित लाल जोशी र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने धादिङ धुनीबेशी नगरपालिका-२ घर भएका ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट सोमबार पक्राउ गरेको       हो । साथै सोही मुद्दामा फरार रहेका मधुकरलाई काठमाडौं महानगरपालिका-२७ बाट आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये अमितलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त जनसेवा र मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको छ । 

चेक अनदार मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, चेक अनादर मुद्दाका २ जना फरार प्रतिवदीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-६ सुदर्शन हाइट बस्ने गोरखा शहिद लखन गाउँपालिका-१ घर भएका ४० वर्षीय रोलक भट्ट र गुल्मी मुसिकोट नगरपालिका-१ घर भएकी २९ वर्षीया कोपिला खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८१ वैशाख १८ गते उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रोलक र सोही अदालतको २०८१ भदौ १६ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेकी कोपिलालाई काठमाडौं सुदर्शन हाइटबाट पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् ।  पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लुटपाटमा संलग्न तीन जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका-१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ ठमेलमा भारतीय पर्यटकहरूलाई अपरिचित व्यक्तिहरूले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको धुर्ब तारा कम्प्लेक्सको छैठौ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरी गाउँपालिका-३ बस्ने ५० वर्षीय दुर्गा नारायण बुढा र ४९ वर्षीय पर्स बहादुर बुढा रहेका छन् ।  जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्स बहादुर र सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका दुर्गा नारायणलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-१ बाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-२२

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने ३० वर्षीय अनिल रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सल्यान, शारदा नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७५ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ खलंगा बस्ने २८ वर्षीय बिक्रम भडेल र २८ वर्षीय सुरज विश्चकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.८ प ६८४६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ३ सय ७० मिलिग्राम सहित काठमाडौं महानगरपालिका-३ बस्ने २१ वर्षीय अनमोल भण्डारी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-९ खमरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ बङगालिपुर बस्ने २७ वर्षीय लाल भुललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-८ गप्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दिल बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की र अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   लमजुङ, सुन्दरबजार नगरपालिका-९ पैरेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र नगद २० हजार १ सय १५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गुरूङ समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ गाजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम र नगद २ हजार ८ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रबिन तामाङ र सोही महानगरपालिका-२६ बस्ने २६ वर्षीय निरज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-२ शितापुर बस्ने २१ वर्षीय रोमन थापामगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-५ रातोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने कालिकोट पलाँता गाउँपालिका-२ घर भएका ३९ वर्षीय पदम बहादुर बमलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-२२

भोजपुर, रामप्रसाद राई गाउँपालिका-२ धोत्लेखानी बस्ने आफ्नै ससुरा ६८ वर्षीय बेल बहादुर गिरी समेत ४ जनाको हत्या गरेको अभियोगमा भोजपुर नगरपालिका-२ हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।ससुराली घरमा राजेन्द्रले धारिलो हतियार चक्कु प्रहार गर्दा बेल बहादुर, सासु ४५ वर्षीया मन्जु गिरी, राजेन्द्रकी श्रीमती मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले राजेन्द्रलाई नियन्त्रणमा लिएको हो । साथै घटनामा घाइते भएका राजेन्द्रको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-४ बस्ने नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भएका ४० वर्षीय भुप नारायण चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने सिन्धुली दुधौली नगरपालिका-८ घर भएका ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ३६ वर्षीय सुनिल लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका-५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ मध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२०

काठमाडौं, सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ बस्ने चितवन भरतपुर महानगरपालिका-१० घर भएका ३३ वर्षीय गुञ्जन राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा पीडितको तस्विर/भिडियोको साथमा विभिन्न स्ट्याटसहरू पोष्ट गरी चरित्रहत्या हुने कमेन्टहरू समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई ललितपुर बाँडेगाउँबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
२०८२-०३-१९

काठमाडौं, गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर, ललितपुर महानगरपालिका-४ दमकल चोकस्थित एक घर भाडामा लिई SOCIAL SOFTWARE DEVELOPMENT COMPANY PVT.LTD  दर्ता गरी गैर कानूनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप संचालन गरिरहेको र सोको शाखाको रूपमा काठमाडौं महानगरपालिका-१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ, ल्यापटप ७ थान र मोबाइल ५४ थान समेत बरामद गरेको छ । पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललिपतुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  प्रभाषले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ एकान्तकुनाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका-३ घर भएका ३० वर्षीय बिक्रम चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद, ६ लाख १० हजार रूपैयाँ जरिवाना र क्षतिपुर्ती बापत २० हजार ४ सय रूपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-१८

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय पवन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पीडितलाई विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका-१५ भिष्वास्थित विभिन्न होटल तथा लजहरूमा बेश्यावृत्ति गराई बेश्यावृत्तिमा लगाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित तीन जना पक्राउ
२०८२-०३-१८

पर्सा, स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  पकाहामैनपुर गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानहरपालिका-३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बारा परवानीपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अनिल कुमारलाई वीरगंज महानगरपालिका-१० मकालु चोकबाट ९ लाख ४७ हजार रूपैयाँ, बिनित कुमारलाई सोही महानगरपालिका-८ कृषी बिकास बैंक लिंकरोडबाट १५ लाख  ८१ हजार रूपैयाँ र दिपक कुमारलाई सोही महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ३ लाख रूपैयाँ सहित पक्राउ गरेको हो ।  उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-७ बस्ने तनहुँ व्यास नगरपालिका-१२ घर भएका ३० वर्षीय रन्जन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गर्ने दुई जना पक्राउ
२०८२-०३-१७

मोरङ, प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका-६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।  विराटनगर महानगरपालिका-१३ रानीस्थित राईस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई स्कुटरमा सवार ३ जना अपरिचित व्यक्तिहरूले रोकी “हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ" भनि स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर महानगरपालिका-१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई निजसँग साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ बुधबार बिहान डाका गरी फरार भएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर शरीर बन्धक बनाई डाका गरेको कसूर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय सबिन महर्जन र काठमाडौं महानगरपालिका-७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका-८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सबिनलाई काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका दिनेशलाई काठमाडौं महानगरपालिका-८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये सबिनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने दिनेशलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०३-१६

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित होटल त्रिमुर्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर गठ्ठाघर बस्ने सिराहा मिर्चैया नगरपालिका-६ घर भएका २६ वर्षीय किशन शाह, काठमाडौं बानेश्वर बस्ने धनुषा, धनुषाधाम नगरपालिका-२ घर भएका २० वर्षीय सुभम कुमार यादव र महोत्तरी गौशला गाउँपालिका-८ घर भएका १९ वर्षीय आकाश शाह रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले होटलको ३०६ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-७ पूर्व बस स्टेण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम सहित भारत बिहार किशनगञ्ज बस्ने ४७ वर्षीया जन्हेरा खातुन समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको को.१ ह ९३९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिक्लाजुङ गाउँपालिका-७ बस्ने २५ वर्षीय मेघराज राई र सुनसरी दुहवी नगरपालिका-९ बस्ने २६ वर्षीय नबिन हुसेन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलाय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ६० मिलिग्राम र नगद ८ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय मनिष गुरूङ, २२ वर्षीय बिशाल राई र लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय जयमान तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डागीहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने ३३ वर्षीय राजेश तामाङ, २८ वर्षीय दिपेश राई, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकर बस्ने ३७ वर्षीया हेमकला कुमारी कोहारलाई नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाईजेपाम १३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रितम गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ हात्तीबोझा बस्ने २४ वर्षीय राजेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ
२०८२-०३-१६

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका-३ घर भएका ३० वर्षीय राजु तामाङ र रामेछाप मन्थली नगरपालिका-१६ घर भएका ३० वर्षीय राजकुमार माझी रहेका छन् ।  काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सार्वजनिक सडकमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई अपरिचित व्यक्तिहरूले डर त्रास तथा धाक धम्की दिई निजको साथमा रहेको नगद ४५ हजार रूपैयाँ लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं गौशालाबाट लुटपाट गरेको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८२-०३-१५

महोत्तरी, सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामगोपालपुर नगरपालिका-७ बस्ने ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अंसारी रहेका छन् । प्रहरी चौकी गैंडाभेटपुरबाट खटिएको प्रहरीले भारतको कन्हमा बोर्डरबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एपी १५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका २३ वर्षीय सुनिल कुमार सोनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका ४७ वर्षीय विष्णु बहादुर भण्डारी र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम बहादुर विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा ११ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका विष्णु बहादुरलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये विष्णु बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने प्रेम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०३-१३

मोरङ, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि सडक किनारमा पार्किङ गरी राखेको को.३९ प ४१५० नम्बरको मोटरसाइकल गत जेठ २८ गते चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कटहरी गाउँपालिका-१ स्थित उक्त मोटरसाइकल चलाउँदै गरेको अवस्थामा फेला पारी किसनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद २३ लाख १५ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं माइतीघरबाट पक्राउ गरेको हो । साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

युके र कतार पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका-३ घर भएका ३१ वर्षीया नबिना दाहाल घिमिरे र काठमाडौं कागेश्‍वरी महोहरा नगरपालिका-९ बस्ने सर्लाही कौडेना गाउँपालिका-४ घर भएका ४३ वर्षीय लछुमन साह तेली रहेका छन् । पक्राउ मध्ये नबिनाले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५२ लाख रूपैयाँ र लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-११

काठमाडौं, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका सोमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो ।  उनलाई ठगी  सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ
२०८२-०३-१०

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा भारत महाराष्ट्र थाने कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई बदनाम गराउने उद्देश्य राखी भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गोपाललाई काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन  म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-४ घर भएका २९ वर्षीय राजेश बरामलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  राजेशले ग्रिस पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका ४२ वर्षीय सुवर्ण कुमार बललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०९

काठमाडौं, बारा निजगढ नगरपालिका-८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ टुसाल बस्ने मकवानपुर घर भएका बिकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय किशोर र मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्भा रहेका छन् । बिकासको बहिनीको जन्मदिन मनाउन भन्दै कृष्णलाई शुक्रबार राति बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित बिकासको घरमा लगि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।पर्सा, आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुर बस्ने २३ वर्षीय सफिराजा मियाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका ४२ वर्षीय सुवर्ण कुमार बललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०९

काठमाडौं, बारा निजगढ नगरपालिका-८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ टुसाल बस्ने मकवानपुर घर भएका बिकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय किशोर र मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्भा रहेका छन् । बिकासको बहिनीको जन्मदिन मनाउन भन्दै कृष्णलाई शुक्रबार राति बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित बिकासको घरमा लगि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।पर्सा, आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुर बस्ने २३ वर्षीय सफिराजा मियाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०८

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ खाम्लिङ बस्ने ६२ वर्षीय दुर्गा बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय पर्शुराम विकको २०६१ साल चैत २२ गते हत्या गरेको घटनामा पुनरावेदन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने इलाम सूर्योदय नगरपालिका-७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका २७ वर्षीय शेर बहादुर कुमाल र काठमाडौं टोखा नगरपालिका-५ बस्ने मकवानपुर थाहा नगरपालिका-३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेका छन् ।  पक्राउ मध्ये टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टंकनाथलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बाट, शेरबहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र अशिमलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०३-०७

काठमाडौं, अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-३ सूर्यदर्शन टोल बस्ने रोल्पा थवाङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया अमला रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।२०८० साउन २ गते बरामद भएको ६० किलो अवैध सुन घटनाको अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार रहेकी रोकालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका-३ सूर्यदर्शन टोलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०७

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-५ घर भएका ४० वर्षीय अशोक थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसला उक्त मुद्दामा बिगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१३ सन्तानेश्वर मन्दिर नजिकबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

विभिन्न किसिमका सुन गरगहना सहित दुई जना पक्राउ
२०८२-०३-०७

कास्की, पोखरा महानगरपालिका-२२ पुम्दी भुम्दीबाट करिब ८२ तोला १६ लाल बराबरका विभिन्न किसिमका सुनका गरगहना सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत न्यू प्रताप नगर जिटि रोड अमृतसर-१ पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका-१६ पूर्वबहिया घर भएका ४७ वर्षीय राम बहादुर विक रहेका छन् । पोखराका विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुटबलतर्फ जाँदै गरेको माईक्रो बसमा सवार उनीहरूलाई सुनको गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूको साथबाट सुनको ढिक्का, सिक्री २९ थान, दानावाला माला १ थान, पथ्थर जडित र हिरा जडित औंठी ५७ थान, कानमा लगाउने जुली ३ सय २४ थान, मंगलसुत्र १७ थान, लकेट ९९ थान, कालो र रातो माला सहितका पोते १९ थान र झुम्का बरामद भएको छ । उनीहरूलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०३-०६

तनहुँ, देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पाल्पा तानसेन नगरपालिका-८ नयाँपाटी घर भएका २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ हटिया घर भएका ४३ वर्षीय राम लामा रहेका छन् । बिहीबार बिहान आफ्नै घर नजिकै सडकमा प्रकाशलाई लडिरहेको अवस्थामा देखि स्थानीयहरूले उपचारको लागि भरतपुर सरकारी अस्तपाल चितवन लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  मकवानपुर, थाहा नगरपालिका-१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिमलमान गोपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिमलमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा तुलमायाको घटनास्थलमै मृत्यु भएको भन्न खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ, इलाका प्रहरी कार्यालय भिमफेदी समेतबाट खटिएको प्रहरीले उनलाई थाहा नगरपालिका-३ थानाबजारबाट पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-४ फेदीगोठ घर भएका २६ वर्षीय रविन कार्की र काठमाडौं चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने गोरखा शहिदलखन गाउँपालिका-८ बुङकोट घर भएका ३० वर्षीय समिर राज वाग्ले रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट २०८१ फागुन ६ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका रविनलाई बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख १४ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका समिरलाई काठमाडौं महानगरपालिका-९ गौशालाबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये रविनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ भने समिरलाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालका-५ कटुन्जे बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ घर भएका ४० वर्षीय विरेन्द्र खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसला उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जेबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

मितेरी सहकारी संस्थाका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ
२०८२-०३-०५

काठमाडौं, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका प्रतिवादी बर्दिया बाँसगढी नगरपालिका-७ घर भएका ४२ वर्षीय ज्योती बहादुर भण्डारी पक्राउ परेका छन् । एनसिबि PHNOM-PENH कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योती गुरूङ मार्फत सहकारीको करोडौँ रकम ठगीमा संलग्न रही ज्योती बहादुर फरार रहेका थिए ।  प्रारम्भिक अनुसन्धानको क्रममा मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरूङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाईल्याण्डमा बसोबास गर्ने ज्योती बहादुर भण्डारीले चलाएको र निजले फिर्ता गराईदिने भनि ह्वाट्स एप मार्फत सहकारीका पदाधिकारीहरू र ज्योती बहादुर बीच सम्पर्क गराएको, ज्योती बहादुरले सहकारी संस्थाका सचिव कृष्ण बहादुर रानाको ग्लोबल आईएमई बैंक, ईन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल गरी पठाएको छु भनि टोकनको फोटो पठाएको, विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनि सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी ३ करोड ४४ लाख ७४ हजार ३ सय २० रूपैयाँ ठगी गरेको खुल्न आएको छ । ज्योती बहादुर भण्डारीको नाममा जारी भएको २ वटा राहदानीमा २ वटा फरक फरक नागरिकता उल्लेख भएको, ज्योती बहादुरले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । इन्टरपोल महासचिवालयबाट २०८१ कात्तिक १३ गते ज्योती विरूद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।  पक्राउ मध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका-७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०५

सर्लाही, गोडैता नगरपालिका-६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय  राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-०५

जुम्ला, चन्दननाथ नगरपालिका-७ मिचाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ईश्वरी बमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, टिकापुर नगरपालिका-१ स्थित शेरचन होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ५० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २४ वर्षीय सुरेश रावल, २० वर्षीय प्रमोद धामी, २३ वर्षीय तुषार कटुवाल र जानकी गाउँपालिका-९ बस्ने २५ वर्षीय अनिष रावल रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर ११० तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ सिबिर बस्ने २५ वर्षीय हरिराम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध पोलेन करिब ५ किलो ४ सय ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरविर तामाङ, काठमाडौं नैकाप बस्ने धादिङ घर भएका २० वर्षीय सुमन तामाङ र काठमाडौं चन्द्रागिरी बस्ने २६ वर्षीय कमल तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै कमलले प्रयोग गरेको मोटरसाइकल १ थान प्रहरीले बरामद गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय अनुप कुमार रुम्बा र सोही उपमहानगरपालिका-८ बस्ने ३३ वर्षीय मणी लामा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-२ फुलावरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित बुटवल उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय किशोर थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न तीन जना पक्राउ
२०८२-०३-०४

बारा, कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१४ बघवन टोल बस्ने ४० वर्षीय उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल तथा उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन् । पुरानो रिसइवीको कारण उमेश समेत ६ जना व्यक्तिहरूले गत जेठ २९ गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दु राउतको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो । साथै घटनामा संलग्न रही फरार रहेका रन्जुलाई कलैया उपमहानगरपालिका-५ बाट तथा सुमित र १८ वर्षीय किशोरलाई पर्सा वीरगंज महानगरपालिका-१ शान्ति टोलबाट पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।   पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्याम कुमारलाई काठमाडौं महानगरपालिका-१४ खसीबजारबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका-१६ बाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई  प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०३

काठमाडौं, सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई नेपालगंज रूपैडियाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०३-०३

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय ६० एम्पुल, नोर्फिन ५ सय एम्पुल, डाईजेपाम ९ सय ८३ एम्पुल र बुप्रेनोर्फिन ४ सय ८७ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गरूडा नगरपालिका-९ रघुनाथपुर बस्ने २९ वर्षीय राज किशोर सहनी र गौर नगरपालिका-४ टिकुलिया बस्ने २८ वर्षीय सुखारिस सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४३७ नम्बरको सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नगद १ लाख ८० हजार ५ सय रूपैयाँ र मोबाइल ६ थान सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भएका २७ वर्षीय रामहरी थापा, पर्वत पैयूं गाउँपालिका-६ घर भएका ३६ वर्षीय दिनेश आचार्य र काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने झापा बाह्रदशी नगपालिका-२ घर भएका २६ वर्षीय सचिन लम्साल रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले रामहरीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ बासुमार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल, प्रोमेथाजाईन हाइड्रोक्लोराइड ११ एम्पल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नगद १ लाख ४२ हजार ५ सय १५ रूपैयाँ सहित सोही महानगरपालिका-१ बस्ने गोरखा घर भएका ३३ वर्षीय गणेश गुरूङ समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारचोकबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो ९ सय ग्राम सहित पाख्रिवास नगरपालिका-८ मुगा बस्ने ४१ वर्षीय नारायण प्रसाद राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८६३८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय पंकज खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कर्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट सहित कालिकोट महावै गाउँपालिका-६ पिलि बस्ने २१ वर्षीय हिक्मत शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल कुमार साह, २१ वर्षीय दिलिप कुमार साह र सोही नगरपालिका-६ बस्ने २३ वर्षीय बिशाल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ ओमनगर बस्ने बिकाश देउलालाई नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, नोर्फिन १४ एम्पुल, फेनारगन १८ एम्पुल र नाईट्राजेपाम २ सय ७० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-१ शान्तिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-१ बेलडाँडा बस्ने २८ वर्षीय तुक प्रसाद थापा र ३१ वर्षीय प्रकाश थापामगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय बिजय कर्माकार र सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष मिस्त्री रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को. ३५ प ९०६९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  दाङ, घोराही उपमहानगरपालिका-११ झुम्केटारी बस्ने २७ वर्षीय याम बहादुर बस्नेतलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६६ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट शिवपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाही बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन् ।  पक्राउ मध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गर्ने युवती पक्राउ
२०८२-०३-०२

काठमाडौं, सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गरेको अभियोगमा भक्तपुर बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-६ घर भएकी ३१ वर्षीया रमा बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटकमा नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्य र आधारहीन विषयलाई उठान गरी भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका-४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् ।  पक्राउ मध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख ५० हजार रूपैयाँ र व्रिजेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका-११ बाट शनिबार र व्रिजेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०३-०१

कञ्चनपुर, आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका-१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झै-झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।अर्घाखाँची, आफ्नै श्रीमान ३८ वर्षीय रामु कुमालको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका-३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा झै-झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गए राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-३१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राज कुमार मानन्धर र काठमाडौं महानगरपालिका-१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-२ घर भएका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् ।  पक्राउ मध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रूपैयाँ र ओम बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार र ओम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये राज कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ओम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न दुई जना पक्राउ
२०८२-०२-३१

संखुवासभा, अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई रहेका छन् । पीडितको व्यक्तिगत एवम् गोपनीयताका विषयमा फोटो/भिडियो बनाई पीडितको आफन्त तथा साथीहरूलाई पठाई चरित्र हत्या गरेको र फोटो/भिडियो सार्वजनिक गरी दिने धम्की दिई डर, त्रास देखाई रकम माग गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०२-२९

दैलेख, भैरवी गाउँपालिका-६ हमाल टोल बस्ने ४९ वर्षीय राम बहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुल बहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।  उनीहरूले जग्गा सम्बन्धी विषयलाई लिएर गए राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पानीपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ करोड रूपैयाँ बराबरका विभिन्न गरगहना सहित चार जना पक्राउ
२०८२-०२-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ प्युखाबाट करिब २ करोड १ लाख ७८ हजार ३ सय ६० रूपैयाँ बराबरको बिल भरपाई बिनाका सुन, हिरा तथा पत्थरका गहनाहरू सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने भारत कलकत्ता घर भएका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षीय सुर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय बालक रहेका छन् ।काठमाडौं महानगरपालिका-२२ प्युखा कृष्णचोकस्थित हविवुलले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा बिल भरपाई नभएका सुन, हिरा तथा पत्थरका गरगहनाहरू बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उक्त ज्वेलर्स तलासी गर्दा बिल भरपाई बिनाका उक्त रकम बराबरको गहनाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको छ । 

नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२८

काठमाडौं, नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन् । नेपाल प्रहरीको डिएसपी हुँ भनि प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०२-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-४ घर भएका ६० वर्षीय लक्ष्मण चापागाई, काठमाडौं महानगरपालिका-९ तिलगंगा बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-४ घर भएका ३९ वर्षीय अशोक मण्डल, काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ घर भएका २० वर्षीय बाल सुन्दर भारती र काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् ।  पक्राउ मध्ये लक्ष्मणले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १४ हजार रूपैयाँ, अशोकले मलेसिया  पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र चण्डिकाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मणलाई काठमाडौं टेकुबाट र अशोकलाई काठमाडौं गौशालाबाट मंगलबार तथा बाल सुन्दरलाई काठमाडौं न्यूरोडबाट र चण्डिकालाई काठमाडौं गौशालाबाट सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२८

काठमाडौं, डलर देखाई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २९ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न धन बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ बत्तीसपुतली बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१८ कारकादो घर भएका ४७ वर्षीय गणेश प्रसाद शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत झापाबाट गत वैशाख २८ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनी झापा पठाइएको छ । 

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका-१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन् । पक्राउ मध्ये रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रबिन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका-१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०२-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट परोहा नगरपालिका-८ घर भएका ३५ वर्षीय हरि कृष्ण ठाकुर, ललितपुर महानगरपालिका-५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका-१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् । पक्राउ मध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरिलाई काठमाडौं महानगरपालिका-२२, रिनालाई ललितपुर महानगरपालिका-५ र कविराजलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-२६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका-३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सुर्य नारायणलाई ललितपुर महानगरपालिका-२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये सुर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशला पठाइएको छ ।

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-२६

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-१ बस्ने जाजरकोट कुसे गाउँपालिका-७ घर भएका २७ वर्षीय दिपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेका छन् ।जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ ।

ठगी/आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-२६

काठमाडौं, ठगी/आत्महत्या गर्न दुरूत्साहन मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने स्याङ्जा गल्याङ नगरपालिका-७ पेलाकोट घर भएका ४८ वर्षीय नुमाकान्त पाठक र ३८ वर्षीया सरिता पाठक रहेका छन् ।जिल्ला अदालत काठमाडौंको २०८० कात्तिक १७ गतेको फैसलाले उक्त मुद्दामा नुमाकान्तलाई २ लाख ८० हजार रूपैयाँ बिगो, ३ हजार जरीवाना र ३ महिना कैद तथा सरितालाई ६० हजार बिगो, १ हजार जरीवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने झापा मेचीनगर नगरपालिका-१५ घर भएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८२-०२-२४

मोरङ, विराटनगर  महानगरपालिका-१६ दरैयाबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित सोही महानगरपालिका-१६ सुडिबस्ती बस्ने ३४ वर्षीय चन्दन कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ६७९६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चन्दन कुमारलाई पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित कास्की पोखरा बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-८ घर भएकी ३७ वर्षीया चटमाया छन्त्याललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका-१ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने पाल्पा माथागढी गाउँपालिका-४ घर भएका ३४ वर्षीय मोहन पोख्रेल रहेका छन् । पक्राउ मध्ये प्रमिलाले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ३२ लाख ३५ हजार रूपैयाँ र मोहनले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रमिलालाई काठमाडौं नागार्जुन नगरपालिका-३ हलचोकबाट र दिनेशलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-५ बस्ने महोत्तरी गौशाला नगरपालिका-१२ कान्तिबजार घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन् ।  पक्राउ मध्ये बिर बहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर बहादुरलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट र दिनेशलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०२-२१

ताप्लेजुङ, फुङलिङ नगरपालिका-६ बस्ने २८ बर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  फक्ताङलुङ गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना आएका अर्जुन र उनकै श्रीमती सरिता लिम्बुबीच विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी तेजेन्द्रको साथ लगाई उनीहरूकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्रलाई अर्जुनले गए राति खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका अर्जुनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले फुङलिङ नगरपालिका-९ स्थित भिरकुना जंगलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १७ जना पक्राउ
२०८२-०२-२१

काठमाडौं, अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिक गरी १७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप/टेलिग्राम मार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२६ जैनखेल भ्यूटावरस्थित घर र सोही महानगरपालिका-१० नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप १४ थान, मोबाइल ६० थान, विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिहरूको नामको भिसा कार्ड १५ थान, नेपाली राहदानी ४ थान र भारतीय राहदानी ४ थान समेत बरामद गरेको छ ।  उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रूपैयाँ ४० पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका-११  बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।  पक्राउ मध्ये प्रविनले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रूपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रविनलाई काठमाडौं महानगरपालिका-२३ बसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२०

काठमाडौं, डलर देखाई रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छु भनि प्रलोभन देखाई पीडितलाई डलरको आकारमा काटिएको कागजको बिटो रूमालमा पोको पारेर दिएर  नेपाली ३० लाख रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न तारा बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ । 

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
२०८२-०२-२०

ललितपुर, ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना-३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् ।  सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनीहरू उपर चोरी उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८२-०२-२०

पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित परवानीपुर चोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार जिल्ला बेतीया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमार रहेका छन् ।  प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ
२०८२-०२-१८

काठमाडौं, २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक/प्रमुख कार्यकारी अधिकृत बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।           कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो । उनी उपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित चिनियाँ नागरिक पक्राउ
२०८२-०२-१६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सय सहित चिनियाँ नागरिक ३२ वर्षीय SHAOJUN LYU लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०२-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने सल्यान कपुरकोट गाउँपालिका-५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका ४० वर्षीय शिवराम घिमिरे रहेका छन् । पक्राउ मध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४२ लाख ३० हजार रूपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र शिवरामले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोपेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट, ङिमालाई काठमाडौं महानगरपालिका-४ बाट र शिवरामलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ 

ठगीमा संलग्न दुई जना पक्राउ
२०८२-०२-१५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं  महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३४ वर्षीय राम कुमार सापकोटा र काठमाडौं महानगरपालिका-३ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-३ घर भएका २८ वर्षीय ओव्जन चदारा रहेका छन् । आफु सिआईडिमा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार र ओव्जनले वैदेशिक रोजगारीको लागि दुबई जान भनि ३० लाख रूपैयाँ ठगीमा परेका व्यक्तिहरूको पैसा उठाई दिन्छु भनि पीडितसँग पटक पटक गरी जम्मा ४ लाख ५० हजार रूपैयाँ नगद तथा ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रूपैयाँको चेक काट्न लगाई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-१० ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१५

काठमाडौं, सिआईबीको डिएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अनिलले आफू सिआईबीको डिएसपी हुँ भनि जबरजस्ती करणीको मुद्दा मिलाई दिन्छु भनि ८ लाख ४० हजार रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो । उनी उपर ठगी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका-१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका-६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।  एलियाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका-१ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०२-१४

रूपन्देही, पाल्पा तानसेन नगरपालिका-१ ठेगाना भएकी ३३ वर्षीया दिपा बस्याल र उनकै छोरीहरू ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ मिलिजुली पथ बस्ने ३५ वर्षीय सुजन कोइरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सुजनले पूर्व श्रीमती दीपालाई आफ्नै घरमा बोलाई आपसी विवादको क्रममा धारिलो हतियार र हथौडा प्रहार गरी उनीहरूको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जानकारी प्राप्त इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल र अस्थायी प्रहरी चौकी देवीनगरबाट प्रखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८२-०२-१४

पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-४ बस्ने १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम बिश्वास कुमार राम र १९  वर्षीय कृष्ण महतो नुनिया रहेका छन् ।  पोखरिया नगरपालिका-९ बाट ना.५४ प ३८७७ नम्बरको मोटरसाइकल बिहीबार राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने दोलखा भिमेश्वर नगरपालका-३ घर भएका ३५ वर्षीय बाबुराम खत्री र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने उदयपुर कटारी नगरपालिका-५ घर भएकी २५ वर्षीया दीपा ढुंगाना रहेका छन् ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा जेठ ६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका बाबुरामलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सिफलबाट पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा २०८१ माघ २८ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी दीपालाई काठमाडौ महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरेको हो ।  पक्राउ मध्ये बाबुरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशला र दीपालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका-५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।  पक्राउ मध्ये शन्त कुमारले लाटभिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शन्त कुमारलाई काठमाडौं महानगरपालिका-११ बाट आइतबार र विष्णुराजलाई काठमाडौं महानगरपालिका-११ बाट शुक्रबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित आर्मेनियाका नागरिक पक्राउ
२०८२-०२-११

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २० हजार सहित आर्मेनियाका नागरिक ४० वर्षीय USHAKOV ANDRII लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-१०

भक्तपुर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका-८ बस्ने २७ वर्षीय गुर्जु भन्ने निरोज बज्राचार्यलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-४ गाम्चास्थित सडकबाट उनलाई बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट जेठ २ गते दिउसो चोरी भएको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ । 

अमेरिका र कुवेत पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका-९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् । पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिछु भन्दै १ जना पीडितबाट ५५ लाख रूपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हनि ट्रयापमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-०२-०९

काठमाडौं, हनि ट्रयापमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ कालोपुल बस्ने कैलाली गोदावरी नगरपालिका-१० दमौरा घर भएकी ३४ वर्षीया ममता तामाङ र काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-१७ सल्लाघारी घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन् ।  आपराधिक लाभ लिने उद्देश्यले सामाजिक संजाल फेसबुक मार्फत कुराकानी गरी ठमेलस्थित एक होटलमा बोलाई खाजा तथा मादक पदार्थ सेवन गरी/गराई अचेत अवस्थामा पीडितको अश्लिल फोटो तथा भिडियो बनाई फेसबुक मेसेन्जरमा उक्त फोटो तथा भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर तथा ४ आना जग्गा दिनु पर्छ भनि विभिन्न किसिमका डर, धाक धम्कीहरू देखाई रकम माग गरी ५ लाखको चेक काट्न बाध्य पारी उक्त चेक लिई गएको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ५ लाखको चेक १ थान र मोबाइल २ थान समेत बरामद गरेको छ ।  उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४  जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-४ बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका-३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका-२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् । पक्राउ मध्ये बिकासले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रन्जनाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, यादव प्रसादले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ र लोकजनले थाईल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकासलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार, रन्जनालाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार, यादव प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार र लोकजनलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

राजश्व छली चोरी पैठारी गरी ल्याएका सामाग्री सहित ८ जना पक्राउ
२०८२-०२-०८

काठमाडौं, राजश्व छली चोरी पैठारी गरी ल्याएका विभिन्न सामाग्री सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ च:मती बस्ने झापा गौरीगंज गाउँपालिका-१ देवीघाडा घर भएका २७ वर्षीय रोशन कुमार महतो, महोत्तरी भटिहानी नगरपालिका-६ घर भएका २१ वर्षीय सिकेन्दर रजा, ललितपुर महालक्ष्मी नगरपालिका-४ हात्तीवन बस्ने भारत चेन्नई घर भएका ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, ३० वर्षीय दिपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कृष्णमुर्थी, भारत नयाँदिल्ली बस्ने ३१ वर्षीय मोहम्द रेहान र २४ वर्षीय रौनक ठाकुर रहेका छन् । काठमाडौं च:मती एरियामा सिकन्दर रजा समेतका व्यक्तिहरूले विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जा सहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद १ लाख ८ हजार ५ सय रूपैयाँ, मोबाइलको डिस्प्ले ५ सय ८० थान, रेडमी कम्पनीको ट्याब १ थान, म्याकबुक १ थान, ल्यापटप १ थान, चार्जर १ हजार ४ सय थान, विभिन्न कम्पनीका मोबाइलका बट्टाहरूमा रहेको विद्युतिय उपकरण (फ्लेक्स) ८ सय थान, मोबाइलमा प्रयोग हुने ब्याट्री १ हजार १ सय ५० थान, मोबाइल ८ थान लगायतका सामाग्रीहरू बरामद भएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
२०८२-०२-०७

भक्तपुर, स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने ओखलढुङ्गा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका-९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बाट बा.५७ प ९९५७ नम्बरको स्कुटर शुक्रबार र सोही नगरपालिका-८ बोडेबाट बा.७७ प ३३५९ नम्बरको स्कुटर आइतबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई मध्यपुर थिमी नगरपालिका-९ बाट चोरी भएको स्कुटरहरू सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०२-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका-७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-०७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विपलव कुमार कर्ण र काठमाडौं महानगरपालिका-३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विपलवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ मध्ये विपलवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-०७

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूको लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङ समेत गरी दिन्छु भनि नक्कली कागजातहरू बनाई ४ लाख ३० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-०२-०६

झापा, मोटरसाइकल र अटो टेम्पो चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-३ घर भई कन्काई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय  कुमार राजवंशी र बिर्तमोड नगरपालिका-७ बस्ने २७ वर्षीय जागिर आलम रहेका छन् ।झापा जिल्लाको विभिन्न स्थानमा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरीका ४ वटा मोटरसाइकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो । उनीहरूले बिर्तामोड एरियाका विभिन्न स्थानहरूबाट मे.८ प २११६ नम्बर, प्रदेश १-०१-०१५ प ९२४२ नम्बर, मे.९ प ३६१८ नम्बर र प्रदेश ३-०२-००९ प ५१२७  नम्बरको मोटरसाइकल तथा मे.१ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

हत्यामा संलग्न पाँच जना पक्राउ
२०८२-०२-०६

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका-२ बस्ने सर्लाही बागमती गाउँपालिका-३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन् । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

सुन जस्तो देखिने धातु सहित पक्राउ
२०८२-०२-०६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान सहित कास्की पोखरा महानगरपालिका-११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दिपक केसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-०५

काठमाडौं, प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-५ भेलुखेल बस्ने ३६ वर्षीय विकास देउलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०७६ असोज १० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-५ भेलुखेलबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-०५

झापा, जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-०४

अछाम, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबल बहादुर थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दाङ, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५  वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-०३

काठमाडौं, वैदेशिक रोजागारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका-१ घर भएका ३५ वर्षीय हिक्मत कुमार थापा र काठमाडौं महानगरपालिका-२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका-८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् । पक्राउ मध्ये हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिक्मतलाई टोखा नगरपालिका-५ बाट र जिक्रुल्लाहलाई ललितपुर महानगरपालिका-२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने व्यक्ति
२०८२-०२-०३

काठमाडौं, नक्कली सुनको मुर्ति देखाई ठगी गरेको अभियोगमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नक्कली सुनको (बुद्ध भगवानको) मुर्ति सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-४ घर भएका ३९ वर्षीय पुरूषसँग गत मंसिर ८ गते १० लाख रूपैयाँ र काठमाडौं न्यूरोड बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भएका २४ वर्षीय पुरूषसँग गत चैत ११ गते ११ लाख ८५ हजार रूपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ  । 

युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०२-०२

काठमाडौं, वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका-३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ घर भएका ३५ वर्षीय जिवन कडरीया रहेका छन् । पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रूपैयाँ र जिवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका-३ बाट र दिपकलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ
२०८२-०२-०२

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय बिमल विक, सुवासकै मामा पोखरा महानगरपालिका-१० गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा एवम् सुवासकै फुपुको छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका-११ दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका-२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विक रहेका   छन् ।  पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानहरूमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला ८ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग.२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूले हाल सम्म पोखराको ९ स्थान र तनहुँको ३ स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-०२

संखुवासभा, विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी हरिनगर गाउँपालिका-१ घर भएका २५ वर्षीय जुबेर आलम मियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   मियाले सामाजिक सञ्‍जाल टिकटकमा पीडितको अश्लिल फोटो तथा भिडियो गत २५ गते पोष्ट गरी विद्युतीय अपराध सम्बन्धी कसूर गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित चार पक्राउ
२०८२-०२-०२

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ जे १६५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ३ लाख ८६ हजार रूपैयाँ सहित कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ घर भएका ४६ वर्षीय मसिउद्धिन फकिरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  रौतहट, गौर नगरपालिका-१ नगरपालिका कार्यालय अगाडिबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा परोहा नगरपालिका-२ बस्ने २० वर्षीय किष्ण कुमार साह र गौर नगरपालिका-५ बस्ने २० वर्षीय हरिबन कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कीर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
२०८२-०२-०१

काठमाडौं, विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-७ घर भएका २८ वर्षीय निर्मल खड्का र चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर कैलाश गाउँपालिका-२ छ्याङ्ढुङ् घर भएकी २३ वर्षीया अन्जु खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई तारकेश्वर नगरपालिका-७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजातहरू तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा अन्जनीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुल्न आएको छ । उनले तारकेश्वर नगरपालिका-७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजातहरू इडिट तथा डिजाइन गर्नका लागि दुई जना सहयोगीलाई मासिक तलब दिई कार्यालय संचालन गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख  तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भएकी २८ वर्षीया बिमला तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका ४० वर्षीय राम चन्द्र पन्तलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा बिमला गत चैत २९ गते साँझ मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं नागढुङ्गाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-४ घर भएका शारदा थापा र काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-७ घर भएका ४१ वर्षीय पासाङ नुरू शेर्पा रहेका छन् । पक्राउ मध्ये शारदाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८५ लाख रूपैयाँ र पासाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट बुधबार र पासाङलाई काठमाडौं तारकेश्वर नगरपालिका-९ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगार ठगी सन्बन्धी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३० वर्षीय राहुल पुन्ज, ललितपुर गोदावरी नगरपालिका-३ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-१ नयाँगाउँ घर भएका ३९ वर्षीय प्रकाश घर्तीमगर र वीरगंज महानगरपालिका-२४ बस्ने ६८ वर्षीय सिताराम प्रसाद कुर्मी रहेका छन् । वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा संलग्न रही फरार रहेका उनीहरूमध्ये राहुल र प्रकाशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तीनकुने र काठमाडौं कलंकीबाट मंगलबार पक्राउ गरेको हो ।  यसैगरी सितारामलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै घर वतनबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ 

आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर साउद र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-८ घर भएका २१ वर्षीय ललित बोहरा रहेका छन् ।  पक्राउ मध्ये प्रेम बहादुरले आयरल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४१ लाख ९० हजार रूपैयाँ र ललितले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार र ललितलाई ललितपुर महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ
२०८२-०१-३०

कास्की, ३१ वैशाख, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मनिका रेष्टुरेण्ट संचालन गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका- ५ साँगे बस्ने २१ वर्षीय सलन गुरूङ रहेका छन् । मनिका रेष्टुरेण्टमा अवैध रूपमा यौनजन्य क्रियाकलापहरू भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त रेष्टुरेण्टबाट ५ जना महिलाहरूलाई उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-५ घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । दिपाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ
२०८२-०१-२९

काठमाडौं, गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राज कुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ तीनदोबाटोबाट पक्राउ गरेको हो ।  उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
२०८२-०१-२९

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका-२ घर भएका २३ वर्षीय बिजय कुमार राई र रामेछाप मन्थली नगरपालिका-६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।  काठमाडौं महानगरपालिका-२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ
२०८२-०१-२९

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  आलियाले विभिन्न प्रलोभनमा देखाई भारत विहार रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा लगाएको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डाँका चोरीमा संलग्न आठ जना पक्राउ
२०८२-०१-२९

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ घर भएका २४ वर्षीय अनिष केसी, सोही नगरपालिका-११ हर्कपुर घर भएका २५ वर्षीय दिप्सन भन्ने विवेक मल्ल ठकुरी, देवचुली नगरपालिका-१६ घर भएका २३ वर्षीय सन्दिप परियार, चितवन भरतपुर महानगरपालिका-१८ घर भएका २५ वर्षीय अतित क्षेत्री, सोही महानगरपालिका-११ घर भएका २४ वर्षीय सन्दिप विक, सोही महानगरपालिका-१० घर भएका २२ वर्षीय बादल तामाङ, काठमाडौं टोखा बस्ने लमजुङ घर भएकी १९ वर्षीया सक्रिया खान र काठमाडौं कपन बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएकी २४ वर्षीया कबिता राई रहेका छन् ।  काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफू प्रहरी हुँ भनि पीडितहरूलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा विभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्की दिई बैंक खाता र ईसेवामा रकम पठाउन लगाई तथा नगदै रकम ३ लाख ६३ हजार रूपैयाँ समेत डाँका चोरी गरेको भन्ने सूचनाको आधारमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५२ हजार रूपैयाँ र उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-२८

    खोटाङ, आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  झापा, आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०१-२८

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-१ दुवाकोट वेशी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०१-२७

काठमाडौं, वैदेशिक रोजागरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ घर भएका ३४ वर्षीय सुदिप मान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ घर भएका गुमान सिंह तामाङ रहेका छन् । पक्राउ मध्ये सुदिपले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र गुमानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई ललितपुर महानगरपालिका-२५ भैंसेपाटीबाट शुक्रबार र गुमानलाई काठमाडौं महानगरपालिका-५ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०१-२६

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका-५ घर भएका ५० वर्षीय मोतीसरा खत्री रहेका छन् । पक्राउ मध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३५ लाख रूपैयाँ तथा मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपलिका-८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौं महानगरपालिका-१३ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२६

काठमाडौं, डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८२-०१-२५

काठमाडौं, जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ
२०८२-०१-२५

धनुषा, सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका-१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका-१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका-२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकपडाहरू लगायतका सरसामानहरू सस्तोमा दिने भनि विश्वासमा पारी ठगी गरिरहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले हाल सम्म २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेको, सामाजिक सञ्जालमा पोष्ट गरिएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारण नागरिकले उक्त सामानहरू खरिद गर्ने भनि सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्छ भनि रकम पठाउन लगाउने गरेको, सर्वसाधारण नागरिकको नाममा बैंक, वित्तिय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।साथै उनीहरूको साथबाट बरामद भएको मोबाइलबाट विभिन्न बैंक वित्तिय संस्था तथा वालेट आईडि समेत गरी १ सय ८७ वटा खाताहरूको विवरण फेला परेको र उक्त खाताहरूबाट हाल सम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रूपैयाँ ८ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनीहरू उपर ठगी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-२५

धनुषा, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी जनकपुरधाम उपमहानगरपालिका-२३ बस्ने ५५ वर्षीय रामदहिन महतो भन्ने गुजरा महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महतो समेतले गत चैत २ गते चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको र सोही ठाउँ बस्ने रूपेश कुमार यादव घाइते भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले धनौजी गाउँपालिका-४ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०१-२५

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका-९ बस्ने सोही महानगरपालिका-१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन नगरपालिका-५ बस्ने स्याङ्जा गल्याङ नगरपालिका-४ घर भएका ४८ वर्षीय मिन बहादुर थापा रहेका छन् ।  पक्राउ मध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ, भुपालले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र मिन बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौं महानगरपलिका-१२ बाट मंगलबार, भुपाललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार र मिन बहादुरलाई नागार्जुन नगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०१-२५

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा धादिङ गल्छी गाउँपालिका-२ घर भएका २४ वर्षीय रोजन भुजेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका भुजेल र २ जना युवतीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा भुजेलले ती युवतीहरूलाई हेटौंडा तथा वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
२०८२-०१-२४

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२३ ओमबहाल बस्ने भारत कलकत्ता घर भएका ६७ वर्षीय सुरज दत्त र चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने रूपन्देही देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट उनीहरूलाई नगद ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८२-०१-२३

कैलाली, भजनी नगरपालिका-५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरीलाई स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०१-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने दोलखा जिरी नगरपालिका-३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका-१५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौं महानगरपालिका-२६ बस्ने स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका ५६ वर्षीय नर बहादुर खड्का थोकी रहेका छन् ।पक्राउ मध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, नरेन्द्रले युएई पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्रलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, नरेन्द्रलाई काठमाडौं महानगरपालिका-२२ बाट शुक्रबार र नर बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित चार जना पक्राउ
२०८२-०१-२२

काठमाडौं, काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट स्रोत नखुलेको नगद ९५ लाख १७ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका-१ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका-३ घर भएका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका   छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०१-२०

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन ‍लामा भन्ने पासाङ तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारतरतर्फ जान लागेका तामाङ र एक युवतीलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा तामाङले ती युवतीलाई वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगीमा संलग्न दुई जना पक्राउ
२०८२-०१-२०

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने काभ्रेपलान्चोक बनेपा नगरपालिका-२ घर भएका २० वर्षीय विशाल घिमिरे र काठमाडौं महानगरपालिका-२७ सुन्धारा बस्ने रौतहट गरूडा नगरपालिका-४ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।  उनीहरूले विद्यार्थी भिषामा अमेरिका जान एक दिनको लागि बैंक ब्यालेन्स देखाउन आफूलाई ६१ लाख रूपैयाँ आवश्यक भएको भनि बहाना बनाई पीडितलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम आफ्नो खातामा पठाउन लगाई रकम जम्मा भए पश्चात अन्यत्र विभिन्न व्यक्तिहरूको खाताहरूमा सम्पूर्ण रकम रकमान्तरण गराई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-२०

काठमाडौं, नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका-५ घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको अभियोगमा उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो । मुगु, छाँयानाथ रारा नगरपालिका-१२ लुम्स गाउँ बस्ने ३६ वर्षीया दुर्गा ऐडीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीया बिमला बुढालाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर बिमलाले मंगलबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएकी दुर्गाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदैशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०१-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका-३ बस्ने पाल्पा रम्भा गाउँपालिका-५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका- ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् । पक्राउ मध्ये सम्पुर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ, सुजनले युके पठादिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पुर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका-३१ बाट बुधबार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरणमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-०१-१८

पर्सा, बारा कलैया उपमहानगरपालिका-१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका-३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् । सुधिरलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१२ मुर्लीस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा सुधिरलाई सकुशल उद्दार गरी अपहरणमा सलंग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-६ बस्ने धादिङ निलकण्ठ नगरपालिका-६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका-२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।  पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका-६ बाट सोमबार र सुजनलाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८२-०१-१६

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् । जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमती जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका-२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
२०८२-०१-१५

काठमाडौं, अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, ३१ वर्षीया शुसिला कुमारी साहु, २२ वर्षीय शम्भु मेहता, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरूण कुमार साह, ४४ वर्षीय संजिव कुमार महतो, पर्साका २६ वर्षीय प्रदिप कुमार साह, ३२ वर्षीय बिकर्ण जंग राणा, ३८ वर्षीय सलमा खातुन, नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भीम कुमारी गुरूङ, ३४ वर्षीय गणपति पाण्डे, र चितवनका ६४ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् ।आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि Money Mule हरूलाई परिचालन गरी ठुलो परिमाणमा नगदै रकम खातामा Placement गर्ने गरेको, विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमती लिएका मनि ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरू मार्फत ई-मनि बनाई सो रकमलाई  रेमिटेन्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको समेत खुल्ल आएको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

बाह्य मुलुकतर्फ लैजान लागेको नगद सहित भारतीय नागरिक पक्राउ
२०८२-०१-१५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रूपैयाँ र ८२ हजार ५ सय भारतीय रूपैयाँ सहित भारतीय नागरिक ४५ वर्षीय SAURABH THUKRAL लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक पक्राउ
२०८२-०१-१२

काठमाडौं, बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी नागरिकहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय MOHAMMED MOSTAFIJUR RAHAMAN, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय MUHAMMAD FARHAD HUSAIN CHOWDHURY र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय ABU YUSUF MD HANIF तथा काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय MILTAN भन्ने KAZI SHAHATAB HUSEN र बंगलादेश बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय AZIM MOLICK रहेका छन् ।उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्ट मार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति ब्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल ४ थान, अमेरिकन डलर ९ हजार ८ सय ५०, बंगाली टाका ३९ हजार ९ सय ५ र नेपाली रूपैयाँ २५ हजार समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २२ वर्षीय अनिल देवकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-१२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका-३ घर भएका ३६ वर्षीय एक राज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित भारतीय नागरिक पक्राउ
२०८२-०१-१०

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय सहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति जना पक्राउ
२०८२-०१-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २७ वर्षीय उमेश भोलोनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ
२०८२-०१-०९

काठमाडौं, नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । जानकीले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु सो प्रयोजनको लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ लिएको र अन्य २ जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
२०८२-०१-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रूपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौं महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौं महानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई  दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-०४

झापा, ठगी मुद्दाका फरार प्रतिवादी हल्दिबारी गाउँपालिका-१ बस्ने ६१ वर्षीय नर बहादुर विकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।  

फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-०३

काठमाडौं, फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता Suspend हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
२०८१-१२-३०

काठमाडौं, विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार शनिबार पक्राउ परेकी छिन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१२-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२९ बस्ने इलाम चुलाचुली गाउँपालिका-३ घर भएका ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका-३० बस्ने मोरङ ग्रामथान गाउँपालिका-६ घर भएका २३ वर्षीय इश्वर पोखरेल रहेका छन् । पक्राउ मध्ये ख्यामले युके पठाइदिछु भन्दै २ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ र इश्वरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ५१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ख्यामलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट शनिबार र इश्वरलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये ख्यामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र इश्वरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल मार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिई हैरानी दिने तथा अमर्यादित कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न अधिकारीलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२७

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२६

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले उक्त मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंजबाट पक्राउ गरेको हो । लोकनाथले पर्सा साविक बहुअर्वाभाठा गाबिस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनि बोलाई २०६४ वैशाख २५ गते गोली प्रहार गरी हत्या गरी फरार भएको घटनामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२६

काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ४३ वर्षीय राम कुमार चौलागाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौलागाईले पीडितलाई अरूको प्लटिङ गरेको जग्गा देखाई विभिन्न प्रलोभनमा पारी नगद ४५ लाख ५० हजार रूपैयाँ लिई वैना कागज गरेकोमा उक्त जग्गा मालपोत कार्यालयको अभिलेखमा समेत दर्ता नदेखिएकोले जिल्ला अदालत काठमाडौंबाट चैत २१ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । साथै उनी विरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयहरूमा ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दाहरू दर्ता भई फरार रहेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१२-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-१ घर भई बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् । राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका-६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
२०८१-१२-२२

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा-३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया RIKSHE WANGMO लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१२-२२

बाँके, कोहलपुर नगरपालिका-७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा सोही नगरपालिका-७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । राजु समेत ५/६ जनाको समुहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो ।प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सुरेशले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२०

बाँके, सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा कोहलपुर नगरपालिका-५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका-७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।       यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-९ बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएका ५७ वर्षीया आशा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-१४

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो माग भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरी उक्त कार्यमा संलग्न सरितालाई पक्राउ गरेको हो ।  उनी उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न ११ जना भारतीय नागरिक पक्राउ
२०८१-१२-१४

काठमाडौं, अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय नागरिकहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ । साथै उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१२-१४

ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल नयाँ बस्ती बस्ने रामेछाप घर भएका ३० वर्षीय रिपक खातिको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सुमन रसाइलीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुमनले बादबिवादको क्रममा खुकुरी प्रहार गर्दा रिपकको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।मकवानपुर, आफ्नै जेठी भाउजु ३५ वर्षीया गुड्डी दासको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने २३ वर्षीय राहुल दासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राहुलले घरायसी विवादको क्रममा खुकुरी प्रहार गर्दा उनकै माहिलो दाजु २८ वर्षीय रूपेश दास गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले राहुललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा राहुलले रूपेशलाई खुकुरी प्रहार गर्नु भन्दा पहिले नै जेठी भाउजुलाई उनी सुतेको कोठामा खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले गुड्डी दासको शव उनी सुतेकै कोठाबाट फेला परेको हो । साथै खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रूपेशको सहकारी अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने धातुका विभिन्न गहना सहित एक जना पक्राउ
२०८१-१२-१३

काठमाडौं, बिल बिजक नभएका सुन जस्तो देखिने धातुका विभिन्न गहना सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेश लाल चित्रकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीमा एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उनलाई सुन जस्तो देखिने धातु जडित पोते सहितको माला १८ थान, क्रिष्टल सहितको माला १३ थान, टप ३ जोर, तिलहरी १ थान लगायत विभिन्न गहना सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ घर भएका ४१ वर्षीय सुवास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुवासले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न १६ जना पक्राउ
२०८१-१२-१३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बस्ने दोलखा मेलुङ गाउँपालिका-४ घर भएका २३ वर्षीय अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ घर भएका २१ वर्षीय आशिष श्रेष्ठ समेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका-१४ खड्कागाउँमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिई झगडा हुँदा आशिष समेतका  व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रडहरू प्रहार गर्दा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ५० किलो गाँजा सहित चार जना पक्राउ
२०८१-१२-१३

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ चक्री टोल बस्ने ४२ वर्षीय बुद्ध घलान, सोही उपमहानगरपालिका-८ बस्ने ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय बिर बहादुर डम्वा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे बस्ने २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् ।   इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या संलग्न फरार व्यक्ति पक्राउ
२०८१-१२-१३

काठमाडौं, हत्यामा संलग्न रही फरार रहेका कागेश्वरी नगरपालिका-६ मुलपानी पाटिटार बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ ईरिवाङ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-२ बाक्सिला घर भएका ६५ वर्षीय ओम प्रकाश राईको आइतबार बिहान हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं मुलपानी एरियाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थिमी पठाइएको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-१२-१२

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका-३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।  मध्यपुर थिमी नगरपालिका-२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको   छ । 

विद्युतीय कारोबार ऐन बमोजिम कसुर गर्ने दुई जना पक्राउ
२०८१-१२-१२

काठमाडौं, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय बिकाश भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।  बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्‍याई अवैध लाभ लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-०९

काठमाडौं, आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका-२ ठेगाना भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।आपराधिक लाभ लिने उद्देश्य सहित योजनावद्ध तवरले धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गुप्तालाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका-६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-०७

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१२-०६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिकी डलर र युरो सहित एक जना पक्राउ
२०८१-१२-०५

काठमाडौं, टोखा नगरपालिका-२ झोरबाट अमेरिकी डलर र युरो गरी नेपाली रूपैयाँमा हुन आउने जम्मा रकम २५ करोड १९ लाख २४ हजार ९ सय ५० रूपैयाँ सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूले ठुलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरू राजश्व छली गरी अवैध रूपमा ओसार पसार तथा कारोवार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त स्थानमा ना.७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिई तलासी गर्दा ट्रकको ड्राईभर बस्ने क्याविनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरिकी डलर १ सय दरका ३ हजार १ सय १९ थान र ५० दरका १ सय ७९ थान तथा युरो ५ सय दरका ११ थान, २ सय दरका ४ सय ८० थान, १ सय दरका ४ हजार १ सय ४८ थान र ५० दरका १७ हजार १ सय ७७ थान फेला पारी चालक लामालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लामा २०७३ पुस १३ गते ७ केजी सुन सहित पक्राउ परी राजश्व छली सुन चोरी पैठारी मुद्दामा ५ वर्ष कैद भुक्तान गरेको खुल्न आएको छ ।   उनलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-१२-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका-१ घर भई ललितपुर गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका-६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-८ बस्ने २८ वर्षीय दिपेश रावत रहेका छन् ।  पक्राउ मध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र दिपेशले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका-४ बाट आइतबार र दिपेशलाई काठमाडौं महानगरपालिका-२८ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न पक्राउ
२०८१-१२-०२

काठमाडौं,  हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पटाबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-१९ लगनखेलबाट पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा तामाङको योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मी मुसिकोट नगरपालिका-७ न्वारास्थित गंगा नामको होटल संचालन गरी बस्ने बाग्लुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८ वर्षीया गंगा भन्ने गोपाल कुमारी शेरचनको हत्या गरी गरगहना र नगद लुटपाट भएको खुल्न आएको छ ।  यसैगरी काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ फस्कोटमा बिक्रम तामाङको श्रीमती बेली तामाङलाई २०७९ कात्तिक २७ गते राति धारिलो हतियार प्रहार गरी नगद तथा गहना डाँका गरेको, काभ्रेपलान्चोक पनौती नगरपालिका-५ चौकोटस्थित ग्रिन हिल नेवा खाजा तथा खाना घरका संचालक धर्म गोपाल श्रेष्ठलाई २०८१ साउन ३१ गते राति धारिलो हतियार देखाई नगद ४० हजार लुटपाट गरेको, काभ्रेपलान्चोक बनेपा नगरपालिका-३ टनचोक डाँडा बस्ने ३२ वर्षीय लोप्चन लामाको घरमा २०८१ माघ ४ गते राति धारिलो हतियार देखाई मोवाइल ३ थान, नगद, गरगहना र धनमाल लुटपाट गरेको तथा काभ्रेपलान्चोक बनेपा नगरपालिका-४ रेडक्रस टोल बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा २०८१ माघ १३ गते राति धारिलो हतियार देखाइ सुनको गरगहना, नगद एवम् धनमाल लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  तामाङलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको छ । 

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८१-१२-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-०२

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे बेथानचोक गाउँपालिका-६ सिउँरानी घर भएका ३६ वर्षीय बाबु लामालाई  बुधबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत भक्तपुरको २०७५ भदौ ३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-६ काँकडभिट्टा एरियाबाट पक्राउ गरेको हो ।  भक्तपुर मध्यपुर थिमी नगरपालिका-१६ स्थित नरेफाँटमा २०६६ मंसिर २६ गते राति बा.१ ज ९१४ नम्बरका ट्याक्सी चालक काभ्रे रोसी गाउँपालिका-४ लेम्बाबेसी घर भएका २५ वर्षीय मेघ बहादुर तामाङको हत्या गरी नगद र मोबाइल समेत लुटपाट गरेको घटनामा संलग्न लामालाई जिल्ला अदालत भक्तपुरबाट उक्त सजाय ठहर भएको थियो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ ।   

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-०१

काठमाडौं, गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका-१६ र ३० स्थित घरबाट अवैध कल बाईपसमा प्रयोग भएको उपकरणहरू सहित उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट VOIP GATEWAY ३२ पोर्टको २ थान, १८ पोर्टको १ थान, सिम कार्ड १४  थान, राउटर ४ थान, ल्यापट २ थान, ब्याट्री २ थान, इन्भर्टर २ थान, कनेक्टर १ थान, मोबाइल १ थान र पेनड्राइभ १ थान समेत बरामद गरेको छ । उनी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८१-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा आरूघाट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपलिका-१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर नगरपालिका-६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं बुढालिकण्ठ नगरपालिका-८ बस्ने ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा लिम्बु रहेका छन् ।  पक्राउ मध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, जेम्सले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, रेखाले जापान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १३ लाख २ हजार रूपैयाँ, रविले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चोरीमा संलग्न तीन जना पक्राउ
२०८१-११-२७

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ डेरा गरी बस्ने सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय फुल बहादुर तामाङ र भारत बिहार घर भएका ३२ वर्षीय महोमद इमरान रहेका छन् ।कीर्तिपुर नगरपालिका-३ ढल्पाबाट सुन तथा चाँदीका गरगहना लगायतका सामानहरू फागुन १५ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको   हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने रिङ २ थान, सुनको जस्तो देखिने सिक्का १ थान, घडी १ थान, चाँदीको जस्तो देखिने तिलहरी १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, सुनको जस्तो देखिने पोते सहितको तिलहरी १ थान, नगद ३ हजार रूपैयाँ, मोबाइल ३ थान, ल्याप्टप २ थान समेत बरामद गरेको छ ।                                                                                                                                                                                                       उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।  पक्राउ मध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसुरमा संलग्न पाँच जना पक्राउ
२०८१-११-२६

कास्की, अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ बस्ने पर्वत जलजला गाउँपालिका-३ घर भएका ३१ वर्षीय रूपेन्द्र जिसी, म्याग्दी बेनी नगरपालिका-५ घर भएका ३३ वर्षीय बिक्रम बानियाँ, बेनी नगरपालिका-२ घर भएका २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका-२ घर भएका १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दिप कटुवाल रहेका छन् । पोखरा महानगरपालिका-१४ अनुपम टोलस्थित घरमा शंकास्पद गतिविधी भइरहेको भन्ने सूचानाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई मोबाइल ३१ थान, कम्प्युटर मनिटर २ थान, सिपियु ३ थान, ल्याप्टप ४ थान, आई प्याड १ थान, किवोर्ड २ थान, माउस १ थान, राउटर ४ थान, पेनड्राईभ ३ थान, हार्डडिक्स १ थान, चार्जर ११ थान र नगद ७२ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । साथै उनीहरूले हालसम्म ३० करोड रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न पाँच जना पक्राउ
२०८१-११-२६

काठमाडौं, हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने सर्लाही बागमती ढुङगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भएका २४ वर्षीय रोशन तामाङ, काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक घर भएकी २० वर्षीया पुजा परियार र एक नाबालक रहेका छन् । गोकर्णेश्वर नगरपालिका-७ नामी कलेज नजिक बागमती खोलामा बोरा भित्र अन्दाजी ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८१-११-२६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका-५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो । पक्राउ मध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।

ठगी मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८१-११-२६

काठमाडौं, ठगी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी कालीगण्डकी गाउँपालिका-६ घर भई ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोल बस्ने ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठ रहेका छन् । जिल्ला अदालत भक्तपुरबाट २०८० मंसिर २२ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर बागडोलबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
२०८१-११-२५

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५  फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।    

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित दुई जना पक्राउ
२०८१-११-२५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चिनिया नागरिक २२ वर्षीय MEI WENHAO र काठमाडौं महानगरपालिका-१० घर भएका ३२ वर्षीय सनिम राज ढकाल रहेका छन् ।  फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट युएई जान लागेका MEI WENHAO लाई १० लाख ४२ हजार जापानिज यन र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका सनिम राजलाई ७ हजार ५ सय अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।  

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८१-११-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-९ गणेशथान बस्ने ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सर्वराजले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने २६ वर्षीय सुन्दर केसी र बाग्लुङ निसीखोला गाउँपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने ५१ वर्षीय किरण घर्ती रहेका छन् । पक्राउ मध्ये सुन्दरले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ७० हजार रूपैयाँ र किरणले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुन्दरलाई काठमाडौं महानगरपालिका-२२ बाट मंगलबार तथा किरणलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको    छ । 

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-११-२२

काठमाडौं, नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।        वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफुलाई रकमको आवश्यकता परेको भन्ने विश्वास दिलाई साथीको क्युआरमा रकम पठाउनु भनि उपत्यकाको विभिन्न पसलहरूमा आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाईदिँदै छ, आफ्नो कुनै पनि बैंक खाता छैन भनी हजुरको खातामा पैसा आउँछ सो पैसा राखी मलाई नगद रकम दिनु भनी पसलहरूको क्यूआर कोड पठाई रकम हाल्न लगाई पसलहरूबाट रकम लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लोलाङ हाईटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबारमा संलग्न पाँच जना पक्राउ
२०८१-११-२२

काठमाडौं, राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबारमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने बारा कलैया उपमहानगरपालिका-८ घर भएका ३४ वर्षीय सन्तोष कुमार साह, ३५ वर्षीय प्रेम कुमार कुशवाहा, २६ वर्षीय गणेश साह, पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा घर भएका ३२ वर्षीय दिनानाथ कुमार साह र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २१ वर्षीया बिपना सार्की रहेका छन् । काठमाडौं महानगरपालिका-३२ नरेफाँट क्षेत्रमा उनीहरूले राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी पैठारी गरी ल्याएको २० किलोग्राम चाँदी सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ
२०८१-११-२१

काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-८ ग्रीनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरूङ तथा लुटपाटमा संलग्न प्युठान गौमुखी गाउँपालिका-४ बस्ने ३६ वर्षीय राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका-७ बस्ने ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावा बेसी गाउँपालिका-४ बस्ने २४ वर्षीय हिरा मंग्राती, मोरङ सुन्दरहरैंचा नगरपालिका-२४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने २० वर्षीय मनिस कुमार राय रहेका छन् । काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारमा अभौतिक मुद्राको अवैध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले रोशनलाई काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट सोमबार पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उनको साथमा रहेको नगद १४ लाख रूपैयाँ लुटपाट भएको भनी खुल्न आएपश्चात लुटपाटमा संलग्न राजेन्द्र बहादुर समेत ६ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १ सय ६२ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-११-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१७ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने ४६ वर्षीय अंगद कुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ बस्ने ३३ वर्षीय नर माया कार्की रहेका छन् । पक्राउ मध्ये अंगदले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६० हजार रूपैयाँ, जगदिश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नर मायाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अंगदलाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट सोमबार तथा जगदिश्वरलाई काठमाडौं महानगरपालिका-१२ बाट र नर मायालाई काठमाडौं महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।   

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-११-२१

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भई उपचारको क्रममा २०८० पुस १० गते मृत्यु भएको घटनामा वारदात पश्चात फरार रहेका उद्धवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ । 

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-११-२०

काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनि नागरिकता तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र लगायतमा फरक परेको विवरण मिलाई दिन्छु भन्दै पीडितलाई विश्वास दिलाई रकम लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सागबारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सालकको खपटा सहित दुई जना पक्राउ
२०८१-११-१९

काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट ७ सय ७० ग्राम तौलको सालकको खपटा जस्तो देखिने बस्तु सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुईचुम्पा गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने २९ वर्षीय उमेश तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ संगम फाँट बस्ने ३० वर्षीय मोहन पुलामी मगर रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपती खत्री रहेका छन् ।  पक्राउ मध्ये भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ र पशुपतीले १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतीलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-११-१९

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएका ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरेको घटनामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो ।  उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-११-१९

काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने पाल्पा बगनासकाली गाउँपालिका-१ घर भएकी ३९ वर्षीया कल्पना गैरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा बिहीबार पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई ठगी तथा अपराधिक लाभ कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ
२०८१-११-१५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो ७ सय ४५ ग्राम सहित ४ जना उज्वेकिस्तानका नागरिकहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४८ वर्षीया AKHMEDOVA UMIDA, ५४ वर्षीया MARIFALIEVA DILFUZA, ४९ वर्षीया FAYZIEVA SAODAT र ४१ वर्षीय TURSUNOV SARDOR रहेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका AKHMEDOVA को साथबाट १ हजार २ सय ५ ग्राम र MARIFALIEVA को साथबाट १ हजार २ सय १० ग्राम र FAYZIEVA को साथबाट १ हजार ३ सय ३० ग्राम उक्त धातु फेला पारी सोधपुछको क्रममा उक्त धातु TURSUNOV ले प्रलोभनमा पारी बोक्न लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले चारै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ । 

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-११-१४

काठमाडौं,वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् । उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका-९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् ।   पक्राउ मध्ये सरोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ८२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार र कल्पनालाई ललितपुर महानगरपालिका-१५ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरी रहेका छन् । पक्राउ मध्ये ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

सालकको खपेटा सहित चार जना पक्राउ
२०८१-११-१२

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट बेलकोटगढी नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्त बहादुर गुरूङ, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहानगरपालिका-१५ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ । 

अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ
२०८१-११-१२

काठमाडौं, अवैध सुन चाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् ।  काठमाडौं महानगरपालिका-२४ स्थित घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याईएको सुन र चाँदीको कारोबाट भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेका सुन जस्तो देखिने धातुका टुक्राहरु २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम, चाँदी जस्तो देखिने धातुका टुक्राहरु ५ किलो ६ सय ग्राम र नगद १० लाख ७५ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८१-११-१२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ४० वर्षीय संजिव कुमार बल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उज्जवललाई काठमाडौं बबरमहलबाट शुक्रबार र जिल्ला अदालत बाँकेबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका संजिवलाई काठमाडौं सुकेधाराबाट शनिबार पक्राउ गरेको हो । पक्राउ मध्ये उज्जवललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा र संजिवलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । 

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-१०

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । डाईमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८१-११-०९

काठमाडौं, नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ धार्पा घर भएका ४८ वर्षीय दल बहादुर तामाङ रहेका छन् । विगत एक महिना देखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाई सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा भक्तपुर र पिसिसिबि थिमीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा-६ मुलपानीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ थान र पिलास १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका-१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।  पक्राउ मध्ये सरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न २४ जना पक्राउ
२०८१-११-०६

काठमाडौं, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमार समेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको छ ।उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर वेलका नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०६

काठमाडौं, सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिनेशले सशस्त्र प्रहरी बल नेपालका ७ जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको भन्ने सूचना प्राप्‍त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न स्पा संचालिका पक्राउ
२०८१-११-०५

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्पामा पार्लरको काम गराउने भनी आर्थिक प्रलोभनमा पारी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रमिलालाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ
२०८१-११-०५

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ
२०८१-११-०४

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित अमेरिकी नागरिक ४६ वर्षीया NI YAN लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १ सय २२ थान फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अधिकारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-०३

भक्तपुर, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ काफ्लेचोक घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् । उनीहरूले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय बिशाल ठाकुर रहेका छन् । उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र बिशाललाई काठमाडौं कोटश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८१-११-०२

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेहरूमा स्याङ्जा फेदीखोला गाउँपालिका-२ बायाँटारी बस्ने ३६ वर्षीय नविन खत्री, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भई कास्की पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २१ वर्षीय मदन अधिकारी र २१ वर्षीय रोहित तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्नगर नगरपालिका-१२ तीनकुने चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३८ वर्षीय दुर्ग नेपाली र सोही नगरपालिका-१२ बस्ने ३५ वर्षीय बिजय कालुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, खैरहनी नगरपालिका-१ ज्यामिरे बस्ने २७ वर्षीय सुवास चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७३ ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ८ हजार रूपैयाँ बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, रत्ननगर नगरपालिका-१२ बालदेबी टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुबास पोखरेल र सोही नगरपालिका-१३ बस्ने २८ वर्षीय सन्तोष घिमिरे रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३-००२ प ५५४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय ८० मिलिग्राम सहित झापा बिर्तामोड नगरपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । स्याङ्जा, वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध नोर्फिन ४९ एम्पुल, फेनारगन ६४ एम्पुल र डाइजेपाम ३४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२१ बस्ने २४ वर्षीय शिबजी तिवारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ त्रिशुले चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईन्द्रसरोवर गाउँपालिका-१ कुलेखानी बस्ने ३४ वर्षीय सुदिप थापा मगर र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बनस्थली बस्ने २६ वर्षीय प्रशान्त घले रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.४२ प ८३१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-७ दशई महाजन टोल बस्ने २० वर्षीय पंकज मण्डल, सोही नगरपालिका-६ ग्रामिण टोल बस्ने २८ वर्षीय अरबिन्द सिंह दनुवार र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय रबिन मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.३ प ६३४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय किसन बिक र ३५ वर्षीय हरि सिंह थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले किसनलाई २ सय ९० मिलिग्राम र हरिलाई २ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
२०८१-११-०१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ३ सय १८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र साङ्ली बस्ने २७ वर्षीय महेश अम्रुत मानी र भारत महाराष्ट्र सोलापुर बस्ने २४ वर्षीय राहुल खंडु सरक रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त धातु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ
२०८१-११-०१

काठमाडौं, नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाई फकाईफुल्याई अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न वाध्य पारी स्क्रिन रेकर्ड गरी अनुचित लाभ लिन खोजेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आयुषलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका-२३ बसन्तपुर बस्ने ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये लिल बहादुरले मलेसिया पठाइदिछु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र बिशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र बिशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् । पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका-२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१०-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घखाँची सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजापुर नगरपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् । पक्राउ मध्ये प्रभाले सिंगापुर पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र राकेशनले युके पठाइदिन्छु ‍भन्दै ५ जना पीडितहरूबाट १९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रभालाई ललितपुर महानगरपालिका-१ बाट र सिर्जनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बाट आइतबार तथा राकेशनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ
२०८१-१०-२८

काठमाडौं, धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।        सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुता माथि आघात पुर्‍याउने तथा घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गर्ने कार्यमा संलग्न नरेन्द्रलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा धरानबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
२०८१-१०-२८

काठमाडौं, अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य बाका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-३ गैरीगाउँस्थित घरमा अनलाइन जुवा खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१०-२७

बाँके, बैजनाथ गाउँपालिका-८ बस्ने २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन् । सोही गाउँपालिका-८ बिचलाईनस्थित विवाह कार्यक्रममा भएको बादबिबादको क्रममा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१०-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् । पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिछु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु ‍भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका-९ बाट र जै बहादुरलाई काठमाडौं महानगरपालिका-३१ बाट बिहीबार तथा रविनलाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१०-२५

काठमाडौं, सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा दाङ लमही नगरपालिका-५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना खिची राखेको अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उक्त कार्यमा संलग्न रविलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय लमही दाङको समन्वयमा पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने सात जना पक्राउ
२०८१-१०-२५

काठमाडौं, सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका-११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरूघाट गाउँपालिका-६ घर भएका २९ वर्षीय पदम बहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका-७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका-७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेका छन् ।  विभिन्न मितिमा तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डर/त्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१०-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-३२ बस्ने ३५ वर्षीय दिपेश महतो रहेका छन् । पक्राउ मध्ये हिमकलाले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र दिपेशले मलेसिया पठाइदिन्छु ‍भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिमकला र बलरामलाई काठमाडौं टेकुबाट बुधबार तथा दिपेशलाई काठमाडौं टेकुबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ मध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा दिपेशलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हनी ट्रयापमा संलग्न व्यक्ति पक्राउ
२०८१-१०-२४

काठमाडौं, हनी ट्रयाप संलग्न रहको अभियोगमा चितवन रत्ननगर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ कुलेश्वरबाट पक्राउ गरेको हो । उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८१-१०-२४

पर्सा, वीरगंज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बिन्दबासिनी गाउँपालिका-३ झौवा बस्ने ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । धनुषा, शहीदनगर नगरपालिका-३ यदुकुहा बजारबाट स्रोत नखुलेको १ लाख ४७ हजार भारतीय रूपैयाँ सहित सबैला नगरपालिका-११ इनर्बा टोल बस्ने २० वर्षीय चन्द शेखलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तिनकोरीयाबाट यदुकुहातर्फ आउँदै गरेको ज.१२ प २०३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-२३

काठमाडौं,  बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-५ सुन्दरबस्ती घर भई ललितपुर, ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गम बहादुर पौडेल र काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने ४४ वर्षीया भवानी तुलाधार रहेका छन् ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी भवानीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका गम बहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ चारदोबाटोबाट पक्राउ गरेको हो । पक्राउ मध्ये गम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने भवानीलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।  

ठगीमा संलग्न दुई जना पक्राउ
२०८१-१०-२२

काठमाडौं, नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् । नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई सोही ईमेल मार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने धातु सहित पक्राउ
२०८१-१०-२२

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

अनलाइन जुवा खेल्ने/खेलाउने २४ जना पक्राउ
२०८१-१०-२१

काठमाडौं, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० भारतीय र १४ नेपाली नागरिक गरी २४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपास्थित २ वटा घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटिएम कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान समेत बरामद गरेको छ । उनीहरूले ३ अर्व ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रूपैयाँ बराबरको अनलाईन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ
२०८१-१०-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-२१

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चितवन माडी नगरपालिका-१ घर भई मोरङ विराटनगर महानगरपालिका-३ हलेसी टोल बस्ने ४१ वर्षीया सरस्वती भन्ने शिवकुमारी सापकोटालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर साबिक नंखेल गाविस-१ काक्राबारीस्थित सडकमा २८ वर्षीया शान्ता घिमिरेलाई २०६५ भदौ २६ गते दिउँसो दाउ प्रहार गरी हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८१-१०-२०

काठमाडौं, नागार्जुन नगरपालिका-४ लामाथुम्की डेरा गरी बस्ने कीर्तिपुर नगरपालिका-४ घर भएका ६२ वर्षीय राजु मगरलाई अवैध लागूऔषध गाँजा १ किलो २५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ २ किलो ५ सय ग्राम सहित सोही नगरपालिका-७ बस्ने १८ वर्षीया किशोरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा तथा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ७३८ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम २ सय मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-३ बस्ने २९ वर्षीय हेमकान्त चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ५ ख ५९८८ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ४ सय मिलिग्राम र मोबाइल ३ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय बिजय चौधरी, २९ वर्षीय बिजय भारती थारू र ३१ वर्षीय रामेश्वर थारू रहेका छन् । प्रहरी बिट न्यू सिटिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली नोट सहित एक जना पक्राउ
२०८१-१०-२०

सर्लाही, ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट सहित भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेश कुमार सोनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किने पश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१०-२०

रसुवा, उत्तरगया गाउँपालिका-१ घर भई सोही गाउँपालिका-५ बोगटिटार बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ
२०८१-१०-१९

काठमाडौं, नेपालमा गैरकानूनी रहेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संगठित रूपमा कारोबार तथा अनलाईन स्क्याममा संलग्न रहेको अभियोगमा ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा, कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा भिमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं वानेश्वर बस्ने २२ वर्षीय सत्यम कुमार सहनी, भारत प्रतापपट्टी साहेवगंज बिहार घर भई काठमाडौं महानगरपालिका-२५ बस्ने २७ वर्षीय रेशन कुमार र भारत पूर्वी चम्पास बिहार घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् । उनीहरूको साथबाट नगद ५ लाख ५० हजार रूपैयाँ, कम्प्युटर २ थान, मोबाइल १३ थान र विभिन्न बैंकको चेक १९ थान प्रहरीले बरामद गरेको छ । उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोवार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारीक व्यक्ति भनि निजहरूको ओटिपि/पिन माग गरी अनाधिकृत रूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पुर्‍याई रकम ठगी गर्ने गरेको, विभिन्न सामाजिक संजालमा अनलाईन जब, अनलाईन ग्याम्बलिङ आदी जस्ता आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाई साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा पहुँच पुर्‍याई निजहरूको रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यसैगरी ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरुको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफुले प्रयोग गर्ने र प्रयोग गरे बापत निश्चित रकम दिने गरेको र यस्ता खाताहरूमा अनलाईन ठगी बाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरीद बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको खुल्न आएको छ । हालसम्म उनीहरूले ३ अर्ब भन्दा बढी रकम ठगी गरेको समेत खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने ४५ वर्षीय वसन्त योगीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । योगीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-१९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३२ वर्षीय सुशिल नेपाल र बाँके बैजनाथ गाउँपालिका-३ गाभर घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुष्मिता परियार रहेका छन् ।  जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका सुशिललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट शुक्रबार पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी सुष्मितालाई काठमाडौं अनामनगरबाट सोमबार पक्राउ गरेको हो ।  सुशिललाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ भने सुष्मितालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । 

सुन जस्तो देखिने धातु सहित पक्राउ
२०८१-१०-१८

काठमाडौं, अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ११ ग्राम ६ सय ६० मिलिग्राम तौलको सुन जस्तो देखिने धातुको औंठी २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका-७ घर भएका ४० वर्षीय प्रमोद शर्मा रहेका छन् । मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका चन्द्र कुमारबाट प्रमोदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन अध्यागमन क्षेत्रको शौचालय भित्रबाट उक्त धातुको औंठी संकलन गरी भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-१६

वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।  पक्राउ मध्ये भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।  भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८१-१०-१६

पर्सा, वीरगंज महानगरपालिका-१० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओम कुमार रौनियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, बिश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँ सहित भारत ग्राम पंचायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोद प्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१४ प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानाडा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८१-१०-१५

मोरङ, क्यानाडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया जोगवनी ग्राम पंचायत-३ बस्ने २३ वर्षीय केशव यादव, मोरङ कटहरी गाउँपालिका-३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, बिराटनगर महानगरपालिका-८ बस्ने २३ वर्षीय करण भन्ने अमीत राय र पथरी शनिश्चरे नगरपालिका-५  बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् । उनीहरूले २ जना पीडितहरूलाई क्यानाडा पठाइदिन्छु भनि विभिन्न विदेशी मोबाइल नम्बरहरूबाट खोलिएको ह्वाट्सएपबाट कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरू समेत पठाई प्रलोभनमा पारी विभिन्न बैंक खातामा पटकपटक गरी ६६ लाख ६७ जार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
२०८१-१०-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र  काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन् । पक्राउ मध्ये सुनिलले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट २२ लाख ३८ हजार रूपैयाँ, विकाशले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, सुरेन्द्रले अमेरिका पठाइदिन्छु ‍भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रूपैयाँ र विशाखाले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौं टेकुबाट, सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-१४ बाट र विशाखालाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा विकाशलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने दुई जना पक्राउ
२०८१-१०-१५

काठमाडौं, अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाँउपालिका-९ घर भई काठमाडौं बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई काठमाडौं सोह्रखुट्टे  बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् । बेटिङ एप्लिकेशन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत Mantra108 नामक वेवसाइट मार्फत जुवा (सट्टावाजी) गर्ने/गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने लगायतका गैर कानूनी कार्यहरू भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले हाल सम्म २ करोड ४१ हजार ६ सय ३६ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उनीहरूको साथबाट नगद ९० हजार रूपैयाँ, मोबाइल ४ थान, कम्प्यूटर सिपियु १ थान, सिमकार्ड ५९ थान, एटिएम कार्ड २७ थान र चेकबुक ७ थान बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८१-१०-१५

बारा, जीतपुर सिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखूवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगंज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओम प्रकाश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ बिराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको सिट मुनी लुकाई छिपाई राखेको उक्त नगद फेला पारी चालक अनिल र गाडीमा सवार ओम प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन् । पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौं टेकुबाट आइतबार र रविनलाई काठमाडौं कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो । शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८१-१०-१३

काठमाडौं, अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप ३ थान र मोबाइल २ थान सहित बाग्लुङ निसीखोला गाउँपालिका-९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१०-१३

धनुषा, आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरको हत्या गरेको अभियोगमा धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । देवलालले गजबार प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, आफ्नै दाई ३५ वर्षीय लाल बहादुर बोहराको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना दिपनगर टोल बस्ने ३० वर्षीय प्रकाश बोहरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रकाशले विवादको क्रममा कैंची प्रहार गर्दा गम्भीर घाइते भएका लाल बहादुरको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै १ पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याउने दुई जना पक्राउ
२०८१-१०-१२

काठमाडौं, भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई विद्युतीय कसूर गरेको अभियोगमा २ जनालाई गत शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने पर्वत बिहादी गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमसेनथापा गाउँपालिका-४ घर भएका २२ वर्षीय परिन पाण्डे रहेका छन् । आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रूपमा पहुँच पुर्‍याई भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नु पर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका-३ स्थित बिहादी बिजनेस म्यानेजमेण्ट नामको कार्यालयबाट विभिन्न विद्युतिय उपकरणहरू सहित पक्राउ गरेको हो । उनीहरूले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पुर्‍याई भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायरा भित्र आउने जम्मा कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८ सय १६ को राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रूपैयाँलाई परिवर्तन तथा हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६ सय ९ रूपैयाँ गलत तथ्याङ्क करदातालाई बढी कर दायित्व सृजना हुने गरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत रूपमा प्रविष्ट गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादीहरू पक्राउ
२०८१-१०-१२

काठमाडौं, ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-४ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।काठमाडौं महानगरपालिका-३ लाजिम्पाटस्थित ईनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते एक जना व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिकास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

ठगी गरेको अभियोगमा पक्राउ
२०८१-१०-११

बाँके, नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ घर भएका २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र बारा घर भएका ३५ वर्षीय दिलिप कुमार सिंह रहेका छन् ।   डुडुवा गाउँपालिका-५ स्थित जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने पीडित व्यक्तिको ३३ कठ्ठा जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट १ करोड २० लाख रकम कर्जा लिई ठगी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१०-१०

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका-१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।  पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रूपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका-९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ
२०८१-१०-१०

काठमाडौं, ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त कसुरमा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । घिमिरेले विभिन्न व्यक्तिहरूलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आएको सुनहरू, मोबाइलहरू र भन्सारले लिलाम गर्ने गाडीहरू सस्तोमा दिलाईदिने भनि आफ्नो तथा आफुले भनेका बैंक एकाउण्टहरु तथा आफ्नै खल्ती एप्समा रकम जम्मा गर्न लगाई ठगी गरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंबाट गत असोज २० गते पक्राउ पुर्जी जारी भएको   थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।    

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१०-०९

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका-४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् ।  पक्राउ मध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रूपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौं महानगरपालिका-२६ र नेहालाई ललितपुर महानगरपालिका-१७ बाट सोमबार तथा विवाहलाई ललितपुर महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न चार जना पक्राउ
२०८१-१०-०९

काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद  चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापा मगर, दोरम्बा गाउँपालिका-४ घर भई काठमाडौं गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुली मरिण गाउँपालिका-२ घर भई ललितपुर इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा रहेका छन् । पदमा कुमारीको कोठाबाट गत पुस १६ गते सुनका विभिन्न गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रूपैयाँ र मोबाइल ४ थान बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८१-१०-०९

काठमाडौं, अवैध रूपमा संकलन गरी लैजान लागेको करिब १९ ग्राम ९ सय ८० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप १ थान र मोबाइल २ थान सहित रामेछाप सुनापाती गाउँपालिका-३ घर भएका २६ वर्षीय आदित्य योञ्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८१-१०-०९

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-१ मडाहा बस्ने ४२ वर्षीय गणेश प्रसाद यादव र रूपन्देही तिलोत्तमा नगरपालिका-१२ बस्ने २८ वर्षीय श्री बहादुर छन्त्याल रहेका छन् । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एडि ०१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गणेशलाई ४ लाख रूपैयाँ र पैदलयात्री श्री बहादुरलाई २ लाख रूपैयाँ सहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अर्घाखाँची पाणिनी गाउँपालिका-३ बस्ने २८ वर्षीय बिर बहादुर कुमाललाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-१०-०८

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ ताराखोला गाउँपालिका-३ घर भई काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय तिलक बहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका-६ घर भई काठमाडौं बल्खु बस्ने ३६ वर्षीय हरि बहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका-८ घर भई काठमाडौं बानियाटार बस्ने ३४ वर्षीया जमुना परियार रहेका छन् ।  पक्राउ मध्ये तिलकले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, हरिले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र जमुनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तिलकलाई आइतबार तथा हरि र जमुनालाई सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगीमा संलग्न दुई जना पक्राउ
२०८१-१०-०८

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ बस्ने उदयपुर रौतामाई गाउँपालिका-७ घर भएका ३५ वर्षीय ध्रुब कुमार राय र ४१ वर्षीय राजन डंगोल रहेका छन् ।            मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी विभिन्न पसलहरूमा गई ईसेवामा रकम पठाउन लगाई उक्त रकम पठाए पश्चात केही समयपछि नगद लिएर आउँछु भनी चोरी गरेको मोबाइल तथा कागजातहरू धितो राखी फरार भई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र सहित एक जना पक्राउ
२०८१-१०-०८

काठमाडौं, त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको भन्ने सूचना प्राप्‍त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरू सम्बन्धी अनुसन्धान गर्दा ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात प्रहरीले उनलाई काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अमेरिका र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन् । पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रूपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौं बौद्धबाट बिहीबार र सरितालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट शुक्रबार पक्राउ गरेको हो । चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०५

काठमाडौं, नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका-३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखि रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्ठा विश्वास दिलाई ३ लाख रूपैयाँ लिई फरार भएको घटनामा संलग्न कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।

युके र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २३ वर्षीया सन्जिता गुरूङ र तनहुँ भिमाद नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् ।  पक्राउ मध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६० लाख ८९ हजार रूपैयाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौं न्यूरोडबाट र रेशम राजलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१०-०४

रूपन्देही, सियारी गाउँपालिका-७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल-६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-६ वर्दहवा बस्ने २४ वर्षीय कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।उनीहरू बीच एकआपसमा झै-झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
२०८१-१०-०३

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-८ धुले बेसी घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका    छन् । उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्विर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको खुल्न आएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।  उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रमेशले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३२ हजार ५ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न चार जना पक्राउ
२०८१-१०-०३

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय अफसर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर पाथरडि थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अमोल भन्ने अंबदास जगन्नाथ सिरसात रहेका छन् । काठमाडौं ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट चिनियाँ नागरिकलाई योजनावद्ध तवरले ४ जना भारतीय नागरिकहरूले जबरजस्ती एमएच १६ डिजी ४९०४ नम्बरको गाडीमा राखी मंगलबार दिउँसो अपहरण गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरको समन्वयमा मकवानपुर भिमफेदी गाउँपालिका-६ बाट घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-०३

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापा गौरादह नगरपालिका-५ महारानी झोडा ठेगाना भई काठमाडौं नक्साल बस्ने ५३ वर्षीय उपेन्द्र प्रसाद ढुंगानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उपेन्द्र प्रसाद भएको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७३ असार ८ गतेको फैसलाले व्याज सहितको बिगो ३२ लाख ४२ हजार ६ सय ४८ रूपैयाँ र जरिवाना २ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ । 

रक्तचन्दन जस्तो देखिने काठ सहित दुई जना पक्राउ
२०८१-१०-०२

काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्त चन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा बोरा भित्र रहेको उक्त परिमाणको काठ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-०२

रौतहट, अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भारत बिहार सीतामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोईरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई २०८० बैशाख ९ गते माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगी शरीर बन्धक बनाई निजको परिवारसँग फिरौती माग गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगको समन्वयमा सर्लाहीको सीमा नाकाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरणमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८१-१०-०१

सर्लाही, १५ वर्षीय बालकको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका-४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य सितामडी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् । भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेका भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले ब्रम्हपुरी गाउँपालिका-४ स्थित रामजी साह बस्ने गरेको घरकोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोवाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बिआर ०६ बिटि २८५० नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।  उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शेर्पाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सुन जस्तो देखिने धातु र विभिन्न गरगहना सहित एक जना पक्राउ
२०८१-१०-०१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट ४८२.२३ ग्राम काँचो सुन जस्तो देखिने बिस्कुट आकारका टुक्रा २ थान र विभिन्न गरगहना सहित पर्सा पोखरिया नगरपालिका- ८ जगतपुर बस्ने ४८ वर्षीय बिक्रम साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५५४० नम्बरको फोर्स गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार साहको साथमा रहेको झोलाभित्र ४ वटा प्याकेटमा लुकाई छिपाई ल्याउँदै गरेको बिल बिजक नभएको उक्त परिमाणको धातु र गरगहना फेला पारी उनलाई पक्राउ गरेको हो । उनको साथबाट औठी ७३ थान, मंगलसुत्र ५ थान, झुम्का/टप ६ थान, बाला १ थान, नेकलेस १ थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा १२ थान, मोवाइल १ थान र नगद १९ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने धातु सहित तीन जना पक्राउ
२०८१-०९-२७

काठमाडौं, अवैध रूपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी घर भएका ३२ वर्षीय कृष्ण प्रसाद चौधरी, ३० वर्षीय मोहम्मद ईलियास र सुनसरी ईटहरी उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय शिव संकर चौधरी रहेका छन् । हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले कृष्ण प्रसादको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्रि १ थान, मोहम्मदको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्रि १ थान र शिव संकरको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्रि १ थान बरामद गरेको छ । उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको  छ । 

पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४८ वर्षीया शिवा न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका-५ नमुनाटोल घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४७ वर्षीया भुमिका देवान रहेका छन् । पक्राउमध्ये शिवाले पोर्चुगल पठाइदिन्छु भन्दै पीडितबाट ६ लाख रूपैयाँ र भुमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शिवालाई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट र भुमिकालाई ललितपुर महानगरपालिका-२७ सुनाकोठीबाट पक्राउ गरेको हो । शिवालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको  छ भने भुमिकालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ
२०८१-०९-२७

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी गोरखा आरूघाट गाउँपालिका-८ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-८ बस्ने २९ वर्षीय सिजन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।     ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही वारदात पश्चात फरार रहेका सिजनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा कञ्चनपुर भिमदत्त नगरपालिकास्थित नेपाल भारत सिमाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०९-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०९-२६

धादिङ, खनियाबास गाउँपालिका-१ झार्लाङ बस्ने ४५ वर्षीय राम बहादुर तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय नेशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेशन र सोही ठाउँ बस्ने ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादको क्रममा पुस १४ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भु काठमाडौंमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । हाल फरार खलासेको प्रहरीले खोजी गरिरहेको छ । तनहुँ, आफ्नै श्रीमती ३८ वर्षीया पार्बती सुनारको हत्या गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ काठेपिपल बस्ने ५२ वर्षीय दिल बहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिल बहादुरले विवादको क्रममा गए राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध र गैँडाको खाग सहित एक जना पक्राउ
२०८१-०९-२५

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तु सहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध PYEEVON SPAS PLUS १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०९-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-६ बस्ने ३६ वर्षीय रूपेश महर्जनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । रूपेशले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडिहरूतबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर धोबीघाटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
२०८१-०९-२५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने धातु करिब १४९.११ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गेको छ । पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।   नेपाल एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ । 

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-२४

काठमाडौं, वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका-२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् । पक्राउ मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

अवैध कल सेन्टर संचालनमा संलग्न ५३ जना पक्राउ
२०८१-०९-२३

काठमाडौं, अवैध कल सेन्टर संचालनमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक समेत ५३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडा‍मा लिई कल सेन्टर संचालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी काममा लगाएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरू सहित पक्राउ गरेको हो । कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायतका ग्याम्ब्लिङ एप्सहरूको दुरूपयोग गरी Fairgames.slashrtc.in मार्फत कुराकानी गरी ह्वाट्सएपमार्फत विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाई सट्टाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ मध्ये २ जना भारतीय नागरिक समेत ७ जना उपर सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना पक्राउ
२०८१-०९-२३

काठमाडौं, प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरी रहेका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाकको दुरूपयोग गरी नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

सुन जस्तो देखिने धातु सहित पक्राउ
२०८१-०९-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थान सहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

ठगी कार्यमा संलग्न दुई जना पक्राउ
२०८१-०९-२३

कास्की, ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अछाम घर भई कास्की पोखरा महानगरपालिका-६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र कास्की पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्री रहेका छन् ।  पोखरा राईडर्स क्लबको आयोजनामा २०८० चैत २३ र २४ गते संचालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’ खेलमा प्रथम हुने खेलाडीलाई दिने भनि घोषणा गरेको १ लाख ५० हजार रूपैयाँ नदिई सम्पर्कबिहिन भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले खेल संचालक तथा निर्देशक जगत र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिकलाई पक्राउ गरेको हो । उनीहरूलाई ‍ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०९-२३

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर बाग्मती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ पानीपोखरी बस्ने २८ वर्षीया सन्ध्या गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत वैशाख १७ गतेको फैसलाले उक्त मुद्दामा १ दिन कैद, बिगो बमोजिमको जरिवाना २ लाख ८१ हजार रूपैयाँ र क्षतिपूर्ति ११ हजार २ सय ४० रूपैयाँ तथा जिल्ला अदालत भक्तपुरको गत जेठ ८ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद, बिगो बमोजिमको जरिवाना १ लाख रूपैयाँ र क्षतिपूर्ति ४ हजार रूपैयाँ ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पाटन ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०९-२२

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-९ बस्ने २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४५ हजार रूपैयाँ, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट र प्रभालाई ललितपुर महानगरपालिका-१० बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध सुन लुटपाटमा संलग्न तीन जना पक्राउ
२०८१-०९-२२

काठमाडौं, अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने २२ वर्षीय लाल बहादुर तामाङ रहेका छन् । फ्लाई दुबईको उडानद्वारा पुस १४ गते नेपाल आएकी महिलाले लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री वस्त्रमा लुकाई छिपाई ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरूले लुटी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०९-१९

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ३६ वर्षीय समय गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  गौतमले लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
२०८१-०९-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ घर भएका ३० वर्षीय जय प्रकाश चौरसिया, भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भएका २७ वर्षीय आकाश दुलाल, गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुल बहादुर थापा र काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् । पक्राउ मध्ये जय प्रकाशले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, आकाशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुबै जनालाई बुधबार पक्राउ गरेको हो । साथै कुल बहादुर र राजनले अमेरिका पठाइदिन्छु भन्दै पीडितहरूबाट ५९ लाख २५ हजार रूपैयाँ ठगी फरार रहेकोमा सोही कार्यालयबाट खटिएको प्रहरीले दुबै जनालाई काठमाडौं सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो । जय प्रकाश र आकाशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ भने कुल बहादुर र राजनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०९-१८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६  बालाजु बस्ने ३४ वर्षीय प्रल्हाद खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ चैत १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ९ लाख १९ हजार ५ सय रूपैयाँ जरिवाना र ४८ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कपुरधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-१६

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका-११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेश बहादुर थापा र  नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेका छन् । पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र शान्तीले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं सिनामंगलबाट सोमबार र शान्तीलाई काठमाडौं बानियाटारबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०९-१५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८१-०९-१४

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ घर भएका राज कुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय पुरूषोत्तम कुमार दास, २० वर्षीय ईन्द्रजित कुमार चौहान र महोत्तरी जलेश्वर नगरपालिका-३ घर भएका श्रीकान्त तिवारी रहेका छन् ।जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डिपेन्डेन्ट भिसामा विभिन्न देशमा लैजान्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०९-१३

काठमाडौं, डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गर्ने रामेछाप दोरम्बा गाउँपालिका-६ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने ३५ वर्षीय साजन मगर भन्ने होम बहादुर मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको  छ । मगरले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी २ जना पीडितहरूलाई २१ लाख रूपैयाँ रकम जम्मा गर्न लगाए पश्चात सम्पर्कबिहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बाँसबारीबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ  । 

नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-०९-१२

काठमाडौं, नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ । पीडितलाई सामाजिक संजाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई वेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रूपैयाँ समेत चोरी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । 

म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०९-१२

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ केपीलासगढी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-१०

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट बिदुर नगरपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् । पक्राउ मध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका-९ बाट र पुन्यवतीलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

आफ्नै बुबा र भाइको हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०९-१०

भक्तपुर, आफ्नै बुबा ५६ वर्षीय कुल प्रसाद आचार्य र भाइ २२ वर्षीय प्रबिन आचार्यको हत्या गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा बस्ने खोटाङ रूपाकोट मझुवागढी नगरपालिका-१ घर भएका २६ वर्षीय मिलन आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कुल प्रसाद र उनकै कान्छो छोरा प्रबिन छुट्टाछुटै २ वटा कोठामा सोमबार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात मितिबाटै फरार रहेका घटनामा संलग्न कुल प्रसादको जेठा छोरा मिलनलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ महाराजगंज भाटभटेनीबाट पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०९

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानिया रहेका छन् । पक्राउ मध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र संजयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०९-०९

रूपन्देही, आफ्नै श्रीमती २१ वर्षीया अंजली विकको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ माझगाउँ बस्ने ३१ वर्षीय सागर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सागरले घरायसी विवादको क्रममा कुटपिट गर्दा अंजलीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।ललितपुर, ललितपुर सातदोबाटो बस्ने सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । भट्टले सोही क्याफेमा आएका नयनलाई  विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिएण्डबि अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि क्याफेका संचालक र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् । पक्राउ मध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ र युवकले मलेशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरील किशानलाई काठमाडौं टेकुबाट शुक्रबार र युवकलाई काठमाडौं रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
२०८१-०९-०८

काठमाडौं, नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् । उनीहरूले काठमाडौं टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ
२०८१-०९-०८

बाँके, जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हलवाईले नेपालगंज उपमहानगरपालिका-१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
२०८१-०९-०७

कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट ५ सय ४९ ग्राम २ सय मिलिग्राम सुन जस्तो देखिने धातुको टुक्रा २ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले युपि ३२ जेभि ९२०० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी कार चालक दिपक र कारमा सवार सुमितलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान, ४४ हजार ८ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ८० भारतीय रूपैयाँ समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०९-०७

सर्लाही, लालबन्दी नगरपालिका-१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको अभियोगमा ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।  बीर बहादुरले मंसिर २८ गते राति ढुङ्गा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी बिष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

थुनामुक्त गरीदिन्छु भनी रकम लिने तीन जना पक्राउ
२०८१-०९-०६

 कैलाली, लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् । उनीहरूले लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरीदिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका-१३ नयाँगाउँ ठेगाना भई काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् । पक्राउ मध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौं बागबजारबाट र बुद्धि बहादुरलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०४

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ३८ वर्षीय राज कुमार चौधरी र धनुषा मटिहानी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३९ वर्षीय रूपेश कुमार चौधरी रहेका छन् ।  पक्राउ मध्ये राज कुमारले पोल्याण्ड पठाइदिन्छु ‍भन्दै २ जना पीडितहरूबाट ६ लाख ३० हजार रूपैयाँ र रूपेश कुमारले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं काँडाघारीबाट मंगलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
२०८१-०९-०४

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका संचालक गुल्मी तम्घास नगरपालिका-४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नत कुमार राठी, काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डी सम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ लाख ५० हजार रूपैयाँ र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०९-०३

 दाङ, आफ्नै श्रीमती ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका-७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखेलको रकम सहित पाँच जना पक्राउ
२०८१-०९-०३

काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेका छन् । प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ नौडिहवाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित भारत महराजगंज सुनौली घर भएका ४८ वर्षीय डिम्पल भन्ने अंगद कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले लु.८८ प ५१६० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०२

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन गुरूङ रहेका छन् । पक्राउ मध्ये पूर्ण बहादुरले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र मिसनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०८-२९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अछाम साँफेवगर नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला अदालत काठमाडौं बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार रूपैयाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं मैतीदेवीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पाटन पठाइएको छ । 

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-२८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने ४६ वर्षीय मन्जित चित्रकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।मन्जितले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-२८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाडौं शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भिमदत्त नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन् । पक्राउ मध्ये सुदिपले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख १० हजार रूपैयाँ र भानुले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई काठमाडौं गल्कोपाखाबाट बुधबार र भानुलाई काठमाडौं बौद्धबाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विभिन्न कसूरमा फरार रहेका प्रतिवादी पक्राउ
२०८१-०८-२८

काठमाडौं, ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी सुर्खेत लेकबेशी नगरपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ कटुन्जे बस्ने २० वर्षीय प्रज्वल हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतबाट गत साउन २९ गते ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर कटुन्जेबाट पक्राउ गरेको हो । साथै उनी उपर वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति जारी भई फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।   

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-२७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको   छ ।  बिष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-२७

काठमाडौं, डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका-९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिल बहादुर श्रेष्ठ रेहका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-४ डि गाउँस्थित एकान्त ठाउँमा गत मंसिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका-९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्स एप मार्फत अमेरीकी डलर सटही दर रेट भन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ ६ लाख ५० हजार नेपाली रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्कुटर १ थान र मोबाइल ४ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।  

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०८-२७

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२ बेलडाँडी घर भएका ५६ वर्षीय अरूण भन्ने रामभक्त श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित चाइनिज इन्टरप्राइजेज इन्कुवेशन सेन्टर प्रालिबाट गत साउन ८ गते नगद ९ लाख ९० हजार रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवन भरतपुर महानगरपालिका-१ आँपटारीबाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ज्यान मार्ने उद्योग कसुरका पाँच जना फरार प्रतिवादी पक्राउ
२०८१-०८-२७

काठमाडौं, ज्यान मार्ने उद्योग कसुरका ५ जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका-२ दिदिङ घर भई काठमाडौं ज्याठा बस्ने २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोट तादी नगरपालिका-१ उर्लेनी घर भई काठमाडौं ठहिटी बस्ने २१ वर्षीय रंजित तामाङ, तनहुँ आँबुखैरेनी गाउँपालिका-१ सत्रसय घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय कृष्णबीर मगर भन्ने कृष्पिन थापा, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ घर भई काठमाडौं बालाजु बस्ने २६ वर्षीय सोनु लामा र २१ वर्षीया राधा लामा रहेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेल जेपी मार्गस्थित कर्मा क्लब नजिकै एक जना पुरूष व्यक्तिलाई गत कात्तिक १६ गते राति ज्यान मार्ने उद्देश्यले रड, नक लगायत धारिलो हतियार प्रहार गरी घाइते बनाएको घटनामा प्रहरी वृत्त सोह्रखुट्टेमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०८-२६

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौं महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका सिराहा, सिरहा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन् । पक्राउ मध्ये मधुले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, गीताले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रूपैयाँ र दिव्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले मधुलाई काठमाडौं टोखा नगरपालिका-६ बाट र गीतालाई काठमाडौं महानगरपालिका-२८ बाट मंगलबार तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट सोमबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८१-०८-२५

 काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रूकुम पश्चिम आठबिसकोट नगरपालिका-५ ठेगाना भएका निराजन नेपाली पक्राउ परेका छन् । एनसिबि अवुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली नागरिक पक्राउ
२०८१-०८-२४

काठमाडौं, नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका क्यासिनोहरूमा नेपाली नागरिकले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलस्थित छाँया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेष्टीमा जुवा खेलिरहेको अवस्थामा बर्तौलालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड समेत बनाएको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।  

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०८-२४

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-५ बस्ने २४ वर्षीया उमा तामाङ, काठमाडौं शंखरापुर नगरपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ३४ वर्षीय महेश प्रजापती र चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीया शान्ती खड्गी रहेका छन् । पक्राउ मध्ये उमाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र महेशले १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ तथा शान्तीले रोमनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमालाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार, महेशलाई काठमाडौं कागेश्वरी महानगरपालिका-३ बाट र शान्तीलाई काठमाडौं महानगरपालिका-१६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अनलाईन ठगी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
२०८१-०८-२४

काठमाडौं, अनलाईन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-४ महाराजगंज चप्पलकारखाना बस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीया मधु तामाङ रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली आइफोन सस्तो मुल्यमा बिक्रीमा रहेको भन्ने झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकहरूलाई एडभान्स वापतको रकम समेत पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

विभिन्न कसूरमा फरार रहेका प्रतिवादी पक्राउ
२०८१-०८-२४

काठमाडौं, विभिन्न कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने ४२ वर्षीय लाल बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  लाल बहादुर तामाङ भएको ठगी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत ललितपुरबाट २०८१ असार १२ गते पक्राउ पुर्जी जारी भई वारदात पश्चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । साथै तामाङ उपर काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूर र वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति प्राप्त भई फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ
२०८१-०८-२४

काभ्रे, बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ५ सय ५८ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका-१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो । रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ
२०८१-०८-२३

काठमाडौं, सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् ।  काठमाडौं नागार्जुन नगरपालिका-६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटिमा लगाएको करिब २ तोला सुनको सिक्री बा.९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी पक्राउ
२०८१-०८-२२

 काठमाडौं, ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी बैतडी पाटन नगरपालिका-४ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोक बस्ने ३६ वर्षीय करन सिंह बिष्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोकबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफू गृहमन्त्रीको सचिवालयमा पि.ए.को रूपमा कार्यरत रहेको तथा विभिन्न निकायका उच्च पदस्थ व्यक्तिहरूसंग निकट रहेको भनि झुक्यानमा पारी सरकारी जागिर लगाई दिने, सरूवा बढुवा गरी दिने, बैदेशिक रोजगारमा पठाई दिने तथा सरकारी अनुदान रकम उपलब्ध गराई दिने प्रलोभन पारी रकम ठगी गरेको खुल्न आएको छ । उनलाई ठगी सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०८-२२

 झापा, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० बस्ने २८ वर्षीय दुखु मिया र २१ वर्षीय तेजराज बिष्ट रहेका छन् । मेचीनगर नगरपालिका-१० स्थित भैरव स्टोरबाट गत मंसिर १९ गते राति करिब ३ लाख रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लताकपडाहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई  चोरीका सामानहरू सहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ६० किलो चाँदीको जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८१-०८-२२

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट चाँदीको जस्तो देखिने धातु करिब ६० किलोग्राम सहित कलैया उपमहानगरपालिका-५ घुसुकपुर बस्ने ३६ वर्षीय कर्म साह सोनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु फेला पारी चालक सोनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-२१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन् । पक्राउ मध्ये उखिलले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उखिललाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई काठमाडौं ताहाचलबाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०८-२१

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा वैतेश्वर गाउँपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने  ४७ वर्षीया कमला गोले तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कमलाले आफ्नै घरमा बास बसेका विर बहादुर तमाङको २०६७ असोज २० गते खुकुरी प्रहार गरी हत्या गरेको घटनामा सर्वोच्च अदालतको २०७२ भदौ ११ गतेको फैसलाले १२ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-२०

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-८ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरूङ रहेका छन् । पक्राउ मध्ये सुमितले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र इच्छाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई काठमाडौं भाटभटेनीबाट मंगलबार र इच्छालाई काठमाडौं पासीकोटबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-१९

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका-६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सन्जिवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा चार जना पक्राउ
२०८१-०८-१८

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा ४ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत कोलकत्ता बाह्रसान बवुनगाद्धी घर भएका २४ वर्षीय सुमन धोष, भारत उत्तर प्रदेश कानपुर घर भएका २५ वर्षीय अमित यादव, भारत बिहार सहरसा-२ बखरी घर भएका २७ वर्षीय सुमन्त कुमार र भारत बिहार सहरसा हरंसरी घर भएका ३० वर्षीय ब्रजेश कुमार रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा संचालन भइरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पोर्टस बाजी, प्रोबो लगायतका अनलाइन बेटिङ एपबाट पैसाको हार जित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले क्रिकेट मैदान भित्रैबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-१८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० भिमसेनस्थान बस्ने ४४ वर्षीय निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका-५ बिरकोट घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन् ।  पक्राउ मध्ये निराजनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निराजनलाई आइतबार र चन्द्र प्रकाशलाई सोमबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०८-१७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-७ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषा धनुषाधाम नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन् । पक्राउ मध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रूपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका-१५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका-७ बाट बिहीबार तथा चन्द्रलाई काठमाडौं महानगरालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादीहरू पक्राउ
२०८१-०८-१७

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका फरार ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रूबिभ्याली गाउँपालिका-४ घर भएका २५ वर्षीय उम्बे गुरूङ भन्ने उमेश घले र १९ वर्षीय कान्छा भन्ने आशिष गुरूङ रहेका छन् । काठमाडौं टोखा नगरपालिका-१० गोंगबुस्थित क्रेजी चिया भट्टीमा २ जना पुरूषहरूलाई भदौ ३० गते राति ज्यान लिने मनसायले काठ र फलामको कुर्ची, हेल्मेट, रड, सिसाको बोत्तल समेतले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन
२०८१-०८-१६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले तालिम उद्‍घाटन गर्दै बढ्दो सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३० जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०८-१५

कास्की, पोखरा महानगरपालिका-८ चिप्लेढुंगास्थित ट्रेडमल अगाडि पार्किङ गरी राखेको ग.२३ प ९२०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१७ डेभिजफल बस्ने २२ वर्षीय बिजय थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त मोटरसाइकल गत मंसिर ५ गते साँझ चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिजयले उक्त मोटरसाइकल चोरी गरी केही पार्टपुर्जा आफ्नो ग.१६ प १४६२ नम्बरको मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाई पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित कोठामा लुकाई छिपाई राखेको खुल्न आएको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बिष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ
२०८१-०८-१५

झापा, बिष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार २ जना प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राज कुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज माझी रहेका छन् ।  बिर्तामोड नगरपालिका-६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रालिको पश्‍चिम पर्खाल नजिकै गत भदौ २८ गते आम सर्वसाधारणलाई आतंकित तुल्याउने उदेश्यले बिष्फोटक पदार्थ राखेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उक्त कार्यमा संलग्न राज कुमारलाई मोरङ उर्लाबारी नगरपालिका-७ उर्लाबारी चोकबाट र धिरजलाई मोरङ पथरी शनिश्चरे नगरपालिका-१ जातेरोडबाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत झापाबाट बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा ३ दिन म्याद थप अनुमित लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने व्यक्ति पक्राउ
२०८१-०८-१४

काठमाडौं, भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा पाँचथर साविक मौवा गाविस-६ घर भई झापा मेचीनगर नगरपालिका-१३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नेपालमा व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोन तथा मेसेज मार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी धम्की दिई व्यवसायीहरूलाई आतंकित पारी आपराधिक लाभ लिन खोज्ने कार्यमा संलग्न उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका-१३ चारआलीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-०८-१४

काठमाडौं, सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड  पीडित र पीडितको आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
२०८१-०८-१४

काठमाडौं, नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेका छन् । यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरू र क्याप्सुलहरू देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लिल विज्ञापन गरी कुनै साईड ईफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरी सर्व-साधारणमा भ्रम सिर्जना गरी विक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुर गट्ठाघरस्थित स्टोर संचालन गरिरहेको ठाउँबाट सुजन गौतम र सुजन खड्का तथा ललितपुर लुभुस्थित वायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लीमेन्ट फ्याक्ट्रीका संचालक डिल्ली प्रसादलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-१४

काठमाडौं, वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चेक चोरी गरी पैसा सटही गर्ने दुई जना पक्राउ
२०८१-०८-१४

मोरङ, चेक चोरी गरी पैसा सटही गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-६ खर्साल टोल बस्ने १९ वर्षीय सुमित सागर यादव र २३ वर्षीय टंक प्रसाद यादव रहेका छन् । उनीहरूले मंसिर ७ गते बुढीगंगा गाउँपालिका-४ स्थित मनमोहन स्मृति पोलिटेक्निक परिसरको लेखा शाखाको कोठा भित्रबाट विभिन्न बैंकका हस्ताक्षर गरेको ६ वटा र खाली चेक ८ वटा गरी जम्मा १६ वटा चेकहरू चोरी गरी उक्त चेकहरु मध्ये एभरेष्ट बैंकको चेकबाट कीर्ते सहि छाप गरी उक्त बैंकको विभिन्न शाखाबाट जम्मा २ लाख ६६ हजार ६ सय ९२ रूपैयाँ सटही गरेको र एभरेष्ट बैंक दुहवी सुनसरी शाखाबाट सटही गर्ने क्रममा बैंकलाई शंका लागि प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरू उपर जिल्ला अदालत मोरङबाट चोरी सम्बन्धी मुद्धामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गोली हानी हत्या पश्चात फरार रहेका मुख्य अभियुक्त पक्राउ
२०८१-०८-१३

बारा, कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँमा गत जेठ ३२ गते साँझ हरिभुषणको गोली हानी हत्या भएको घटनामा संलग्न रही फरार रहेका सुरेन्द्र प्रसाद मोरङमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

हनि ट्रयापमा संलग्न तीन जना पक्राउ
२०८१-०८-१३

काठमाडौं, हनि ट्रयापमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रे भुम्लु गाउँपालिका-४ कोशीपारी ठेगाना भएका काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया बर्षा दर्जी रहेका छन् ।  आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई बर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मंसिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुली गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न समृदी र दिपेन्द्र दर्जीलाई मंगलबार तथा बर्षालाई बुधबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बाट पक्राउ गरेको हो ।  प्रहरीले उनीहरूको साथबाट एनआईसी एसिया बैंकको बर्षा दर्जीको नाममा काटी दिएको ७५ हजार रूपैयाँको चेक १ थान, नगद २० हजार ५ सय र मोबाइल ४ थान बरामद गरेको छ ।  उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०८-१३

भक्तपुर, लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ सिद्धिकाली डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका- ७ घर भएका २७ वर्षीय चेत बहादुर विक, २५ वर्षीया सानु कोईराला विक र दोलखा जिरी घर बताउने १९ वर्षीया माया भन्ने सविता कोईराला विक रहेका   छन् । काभ्रेपलाञ्चोक पनौती नगरपालिका-३ घर भई भक्तपुर नगरपालिका-२ महाकाली कुनाटोल डेरा गरी बस्ने ५५ वर्षीया महिलालाई अपरिचित समुहले खाजा खान लैजाने प्रलोभन देखाई सोमबार दिउँसो होटलमा लगी अत्याधिक मादक पदार्थ सेवन गराई अर्धचेत अवस्थामा भक्तपुर नगरपालिका-६ स्थित कार्साङ कुसुन खोलाको छेउमा लगी सुनको गरगहना तथा मोबाइल समेत लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर सिद्धिकालीबाट पक्राउ गरेको हो ।  साथै थप अनुसन्धानको क्रममा लुटपाट गरिएको सुन खरिद गरी स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बाखा बजारस्थित अमनी सुनचाँदी ज्वेलर्सका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका ४४ वर्षीय राजिन सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-१२

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।  पक्राउ मध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाडौं बाफलबाट सोमबार र मनिषालाई काठमाडौं नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली नोट सहित दुई जना पक्राउ
२०८१-०८-११

सुनसरी, कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नेपाली एक हजार दरका ४ थान नक्कली नोट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङ सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव रहेका छन् । लौकही बजारस्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागि पसल धनीले तत्काल प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान र सामान किनेको दुई वटा पसलबाट १/१ थान गरी उक्त एक हजार दरको नक्कली नेपाली नोट बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०८-११

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका-९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका-७ आदमटार घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका-३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ कपन बस्ने ४१ वर्षीय कार्त्तिक लाल राजवंशी रहेका छन् ।  पक्राउ मध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र कार्त्तिकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रविनलाई काठमाडौं काँडाघारीबाट र पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार तथा कार्त्तिकलाई काठमाडौं दरबारमार्गबाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ
२०८१-०८-११

पर्सा, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१६ ईनर्वागाउँ बस्ने ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका-१६ नगवा बस्ने ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् ।  रौतहट कटहरिया नगरपालिका-६ बस्ने ४१ वर्षीय पुरूषलाई आइतबार अपहरण गरी फिरौती रकम माग गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१६ ईनर्वागाउँबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रूपैयाँ र अपहरणमा प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बन्धक बनाई कुटपिट गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०८-११

कैलाली, धनगढी उपमहानगरपालिका-४ तारानगर डेरा गरी बस्ने २ जना किशोरहरूलाई अपहरण गरी बन्धक बनाई कुटपिट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ अत्तिरिया बस्ने २४ वर्षीय भुपी खड्का, कैलाली धनगढी उपमहानगरपालिका-१ सन्तोषी टोल बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-५ घर भएका १८ वर्षीय किशोर र डडेल्धुरा अमरगढी नगरपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित बाझो घरमा बन्धक बनाई लागूऔषध खुवाई खुकुरी समेत देखाई ३ जना मिलेर आइतबार कुटपिट गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वालेट सेवाग्राहीहरूको केवाईसी रूजु गर्ने तीन जना पक्राउ
२०८१-०८-११

काठमाडौं, वालेट सेवाग्रहीहरूको केवाईसी रूजु गर्ने वालेटकै ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका-५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका-४ ठेगाना भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका-२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी रूजु गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपी लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक-फरक मोवाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढि वालेटहरू गैरकानुनी रूपमा खोली उक्त वालेटहरूलाई रूजु गरी आर्थिक कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ । 

पाटेबाघको छाला सहित एक जना पक्राउ
२०८१-०८-११

कपिलवस्तु, शिवराज नगरपालिका-२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लजबाट करिब ६ फिट लम्बाईको पाटेबाघको जस्तो देखिने छाला सहित रूपन्देही बुटवल उपमहानगरपालिका-५ गोलपार्क बस्ने ४१ वर्षीय बिष्णु प्रसाद भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले भट्टराईलाई लजको काउन्टर अगाडि बाहिर बरण्डामा शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथमा रहेको प्लाष्टिकको बोराभित्र उक्त छाला फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु. ५८ प ९७५५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ । 

कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-०९

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ५२ वर्षीय गिता बहादुर मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गिताले कोरिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ९ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

करिब ८५ किलोग्राम गाँजा सहित ३ जना पक्राउ
२०८१-०८-०७

पर्सा, वीरगंज महानगरपालिका-१६ बाईपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको प्रहरीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक शान्ता बहादुर र ट्रकमा सवार २ जनालाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ
२०८१-०८-०६

 काठमाडौं, ह्वाट्स एप मार्फत अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भन्दै डरत्रास देखाई रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका-११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका भित्र विभिन्न व्यक्तिहरूलाई अन्डर कभर एजेन्ट भनि विहार लगायत अन्य ठाँउबाट कन्ट्रर्‍याक्ट किलर भाडामा लगाई ज्यान समेत मार्छु भन्दै ५० हजार देखि २ लाख रूपैयाँ सम्म रकम माग गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दाहाललाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-०८-०६

काठमाडौं, अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ हाडीगाँउबाट पक्राउ गरेको हो ।  श्रेष्ठले सामाजिक संजाल फेसबुक, ह्वाट्स एपमा सम्पर्क गरी अमेरिकाको नागरिक हाल मिसनको लागि सिरियामा रहेको बताई पीडितहरूलाई सिरियाको मिसनमा कमाएको केही डलर नेपालमा पठाईदिन्छु, मिसन पश्चात नेपालमा आई अस्पताल खोल्ने, अनाथहरूलाई सहयोग गर्ने, बाँकी रहेको डलर पीडितहरूलाई दिने बताई कुरियर मार्फत डलर पठाएको छु भनेर विश्वास दिलाई कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी नगद ७ लाख ७५ हजार रूपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-०६

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।  पक्राउ मध्ये रचनाले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रचनालाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रकाशलाई काठमाडौं टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-०६

काठमाडौं, नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-३१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुकमा फेक आईडीबाट दुबईमा वैदेशिक रोजगारको लागि सुवर्ण अवसर छ, भिजिट भिषामा दुबईमा आई काम गर्न मिल्छ भनि बिज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाट्स एपमा कुरा गरी नगद २ लाख १५ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं  टेकुबाट पक्राउ गरेको हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली  पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८१-०८-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी बेनी नगरपालिका-९ ठेगाना भएकी ३९ वर्षीया बिष्णुमाया केसी, काठमाडौं महानगरपालिका-१५ ठेगाना भएका ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर, भक्तपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय राजेन्द्र तुई तुई रहेका छन् ।  पक्राउ मध्ये विष्णुमायाले पीडितलाई १ करोड ५० लाख रूपैयाँ बराबरको चेक दिई खातामा पर्याप्त रकम मौज्दात नभई वाउन्स भई काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमती प्राप्त भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्‍यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ । यसैगरी बालकृष्ण महर्जन भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०८० जेठ २९ गतेको फैसलाले ५ दिन कैद, बिगो १६ लाख रूपैयाँ जरीवाना र ६४ हजार रूपैयाँ क्षतिपुर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने ठहर भई फरार रहेका महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको छ । यसैगरी जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका राजेन्द्र तुई तुईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ बाट पक्राउ गरेको  हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।

न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-०५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नबिना दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नबिनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-०३

काठमाडौं, वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
२०८१-०८-०३

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-६ लोलाङ बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-१ थुमन घर भएका ३१ वर्षीय बुद्धी बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-५ भार्खु घर भएका ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवा गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे घर भएका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवा कालिका गाउँपालिका-१ राम्चे घर भएका ४८ वर्षीय गोपाल तामाङ रहेका छन् । उनीहरूले गत असोज ४ गते काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीबाट पीडितहरूलाई ट्याक्सीमा राखी बुढानिलकण्ठ नगरपालिका नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगि बन्धक बनाई कुटपिट गर्नुका साथै बैंकको चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाई रकम समेत माग गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-०३

काठमाडौं, नक्कली फेसबुक आईडि प्रयोग गरी रकम ठगी गरेको अभियोगमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने रूद्र बहादुर गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । रूद्रले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आईडिहरूको दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्छ त्यस बापत पैसा लाग्छ भनी काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रूपैयाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न तीन जना पक्राउ
२०८१-०८-०१

रूपन्देही, मायादेवी गाउँपालिका-७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहार रहेका छन् । पुरानो रिसइवीको कारण उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राजुको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  प्रहरीले कुटपिटमा संलग्न हाल फरार सोही ठाउँ बस्ने २१ वर्षीय अजय सहानीको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ
२०८१-०७-३०

काठमाडौं, अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०७-३०

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् । पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नक्कली नोट सहित चार जना पक्राउ
२०८१-०७-३०

दाङ, तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका-८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका-९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका-४ घर भई तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८१-०७-२९

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ बस्ने कृष्ण बहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा शैलुङ गाउँपालिका-५ बस्ने ३४ वर्षीय नविन भन्ने रवि कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  कृष्ण बहादुरको कोठाबाट कात्तिक १३ गते सुन, चाँदीको गरगहना तथा नगद सहित करिब २ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न रविलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । उनी उपर चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ठगीमा संलग्न दुई जना पक्राउ
२०८१-०७-२८

काठमाडौं, अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन रहेका छन् । अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले  काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।    

अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-२८

काठमाडौं, वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । तामाङले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ५ लाख ३ हजार ९ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०७-२८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनुषा जनकपुर उपमहानगरपालिका-९ ठेगाना भएका ३७ वर्षीय दिब्य श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०८० असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद, बिगो २ करोड ५० लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि  जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८१-०७-२८

धनुषा, जनकपुर उपमहानगरपालिका-१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी-८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका-७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ६४३ नम्बरको मोटरसाइकलमा सवार बिष्णु देवलाई उक्त नगद सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रमेश र रविलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०७-२७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङ बडिगाड गाउँपालिका-९ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापा मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन् । पक्राउ मध्ये कमला कुमारीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख २५ हजार रूपैयाँ, सीताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र मनिशले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कमलालाई काठमाडौं बानेश्वरबाट र सीतालाई काठमाडौं डिल्लीबजारबाट आइतबार तथा मनिशलाई काठमाडौं टेकुबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ
२०८१-०७-२६

काठमाडौं, अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुजन समेतका व्यक्तिहरूले अनलाईन मार्फत सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराई दिने भनि विश्वास दिलाई पीडितबाट  ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं ठमेल नर्सिङचोकबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०७-२६

काठमाडौं, वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका-२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् । उनीहरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो । साथै पक्राउ परेका दुवै जना बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।यसैगरी वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न ४ जना पक्राउ
२०८१-०७-२६

कैलाली, गौरीगंगा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल, १८ वर्षीय किशोर, २३ वर्षीय बिशाल विक र ३० वर्षीय धर्म विक रहेका छन् । बाख्रा चोरी गरेको विषयमा उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेशको निसर्ग अस्पतालमा  उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दुबई पठाइन्दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-२४

काठमाडौं, वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-२४

काठमाडौं, क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अध्ययनको सिलसिलामा क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नको लागि ह्वाट्सएप मार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भई निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाईदिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।  

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा सुनचाँदी पसलका संचालक पक्राउ
२०८१-०७-२१

काठमाडौं, चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका-७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको पसलबाट सेतो प्लाष्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नेपाली एक हजार दरका १ सय १३ थान र ५ सय दरका २८ थान नक्कली नोटहरू फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
२०८१-०७-२०

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ
२०८१-०७-१९

काठमाडौं, वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्य पक्राउ परेकी छिन् । NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्‍चात २०८० माघ १९ गते उनीहरू विरूद्ध रेड नोटिस जारी भएको थियो ।अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो । साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो । बिनुलाई सम्बन्धित कसूरमा कानून बमोजिम कारवाही गराउने प्रयोजनार्थ प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ
२०८१-०७-१९

सर्लाही, गोडैता नगरपालिका-१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०७-१५

बारा, महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया नयका टोल बस्ने ५५ वर्षीय भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेको छ । महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया सडक खण्डमा नारायण प्रसादलाई कात्तिक १० गते साँझ पसलबाट घर जाने क्रममा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई कात्तिक १० गते उनकै घरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा विवादको कारण उनले हत्या गरेको खुल्न आएको छ । साथै हत्यामा प्रयोग भएको खुकुरी चौधरीको घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । यसैगरी पर्सा वीरगंज महानगरपालिका-३ छप्कैया टोल बस्ने २६ वर्षीय बिरेन्द्र साह सोनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पर्सा बहुदरामाई नगरपालिका-९ बस्ने २८ वर्षीय बिजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रसौनी गाउँपालिका-१ त्रिवेणीस्थित गण्डक नहरमा कात्तिक १ गते बिहान बिरेन्द्र साह मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न बिजय कुमारलाई कात्तिक ७ गते बारा कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित दशगंजाबाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिजयले मृतकको श्रीमतीसँग प्रेम सम्बन्धको कारणले विवाद हुँदा बिरेन्द्रको हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सुन जस्तो देखिने धातु सहित पक्राउ
२०८१-०७-१३

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थान सहित कपिलवस्तु बाणगंगा नगरपालिका-८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकवर अलि मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ ।इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकवरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८१-०७-१३

काठमाडौं, कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्‍चात फरार रहेका सर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-१३

काठमाडौं, मुद्दा जिताई दिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा महर्जनले काठमाडौं-निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा बिचाराधिन रहेको मुद्दा जिताई दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिई नगद १ करोड २८ लाख रूपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।  

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिक पक्राउ
२०८१-०७-१३

काठमाडौं, अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रेहको अभियोगमा भारत उडिसा घर भई  झापा हल्दीबारी गाउँपालिका-२ बस्ने ३० वर्षीय राजिब महानन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्वाट्स एपको दुरूपयोग गरी पीडितलाई सुनको गरगहनाहरू, आईफोन लगायतका सामान पार्सल गरी पठाउने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी नगद १७ लाख ८२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मोरङ बेलबारी नगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०७-१०

काठमाडौं, ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको संचालक एवं शेयरधनी राम बहादुरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । 

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
२०८१-०७-१०

काठमाडौं, वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहा, सिराहा नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०७-१०

नवलपरासी पूर्व, देवचुली नगरपालिका-९ बिशालटार बस्ने २९ वर्षीय मिलन मानन्धरको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अर्जुनले धारिलो हतियार प्रहार गर्दा मिलन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलदले र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मिलनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  संखुवासभा, चिचिला गाउँपालिका-४ मत्क्षपोखरी बस्ने ४५ वर्षीय भिम बहादुर गुरूङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया दुर्गा माया गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुर्गाले धारिलो हतियार खुकुरी प्रहार गर्दा भिम बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिला र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न दुई जना पक्राउ
२०८१-०७-१०

कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री १ थान, घडी १ थान र नगद समेत चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा भिमसेन गाउँपालिका-६ घर भई हाल कास्की पोखरा महानगरपालिका-१५ घलेचोक बस्ने ३९ वर्षीय राम बहादुर नेपाली र २६ वर्षीया गोमा गुरूङ रहेका छन् । गत कात्तिक १ गते भिम बहादुरको कोठाबाट चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको सुनको सिक्री (दुई टुक्रा पारिएको अवस्थाको) १ थान, घडी १ थान र विभिन्न कम्पनीका मोवाइल ३ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ
२०८१-०७-०९

काठमाडौं, वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् । NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्‍चात २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।साथै सुजन विरूद्द २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो । उनलाई सम्बन्धित कसूरहरूमा कानून बमोजिम कारवाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ
२०८१-०७-०९

काठमाडौं, धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिने कार्यमा संलग्न रेहको अभियोगमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका -८ घर भई सुनसरी धरान बस्ने ४२ वर्षीय नयन्द्र कुमार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युब लगायत डिजिटल प्लेटफर्महरूबाट धार्मिक सहिष्णुता माथि आघात पुर्‍याउने, घृणा वा द्वेष फैलाउने, विभिन्न जात, जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गर्ने कार्यमा संलग्न उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा धरानबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको आदेशले ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब २१ किलो अवैध चाँदी सहित तीन जना पक्राउ
२०८१-०७-०९

बारा, जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट करिब १४ किलो अवैध चाँदीका विभिन्न गरगहना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका-८ गमरगावाटोल बस्ने २७ वर्षीय सुरेश महतो रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरीले ना.५२ प २५८४ नम्बरको मोटरसाइकल चालक सन्तोष लाई करिब ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बरको मोटरसाइकल चालक सुरेशलाई करिब ५ किलो चाँदी सहित पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई छिपाई उक्त चाँदी ल्याएको खुल्न आएको छ ।  रौतहट, गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय अगाडि सडकबाट ७ किलो १ सय ८७ ग्राम चाँदीका विभिन्न गरगहना सहित भारत सितामढी बैरगनिया नगरपरिषद-८ असोगी बस्ने ६२ वर्षीय चन्देश्वर साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतको बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्की मुनि प्लाष्टिकको पोकाभित्र लुकाई छिपाई राखेको चाँदीको पाउँजु लगायतका उक्त तौलको विभिन्न किसिमको गरगहनाहरू फेला पारी चालक चन्देश्वरलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा सुनको कारोबार गर्ने दुई जना पक्राउ
२०८१-०७-०९

काठमाडौं, अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर ठेगाना भएका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापुर समङ थाना ठेगाना भएका ३० वर्षीय आनन्द साहु रहेका छन् । काठमाडौं न्यूरोड लगायत विभिन्न स्थानहरूमा अवैध रूपमा भन्सार छली गरिएका बिल बिजक बिनाका सुन बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आनन्दलाई ११६.४५ ग्राम सुन सहित काठमाडौं न्यूरोडबाट बुधबार पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त सुन प्रशन्जितको रहेको भन्ने खुल्न आएपश्चात प्रशन्जितलाई समेत बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ । 

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-०८

काठमाडौं, वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गर्तौलाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ  लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ
२०८१-०७-०८

काठमाडौं, सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको TRUECALLER App मा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन गरेको भनि धाक धम्की दिने कार्यमा संलग्न उनलाई उक्त व्यूरोबाट खटिएको प्रहरीले मोरङ बिराटनगर महानगरपालिका-१ ठूलो मिल चोकबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।  

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८१-०७-०८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ काउले घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने ४३ वर्षीय हरी चन्द्र पौडेल र ३३ बर्षीय अर्जुन कुमार पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।                जिल्ला अदालत सर्लाही मलंगवाको २०८१ भदौ २१ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बरहथवा सर्लाही पठाइएको छ । 

धाक धम्की दिई पैसा माग गर्ने व्यक्ति पक्राउ
२०८१-०७-०७

काठमाडौं, एसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चिनीयाँ नागरिकले सञ्चालन गरेको Xishuan Yang textile pvt Ltd कम्पनीको म्यानेजरको मोवाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित सोही कम्पनीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोवाइल नम्बरबाट पाटीलाई १ लाख ५० हजार देखि २ लाख रूपैयाँ सम्म सहयोग गर्नु पर्‍यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०७-०७

काठमाडौं, जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी सल्यान बागचौर नगरपालिका-२ बागचौर घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने ३५ वर्षीय रामचन्द्र केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

स्रोत नखुलको भारतीय नगद सहित दुई जना पक्राउ
२०८१-०७-०६

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् ।  अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रूपैयाँ र युपि ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा पक्राउ
२०८१-०७-०५

काठमाडौं, बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ ।  प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ
२०८१-०७-०२

काठमाडौं, बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा काठमाडौं टोखा नगरपालिका-२६ नयाँबसपार्कस्थित निमा गेष्ट हाउसका संचालक नुवाकोट तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सुजनले उक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी बेश्याबृत्तिमा लगाएको, एक महिनासम्म गेष्टहाउसबाट बाहिर समेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबजरस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८१-०७-०२

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८१-०६-२१

झापा, बाह्रदशी गाउँपालिका-५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजामको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-७ बस्ने ३१ वर्षीय समिर राजवंशी, २० वर्षीया मुना मेचे राजवंशी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । राजेश गत जेठ १५ गते देखि हराई बेपत्ता भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले हत्या गरी बाह्रदशी गाउँपालिका-७ बिरिङ खोलाको पश्चिम किनारामा गाडेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
२०८१-०६-२१

काठमाडौं, आफ्नै श्रीमती ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरी फरार रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ६० वर्षीय जित बहादुर भन्ने काले तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  दक्षिणकाली नगरपालिका-६ स्थित डेरा कोठामा डोल्मा शेर्पाको गत वैशाख १९ गते मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा काले तामाङले कुटपिट गरी हत्या गरी फरार भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८१-०६-२१

काठमाडौं, स्रोते नखुलेको नगद १९ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं महानगरपालिका-२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट साबित्रीलाई स्रोत नखुलको १५ लाख रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा साबित्री विगत १ वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताए पश्चात उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाई सुरेशको साथबाट थप ४ लाख रूपैयाँ फेला पारी उनलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-२१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

करिब ८ किलो सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिक पक्राउ
२०८१-०६-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र सांगली दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याएको ८ थान बिस्कुट आकारको उक्त तौलको धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने छ । 

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-१८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हरक सिंह धामी र धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-९ बस्ने ३३ वर्षीय हरि रम्तेल रहेका छन् । पक्राउ मध्ये हरक सिंहले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र हरिले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरक सिंहलाई काठमाडौं कीर्तिपुर नगरपालिका-२ नयाँबजारबाट र हरिलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-१७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकै श्रीमती रौहतट चन्द्रपुर नगरपालिका-८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०६-१६

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका  छन् ।  पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाडौं पुतलीसडकबाट, अन्जनालाई काठमाडौं नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चाँदीका गरगहना सहित एक जना पक्राउ
२०८१-०६-१५

 कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध रूपमा ल्याएको ५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित भारत पुर्वी चम्पारण सुगौली थाना-१० घर भई हाल कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार चन्द्र भूषणलाई लुकाई छिपाई ल्याएको उक्त तौलको विभिन्न चाँदीका गरगहना सहित पक्राउ गरेको हो । उनको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउजु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान र पाउजुको लक हुक ४ सय ९८ थान बरामद भएको हो । उनलाई उक्त गरगहना सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार व्यक्तिहरू दुबईबाट पक्राउ
२०८१-०६-१०

 काठमाडौं, ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।  

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-१०

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ बस्ने ३१ वर्षीय खालिक खानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । खालिकले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०६-१०

बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको प्रहरीले धिरेन्द्रको घर नजिकै रहेको ओढारबाट १ थान र रमेशको गोठबाट १ थान भरूवा बन्दुक फेला दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-०९

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
२०८१-०६-०८

मोरङ, बिराटनगर महानगरपालिका-१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी-३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ६००२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक सुसान्त साथबाट ३ लाख र स्कुटरमा सवार सानतुनको साथबाट ४ लाख रूपैयाँ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ
२०८१-०६-०८

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका-६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन् । जुवा सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ । 

हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
२०८१-०६-०८

मोरङ, पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका चन्द्र बहादुरकै ज्वाई कानेपोखरी गाउँपालिका-५ बस्ने २९ वर्षीय रविन राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । चन्द्र बहादुरको गत शनिबार आफ्नै घरमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनापश्चात फरार भएका रविनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्याल धनकुटाको समन्वयमा धनकुटा मुलघाट भन्ने स्थानबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्र बहादुर र रविन बिच मादक पदार्थ सेवन पश्चात बादविवाद हुँदा रविनले धारिलो हतियार फलामको दाउ प्रहार गर्दा चन्द्र बहादुरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।उनी उपर जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।  

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-०८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ फुङलिङ नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुर थाहा नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विश्वराज रूम्बा रहेका छन् । पक्राउ मध्ये प्रज्ञानले १ जना पीडितबाट ५ लाख रूपैयाँ र विश्वराजले १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रज्ञानलाई काठमाडौं कोटेश्वरबाट र विश्वराजलाई कलंकीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०६-०८

सिराहा, आफ्नै वुवा ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका-३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ
२०८१-०६-०७

काठमाडौं, फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौं बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, चीनको तिब्बतस्थित ल्हासा घर भई हाल काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीनको तिब्बतस्थित सिगाचे घर भई हाल काठमाडौं बौद्ध टुसाल बस्ने २७ वर्षीय दासाङ, चीन Sichuan Province, Shiniu Town घर भई हाल काठमाडौं महानगरपालिका-२७ बस्ने ४५ वर्षीय चिनियाँ नागरिक Wei Chunlin, काठमाडौं महानगरपालिका-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामा रहेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली फुलबारी मार्गस्थित घरमा सोनम तामाङ समेतले संचालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलाउने उपकरण सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, नेपाली नगद १२ लाख १ हजार रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

लुटपाटमा संलग्न तीन जना पक्राउ
२०८१-०६-०७

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भई काठमाडौं बनस्थली बस्ने ३२ वर्षीय सरद तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं शेषमती बस्ने २६ वर्षीय अजय तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका संचालक सरद तामाङ समेतका व्यक्तिहरूले उक्त डान्सबार एण्ड रेष्टुरेन्टमा आएका ग्राहकबाट अनुचित रकम असुल गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी जबरजस्ती रकम असुल गर्नुका साथै ज्यान लिने सम्मको धम्की दिने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ
२०८१-०६-०७

काठमाडौं, अमेरिकन डलर देखाई ठगी गर्ने ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका-१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २९ वर्षीय भिम बहादुर तामाङ रहेका छन् । भक्तपुर चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाईदा हुने भनि  प्रलोभनमा पारी नगद ४० लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अमेरिकन डलर साट्ने भन्दै गत असोज २ गते धादिङ घर भई काठमाडौं कलंकी बस्ने एक जना पीडितलाई काठमाडौं स्युचार बोलाई नगद ७ लाख रूपैयाँ, काठमाडौं नागार्जुन नगरपालिका-६ टौखेलबाट गत भदौ ३१ गते चितवन घर भएका एक जना पीडितबाट नगद ५ लाख रूपैयाँ, भक्तपुर सुर्यविनायकबाट गत साउन २० गते काठमाडौं बागबजार बस्ने एक जना पीडितबाट नगद १० लाख रूपैयाँ र भक्तपुर गठ्ठाघरबाट गत चैत १३ गते काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने एक जना पीडितबाट नगद २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । वलीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-३ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-०५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरी भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्दरीजलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-०२

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका-७ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् । पक्राउ मध्ये राजनले १ जना पीडितबाट ३ लाख रूपैयाँ र जय नारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौं नागर्जुन नगरपालिका-२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
२०८१-०६-०१

 पर्सा, सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१  वर्षीय ओम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडि मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो । प्रहरीले उनी विरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०५-३१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ रावाबेसी गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने २५ वर्षीय राम प्रसाद रिजाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध आरूबारी बस्ने २० वर्षीय सुजन स्याङबो रहेका छन् । पक्राउ मध्ये त्रिलोक कुमारले ३ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, राम प्रसादले ३ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र सुजनले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले त्रिलोक कुमारलाई काठमाडौं बिजुलीबजारबाट, राम प्रसादलाई काठमाडौं चाबहिलबाट र सुजनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-३०

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको   छ । राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०५-२८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका-१ नयाँगाउँ घर भई काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् । पक्राउ मध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौं थानकोटबाट, शोभालाई काठमाडौं स्युचाटारबाट र अमृतलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०५-२७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुवई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका-७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका-११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तिगौडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् । पक्राउ मध्ये सुशान्तले २ जना पीडितबाट ८ लाख ४० हजार रूपैयाँ, सल्लउदिनले २ जना पीडितबाट ७ लाख २० हजार रूपैयाँ र राजुले ३ जना पीडितबाट ८ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौं कोटेश्‍वरबाट, सल्लउदिनलाई काठमाडौं सिनामंगलबाट र राजुलाई काठमाडौं हात्तिगौडाबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कलाकार भिसामा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-२६

काठमाडौं, कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ धुमबाराही बस्ने ललितपुर धापाखेल घर भएका ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा विदेश लैजाने भनी एसएमएस फिल्म्स् प्रालिको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा पीडितहरूबाट प्रति व्यक्ति १५ देखि २० लाख रूपैयाँ सम्म जम्मा गर्न लगाई सम्पर्कबिहीन भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं हात्तीगौंडाबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
२०८१-०५-२६

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रोल्पा माडी गाउँपालिका-१ जवाड घर भएका २९ वर्षीय रण बहादुर घर्ती र काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका-४ घर भएका ३४ वर्षीय कर्ण सिंह साउद रहेका छन् ।  पक्राउ मध्ये रण बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जना पीडितबाट १ करोड ६५ लाख रूपैयाँ र कर्ण सिंहले इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रण बहादुरलाई काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट र कर्ण सिंहलाई काठमाडौं महानगरपालिका-२८ बागबजारबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०५-२६

बारा, आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय बिमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ हुँदै नेशनल मेडिकल कलेज वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  साथै झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महारागंज काठमाडौं रिफर गरिएको छ भने उनकै छोरी १५ वर्षीया जमुना राइको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-२५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा टोखा नगरपालिका-३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-३ मनकामना टोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
२०८१-०५-२५

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका-१ बाङ्गेसार घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका-५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् । पक्राउमध्ये हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन जस्तो देखिने धातुको ढिक्का १ थान, बेरूवा औंठी १ थान, मोबाइल १ थान सहित प्रहरीले पक्राउ गरेको हो । साथै बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थान सहित फेला पारी देवराजलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०५-२५

रोल्पा, थवाङ गाउँपालिका-२ जाजरकोट टोल बस्ने ७१ वर्षीया सारू रोकाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम कुमारले एकनाले भरूवा बन्दुकको कुन्जाले टाउँकोमा प्रहार गर्दा सारूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा प्रयोग भएको बन्दुक समेत बरामद गरेको छ । डोटी, आफ्नै दाइ ६६ वर्षीय गणेश जोराको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका-६ डाँडागाउँ बस्ने ५६ वर्षीय नर बहादुर जोरालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले घरायसी विवादका क्रममा कोदालोले टाउँकोमा प्रहार गर्दा गणेशको घट्नास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डाँका चोरीमा संलग्न तीन जना पक्राउ
२०८१-०५-२४

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने बिकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल र बाजुरा त्रिवेणी नगरपालिका-७ घर भई काठमाडौं बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन् । ललितपुर महानगरपालिका-१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानबाट साउन २९ गते दिउँसो मोबाइल ४ थान, ल्यापटप १ थान, गेम बक्स १ थान, २ तोला बराबरको सुनको सिक्री २ थान डाँका चोरी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६९ प २८४७ नम्बर र बा.७५ प ६३१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।    

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
२०८१-०५-२४

काठमाडौं, नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका-९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।  इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि एसईई र प्रविणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदुतावाससँगको समन्वयमा उनीहरूलाई राजदुतावास नजिकबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०५-२३

काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।  गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-२१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-११ बस्ने ३७ वर्षीय सन्देश कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सन्देशले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ गौशालाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्ष पछि पक्राउ
२०८१-०५-२०

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया वरै भन्ने लक्ष्मण प्रसाद चौरसियालाई १७ वर्ष पछि बुधबार प्रहरीले पक्राउ गरेको छ । चौरसिया समेत चार जना व्यक्तिहरूले २०६४ वैशाख २५ गते राति पर्सा साविक बहुअर्वा गाविस-५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेको घटनामा वारदात पश्चात फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । साथै सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा लक्ष्मण प्रसादलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने चार जना पक्राउ
२०८१-०५-२०

काठमाडौं, क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् । उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-२०

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  ओखलढुङगा चिसङखुढी नगरपालिका-६ पोखरे घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २८ वर्षीय सुबास आले मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुभासले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ
२०८१-०५-२०

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित भानु प्लाजा होटलबाट स्रोत नखुलेको ४ लाख २९ हजार भारतीय रूपैयाँ र ३ लाख ९० हजार नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत राजस्थान ढुगंरपुर पाली बस्ने ३६ वर्षीय बाबुलाल र २८ वर्षीय श्रवण बिसनोई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरूलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको डिएल ३ सिबि यु ८०३५ नम्बरको कार समेत प्रहरीले बरामद गरेको छ । रौतहट, गौर नगरपालिका-१ मेन चोकबाट भारत घर भएका कृष्ण कुमारको छोरा १८ वर्षीय किशोरलाई स्रोत नखुलेको नगद ४ लाख रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहट पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

दुई जना बालिकाको हत्या गरी फरार रहेकी अभियुक्त पक्राउ
२०८१-०५-१९

मोरङ, आफ्नै छोरीहरू १ वर्षीया आईङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका-७ मालति टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा सोही नगरपालिका-७ मालति टोल बस्ने धनकुटा पाख्रीबास नगरपालिका-५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आईङ्का र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो । घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान अर्जुन कार्कीसँग निर्माणाधिन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछी निजले दुई वटी छोरीहरू साथमा लिई सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा लगि विष सेवन गराई हत्या गरेको खुल्न आएको छ । उनी उपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०५-१९

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-६ लेखपानी घर भएका ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४३ वर्षीय मान बहादुर चौधरी रहेका छन् । पक्राउ मध्ये बुद्धले ७ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले ६ जना पीडितहरूबाट १२ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुद्धलाई काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-७ बाट र मान बहादुरलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०५-१४

सिराहा, सिराहा नगरपालिका-३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको अभियोगमा धनुषा, धनुषाधाम नगरपालिका-४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित नेपाल आयल निगम लिमिटेडको फिल्ड अप्रेशन रूममा सोही आयल निगममा कार्यरत प्रकाश र राकेश कुमार बिच एकआपसमा विवाद हुँदा प्रकाशले बेल्चा प्रहार गर्दा राकेश कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०५-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालिका-६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठ रहेका छन् । पक्राउमध्ये शशीले १ जना पीडितबाट ३ लाख ६५ हजार रूपैयाँ, रोशनीले १ जना पीडितबाट १ लाख २ हजार रूपैयाँ र गणेशले १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शशीलाई काठमाडौं सितापाइलाबाट, रोशनीलाई काठमाडौं सरकारी धाराबाट र गणेशलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
२०८१-०५-१३

काठमाडौं, नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् । खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

भारतको कलकत्तामा पुर्‍याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
२०८१-०५-१२

काठमाडौं, विभिन्न प्रलोभनमा पारी भारतको कलकत्तामा पुर्‍याई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूले पीडितलाई मृगौला बिक्रि गरेमा १० लाख कमाउन सकिने प्रलोभनमा पारी पीडितको स्वाथ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्‍याएको खुल्न आएको छ । थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाक धम्की दिई उल्लेखित रकम समेत नदिई जवरजस्ती मृगौला प्रत्यारोपण गरेको खुल्न आएको छ ।उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-०५-१२

काठमाडौं, विभिन्न सामाजिक संजालको दुरूपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी सोनमा गाउँपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २२ वर्षीय रोहित रन्जन यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको कार दुर्घटनामा परी मृत्यु भएको र निजको नाममा थाइल्याण्डस्थित Siam कमर्सियल बैंकको खातामा रहेको ८५ लाख अमेरिकी डलर निकाल्न निजको उत्तराधिकारी कोही नभएकोले सो रकम बैंकबाट निकाल्न उत्तराधिकारी बनाई रकम निकाली दिन्छौ भनी प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ९९ लाख ६४ हजार ७ सय रूपैयाँ  रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुर्यविनायक नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
२०८१-०५-१२

काठमाडौं, आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३५ वर्षीय सुमन थापा र कालीकोट तिलागुफा नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-७ पशुपती बस्ने ४० वर्षीय कन्नजित राउत रहेका छन् । पक्राउ पर्ने मध्ये देव र भीमले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रूपैयाँ, सुमनले १ जना पीडितबाट १२ लाख रूपैयाँ र कन्जितले १ जना पीडितबाट ३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले देव र भिमलाई कञ्चनपुर भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट, सुमनलाई काठमाडौं टोखा नगरपालिका-३ बाट र कन्नजितलाई काठमाडौं महरानगरपालिका-७ पशुपतिबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०५-११

सुनसरी, धरान उपमहानगरपालिका-३ माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना साहीकी छोरी १४ वर्षीया युनिसा साहीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बराललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित आफ्नै मोबाइल पसलमा बसिरहेका सिर्जना र युनिसालाई घरायसी विवादको कारण बबिनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएकोमा युनिसाको उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
२०८१-०५-११

काठमाडौं, अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुवर रहेका छन् । हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका प्रशान्तबाट सन्तोषले अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातु फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०५-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका-९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेका छन् । पक्राउ पर्नेमध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र ईश्वर प्रसादले १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लाल बहादुरलाई काठमाडौं नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको    हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०५-०७

काठमाडौं, विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३७ बर्षीय राज कुमार तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । तिमल्सिना प्रहरी वृत्त जगाती भक्तपुरमा बैंकिङ कुर मुद्दामा समेत फरार रहेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ । 

सुनको सिक्री लुटपाट गर्ने व्यक्तिहरू पक्राउ
२०८१-०५-०६

काठमाडौं, सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा  काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय रोहित भन्ने सुरेश तामाङ रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बसस्टपमा अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । यसअघि अनिल उपर २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेश उपर विभिन्न मितिमा ३ पटक प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट र सुरेश उपर विभिन्न मितिमा प्रहरी वृत्त बौद्धबाट १ पटक तथा प्रहरी वृत्त गौशालाबाट ३ पटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको ।

जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०४-३१

काठमाडौं, जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा  नगरपालिका-१० वोक्से ठेगाना भएका ३४ वर्षीय पारस भन्ने दिपक कुमार बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको २०८० मंसिर ५ गतेको फैसलाले जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दामा १२ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं अनामनगरबाट पक्राउ गरेको हो । प्रतिवादी दिपकले २०७६ मंसिर २१ गते एक युवतीलाई ललाई फकाई, डर, धम्की देखाई झुक्यानमा पारी पटक-पटक जबरजस्ती करणी गरेको र भारततर्फ घरजम गरौला भनी झुक्यानमा पारी बेचबिखन गर्ने उदेश्यले २०७६ पुस १८ गते भारततर्फ लादै गरेको अवस्थामा पीडितलाई उद्धार गरिएको जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दामा अदालतबाट उक्त फैसला भएको  थियो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ
२०८१-०४-३१

काठमाडौं, अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो रंगको धातु करिब ५० ग्राम तौलको २ थान सिक्री सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ स्थायी वतन भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ स्थायी वतन भएका २२ वर्षीया नारायण थापा रहेका छन् । एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा उक्त धातु सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको छ ।

वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०४-३१

काठमाडौं,  वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१० बस्ने पर्सा वीरगंज महानगरपालिका-१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महाविरले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जना बाट ५ लाख २० हजार रूपैयाँ  लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने व्यक्तिहरू पक्राउ
२०८१-०४-३१

काठमाडौं, सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मी र काठमाडौं महानगरपालिका-२३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका संचालक भारत पश्चिम बंगाल राज्य मोदिनिपुर घाटल थाना कुशपता ग्राम घर भएका ५२ वर्षीय चित्र रञ्जन हजारा रहेका छन् । काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित नारायण ज्वेलर्सबाट करिब ५२ वर्षीया अपरिचित महिलाले शुक्रबार दिउँसो सुनका गहना खरिद गर्ने भनी २ तोला २० लालको सुनको सिक्री लिई फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न लिनालाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा लिनाले चोरी गरेको सुनका गरगहना काठमाडौं न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई समेत प्रहरीले पक्राउ गरेको हो । लिनाले यस अघि चोरीका करिब १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ भने प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने दुई जना पक्राउ
२०८१-०४-३०

कास्की, प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०४-३०

काठमाडौं, वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदन्छु भन्दै रविले १ जना पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भए पश्‍चात पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो  ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०४-२९

काठमाडौं, वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बानेश्‍वर बस्ने कैलाली गोदावरी नगरपालिका-२ घर भएकी २७ वर्षीया दीपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई  सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई  भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कुटपिट गरी ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ
२०८१-०४-२८

पर्सा, वीरगंज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ सोही महानगरपालिका-१० प्रगती टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूबीच झैझगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएका सितारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिहरू पक्राउ
२०८१-०४-२८

काठमाडौं, ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् । काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिर अगाडि रूकुम पूर्व सिस्ने गाउँपालिका-५ ठेगाना भएका २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई वारदात पश्‍चात फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०४-२५

काठमाडौं, कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको   छ । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका-३ स्थित सल्यानी भीरमा  २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात पश्‍चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।

उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी पक्राउ
२०८१-०४-२४

मोरङ, उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी बिराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय मोहमद अहमदलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई जहदा गाउँपालिका-१ तारेगाबाट पक्राउ गरेको हो ।  जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई अहमद जिल्ला कार्यागार मोरङमा २०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका थिए । पेट दुख्ने बिरामी भई गत साउन १५ गतेबाट कोशी अस्पताल बिराटनगरमा उपचार गराई रहेका उनी साउन १७ गते बिहान शौचालय जाने क्रममा भागी फरार भएका थिए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८१-०४-२४

सुनसरी, ललितपुर महानगरपालिका मङ्गलबजारस्थित लक्ष्मण शंकरको चाँदीको पसलबाट चाँदी र चाँदीले बनेको भाँडाकुँडा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ गौरीगाउँ बस्ने २६ वर्षीय प्रबिन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिगत १ महिनादेखि उक्त पसलमा काम गर्दै आएका राईले गत शनिबार चाँदी र चाँदीले बनेका भाँडाकुँडा चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको ४ किलो १ सय ८७ ग्राम २६ मिलिग्राम चाँदी र चाँदीले बनेका भाँडाकुँडा समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित तीन जना पक्राउ
२०८१-०४-२४

काठमाडौं, अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूमध्ये महेश मानको साथबाट  युरो १६ हजार ५ सय ५० र क्यानेडियन डलर १० हजार ९ सय, मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० तथा दिपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । 

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०४-२३

काठमाडौं महानगरपालिका-१ ज्ञानेश्‍वर भैरव मार्ग डेरा गरी बस्ने राजु नेपालीको कोठाबाट सुनको गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा घर भएका ३८ वर्षीय दिपक खड्का र मकवानपुर घर भई काठमाडौं मरूहीटि बस्ने २७ वर्षीय निरज विक रहेका छन् । नेपालीको कोठाबाट गत सोमबार उक्त धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने औंठी ३ थान, सिक्री २ थान, टप १ थान, ब्रास्लेट १ थान, तिलहरी १ थान, पोते सहितको माला १ थान, चाँदीको जस्तो देखिने पाउजु २ थान, मोबाइल १ थान र उनीहरूले प्रयोग गरेको बा.७९ प ७७६४ नम्बरको स्कुटर १ थान समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०४-२३

काठमाडौं, वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका-६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहीन भएको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०४-२३

काठमाडौं, बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-२ घर भई काठमडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १५ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद, २४ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार रूपैयाँ जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०४-१८

मोरङ, उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने सुभास तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वारदात पश्चात फरार रहेका सुभासलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका-४ बलियाबाट पक्राउ गरेको हो ।उनी उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पूर्व भूमिसुधार राज्यमन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ
२०८१-०४-१५

सर्लाही, चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन् । रामचन्द्र राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस) को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०४-१५

काठमाडौं, सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस-३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सिराहा लहान नगरपालिका-३ बाट पक्राउ गरेको हो ।         अहमदले पीडितहरूलाई डलर, कम्प्युटर, ल्यापटप, आईफोन सहितको लगेज, विदेशमा रहेको व्यक्तिको कोभिडले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको खातामा रहेको रकम लिन भनि उत्तराधिकारी बनाई प्रलोभनमा पारी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा ५६ लाख १० हजार ६ सय ९९ रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।   उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०४-१४

दाङ, आफ्नै श्रीमती ३७ वर्षीया बसन्ती घर्तीको रड प्रहार गरी हत्या गरेको अभियोगमा राजपुर गाउँपालिका-१ रसरी बस्ने ३८ वर्षीय गणेश घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेला र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धनुषा, धनुषाधाम नगरपालिका-२ मङ्गलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीया सुरजी मुखिया र उनको छोरा २१ वर्षीय नागेश्वर कुमार मुखियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले पुरानो रिसईवीको कारण भोगेन्द्र र उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुरलाई कुटपिट गर्दा गम्भीर घाइते भएको र प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा भोगेन्द्रको मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएकी श्यामुको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा पक्राउ
२०८१-०४-१४

काठमाडौं, सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्‍वरबाट पक्राउ गरेको हो । भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको खुल्न आएको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

लुटपाटमा संलग्न व्यक्ति पक्राउ
२०८१-०४-१३

काठमाडौं, खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भएका ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  नागर्जुन नगरपालिका-७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा ३ जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा लुटपाट गर्ने समूहका नाइके धनबहादुरलाई पक्राउ गरेको हो ।  उनको साथबाट सुनको औठी ४ थान, सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट २ थान, कानमा लगाउने सुनको रिङ २ थान, सुनको सिक्रीको टुक्रा १ थान, चाँदीको ब्रासलेट १ थान, खुकुरी २ थान र नगद १३ हजार ४ सय रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नगद र सुनका गहना चोरी भाग्दै गरेका व्यक्ति पक्राउ
२०८१-०४-१३

काठमाडौं, चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०४-११

जाजरकोट, नलगार्ड नगरपालिका-३ कटके बस्ने ६५ वर्षीय धनबिर कामीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया उर्मिला विकलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झै-झगडा हुँदा उर्मिलाले गत शनिबार कुटपिट गर्दा धनबिर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका धनबिरको नगर अस्पताल दल्ली हुँदै प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा भिओआइपी संचालन गर्ने दुई जना पक्राउ
२०८१-०४-११

काठमाडौं, अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगंज गाउँपालिका-४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् । नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा भिओआइपी संचालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने भुपेन्द्रको घरबाट उनीहरूलाई भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भिओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सिम कार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ । उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

एक हजार दरको १३ थान नक्कली नोटसहित दुई जना पक्राउ
२०८१-०४-११

रौतहट, चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट एक हजार दरको १३ थान नक्कली नेपाली नोट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी रहेका छन् ।  बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सिट कभरभित्र लुकाई राखेको उक्त नक्कली नोट फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८१-०४-११

रौतहट, भारत सितामढी बैरगनिया-८ असोगी टोल बस्ने ४७ वर्षीय प्रदिप कुमार बर्मालाई स्रोत नखुलेको नगद ४ लाख ४० हजार रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड र सशस्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरबाट खटिएको संयुक्त टोलीले गौर नगरपालिका-१ स्थित सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एसि ७९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरका ३ सय ९० थान र ५ सय दरका १ सय थान गरी उक्त नगद सहित चालक बर्मालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८१-०४-०९

तनहुँ, ब्याँस नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने व्यक्ति पक्राउ
२०८१-०४-०८

कास्की, प्रहरी हुँ भनी धम्की दिई रकम माग गरेको अभियोगमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले सामाजिक संजाल मार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु” भनी रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई लामाचौर कास्कीबाट पक्राउ गरेको हो । उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०४-०७

काठमाडौं, वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियगाम ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०४-०५

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका-२ देविस्थान बस्ने ४५ वर्षीय पूर्ण बहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८१-०४-०५

कास्की, पोखरा महानगरपालिका-१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेम बहादुर परियार र माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने ४० वर्षीय मन बहादुर तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१६ प ४०११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्की भित्र राखेको उक्त नगद फेला पारी स्कुटरमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ
२०८१-०४-०४

काठमाडौं, नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् । उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको, शारीरिक सम्पर्क राखेमा प्रति ब्यक्ति ५ सय रूपैयाँ दिने भनी प्रलोभन देखाई रकम समेत नदिई प्रति ग्राहक ४/५ हजार रूपैयाँ सम्म लिने गरेको तथा शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथीहरूलाई भनिदिने भनि डर त्रासमा पारी बेश्याबृत्तिमा लगाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०४-०४

झापा, लागूऔषध मुद्दा र गौवध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका-१ बस्ने ४४ वर्षीय मिन भन्ने मणि कुमार तुम्बापो र दमक नगरपालिका-२ बस्ने २९ वर्षीय किसन राजबंशी रहेका छन् ।  पक्राउमध्ये किसनलाई जिल्ला अदालत झापाको २०८० फागुन २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय ठहर भएको थियो भने मणि कुमारलाई जिल्ला अदालत झापाको २०७८ पुस १४ गतेको फैसला उल्टि भई उच्च अदालत विराटनगर इलाम इजलासको २०८० मंसिर २० गतेको फैसलाले गौवध मुद्दामा १ महिना कैद सजाय ठहर भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ । 

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ
२०८१-०४-०४

काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ, बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवति गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०४-०२

बाँके, डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफु सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भनी अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटी कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-११ एनटिभी रोडबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०४-०२

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बिस्थापित टोल बस्ने बिक्रम बिकको छोरा ६ वर्षीय अबि बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय विर बहादुर बिश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विर बहादुरले मादक पदार्थ सेवन गरी अबिलाई कुटपिट गर्दा घाइते भई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका अबिको सोही प्रतिष्ठानमा उपचारको क्रमममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०३-३१

सिन्धुली, घ्याङलेख गाउँपालिका-२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान बहादुर वाईबा रहेका छन् । टिका बहादुरसँग सापटी पैसा मागेको विषयलाई लिएर उनीहरूले सोही ठाउँस्थित मिलनचोकमा काठको चिर्पटले प्रहार गर्दा टिका बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । टिका बहादुरको बस्तिपुर स्वास्थ्य चौकी हायुटार हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०३-२९

मोरङ, सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ हाटखोला घर भएका ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकै श्रीमती ३३ वर्षीया  प्रनिसा पाँचकोटी रहेका छन् । सुन्दरहरैंचा नगरपालिका-१ कुमारगाउँ स्थित आफ्नै कुखुरा फर्ममा सहदेव बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त फर्ममा काम गर्ने सुनिल र उनकै श्रीमतीलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बुधबार राति फर्म संचालक र सुनिल बिच पारिश्रमिकको विषयमा भएको विवादको कारण उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको खुल्न आएको छ । उनीहरू उपर कर्तब्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
२०८१-०३-२९

बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका-७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगंज उपमहानगरपालिका-३ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् । बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिशन वर्कशप नामको टिभी फ्रिज मर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पसलबाट नगद २४ लाख ६२ हजार ३ सय १५ रूपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-०३-२८

काठमाडौं, ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा बैतडी डिलासैनी गाउँपालिका-१ घर भई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २७ वर्षीय नरेन्द्र साउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।           आफूलाई सडक डिभिजनको इन्जिनियर हुँ भनि सामाजिक सञ्जाल मार्फत चिनजान गरेका महिलाहरूसँग प्रेम तथा विवाहको प्रलोभन देखाई रकम ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेका साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न दुई जना पक्राउ
२०८१-०३-२७

रौतहट, ईशनाथ नगरपालिका-९ बस्ने १७  वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका-३ स्थित बस्ने १८ वर्षीय किशोर र ईशनाथ नगरपालिका-३ बस्ने १९ वर्षीय रोशन साह रहेका छन् । ईशनाथ नगरपालिका-३ स्थित ईशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति  उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा ती किशोरले कुटपिट गरेको देखि सहवाजले वादविवाद गरी झापड हानेको विषयको रिसिईवी लिई ती किशोर र रोशनले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जना पक्राउ
२०८१-०३-२३

कास्की, अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ पर्नेहरूमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारत बिहार प्रदेश सितामणी डुमरा थाना सुरसड पक्ष्मी-१ सुरसड गाउँ घर भइ कास्की पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् । उनीहरूले असार १७ गते बिहान तनहुँ म्याग्दे गाउँपालिका-४ थर्पुबाट नाबालिकालाई ललाई फकाई ग.८ प ४२८० नम्बरको मोटरसाइकलमा राखी कास्की पोखरा महानगरपालिका-११ रानीपौवा स्थित उनीहरूको कोठामा बन्धक बनाई सामुहिक रूपमा जबरजस्ती करणी गरी पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका-३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरू उपर कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जना पक्राउ
२०८१-०३-२१

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित रूसी नागरिक ४० वर्षीय SERGEY KOROTKIKH र २३ वर्षीया ELENA SHATILOVA लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा चेकिङ गर्ने क्रममा SERGEY KOROTKIKH लाई विभिन्न दरका गरी जम्मा १ लाख ८० हजार ९ सय युएई दिराम र ५ सय अमेरिकी डलर तथा ELENA SHATILOVA लाई १९ हजार २ सय अमेरिकी डलर र १४ हजार २ सय युएई दिराम सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

सुन तथा चाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ
२०८१-०३-२१

रूपन्देही, रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन जस्तो देखिने पहेलो धातुका विभिन्न गरगहना, ८ केजी ५ सय १ ग्राम चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना र ३४ ग्राम तौलको पहेलो धातुले बनेको  २ थान छप्का तथा ६ थान कानको रिङ सहित भारत महाराजगंज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपि ५६ एडि ८०३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको उक्त गरगहना फेला पारी मोटरसाइकलमा सवार सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न तीन जना पक्राउ
२०८१-०३-२०

बारा कलैया उपमहानगरपालिका-५ पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, सोही गाउँपालिका-५ बस्ने ४५ वर्षीय महादेव महतो नुनिया र बारा कलैया उपमहानगरपालिका-५ घर भएका ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति रहेका छन् । पर्सा जगरनाथपुर गाउँपालिका-१ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा गत जेठ २९ गते रामएकवाल र सुरेशको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको विषयलाई लिएर योजनावद्ध तरिकाले उनीहरूले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान गर्नुका साथै प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना पक्राउ
२०८१-०३-१९

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित भारतीय मुलका अमेरिकी नागरिक ७० वर्षीय JAYANTIBHAI GORDHANBHAI LIMBACHIYA र उनकै श्रीमती ६३ वर्षीया PRATIMABEN JAYANTIBHAI LIMBACHIYA लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग एरियामा चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १९ हजार ५९ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ८ हजार ९ सय ६६ चाइनिज युआन, र  ६० हजार २ सय भारतीय रूपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पाँच जना पक्राउ
२०८१-०३-१७

काठमाडौं, नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिशा राज्य केन्द्रवडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाडौं डल्लु बस्ने धादिङ निलकण्ठ नगरपालिका-२ घर भएका ३८ वर्षीय दिपक थापा, काठमाडौं लाजिम्पाट बस्ने दाङ घर भएका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन रहेका छन् । कागेश्‍वरी मनोहरा नगरपालिका-७ विष्ट गाउँ घर भएका ३१ वर्षीय पुरूषलाई कलाकार दासले नक्कली सुनको मूर्ति देखाई उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँसहित एक जना पक्राउ
२०८१-०३-१७

काठमाडौं, नेपालमा प्रतिबन्धित ५ सय दरका ८ सय ३९ थान गरी जम्मा ४ लाख १९ हजार ५ सय भारतीय रूपैयाँसहित भारतीय नागरिक दलजित कौरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इन्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज एरियमा जाँच गर्ने क्रममा ह्याण्ड ब्यागमा रहेको उक्त भारतीय रूपैयाँ अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ
२०८१-०३-१७

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय  YAZDANYAR MAJIDIAHI र उनकै श्रीमती ३५ वर्षीया PEGAH TAHERI र रहेका छन् । श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रूपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ । 

अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने व्यक्ति पक्राउ
२०८१-०३-१७

काठमाडौं, अवैध रूपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२९ ठेगाना भएका २९ वर्षीय सम्साद आलमलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तिलगंगा एरियामा विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुन ओसार पोसार विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले आलमलाई ५४ ग्राम ८ सय ७० मिलिग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो रंगको बाला २ थानसहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा पठाइएको छ  ।

ठगी गरेको अभियोगमा लाली गुँरास सहकारी संस्थाका अध्यक्ष समेत ४ जना पक्राउ
२०८१-०३-१६

काठमाडौं, ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित लाली गुँरास सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको अभियोगमा संस्थाका अध्यक्ष समेत ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका-१३ घर भई सोही महानरपालिका-४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठ, संस्थाका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका-२ घर भई ललितपुर भैंसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ७५ वर्षीय अमृत कुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-६ चावहिल बस्ने ६१ वर्षीया कदमबाबा जोशी प्रधान रहेका छन् ।  उनीहरूले आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न मिल्ने भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त सहकारीमा २२ हजार बचतकर्तारूको करिब ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ ।प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ
२०८१-०३-१६

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा चाँदीको लेप लगाईएको उक्त धातुका गहनासहित प्रहरीले पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-१५

झापा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रूपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।

भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ
२०८१-०३-१४

काठमाडौं, भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौं तारकेश्वर नगरपालिका-२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् । कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको   छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-१४

झापा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-९ बस्ने ३१ वर्षीय इकेश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०८१ वैशाख २३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय, ६ लाख रूपैयाँ जरिवाना तथा पिडित राहत कोषमा २४ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ । 

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०३-१४

काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ
२०८१-०३-१३

काठमाडौं, विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्‍चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा चिनियाँ केटासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको   छ । राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्राचीन स्मारक सहित ३ जना पक्राउ
२०८१-०३-१२

बाँके, राप्तिसोनारी गाउँपालिका-८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारकसहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका-११ बस्ने ५० वर्षीय खिम बहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र  दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय निम बहादुर कुँवर रहेका छन् । उनीहरुलाई ओम नम: शिवाय: लेखिएको तुलमा बेरी झोलामा लुकाई राखिएको गोलाई १ फिट ६ ईन्च, उचाई ९ ईन्च, तौल ८ किलो ६८० ग्राम भएको पहेंलो धातुमा कालो पालिस लगाएको धातुको जस्तो बुद्धको मूर्ति १ थान, ८ ईन्च लम्बाई भएको कटर १ थान, ८ ईन्च लम्बाई भएको पिलास १ थान, ८ ईन्च लम्बाई भएको फलामको रेति १ थान र भारतीय सिमकार्ड १ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।उनीहरू उपर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

स्रोत नखुलेको रकम कारोबार गर्ने व्यक्ति पक्राउ
२०८१-०३-१२

काठमाडौं, स्रोत नखुलेको अवैध रकम कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ ब्रम्ह टोल बस्ने भारत बिहान मोतिहारी घर भएका ३८ वर्षीय निरन्जन कुमारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त टोलस्थित प्रतिक ईन्टरप्राइजेजमा गैरकानूनी रूपमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले इन्टरप्राइजेजबाट स्रोत नखुलेको नगद करिब २० लाख ४० हजार रूपैयाँसहित उनलाई पक्राउ गरेको हो ।  साथै थप अनुसन्धानको क्रममा कुमारले प्रतिबन्धित भर्चुअल रकम वाइनेन्स मार्फत हालसम्म करिब ६ करोड २६ लाख ६९ हजार ९ सय ४७ रूपैयाँ समेत कारोबार गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जना पक्राउ
२०८१-०३-११

काठमाडौं, भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित डिल्ली बहादुर राउतको घरमा भएको डाँका चोरी तथा लुटपाटमा संलग्न रहि फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका ३० वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भिम बहादुर तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३६ वर्षीय मुना राज राई र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई काठमाडौं महाराजगंज बस्ने ३८ वर्षीय कृष्ण बहादुर बोहोरा रहेका छन् । राउतको घरबाट असार ४ गते करिब २ करोड रूपैयाँ चोरी तथा लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । राउतका मामा कुल बहादुर खत्रीले आफ्नो चिनजानका सुजन रसाईलीलाई राउतको घर रेक्की गर्न लगाई लुटपाट गर्ने योजनासहित रसाईली समेत ४ जना राउतको घरमा गई सिआईबीको प्रहरी हौँ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई उक्त रकम लुटी भिम बहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।    उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ, घटनामा प्रयोग भएको बा.प्र.०२-०४० प ५५३८ र बा.प्र.०२-०३३ प ६१७४ नम्बरको मोटरसाइकल, मोबाईल १० थान, रकम बोक्न प्रयोग गरेको झोला २ थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू तथा जुत्ता ३ जोर र खुकुरी १ थान समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

ठगी गरेको अभियोगमा ६ जना पक्राउ
२०८१-०३-११

काठमाडौं, कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्‍वास दिलाई नगद १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका-१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितुपर महानगरपालिका-१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेन नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने ५३ वर्षीय निरन्जन कुमार श्रेष्ठ, कास्की रूपा गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५९ वर्षीय चिरञ्जिबी पौडेल र स्याङजा वालिङ नगरपालिका-११ घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ६१ वर्षीय शान्ति रमण पंगेनी रहेका छन् । काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित कंलकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका संचालक समितिका अध्यक्ष नरेन्द्र समेतले कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्‍वास दिलाई पीडितहरूबाट उक्त रकम लिई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसुर मुद्दाका दुई जना प्रतिवादी पक्राउ
२०८१-०३-११

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भई ललितपुर महानगरपालिका- २८ हरिसिद्धी बस्ने ४७ वर्षीया लैला कुमारी गहतराज र चितवन भरतपुर महानगरपालिका-२४ सुन्दरबस्ती घर भई जिल्ला काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ३४ वर्षीय पदम बहादुर नेपाली रहेका छन् ।  जिल्ला अदालत काठमाडौंबाट २०८१ जेठ १४ गते पक्राउ अनुमति प्राप्त भएका गहतराजलाई काठमाडौं त्रिपुरेश्‍वरबाट र जिल्ला अदालत पोखरा कास्कीबाट २०८० फागुन १ गते पक्राउ अनुमति प्राप्त भएका नेपालीलाई काठमाडौं मनमैजुबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीको लागि गहतराजलाई प्रहरी वृत्त मालीगाउँ र नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । 

वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
२०८१-०३-११

काठमाडौं, वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो । पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुवईबाट २०८० चैत १९ गते उद्दार गरे पश्‍चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुवई पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको छ । महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट  ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०३-११

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन् । आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रूपैयाँ र पासाङले पोर्चुगल पठाइदिन्छु भनी २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ ठगी गरी सम्पर्कबिहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सालकको खपटा ओसारपसार मुद्दाका फरार व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ बस्ने टासी भन्ने ४४ वर्षीय टसी तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखाको २०७० मंसिर १७ गतेको फैसलाले ५ वर्ष कैद सजाय र ६२ हजार १ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बसपार्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखामा बुझाइएको छ ।

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनले पीडितहरुलाई माल्टा लैजाने भनी वर्किङ भिषा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिषा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको छ ।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८१-०३-०९

काठमाडौं, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरू रामेछाप सुनापाती गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-९ हातिडाँडा बस्ने ५१ वर्षीय जित बहादुर मगर र रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने २७ वर्षीय चन्द्र बहादुर थापा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला अदालत मन्थली रामेछापबाट २०८१ जेठ २९ गते पक्राउ अनुमती प्राप्त भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ । 

अवैध रूपमा भन्सार छलि सुनको कारोबार गर्ने तीन जना पक्राउ
२०८१-०३-०७

काठमाडौं, अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४३ वर्षीय सन्तोष परियार र तनहुँ भानु नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २५ वर्षीय अन्जिल गुरूङ रहेका छन् ।  हिमालय एयरलाइन्सको उडान मार्फत कतारबाट नेपाल आएका व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोहमद दिलसादलाई पाइन्टको कम्मरको भागमा टिस्यु पेपरले फोल्ड गरी लुकाइ छिपाइ राखेको ६९ ग्राम ८ सय ९० ग्राम तौल भएको सुनको ब्रास्लेट १ थान र ११ ग्राम ६ सय ५० ग्राम तौल भएको बेरूवा औँठी १ थानसहित काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त सुन ओसारपसार गर्ने कार्यमा संलग्न रहेका सन्तोष र अन्जिललाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-०७

कास्की, पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगीमा संलग्न ३ जना फरार प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका-१ घर भई कास्की पोखरा महानगरपालिका-१८ बस्ने ५५ वर्षीया धन कुमारी गुरूङ, पर्वत घर भई हाल पोखरा महानगरपालिका-८ बस्ने ४७ वर्षीया सिता कुमारी गुरूङ र पोखरा महानगरपालिका-३ तेर्सापट्टी बस्ने ४७ वर्षीय जीवन सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई ठगी सम्बन्धी कसूरमा फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८१-०३-०७

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वैतडी डोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कलंकी बस्ने २३ वर्षीय निराजन महरा, भारत हावडा घर भई काठमाडौं संकटा बस्ने २८ वर्षीय सुजित कर, भारत मोतिहारी घर भई काठमाडौं ओमवहाल बस्ने ३० वर्षीय सेफ अलि आलम र काभ्रे भुम्लु गाउँपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीया मोनिका लामा रहेका छन् ।टोखा नगरपालिका-७ बसुन्धरा नमुनाटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्यायको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी २५  लाख ४ हजार ९ सय रूपैयाँ बराबरको धनमाल गत जेठ २७ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा जेठ २७ गते काठमाडौं कलंकी डेरा गरी बस्ने मनिष पौडेलको कोठाबाट ल्याप्टप तथा महत्वपूर्ण कागजपत्रहरू, काठमाडौं महाराजगंजस्थित विशेष प्याकुरेलको घरबाट नगद, ल्याप्टप तथा अन्य कागजपत्रहरू र असार २ गते दिउँसो काठमाडौं नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्याप्टप तथा अन्य धनमाल समेत चोरी भएको खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०३-०७

काठमाडौं, वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।        थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख ३६ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

भरूवा बन्दुकसहित दुई जना पक्राउ
२०८१-०३-०५

कैलाली, घोडाघोडी नगरपालिका-१२ नकफोडुवा बस्ने ३७ वर्षीय मोहन बहादुर खत्रीलाई भरूवा बन्दुक ३ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । पाल्पा, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर बस्ने ३६ वर्षीय ईश्‍वर कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईश्‍वरले सोमबार राति जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय टोप बहादुर कुमाल घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले ईश्‍वरको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा आठ जना पक्राउ
२०८१-०३-०४

बैतडी, पाटन नगरपालिका-६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने २६ वर्षीया भागरथी बिष्ट, सोही नगरपालिका-१ लदौरी बस्ने २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर रहेका छन् । भागरथीले शनिबार बीरभानको हत्या गरेको भन्ने खबरप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप सोधपुछको क्रममा भागरथीले बीरभानको हत्या गरी राजेन्द्र , ती किशोर र पाटन नगरपालिका-६ बस्ने ३० वर्षीय आशिष पहरीलाई शव जिम्मा लगाई सोही ठाउँस्थित घाङलखोलामा खसाल्न लगाएको भन्ने खुल्न आएपश्‍चात जिल्ला प्रहरी कार्यालय डडेल्धुरासँगको समन्वयमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ भत्काडाबाट राजेन्द्र र ती किशोरलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार आशिषको खोजी गरिरहेको छ ।  सिराहा, धनगढीमाई नगरपालिका-१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा नरहा गाउँपालिका-१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पिजिआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८१-०३-०३

 काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई 999.9 Gold 1 Kg लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको  छ । २०८० साउन २ गते बरामद भएको ६० केजि अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत अवैध सुनको भुक्तानी USDT बाट दिने मानिसहरूको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले अवैध सुन र USDT को कारोवारमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट उक्त सुन र नगद बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ
२०८१-०२-३१

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल काठमाडौं कागेश्‍वरी मनोहरा नगरपालिका-६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्ग बहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्ग बहादुर दमाई रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कागेश्‍वरी मनोहरा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो ।कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत दोलखाबाट २०५३ माघ २५ गते सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा राष्ट्रिय प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाडौंको २०५६ फागुन ७ गतेको पत्र अनुसार उनीहरू कैद मुक्त भएका थिए । साथै उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०५८ मंसिर ७ गते उनीहरूलाई जन्मकैद हुने ठहर गरी फैसला भएकोमा ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल काठमाडौंमा पठाइएको छ ।

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्ने कन्सलटेन्सीका संचालकहरू पक्राउ
२०८१-०२-३१

काठमाडौं, वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍वर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेम बहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद तथा अछाम रामारोशन गाउँपालिका-१ घर भएका २५ वर्षीय टंकराज खनाल, काठमाडौं धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौं नरेफाँट बस्ने मोरङ पथरी शनिश्‍चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे रहेका छन् ।    रेशम रावलसमेतले काठमाडौं कोटेश्वर र तिनकुनेमा संचालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्‍युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्स समेतबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै गैरकानूनी रूपमा कागजात र रकम संकलन गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कन्सलटेन्सीबाट २ सय २० थान राहदानी समेत बरामद गरेको छ ।उनीहरूले विभिन्न सामाजिक संजालमार्फत विभिन्न देशहरूमा आकर्षक तलब भत्ता सेवा सुविधाहरू पाइन्छ भनी झुट्टा विज्ञापन प्रचार प्रसार गर्ने गरेको, पीडितहरूको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितहरूलाई १ लाख ५० हजारदेखि २ लाख रूपैयाँसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी फर्काउने गरेको, विभिन्न होटल, कृषि फर्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजातहरू बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना पक्राउ
२०८१-०२-३१

काठमाडौं,  झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने भारत घर भएका ५१ वर्षीय हरियोम गुप्‍ता भन्ने हरिओम कुमार र उनकै छोराहरू २० वर्षीय ऋषि गुप्‍ता र १८ वर्षीय किशोर रहेका छन् ।  ऋषि गुप्‍ता समेतले आफ्ना बुबालाई बेपत्ता भएको बनाई भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाई वंशज नाताले नागरिकता लिनको लागि झुट्टा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्का सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरी पेश गरेका थिए ।  उनीहरू उपर नागरिकता ऐन अन्तर्गतको कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

हत्या गरेको अभियोगमा चार जना पक्राउ
२०८१-०२-३१

बैतडी, आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पाटन नगरपालिका-४ चिलेपानी बस्ने ६५ वर्षीय प्रताप ऐरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रतापले घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएकी सुनालाई बुधबार उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचार पश्‍चात डिस्चार्ज भई अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित होटलमा बसेकोमा अचानक बेहोश भई पुन: सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको संयुक्त टोलीले प्रतापलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-४ मजवा फुलेखाली चोक बस्ने २४ वर्षीय गोरखलाल खड्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पवन केसी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले सामान्य विवादका क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका खड्काको भारतस्थित क्रिसेन्ट हस्पिटल लखनउमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गोठीखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई चक्कुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो धातु देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०२-३१

कास्की, सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् । उनीहरूले पोखरा महानगरपालिका-८ सृजनाचोकमा प्लाष्टिक पसल संचालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई सुनजस्तो धातु देखाई प्रलोभनमा पारी उक्त रकम लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र धातुसहित सोही महानगरपालिका-१७ बरको बोटबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-३०

काठमाडौं, वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई-भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराईदिन्छु भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

विभिन्न देशहरूमा पठाई दिन्छु भन्दै करिब १५ करोड रूपैयाँ ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-२९

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३ सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका-८ घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन विक र कास्की पोखरा महानगरपालिका-८ घर भई चितवन भरतपुर महानगरपालिका-८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् । फेसबुक, म्यासेन्जर, ह्‍वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया,  न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने भनि आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाई राज कुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क बिहिन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लाईट स्टोन देखाई ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-२९

भक्तपुर, लाईट स्टोन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोट शिवपुरि गाउँपालिका-३ घर भई काठमाडौं सितापाईला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका-५ घर भई भक्तपुर दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।अमर बहादुरले आफूसँग लाईट स्टोन छ भन्दै लगानी गर्नु फाईदा हुन्छ भनि पीडितलाई प्रलोभन देखाई जेठ २१ गते भक्तपुर सूर्यविनायक नगरपालिका-४ तर्खाल चौर नजिकै बोलाएर १० लाख ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर बालकोटबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको छ । 

चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०२-२९

कास्की, एक करोड भन्दा बढि मुल्यका सामानहरू चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२२ घर भई सोही महानगरपालिका-१३ मियापाटन बस्ने २१ वर्षीय नविन नेपाली र सोही महानगरपालिका-४ गैह्रापाटन बस्ने गोरखा घर भएका २९ वर्षीय सुवास थापा मगर रहेका छन् । पोखरा महानगरपालिका-१७ घारिपाटन बस्ने लक्ष्मी कान्त शर्मा र शर्माकै घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको कोठाबाट विभिन्न सुनका गरगहना ४२ तोला, मोवाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद ३ लाख ८० हजार रूपैयाँ जेठ ११ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जना अभियुक्त पेशेवर चोर रहेको र यसअघि समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको खुल्न आएको छ ।प्रहरीले उनीहरूको साथबाट २४ तोला ८४ लाल बराबरको सुनका विभिन्न गरगहना, मोबाइल २२ थान, क्यामरा ९ थान, ल्यापटप १५ थान, टिभी २ थान, भाँडावर्तन ४६ थान, कफी मेसिन २ थान, नगद ११ हजार ५ सय ६८ रूपैयाँ, घडी ११ थान, ड्रोन क्यामरा २ थान, रेडियो सेट वाकीटकी २ थान, चार्जर २ थान, चोरीमा प्रयोग भएको फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान र फलामको कुटो १ थान बरामद गरेको छ ।उनीहरूलाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
२०८१-०२-२९

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपुरधारा बस्ने रसुवा आमाछोदिङमो गाउँपालिका-३ गतलाङ घर भएका १९ वर्षीय सागर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं गोंगबुबाट ग.२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।  

भन्सार छलि गरी लैजान लागेको पंहेलो रंगको धातु समेतका सामानसहित दुई जना पक्राउ
२०८१-०२-२९

काठमाडौं, अवैध रूपमा भन्सार छली गरी संलकन गरी लैजान लागेको अन्दाजी २५ ग्रामको सुनजस्तो देखिने पहेंले धातुको सिक्री १ थान, आईफोन १३ प्रो म्याक्स १ थान, रेडमि मोवाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फालेजुङ गाउँपालिका-३ स्थायी वतन भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका-५ स्थायी वतन भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका छन् । हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई भविमानले संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ
२०८१-०२-२८

कास्की, नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराईदिन्छु भनि झुठ्ठा आश्‍वासन दिलाई पटक पटक गरी उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका-५ जिरोबाट पक्राउ गरेको हो । उनलाई ठगी, आपराधिक विश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनमुति लिई प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-२८

झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कन्काई नगरपालिका-५ घर भएका ४० वर्षीय बिष्णु कुमार (पाचकोटी) दर्जीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०८० चैत १४ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद, १६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ६४ हजार रूपैयाँ क्षतिपूर्ती जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

बचत रकम हिनामिना गर्ने सहकारीका तीन जना संचालक पक्राउ
२०८१-०२-२७

काठमाडौं, स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ ५९ पैसा अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका-१४ कुलेश्‍वर बस्ने ६६ वर्षीय बाशु देव मान जोशी, संस्थाका सचिव सोही महानगरपालिका-२५ केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र संस्थाका सदस्य सोही महानगरपालिका-२६ नरदेवी बस्ने ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् । उक्त बचत रकम अपचलन तथा हिनामिना गरेको सम्बन्धमा काठमाडौं महानगरपालिका सहकारी विभागको पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।  

ठगी गरेको अभियोगमा पक्राउ
२०८१-०२-२७

काठमाडौं, थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका-४ घर भएका ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनि निजको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको हो ।उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

सहकारी ठगी सम्बन्धी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८१-०२-२७

कास्की, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी कसूरमा संलग्न रही फरार रहेको अभियोगमस २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त संस्थाका पूर्व अध्यक्ष कास्की पोखरा महानगरपालिका-२१ कृस्ती बस्ने ३० वर्षीय भरत भट्टराई र संस्थाका गैह्र सदस्य २८ वर्षीय सुवास अधिकारी रहेका छन् ।  वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनीहरूलाई तनहुँ शुक्लागण्डकी नगरपालिका-१ कोत्रेबाट पक्राउ गरेको हो । उनीहरूलाई सहकारी ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।

सुन जस्तो देखिने पहेंलो धातुसहित चार जना पक्राउ
२०८१-०२-२७

काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पंहेलो धातुको काँचो डल्लोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३१ वर्षीय सरोज कोईराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम रहेका छन् । कतार एयर उडानद्वारा नेपाल आएका कोईरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थानसहित २ जनालाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्‍गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिंया रहेका छन् । कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ । 

स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ
२०८१-०२-२४

भक्तपुर, सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्‍व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०२-२४

सुनसरी, धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ज्यान सम्बन्धी कसूरका फरार व्यक्ति पक्राउ
२०८१-०२-२३

काठमाडौं, ज्यान सम्बन्धी कसूरका फरार काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने दोलखा भिमेश्‍वर नगरपालिका-१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । दोलखा भिमेश्‍वर नगरपालिका-१ सुष्पाक्षमावती बस्ने ७७ वर्षीय झिलक बहादुर विश्‍वकर्मा आइतबार बिहान सोही ठाउँस्थित आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका घिमिरे काठमाडौं महानगरपालिका-५ स्थित लुकिछिपी बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
२०८१-०२-२३

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१५ बाईपासस्थित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले स्रोत नखुलेको रकम ५ लाख ९० हजार रूपैयाँसहित भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल-२० कुम्हरियाटोल बस्ने २९ वर्षीय बबलु राज रौनियारलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको  छ । महोत्तरी, सम्सी गाउँपालिका-१ स्थित प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले स्रोत नखुलेको २ लाख २१ हजार भारतीय रूपैयाँसहित सम्सीबाट गौशलातर्फ जाँदै गरेको प्र.२-०२-००२ प २९८३ नम्बरको मोटरसाइकलमा सवार गौशाला नगरपालिका-११ बस्ने ४१ वर्षीय रमेश कुमार यादव र सोनमा गाउँपालिका-२ बस्ने ४१ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।   पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाडौं आलोकनगरबाट, राजुलाई काठमाडौं नागपोखरीबाट र युवराजलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ
२०८१-०२-२२

कास्की, पोखरा महानगरपालिका-१४ सितलटोलस्थित पार्किङमा रोकी राखेको ग.१५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङले नक्कली चावी प्रयोग गरी मोटरसाइकल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले मोटरसाइकल डोर्‍याउँदै लगि रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ
२०८१-०२-२२

कास्की, पोखरा महानगरपालिका-३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा सोही विद्यालयका शिक्षक रूपा गाउँपालिका-६ खोलाको छेउ बस्ने ३२ वर्षीय सुदिप अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी लठ्ठीले प्रहार गरी घाइते बनाएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । उक्त कसूरमा १ वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

साउदी रियाल देखाई ठगी गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०२-२१

काठमाडौं, साउदी रियाल देखाई १४ लाख २१ हजार ५ सय रूपैयाँ ठगी गरी फरार रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१२ जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ,  ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ रहेका छन् ।  रामेछाप घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ हरियालीनगर बस्ने ५८ वर्षीया महिला समेतका मानिसहरूलाई साउदी रियाल देखाई फाईदा हुने प्रलोभनमा पारी सुनका विभिन्न गरगहना तथा नगद समेत गरी जम्मा १४ लाख २१ हजार ५ सय रूपैयाँ बराबरको धनमाल ठगी गरी फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र वौद्धको संयुक्त प्रहरी टोलीले काठमाडौं गोकर्णेश्‍वर नारायणटारबाट पक्राउ गरेको हो ।  उनीहरूबाट साउदी अरेबियाको रियाल १ सय दरको २ थान, नेपाली रूपैयाँ १० दरको १ सय थान, प्रदेश १-०५-००१ प ८०३७ नम्बरको मोटरसाइकल १ थान, बा.४६ प ९७७५ नम्बरको स्कुटर १ थान र मोबाईल ३ थान बरामद भएको छ ।   उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको छ ।

अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ
२०८१-०२-२१

काठमाडौं,अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा दाङ घोरही उपमहानगरपालिका-९ घर भई काठमाडौं मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितलाई आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग जस्ता प्रयोजनमा चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा १६ लाख ६२ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ
२०८१-०२-२०

काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्‍वकर्मा र २९ वर्षीय खेमराज विश्‍वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रूपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रूपैयाँसहित धादिङ धुनीवेशी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेकको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०२-१८

तनहुँ, अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।  उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८१-०२-१७

काठमाडौं, झापा बिर्तामोड नगरपालिका- ४ शिवनगर टोल बस्ने ६७ वर्षीया बिष्णुमाया विष्टको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका- ४ शिवनगर टोल बस्ने २२ वर्षीय गंगा प्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया बर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र झापा अर्जुनधारा नगरपालिका-६ बस्ने ४३ वर्षीय धन बहादुर कामी रहेका छन् । बिष्णुमायाको गत वैशाख २६ गते बिहान आफ्नै घरमा हतियार प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, जिल्ला प्रहरी कार्यालय झापा, कोशी प्रदेश अनुसन्धान समुह समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमध्ये गंगा प्रसाद, महेश, बर्षा र भगरथलाई बुधबार र धन बहादुरलाई बिहीबार पक्राउ परेका हुन् । उनीहरूले सुनको गहना तथा नगद लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट सुनको बाला १ थान, बेरूवा औंठी १ थान, जन्तर १ थान, सिक्री १ थान, टप १ जोर र चाँदीको कलश १ थान बरामद भएको छ । उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । 

डाँका चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८१-०२-१७

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं गोकणेश्‍वर नगरपालिका-३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाईनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१२ कपन मुस्कान चोक नजिक रहेको सोहील बाह्रबिसे सुनचाँदी पसलका सञ्चालकलाई उनकै डेरा कोठाबाट आइतबार राति भाग्यराम समेतका व्यक्तिहरूले हामी सादा पोसाकका प्रहरी हो तपाईंको पसल अनुसन्धान गर्न आएका हौं भनि कुटपिट गरी पसलमा रहेका सुनका विभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाइल लुटपाट गरी फरार भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भाग्यरामलाई काठमाडौं गोकणेश्‍वरबाट चोरी गरी लगेको केही सुनका गरगहनासहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको छ । डाँका तथा चोरीमा संलग्न अन्य ३ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

आपराधिक लाभ लिन संलग्न व्यक्ति पक्राउ
२०८१-०२-१७

काठमाडौं, आपराधिक लाभ लिन संलग्न रहेको अभियोगमा म्याग्दी, म्याग्दी नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३६ नयाँ बसपार्क बस्ने ३० वर्षीय सन्तोष किसानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्‍वरबाट पक्राउ गरेको हो । सन्तोषले सामाजिक संजाल मार्फत चिनजान भएका महिलाहरूलाई प्रलोभन पारेर शारीरिक सम्बन्ध राख्ने, गोप्यरूपमा फोटो तथा भिडियो खिचेर आफन्तहरूलाई पठाईदिन्छु भन्दै रकम माग गर्ने तथा पुनःशारीरिक सम्बन्ध स्थापित गर्नको लागि वाध्य पारी आपराधिक लाभ लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८१-०२-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दोलखा तामाकोशी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४१ वर्षीय ईश्‍वर प्रसाद काफ्ले र रौतहट फतुवाविजयपुर नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् । उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्‍वर प्रसादलाई ३२ लाख २० हजार रूपैयाँ विगो वापतको रकम, १८ दिन कैद र १ लाख २८ हजार ८ सय रूपैयाँ जरिवाना तथा राजेन्द्र क्षेत्रीलाई ३७ लाख रूपैयाँ विगो वापतको रकम, १७ दिन कैद र १ लाख ५८ हजार २ सय ८० रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८१-०२-१७

बाँके, कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ फुलपुरवा बस्ने ४० वर्षीया महिलका तेली, ५० वर्षीय नन्कु लोनिया र ५० वर्षीय रतिराम कोरी रहेका छन् । जानकी गाउँपालिका-२ फुलपुरवामा सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेमलाल कुर्मी गत वैशाख २७ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

अवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ
२०८१-०२-१७

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित लेबनानका नागरिक ४९ वर्षीय RABIH ABI CHAKER लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर ईण्डियाको उडानद्वारा दिल्ली हुँदै दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागबाट ४ लाख ८० हजार नेपाली रूपैयाँ, १७ हजार ५ सय २० अमेरिकी डलर, २ हजार ८० युएई दिराम र २६ लाख १० हजार लिबान लिभरे फेला पारी पक्राउ गरेको हो । उनलाई उक्त मुद्राहरूसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । 

नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित चार जना पक्राउ
२०८१-०२-१६

बारा, नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-६ बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका-१ बस्ने १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा-७ बस्ने ४० वर्षीय महमद आलम रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले मोहन कुमार साहलाई सिम्रौनगढ नगरपालिका-९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित १ हजार दरको ७ सय ७ थान र सिम्रौनगढ नगरपालिका-९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेका महमद आलमलाई १ हजार दरको ६ सय ९ थानसहित पक्राउ गरेको हो । साथै राजन र आकाशलाई उक्त कार्यमा संलग्न रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ८ हजार यूरोसहित एक जना पक्राउ
२०८१-०२-१६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा ८ हजार यूरोसहित वंगलादेशी नागरिक २३ वर्षीय  SYED SHORIFUL HASAN लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बिमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट ढाका जान लागेका उनको व्यागलाई स्क्रिनिङ गर्ने क्रममा व्यागभित्र रहेको १ सय दरको ३० थान र ५० दरको १ सय थान यूरो फेला पारी उनलाई प्रकाउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बुधबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०२-१६

मोरङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  चितवन, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-३ बस्ने २१ वर्षीय बिबश सापकोटालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१ स्थित  स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई बिबशले कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
२०८१-०२-१४

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न नुवाकोट शिवपुरी गाउँपालिका-२ छाप घर भई काठमाडौं बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौं कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।धर्मेन्द्र राईले टोखा नगरपालिका-१० महादेवटारबाट बागमती प्रदेश-०२-०३२ प ९५७१ नम्बरको मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएपश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी लु.७८ प ६७५८  नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी रविन्द्रलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल रविन्द्रले कृष्णबाट लिएको भन्ने खुल्न आएपछि काठमाडौं कपनबाट कृष्णलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
२०८१-०२-१४

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् । काठमाडौं महानगरपालिका-७ स्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ । उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाई दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारिरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाईन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-१४

काठमाडौं, अनलाईन मार्फत रकम ठगी गरी Binance App मार्फत लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाडौं कोटेश्वर बस्ने १९ बर्षीय विज्ञान घर्तीमगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो । उनले सामाजिक संजाल फेसबुक, टेलिग्राम लगायतका एपहरूको माध्यमबाट साथी बनाई अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा २ लाख १६ हजार रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको खुल्न आएको छ । साथै उनले Binance App मार्फत हाल सम्म १ करोड ५१ लाख ७५ हजार ७४ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

डलर साट्ने प्रलोभन देखाई ठगी गर्ने तीन जना ठगी गरेको रकमसहित पक्राउ
२०८१-०२-१४

सिन्धुली, डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत ३ जनालाई ठगी गरेको रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय पुरूषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रूपैयाँ ठगी गरी २० रूपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरु दिई फरार भएको भन्ने सूचानाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकम १८ लाख रूपैयाँ, नेपाली रूपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ
२०८१-०२-१३

काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०२-१२

भोजपुर, टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६३ वर्षीय राज कुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणी प्रसाद राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणी प्रसादले बन्दुक प्रहार गर्दा राज कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । पर्सा, सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोल बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुवाष हजरा दुसादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भैंसी चराउने क्रममा वादविवाद हुँदा सुवाषले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ
२०८१-०२-१२

मोरङ, नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

ठगी, आपराधिक विश्‍वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ
२०८१-०२-१२

काठमाडौं, ठगी, आपराधिक विश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दका फरार प्रतिवादी नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३६ वर्षीय मनिश कार्की भनेर चिनिने मनिलाल बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मनिलाल बिक भएको उक्त मुद्दामा जिल्ला अदालत कास्कीबाट २०८१ वैशाख २ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ
२०८१-०२-०९

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरब नेपाली पक्राउ परेका छन् । NCB Bucharest, Romania को समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । गौरब भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३  अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ । 

चोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ
२०८१-०२-०९

झापा, चोरीका मोटरसाइकलसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्नेहरू १९ वर्षीय प्रियङक कडेल, १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षीय नबिन बस्नेत तथा १९ वर्षीय दिपक भुजेल र सोही नगरपालिका-३ बस्ने १९ वर्षीय सम्रिक चुडाल रहेका छन् । पाँचथर जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा मोटरसाइकलहरू चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको प्रदेश ३-०२-००९ प ५२२१ नम्बर र मे.९ प ६४६१ नम्बरका २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ । 

अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ
२०८१-०२-०९

काठमाडौं, भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको ७५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री ३ थानसहित सर्लाही कौडेना गाउँपालिका-७ ठेगाना भएका २२ वर्षीय मोहमद नईमुदीनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छलि गर्न लगाई उक्त धातु संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।   पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको  हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-०२-०९

काठमाडौं, अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत विभिन्न आईडिहरूबाट सामान अडर्र गरी ग्राहकहरूसँग बार्गेनिङ गर्दै सामान देखाई रकम लिएर आउछु भनि ल्यापटप, मोबाइल क्यामेरा समेतका सामानहरूको जम्मा ७ लाख ९९ हजार रूपैयाँ मूल्य बराबरको सामानहरू लिई फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ
२०८१-०२-०९

कास्की, पोखरा महानगरपालिका-३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको अभियोगमा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-५ रिवान बस्ने ३६ वर्षीय प्रकाश बिक, पोखरा महानगरपालिका-२७ लेखनाथ बस्नेहरू ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समिन बिक, २७ वर्षीय संजिप सुनार, ५२ वर्षीय यम बहादुर चौरेली तथा ४९ वर्षीया कृष्ण कुमारी चौरेली, झापा भद्रपुर नगरपालिका-३ बस्ने ४० वर्षीय राजिव प्रसाई, रूपन्देही घर बताउने ४७ वर्षीया कमला चन्द र नवलपरासी घर बताउने ४२ वर्षीया बिष्णु बोहरा रहेका छन् । सहकारी संस्थामा तोडफोड भएको भन्ने सूचना प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले सहकारीका कर्मचारीमाथि हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-०८

रौतहट, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मिश्र समेतले गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार जैसवाललाई २०७८ पुस २० गते साँझ फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरी शवलाई जुटको बोरामा हाली नन्दवारा पुल मुनि फालेको घटनामा संलग्न मिश्रलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहटमा पठाइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि गौर कारागारमा पठाइएको  छ । 

जघन्य प्रकृतिका अपराधहरूमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८१-०२-०८

पर्सा, विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही फरार रहेका प्रतिवादी प्रसौनी गाउँपालिका-७ महुवन बलुवा बस्ने ७२ वर्षीय प्रेम गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ वर्षीय मोहन प्रसाद मैनालीलाई २०६५ असोज २२ गते गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा संलग्न रही गिरी फरार रहेका थिए । यस्तै २०५७ भदौ १२ गते साविक विन्दवासिनी गाविस-४ बस्ने ३० वर्षीय देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादवको मृत्यु भएको खुन डाँका मुद्दा, जिल्ला प्रशासन कार्यालय पर्सा र पूनरावेदन अदालत हेटौंडाको विभिन्न मितिको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दा एवम् जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा समेत संलग्न गिरि फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरूमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रहेको समेत खुल्न आएको छ । उनी उपर जिल्ला अदालत पर्साबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिने सात जना पक्राउ
२०८१-०२-०८

कास्की, सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-४ बस्ने ३८ वर्षीय यम बहादुर बिक, सोही महानगरपालिका-९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी तथा २० वर्षीय लक्ष्मण सिंह, सोही महानगरपालिका-७ बस्ने २२ वर्षीय बिकाश श्रेष्ठ र सोही महानगरपालिका-२६ बस्ने २८ वर्षीय साजन परियार रहेका छन् । पोखरा महानगरपालिका-९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्‍य पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषधजन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरूलाई दु:ख हैरानी दिईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

कुटपिट अङ्गभङ्ग सम्बन्धी कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८१-०२-०७

काठमाडौं, कुटपिट अङ्गभङ्ग सम्बन्धी कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भई ललितपुर इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ भक्तपुर सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन् ।   उनीहरूले काठमाडौं कोटेश्‍वरस्थित केएलसी क्लव अगाडि २०८० फागुन १७ गते एक जना पुरूषलाई अङ्गभङ्ग हुने गरी कुटपिट गरी घटना पश्चात फरार रहेकोमा ललितपुरका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको छ ।

अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्न संलग्न चार जना पक्राउ
२०८१-०२-०७

काठमाडौं, अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-४ घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका-५ घर भएका २१ वर्षीय करण तामाङ गोले रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ, मोटरसाइकल २ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, एटिएम कार्ड १५ थान, बैंकको चेकबुक १२ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ । उनीहरूले सामाजिक सञ्जालका माध्यमबाट सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि विभिन्न प्रलोभन देखाउनुको साथै अनधिकृत रूपमा ईसेवा आईडीमा समेत पहुँच पुर्‍याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा १६ लाख ५९ हजार रूपैयाँ रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी खुल्न आएको छ । सञ्जय र करणले हालसम्म Binance App मार्फत १० करोड ९५ लाख ४२ हजार ५ सय २७ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्‍वर साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।   पक्राउमध्ये धनेश्‍वरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट २० लाख रूपैयाँ, सिकेन्दरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ र भविन्द्रनाथले मौरिसस पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७२ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले धनेश्‍वरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौं नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-०७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ३७ वर्षीया सिता बोम्जन तामाङ र नुवाकोट ककनी गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३४ वर्षीय विराज तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सिता बोम्जनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ गणेश चोकबाट र विराजलाई काठमाडौं धुम्बाराहीबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउमध्ये सिता संलग्न भएको  बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत भक्तपुरबाट २०८१ वैशाख ७ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी थिइन् भने विराज संलग्न भएको बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी भई फरार रहेका थिए ।   सितालाई जिल्ला प्रहरी परिसर भक्तपुर र विराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाइएको छ । 

प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ
२०८१-०२-०६

काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका-१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्दै आएका भक्तपुर चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी, स्याङ्जा आधीखोला घर भएकी २१ वर्षीया बिपना/बसन्ती भन्ने बसुन्धारा कार्की तथा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती घर भएका २१ वर्षीय बुद्द लामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेका छन् ।  प्रहरी जवान घिमिरेको काठमाडौं तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा शव फेला परेपश्चात प्राविधिक विश्‍लेषण तथा अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो । ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका-११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पुर्‍याईदिने बहानामा घटनास्थलमा लगी अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । लुटपाट तथा महिलासँगको विवाद लगायतका कारण हत्या भएको हुन सक्नेतर्फ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिहरू पक्राउ
२०८१-०२-०४

काठमाडौं, कीर्तिपुर नगरपालिका-१० नयाँबजारस्थित दुई समुह बिच झडप हुँदा धारिलो हतियार खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछाम घर भएका २७ वर्षीय मोहन खड्‌का, २१ वर्षीय धुर्व बहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी, बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी, बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलाली घर भएका २० वर्षीय तेज थापा तथा २२ वर्षीय तपेन्द्र खाती रहेका छन् । कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्‌कासँगको पुरानो रिसिवी साध्ने क्रममा बुधबार बेलुकी दुई समुह बिच झडप हुँदा काठमाडौं कीर्तिपुर नगरपालिका-१० चिड्डुबिहार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई तपेन्द्रराज खाती समेतको समुहले खुकुरी प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ थान खुकुरीसहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ । 

ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी पक्राउ
२०८१-०२-०४

काठमाडौं, ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय सन्तोष गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ गैरीचोक बस्ने ३७ वर्षीय पुरूषलाई लक्षित गरी २०८० फागुन १२ गते राति गोली प्रहार गरेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार व्यक्तिहरू युएईबाट पक्राउ
२०८१-०२-०४

काठमाडौं, ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बल बहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।यसैगरी विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि साइबर ब्यूरोबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ
२०८१-०२-०४

पर्सा, आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल पर्सा वीरगंजमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०२-०४

धनुषा, धनुषाधाम नगरपालिका-९ क्वाटर टोल बस्ने लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय प्रेम बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।ललिताले आफ्नै फुपुको बारीमा फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेम बहादुरले बैशाख २७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सर्लाही ईश्वरपुर नगरपालिका-१२ घर भएका ४१ वर्षीय अजय कुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख रूपैयाँ जरिवाना, ३ दिन कैद र २८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ गैह्रीगाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०२-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क नगरपालिका-७ घर भई काठमाडौं डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे र गोरखा शहिद लखन गाउँपालिका-९ घर भई काठमाडौं सामाखुशी बस्ने ३३ वर्षीय रामेश्वर काप्री रहेका छन् ।   पक्राउमध्ये दिलिपले पोल्याण्ड पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ र रामेश्वरले कतार पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिलिपलाई काठमाडौं नयाँ बानेश्वर र रामेश्वरलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०२-०३

 झापा, सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-५ क्षेत्री वाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका हाट बजारको क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरूलाई सुन जस्तो देखिने पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरूले लगाएका सुनका गरगहनाहरूसँग सट्टापटा गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीले शर्मालाई दमक नगरपालिका-६ पशुहाटबाट ५६ ग्राम ३ सय १० मिलिग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८१-०२-०२

ललितपुर, ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिकअप गाडीहरू श्रृखलावद्ध रूपमा चोरी भएको घटना संलग्न रहेको अभियोगमा रामेछाप दोरम्वा गाउँपालिका-५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीहरू चोरी भएको घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरको गाडीहरूको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो । साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका-१० दोलालघाटबाट पक्राउ गरेको हो । उनलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

सहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ
२०८१-०२-०२

कास्की, पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, पोखरा चाउथे बस्ने संस्थाका अध्यक्ष ४३ वर्षीय शंकर कार्की, पोखरा रानीपौवा बस्ने सहकारी व्यवस्थापक ३६ वर्षीया निरू थापा केसी, पोखरा अर्चले बस्ने कर्मचारी प्रमुख ३७ वर्षीय सुरेन्द्र मणी पौडेल, पोखरा आर्वा घर भएका कानुनी सल्लाहकार ५३ वर्षीय ईन्द्र प्रसाद बराल, पोखरा शिशुवा बस्ने पूर्व कोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, पोखरा शिशुवा बस्ने कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र पोखरा नयाँबजार बस्ने शेयर सदस्य एवम् सल्लाहकार ६९ वर्षीय मान बहादुर गुरूङ रहेका छन् । उक्त सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरू समेतले कुल बिगो १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रूपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना गरेको भन्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्ट्रिप च्याट मार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
२०८१-०२-०१

काठमाडौं, स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा  सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाई टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत अश्‍लिल कुराकानी गर्न लगाउने र अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्‍लिल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारावाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ
२०८१-०२-०१

काठमाडौं, अनलाईन मार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ घर भई काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुक आईडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको लागि जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब रहेको भनी विश्वास दिलाई भिषा प्रोसेसिङको लागि भनी ४७ लाख ६८ हजार ७ सय १६ रूपैयाँ रकम ठगी गरेको खुल्न आएपछि गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वर हाईटबाट पक्राउ गरेको हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

डाँका चोरीमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०१

बाँके, डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी रहेका छन् ।  जानकी गाउँपालिका-४ जानकीनगरस्थित दुर्गा कुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनि अपरिचित ७/८ जना व्यक्तिहरूले गत चैत २६ गते राति ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाई घरमा रहेका ३ जनालाई बाँधेर सुनका गरगहना, मोबाइल, पसलमा रहेका सामान र नगद समेत लुटपाट गरी फरार भएका थिए । घटनापश्चात जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले विस्तृत अनुसन्धान पश्चात घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत बाँकेबाट ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । 

अमेरिका तथा क्यानडा लैजाने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०१-३१

काठमाडौं, अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ बस्ने ४८ वर्षीय जगत बहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ बस्ने ४८ वर्षीय जंग बहादुर विक (बराल) र ४६ वर्षीय बिष्णु बहादुर बराली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कञ्चनपुर गड्डाचौकी नजिकबाट पक्राउ गरेको हो । अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा यसअघि सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । टासी, ङिमबुटी र निमालाई एजेन्टको रूपमा राखि जगत बहादुर समेत ३ जना भारतको नयाँ दिल्लीमा बसेर संगठित रूपमा मानव तस्करी एवम् ठगी गरेको खुल्न आएको छ ।  उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको, केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राख्ने गरेको, पीडितहरू अमेरिका प्रवेश गरे पश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुन व्यवसायीहरू प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनि पहिले नै काउन्सेलिङ गरी विश्वास दिलाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । साथै उनीहरूमध्ये जगत बहादुरविरुद्ध वैदेशिक रोजगारी विभागबाट पक्राउ पुर्जी समेत जारी भएकोले उनलाई वैदेशिक रोजगार विभाग पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

वैदेशिक रोजगारमा टर्की पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-३१

काठमाडौं, वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहिन भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सट्टाबाजी गर्ने/गराउनेमा संलग्न एक जना पक्राउ
२०८१-०१-३१

काठमाडौं, विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने/ गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।ढुंगानाले विभिन्न ब्यक्तिहरूको नाममा रहेका मोबाइल नम्बरहरूबाट ११ वटा कनेक्ट आइपिएस एकाउन्ट, १५ वटा इसेवा वालेट एकाउन्ट लगायतका एकाउन्टहरूमा लिंक अप भएका ५६ वटा बैंक खाताबाट हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सट्टेबाजी गर्न/गराउन प्रयोग भएका ल्यापटप १ थान, मोबाइल ६ थान, वाइफाइ राउटर १ थान, सिमकार्ड ३८ थान, एटिएम कार्ड ५ थान, चेकबुक १६ थान, भारतीय आधारकार्ड १ थान,  भारतीय प्यान कार्ड १ थान लगायत अन्य कागजातहरू समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ । 

अवैध रूपमा ल्याएको सुन सहित पक्राउ
२०८१-०१-३०

काठमाडौं, अवैध रूपमा ल्याएको सुन समेतका सामानसहित सुनसरी रामधुनी नगरपालिका-७ घर भएका काठमाडौं कुमारीगाल नयाँ बस्ती बस्ने ३२ वर्षीय जीवन बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कतारबाट अवैध रूपमा सुन ल्याएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिहीबार सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने विजय कुमार लिम्बुलाई ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको गहना सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा जीवन बस्नेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत काठमाडौं गौशलाबाट प्रहरीले पक्राउ गरेको हो ।सुन जस्तो देखिने पहेंलो धातु ५० ग्राम, आईफोन ४ थान, नगद १ लाख ६० हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ । कतारबाट ५० ग्राम सुन ल्याईदिए वापत १६ हजार रूपैयाँ रकम दिने गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिई सम्बन्धित व्यक्तिसम्म पुर्‍याइदिए वापत ५ हजार रूपैयाँ दिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।      उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गौचरणमा पठाइएको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८१-०१-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर घर भई काठमाडौं आरूबारी बस्ने ३० वर्षीय निमा रिन्जिन, ललितपुर, ललितपुर महानगरपालिका-९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, ५६ वर्षीया कल्पना बज्राचार्य र रामेछाप मन्थली नगरपालिका-९ घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीया चन्द्र माया थापा कार्की रहेका छन् ।   पक्राउमध्ये निमाले बेलायत पठाईदिन्छु भन्दै १० जना पीडितहरूबाट ५६ लाख ५० हजार रूपैयाँ, प्रकाश र कल्पनाले  क्यानडा पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ र चन्द्रमायाले स्पेन पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा ५ जना पक्राउ
२०८१-०१-३०

काठमाडौं महानगरपालिका गौशाला डेरा गरी बस्ने सुनसरी, इटहरी उपमहानगरपालिका घर भएका २४ वर्षीय शम्भु धितालको कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने १८/१८ वर्षीय ४ जना किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरको छ । काठमाडौं महानगरपालिका-९ कुमारी मन्दिर नजिक शम्भु धिताललाई अपरिचित ३/४ जना ब्यक्तिहरुले हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-८ तिलगंगाबाट पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका शम्भुको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।दाङ, घोराही उपमहानगरपालिका-१० पहेलपार बस्ने ५० वर्षीया जुपली बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ चनाबारी बस्ने ४४ वर्षीया संगिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ चौघेरा बस्ने रोल्पा थवाङ गाउँपालिका-२ घर भएका ५७ वर्षीय टेक बहादुर घर्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुपली बुढाको घरको भान्छा कोठामा निज जुपली बुढा  र संगिता सुनारलाई टेक बहादुर घर्तीले टाउकोमा बन्चरो प्रहार गरी कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अमेरिका तथा क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०१-२८

काठमाडौं, वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा र सिन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई काठमाडौं जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले अमेरिका क्यानडा लगायतका देशमा फुड प्याकिङको काममा मासिक ४ लाख रूपैयाँ भन्दा बढि कमाई हुने लगायतका प्रलोभन देखाई भिषा निकाल्न तथा डकुमेन्ट एप्लाई गर्न, टिकट काट्न र डलर साट्न भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको जिम्मारमानस्थित घरमा ६ महिनासम्म र नैरोवीस्थित किन्नो भन्ने स्थानमा २/३ महिनासम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ । उनीहरू उपर मानव तस्करी गरी ठगी गरेका अपराधमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित दुई जना पक्राउ
२०८१-०१-२८

काठमाडौं महानगरपालिका-५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सियारी गाउँपालिका-७ बस्ने २८ वर्षीय समिर सुनार र २९ वर्षीय मिलन बिक रहेका छन् । उक्त स्थानमा मिलन समेतका व्यक्तिहरूले हुण्डी सम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बा.१३ च ४८५८ नम्बरको गाडीबाट उक्त नगद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

नक्कली नोटसहित मकवानपुर र मोरङबाट ६ जना पक्राउ
२०८१-०१-२८

मकवानपुर, कैलाश गाउँपालिका-९ कुवापानी बस्ने १८ वर्षीय किशोरलाई नेपाली एक हजार दरको १२ थान नक्कली नोटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले सोही ठाउँस्थित किराना पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका-१४ घर भई सोही उपमहानगरपलिका-४ हुप्राचौर डेरा गरी बस्ने ३४ वर्षीय सुनिल ढुंगानाको कोठाबाट नेपाली एक हजार दरको ४३ थान नक्कली नोट फेला पारी सुनिल, मकवानपुरगढी गाउँपालिका-४ बस्ने २१ वर्षीय सोमराज थोकर, २८ वर्षीय अजित अर्याल र १८ वर्षीय किशोरलाई समेत बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मोरङ, रंगेली नगरपालिका-९ दोहमनाबाट नेपाली पाँच सय दरको १८ थान नक्कली नोटसहित सुनवर्षी नगरपालिका-५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको  हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ
२०८१-०१-२८

नुवाकोट, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुप्चेश्वर गाउँपालिका-७ शिखरबेशी वाईवा टोल बस्ने ५३ वर्षीय मिन बहादुर तामाङ भन्ने मिम बहादुर तामाङलाई वारदात घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । तामाङ समेतले दुप्चेश्वर गाउँपालिका-७ बस्ने २७ वर्षीय पेम्वा तामाङलाई २०६१ कात्तिक २९ गते राति धारिलो हतियार खुकुरी, लाठ्ठी प्रहार गरी हत्या गरी फरार रहेको घटनामा संलग्नमध्ये तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत नुवाकोटबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगी सम्बन्धी मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८१-०१-२८

कास्की, ठगी सम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-३१ बस्ने २८ वर्षीय सुवास सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुवेदीले ‘म मुख्यमन्त्रीको पिए हुँ’ तुरून्तै पोखरा-काठमाडौं र काठमाडौं-नेपालगञ्जको टिकट बुक गरिदिनुहोस पैसा म क्युआर कोड मार्फत पठाईदिन्छु भनी सोही महानगरपालिका-६ लेकसाईडस्थित एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी टिकट काट्न लगाई पैसा नपठाई ठगी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-२७

दाङ, घोराही उपमहानगरपालिका-१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ओबिराम घर नजिकै रहेको घाइते अवस्थामा बुधबार राति फेला परी उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको उपचारको क्रममा भएको भएको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले होटीलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनीहरू बिच झै-झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२७

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर थाहा नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ३१ वर्षीय असिम नगरकोटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको  छ । नगरकोटीले वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै पीडितहरूबाट रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ
२०८१-०१-२७

काठमाडौं, भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औठी १ थानसहित प्युठान गौमुखी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४१ वर्षीय अम्बर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छलि गर्न लगाई उक्त धातु संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-२७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।   पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई  काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
२०८१-०१-२६

काठमाडौं, युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-२६

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा शंखरापुर नगरपालिका-१२ बस्ने विवेक भन्ने ४० वर्षीय बिनोद थापा मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव बस्ने रूपक बस्नेतको घरबाट गत चैत ३ गते मोवाइल, ल्यापटप लगायतको धनमाल तथा गोकर्णेश्वर नगरपालिका-५ बस्ने सृष्टी लामा समेतका घरबाट वैशाख २४ गते विभिन्न मोवाइल, ल्यापटप लगायतका धनमाल चोरी भएको घटनामा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ल्यापटप १ थान, मोवाइल १० थान, आइप्याड १ थान र ट्याव १ थान बरामद भएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रेष्टुरेन्ट संचालक पक्राउ
२०८१-०१-२६

कास्की, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो ।  उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-२६

काठमाडौं, कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु तथा अदालतमा मुद्दा मिलाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३७ वर्षीय कृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  भन्सार छलि मुद्दामा कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै पीडितसँग ७ लाख रूपैयाँ र जिल्ला अदालत ललितपुरमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाई दिन्छु भन्दै अर्का पीडितसँग २३ लाख रूपैयाँ ठगी गरी फरार रहेका कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं सोल्टीमोडबाट पक्राउ गरेको हो ।   उनी उपर जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-२५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेका छन् ।   पक्राउमध्ये सूर्य थापाले इजरायल पठाईदिन्छु भन्दै ५ जना पीडितहरूबाट १० लाख २० हजार रूपैयाँ ठगी गरेको र बिमलाले माल्टा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सूर्य थापालाई काठमाडौं अनामनगर र बिमलालाई  काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिने पाँच जना पक्राउ
२०८१-०१-२५

कास्की, सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका-६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मिन प्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, सोही महानगरपालिका-६ खहरेचोक बस्ने २५ वर्षीय शुसान्त क्षेत्री र सोही महानगरपालिका-६ हल्लनचोक बस्ने २५ वर्षीय अमित भण्डारी रहेका छन् । पोखरा महानगरपालिका-५ जिरो किमी, सोही महानगरपालिका-६ लेकसाईड, हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
२०८१-०१-२५

रूपन्देही, अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न कम्पनीका ल्यापटप १३ थान, विभिन्न कम्पनीका मोबाइल सेट ३९ थान लगायत अन्य विद्युतिय उपकरणहरूसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२४

काठमाडौं, इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२४

काठमाडौं, काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाडौं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

विभिन्न हातहतियार र जंगली जनावरको मासुसहित चार जना पक्राउ
२०८१-०१-२४

कपिलवस्तु, विभिन्न हातहतियार र जंगली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका-१ बुङची बस्ने असिम खाण,  सोही नगरपालिका-२ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका-११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेका छन् । असिम खाणको घरको बरान्डामा जंगली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको जनावरको मासुसहित पक्राउ गरेको हो । उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल  र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । साथै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुबै बन्दुकमा लाग्ने टोटा २० थान,  २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-२४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर साविक चित्लाङ गाबिस-३ सिरूपाटा ठेगाना भएका तत्काल नेपाली सेनाको श्री नं. ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत ४७ वर्षीय शंकर आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शंकर आले समेतका व्यक्तिहरूले मकवानपुर साविक चित्लाङ गाबिस-३ स्थित कच्ची सडकमा मकवानपुर साविक मार्खु गाबिस-४ बस्ने पूर्ण बहादुर बिष्टलाई व्यक्तिगत रिसिइवीका कारण २०६१ कात्तिक २९ गते बेलुकी कुटपिट गरेको र भोलिपल्ट मकवानपुरको मार्खु  र चित्लाङ भन्ने स्थानको दोसाधमा पर्ने काल्सिङ् खोलामा पूर्ण बहादुरको शव फेला परेको थियो । जिल्ला अदालत मकवानपुरको २०७२ वैशाख २३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा शंकरलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नवलपरासी  देवचुली नगरपालिका-३ प्रगतिनगरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने कास्की पोखरा महनानगरपालिका-२ घर भएका  ५६ वर्षीय  पदम बहादुर थापा मगर र काठमाडौं टोखा नगरपालिका-७ धापासी बस्ने सिन्धुपाल्चोक थुमपाखर गाउँपालिका-९ घर भएका ५४ वर्षीय महेश कुमार कार्की रहेका छन् । पक्राउ मध्ये पदम बहादुरलाई उच्च अदालत पाटन ललितपुरको २०७६ वैशाख १० गतेको फैसलाले १ महिना कैद र २० लाख रूपैयाँ जरिवाना तथा महेशलाई सोही अदालतको २०८० जेठ १२ गतेको फैसलाले ५ दिन कैद, बिगो रकम १५ लाख रूपैयाँ जरिवाना र क्षतिपुर्ति बापत पीडित राहत कोषमा ६० हजार रूपैयाँ जम्मा गराउने फैसला ठहर भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पदम बहादुरलाई काठमाडौं कलंकीबाट र महेशलाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-२३

कास्की, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका- १५ क्रान्तिटोल बस्ने स्याङ्जा चापाकोट नगरपालिका-७ घर भएका ३७ वर्षीय पुर्ण बहादुर गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०७९ कात्तिक २३ गतेको फैसलाले ११ वर्ष कैद सजाय, २५ हजार रूपैयाँ जरिवाना र २ हजार २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका-१५ क्रान्तिकारी टोल नजिकै २०७१ असार ६ गते ४२ वर्षीया महिलालाई पूर्ण बहादुर लगायत ४ जनाले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई सामुहिक जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

वैदेशिक अध्ययन र रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२१

काठमाडौं, वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २ सय १९ जनालाई ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नियोनि एजुकेशनल कन्सल्टेन्सीका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी बस्ने ३५ वर्षीय नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आवद्ध झापा गौरादह नगरपालिका-१ घर भई ललितपुर भैसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् । उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरूपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख रूपैयाँ सम्म उठाउने गरेको, बैंक खातामा २ सय भन्दा बढि व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटिएम कार्ड, कनेक्ट आइपिएस तथा चेकमार्फत रकम निकाली दुरूपयोग एवम् ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

नयाँदिल्ली पुर्‍याई वेश्यावृतिमा लगाएको अभियोगमा पक्राउ
२०८१-०१-२१

काठमाडौं, वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्‍याई वेश्यावृतिमा लगाएको अभियोगमा दाङ बबई गाउँपालिका-५ घर भएका ४५ वर्षीय पूर्ण बहादुर भण्डारीलाई बुधबार सोही गाउँबाट प्रहरीले पक्राउ गरेको छ । पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भई नेपाल फर्की मानब बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएपश्चात इलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा उनलाई पक्राउ गरिएको हो ।पीडित महिलालाई कुवेत जान लाग्ने सम्पूर्ण खर्च आफै लगानी गरिदिने प्रलोभन देखाई भारतबाट बिदेश जाने प्रक्रिया छिटो हुने भनि विश्वासमा पारी भारतको नयाँदिल्ली पुर्‍याइ एयरपोर्ट नजिकैको फल्याटमा बन्धक बनाई वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२१

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् । टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजाघर संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ । नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-२१

सिरहा, आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले घरायसी वादविवादको कारण मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । उदयपुर, कटारी नगरपालिका-६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका-७ कटहरे घर भएका ६५ वर्षीय बल बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा कटारी नगरपालिका-६ धप्पर बस्ने ३५ वर्षीय केसर बहादुर परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । केसर बहादुरले सोमबार साँझ दाउराले हान्दा गम्भीर घाइते भएका बल बहादुरको कटारी अस्पताल हुँदै ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौंमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-१९

काठमाडौं, आफ्नै श्रीमती ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङगा घर भएका सन्तोष परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा आई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।  डडेल्धुरा, आफ्नै श्रीमती ३८ वर्षीया डम्बरी देवी देउवाको हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका-२ मटेला बस्ने ४२ वर्षीय कर्ण बहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ । कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धक गर्न संलग्न दुई जना पक्राउ
२०८१-०१-१८

काठमाडौं, अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् । सप्तरी राजविराज नगरपालिका-१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै  सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरेको हो । पीडित कतारबाट फर्किदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाई अर्कै व्यक्तिलर सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर/त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८१-०१-१८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-४  घर भएका  जीवा गौतम भन्ने रमेश बयालकोटी, कालिकोट ठेगाना भएका २७ वर्षीय दर्शन नेपाली, काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने मन्जु राना मगर, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-११ बस्ने २३ वर्षीय सहदेव रिजाल, दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३२ वर्षीय रबिन तामाङ र ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-४ बस्ने ३८ वर्षीया तिर्थ माया कार्की रहेका छन् । पक्राउमध्ये रमेश बयालकोटी र दर्शन नेपालीले बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोएसिया समेतका देशहरूमा पठाईदिन्छु भन्दै ४ सय २२ जनाबाट ३ करोड भन्दा बढि रकम ठगी गरेको खुल्न आएको छ । आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी भिसा प्लस प्रालि नामक कन्सलटेन्सी दर्ता गरेको, सामाजिक सञ्जालहरूमा विदेश जानको लागि अवसर रहेको भनि विज्ञापन पोष्ट गरी कन्सलटेन्सीमा बोलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले महाराजगंजस्थित उक्त  कन्सलटेन्सी, जडिबुटिस्थित दर्शनको कोठा र ललितपुर एकान्तकुनास्थित रमेशको कोठाबाट ८४ राहदानी लगायत १ सय ८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको छ । यसैगरी पक्राउमध्ये मन्जु रानाले सर्भिया र चेक रिपब्लिकको पठाईदिन्छु भन्दै २१ जना पीडितहरूबाट १ करोड ६० लाख रूपैयाँ ठगी गरेको, सहदेवले क्यानडा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ ठगी गरेको, रबिनले अफ्रिका पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ ठगी गरेको र तिर्थ मायाले चेक रिपब्लिकको पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ४० हजार ठगी गरेको खुल्न आएको छ । पक्राउ परेकामध्ये रमेश बयालकोटी र दर्शन नेपालीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइने र अन्य व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगर रहेका छन् ।   पक्राउमध्ये उदिम बहादुरले युएसए पठाईदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रूपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई  काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
२०८१-०१-१७

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । 

हवाई टिकट मिलाई दिन्छु भनि ठगी गर्ने महिला पक्राउ
२०८१-०१-१७

काठमाडौं, सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-५ बस्ने २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त ठगी गर्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गरी बस्ने सुनितालाई गोकर्णेश्वर नमुना बस्तिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सुनिताले नक्कली हवाई टिकट बनाउने गरेको, बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ जनाको निवेदन रहेको तथा हालसम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएको समेत खुल्न आएको छ । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

पेस्तोल तथा लागूऔषधसहित एक जना पक्राउ
२०८१-०१-१७

पर्सा, वीरगंज महानगरपालिका-१६ भुटानदेवीबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम र गाँजा ८ सय ८० ग्रामसहित भारत विहार पूर्वी चम्पारण रक्सौल बस्ने ४५ वर्षीय बब्लु पासवान भन्ने गणेश कुमारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंज बजारतर्फ आउँदै गरेको बिआर ०५ एएल ६१३९ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा उक्त स्थानमा नरोकी भाग्न खोजेकोले नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली फायर गर्दा चालक पासवान घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा गणेश कुमारले २०७३ जेठ १३ गते बारा महागढीमाई नगरपालिका-१ पसाहा पुल नजिक वीरगंज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको, २०७९ असोज ३ गते काठमाडौं गोठाटारस्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको, भारतमा रही पर्सा लगायत तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागूऔषधको कारोवार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको, उद्योग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको समेत खुल्न आएको छ । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-१७

काठमाडौं, स्याङजा, वालिङ नगरपालिका-१३ बायाँटारी डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय आयुस चौधरीको हत्या गरेको अभियोगमा दाङ राप्ती गाउँपालिका-३ घर भइ वालिङ नगरपालिका-१३ बायाँटारी बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुमपोखरा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ईलाम, आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवासको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ दिपु डाँडा बस्ने २१ वर्षीय सन्देश दियालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्र मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका पाँच जना महिला प्रतिवादी १७ वर्षपछि पक्राउ
२०८१-०१-१५

प्युठान, कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् । सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमी कुमारी देवी सारू, दिलिसरा देवी सोमै र हिमी कुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न अभियुक्तमध्ये हिमी कुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको छ । उनीहरूलाई फैसला कार्यान्वयको लागि जिल्ला अदालत प्युठानमा पेश गरिएको छ ।

अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
२०८१-०१-१४

काठमाडौं, अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका-३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ वर्षीय अमोल विभुते र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोर रहेका छन् । अवैध सुनको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई  सुन जस्तो देखिने पहेलो धातु १७६८.२९ ग्राम  र नगद १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली समेतको कसूरमा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१४

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-५ घर भई काठमाडौं चावहिल बस्ने ५२ वर्षीय कुल बहादुर लिम्बु र झापा दमक नगरपालिका-५  घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौँडा बस्ने ३८ वर्षीय विजय भण्डारी रहेका छन् ।   पक्राउमध्ये कुलबहादुरले क्रोएसिया पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ५५ हजार रूपैयाँ ठगी गरेको र विजयले स्पेन पठाईदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले कुलबहादुरलाई काठमाडौं जोरपाटी र विवेकलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८१-०१-१३

काठमाडौं, वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।   पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-१३

सल्यान, कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समुहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ । 

चोरीका विभिन्न घटनाहरूमा संलग्न ६ जना पक्राउ
२०८१-०१-१०

झापा, झापाका विभिन्न मिति, समय र स्थानहरूमा जम्मा बिगो ३० लाख १६ हजार ६ सय ८७ रूपैयाँ बराबरको रकम चोरीका १३ वटा घटनाहरूमा संलग्न रहेको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान,२५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ बस्ने २८ वर्षीय अजय राना मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईटहरीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हुण्डी कारोबारीमा संलग्न दुई जना पक्राउ
२०८१-०१-१०

पर्सा, हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका-३ बस्ने ४३ वर्षीय अजय कुमार साह रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका-६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरमा अर्जुनलाई स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय रूपैयाँसहित फेला पारी उक्त कार्यमा संलग्न मनि ट्रान्सफरका संचालक अजय कुमार समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-०९

धनुषा, शहिदनगर नगरपालिका-७ नेमुवाटोल बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र सुदिपकै दाइ ६० वर्षीय उदित ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक १० गते सुदिपले रेखालाई रिस आवेगमा बन्चरो प्रहार गरी हत्या गरी आफ्नै घरमा खाल्डो खनी गाडेको र कात्तिक ३० गते राति उदित समेतलाई बोलाई शव निकालेर टुक्रा बनाई स्थानीय कट्टी नदी किनारको झाडीमा फालेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अनलाईन सट्टेवाजीमा संलग्न १५ जना पक्राउ
२०८१-०१-०९

बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेल समेत १५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेवाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेव पोर्टल मार्फत आइपिएल लगायत खेलहरूमा अनलाईन सट्टेवाजी गराएको खुल्न आएको छ ।   यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
२०८१-०१-०४

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका-७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् । नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाईदिने भनि ओम कुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट संचालकद्वारा ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात निज नाबालिकालाई काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लगि काममा लगाएको र उक्त स्पाकी संचालक पुजा लोवाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ओम कुमारीले निज नाबालिकालाई रातीको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको हो । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-०४

सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

वान एक्स बेटिङ कारोबारमा संलग्न तीन जना पक्राउ
२०८१-०१-०३

काठमाडौं, वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका-९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका-१० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् । विश्वमा संचालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एपलिकेसन वान एक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सर्लाहीको विभिन्न स्थानबाट पक्राउ गरेको   हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आइपिएस एकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंकअप गरी हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १ सय ४७ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ । उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल सेट ९ थान, सिमकार्ड २१ थान, ल्यापटप २ थान, सिपियू १ थान, नगद ६२ हजार रूपैयाँ, विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०१-०३

काठमाडौं,वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका-३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् । पक्राउमध्ये पवनले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाईदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कुटपिट गरी आफ्नै काकाको हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-०२

 नवलपरासी पश्चिम, आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको अभियोगमा सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सन्तरामले गत चैत २८ गते बादबिवाद भई कुटपिट गर्दा घाइते भएका तिलकधरीलाई स्थानिय मेडिकलमा उपचार गराई घरमै बसिरहेको अवस्थामा उनको आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले सन्तरामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुवेत पठाइदिने भनि श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
२०८०-१२-२९

काठमाडौं, कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाईदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा पुर्‍याएको खुल्न आएको छ । तत्पश्‍चात कुटपिट गरी कोठामा बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा पीडित नेपाल फर्किन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका घलेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

नाबालिकालाई वेश्यावृतिमा लगाउने महिला पक्राउ
२०८०-१२-२९

काठमाडौं, नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा तारकेश्‍वर नगरपालिका-११ हिलेटोलस्थित पश्‍चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्दार समेत गरेको छ ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८०-१२-२६

धनुषा, जनकपुर उपमहानगरपालिका-७ डेरा गरी बस्ने महोत्तरी एकडाडा गाउँपालिका-३ घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय अर्जुन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।जनकपुर उपमहानगरपालिका-७ विश्‍वकर्मा चोक नजिक कलबार कुट्टी जाने बाटोमा अपरिचत व्यक्तिले चक्कु प्रहार गर्दा महासेठ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले घाइतेलाई प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । चक्कु प्रहार गर्ने व्यक्तिको खोजी र अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ कलबारकुट्टीबाट साहलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुनको सिक्री लुटेर भाग्ने क्रममा दुई जना महिला पक्राउ
२०८०-१२-२५

कास्की, घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् । पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले पीडित महिलाले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८०-१२-२३

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २३ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २३ वर्षीय युवराज श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४९ प ७००६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय इनर सरदार र झापा मेची नगरपालिका-१२ बस्ने ३३ वर्षिय सुबास राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ७०१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-६ बस्ने ३८ वर्षिय बिकास गौतमलाई अवैध लागूऔषध  ब्राउनसुगर जस्तो देखिने  पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।      कास्की, अन्नपुर्ण गाउँपालिका-९ मौजाबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१८ रेशमखेती बस्ने ३९ वर्षीय हेमन्त भट्टराई र तनहुँ भिमाद नगरपालिका-३ माझकोट बस्ने २५ वर्षीय बिनोद थापा रहेका छन् । प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले ग.१४ प २४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  पाँचथर, फिदिम नगरपालिका-४ गढीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ३० मिलिग्राम र नगद ४० हजार ६ सय ५० रूपैयाँसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-४ वलफर टोल घर भएका २५ वर्षिय डेविट लिम्बु र सोही नगरपालिका-२ नयाँ बसपार्क बस्ने १९ वर्षीय कोमस लावती लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८०-१२-२०

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका-१० घर  भई काठमाडौं टोखा बस्ने ३२ वर्षीय जिवराज केसी र म्याग्दी गाउँपालिका-१ घर भई कास्की पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३८ वर्षीया नन्द देवी पुन रहेका छन् । पक्राउमध्ये केदारले युके पठाईदिन्छु भन्दै ३५ जना पीडितहरूबाट ६ करोड रूपैयाँ ठगी गरेको, जिवराजले फ्रान्स पठाईदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६५ हजार रूपैयाँ ठगी गरेको र नन्द देवीले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ६७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले केदारलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बाट, जिवराजलाई काठमाडौं नयाँ बसपार्कबाट र नन्द देवीलाई पोखरा लेकसाईडबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नावालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर संचालक पक्राउ
२०८०-१२-२०

काठमाडौं, नावालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका २३ वर्षीय नविन कुमार मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट एक जना बालिकाको समेत प्रहरीले उद्दार गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मकाउ पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
२०८०-१२-२०

काठमाडौं, मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१२-२०

काठमाडौं, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका-३ बस्ने २७ वर्षीय सरोज घलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । २०७३ चैत ११ गते प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका-३ रुमाले भन्ने स्थानमा बा. ८ च १५६१ नम्बरको स्कार्पियो जिप दुर्घटना भई दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको सवारी ज्यान मुद्दामा फरार रहेका जिपका चालक घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ । 

स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित दुई जना पक्राउ
२०८०-१२-१९

सर्लाही, मलंगवा नगरपालिका-९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका  छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका-९ स्थित सडकबाट नगद १० लाख रूपैयाँ तथा ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने २ थान भौचरसहित र थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही नगरपालिका-९ स्थित उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
२०८०-१२-१८

काठमाडौं, चन्द्रागिरी नगरपइलिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
२०८०-१२-१६

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१५ बस्ने ३५ वर्षीय रूपेश कुमार ठाकुर, सर्लाही वरहथवा नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३० वर्षीय कृष्ण बहादुर राई, बाजुरा हिमाली गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुर महानगरपालिका-१० चापागाउँ बस्ने ४६ वर्षीय जिवन तामाङ रहेका छन् । पक्राउमध्ये रूपेश कुमार र कृष्ण बहादुरले क्यानडा, पोल्याण्ड, माल्टा र क्रोएसिया पठाईदिन्छु भन्दै २२ जना पीडितहरूबाट ८० लाख रूपैयाँ ठगी गरेको, पर्वराजले जापान पठाईदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको र जिवनले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै १ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश कुमार र कृष्ण बहादुरलाई काठमाडौं स्वयम्भूबाट तथा पर्वराज र जिवनलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१२-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा जिरी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४१ वर्षीय शिव बहादुर खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रूपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३९ हजार ६ सय रूपैयाँ जम्मा गराउने फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ । 

राजश्वछलीका गाडी र मोटरसाइकल सहित तीन जना पक्राउ
२०८०-१२-१६

काठमाडौं, राजश्वछलीका गाडी र मोटरसाइकलसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।             गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी  भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको गाडी १ थान र मोटरसाइकल २ थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८०-१२-१५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् ।  पक्राउमध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जना पक्राउ
२०८०-१२-१५

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्‍वाङ पाल्मु लामा रहेका छन् । ईण्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा २७ हजार ४ सय २८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका १ सय १० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । 

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१२-१४

काठमाडौं,  ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष  कैद र २० हजार जरिवाना सजाय फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।  

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८०-१२-१४

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका-५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भई हाल काठमाडौं बुढनिलकण्ठ नगरपालिका-७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दी बेनी नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ जाल्पाचोक बस्ने ३९ वर्षीय राममाया गुरूङ रहेका छन् । पक्राउमध्ये सुवासले युकेमा वोर्किङ भिषामा पठाईदिन्छु भन्दै नक्कली अफर लेटर देखाई पीडितबाट १६ लाख ८० हजार रूपैयाँ ठगी गरेको र महेन्द्रले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गरेको र राममायाले माल्दिभ्स पठाईदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सुवासलाई काठमाडौं पालबारी, महेन्द्रलाई काठमाडौं जोरपाटी र राममायालाई काठमाडौं कालिमाटीबाट पक्राउ गरको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

भन्सार छलि ल्याएको सुन सहित दुई जना पक्राउ
२०८०-१२-१४

काठमाडौं, भन्सार छलि ल्याएको करिब १२८ ग्राम ७ मिलिग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको टुक्रा १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपालिका-६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् । रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट उक्त परिमाणको धातुसहित दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-१२-१४

रूपन्देही, सुद्धोधन गाउँपालिका-६ वेलहिया घर भई सियारी गाउँपालिका-७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति प्रहरीले पक्राउ गरेको छ । उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हतौडा प्रहार गर्दा बेहोस भई उपचारको लागि भिम अस्पताल भैरहवा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो । मृतकले गालीगलोज गर्ने गरेको र रिसको आबेगमा प्रभुनाथले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१२-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३६ वर्षीया आशा चौधरी लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरबाट २०७६ माघ ७ गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, ३ लाख रूपैयाँ बिगो बमोजिम जरीवाना र क्षतिपुर्ती बापत पिडीत राहत कोषमा १२ हजार रूपैयाँ जम्मा गराउने फैसला भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ । 

चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न ४ जना पक्राउ
२०८०-१२-१३

ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका-१३ जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-२  सेखुवा घर भई ललितपुर महानगरपालिका-२६ जैनखेल बस्ने डि पोपिना रेष्टुरेन्टका संचालक ३१ वर्षीय बिजय राई, खोटाङ साकेला गाउँपालिका-२ रतन्छा घर भई ललितपुर महानगरपालिका-१५  खुमलटार बस्ने डि पोपिनाका संचालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका-२  अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका- २६ जैनखेल बस्ने ३८ वर्षीय बिशाल हाङ मुकारूङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई रहेका छन् । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ८ जनालाई समेत नियन्त्रणमा लिएको छ । ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा  रेष्टुरेन्टका संचालक बिजय राई समेतले  रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो । प्रहरीले हाल फरार घटनाको मुख्य प्रतिवादीहरूलाई भगाउने १ जना व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ
२०८०-१२-१३

काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको ब्रासलेट १ थानसहित सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरूषोत्म शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।  

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८०-१२-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा सहिद लखन गाउँपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-९ बस्ने २८ वर्षीय समिर राज वाग्ले र रूकुम चौरजहारी नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय खड्क बहादुर भण्डारी रहेका छन् । पक्राउमध्ये समिरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै पीडितबाट १ लाख ५० हजार रूपैयाँ ठगी गरेको र खड्क बहादुरले रोमानिया पठाईदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं मनमैजु र खड्क बहादुरलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

गैर कानुनी तवरले बसिरहेका पाँच जना बंगलादेशी नागरिक नियन्त्रणमा
२०८०-१२-१३

काठमाडौं, भिसा अवधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बंगलादेशी नागरिकहरू २६ वर्षीय एमडि रिफत अहमद, २३ वर्षीय एमडि अबदुल्ला, ४५ वर्षीय एमडि समसुयल होडा, ३० वर्षीय अबदुल विश्‍वास र ३६ वर्षीय एमडि मासुम मियालाई नियन्त्रणमा लिएको हो । बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढंगले काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त कार्यलायबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा पठाइएको छ । 

प्रलोभनमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०८

काठमाडौं, पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा नवलपरासी कावासेती नगरपालिका-८ ठेगाना भई कास्की पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१७ दुधपाटीबाट पक्राउ गरेको हो । क्षेत्रीले आफू अविवाहित रहेको भनी पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरेको, मृगौलाको उपचार गर्ने डाक्टर चिनेको भन्दै बुटवल लगि आफ्नै साथीलाई देखाई झुक्यानमा पारेको, उपचारको लागि ७० लाख भन्दा बढि पैसा जम्मा गरेको भनी झुठो कुरा बताई उपचारको लागि थप पैसा झिकाउन लगाई पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको तथा उपचारको व्यवस्था मिलाउन भनी झुठो बहाना बनाई बेचबिखन गर्ने उद्देश्यले नेपालको सीमा नजिक भारतको बजारसम्म लगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाइन क्यासिनो गेम खेलाउने ६ जना पक्राउ
२०८०-१२-०८

काठमाडौं, क्यास एप एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही ब्रम्हपुरी नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-६ मिलनटोल बस्ने २४ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामबीर ठाकुर, मोरङ बेलबारी नगरपालिका-१० घर भई काठमाडौं टोखा नगरपालिका-६ भत्केपुल बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ तेन्जीङचोक बस्ने २२ वर्षीय प्रसय जमकट्टेल, झापा गौरादह नगरपालिका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बालुवाखानी बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने २९ वर्षीय स्वराज श्रेष्ठ रहेका छन् । विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान, मोबाइल ८ थान, सिपियु १ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
२०८०-१२-०८

काठमाडौं, ललितपुर बालकुमारीमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुरास गाउँ घर भएका ३३ वर्षीय हरी खड्काको हत्यामा संलग्न रही फरार रहेका मकवानपुर गढी गाउँपालिका-१ पिङडाँडा बस्ने २३ वर्षीय बुद्ध बोम्जन मंगलबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा २०७६ साउन २८ गते हरीलाई बुद्ध बोम्जन समेतले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न बोम्जनलाई मकवानपुर गढी गाउँपालिका-१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-१२-०८

धनुषा, जनक नन्दनी गाउँपालिका-२ बलहाटोल बस्ने १८ वर्षीय कैफ नदाफको हत्या गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सहमद नदाफ र २२ वर्षीय जासिम नदाफ रहेका छन् । सोही ठाउँस्थित आँपको बगैचामा उनीहरूले कैफलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि भारत जयनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०८

काठमाडौं, पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पर्वत फलेवास नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सापकोटाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
२०८०-१२-०८

काठमाडौं, ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-६ बौद्द बस्ने २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखा धार्चे गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने २० वर्षीया बिनिता गुरुङ रहेका छन् ।  उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषी कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौं बौद्धबाट र बिनितालाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
२०८०-१२-०६

काठमाडौं, हत्या गरी फरार रहेका सोलुखुम्बु नेचा सल्यान गाउँपालिका-४ घर भएका ४१ वर्षीय तिखे भन्ने तेज बहादुर राईलाई वारदात घटनाको २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१९ मरुढोका ईनाटोलस्थित बधशालाभित्र सोही ठाउँ बस्ने २६ वर्षीय संजय शाहीलाई २०५९ असोज १४ गते तेज बहादुर समेतले फलामको रड प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न राईलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-१२-०६

काठमाडौं, ललितपुर ईमाडोल गाविस-२ घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको घटनामा संलग्न धादिङ गंगा जमुना गाउँपालिका-७ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) भन्ने सोभिता थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ शंखमुलस्थित २०६४ असार २६ गते विष्टलाई सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेकी सोभितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ढोलाहिटीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको छ ।

चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०५

काठमाडौं, चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २७ वर्षीय संजिभ तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-१२-०४

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ बस्ने १८ वर्षीया सुष्मा लामाको हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ तारेभिर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-३ तारेभिरस्थित शिवपुरी राष्‍ट्रिय निकुन्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न  रूपेन्द्रलाई पक्राउ गरेको हो । सुष्मा एक्लै कलेज गईरहेको अवस्थामा बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेपश्चात रूपेशले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

दुबई पठाईदिने भनि कुवेत पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०३

काठमाडौं, दुबईको पार्लरमा आकर्षक तलव हुने काममा पठाईदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो । कटुवालले नेपालमा व्युटिपार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलव र सुविधा हुने दुबईको पार्लरमा काममा लगाईदिने प्रलोभन दिएको, भिषा टिकट लगायतको प्रकृयाहरू गर्नका लागि १ लाख ५० हजार रूपैयाँ लिएको, दुबई पठाईदिने भनि झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुन्धानको क्रममा खुल्न आएको छ । साथै कुवेतमा पुगे पश्चात एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोवाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

गोली प्रहारबाट मनि ट्रान्सफरका संचालक घाइते, घटनामा संलग्न ३ जना पक्राउ
२०८०-१२-०२

रौतहट, परोहा नगरपालिका-९ बस्ने शिव मनि ट्रान्सफरका संचालक २६ वर्षीय नितेश साह गोली प्रहारबाट शुक्रबार दिउँसो घाइते भएका छन् । घटनामा संलग्न भारत बिहार पुर्वी चम्पारण मोतिहारी दिपही-२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काउन्टरमा काम गरिरहेको अवस्थामा अपरिचित ३ जना व्यक्तिहरूले नितेश साहलाई गोली प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै गोली प्रहारबाट घाइते भएका नितेशलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा थप उपचारको लागि वीरगंज रिफर गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान र बिआर ०६ सिएल ९७९६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०२

काठमाडौं, दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बतिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-१२-०१

झापा, गौरादह नगरपालिका-७ योगिटार बस्ने ८२ वर्षीया नरमाया बिश्वकर्माको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककै नाती १८ वर्षीय किशोर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । गत शनिबार घरबाट हराएकी नरमायाको खोजी गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । शनिबार राति शौचालय जान उठेकी नरमायालाई फलामको रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथीको सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
२०८०-१२-०१

काठमाडौं, लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । ईलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय बिकास बसेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान एवम् सोधपुछको क्रममा उक्त लागूऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २५ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।  

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक पक्राउ
२०८०-१२-०१

काठमाडौं, बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट नाबालिका सहित दुई जनालाई प्रहरीले उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ
२०८०-१२-०१

बाँके, राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे.९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट स्रोत नखुलेको नगद १ लाख ४१ हजार भारतीय रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अकिंत गुप्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र ०१००८ प १६६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ
२०८०-११-२९

नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसिपुर उपमहानगरपालिका-९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी, नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र ४ लाख ४० हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-११-२९

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइनेछ । सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका-३ खुर्सानीबारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित भोटेकोशी गाउँपालिका-५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे.११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-११-२८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ कपन बस्ने ४२ वर्षीय प्रविण संग्रौलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०८० बैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ विगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२१ सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ । 

स्रोत नखुलेको नगदसहित ४ जना पक्राउ
२०८०-११-२७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट स्रोत नखुलेको ५ लाख ४९ हजार १ सय भारतीय रूपैयाँ र  २ लाख ५० हजार नेपाली रूपैयाँसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सितामणी थाना-९ भुभैरवो बस्ने ३० वर्षीय राकेश कुमार, ३० वर्षीय चन्द्र बाबु, ३७ वर्षीय अशोक राय र सुनसरी कोशी गाउँपालिका-४ बस्ने ३२ वर्षीय निजाम मिया रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ नम्बरको भारतीय नम्बर प्लेटको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी लुकाई छिपाई ल्याएको विभिन्न दरका उक्त नगद फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-२४

काठमाडौं, युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाई मासिक ४ लाख २० हजार रूपैयाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-२४

काठमाडौं,  दुबई पठाइदिन्छु भन्दै ५ लाख ७५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा नवलपरासी कावासोती नगरपालिका-१७ घर भई काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ४४ वर्षीया सुशिला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-२४

काठमाडौं, माल्दिभ्स पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा म्याग्दी बेनी नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ३८ वर्षीय सुनिल शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाई प्रतिष्ठित कम्पनीमा ड्राइभिङमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-११-२४

काठमाडौं, बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भन्दै भारत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ घर भएका २५ वर्षीय जीवन भन्ने रिक मन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  राईले फेसबुक मार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने प्रलोभनमा भारतको मुजफ्फरपुरमा लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरेको हो ।   मासिक ४० देखि ५० हजार रूपैयाँ तलब पाइने पसलमा काममा लगाईदिने प्रलोभन देखाई भारत मुजफ्फरपुरस्थोत मोर्डन फेसन टेड्र मार्क नामक कम्पनीमा बुझाएको, कम्पनीमा काम गर्न ७ दिने तालिम लिनु पर्छ भनि १६ हजार रूपैयाँ लिएको, तालिम सकेपश्चात कम्पनीमा लगानीको लागि जबरजस्ती १ लाख ८० हजार रूपैयाँ लिएको तथा कम्पनीको होस्टलमा बन्धक बनाई राखेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित एक जना पक्राउ
२०८०-११-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट अन्दाजी ५८ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो रंगको ब्रासलेट १ थानसहित सिरहा धनगढीमाई नगरपालिका-४ ठेगाना भएका २६ वर्षीय सूर्य नारायण साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुलाई भन्सार छलि गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त तौलको सुनसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाईएको छ । 

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-२३

काठमाडौं, रोमानिया पठाइदिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने बाग्लुङ जैमिनी नगरपालिका-८ घर भएका ५६ वर्षीय शेषकान्त शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । शर्माले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-२३

काठमाडौं, पोल्याण्ड पठाइदिन्छु भन्दै ३ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने रामेछाप उमाकुण्ड नगरपालिका-६ घर भएका २६ वर्षीय गोविन्द थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-११-२३

  कास्की, ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२० लामाडाँडा बस्ने ३० वर्षीय डिल बहादुर गुरुङ भन्ने प्रिमस बहादुर गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत कास्कीको २०८० मंसिर ७ गतेको फैसलाले ज्यान सम्बन्धी कसूर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र १ लाख २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-११ काँहुखोलाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा बुझाइएको छ । 

धारिलो हतियार प्रहार गरी बालिकाको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-११-२३

मोरङ, पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलस्थित दाजुको घरमा बस्ने १५ वर्षीया सन्जना भन्ने ज्ञानमती थुलुङ राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका धिरेन कुमार खाँ चौधरीलाई घटना भएको ४ घण्टाभित्र प्रहरीले पक्राउ गरेको छ ।  ट्वाईलेट जाने क्रममा अपरिचित मानिसले धारिलो हतियार प्रहार गर्दा ज्ञानमती थुलुङ राईको सोमबार राति घटनास्थलमा नै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले धिरेन कुमारलाई बेलबारी नगरपालिका भाउन्नेस्थित जंगल एरियाबाट पक्राउ गरेको हो ।  ज्ञानमती थुलुङ राई र धिरेन कुमार बिच प्रेम सम्बन्ध रहेको, एक पटक घरबाट भागी रानी नाका हुँदै जोगवनीतर्फ जाने क्रममा मानब बेचबिखन विरूद्ध सकृय गैरसरकारी संस्थाले फेला पारी उद्दार गरी परिवारको जिम्मा लगाएको, पीडित बालिकाको नाममा फेसबुक लगायतका सामाजिक संजालमा आफ्नै एकाउन्ट खोली चलाउने गरेको, पीडित परिवारका सदस्यलाई दुख दिने आसयले धिरेन कुमारले फेसबुक म्यासेजमा विभिन्न फोटोहरू पठाउने लगायतको कार्य गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोटसहित दुई जना पक्राउ
२०८०-११-२३

काठमाडौं महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार दरको १४ थान नोटसहित पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट जस्तो देखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । बारा, सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरबाट नेपाली १ हजार दरका ८ थान नक्कली नोटसहित महागढीमाई नगरपालिका-९ कञ्चनपुर बस्ने ३५ वर्षीय राम बिनय सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-११-२२

 काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ घर भएका ४४ वर्षीय प्रेम बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । २०५७ माघ १६ गते नुवाकोट साविक ध्याङ्फेदी गाबिस-३ स्थित आफन्तको घरमा घेवा मान्न गएका मख्खु भन्ने छेवाङ तामाङलाई प्रेम बहादुर तामाङ समेतले खुकुरी प्रहार गरी हत्या गरेको घटनामा वारदात पश्चात फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

प्रहरी हौं भन्दै डर त्रास देखाई लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ
२०८०-११-२२

 काठमाडौं, काठमाडौं घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने दोलखा शैलुङ्ग गाउँपालिका-१ घर भएका ३२ वर्षीय प्रमेश्वर खडका, रामेछाप मन्थली नगरपालिका-९ घर भएका २८ वर्षीय मिलन तामाङ भन्ने बिनोद सुन्दास र गोकर्णेश्वर नगरपालिका-५ डेरा गरी बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-४ घर भएका ३७ वर्षीय प्रेम राई रहेका छन् । उनीहरूले एक जना पीडितलाई आइतबार राति मिलन लामा नाम गरेको फेसबुक आईडीबाट आईफोन लगायतको इलेक्ट्रोनिक ग्याजेटहरू किन्छु भनेर सो क्याफेमा बोलाई सामान हेरी सकेपश्चात हामी प्रहरी हौं भनी डर, धाक, धम्की दिई लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिहंदरबारबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २१ हजार ४ सय ७० रूपैयाँ, मोबाइलहरू, सेट १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र लगायतका सामानहरू बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा श्रीमान श्रीमती पक्राउ
२०८०-११-१८

नुवाकोट, किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका-३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेक प्रसाद भट्टको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा कालिका गाउँपालिका-२ धेवुगं बस्ने ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छ्न ।किस्पाङ गाउँपालिका-५ खत्रीकुना जंगलमा टेक प्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासबाट पक्राउ गरेको हो । उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा ललाई फकाई लगि दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर जिल्ला अदालत नुवाकोटबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-११-१७

काठमाडौं, राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका-५ ठेगाना भएकी न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगंज महानगरपालिका-८ ठेगाना भएका सोही सप्लायर्सका बैंक खाता संचालक ४१  वर्षीय प्रदिप कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।  उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरूद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो । उनीहरूलाई फैसला कार्यावन्यनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-११-१७

काठमाडौं, कुवेत पठाईदिने भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ ठेगाना भएका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पुर्‍याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका मियालाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो ।  पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्‍याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो ।  मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातुसहित एक जना पक्राउ
२०८०-११-१७

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो रङको धातुको पत्थर जडित करिब ४६ ग्राम २० मिलिग्राम तौलको औठी २ थान र करिब ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री १ थानसहित काभ्रेपलाञ्चोक मण्डनदेवपुर नगरपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ५२ वर्षीय नारायण कृष्ण श्रेष्ठ गएराति पक्राउ परेका छन् । नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पाइन्टको गोजीमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-१४

काठमाडौं, न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन् ।  उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं चन्डोलबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-१४

काठमाडौं,  कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  राणाले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको   हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

एक हजार दरको ६ थान नक्कली नोटसहित पक्राउ
२०८०-११-१३

 काठमाडौं, नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका छन् ।  प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ निलो माईक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ
२०८०-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा शनिबार दिउँसो पक्राउ परेकी छिन् ।  नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचरमा पठाइनेछ ।

अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने दुई जना पक्राउ
२०८०-११-१२

काठमाडौ,  अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रूपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका-४ घर भई पोखरा महानगरपालिका-११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेका छन् ।  गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले कास्की पोखरा महानगरपालिका-११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाईपास गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूबाट भिओआइपी गेटवे ६४ पोर्टको २ थान, वाइफाई राउटर १ थान, युपिएस १ थान, एनसेलको सिम ५ सय ९७ थान, पेनड्राईभ १ थान, मोबाइल २ थान लगायतका उपकरण बरामद भएको छ । उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-११-१२

रोल्पा, आफनै श्रीमती २८ वर्षीया मन कुमारी बुढाको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-१ जयलखसे बस्ने ३२ वर्षीय भिम बहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका भिम बहादुरले मन कुमारीलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ओखलढुंगा, आफनै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-५ बिप्ल्याटे बस्ने ४० वर्षीय काजी शेर्पालाई गएराति प्रहरीले पक्राउ गरेको छ । काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखल्ढुंगामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

माल्दोवा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-११

काठमाडौं, माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-७ घर भएका ६७ वर्षीय दल बहादुर बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बस्नेतले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्दोवा पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक २ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी उनलाई पर्सा वीरगंज महानगरपालिका-१३ राधेमाईबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-११

काठमाडौं, क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटलमा मासिक ४ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-११

काठमाडौं, अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्तलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पन्तले १ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बर्दघाटसँग समन्वय गरी उनलाई नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-११

काठमाडौं, कतार पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बरियारपट्टी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बस्ने ३२ वर्षीय मोहम्मद गुलाबलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  मोहम्मदले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित होटलमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-०९

काठमाडौं, कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा गोरखा, गोरखा नगरपालिका-१४ घर भई काठमाडौं सामाखुशी बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-०९

काठमाडौं,  हंगेरी पठाइदिन्छु भन्दै २ लाख ७४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका-३ घर भई काठमाडौं कुलेश्वर बस्ने २७ वर्षीय चन्दन कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि हंगेरी पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-०९

काठमाडौं, पोर्चुगल पठाइदिन्छु भन्दै १७ लाख ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । भण्डारीले २ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मित्रनगरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विदेशी मुद्रासहित टर्किस नागरिक पक्राउ
२०८०-११-०३

काठमाडौं, विभिन्न विदेशी मुद्राहित टर्किस नागरिक ५७ वर्षीय अब्दुल्ला मिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान पक्राउ परेका छन् । एयर अरेबियाको उडानद्वारा सारजहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा नेपालमा प्रतिबन्धित ५ सय दरका १ सय ९२ थान गरी जम्मा ९६ हजार भारतीय रूपैयाँ, १ सय दरका २३ थान र ५० दरको १ थान गरी जम्मा २ हजार ३ सय ५० अमेरिकी डलर र १० लाख दरका ९ थान र ५ लाख दरका २६ थान गरी जम्मा २ करोड २० लाख इरानी रियाल फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बरामद विदेशी मुद्रासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८०-११-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तिलगंगा बस्नेहरू भारत समस्तिपुर मोहदीनगर घर भएका २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारत वेगुसराका २८ वर्षीय जितेन्द्र पोदार, भारत बैशालीका २७ वर्षीय भाइलाल पोदार, भारत समस्तीपुरका ४० वर्षीय संजय पोदार र सोही ठाउँकी ५० वर्षीय मञ्जु देवी पोदार रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा गोकणेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट माघ २८ गते दिउँसो सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा ६५ लाख रूपैयाँ बराबरको धनमाल, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने दिनेश घिमिरेको घरबाट माघ २४ गते सुन तथा नगद गरी २५ लाख रूपैयाँ बराबरको धनमाल र गोकणेश्वर नगरपालिका-३ बस्ने गिता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगद समेत गरी ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

रसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-११-०३

काठमाडौं,  रसिया पठाइदिन्छु भन्दै १ लाख ६५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा उदयपुर उदयपुरगडी गाउँपालिका-९ ध्वासे फुलबारी घर भई काठमाडौं स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  तामाङले २ जनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाई कन्स्ट्रक्सनमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

५ लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिक पक्राउ
२०८०-११-०३

काठमाडौं,  ५ लाख डेनिस क्रोन सहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय YSEEN AHMED र ४८ वर्षीय MUHAMMAD ADNAN LAKHANI रहेका छन् ।  फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रूपैयाँ हुन आउने उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग  हरिहर भवन पुल्चोक ललितपुर पठाइने छ ।

भन्सार छलि लैजान लागेको सुनसहित दुई जना महिला पक्राउ
२०८०-११-०३

काठमाडौं,  भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् ।  हिमालयन एयरलाईन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा सुन जस्तो देखिने पहेलो रंगको धातुको करिब ११.६४ ग्राम तौलको बेरुवा औठी १ थान र करिब ५८.३२ ग्राम तौलको ब्रासलेट १ थान लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  यसैगरी हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाईन्टभित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मुर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्‍यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
२०८०-११-०१

काठमाडौं,  प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक हुँ भन्दै दैलेख नारायण नगरपालिका-११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको सुनचाँदी र नगदसहित पक्राउ
२०८०-११-०१

कास्की, भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिकलाई स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले संचालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुकाई छिपाई लैजान लागेको विदेशी मुद्रासहित एक जना पक्राउ
२०८०-११-०१

काठमाडौं, लुकाई छिपाई दुबई लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोक जुगल गाउँपालिक-२ घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५ सय दरका २ सय ६० थान, २ सय दरका ४१ थान, १ सय दरका १ सय ८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र  ५ सय दरका ९ थान,२ सय दरका ३ थान, १ सय दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एक हजार दरका १८,२५१ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
२०८०-१०-२९

सुनसरी, ईनरूवा नगरपालिका-४ बाट एक हजार दरका १८ हजार २५१ थान नक्कली नोट गरी जम्मा १ करोड ८२ लाख ५१ हजार नक्कली रूपैयाँसहित भारत बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भन्ने मोहमद सैयाद साफीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको नक्कली नोट फेला पारी गाडीका चालक साफीलाई गाडीसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-२९

काठमाडौं, जापान पठाइदिन्छु भन्दै ३५ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा मकवानपुर निबुवाटार गाउँपालिका-४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अधिकारीले ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बिजुली बजारबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-२९

  काठमाडौं, दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने ६१ वर्षीय डुल बहादुर खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  खड्काले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ९० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ
२०८०-१०-२८

भक्तपुर, नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४८ वर्षीय जित बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई काठमाडौं मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ रहेका छन् ।  रामेछाप दोरम्बा गाउँपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया महिलालाई १ केजी सुन छ लगानी गर्नुपर्‍यो बेचेर भागबण्डा गरौंला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी पीडितबाट ७ लाख ७५ हजार रूपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त ठगीमा संलग्न उनीहरूलाई भक्तपुर बोडेबाट पक्राउ गरेको हो । उनीहरूमध्ये छुल्टीम लामा, राजेन्द्र तामाङ, चिन बहादुर लामा र जित बहादुर तामाङलाई शुक्रबार र दावा दुण्डुप तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।यसैगरी छुल्टीमको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र मोबाइल  थान, राजेन्द्रको साथबाट नगद १४ हजार रूपैयाँ र मोबाइल २ थान, चिन बहादुरको साथबाट नगद  ८६ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान, जित बहादुरको साथबाट नगद ७४ हजार रूपैयाँ र मोबाइल २ थान तथा दावा दुण्डुपको साथबाट मोबाइल १ थान बरामद भएको छ ।                                   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-२८

 काठमाडौं, पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-१२ घर भई काठमाडौं सामाखुशी बस्ने ३० वर्षीया मन्जु रावत घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  घर्तीले ३ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१०-२८

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-६ ठेगाना भएका ६७ वर्षीय रामभक्त थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रूपैयाँ ७४ पैसा विगो बमोजिम जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी थापाले निज संचालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी ८ करोड ५० लाख रूपैयाँ कर्जा लिई सो कर्जा दुरूपयोग गरी फाइनान्स कम्पनी लिमिटेडलाई विगो बराबर हानी नोक्सानी पुर्‍याएको भन्ने बैंकिङ कसूर मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एक जना पक्राउ
२०८०-१०-२६

नवलपरासी पूर्व, विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका-१ दुम्किबास बजारबाट पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको छ ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती रकम माग गर्ने २ जना पक्राउ
२०८०-१०-२५

कास्की, ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-८ सिमलचौर डेरा गरी बस्नेहरू पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वत कुश्मा नगरपालिका-१४ आर्थर घर भएका ४२ वर्षीय दिपक बहादुर क्षेत्री रहेका छन् । पोखरा महानगरपालिका-१६ लामाचौर घर भई सच्चाई सेवा केन्द्रका संचालक तथा सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरेलाई फोन तथा म्यासेज मार्फत ५ करोड रूपैयाँ माग गरेको र उक्त रकम नदिएमा ज्यान मार्ने धम्की दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट अवैध लागूऔषध गाँजा ५ सय ७२ ग्राम, भरूवा बन्दुकमा लाग्ने केप २७ थान, विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरिएको पान्ना ८ थान, मोवाइल ४ थान, सिमकार्ड ९ थान, खुकुरी १ थान लगायतका सामान बरामद भएको छ । दिपक बहादुर क्षेत्री उपर जिल्ला प्रहरी कार्यालय पर्वतबाट २०७९ सालमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलेको तथा २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार सम्बन्धि मुद्दा चलेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर लागूऔषध गाँजा, हातहतियार तथा खरखजना तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धि मुद्दामा अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाएको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८०-१०-२५

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बसन्तटोल बस्ने १९ वर्षीय आदित चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ झगडपुबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय अनिल विक र २७ वर्षीय सन्तोष बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । धनुषा, लक्ष्मीनियाँ गाउँपालिका-४ सपही बस्ने ४२ वर्षीय सिकिन्द्र साहलाई अवैध लागूऔषध गाँजा २ किलो ५ ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-४ बगाह शान्ती चोक बस्ने ३१ वर्षीय किरण अधिकारीलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, ब्रुपिनोर्फिन ५ एम्पुल, नाईट्रोजन ३ ट्याब्लेट र सिरिन्स ३ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा जुत्ताभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउ
२०८०-१०-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय राम सेवक सिंह रहेका छन् ।  उनीहरूले ५५ जनालाई युरोप पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५५ हजार रूपैयाँ तलबमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । रामेश्वर सिंह २०७४ सालमा भेरी ओभरसिस संचालन गर्दा २ सय जनालाई ३ करोड ठगी गरेकोमा १ वर्ष ६ महिना जेल बसेर निस्केको, सरोज यादव, नागेन्द्र यादव र गुरूदेव यादवको नागरिकताको प्रमाणपत्रमा आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट विदेश पठाउने भन्दै प्रतिव्यक्ति ७ लाख रूपैयाँसम्म उठाएको र रामेश्वर सिंहले राम सेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरूपयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रूपैयाँ बराबरको २५ थान चेक र सिम कार्ड ९ थान बरामद गरेको छ । उनीहरू उपर ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुर लगायतका मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

अपहरण तथा शरीर बन्धकमा संलग्न दुई जना पक्राउ
२०८०-१०-२५

नुवाकोट, ककनी गाउँपालिका-४ बस्ने ५६ वर्षीय सूर्य बहादुर तामाङलाई अपहरण गरी बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका- ८ बस्ने २४ वर्षीय चन्द्र बहादुर तामाङ रहेका छन् । उनीहरूले बा.६ ज ७७७९ नम्बरको गाडीमा आएका सूर्य बहादुरलाई माघ २२ गते राति ककनी गाउँपालिका-४ काउलेदेखि ककनी जाने सडकबाट बन्धक बनाई गाडी सहित अपहरण गरेर पन्चकन्या गाउँपालिकाको कबिलास जाने सडकको एकान्तमा लगि गाडी भित्रै बन्धक बनाई ज्यान मार्ने धम्की दिई रकम माग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले प्रहरी वृत्त बालाजुको सहयोगमा रकम लिन आएको अवस्थामा दुवै जनालाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो । साथै प्रहरीले सूर्य बहादुरलाई सकुशल अपहरणमुक्त समेत गरेको छ ।  उनीहरू उपर जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ । 

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-२३

काठमाडौं, क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रजापतीले ७ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ
२०८०-१०-२३

पर्सा, वीरगंज महानगरपालिका-१५ भेडियाहीबाट स्रोत नखुलेको नगद ४ लाख ५० हजार रूपैयाँसहित बारा फेटा गाउँपालिका-३ बैरिया बस्ने ३८ वर्षीय बिरेन्द्र प्रसाद गुप्तालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २-०३ प ५६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गुप्ताले जिन्स पाईन्टको खल्ती र जुत्ताभित्र लुकाई राखेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-८ भद्रपुर विमानस्थलबाट स्रोत नखुलेको ३० हजार भारतीय रूपैयाँ, ९ हजार २ सय अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरु तथा विभिन्न बैंकका एटिएम कार्डसहित भारत आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा भद्रपुरदेखि काठमाडौं जान लागेका रावको लगेज जाँच गर्ने क्रममा उक्त परिमाणको नगद फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१०-२३

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका- ८ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ३२ वर्षीय ईश्वर बिकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको २०८० जेठ १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ लाख ७५ हजार रूपैयाँ विगो वापतको रकम र ३ दिन कैद जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ । 

स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ
२०८०-१०-२२

ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय  शैलेश आले रहेका छन् । ललितपुर महानगरपालिका-१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका-१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको छ । यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२-०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका-३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ । 

अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
२०८०-१०-२२

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको २ सय ५० थान गरी जम्मा २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय CUI BINGCAN लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला पारी उनलाई पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१०-२१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलान्चोक बनेपा नगरपालिका-६ बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की) लाई शनिबार प्रहरीले पक्राउ गरेको छ । साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको जग्गाहरु धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-१०-२०

झापा, बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका-२ घर भएका ३५  बिक्रम सेनेहाङ्को हत्या गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा बिक्रम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते बिक्रमको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने व्यक्तिहरू पक्राउ
२०८०-१०-१९

काठमाडौं, बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका-२६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि./प्रालिका शेयर धनी तथा संचालक ६० वर्षीय अरुण कुमार चौधरी र महोत्तरी, महोत्तरी गाउँपालिका-१ बस्ने च्याम्पियन फुटवेयर प्रालि/सिजि चांदवाग रेसिडेन्सी प्रालिका संचालक ४५ वर्षीय संजय ठाकुर रहेका छन् ।  मालपोत कार्यालय डिल्लीबजारको २०३७ कातिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा श्रेस्ता कायम भएको जग्गामध्ये कानून बिपरीत २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट तत्कालीन कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लिमिटेडको नामक कम्पनी खडा गरी सो कम्पनीको २५% शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटले जनाएको छ ।

नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ
२०८०-१०-१९

सर्लाही, हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।  ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र.०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र.०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८०-१०-१९

मोरङ, विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल चोरी गरी नम्बर प्लेट फाली भारततर्फ लैजाने उद्देश्यले विराटनगर महानगरपालिका-१४ स्थित लुकाई राखेको अवस्थामा २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । मण्डलले लामो समयदेखि नेपालको सिमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरी मोटरसाइकल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१९

काठमाडौं, क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मिङमारले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१९

काठमाडौं, रोमानिया पठाइदिन्छु भन्दै नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका-७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जगतले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जापान पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१९

काठमाडौं,  जापान पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका-१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरतले १ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक १ लाख ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-१०-१९

काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-२ घर भएका ४० वर्षीय रेवत बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदातल पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दाहरूमा २४ दिन कैद सजाय, ७५ लाख रूपैयाँ जरिवाना र ७५ लाख रूपैयाँ बिगो भराई क्षतिपुर्ति बापत पीडित राहतकोषमा ३ लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ । 

कस्तुरीको विनासहित दुई जना पक्राउ
२०८०-१०-१९

काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोहरा र काभ्रे घर भएका ३३ वर्षीय योगेन कार्की रहेका छन् । उनीहरूले डेरा कोठामा संरक्षित वन्यजन्तु कस्तुरीको विना लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त तौलको विना फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकक प्रस्थान गर्न लागेका यात्रुको थाई भाट चोरी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१८

काठमाडौं, नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार दिउँसो पक्राउ परेका छन् । याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देव बहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको हो । साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको छ । 

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१७

काठमाडौं, माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती  बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको      छ । गुरूङले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरी दिने ७ जना पक्राउ
२०८०-१०-१७

काठमाडौं, अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका-१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका-६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका-१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका-७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका-७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका-२ सुकिपुरघर भएका २४ वर्षीय शिवम कुमार यादव  र लहान नगरपालिका-७ चोक घर भएका २४ वर्षीय हरि शंकर चौधरी रहेका छन् । अवैध क्रिप्टोकरेन्सी (Bitcoin, cash app) मार्फत Juwa, Milkyway, gamevault, Firekirin, Vegas sweeps, Orion stars जस्ता खेल खेलाई उक्त platform मा limit load गराई रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१७

 काठमाडौं, अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका-१ अस्पताल चोकबाट पक्राउ गरेको हो । साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको, पिडकहरूले साहले संचालन गरेको UDGAM VENTURE CAPITAL, PROFIST GROUP & DAMBAR SHAH को व्यक्तिगत खातामा विभिन्न layer मा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा ( Cash, Crypto, Bank transfer, intreset) समेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साह विरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१६

‍‍‍‍‍‍‍‍‍‍‍‍‍ललितपुर, कतार पठाइदिन्छु भन्दै २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बिष्णुपुर गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ४५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
२०८०-१०-१६

सुनसरी, आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८०-१०-१५

संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षीय दिपेन राई भन्ने आकास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारेस्थित एसएस एफएमको कम्पाउण्ड बाहिर माघ ६ गते दिउँसो दिलकुमारी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा सुनसरी, धरान उपमहानगरपालिका-२ देशीलाईनस्थित एक गेष्टहाउसबाट पक्राउ गरेको हो । आकाशले दिल कुमारीको बन्चरो प्रहार गरी हत्या गरेको र कानमा लगाएको सुन जस्तो देखिने धातुको २ थान रिङ डाँका चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै आकाशले उक्त रिङ धनकुटा पाख्रीवास नगरपालिका-४ बुद्धचोकस्थित रुपकला ज्वेलर्सका संचालिका ३६ वर्षीया धनमाया विश्‍वकर्मालाई बिक्री गरेको तथा धनमायाले सो रिङ सोही ठाउँस्थित विवेक ज्वेलरीमा बिक्री गरेको खुल्न आएपछि धनमाया र विवेक ज्वेलरीका संचालक ५३ वर्षीय देव बहादुर विश्‍वकर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ । आकाश उपर कर्तव्य ज्यान र चोरी/डाँका सम्बन्धी कसूर मुद्दामा तथा रिङ खरिद गर्ने कार्यमा संलग्न धनमाया र देव बहादुर उपर चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८०-१०-१५

झापा, विर्तामोड नगरपालिका-५ बस्ने इलाम माई नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका-८ गरामनी घर भई सोही नगरपालिका-५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।  झापा अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माया पुलामी माघ ८ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो । बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले विवाह गर्ने प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको  छ । 

केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ
२०८०-१०-१५

काठमाडौं, केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै १ जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राउतले विभिन्न राजनीतिक नेतृत्वसंगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वहरुसँग नजिकको सम्बन्ध रहेको भनि सर्व साधारणलाई विभिन्न वहाना वनाई ठगी गर्ने गरेको समेत खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
२०८०-१०-१२

 काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ । युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१२

काठमाडौं, पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८०-१०-११

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।  खाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही माघ २ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाईदिन्छु भनी ठगी गर्ने ६ जना पक्राउ
२०८०-१०-११

कास्की, क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला गाउँपालिका-३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३८ वर्षीय प्रदिप उपाध्याय, क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्य प्रदेश भोपाल नगर स्थायी वतन भएका ३२ वर्षीय ईस्मित कौर रहेका छन् । पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई अन्तर्वार्ता लिई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पार्वती सुनार समेतले छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकाली दिन्छ, विदेशबाट अन्तर्वार्ता लिन मानिस आएका छन भनी प्रलोभन देखाई क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने, उक्त रकम अन्तर्वार्ता पास भए पछी दिनु पर्ने र अन्तर्वार्ताको लागि प्रतिव्यक्ति २ हजार रूपैयाँ उठाई अन्तर्वार्ता लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१०-११

काठमाडौं, क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२८ बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

आर्थिक लाभ लिई नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ
२०८०-१०-१०

काठमाडौं, आर्थिक लाभ लिई नाबलिकाहरुलाई योन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौ महानगरपालिका-३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो । साथै उक्त व्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्दार समेत गरेको छ । आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, शुरूमा वेटरको काममा लगाउने र केही समय पछी ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ ।    

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-१०-१०

सल्यान, आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै-झगाडामा सिमाको हत्या गरेको खुल्न आएपछि उनलाई छत्रेश्वरी गाउँपालिका-५ ढाकुडाँडास्थित जंगलमा लुकिछपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-१०-०९

ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपालचोक  ईन्द्रावती नगरपालिका-९ फटकसिला घर भई हाल ललितपुर ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वलर्सका  संचालक  राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८०-१०-०९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं,सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-२ स्थायी वतन भएका २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।   उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

५३ तोला चाँदीसहित २ जना पक्राउ
२०८०-१०-०९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा,जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका-५ बस्ने ३५ वर्षीय गुजराज बिक र ईटहरी नगरपालिका-३ बस्ने २४ वर्षीय बद्री बिक रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प १८५१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा फर्जी विल भएको उक्त गरगहनासहित फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट चाँदीको लकेट २२ थान, औंठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तहरू १५ वर्ष पछि पक्राउ
२०८०-१०-०५

काठमाडौं, बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका २ जना अभियुक्त वारदात घटना पश्चात १५ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रे रोशि गाउँपालिका-३ ठेगाना भएका ४४ वर्षीय टंक बहादुर मगर र सोही ठाउँ बस्ने ४२ वर्षीय सन्त बहादुर मगर रहेका छन् । काभ्रे रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुर मगर र सन्त बहादुर मगरले २०६५ असोज २९ गते बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पुस २४ गते पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ । 

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ
२०८०-१०-०५

काठमाडौं, मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका-२ स्थायी वतन भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्‍याई भारतीय नागरीकलाई बेचबिखन गरेको कसूरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान व्यरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।  उनले पीडितको श्रीमान ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाई ल्याईदिनु भनि मलाई चिठ्ठी पठाएका छन भनि झुक्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने शहरमा पुर्‍याई अनजान व्यक्तिको घरमा अपरीचित भारतीय नागरिकहरुको जिम्मामा छोडी गएको, भारतीय नागरिकहरुबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई बेचबिखन गरेको र भारतीय नागरिकहरुले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात उनीहरुले काकरभिट्टा ल्याई छोडीदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

सालकको खपेटासहित २ जना पक्राउ
२०८०-१०-०५

कैलाली, बर्दगोरीया गाउँपालिका-६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त खपेटासहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको छ । 

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८०-१०-०३

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा संखुवासभा चिचिला गाउँपालिका-२ स्थाई घर भएका ३२ वर्षीय केशरमान राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्‍याएको भन्ने पीडितको उजुरीको आधारमा साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा राई संलग्न भएको पाइएपछि उनलाई उक्त व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोग संखुवासभाबाट पक्राउ गरेको हो ।  उनीउपर  जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।  

गुणस्तरहिन नक्कली मदिरा उत्पादन गरी कालो बजारी गर्ने ९ जना पक्राउ
२०८०-१०-०३

काठमाडौं, काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको अभियोगमा ९ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका-२ घर भएका ३६ वर्षीय बिनोद कुमार कार्की र  सिन्धुली कमलामाई नगरपालिका-७ घर भएका ४० वर्षीय लेख बिक्रम थापा तथा काठमाडौं मुलपानी बस्नेहरू रामेछाप खाँडादेबी गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, रामेछाप मजुवा गाउँपालिका-३ घर भएका २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेबी गाउँपालिका-२  घर भएका २० वर्षीय मनिस खत्री, सिन्धुली कमलामाई नगरपालिका-९ घर भएका २८ वर्षीय गौरव तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका-३ घर भएका २७ वर्षीय मोहन खड्का, सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भएका १८ वर्षीय किशोर र काठमाडौं कागेश्वरी मनोहरा-६ घर भएका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।  विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-५ थलिस्थित बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा तलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाईटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन गोल्ड मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरु, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, राजश्व अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामग्रीहरूसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू बनाई कालो बजारी गर्ने गरेको, अन्तरिक राजश्वको अन्त शुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेको, नक्कली मदिरा संचालकहरूले उक्त स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू प्रचलित बजार दरभाउ भन्दा कम मुल्यमा बेचविखन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सुनजस्तो देखिने धातुसहित पक्राउ
२०८०-१०-०३

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित बिकास शिल चोकबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखा, गोरखा नगरपालिका-१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रूपैयाँसहित पाल्पा रम्बादेबी गाउँपालिका-३ घर भई पोखरा महानगरपालिका-१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलिप गहतराजलाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई २ वटा ढिक्का, २ वटा गोलो रिङ, २ वटा सानो सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
२०८०-१०-०२

 काठमाडौं, कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने ७० वर्षीय सुर्य बहादुर दवाडीलाई २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।   २०५९ फागुन २८ गते ज्वालामुखी गाउँपालिका-१ स्थित घर बारीमा सुर्य बहादुर दवाडीले अंश सम्बन्धी बिषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई  कुटपिट गरी नाम्लोले घाँटीमा कसि हत्या गरेका कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले सर्वश्‍वसहित जन्मकैद ठहर भएका फरार प्रतिवादी दवाडीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागी केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ । 

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ
२०८०-१०-०१

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् । काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ गरेको हो । भिमसेनको साथबाट नगद ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अमेरिकी डलर देखाई ठगी गर्ने एक जना पक्राउ
२०८०-०९-२७

काठमाडौं, अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।तामाङले कीर्तिपुर नगरपालिका-६ चोभार जलबिनायक मन्दिर परिसरमा पुस ९ गते ललितपुर घर भएका ३६ वर्षीय पुरूषलाई ८ हजार अमेरिकी डलर भेटाएको र नेपाली रूपैयासँग साट्ने भए नगद ५ लाख रूपैयाँ दिनुस् भन्दै ५ लाख रूपैयाँ लिई पीडितलाई ५० दरको अमेरिकी डलर १ थान दिई अन्य डलर रूमालभित्र छ भन्दै नेपाली २० दरको २ सय ४० वटा नोटहरू रातो रूमालमा पोका बनाई दिई ठगी गरी फरार भएको खुल्न आएको छ ।प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले तामाङको खोजी गर्ने क्रममा काठमाडौं दक्षिणकाली नगरपालिका-५ नारायणथानबाट फेला पारी पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालत बबरमहलबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ । 

बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका रामलाल बम्जन पक्राउ
२०८०-०९-२५

काठमाडौं, यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी बारा निजगढ नगरपालिका-१२ रतनपुरी ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँ बस्ने तपस्वी राम बहादुर बम्जन भन्ने ३४ वर्षीय रामलाल बम्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बाराको हलखोरियास्थित बम्जनको आश्रममा आनीको रूपमा रहेकी पीडितलाई बाल यौन शोषण गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ अनुमति प्राप्त भएको थियो । बम्जनको खोजी गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बम्जनलाई चौथो तलामा फेला पारेको र भाग्ने क्रममा पक्राउ गरेको हो । उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ नेपाली रूपैयाँ बराबरको विदेशी मुद्राहरू तथा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ गरी जम्मा ३ करोड ३४ लाख ६७ हजार ९ सय ६ नेपाली रूपैयाँ, पेनड्राईभ २० थान, मोबाइल १४ थान, ल्यापटप २ थान, आइप्याड/ट्याब ५ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।   बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।  

इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार व्यक्ति कतारबाट पक्राउ
२०८०-०९-२५

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।  राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
२०८०-०९-२४

काठमाडौं,  सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-१ घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार घले र काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामा रहेका छन् ।  उनीहरू समेतले वैदेशिक रोजगारीका लागि सर्बिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिकाश घलेलाई काठमाडौं महाबौद्धबाट सोमबार दिउँसो र संजयलाई काठमाडौं सिनामंगलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-२४

काठमाडौं,  पोल्याण्ड पठाइदिन्छु भन्दै २ लाख १५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका- ८ जरंखु बस्ने ३० वर्षीया पुजा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-२४

काठमाडौं,  मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहट बुद्धावन नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विन्दालालले १ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-२४

काठमाडौं,  पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको   हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
२०८०-०९-२४

काठमाडौं,  माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक  ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् । वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंक प्रसादले १ जना पीडितबाट ३ लाख रूपैयाँ र विक्रमले १ जनालाई मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ९० हजार रूपैयाँ ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टंक प्रसादलाई काठमाडौं बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
२०८०-०९-२४

काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् । भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-०९-२४

काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका-९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलबाट मंसिर १४ गते राति विभिन्न कम्पनिका २७ थान मोबाइल सेट तथा घडीहरू समेत गरी करिब ५ लाख ५२ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाडौं पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पाकेटमारीमा संलग्न २ जना पक्राउ
२०८०-०९-२४

काठमाडौं महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रूपैयाँ पाकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पकराउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई  काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका फरार व्यक्ति मकाउबाट पक्राउ
२०८०-०९-२२

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भई फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका-१ घर भएका सफल राज कुँवर पक्राउ परेका छन् । उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ ।कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी ठगी गरेको अपराध मुद्दाका फरार प्रतिवादी कुँवर मकाउमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०१८ सेप्टेम्बर ११ मा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुनजस्तो देखिने १ किलो ३ सय ग्राम अर्धठोस वस्तुसहित पक्राउ
२०८०-०९-२२

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने अर्धठोस वस्तु करिब १ किलो ३ सय ग्रामसहित श्रीलंकाकी नागरिक ४५ वर्षीया KANTHYMATHY KAVASKAR लाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानद्वारा दुबईबाट नेपाल आएकी उनलाई तलासी गर्ने क्रममा उनले लगाएको भित्री बस्त्र ब्रामा फल्स बटम बनाई २ वटा पोकामा करिब ५ सय ग्राम र कट्टुमा धातुको लेपन लगाई ल्याएको ८ सय ग्राम गरी जम्मा करिब १ किलो ३ सय ग्राम अबैध रुपमा भन्सार छली गरी लैजान लागेको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको औषधीसहित पक्राउ
२०८०-०९-२२

काठमाडौं, अवैध रुपमा ल्याउँदै गरेको करिब २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधीसहित गोरखा गण्डकी गाउँपालिका-४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने बिबेक पोख्रेल समेत २ जनालाई प्रतापपुर गाउँपालिका-९ चण्डाल चोकबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय वेलाटारीबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२२ च ८९९६ नम्बरको कारलाई जाँच गर्ने भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको माईकोफिट्स ३ सय ६० ट्याब, ओकेरोन १ सय इन्जेक्सन र किल्डुम ३ सय एमजी लगायत विभिन्न प्रकारका औषधीसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सालकको खपेटासहित २ जना पक्राउ
२०८०-०९-२२

सुनसरी, धरान उपमहानगरपालिका-५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्दिप राई र धरान उपमहानगरपालिका-१६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका-३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्नआएपछि तामाङलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
२०८०-०९-२०

रौतहट, ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रूपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

काठमाडौं, पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

काठमाडौं, मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०९-१९

कास्की, ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसअघि सोही ठगीमा संलग्न वडा सदस्य सहित ४ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो । सोही अनुसन्धानको क्रममा पक्राउ परेका मिलनलाई प्रहरीले अदालतमा पेश गरेको छ । 

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१८

काठमाडौं, रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२४ बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ असनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१८

काठमाडौं, कतार पठाइदिन्छु भन्दै २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गिरीले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई मासिक ८० हजार रूपैयाँ तलबमा ड्राईभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोठाटारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

स्लोवेनिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
२०८०-०९-१८

काठमाडौं, स्लोवेनिया पठाइदिन्छु भन्दै २ लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ घर भएकी ३५ वर्षीया छिमी सुनिन रहेका छन् ।  उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि स्लोवेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

१० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१७

काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका-१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाण्डौ महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ शंखमूलबाट पक्राउ गरेको हो । लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१७

काठमाडौं, कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं गौशालाबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ
२०८०-०९-१६

काठमाडौं, भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका-७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भन्ने टिका कुमारी वली रहेका छन् । विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याई वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । उनीहरूलाई  फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

नियन्त्रित लागूऔषधसहित पक्राउ
२०८०-०९-१६

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ स्थितबाट नियन्त्रित लागूऔषध वानरेक्स १ सय एमएलको ५ सय ९२ बोतल, स्पास्मो-प्रोक्सिभोन प्लस लेखिएको २ हजार १ सय ६० ट्याब्लेट,  नाइट्राभेट ३ हजार ट्याब्लेट र नगद १ लाख ५ हजार ८ सय १५ रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको गरेको छ । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-७  बस्ने ४० वर्षीय बैजु महरा र सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय मदन बहादुर घिसिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्र.२-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१३

काठमाडौं, माल्टा पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने जुम्ला हिमा गाउँपालिका-५ घर भएका ३२ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१३

काठमाडौं, अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख ५० हजार रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुसीबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-०९-१३

काठमाडौं, दुई वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बालकोट पानीटंकीबाट ती बालिकालाई सकुशल उद्दार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ । उनलाई थप अनुसन्धान एवम् कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

अजरबैजान पठाई दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०९-१३

काठमाडौं, अजरबैजान पठाइदिन्छु भन्दै ६ लाख ७७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५१ वर्षीय हरी कुमार दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । दाहालले १ जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८०-०९-०९

काठमाडौं, ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ
२०८०-०९-०६

काठमाडौं,  ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने  नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।  आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटल/गेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरुलाई बिगत ५ महिनादेखि होटल/गेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ
२०८०-०९-०५

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्घाखाँची साबिक सिमलपानी गाविस-५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको ७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । बिक समेतले २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका-१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस-७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ । जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ । 

चोरीको स्कुटरसहित एक जना पक्राउ
२०८०-०९-०५

ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचोस्थित हिरानाथ महर्जनले संचालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत अन्य धनमाल चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका-१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका-१२ ठेचोमा उनलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनले उक्त स्कुटर गत मंसिर १५ गते चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनले बागमती एएए ६४५१ नम्बरको स्कुटरसमेत काठमाडौंबाट चोरी गरी आफू बस्ने ठाउँमा पार्किङ गरी राखेको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी अनुमति प्राप्त गरी आवश्यक कारवाही भइरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादी एकहप्ताभित्र पक्राउ
२०८०-०९-०४

काठमाडौं, इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरुको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरी यसै हप्ता नेपाल फिर्ता ल्याउन नेपाल प्रहरी सफल भएको छ । नेपाल ल्याइएका मध्ये यूएईको दुबईबाट ३ जना र कुवेतबाट १ जना रहेका छन् । विद्युतीय कारोबारको कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठान सरूमारानी गाउँपालिका-१ का ३३ वर्षीया सगीर अहमदलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका अहमद विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २० गते रेड कर्नर नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको छ । यसैगरी जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङजा वालिङ नगरपालिका-११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने याम बहादुर बुढाथोकीलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका बुढाथोकी विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २०७९ जेठ १८ गते रेड कर्नर नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाही गराउने कार्य प्रकृयामा रहेको छ ।यसअघि जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट मंगलबार र ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमल राज उपाध्यायलाई यूएईको दुबईबाट पक्राउ गरी मंसिर २९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०९-०४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक साविक ठूलोपाखर गाविस-२ बस्ने ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्कीएको कारागारबाट भागी, अन्य थुनुवा-कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की विजयपुरबाट पक्राउ गरेको हो । साथै जिल्ला अदालत सिन्धुपाल्चोकको २०७४ फागुन ९ गतेको फैसलाले थुनुवा कैदी भागे भगाएको मुद्दामा लामालाई थप ९ वर्ष ६ महिना २० दिन कैद हुने ठहर गरेको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।   

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ
२०८०-०९-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वत कुश्मा नगरपालिका-१० घर भई सोही नगरपालिका-६ मा सुन व्यवसाय गरी बस्ने सरोज खाती र स्याङजा आधिखोला गाउँपालिका-३ घर भई काठमाडौं चक्रपथस्थित सूर्य चन्द्र ज्वेलरी केन्द्र संचालन गरी बस्ने ६१ वर्षीय भीम बहादुर विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये बैंकिङ कसूर मुद्दामा १० दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सरोजलाई कास्की न्यूरोड र बैंकिङ कसूर मुद्दामा २३ दिन कैद र ८० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका भीम बहादुरलाई कास्की पामेपोखरीबाट पक्राउ गरेको हो । दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

दुबई पठाई दिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
२०८०-०९-०४

काठमाडौं, वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा  २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्नेहरू चितवन रत्ननगर नगरपालिका-१६ घर भएका ४० वर्षीय नविन खड्का र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ घर भएकी ३३ वर्षीया चमेली चुहान रहेका छन् । उनीहरूले १ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं नयाँबानेश्वरबाट र चुहानलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

कुटपिटबाट बुबाको मृत्यु, दुई छोरा नियन्त्रणमा
२०८०-०९-०४

पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरीगाउँ बस्ने ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिटबाट बुधबार बिहान मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै छोराहरू ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  चन्द्रमान आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घनेन्द्र र देवेन्द्रले घरायसी विषयमा झै-झगडा गरी कुटपिट गरेको भन्ने खुल्न आएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महिलालाई दुर्व्यवहार गरी फरार रहेका प्रतिवादी पक्राउ
२०८०-०९-०३

काठमाडौं, महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मी सत्यवति गाउँपालिका-७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा बाँकेबाट पक्राउ गरेको हो ।  उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
२०८०-०९-०३

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा  जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ
२०८०-०९-०२

काठमाडौं, लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।  केही व्यक्तिहरुले लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिल बहादुरलाई काठमाडौं कालीमाटीबाट र आइतसिंहलाई मनोहरा नगरपालिका-१ बम्ह्रखेलबाट पक्राउ गरेको हो । उनीहरूबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्वरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरु ४ थान र मोबाइल २ थान बरामद भएको छ ।  उनीहरुलाई लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

सालनालसहितको शिशुसहित पक्राउ
२०८०-०९-०१

सर्लाही, भारत विहार शिवहर नारायणपुर बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुडीलाई सालनालसहितको मृत शिशुसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।मलंगवा नगरपालिका-८ स्थित झिल्मिलिया मन्दिर नजिकै जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले जाँच गर्ने क्रममा सुडीले बोकेको प्लाष्टिकको पोकाभित्र सालनाल सहितको शिशु फेला पारी उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८०-०८-३०

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमल राज उपाध्याय पक्राउ परेका छन् । एनसिबि अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । उपाध्याय समेत संचालक रहेको ‘TRINETRA Management Consultancies, Khalid Bin Al Waleed Road, ALRaffa, Dubai’ ले यूएईस्थित दुबईमा आर्म्स गार्ड, डिपिएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसा मार्फत दुबई बोलाएको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनी विरूद्ध जाहेरी दरखास्त दिएका थिए । प्रतिवादीहरू विरूद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध हतियार र लागूऔषधसहित २ जना पक्राउ
२०८०-०८-२९

काठमाडौं, सूर्यविनायक नगरपालिका-१० नलिन्चोकबाट अवैध हतियार र लागूऔषधसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट १ थान पेस्तोल, सोको गोली ५ राउण्ड, म्यागजिन २ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम बरामद भएको छ ।    पक्राउ पर्नेहरूमा इलाम इलाम नगरपालिका-१ बस्ने ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर कावासोती नगरपालिका-२ बस्ने ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ५ राउण्ड गोली र म्यागजीनसहितको पेस्तोल र उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूलाई लागू‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ ।

सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ
२०८०-०८-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।  उक्त चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थान र ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउने व्यक्तिहरू पक्राउ
२०८०-०८-२८

काठमाडौं, नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रुकुम सानीभेरी गाउँपालिका-१० का ३८ वर्षीय नर बिर खड्का, सर्लाही विष्णु गाउँपालिका-६ का ३१ वर्षीय अरविन्द्र यादव, झापा कमलादी गाउँपालिका-२ का ४२ वर्षीय होम पोखरेल, महोत्तरी जलेश्वर नगरपालिका-२ का ३० वर्षीय मनुराज चौधरी, स्याङ्जा चापाकोट नगरपालिका-१० का ३६ वर्षीय राम प्रसाद भण्डारी, गुल्मी सत्यवती गाउँपालिका-५ का ३४ वर्षीय दिनेश ज्ञावली, सिरहा मिर्चैया नगरपालिका-१२ का २७ वर्षीय सरोज कुमार यादव, मोरङ उर्लाबारी नगरपालिका-५ का ५१ वर्षीय देवराज खनाल, अर्घाखाँची पाणिनी गाउँपालिका-८ का ३५ वर्षीय गणेश पाण्डे, सिन्धुपाल्चोक लिसंखुपाखा-७ का ३० वर्षीय संजय तामाङ, काठमाडौं महानगरपालिका-३२  पेप्सीकोला बस्ने ५३ वर्षीय राज किशोर शाह र स्याङजा वालिङ गाउँपालिका-६ का २५ वर्षीय रविन अर्याल रहेका छन् ।  भिजिट भिषामा विदेश ‍जान लागेका युवा युवतीका शंकास्पद कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएपछि अनुसन्धानको क्रममा  एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिब्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिब्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त सेटिङमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो । उक्त कार्यालयबाट गत असोज १५ गतेदेखि हालसम्म १ हजार ५१३ थान शंकास्पद कागजात आएकामध्ये +2 सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट गरी २ सय ४६ थान कागजात नक्कली देखिएको थियो ।  उनीहरूलाई लिखत सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विभिन्न प्रहरी कार्यालयमा  पठाइएको छ । 

रातको समयमा चोरी गर्ने ६ जना पक्राउ
२०८०-०८-२७

काठमाडौं, विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका बिभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्नेहरू भारत देश बैसालीका १८ वर्षीय किशोर, भारत मोतीहारीका १९ वर्षीय किसन गिरी, भारत बिहारका २१ वर्षीय कृष्ण पोदार, काठमाडौं नागार्जुन नगरपालिका-६ सितापाइला बस्ने ३० वर्षीय बिक्रम गर्तौला, झापा वाहुनडाँगी नगपरालिका-८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका-९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा रहेका छन् । उनीहरूमध्ये बिक्रम, रमेश र डिल्लीराम सुन पसले रहेका छन् । गत असार १५ गते काठमाडौं शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते काठमाडौं बिजयचोस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट गरी जम्मा १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट सुनको पोते सहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान,  सुनको रिङ ३ थान,  सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद भएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशला पठाइएको छ । 

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-२७

बैतडी, सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ
२०८०-०८-२६

 ललितपुर, ललितपुर महानगरपालिका-३ झम्सिखलेबाट लागूऔषध र कटुवा पेस्तोलसहित उदयपुर लेखानि गाउँपालिका-९ घर भएका ४० वर्षीय अबिनाष राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड,  लागूऔषध Amphetamine (ATS) जस्तो देखिने पदार्थ ४ सय ८५ ग्राम, नगद ६० हजार नेपाली रूपैयाँ र ११ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।   झम्सिखलेमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त हातहतियार र लागूऔषधसहित उनलाई पक्राउ गरेको हो । साथै नियन्त्रणमा लिने क्रममा राईले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित गरी फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८०-०८-२६

काठमाडौं, मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्नेहरु भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रितु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।  आपराधिक विश्वाशघात र संगठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराई दिन्छु भन्दै खड्काका परिवारबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरू उपर आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
२०८०-०८-२५

काठमाडौं, मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका-४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितहरुलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याई बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रलोभन पारी पीडितहरुबाट जनही २ लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएको, थाईलैण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पुर्‍याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सुनका विभिन्न गरगहनासहित पक्राउ
२०८०-०८-२४

बर्दिया, बारबर्दिया नगरपालिका-९ कर्तनियाबाट बिल नभएका ३ सय ४७ ग्राम ०७१० मिलिग्रामको सुन जस्तो देखिने पथ्थर जडित रानीहार १ थान लगायतका बिभिन्न गर-गहना, ३ हजार ७ सय ३० नेपाली रूपैयाँ  र ४ हजार २० रूपैयाँ भारतीय रूपैयाँसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके राप्ती सोनारी गाउँपालिका-२ बस्ने ३८ वर्षीय दिपेन्द्र घर्ती मगर र बाँके नेपालगंज उपमहानगरपालिका-१९ बस्ने २९ वर्षीय मोहन बिक रहेका छन् । प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले प्रदेश ३-०१०२३ च ८१६८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त गहना र नगदसहित फेला पारी पक्राउ गरेको हो ।       यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-६ घर भई ललितपुर गोदावारी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लगनखेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले प्रहरीले पक्राउ गरेको छ । ती किशोरले २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

६ किलो ५६५ ग्राम सुनजस्तो देखिने अर्धठोस वस्तु बरामद, ३ जना पक्राउ
२०८०-०८-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ ।  फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय SHERIF MOHAMED MOHAMED LASHIN लाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम बनाई टेपले बेरेर ल्याएको अवस्थामा उक्त वस्तु बरामद गरी उनलाई पक्राउ गरिएको छ ।  साथै थप अनुसन्धान गर्ने क्रममा उनीसँगै आएका सुडानी नागरिकहरू ३० वर्षीय MOHAMED OMER USMAN TAIABELASMA र २८ वर्षीय OSMAN ALABED MOHAMAD IBRAHIM समेतको संलग्नता देखिन आएपछि उनीहरुलाई समेत पक्राउ गरिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद वस्तुसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

दुई किलो अवैध सुनसहित ३ जना पक्राउ
२०८०-०८-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुन जस्तो देखिने पहेलो धातु २ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्ड गाउँपालिका-५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् । भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्स नजिक बिस्कुट आकारमा २ थानमा रहेको उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-२२

काठमाडौं, वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहीले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोग एक जना पक्राउ
२०८०-०८-२१

 काठमाडौं, अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४१ वर्षीय पदम प्रसाद पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाको न्यूरोड लगायत बिभिन्न ठाउँमा बिलबिजक बिनाको सुनका गरगहनाहरु बिक्री वितरण गरेको तथा गैरकानुनी रूपमा हुण्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ न्युरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट उनलाई सुनका विभिन्न गरगहना तथा  टुक्राहरू, अमेरिकी डलर र नगदसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट सुन तथा सुनका गरगहना ७ केजी  १ सय ८५ ग्राम ३ सय ३५ मिलिग्राम, ३९ लाख ५० हजार रूपैयाँ, ४ हजार १ सय अमेरिकी डलर र विभिन्न कागजात रहेका रेकर्ड फाइल प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ । 

भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१९

मोरङ, भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार पाँच जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका-४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन् । विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरूमध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार र ३४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना, टिकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६६७ रूपैयाँ जरिवाना फैसला भएको  थियो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गत साउनदेखि हालसम्म जम्मा २ सय १५ जना फरार प्रतिवादीहरू पक्राउ गरि उनीहरूबाट कूल ८५ वर्ष १० महिना १५ दिन कैद र  ६८ करोड ६८ लाख २६ हजार ७३२ रुपैयाँ जरिवाना असुल गरेको छ  । 

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
२०८०-०८-१९

उदयपुर, आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै हत्या गरी घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको   थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीन जना पक्राउ
२०८०-०८-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टबाट चाँदीजस्तो देखिने धातु करिब ५ केजीसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन खैरेनी  नगरपालिका-३ बस्ने ३२ वर्षीय  राम भट्ट, चितवन भरतपुर महानगरपालिका-२९ बस्ने २७ वर्षीय मिन बहादुर गुरुङ र भारत महाराष्ट्र खवासपुर बस्ने २४ वर्षीय बिजय मारुती रहेका छन् ।  प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा पत्थलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा.१२ च ७१४० नम्बरको  कारलाई जाँच गर्ने क्रममा कारमा सिट मुनी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उक्त धातुसहित कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-१९

सुनसरी, ईटहरी उपनहानगरपालिका-२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडीबाट खुकुरीले प्रहार गर्दा गम्भीर घाइते भएकी पुरीको तरहरा सामुदायिक अस्पताल तरहरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहरा र प्रहरी बिट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-१८

 धादिङ, आफ्नै श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको अभियोगमा धुनिवेशी नगरपालिका-४ जिबनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामचन्द्रले सोही नगरपालिका-१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जिबनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । तत्काल फरार रहेका रामचन्द्रलाई खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

मानव बेचबिखनमा संलग्न महिला पक्राउ
२०८०-०८-१६

काठमाडौं, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल बिहीबार पक्राउ परेकी छिन् । सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित रहेको यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उक्त कार्यमा संलग्न मुना कुमारीलाई बाँके नेपालगंजबाट पक्राउ गरेको हो । मुना कुमारीले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने गरेका तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीहरूलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

८ लाख भारतीय रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ
२०८०-०८-१५

काठमाडौं, अवैध रूपमा बाह्य मुलुकतर्फ लैजाने लागेको विभिन्न दरका गरी जम्मा ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्तालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिसतारा एयरको उडानद्वारा दिल्ली जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा धर्मेद्र नागरलाई ५ सय दरका ७ सय ५७ थान, दुई सय दरका २ सय ३० थाम र १ सय दरका ६ सय ७० थान गरी ४ लाख ९१ हजार ५ सय भारतीय रुपैयाँ र पंकज गुप्तालाई ५ सय दरका ६ सय १७ थान गरी ३ लाख ८ हजार ५ सय भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्‍यक अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-१५

काठमाडौं, वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको अभियोगमा बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय दिपेश बास्कोटालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम उठाउने व्यक्ति पक्राउ
२०८०-०८-१५

पर्सा, घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा बारा आदर्श कोतवाल गाउँपालिका-८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कोईरीले ५/६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका-२३ सुगौली विर्ताबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-१५

 काठमाडौं, वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।           श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

क्रोएसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-१५

 काठमाडौं, वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएकी ४६ वर्षीया भवानी बोहरालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।           बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ
२०८०-०८-१५

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जना र बाँकेबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै ललितपुरबाट ४ वटा र बाँकेबाट १ वटा मोटरसाइकल बरामद भएको छ ।  ललितपुर, ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी खरिबोट  बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् । चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका-१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२-०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको   थियो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२-०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२-०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका-२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।बाँके, नेपालगंज उपमहानगरपालिका-८ बस्ने अतहर हुसेनको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय अजय सिंह बाडिया र सोही उपमहानगरपालिका-९ बस्ने रमेश भन्ने हरि सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका-१८ जनता ग्यारेज अगाडिबाट उक्त चोरी गरेको मोटरसाइकलको रङ परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०८०-०८-१५

ललितपुर, ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई  भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । यसैगरी ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुनका जस्तो देखिने विभिन्न गरगहना लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न ७ जना नियन्त्रणमा
२०८०-०८-१३

कैलाली, घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

वेश्यावृत्तीमा लगाउने स्पा सेन्टरका संचालक पक्राउ
२०८०-०८-१२

काठमाडौं,  रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  साथै सेन्टरबाट २ नाबालिका र १ युवतीलाई प्रहरीले उद्दार गरेको छ ।उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो । युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाईदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ । पौडेललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाडौं, वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।           डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाडौं, वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपैयाँ ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

आफ्नै हजुरबुवाको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-११

पर्सा, आफ्नै हजुरबुवा ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई आइतबार दिउँसो प्रहरीले गरेको छ । कृष्ण लक्ष्मणको छोरीपट्टीको नाती हुन् ।  आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको कारण कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्याल ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकिछीपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ
२०८०-०८-०९

मोरङ, सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् । सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ-आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ । 

महिलाको हत्या गरी सुनका गरगहना लुटपाट तथा किनबेचमा संलग्न ६ जना पक्राउ
२०८०-०८-०७

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती रहेका छन् । उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको, लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पसलका संचालक खगेन्द्र बहादुर सोव र सुजल सुनचाँदी पसलका संचालक दिपेन्द्र सिजापतीले उक्त सुनका गहना खरिद गरेको खुल्न आएको छ । नारुदेवी जोशी कात्तिक १९ गते दिउँसो घास काट्न भनि आफ्नो घर नजिक मध्यवर्ती सामुदायिक वनतर्फ गएकोमा घरमा फर्कि नआएछि खोजी गर्ने क्रममा कात्तिक २० गते उक्त वनमा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा महेश डगौरालाई झलारी बजारबाट मंसिर १ गते प्रहरीले पक्राउ गरेको थियो । महेशले मध्यवर्ती सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारूदेवीसँग घाँस काटिदिन्छु भनि हँसिया मागी सो हँसिया केहि टाढा फाली उनकै चुन्नी जस्तो कपडाले घाँटि कसी हत्या गरेको र मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै लुटिएका सुनका गहना समेत तीन वटै पसलबाट प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लिखित सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ
२०८०-०८-०६

काठमाडौं, लिखत सम्बन्धी कसूर मुद्धाका प्रतिवादी काभ्रेपलान्चोक पनौति नगरपालिका-६ सुनथान घर भई हाल बनेपा नगरपालिका-७ बस्ने ६७ वर्षीय पुष्कर बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई हकभोगको लागि दिएको काभ्रेपलाञ्चोक साविक सुनथान गाविस-८ कि. नं. ७५ क्षेत्रफल ३६-०-२-० वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात किर्ते गरेको मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले बस्नेतलाई बनेपा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।  काभ्रेपलान्चोक जिल्ला अदालत धुलिखेलबाट लिखत सम्बन्धी कसूर मुद्दामा म्याद थप भई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८०-०८-०२

सर्लाही, हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् । कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ
२०८०-०८-०१

बर्दिया, बर्दिया गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका-६ ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका-६ कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका-५ बंगलामुखिटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर, सोही नगरपालिका-८ कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका-८ गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका-४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका-३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।  गुलरिया नगरपालिका-५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ । घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  छ । 

खुकुरी प्रहार गरी फरार रहेका राना पक्राउ
२०८०-०८-०१

बाँके, धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको अभियोगमा बैजनाथ गाउँपालिका-१ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका-११ बस्ने ३० वर्षीय आकाश रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने २९ वर्षीय मिन बहादुर बिकलाई राना लगायतका व्यक्तिहरूले कात्तिक ३० खुकुरी प्रहार गरी फरार भएका थिए । फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरी टोलीले जानकी गाउँपालिका-४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई धकेली भाग्दै गर्दा प्रहरीले फायर गरी उनलाई नियन्त्रणमा लिएको हो । घुँडामा गोली लाग्न गई घाइते भएका रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । रानाविरुद्ध कात्तिक २८ गते १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको जाहेरी समेत दर्ता भएको र २०७४ असोज २७ गते जिल्ला अदालत बाँकेको आदेशले लागू औषध ब्राउनसुगर मुद्दामा कैद सजाय भई  २०७९ भदौ २७ गते कैदमुक्त भएको खुल्न आएको छ ।                                                                                         यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नक्कली जस्तो देखिने नोटसहित काठमाडौं र पर्साबाट तीन जना पक्राउ
२०८०-०७-२५

नक्कली जस्तो देखिने नोट सहित काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जना शुक्रबार पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौं महानगरपालिका-९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली जस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी पर्सा वीरगंज महानगरपालिका-८ घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली जस्तो देखिने नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगंज महानगरपालिका-३१ कोनिया बस्ने २३ वर्षीय रिसि पटेल रहेका छन् । घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रूपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र.२-०३-००१ प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एउटै परिवारका चार जनाको हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०७-२४

मुगु, एउटै परिवारका चार जनाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छायाँनाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् । छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, ५ महिनाको रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोराको कात्तिक ८ गते राति आफ्नै घरमा हत्या गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौं, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रहरी कार्यालय मुगुबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोर्ख राज शाहीलाई लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ पञ्चकोशी टोल र गोपाल बोहरालाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो । गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन आग्रह गरेको तर दीपकले सो कुरा अस्वीकार गरेकोले रिसइवीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ ।  गोपालले गोर्ख शाहीलाई भेटी श्रीदेवी बोहोरासँग भएको सुन तथा नगद लुटपाट गर्ने सल्लाह गरी श्रीदेवी आफ्नो छोराछोरीसहित माइतीघरबाट फर्केर घरमा आई खाना खाई बसेकोमा गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल १ थान लुटेर भागेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कतार पठाईदिन्छु भन्दै एक लाख ८६ हजार रूपैयाँ ठगी गर्ने तामाङ पक्राउ
२०८०-०७-२४

काठमाडौं, कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं मनमैजु बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-७ का ३३ वर्षीय भिम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।तामाङले एक महिलालाई वैदेशिक रोजगारका लागि कतार पठाई पार्लरमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी १ लाख ८६ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

पाँच हजार तीन सय २० थान पटाकासहित एक जना पक्राउ
२०८०-०७-२४

तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट कोब्रा लेखिएको पटाका ५ हजार ३ सय २० थानसहित कास्की पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने महोत्तरी साम्सी गाउँपालिका-७ का २२ वर्षीय नजाव नदाफलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।जनकपुरदेखि पोखरातर्फ जाँदै गरेको ना.५ ख ६६२१ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा क्याविनमा राखिएको चिउरा र ३ वटा चाउचाउको प्याकेटले छोपी लुकाई राखेको उक्त पटाका फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा तनहुँ जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०७-२४

काठमाडौं,  प्यूठान, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माण्डवी गाउँपालिका-४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमाईले ती महिलालाई बिवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगी गर्ने श्रेष्ठ पक्राउ
२०८०-०७-२३

काठमाडौं, इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा हाल तार्केश्वर नगरपालिका-१ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका-६ का ३५ वर्षीय राजेश श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।श्रेष्ठले ५  जनालाई वैदेशिक रोजगारका लागि इस्टोनिया पठाई सुपर मार्केटको स्टोर किपरमा १ लाख ५० हजार रुपैयाँ तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ३४ लाख १३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।     

हत्यामा संलग्न एक जना महिला पक्राउ
२०८०-०७-२३

काठमाडौं, अछाममा १८ वर्षीय किशोरको हत्या भएको घटनामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौंबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पञ्चदेवल बिनायक नगरपालिका-८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेकी छिन् ।   पञ्चदेवल बिनायक नगरपालिका-८ बस्ने १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको गत कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ । 

खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ
२०८०-०७-२३

झापा, भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।  पर्सा, पर्सागढी नगरपालिका-४ हरदासपुर टोल  बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै-झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाँच राउण्ड गोलीसहित दुई जना पक्राउ
२०८०-०७-२२

सप्तरी, खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्डसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोलीसहित पक्राउ गरेको हो । उनीहरू उपर हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ
२०८०-०७-२२

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०७-२२

कास्की, पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट पेचकस १  थान, रड १ थान र कैँची १ थान बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली कागजात बनाउने चार जना पक्राउ
२०८०-०७-२०

काठमाडौं,  भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका-८ घर भई काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाडौं  महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीय दिपक केसी र सल्यान कालीमाटी रामपुर गाउँपालिका-३ घर भई काठमाडौं नागार्जुन बस्ने ४२ वर्षीय बल बहादुर रावत रहेका छन् ।  भिजिट भिषामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाएको थियो । अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टी हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकहरूको स्टेटमेण्ट तथा चेक, HSEB लेखिएको होलो ग्राम, CTEVT को स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजि कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेन्ड्राईभ २ थान बरामद भएको छ । उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ । 

भन्सार छलिका मोबाइल लगायतका सामानसहित एक जना पक्राउ
२०८०-०७-२०

काठमाडौं, अवैध रूपमा भन्सार छलि लैजान लागेको करिब ९ लाख १७ हजार रूपैयाँ मूल्य बराबरको मोबाइल लगायतका सामानसहित धनुषा जनकपुर उपमहानगरपालिका-५ ठेगाना भएका ३० वर्षीय मोहमद सजिबुल रेनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।  कतार एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका उनलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलि गरी लैजान लागेको मोबाइल लगायतका सामानसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट उक्त रूपैयाँ बराबरको आइफोन लगायत विभिन्न कम्पनीका मोबाइल ७ थान, स्मार्ट वाच ५ थान, वायरलेस एयर पड्स २ थान, एयरफोन १ थान बरामद भएको छ ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

अवैध रूपमा बाह्य मुलुक लैजान लागेको युरोसहित एक जना पक्राउ
२०८०-०७-२०

काठमाडौं, अवैध रूपमा बाह्य मुलुक लैजान लागेरको युरो ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट युरो ५ सय दरको ४ थान,  २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

नक्कली नोट र फोटोकपी मेसिनसहित गुरूङ पक्राउ
२०८०-०७-२०

    काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङलाई पक्राउ गरेको हो । उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद भएको छ ।   यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

हात्तीको बङगारा जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ
२०८०-०७-१७

झापा, अर्जुनधारा नगरपालिका-७ जरूवा टोल बस्ने ४७ वर्षीय तिख बहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बुलाई ७  इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको बङ्गारा जस्तो देखिने बस्तुसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  तिख बहादुरको किराना पसलमा हात्तीको बङ्गारा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त बस्तु फेला पारी उनलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त बस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ
२०८०-०७-१७

मोरङ, बिराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ परेका छन् ।  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ बिराटनगरबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई बरामद गहनासहित भन्सार कार्यालय रानी लगि आवश्यक अनुसन्धान भइरहेको छ । 

श्रम स्वीकृति लगायतका नक्कली कागजातहरु बनाउने दुई जना पक्राउ
२०८०-०७-१६

काठमाडौं, श्रम स्वीकृति लगायतका नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र गोरखा बारपाक सुलिकोट गाउँपालिका-४  घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । भिजिट भिषामा विदेश ‍जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने दुवै जनालाई काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो । साथै उक्त ट्राभल्सको कोठाबाट मोबाइल २ थान र सिपियु १ थान समेत प्रहरीले बरामद गरेको   छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ
२०८०-०७-१५

बारा, कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका संचालक तथा  प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका-९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला-१२ बस्ने २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् । मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो । उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अंसारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको छ । साथै भारत मोतिहारी दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय  मनिष कुमार सहनी र  २० वर्षीय कामेश्वर सहनी गोली प्रहार गर्न संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ
२०८०-०७-१५

काठमाडौं, सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका-५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०७-१५

झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-६ बस्ने ३७ वर्षीय तुलसी फुयललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर ईलाम इजलासको २०७९ चैत ८  गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद, १ करोड रूपैयाँ जरिवाना तथा ४ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका फुयललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । 

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
२०८०-०७-१५

चितवन, राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी कन्टेनर चालक चौधरीलाई पक्राउ गरेको हो । सिरहा, सखुवानान्कारकट्टि गाउँपालिका-५ बाट स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपैयाँसहित भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि-११ बस्ने २९ वर्षीय सन्तोष कुमार महतोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकमसहित पक्राउ
२०८०-०७-१४

मोरङ, विराटनगर महानगरपालिका-६ स्थित शनि मन्दिर नजिकबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले उनलाई  उक्त रकम तथा कुमारी बैंकको चेकबुक १ थान, एनआईसी एसिया बैंकको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ सय रूपैयाँ काटिएको चेक १ थान र ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रूपैयाँ जम्मा गरेको रसिद ४ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध रूपमा भन्सार छलि सुनको कारोबार गर्ने पाँच जना पक्राउ
२०८०-०७-१४

काठमाडौं, अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् । कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई जम्मा २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँसहित पक्राउ गरेको हो । उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ । 

चितुवाको छाला जस्तो देखिने अखेटोपहारसहित तीन जना पक्राउ
२०८०-०७-१४

काठमाडौं महानगरपालिका-१६ नयाँबजारबाट बयस्क चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गाना समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई उक्त अखेटोपहारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८०-०७-१२

काठमाडौं, ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका-६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।  उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, KYC Form Update, Statement Verify, Secure Transfer Charge नलाग्ने, ५० प्रतिशत Cash Back रकम उपलब्ध गराईदिन्छु भनी बिश्वास दिलाई झुक्यानमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०७-१२

काठमाडौं, काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको  १२ थान सिमकार्डसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-०७-११

सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाघको छाला र अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
२०८०-०७-०२

कैलाली, धनगढी उपमहानगरपालिका-४ सहिद गेटस्थित जुमेरा होटलबाट ७ फिट ६ ईन्च लम्बाई, १ फिट १० ईन्च चौडाई भएको बाघको छाला १ थान र अवैध लागूऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बैतडी मेलौली नगरपालिका-३ बस्ने २४ वर्षीय करन चन्द, बाजुरा गौमुल गाउँपालिका-१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेम राज जैशी रहेका छन् ।  विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला र लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

लुटपाट गरेको अभियोगमा दुई जना किशोर पक्राउ
२०८०-०७-०२

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरुले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित सोही उपमहानगरपालिका-१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
२०८०-०७-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिक ४४ वर्षीय THINLETY CHODEN लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

हतियार देखाई लुटपाटमा संलग्न व्यक्तिहरू हतियारसहित पक्राउ
२०८०-०६-२६

काठमाडौं, हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई हतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलान, सर्लाही लालबन्दी नगरपालिका-१५ घर भई काठमाडौं काँडाघारी बस्ने ३६ वर्षीय सान्ता लो तामाङ र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-२ घर भई काठमाडौं गोकर्णेश्‍वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् । काठमाडौं बौद्ध एरियामा विभिन्न व्यक्तिहरुलाई हतियार देखाई डलर तथा सुन लुटपाट गर्ने हतियारधारी समुह रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरूले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित फायर गर्न लाग्दा प्रहरीको जवाफी कारवाहीमा एक जनालाई खुट्टामा गोली लाग्न गई घाइते भएको र अन्य २ जनालाई भाग्ने क्रममा नियन्त्रणमा लिएको हो । साथै मेड इन युएसए लेखेको पेस्तोल १ थान, सो को गोली ७ राउण्ड, ताला काट्न प्रयोग हुने फलामको कैंची १ थान तथा बा.८८ प ४०३१ नम्बर र बा.८९ प २३१७ नम्बरका २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको छ ।

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०६-२५

काठमाडौं, अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तुसहित पक्राउ
२०८०-०६-२४

काठमाडौं, संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने वस्तु ६ किलोग्रामसहित रामेछाप दोरम्बा गाउँपालिका-६ बस्ने ३४ वर्षीय शुकलाल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ कपाली चोकबाट उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको छ ।

हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा पक्राउ
२०८०-०६-२४

चितवन, भरतपुर महानगरपालिका-७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका-२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या पश्चात कानमा लगाएको गरगहना समेत लुटी फरार भएका थिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका-४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०६-२३

सुनसरी, इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

घरायसी विवादमा आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ
२०८०-०६-२१

सल्यान, घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुन: विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुन: सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०६-२१

पर्सा, वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने भारत विहार सितामढी नरहा ग्राम घर भएकी ४० वर्षीया पुनम देबीको हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१ छप्कैया बस्ने २५ वर्षीय ईमरान मियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै कोठामा सुतेको अवस्थामा टाउकोमा चोट लागी गम्भीर अवस्थामा शुक्रबार बिहान फेला परेकी पुनमको नारायणी अस्पताल हुँदै नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा पुनमको हत्यामा मियाको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले पक्राउ गरेको हो । उक्त दिन लागूऔषध प्रयोग गर्नको लागि चोरी गर्ने उद्देश्यले पुनमको घरभित्र प्रवेश गर्दा पुनम चिच्याएपछि फलामको छड प्रहार गरी भागेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको  छ ।कञ्चनपुर, पुनर्वास नगरपालिका-११ भिमबस्ती बस्ने ४६ वर्षीय जसविर धामीको कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीचको विवादमा ती किशोरले कोदालो प्रहार गर्दा जसविरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले घटनामा संलग्न किशोरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खुकुरी प्रहारबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ
२०८०-०६-२१

लमजुङ, क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । आफ्नै छोरा २८ वर्षीय सुजन बिकबीच दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा सुजनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०६-१८

काठमाडौं, राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी कपिलवस्तु शिवराज नगरपालिका-४ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय कुतबुद्दिन शेषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत तुलसीपुरको २०७८ पुष १४ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा ६ महिना कैद र सरकारी बाँकी सरह असुल गर्नुपर्ने राजश्व चुहावट गरेको विगो रकम ३ करोड ९९ लाख १० हजार ९ सय ३ तथा जरिवाना १ करोड ९९ ख ५५ हजार ४ सय ५२ रूपैयाँ समेत गरी जम्मा ५ करोड ९८ लाख ६६ हजार ३ सय ५५ रुपैंया  वेरुजू रही फरार रहेका उनलाई चन्द्रौटा, कपिलवस्तुबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सहकारीको रकम हिनामिना गरेको अभियोगमा सहकारी संस्थाका अध्यक्ष पक्राउ
२०८०-०६-१८

काठमाडौं, सहकारीको रकम हिनामिना गरको अभियोगमा देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-६ वतन भएका ३९ वर्षीय रविन्द्र चौलागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त सहकारीका संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाई बचतकर्ताहरुले जम्मा गरेको ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रूपैयाँको बचत पटक-पटक ताकेता गर्दा साँवा, ब्याज फिर्ता नदिएको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-१८

काठमाडौं, अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने ३१ वर्षीय रवि घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले १ जनालाई वैदेशिक रोजगारका लागि अजरबैजान पठाई टायल मेसनमा ९० हजार रूपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ४ लाख १३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।     

ठगी कार्यमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ
२०८०-०६-१८

काठमाडौं, ठगी कार्यमा संलग्न रहेको अभियोगमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाकिस्तान राहुलपिन्डी घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहमद र अजरबैजन देश घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३१ वर्षीया AYSEL HUSEYNIL रहेका छन् ।पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाईरहेको छ भने जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ठमेलस्थित होटल यात्री एण्ड डुडि सुइटस एण्ड स्पाको कोठा नम्बर ३०४ र ३१४ बाट पक्राउ गरेको हो । उनीहरूले प्रोसेसिङ गर्नका लागि प्रतिव्यक्ति १ लाख ३३ हजार रूपैयाँ लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको गरी करिब ८० लाख रूपैयाँ बराबरको रकम ठगी गरेको र पीडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको अनुसन्धानबाट खुल्न आएको   छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सुन जस्तो देखिने पहेलो धातुसहित दुई जना भारतीय नागरिक पक्राउ
२०८०-०६-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो धातु ३ सय २० ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् । हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई उक्त विमानस्थलको आगमन लिफ्ट भर्‍याङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ । 

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-१७

काठमाडौं, माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-१२ वतन भई हाल काठमाडौं थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । पाण्डेले  ४  जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई फुड डेलिभरीमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।      

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चार जना पक्राउ
२०८०-०६-१७

काठमाडौं महानगरपालिका-२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिका-‍२ घर भई हाल काठमाडौं महानगरपालिका-२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका-५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।  धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका सनि कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौं महानगरपालिका-२४ मखनबाट, भुमी मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८०-०६-१६

पर्सा, जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोल बस्ने ५६ वर्षीया कान्ती देवी वीनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोल बस्ने ३६ वर्षीय भुट्टा भन्ने लालबाबु राउत वीन तथा मृतकका जेठाजुहरू सोही ठाउँ बस्ने ५९ वर्षीय चन्द्रिका राउत वीन  र ५७ वर्षीय अमिका भन्ने अमीरीका राउत वीन रहेका छन् । गत असोज २ गते दिउँसो आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा कान्ती देवीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले लालबाबु राउतलाई असोज ७ गते पक्राउ गरेको थियो । थप सोधपुछ एवम् अनुसन्धानको क्रममा चन्द्रिका राउत र अमीरीका राउत समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । कान्ती देवीको घरमा चोरी गर्ने योजनाका साथ असोज १ गते राति सुरूङ बनाइ (सेनकाटी) घरभित्र प्रवेश गरेर चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा कान्ती देवी बिउँझी उनीहरूलाई चिने पश्चात पोल खुल्ने डरले खुर्पीले घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न १२ जना पक्राउ
२०८०-०६-१६

झापा, दमक नगरपालिका-१ कुमाल चोकस्थित रूवेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ईलाम चुलाचुली गाउँपालिका-३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको छुरा प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा उक्त रोष्ट हाउसका संचालक विशाल कुमाल, दमक नगरपालिका-७ सयपत्री टोल बस्ने २२ वर्षीय सनम राई, सोही नगरपालिका-१ नवदुर्गा टोल बस्ने २२ वर्षीय आनन्द भन्ने राज कुमार भुजेल, सोही नगरपालिका-१ पाङमी चोक बस्ने २५ वर्षीय नामुद थेव, सोही नगरपालिका-१ फाल्गुनन्द चोक बस्ने २६ वर्षीय आकाश केरुङ, सोही नगरपालिका-७ पशुहाट टोल बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने २८ वर्षीय सलमान लिम्बु, ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३१ वर्षीय सन्दिप राई, सोही गाउँपालिका-३ बस्ने ३८ वर्षीय सूर्य केरुङ, ३८ वर्षीय उपेन्द्र राई, झापा दमक नगरपालिका-७ राधाकृष्ण टोल बस्ने १८ वर्षीय किशोर र मोरङ बिराटनगर महानगरपालिका-६ अमाननगर बस्ने २९ वर्षीय मफुद मिया रहेका छन् ।  उक्त रोष्ट हाउसमा असोज १२ गते बिहान सनम राईसमेत १० जना मादक पदार्थ सेवन गरी विवाद हुँदा सनम राईले लुकाई राखेको छुराले गोविन्दलाई प्रहार गरी हत्या गरी फरार भएका थिए । घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा तत्काल खटिएको प्रहरीले सोही दिन ८ जनालाई, थप अनुसन्धानको क्रममा मोरङ उर्लाबारी नगरपालिका-१ टप्पु टोल उर्लाबारी-मधुमल्ला सडकमा प्र.१-०१-०१२ प २९५३ नम्बरको मोटरसाइकल रोकी राखेको अवस्थामा ३ जनालाई र घटनामा प्रयोग भएको छुरा व्यवस्थापन गर्न सहयोग पुर्‍याउने मियालाई समेत पक्राउ गरेको हो । उक्त हतियार सोही महानगरपालिका-९ स्थित रोड शिक्षादिप कलेजको पार्किङ छेउमा रहेको झाडीबाट बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।   

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८०-०६-१६

झापा, मुद्दा मिलाई दिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दमक नगरपालिका-५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिव नारायण सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-२ बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट तिलकराम, दिपक साह र रेशम गौतमलाई अवैध लागूऔषध ब्राउनसुगरसहित गत असार २६ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा दिपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनि शिव नारायणले उक्त नगद ठगी गरेको भन्ने जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक बजारबाट पक्राउ गरेको हो ।  उनी उपर ठगी मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित दुई जना पक्राउ
२०८०-०६-१५

झापा, अर्काको डेराबाट एकाबिहानै चोरी गरी डोर्‍याँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका-४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन् ।  उनीहरूले शंकास्पद अवस्थामा उक्त मोटरसाईकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका-४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाई नगरपालिका-३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रक्त चन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ
२०८०-०६-१४

कपिलवस्तु, बुद्धभूमी नगरपालिका-१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठ करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित शिवराज नगरपालिका-३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका-७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामी लगायत ८ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना.५ ख ७३८२ नम्बरको ट्रकमा ६ सय १६ केजी ९ सय ७० ग्राम  र लु.२ च १६३९ नम्बरको पिकअपमा ३६ केजी २ सय १८ ग्राम गरी उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टिकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवा  कपिलवस्तुमा बुझाइएको छ । 

धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०६-१३

धादिङ,नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँच जना पक्राउ
२०८०-०६-१२

दोलखा, सुन जस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् ।  बिगु गाउँपालिका-३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशर बहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरी घटनास्थल वरपरबाट केशर, पेम्बा र माधवलाई बुधबार पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका नुर्वु छिरीङ र सुनमालालाई भिमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   उनीहरुलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ
२०८०-०६-१०

घोराही उपमहानगरपालिका-१८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० सौडिकुला बस्ने ३२ वर्षीया मिना चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लेनदेनको बिषयलाई लिएर चौधरीले उक्त मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ
२०८०-०६-१०

काठमाडौं, सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६  नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र बिक र भारत महाराष्ट्र घर भई काठमाडौं माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानहरुमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटना अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य २ जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र वीरेन्द्र तथा हनुमन्त चोरी गरेको सुनका गहना खदिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८०-०६-१०

सप्तरी, कञ्चनरुप नगरपालिका-७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका-९ स्थित सुन्दरी खोलाको पुल नजिक भदौ २१ गते राहुलको शव शंकास्पद अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा उक्त दिन राहुल र पशुपति सँगै रहेको अवस्थामा घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी भारतबाट लागूऔषध खरिद गरी अत्यधिक मात्रामा लागूऔषध सेवन गराई बेहोस अवस्थामा हत्या गरी राहुलको साथमा रहेको मोबाइल र घडी लुटेर पशुपति घरतर्फ गएको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०९

काठमाडौं, वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सोही टोल ठेगाना भएका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई वैदेशिक रोजगारका लागि टर्की पठाई टर्कीमा गएको भूकम्प पश्चात पुन: निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने भनी प्रलोभनमा पारी पीडितहरुबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेकोले आवश्यक कारवाहीका लागि  वैदेशिक रोजगार विभागबाट जाहेरी दरखास्त प्राप्त भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महराजंगजबाट खटिएको प्रहरीले उनलाई पोखरा कास्कीबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०८

काठमाडौं, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रौतहट बिश्रामपुर नगरपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिध्दिकीले १ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाइ सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं नार्गाजुन नगरपालिका-६ पानीट्याङकीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०८

काठमाडौं, पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-६ घर भई काठमाडौं महागरपालिका-३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ४ जनालाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाई प्रतिष्ठित फुड प्याकिङमा मासिक १ लाख  रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख २५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०६-०८

काठमाडौं, जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज घर भएका ५८ वर्षीय अमरेश कडेललाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र सामूहिक करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो  महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गेरको हो । मादक पदार्थ सेवन गरी ललितपुर साविक ठैव गाविस-८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा नास्ता बनाउने नाबालिकालाई २०६४ पुस ५ गते साँझ जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको  थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितवन पठाइएको छ ।

गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०६-०८

चितवन, गैंडा मारी खाग चोरी लगेको मुद्दाका फरार प्रतिवादी गोरखा साविक आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई हाल चितवन कालिका नगरपालिका-२ बस्ने ४४ वर्षीय यम बहादुर बानियाँलाई घटनाको २५ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र खाल्डोमा २०५५ कात्तिक २८ गते गैंडा मारी खाग काटि चोरी लगेको वन्यजन्तु कसूर मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २०५७ माघ २५ गतेको फैसलाले १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका-१० चौबिसकोटी चोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा चितवनमा बुझाइएको छ । 

सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्‍याउने व्यक्ति पक्राउ
२०८०-०६-०८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्‍याएको अभियोगमा सर्लाही मलङ्वा नगरपालिका-९ स्थायी वतन भएका २० वर्षीय सनि शर्मालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने कार्यमा शर्माको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि प्रहरीले काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०६-०७

दाङ, तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो । साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पक्राउ
२०८०-०६-०४

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै मौरिसस जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशलामा पठाइएको छ । 

सुनको सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ
२०८०-०६-०२

काठमाडौं, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी एक जना महिलाको दुई तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बागबजार ठेगाना भएका ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगंज महानगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी, भारत पश्चिम बंगाल मेधिनापुर उदयचोक घर भई काठमाडौं महानगरपालिका-२३ बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारत महाराष्ट्र सोलापुर गोरडवानी घर भई काठमाडौं महानगरपालिका-२२ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।  ती महिलाले घाँटीमा लगाई राखेको करिब २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा संलग्नता खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूमध्ये सुरज मोटरसाइकल चालक, अनवर मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने, शक्ति सुन बेच्न सहयोग गर्ने र सचिन सुन खरिद गर्न संलग्न रहेको उक्त कार्यालयले जनाएको छ ।उनीहरूलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरु सहित थप अनुसन्धानका लागी प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।  

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
२०८०-०६-०२

काठमाडौं, जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् । उनीहरूले १ जनालाई वैदेशिक रोजगारका लागि जापान पठाइ कुकमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं घट्टेकुलोबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०२

काठमाडौं, तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिंहले १ जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम  लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सितापाइला चोकबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न आठ जना पक्राउ
२०८०-०६-०२

रूपन्देही, तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको छ । कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन तामाङ समेत आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश समेत ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको हो । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०१

काठमाडौं, सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एकटिभ गराई पीडितको बैंक खाताबाट बिभिन्न बैंक खाता तथा वालेटहरुमा पटक-पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

कुटपिटबाट एक जनाको मृत्यु, संलग्न चार जना पक्राउ
२०८०-०६-०१

पाल्पा, तिनाउ गाउँपालिका-२ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुनसमेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा सुनिल खत्री र उनकै साथीहरू बीच झै-झगवा तथा कुटपिट हुँदा गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विभिन्न देशका मुद्रासहित एक जना पक्राउ
२०८०-०६-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पुर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माईक्रो गाडीलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चार जनाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८०-०५-३१

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त सः मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका-८ घर भएका ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्ण बहादुर भुजेल, उनकै श्रीमती ५० वर्षीय अम्विका भुजेल, पूर्ण बहादुरकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका-२ घर भई सोही मिलमा बस्ने १९ वर्षीय नबिन भन्ने विशाल राईसमेत ४ जना शुक्रबार राति धारिलो हतियार प्रहार भई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न भण्डारीलाई काँडाघारी वीरेन्द्र चोकबाट पक्राउ गरेको हो । केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले संजयलाई ठक्कर दिँदा उनीहरूबीच विवाद भएको र विशालले कुटपिट समेत गरेको रिसइबीका कारण विशाललाई भेट्छु, निहु खोज्यो भने छप्काई दिन्छु भन्दै खुकुरी बोकी मिलको पछाडि पट्टीको बन्द गेटबाट चढेर विशाल बसेको कोठाको सोफामा बसेको अवस्थामा विशालले किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि संजयले रिस थाम्न नसकी खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको र अन्य ३ जनालाई सो घटना बाहिर आउने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै संजयको साथबाट घटनामा प्रयोग भएको १ थान खुकुरी प्रहरीले बरामद गरेको छ । प्रतिवादी भण्डारी जन्मजात बोल्न नसक्ने भएकोले घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछको क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य जारी रहेको छ ।

दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छ जना पक्राउ
२०८०-०५-३०

काठमाडौं, टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका-८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका-४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका-२ पातले गाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका छन् ।  टोखा नगरपालिका-५ स्थितमा अवैध रूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०५-३०

रौतहट, कटहरिया नगरपालिका-५ सपहिमाई मन्दिर बस्ने ३२ वर्षीय सुनिल यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्रि साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँ बस्ने ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयलाई लिएर विवाद हुँदा रामबाबु साहको छोरा बद्रि साहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका सुनिलको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बद्रिलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि उक्त झै-झगडामा संलग्न रामबाबु समेत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुटपिट गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०५-२९

दाङ, आफ्नै बुवा ५१ वर्षीय प्रेम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ब्रेक प्याडहरूमा लुकाई छिपाई ल्याएको सुन तस्करीमा संलग्न हालसम्म ३२ जना पक्राउ
२०८०-०५-२७

काठमाडौं, ब्रेक प्याडहरूमा लुकाई छिपाई अवैध सुन पैठारी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने माल बस्तु व्यवस्थापक २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् । रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।  राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । परीक्षण पछि सुन रहेको एकिन भए पश्चात राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी पैठारी राजश्व छलि मुद्दा दर्ता भएको र १९ दिन सम्मको अनुसन्धानबाट १६ जनालाई पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धानको लागि उक्त विभागबाट गत साउन २१ गते फाइल प्राप्त भई केन्द्रीय अनुसन्धान व्यूरोले साउन २२ गतेबाट अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको थियो । 

आपराधिक लाभ लिएको अभियोगमा एक जना पक्राउ
२०८०-०५-२७

काठमाडौं, आपराधिक लाभ(एक्स्टर्सन) लिएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिने सम्मको धम्की दिई डर त्रासमा पारी कुटपिट समेत गरी जबरजस्ती २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराई आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काँडाघारीबाट श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको छ ।  उनलाई आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ । 

अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०५-२६

काठमाडौ, अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएकी २५ वर्षीया सुधा चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारमा अल्वानिया जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्यकिङमा मासिक ७२ हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७२ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ
२०८०-०५-२६

काठमाडौं, कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका-४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।     

हत्या गरेको अभियोगमा दुई बृद्ध पक्राउ
२०८०-०५-२६

काठमाडौं महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जगत बहादुरले पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  रसुवा, आफ्नै श्रीमती ७१ वर्षीया सिता कामीको हत्या गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका-६ रेडपाण्डा चोकस्थित भुकम्प पीडित आवास स्थल बस्ने ७१ वर्षीय सुलाल कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिता कामी आफ्नै आवास स्थलमा मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुलाल कामीले कुटपिट गरी हत्या गरेको भन्ने खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके पक्राउ
२०८०-०५-२५

काठमाडौं, अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकहरुलाई युएई (दुबई), थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने, एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई वेचविखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई मानव वेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।   यसअघि पक्राउ कमल तामाङ समेत भएको मानब वेचविखन तथा ओसारपसार र संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भई उक्त कसूरमा संलग्न ३ जना अभियुक्तहरू पक्राउ परी अनुसन्धान भइरहेकोमा उक्त कसूरमा निज हस्त गौतम प्रमुख योजनाकार रहेको खुल्न आएको हो । उनले मेक्सीकोमा बेस बनाई विश्वासिला ५ जना एजेन्टलाई नेपाल, दुवई, सिंगापुर, फिलीपिन्स, थाईलैण्ड, श्रीलंका, कोलम्बीया, लेटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरेको र पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोड भन्दा बढी पैसा लिइसकेको खुल्न आएको छ । गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्दारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्यूरोले जनाएको छ । उनी उपर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई मानव वेचविखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

सुनजस्तो देखिने धातुसहित चार जना पक्राउ
२०८०-०५-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्‍वकर्मा, काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्‍चरे नगरपालिका-१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका छन् । हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छलि गर्न लगाई शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ
२०८०-०५-२४

नवलपरासी पश्चिम, सरावल गाउँपालिका-७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०५-२२

काठमाडौं, अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका-४ घर भई काठमाडौं सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठलाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ  । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई होटलमा मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलबमा  काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौम उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको ।

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ
२०८०-०५-१८

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।  उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०५-१६

काभ्रे, काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा दोलखा ‍सैलुङ गाउँपालिका-८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बेथानचोक गाउँपालिका-२ स्थित ढोलखोलामा मंगलबार बिहान निर्मल बुढाथोकी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सुजन उप्रेतीको संलग्नता रहेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले प्रहरी वृत्त लैनचौरको सहयोगमा काठमाडौं ढल्कुबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागूऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुल्न आएको हो । साथै बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएपछि तत्काल प्रहरी टोली खटिई गई तलासी गर्दा तिर्थराजको घरबाट सुजनको झोला, पासपोर्ट तथा अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ केजी ७७ ग्राम फेला पारी तिर्थराज समेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपालाञ्चोकबाट सुजन उपर ज्यान सम्बन्धी कसूर मुद्दामा ५ दिन र तिर्थराज उपर लागूऔषध सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८०-०५-१६

मोरङ, सुनवर्षी नगरपालिका-९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २२ वर्षीय संजय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न पासवानलाई सुनवर्षी नगरपालिका-९ डाईनियाबाट पक्राउ गरेको हो । साथै उनको साथबाट फलामको रड २ थान, फलामको कैची र नियन्त्रित लागूऔषध नाईट्राभेट ३४ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ
२०८०-०५-१६

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट करिब १ केजी तौलको सुन जस्तो देखिने पहेंलो धातुसहित सोही गाउँपालिका-३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरूङ) लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
२०८०-०५-१६

सिरहा, सिरहा नगरपालिका-१७ माडर काली चोकबाट स्रोत नखुलेको नगद ४४ लाख नेपाली रूपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-७ हेमनारायण चोक बस्ने ४२ वर्षीय संजय कुमार साह र सोही नगरपालिका-१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय माडर र प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारत जयनगरबाट नेपालतर्फ आउँदै गरेको बिआर ७ सि ४२२४ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिटमुनी घर्रा जडान गरी घर्राभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी कारका चालक संजय र कारमा सवार प्रेमकुमारलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटिएको सुनको मुन्द्रासहित दुई जना पक्राउ
२०८०-०५-१५

काठमाडौं, लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका   छन् । चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नक्कली नोटसहित पक्राउ
२०८०-०५-१५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले धर्मेन्द्र र दिपेशलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
२०८०-०५-१०

काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका-८ घर भई कठमाडौं टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका-३ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय जगत बहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ रहेका   छन् । उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको, सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ ठगी गरेको, खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपैयाँ ठगी गरेको र गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं टोखाबाट, सुनुवारलाई काठमाडौं मनोहराबाट तथा खड्कालाई काठमाडौं सामाखुशीबाट शुक्रबार र गुरूङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ
२०८०-०५-१०

काठमाडौं, एक हजार दुई सय २३ केजी पटाकासहित ३ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट राजदेवी नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दिपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका- ५ घर भई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका छन् । काठमाडौं जिल्लामा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाण्डौ ताहाचल, मान्टारबाट पक्राउ गरेको हो । उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जना पक्राउ
२०८०-०५-०८

काठमाडौं, ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका-५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका-१ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका-१ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् । नेपालबाट सिजनल भिषामा वैदेशिक रोजगारीका सिलसिलामा गत जेठ १२ गते सर्बिया गएका १ जना महिला र २ जना पुरूषहरूले सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकिछिपी गीस प्रवेश गर्ने क्रममा उनीहरुलाई केही व्यक्तिहरूले अपहरण गरी, डोरीले बाधी शारीरिक तथा मानसिक यातना र डर त्रास देखाई १५ हजार युरो फिरौती माग गरेको उजुरीको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट वटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते, दुवईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरेको हो ।  उनीहरूलाई उपर अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ
२०८०-०५-०८

झापा, जिल्ला अदालत झापाको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने ५९ वर्षीय ताराबिर महत भन्ने टेकबहादुर महत, कमल गाउँपालिका-४ सरस्वती टोल बस्ने ४१ वर्षीय सानु भन्ने मोहनकुमार चेम्जोङ, गौरादह नगरपालिका-२ हाँसखोरा बस्ने २६ वर्षीय मन्दिस भन्ने रोहितबहादुर अधिकारी र गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने २७ वर्षीय विवेक राजवंशी रहेका छन् ।  उनीहरूमध्ये टेकबहादुरलाई बालयौन दुरूपयोग मुद्दामा ५ महिना कैद, १० हजार रूपैयाँ जरिवाना, २५ हजार रूपैयाँ पीडितलाई क्षतिपुर्ति भराई दिनुपर्ने तथा २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने, मोहनकुमारलाई लागूऔषध मुद्दामा ६ महिना कैद तथा २ हजार रूपैयाँ जरिवाना र रोहितबहादुर तथा विवेक राजवंशीलाई लागूऔषध मुद्दामा ६/६ महिना कैद, ५/५ हजार रूपैयाँ जरिवाना तथा २/२ सय रूपैयाँ  पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भएको थियो । उनीहरुलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । 

अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित पक्राउ
२०८०-०५-०७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको ११ सय थान गरी ८ लाख ५० हजार नेपाली रुपैयाँसहित फिलिपिन्सका नागरिक ३२ वर्षीय  ARSENIO JR. MESA लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ
२०८०-०५-०६

मोरङ, विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका-९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका-१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् । ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा. तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो । साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।  

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०५-०५

काठमाडौं, कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सुन जस्तो देखिने पहेँलो धातु दुई केजीसहित दुई जना पक्राउ
२०८०-०५-०३

रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहेँलो धातु करिब २ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरी बस्ने २४ वर्षीय सुदिप शेर्पा र सोही गाउँपालिका-१ घर भएका ३० वर्षीय फुस्याङबु शेर्पा रहेका छन् ।  प्रहरी चौकी स्याफ्रूवेशीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रूवेशीतर्फ जाँदै गरेका पैदलयात्री सुदिपलाई बिस्कुट आकारको २ थानमा लुकाई छिपाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनका भिनाजु नाता पर्ने फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएपछि सोही गाउँपालिका-२ टिमुरेबाट फुस्याङबु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको    हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-०५-०२

झापा, मेचीनगर नगरपालिका-८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।सोही टोलस्थित सडक नजिक रगत जस्तो पदार्थ देखिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकारभिट्टाबाट खटिएको प्रहरीले साउन ३२ गते बिहान झाडीमा बुट्यानले छोपेको अवस्थामा उनको शव फेला पारेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुल्नआएपछि उनीहरूलाई पक्राउ गरेको हो ।  मादक पदार्थ सेवन गरी एक्लै हिँड्दै आएका सुन्दरलाल किसानले साउन ३१ गते साँझ रामजी र सुनरसीलाई गालीगलौज गरेको विषयलाई लिएर भएको झगडामा फलामको खन्ती र सिकल प्रहार गरी हत्या गरेर उक्त झाडीमा लगि छोपेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त नकवजनी चोरी मुद्दामा कारागारमा रहेको पुष्टि
२०८०-०४-२९

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी नाम परिवर्तन गरी नकवजनी चोरी गरेको मुद्दामा कारागारमा रहेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिका-१४ बल्खु बोक्सीदह डाँडामा मकवानपुर मनहरा गाउँपालिका-३ बस्ने ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना २०७४ पुस ३० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा नारायणीको हत्यामा उनीसँगै ज्यामी काम गर्ने शिवराम अधिकारी संलग्न भएको खुल्न आएको तथा घटना पश्चात फरार रहेका अधिकारी र केन्द्रीय कारागार सुन्धारामा रहेका अर्जुन अधिकारी एउटै व्यक्ति रहेको पुष्टि हुन आएको हो । अधिकारी २०७९ कात्तिक ६ गते थानकोटमा चोरी गर्दागर्दै पक्राउ परी नकवजनी चोरी मुद्दामा २०७९ कात्तिक २९ गते ३ वर्ष कैद सजाय ठहर भई अर्जुन अधिकारी नाममा उक्त कारागारमा रहेको खुल्न आएको छ ।  उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।  

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२९

काठमाडौं, पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने ईलाम रोङ गाउँपालिका-६ घर भएका ३१ वर्षीय उमेश सेती सुरुवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारका लागि पोर्चुगल जानको लागि १३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि कृषि कम्पनीमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट पटकपटक गरी ३९ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ
२०८०-०४-२९

ललितपुर, बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ ।  दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ ।  उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बंगलादेशी नागरिकहरूलाई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा सात जना पक्राउ
२०८०-०४-२८

काठमाडौं, बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाईदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा बंगलादेशका नागरिक ५ जना र नेपाली नागरिक २ जना गरी ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय मो. मोसहुर रहमान, बंगलादेशका २१ वर्षीय जाहाङ्गिर अलाम, ललितपुर हरिसिद्धि बस्ने बंगलादेश कुमिल्लाका ३८ वर्षीय सलिम मिया, काठमाडौं हाडीगाउँ बस्ने बंगलादेश ढाकाका २१ वर्षीया तहमिना बेगम, सिन्धुपाल्चोक बेलफी घर भई ललितपुर हरिसिद्दि बस्ने २७ वर्षीया तारा नेपाली र ईलाम चुलाचुली घर भई काठमाडौं नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।  बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाईदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई काठमाडौंको विभिन्न होटल तथा सेफ हाउसमा बन्धक बनाई परिवारको सदस्यहरुसँग १० लाख फिरौती माग गरेको र नदिएमा ज्यानसमेत लिने धम्की दिएकोमा उक्त रकम पठाएपश्चात पनि पुन: २० लाख टाका माग गर्दै डर त्रास दिएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-९ कालीमाटीडोलस्थित मेमोरियल गेष्ट हाउस, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित घर र काठमाडौं नक्सालस्थित रोशनी राईको केटीसी ब्युटी पार्लर स्पा मसाज सेन्टरमा बन्धक बनाई राखेका पीडितहरूलाई उद्दार गरी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

नक्कली जस्तो देखिने ५२ लाख ७५ हजार रूपैयाँसहित नौ जना पक्राउ
२०८०-०४-२६

काठमाडौं, नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामानसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय शिव भण्डारी, सिन्धुपाञ्चोक बलेफी गाउँपालिका-७ बस्ने ४० वर्षीय अर्जुन सुबेदी, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय मिलन भण्डारी, सुनकोशी गाउँपालिका-६ बस्ने २४ वर्षीय श्रीकृष्ण भण्डारी, झापा कमल गाउँपालिका-३ बस्ने २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ बस्ने २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ बस्ने ३४ वर्षीय सागर आचार्य र नवलपरासी सरावल गाउँपालिका-१ बस्ने ५३ वर्षीया पार्वती नेपाली रहेका छन् । उनीहरूमध्ये अर्जुन सुबेदी उपर चोरी, बैंकिङ कसूर, ठगी तथा ठगी र एक्सटर्सन गरी ७ वटा मुद्दा समेत चलेको खुल्न आएको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाडौंतर्फ आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा ढोका छेउको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुनभित्र नक्कली जस्तो देखिने एक हजार दरका ३ हजार ५ सय ७३ थान गरी जम्मा ३५ लाख ७३  रूपैयाँ फेला परेको थियो । उक्त बसका चालक तथा सह-चालकलाई नियन्त्रणमा लिई थप सोधपुछको क्रममा उक्त कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले अचार हो काठमाडौं लगिदिनु काठमाडौं बसपार्कमा रिसिभ गर्न मानिस आउँछ भनि पठाएको खुल्न आएपछि प्रहरी वृत्त थानकोटसमेतबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोंगबु बसपार्क र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँबाट थप नक्कली जस्तो देखिने १ हजार दरका १ हजार ७ सय २ थान गरी जम्मा १७ लाख २ हजार रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।  अनुसन्धानको क्रममा कम्प्युटर सेट १ थान, पेपरकटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर १ रिम, खुल्ला पेपर २ सय पेज, विभिन्न रङका मसी, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, केमिकल, डेकोरेटिङ पाउडर ४ पत्ता, र्‍यापलिङ टेप १ बण्डल, एक हजार दरको नोटको साईजको पेपर ९ थान, बा.६३ प २०७५ नम्बर, बा.प्र. ०२-०३९प ९४०७ नम्बर, बा.प्र. ०२-०३८ प ५६४२ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०२८ प १३०६ नम्बरको स्कुटर, मोबाइल १२ थान र अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ थान प्रहरीले बरामद गरेको छ । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०४-२६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१ बस्ने ३६ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१ भाटभटेनीस्थित राधा देवी गुप्रका संचालक दिनेशले आफ्नो नाममा रहेको बिभिन्न बैंकहरुको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी बिभिन्न ब्यक्तिहरुलाई भुक्तानी दिनुपर्ने रकमको बैंक चेक दिएको तर पीडितहरुको रकम फिर्ता नगरी फरार रहेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसूरमा १९ वटा, ठगीमा १ र केही सार्वजनिक अपराध कसूरमा १ वटा गरी जम्मा २१ वटा कसूरमा मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  उनी उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

लिखत सम्बन्धी कसूरमा एक जना पक्राउ
२०८०-०४-२६

काठमाडौं, लिखत सम्बन्धी कसूरमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ भालुखोप बस्ने ५५ वर्षीय जित बहादुर कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरको छ । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ पुस २२ मा भएको फैसलाले कार्की समेत सफाई पाउने गरी फैसला भएकोमा उक्त मुद्दाको फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी शिक्षक पेशामा पुनर्वहालीको लागि उक्त फैसला कार्यान्वयन गरी पाउँ भनि सर्वोच्च अदालतमा पेस गरेकोमा उक्त फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी लिखत सम्बन्धी कसूर गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-२६

काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरी रामधुनी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र धादिङ थाक्रे गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।   उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको, चौधरीले १ जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको र अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।   साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाडौं नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाडौं टोखा नगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२६

काठमाडौं, सामाजिक संजालबाट ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्टहरु पठाएको भनी प्रलोभनमा पारी कस्टम चार्ज बाफतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

महिलाको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०४-२५

काठमाडौं, महिलाको चरित्र हत्या गरेको अभियोगमा दैलेख महाबु गाउँपालिका-२ घर भएका ३९ वर्षीय तुलाराम सारूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पसलमा सामान खरिद गर्ने क्रममा चिनजान भएकी महिलाको सिम कार्ड आफूसँग सिम नभएको बहानामा सारूले लिनुको साथै  फेसबुकमार्फत महिलालाई साथी बनाई विवाह गर्ने प्रलोभनमा पारी म्यासेन्जरमार्फत अश्लिल भिडियो तथा तस्बिरहरू रेकर्ड गरी दु:ख हैरानी दिन थालेपछि प्रोफाइल ब्लक गरेपछि समेत नक्कली फेसबुक प्रोफाइलबाट पीडित महिलाको आफन्त तथा साथी भाइहरूलाई पठाइ चरित्रहत्या गरेको खुल्न आएपछि साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई पक्राउ गरेको  हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।    

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०४-२५

ईलाम, आफ्नै श्रीमती ४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्ण बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा दुई महिला पक्राउ
२०८०-०४-२४

रुकुम पश्चिम, मुसिकोट नगरपालिका-१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका-१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका-५ टटेला बस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन् । हस्तकली बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्‍चिमबाट खटिएको  प्रहरी टोलीले अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरेको हो । उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा १ थानसमेत स्वरुप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । उनीहरूउपर जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।  

अनलाइन मार्फत यौनहिंसा गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२४

काठमाडौं, अनलाइन मार्फत यौनहिंसा गरेको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँ बस्ने सुरेश तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूले फेसबुकमार्फत नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिएपछि नाबालिकाले प्रोफाइल ब्लक गरेको र तत्पश्चात् पनि अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख हैरानी दिएको खुल्न आएपछि साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरुलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । 

कुटपिटबाट मृत्यु, दुई जना अभियुक्त पक्राउ
२०८०-०४-२४

पर्सा, १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अंसारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अंसारीबीच शनिबार राति झै-झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अंसारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगंज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ । 

एकनाले भरूवा बन्दुक र जरायोको सिङसहित पक्राउ
२०८०-०४-२३

बाँके, कोहलपुर नगरपालिका-१३ सिम्री बस्ने २८ वर्षीय लाल बहादुर पचलैयालाई एकनाले भरूवा बन्दुक र जरायोको सिङ १ जोडीसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले सोही ठाउँ बस्ने वीर बहादुर वलीको घरमा पालेको कुकुरलाई बन्दुकले मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले लाल बहादुरको घर तलासी गर्दा उक्त बन्दुक र सिङ फेला पारी पक्राउ गरेको हो । साथै कोहलपुर नगरपालिका-१३ सिम्री बस्ने शेर बहादुर खत्रीको घरबाट समेत एकनाले भरूवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२३

काठमाडौं, डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठहिटि ठेगाना भएका ५२ वर्षीय दिपक मानन्धरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानन्धरले काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा साउन १७ गते दिउँसो प्रवेश गरी कर्मचारीहरु तथा सर्वसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी भन्ने मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं दरवारमार्गबाट पक्राउ गरेको हो । उनी उपर अपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

नक्कली नोटसहित पक्राउ
२०८०-०४-२३

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका-९ बस्ने साहिल थापा मगरलाई १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सैनामैना नगरपालिका-१ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु.९२ प २८०१ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएको विषयमा मोटरसाइकल तथा स्कुटरमा सवार ४ जना व्यक्तिहरु ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको क्रममा मोटरसाइकलमा सवार प्रबिन र साहिललाई शंका लागि तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित पक्राउ
२०८०-०४-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको हो ।   यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर फेला परेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने प्रयोजनार्थ प्रहरी वृत गौशलामा पठाइएको छ ।  

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक जना पक्राउ
२०८०-०४-२२

कास्की, मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका-८ सृजना चोकमा खाजाघर संचालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेतीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको   छ ।  उनको होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको हो ।  उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२२

काठमाडौं, क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा जिरी नगरपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीया फुलमाया जिरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।  जिरेलले १ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ७४ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२२

काठमाडौं, मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर ताप्लिङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने  ३८ वर्षीय रविन्द्र राईलाई  आइतबार प्रहरीले पक्राउ गरेको छ ।  राइले १ जनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।         

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-२०

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बाणी नवदुर्गा टोल बस्ने ३५ वर्षीय कुवेर दमाई (हले)को हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका-२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेका छन् । सोमबारदेखि घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका-२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो । सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरा गर्दै सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ
२०८०-०४-२०

सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र ईटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ बिराटनगर महानगरपालिका-११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

चोरी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०४-२०

बुढानिलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर थाहा नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ४५ वर्षीय बिकास देउला (पोडे)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुजनको घरमा साउन ६ गते राति सुन तथा हिराका गरगहना र नगदसमेत गरी करिब ८५ लाख २६ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीका सामानहरू देउलासँग रहेको खुल्न आएपछि उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । साथै उक्त कार्यमा हाल अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा प्रहरी वृत्त मालिगाउँको थुनामा रहेका सिन्धुपाल्चोक तौथली गाउँपालिका-७ घर भएका ३२ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठको समेत संलग्नता रहेको खुल्न आएको छ ।देउलालाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ
२०८०-०४-१९

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला १ थान सहित भारतीय नागरिक ४२ वर्षीय इस्हाबलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि  लैजान लागेको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । 

गोली प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-१८

सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान,  खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ बर्षीय दिपक तिमिल्सिना र सुनसरी धरान उपमहानगरपालिका-१० का  ३४ बर्षीय अनसन राई रहेका छन् । उनीहरूले उक्त पुलमा धरानबाट ईटहरीतर्फ जाँदै गरेको को.३२ प १७९६ नम्बरको मोटरसाइकल चालक रोहित र मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका-३ की सुमना खत्रीलाई साउन ५ गते साँझ पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए । गम्भीर घाइते भएका चौधरीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धानको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय ईटहरी समेतबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई धरान पुतली लाइनबाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा असार ८, २३ र ३१ गते धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ । पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
२०८०-०४-१८

काठमाडौं, काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ५ जनालाई काठमाडौं जोरपाटीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाडौं कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, कागेश्वर मनहरा मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् । सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ
२०८०-०४-१८

पर्सा, वीरगंज महानगरपालिका-१६ माई धिया पोखरीबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय रूपैयाँसहित तनहुँ आवुखैरनी गाउँपालिका-६ बस्ने ४० वर्षीय सुरेश दासलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले  उनलाइ उक्त नगदसहित पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट १ सय ५० थानसहित भारत बेतिया ग्राम पञ्चायत जय नतिया-९ बस्ने २७ वर्षीय पप्पु प्रसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीका सामानसहित दुई जना पक्राउ
२०८०-०४-१७

रौतहट, गरुडा नगरपालिका-९ रघुनाथपुर बस्ने होशनारायण यादवको खेतमा जडान गरी राखेको पानी तान्ने पम्पीसेट चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका-२ हथियोल बस्ने २७ वर्षीय सिद्विलाल साह र  ३५ वर्षीय दिपेश पासवान रहेका छन् । गएराति उक्त पानी तान्ने पम्पीसेट चोरी भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नरकटियाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूले प्रदेश २-०३-००१ ह९४९ नम्बरको अटोमा लगि सर्लाही गोडैता नगरपालिका-८ स्थित कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रहरी चौकी गोडैता सर्लाहीसँग समन्वयमा पम्पीसेटसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइएको
२०८०-०४-१६

काठमाडौं, इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ । पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँग समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । निज बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट 'रेड नोटिस' जारी गरिएको थियो । बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
२०८०-०४-१६

काठमाडौं, ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने सर्लाही घर भएका ५३ वर्षीय ज्ञान बहादुर भन्ने हिम परियारको कुटपिटबाट मृत्यु भएको छ । सोही महानगरपालिका-९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कारण सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको छ ।  काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-१५

धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ टडिया बस्ने ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादव रहेका छन् ।  घरायसी बिबादका कारण ईन्दिला यादव र सुसिला यादवले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-१५

काठमाडौं, साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।  गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।                

लुटपाट गरेको अभियोगमा पक्राउ
२०८०-०४-१४

मोरङ, सुन्दरहरैचा नगरपालिका-९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय बिशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका-६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका-६ बस्ने ८ वर्षीय बालक रहेका छन् । सोही नगरपालिका-८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय बिराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  धनुषा, लक्ष्मिनिया गाउँपालिका-५ भंगाहा बस्ने ५० वर्षीया महिलाको सुनको मंगलसुत्र लुटपाट गरेको अभियोगमा भारत बिहार राज्य सितामढी भीतामोड बस्ने २५ वर्षीया पुजा महर्जनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित मोहरम मेलामा पुजा महर्जनले महिलाको मंगलसुत्र तान्ने क्रममा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

आगजनी गरेको अभियोगमा पक्राउ
२०८०-०४-१४

तेह्रथुम, आफ्नै गोठमा आगजनी गरेको अभियोगमा छथर गाउँपालिका-६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  आगलागीबाट गोठमा रहेको ३ वटा गाई र १० वटा खसी बाख्रा जली मरेको छ भने गोठ नजिकै रहेको घरमा समेत आगो फैलिएर आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामद धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८०-०४-११

काठमाडौं, अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भिमदत्त नगरपालिका-१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका-७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका-१० जिमुवा महेनद्रनगर घर भएका ४७ वर्षीय दिपक सिंह बोहरा रहेका छन् । उक्त गल्लीमा गैह्र-कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि कलबाइपास गरिरहेको अवस्थामा कल वाइपासमा प्रयोग भएका SIP PBX Connection, ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, यूपिएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित पक्राउ गरेको हो । उनीहरू उपर  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रकृया  अगाडि बढाइएको छ । 

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-११

काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।  उनीहरूमध्ये मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ८ लाख रुपैयाँ ठगी गरेको र प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।   साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौं जोरपाटी नारायणटारबाट मंगलबार तथा  मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

भालुको पित्त जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-०४-११

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् । उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाडौंमा पठाइएको छ ।

गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ
२०८०-०४-१०

कैलाली, गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका-७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् ।  धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गैह्र कानूनी रूपमा क्लिनिक संचालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०४-१०

बारा, आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानको सिलसिलामा होटल सञ्चालक आमा र छोरा पक्राउ
२०८०-०४-०९

बागलुङ, बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल गएराति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको सिलासिलामा होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय बिनोद कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  नगर प्रहरी कार्यालय बागलुङ दरबन्दी भई ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेल उक्त होटलको भुइँ तलाको कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङबाट तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८०-०४-०९

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ । सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  कमल तामाङ समेतले हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिई हालसम्म पीडितहरुबाट जम्मा २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको, नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्‍याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने व्यक्तिहरू पक्राउ
२०८०-०४-०८

काठमाडौं, विश्व खाद्य कार्यक्रम (WFP)को नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका-९ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका-५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् ।  बुढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय संचालन गरी नक्कली कर्मचारीहरु खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड समेत बनाई विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छपाई ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजबाट खटिएको संयुक्त प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई भक्तपुरबाट पक्राउ गरेको हो ।  उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप १ थान तथा लेटर प्याड ३ थान, फायल रजिस्टर १ थान, हाजरी रजिष्टर १ थान, ह्वाइट बोर्ड १ थान, बोर्ड नेमप्लेट, टेवल नेमप्लेट, घरभाँडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरु, विभिन्न फर्निचरका सामानहरु, प्रिन्टर ४ थान, कम्प्युटर ४ थान र खरिद आदेश प्राप्त भएको कागज समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरु उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न फरार अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित बंगलादेशी नागरिक पक्राउ
२०८०-०४-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार र बंगलादेशी टाका ४९ हजारसहित बंगलादेशी नागरिक ३९ वर्षीय जहङ्गीर आलोमलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-०८

काठमाडौं, लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समिर, रागब भन्ने राजु परियार र कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ ठेगाना भएका ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् । उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ लुभुबाट शनिबार र ब्रम्हा रिसाललाई काठमाडौं कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो ।  उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-०८

काठमाडौं, प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् ।  उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०४-०८

सप्तरी, आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरू बीच घरायसी वादविवादको कारण झैं-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

चोरी गरेको सामानसहित पक्राउचोरी गरेको सामानसहित पक्राउ
२०८०-०४-०७

रुपन्देही, मायादेवी गाउँपालिका-४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् । उनीहरुले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर-गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर-गहनासहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०४-०६

धनुषा, आफ्नै भिनाजु नाता पर्ने भारत सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा लक्ष्मिनिया गाउँपालिका-७ लक्ष्मिनिया बजारमा काम गरी बस्ने भारत बनारस घर भएका २५ वर्षीय सुरज सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गरी कुटपिट समेत गर्दा शिवमुरत गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । गम्भीर घाइते शिवमुरतको रामा अस्पताल जनकपुर हुँदै थप उपचारको लागि भारतको सितामाढीतर्फ लैजाने क्रममा गएराति मृत्यु हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०४-०४

झापा, मेचिनगर नगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा ४ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम माई नगरपालिका-८ महमाई बस्ने २६ वर्षीय अवम राई र ५९ वर्षीय छत्र बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले को.२० प ६९६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ,  बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्रामसहित सोही महानगरपालिका-१३ बस्ने ३१ वर्षीय नारायण खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ३७२५ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खड्कालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ
२०८०-०४-०४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका-९ तुल्सिपु घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयर लाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बिचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो । थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरु रूपन्देही तिलोत्तमा नगरपालिका-९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरुले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ ।

चोरी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ
२०८०-०४-०३

सिन्धुली, चोरी गरेको अभियोगमा सुनकोशी गाउँपालिका-६ खाल्टे डेरा गरी बस्ने सर्लाही हरीपुर नगरपालिका-५ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।   सोही ठाउँ बस्ने रिपु बहादुर श्रेष्ठको घरबाट नगद ३७ हजार ६ सय रुपैयाँ र सुन तथा चाँदीका गरगहना गरी करिब २ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त घरबाट चोरी भएको मध्ये नगद २५ हजार रुपैयाँसहित सोही ठाउँस्थित वर्कसपमा काम गर्ने ती किशोरलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नक्कली मुद्रा र नक्कली सुनसहित दुई जना पक्राउ
२०८०-०४-०२

काठमाडौं,  काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट नक्कली नेपाली तथा भारतीय मुद्रा र नक्कली सुनसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका-१० घर भएका ४८ वर्षीय दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् । काठमाडौं बसुन्धारास्थित ३ नम्बर वडा एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी नक्कली मुद्रासहित सिंहलाई पक्राउ गरी सिंहलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं नागार्जुन नगरपालिका-२ सानोभर्‍याङस्थित क्षेत्रीको कोठाबाट नक्कली सुन बरामद गरी क्षेत्रीलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट भारतीय नक्कली नोट जस्तो देखिने २ हजार दरको ४ थान तथा ५ सय दरको ४ थान र  नेपाली नक्कली नोट जस्तो देखिने १ हजार दरको नोट ६ थान, एककिलो फाइनगोल्ड लेखिएको सुनजस्तो देखिने धातु २ थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुन जस्तो पहेलो धातु राखिएको प्याकेट २ सय थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुनजस्तो पहेलो धातुको टुक्रा २० थान, टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १ सय थान, लेमिनेसन मेसिन १ थान, मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।  उनीहरु उपर मुद्रा सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमिति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।

अवैध रूपमा लैजाने लागेको १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०४-०२

काठमाडौं, नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

अवैध हतियारसहित पक्राउ
२०८०-०३-३१

स्याङ्जा, भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले  भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै १७ वर्षीया छोरीलाई घरायसी विवादको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले खुकुरी खोजी गर्ने क्रममा उक्त अवैध हतियार समेत फेला पारी उनलाई पक्राउ गरेको हो । साथै घाइतेलाई उपचारको लागि भिरकोट नगर अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगी उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जना पक्राउ
२०८०-०३-३१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

कुटपिट गरी आफ्नै नातीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०३-२९

बैतडी, आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  गणेशले रेशम र अर्का ८ वर्षीय नाती समेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समूहका थप एक जना पक्राउ
२०८०-०३-२८

काठमाडौं, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुशिबु ठेगाना भएका ५९ वर्षीय केशब तुलाधरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई पीडितहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सानोभर्‍याङबाट पक्राउ गरेको हो । उनलाई ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ । 

म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
२०८०-०३-२८

काठमाडौं, थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो । लियाङले पीडितलाई थाईल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्‍याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ ।  लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोवास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाईल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाईल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेको, अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाईल्याण्ड भनि म्यान्मार पठाईएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

शरीर बन्धक लिन नहुने कसुरमा पक्राउ
२०८०-०३-२७

ललितपुर, शरीर बन्धक लिन नहुने कसुरमा महाङ्काल गाउँपालिका-३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।  असार २२ गते वेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका-६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो ।  उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ । 

प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०३-२७

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि हातपात तथा कुटपिट गरे पश्चात उक्त मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।  घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०३-२७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०३-२६

काठमाडौं, विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाईन मार्फत ठगी गरेको अभियोगमा मोरङ धनपालथान गाउँपालिका-१ घर भएका २१ वर्षीय महमद जोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको छ । पिडितहरुसँग फोन सम्पर्क गरी बिभिन्न बैंकको आधिकारीक कर्मचारी हुँ भन्दै बैक खातासँग वालेट आईडी लिङकअप गरी खाता नविकरण , केवाइसी फर्म अपडेट, सेक्यूर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरीदिने भन्दै पीडितहरुकै बैक खाता लगायत ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्‍याई अन्यत्र बैंक खाता तथा वालेटहरुमा ११ लाख १२ हजार ८ सय ४० रूपैयाँ रकम रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।  

मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई फिरौती माग गर्ने पक्राउ
२०८०-०३-२६

काठमाडौं, मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई ३० करोड रुपैयाँ फिरौती माग गरेको अभियोगमा खोटाङ राहबेशी गाउँपालिका-१ राहबेशी घर भई काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्ने ४० वर्षीय रमेश कुमार गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नको लागि योजना बनि सकेको र सुरक्षित हुन चाहनु हुन्छ रकम दिनुपर्ने भन्दै मेडिकल व्यवसायीलाई असार १३ गतेदेखि पटक पटक एसएमएस समेत गरी उक्त रकम माग गरेकोमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महाराजगंजबाट फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरेको हो । उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

नक्कली नोटसहित एक जना पक्राउ
२०८०-०३-२६

नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-८ फुलबारीबाट नक्कली जस्तो देखिने नेपाली १ हजार दरको ७ थान, ५ सय दरको २८ थान, १ सय दरको ५२ थान, ५० दरको ३४ थान, २० दरको ५ थान, १० दरको २ थान, अमेरिकी डलर ५० दरको २६ थान, भारतीय रुपैयाँ २ सय दरको ३ थान, १ सय दरको ४ थान र २० दरको १ थानसहित रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ३९ वर्षीय कर्मुल्लाह जोलाह महमदलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले लु.८२ प ३९९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक महमदलाई उक्त नक्कली जस्तो देखिने नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत सुन तस्करी गर्ने १२ जना पक्राउ
२०८०-०३-२५

काठमाडौं, वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत करिब साढे २ अर्ब रूपैयाँ बराबरको सुन तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनुषा, धनुषाधाम नगरपालिका-५ बस्ने ३४ वर्षीय नरेश पंजियार, सिरहा पर्टेवा नगरपालिका-१७ बस्ने २४ वर्षीय दिनेश कुमार यादव, बाँके राप्ती सोनारी गाउँपालिका-४ बस्ने ३६ वर्षीय भुम बहादुर वली, धनुषा मिथिला बिहारी नगरपालिका-५ बस्ने २५ वर्षीय सुनिल कुमार महरा, कपिलवस्तु शुद्धोधन गाउँपालिका-६ बस्ने २३ वर्षीय सन्त गुलाम मुराव, सप्तरी  घर भई काठमाडौं सिनामंगल बस्ने २८ वर्षीय विनोद कुमार साह, उनकै श्रीमती २५ वर्षीया सन्जु कुमारी साह, सप्तरी घर भई काठमाडौं सिनामंगल बस्ने २७  वर्षीय देवनन्दन साह, सप्तरी घर भई भक्तपुर ठिमी बस्ने २२ वर्षीय दुर्गा प्रसाद यादव, सर्लाही घर भई काठमाडौं बागबजार बस्ने ५६ वर्षीय निमाई साह, सिरहा लहान नगरपालिका-४ बस्ने शिव सुन्दर राउत र सिरहा लहान नगरपालिका-४ हनुमाननगर बस्ने मोहन कुमार यादव रहेका छन् ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको उडानद्वारा कतारबाट आइतबार बिहान आउन लागेका नरेश पन्जियार लगायतका व्यक्तिहरू मार्फत भन्सार छली गरी सुन कतारबाट नेपाल पठाउन लागेको र विनोद, सन्जु कुमारी, दुर्गा, देवनन्दन उक्त सुन रिसिभ गर्नेको लागि एयरपोर्टमा आउन लागेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्ष तर्फको पार्किङ स्थलबाट पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा  सन्जु कुमारीले भन्सार छली चोरी पैठारी गरी ल्याएको केही सुनहरू काठमाडौं बागबजारस्थित निमाई साहको सुर्पना ज्वेलर्समा लगि बिक्री गर्ने गरेको खुल्न आएपछि निमाई तथा उक्त कार्यमा सलंग्न शिव सुन्दर र मोहन कुमारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०३-२५

काठमाडौं, माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा पालुङटार नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका फुटुङ घर भएका २९ वर्षीया सुस्मा तामाङलाई  सोमबार प्रहरीले पक्राउ गरेको  छ ।  तामाङले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।                

२१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
२०८०-०३-२५

काठमाडौं, विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित सवारी धनीलाई सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले हस्तान्तरण गरेको छ ।  विभिन्न मितिमा व्यक्तिहरूको मोटरसाइकल हराएको भन्ने निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रामशाहपथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा १२ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरी २१ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । चालु आर्थिक वर्षमै चोरीका २ पाङ्ग्रे ३२ वटा सवारी साधनसहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको, अवैध रुपमा नेपाल भित्रिएका ९५ ओटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात कार्यालय पठाइएको उक्त कार्यालयले जनाएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०३-२५

नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
२०८०-०३-२४

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाटमा संलग्न ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका-१ दुरागाउँ घर भई काठमाडौं हाडीगाउँ बस्ने ३२ वर्षीय रबिन दमाई, सुनसरी धरान उपमहानगरपालिका-८ घर भई काठमाडौं चाबहिल बस्ने १८ वर्षीय किशोर, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-७ घर भई काठमाडौं बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-९ राममन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बगाल घर भई काठमाडौं न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती रहेका छन् ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा मोटरसाइकलको प्रयोग गरी विशेषत बिहानको समयमा मनिङवाकमा हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएको सुनका सिक्रीहरू जबरजस्ती लुटपाट हुने गरेको घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ तथा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूबाट लुटपाटमा प्रयोग भएका मोटरसाइकल २ थान, सुनको ढिक्का ११.२ ग्राम, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद भएको छ ।  उनीहरूलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिको रकम चोरी गर्ने व्यक्तिहरू पक्राउ
२०८०-०३-२१

ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक पीडितको साथबाट ७ हजार ४७ अमेरिकन डलर चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त अमेरिकन डलर चोरी गर्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी गाउँपालिका-५ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ३३ वर्षीय आईतमान तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-३ घर भई हाल ललितपुर ईमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र चोरी गरेको अमेरिकन डलर सटही गर्ने ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सञ्जिव, आईतमान र सविनालाई ललितपुर ग्वार्कोबाट नेपाली नगद २ लाख रूपैयाँ र मोबाइलहरूसहित तथा मंगल लक्ष्मीलाई ललितपुर वकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जबाट अमेरिकन डलर १ सय दरको २८ थानसहित पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ । 

चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०३-२१

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-३ पाल्चोकस्थित पाल्चोक स्वास्थ्य चौकीबाट कम्प्युटर १ थान, प्रिन्टर १ थान र  ब्लाङ्केट ३ थान गरी जम्मा करिब ७० हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत गिरी र २० वर्षीय अनमोल गिरी रहेका छन् ।  उक्त स्वास्थ्य चौकीमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको प्रहरीले चोरीमा संलग्नको खोजी गर्ने क्रममा मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा बतासेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख २८३२ नम्बरको बसमा सवार उनीहरुलाई उक्त चोरी भएको सामनसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०३-२०

सप्तरी, आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको थियो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विद्युतिय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ
२०८०-०३-१९

रौतहट, रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय बिरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् । रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मरहरुबाट तार लगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा खटिएको प्रहरीले गरुडा नगरपालिका-४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम बरामद उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट मोटरसाइकल २ थान, १ थान स्कुटर र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०३-१८

काठमाडौं, अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दाङ साविक उरहरी गाबिस-८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  नविन बस्नेत समेतका प्रतिवादीहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङ तुलसीपुर नगरपालिका-५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी दाङ तुलसीपुर नगरपालिका ५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेको अपहरण तथा जबरजस्ती करणी मुद्दामा घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

नक्कली नोटसहित एक जना पक्राउ
२०८०-०३-१७

ललितपुर, ललितपुर महानगरपालिका-४ ईमाडोलबाट ५ सय रुपैयाँ दरका १ सय ६० थान नक्कली नोटसहित सोही ठाउँ बस्ने  मकवानपुर मकवानपुरगढी गाउँपालिका-१ स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।   उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०३-१७

काठमाडौं, मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ४४ वर्षीय भविन्द्र नाथ लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लामाले १ जनालाई वैदेशिक रोजगारका लागि मौरिसस पठाई गार्मेन्ट सिलाईमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।                

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०३-१५

काठमाडौं, माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लिम्बुले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई पानीजहाजमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-५ कालोपुलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।                

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०३-१५

 भक्तपुर, आफ्नै काका ८१ वर्षीय कृष्ण बहादुर प्रजापतीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ३५ वर्षीय नुछे प्रजापतीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको   हो । चितवन, आफ्नै बुबा ७० वर्षीय दिल बहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका-२ आदर्शनगर सितल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा टेक बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितनवबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा फरार चार जना पक्राउ
२०८०-०३-१३

काठमाडौं, ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ बस्ने ६९ वर्षीय मिन बहादुर गुरूङ, सोही महानगरपालिका-७ रातोपुल बस्ने ८० वर्षीय धर्म प्रसाद गौतम, सोही महानगरपालिका-४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् । जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका उनीहरूलाई  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर थप आवश्यक अनुसन्धान भइरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०३-१३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ बस्ने ३३ वर्षीय सूर्य थोकर भन्ने सूर्य बहादुर थोकरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पीडित महिलालाई थोकर समेतका प्रतिवादीहरुले २०६८ असोज २६ गते राति पीडितकै घरमा पालैपालो बलात्कार गरी धारिलो हतियारले घाँटी रेटी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरको २०७८ वैशाख ५ गतेको फैसलाले ज्यान मारेको तर्फ २० वर्ष, ज्यान मार्ने षडयन्त्र गरेतर्फ १२ वर्ष, जबरजस्ती करणी गरेतर्फ ७ वर्ष र सामूहिक रुपमा जबरजस्ती करणी गरेतर्फ ५ वर्ष गरी जम्मा ४४ वर्ष कैद सजाय ठहर भई फरार भएका थोकरलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उदयपुर त्रियुगा नगरपालिका-१२ गाईघाटबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ ।  

नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ
२०८०-०३-१२

काठमाडौं, नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  काफ्लेसमेतले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितहरुलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक-पटक थप लगानी गर्न दवाव दिने र नगरेमा परिबारको सदस्यलाई मारी दिने जस्ता धम्कि दिई ठगी गरेको भन्ने उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो । उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

अनलाईनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ
२०८०-०३-१२

काठमाडौं,  विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका- १४ कंलकी बस्ने २५ वर्षीय विबेक चौधरी, काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् । राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाईन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाईन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

लुटपाटमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८०-०३-१०

कञ्चनपुर, कालिकोट नरहरी गाउँपालिका-९ बस्ने पीडितको नगद १ लाख ४७ हजार भारतीय रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-८ बस्ने ३९ वर्षीय बसन्त दमाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका बसन्तको खोजी गर्ने क्रममा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका-२ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्कुटर चोरीमा संलग्न ३ जना पक्राउ
२०८०-०३-१०

भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०३-०८

सुनसरी, डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दुहबी नगरपालिका-१ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई पक्राउ बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका-८ सोनापुरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशल कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ । । 

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२०८०-०३-०६

काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०३-०६

झापा, लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ ठेगाना भएका ३० वर्षीय सतारे भन्ने रन्जित खड्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  झापा जिल्ला अदालतको २०७८ मंसिर १६ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले सुनसरी धरान उपमहानगरपालिका-७ बाट फेला पारी पक्राउ गरेको हो ।  उनलई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । 

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
२०८०-०३-०५

सर्लाही, मलंगवा नगरपालिका-८ गोरखकाली चोकबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-४ बस्ने ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एस २०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई महिला पक्राउ
२०८०-०३-०२

काठमाडौं, अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् ।  अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गरी अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र Profit Stock Option Tfx नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजार देखि ३ हजार डलर सम्मको जागिर लगाई दिन्छु भन्दै नेपालमा रहेका निर्मला महर्जन,अल्पा ढकालसमेत मार्फत विश्वास दिलाई झुक्यानमा पारी ३६ जना पीडितहरूको १ करोड ६१ लाख २० हजार ५ सय रुपैयाँ रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न निर्मला र अल्पालाई पक्राउ गरेको हो ।  उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।  

वान एक्स बेट सट्टाबाजी गर्न गराउनका लागि उत्प्रेरित गर्ने आठ जना पक्राउ
२०८०-०२-३२

काठमाडौं, वान एक्स बेट सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न रहेको अभियोगमा आठ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई काठमाडौं बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, कास्की पोखरा महानगरपालिका-३३ घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३६ वर्षीय राजु पौडेल, धनकुटा चौबिसे गाउँपालिका-५ घर भई भक्तपुर सिरूटार बस्ने २८ वर्षीय पवन खतिवडा, उदयपुर घर भई ललितपुर टिकाथली बस्ने २८ वर्षीय अलिस राई, रोल्पा रोल्पा नगरपालिका-६ घर भई काठमाडौं कीर्तिपुर बस्ने २४ वर्षीय जलन घर्ति मगर, मुगु छायानाथ रारा नगरपालिका-५ घर भई ललितपुर टिकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा, मोरङ विराटनगर महानगरपालिका-५ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे र प्युठान मल्लरानी गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली रहेका छन् ।  बेटिङ एप्लिकेसन वान एक्स बेटमार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युब च्यानलमार्फत वान एक्स बेटलाई प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।  उनीहरू उपर सट्टाबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानको लागि बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वन एक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ
२०८०-०२-३१

काठमाडौं, बेटीङ एप्लिकेसन वन एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रोप्टो करेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाडौं चावहिल बस्ने २९ वर्षीय दिनेश खडका, काभ्रेपलाञ्चोक घर भई काठमाडौं चावहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई  काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने २४ वर्षीय आशिष लामिछाने रहेका छन् । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उपत्यकाको मैजुवहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, वुद्दनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ४ थान ल्यापटप ४ थान, डायरी ६ थान, सिम कार्ड ३४ थान, मोबाइल ७ थान, नागरिकताको प्रतिलिपि ६ थान, विभिन्न बैंकका एटिम ५ थान, विभिन्न बैंकका चेकबुक १४ थान र राउटर ५ थान प्रहरीले बरामद गरेको छ । उनीहरूबाट हालसम्म ७४ करोड १३ लाख ५० हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।    

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०२-३१

खोटाङ, आफ्नै श्रीमती २८ वर्षीया सरीता तामाङको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका-७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको    छ । घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजीत फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ  र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लुकाई छिपाई अवैध रुपमा लैजान लागेको अमेरिकी डलरसहित पक्राउ
२०८०-०२-२९

 काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको ९ हजार ४ सय १३ अमेरिकी डलरसहित दोलखा बिगु गाउँपालिका-७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दरका उक्त अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो । उनलाई बरामद बिदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ । 

माल्टा पठाइदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२८

काठमाडौं, वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मुगु छाँयानाथ रारा नगरपालिका-३ ईमा घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३४ वर्षीय प्रविन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  खड्काले २ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ९ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्न व्यक्ति पक्राउ
२०८०-०२-२८

ललितपुर, वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  श्रेष्ठले एक जनालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइ मोबाइल सफ्टवेयर कम्पनीमा ३ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख २१ हजार रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

आफ्नै बुहारीको हत्या गरेको अभियोगमा सासु र ससुरा पक्राउ
२०८०-०२-२८

कैलाली, आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कबिता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।  कबिता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो । घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै बिवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कबितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली  र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका-३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाघको छाला र हड्डी जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-०२-२६

दाङ, लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान  र बाघको  हड्डी जस्तो देखिने वस्तु ८  केजी ४ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-७ बस्ने  ३१ वर्षीय बीर  बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

फेसबुकमा लोन सेवा नाम पेज बनाई रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२६

काठमाडौं, फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।  उनले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने ब्यक्ति पक्राउ
२०८०-०२-२५

काठमाडौं, कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि पटक पटक गरी ४ लाख रूपैयाँ लिई ठगी गरी फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई जना पक्राउ
२०८०-०२-२४

काठमाडौं, अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको         छ ।  पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय ZHAO JIANGPENG र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका-१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोटस्थित गैह्र-कानुनी रुपमा शंकास्पद गतिविधी भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैध रुपमा International Incoming Call/SMS Bypass (VOIP) संचालन गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरु, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्राहरु सहित बरामद गरेको छ । उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

  काठमाडौं, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०२-२४

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूवीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाइनको माध्यबाट यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२२

काठमाडौं, सामाजिक सञ्जालको माध्यबाट यौन दुर्व्यवहार गरेको अभियोगमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेश कुमार राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनी कुराकानी गर्ने क्रममा सामाजिक संजालका विभिन्न प्लेटफमहरूमा साथी बनाई संवाद गर्ने क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी स्क्रीन रेकर्डसमेत गरेर पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्विर पोष्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको खुल्न आएपछि उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा साइबर व्यूरोबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली नोटसहित दुई जना पक्राउ
२०८०-०२-२१

पर्सा, वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो  ।  चितवन, भरतपुर महानगरपालिका-३ शहिदचोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारत मध्यप्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले दिएको १ हजारको नोट नक्कली भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सिंहको खोजी गर्ने क्रममा उक्त स्थानबाट नक्कली नोटसहित फेला पारी पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति १३ वर्षपछि पक्राउ
२०८०-०२-१९

काठमाडौं, ज्यान सम्बन्धी कसूर अपराधका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-१३ बस्ने ५१ वर्षीय जगदिश पासवानलाई घटनाको १३ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  गोलबजार बस्ने राम बिलास यादवले गाउँमा नराम्रो काम गर्दै हिँडेको भन्ने विषयलाई लिएर छलफल गराउने भन्ने कुरामा दुवै पक्षबीच भएको विवादमा रामले २०६७ वैशाख २८ गते रति गोली प्रहार गर्दा गोलबजार नगरपालिका-१३ बस्ने बेचन पासवानलाई हातमा र दाजु नथुनी पासवानलाई छातीमा गोली लागि घाइते भएकोमा नथुनी पासवानको घटनास्थलमै मृत्यु र जगदिशले रामलाई कुटपिट गर्दा रामको समेत मृत्यु भएको घटना अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न जगदिशलाई गोलबजार काशीपुर सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।    

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-१९

काठमाडौं, सामाजिक संजाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाईल लिएर मोबाईल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
२०८०-०२-१९

काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् । काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रुपमा लुकाई छिपाई लैजान लागेका अमेरिकी डलरसहित पक्राउ
२०८०-०२-१९

 काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका-१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।  

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ
२०८०-०२-१८

काठमाडौं, ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सिरहा कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ । 

चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
२०८०-०२-१८

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न छ जना पक्राउ
२०८०-०२-१७

बुढानिलकण्ठ नगरपालिका-९ स्थित श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका-९ बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।  उक्त संस्थाका बचत कर्ताहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाई बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनरासीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका पदाधिकारीहरुले बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुनको सिक्री लुटपाट गर्ने एक जना पक्राउ
२०८०-०२-१७

काठमाडौं, सुनको सिक्री लुटपाट गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखले नगरपालिका-१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका-५ जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको छ ।

फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-१७

काठमाडौं, वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा बैतेश्वर नगरपालिका-३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीहरुमा काम लगाइदिन्छु, मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४० लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-१७

काठमाडौं, वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी १२ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

रक्तचन्दन तेलको अवैध रूपमा कारोबार गर्ने आठ जना पक्राउ
२०८०-०२-१५

काठमाडौं, करिब २ करोड रुपैयाँ बराबरको रक्तचन्दन तेलको अवैध रूपमा कारोबार गरेको अभियोगमा आठ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ३० वर्षीय सुशिल पाठक, कालिकोट रासकोट नगरपालिका-८ घर भई काठमाडौं चाबहिल बस्ने २८ वर्षीय बिनोद बराल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१५ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय ज्ञान बहादुर ओली, रामेछाप लिखुतामाकोसी गाउँपालिका-२ घर भई काठमाडौं काडाघारी बस्नेहरू ३५ वर्षीय नविन दाहाल, ३९ वर्षीय गोकर्ण हरि दाहाल, बाँके कोहलपुर नगरपालिका-११ घर भई काठमाडौं चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निल कान्त भुसाल, धादिङ निलकण्ठ नगरपालिका-९ घर भई  काठमाडौं जडिबुटी बस्ने ६३ वर्षीय मोहन बहादुर बिश्वकर्मा र सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका-६ घर भई काठमाडौं महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे रहेका छन् ।  काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर २ लाख ५० हजार रूपैयाँको दरले अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई रक्त चन्दनको तेलसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको छ ।

संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार)सहित तीन जना पक्राउ
२०८०-०२-१३

काठमाडौं, नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखने वस्तु १ थानसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१८ धरमपुर बस्ने ६५ वर्षीय होम बहादुर विक, ४३ वर्षीय कृष्ण बहादुर महतो र ६८ वर्षीय सिखा राम थारु रहेका छन् ।  संरक्षित वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम) मार्फत डिभिजन वन कार्यालय नवलपरासीमा वुझाइएको छ ।

नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८०-०२-१२

काठमाडौं, नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको अभियोगमा डोटी दिपायल सिलगढी नगरपालिका-१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्कली प्रोफाइल बनाई तस्विरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको र पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्विरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न खड्का साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०२-१२

सिरहा, बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकसहित पक्राउ
२०८०-०२-०९

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ बगौचा बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिनलाई भरूवा बन्दुक १ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी हरिहरपुरगढी र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले पाख्रिनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबाँस बस्ने ४७ वर्षीय केशव हायुलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा धानको भकारीभित्र लुकाई  छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  दार्चुला, मालिकार्जुन गाउँपालिका-७ पासादेउ बस्ने ५८ वर्षीय केशर सिंह धामीलाई एकनाले भरूवा बन्दुक १ थानसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ
२०८०-०२-०९

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँसहित पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रूपैयाँसहित बारा कलैया उपमहानगरपालिका-१८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वावाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेको ना.२ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापा समेतले पीडितलाई वैदेशिक रोजगारका लागि स्विजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाईदिन्छु मासिक १ लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

डाँका-चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-०२-०८

काठमाडौं, भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-४ सिम्ले घर भई काठमाडौं महानगरपालिका- १६ बालाजु माछापोखरी बस्ने ३२ वर्षीय पदम बहादुर शाही र कैलाली धनगढी उमहानगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् । गत जेठ ३ गते राति काठमाडौं कोटेश्वरस्थित डान्सबारमा भारतीय पर्यटकहरूको साथबाट नगद लुटपाट तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२९ सिंहदरबार दक्षिणगेट अगाडिबाट फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ । 

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रिमाल समेतले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबई पठाई कुखुरा फर्ममा काम लगाईदिन्छु मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०२-०८

काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली हरिहरगढी गाउँपालिका-३ ठेगाना भई काठमाडौं महानगरपालिका-१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

विभिन्न प्रलोभन देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०५

काठमाडौं, विभिन्न प्रलोभन देखाई ठगी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका-४ घर भएका ४३ वर्षीय कृष्ण मुरारी गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।  गुरूङले विभिन्न मिति र समयमा विशेष अदालतबाट आफ्नो सम्पत्तिहरू रोक्का भएको तथा मुद्दा परेकोले मुद्दा मिलाउन र आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै एक जना पीडितबाट ७ करोड ७५ लाख रूपैयाँ तथा २० तोला सुन र अर्का एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेका थिए । साथै गुरूङले आफूसँग रहेको गाडी बिक्रीमा रहेको, बैंकमा २० लाख रुपैयाँ ऋण तिरेपछि बैंकले उक्त गाडी आफ्नो नाममा पास गरी दिने र उक्त गाडी पीडितलाई खरिद गर्न दिने भन्दै विश्वासमा पारी अर्की महिला पीडितबाटसमेत २० लाख रुपैयाँ ठगी गरी फरार भएको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनी उपर ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
२०८०-०२-०५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो रंगको धातुसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-७ वतन भएकी ४० वर्षीया शोभा विश्‍वकर्मा र रामेछाप, रामेछाप नगरपालिका-५ रामपुर वतन भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका छन् । हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी शोभा विश्‍वकर्मालाई १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठलाई जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०२-०५

झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कचनकवल गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले  बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
२०८०-०२-०४

काठमाडौं, आफ्नै श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका-६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  २०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमतीको हत्या गरी कपिलबस्तु शिबराज नगरपालिका-५ चन्द्रौटास्थित प्रयोगमा नआएको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फाली फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलबस्तु पठाइएको छ । 

अवैध रूपमा चन्दा असुली गर्ने व्यक्तिहरू पक्राउ
२०८०-०२-०२

काठमाडौं, काठमाडौंका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेट लगायतबाट अवैध रूपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई काठमाडौं लैनचौरबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी बैतडी नगरपालिका-३ घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान वागचौर नगरपालिका-६ घर भई काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय डि.वि. चन्द भन्ने धन बहादुर चन्द रहेका छन् । उनीहरूले अवैध रुपमा चन्दा माग गरी असुल उपर गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आफूलाई अखिल नेपाल टेर्ड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने अमृत र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउने धन बहादुरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०१

काठमाडौं,  रोमानिय पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बागलुङ बागलुङ नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विक समेतले ८ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया  पठाई प्रतिष्ठित कम्पनीहरुमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-३१

काठमाडौं, कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ भन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं धुम्बराहीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

विभिन्न हातहितयारसहित पक्राउ तथा बरामद
२०८०-०१-३१

काठमाडौं, महोत्तरी, एकडारा गाउँपालिका-४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोल १ थान र सोको गोली ५ राउण्डसहित भारत सितामडी बाजोपट्टी गाउँ-६ बस्ने २६ वर्षीय पप्पु यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ९१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  रूकुम(पूर्व), सिस्ने  गाउँपालिका-८ भूरुङ्गास्थित सामुदायिक जंगलबाट ४ थान भरूवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उक्त जंगलको खाल्डोमा सेउलाले छोपी वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२९

काठमाडौं, सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।                    

माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-३२ जडिबुटी नरेफाँट बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारका लागि माल्दिभ्स पठाईदिन्छु आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं जडिबुटी नरेफाँटबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रसुवा कालिका गाउँपालिका-८ धुसेनी घर भई हाल काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने ३८ वर्षीय होम बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारका लागि दुबई पठाईदिन्छु आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०१-२८

काठमाडौं, सामाजिक सञ्चालको दुरूपयोग गरी महिलाको चरित्रा हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ बस्ने ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसवुकमार्फत पीडित महिलालाई ललाई फकाइ अश्लिल जन्य क्रियाकलाप गर्न वाद्यपारी सो को स्क्रिन रेकर्ड गरी पीडित महिलालाई पठाइ आफू अनुकूल फाइदा लीन दबाब दिई उक्त उद्देश्य पुरा नभएपश्चात् पीडितको आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लिल क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाई दुःख हैरानी दिई चरित्र हत्या गर्ने कार्यमा केसीको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछि विद्युतीय कारोबार ऐन, २०६३ कसूरमा उनलाई साइबर व्यूरो भोटहिटिबाट खटिएको प्रहरीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको    छ । 

जबरजस्ती करणी, शरीर बन्धक र ठगी सम्बन्धि कसूरका फरार प्रतिवादी पक्राउ
२०८०-०१-२८

तनहुँ,  जबरजस्ती करणी, शरीर बन्धक, अपराधिक विश्‍वासघात (ठगी) सम्बन्धि कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका-११ बस्ने ४१ वर्षीय सुमन नेपाली बुधबार प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासी(पश्चिम)को समन्वयमा उनलाई नवलपरासी (पुश्चिम) गैडाकोट नगरपालिका-१ मौलाकालीका फेदीबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमति लिई ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भइरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०१-२८

धादिङ, गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ बस्ने २६ वर्षीय निरज पण्डितलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।सोही गाउँपालिका निबुवा बोटस्थित होटलमा निरजले छुरा प्रहार गर्दा बिनोद गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्छी र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले निरजलाई पक्राउ गरेको हो । गम्भीर घाइते बिनोदको अम्बे भरोषा अस्पताल गल्छी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकहरू पक्राउ
२०८०-०१-२४

काठमाडौं, झुठ्ठा विवरण पेश गरी विभिन्न मितिमा नेपाली नागरिकता लिएको अभियोगमा १० जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला बलिया उत्तर प्रदेश राज्य घर भएकाहरु काठमाडौं शंखमुल बस्ने ५५ वर्षीय भरत प्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता, ३९ वर्षीय वर्षीय गोपाल गुप्ता, ललितपुर लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, काठमाडौं गोंगबु बस्ने ४३ वर्षीय राम प्रबेश गुप्ता, काठमाडौं कलंकी बस्नेहरू ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेह लता गुप्ता, ४९ वर्षीया मिना देवी गुप्ता र ५२ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् ।  भारत उत्तर प्रदेशका भारतीय नागरिकहरुको समूहले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी झुट्टा विवरण पेश गरी नेपालको तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूले झुठ्ठा विवरण पेश गरी बिभिन्न मितिमा सक्कलै नेपाली नागरिकता प्राप्त गरेको खुल्न आएपछि काठमाडौंको शंखमुल, कलंकी, वागबजार, गोंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावली विवरण अद्यावधिक  भएको खुल्न आएको छ । साथै भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाडौंमा बसाईसराई भएको प्रमाणपत्र, भारतिय राजदुतावास भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरु, पक्राउ परेका व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र ७ थान, मतदाता परिचयपत्र ५ थान र मोबाइल फोन ९ थानसमेत प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  उक्त महाशाखाले जनाएको छ । 

अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२४

काठमाडौं, अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बास्तोला समेतले १०१ जनालाई  वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान लगायतका देशहरूमा पठाइ प्रतिष्ठित कम्पनीहरूमा ४ लाख रूपैयाँ  बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी  पीडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार बिभागबाट  पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-२ दरबारस्क्वायरबाट पक्राउ गरेको हो । उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२४

काठमाडौं, वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा पृथ्वीनारायण नगरपालिका-१० घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  सुदिपले तीन जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा २ लाख रुपैयाँ भन्दा बढी तलबमा काम  लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३१ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

नक्कली नोटसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ
२०८०-०१-२२

  काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् । गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक हजार दरको ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एकहजार दरको नोट १ सय २६ थान, पाँच सय दरको नोट २ थान, प्रिन्ट गरेको काट्न बाँकी पाँच सय दरको नोट ६० थान, प्रिन्टर मेसिन १ थान, बैंकको चेक बुक १ थान, नेपाली नागरिकता १ थान, फलामको रूलर १ थान, मसि ५ थान, रंगिन पेपर ५० थान, फोटोकपि पेपर र मोबाइल २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।  सुनसरी, ईटहरी उपमहानगरपालिका-१ आपगाछीबाट एक हजार दरको ६ थान र पाँच सय दरको २२ थान नक्कली नोटसहित गढी गाउँपालिका-२ बस्ने ३८ वर्षीय जमिल खातुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागेको सिरुवा मेलामा खातुनले जेरी किनमेल गरी एक हजार दरको नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई तलासी गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२१

काठमाडौं, पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल नगरपालिका-१० पाथेका घर  भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २२ वर्षीय सुरज राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि पोर्चुगल जानको लागि ९ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि होटलमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४२ हजार रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बुद्धनगरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२१

काठमाडौं, थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२७ बालुवा घर भई हाल काठमाडौं टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि थाइल्याण्ड पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-९ म्याग्दी चोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

विभिन्न व्यक्तिहरूको खातामा रकम पठाउन लगाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२१

काठमाडौं, विभिन्न व्यक्तिहरूको खातामा रकम पठाउन लगाई ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ३१ वर्षीय अनिल मालाकारलाई प्रहरीले पक्राउ गरेको छ । आइएमई कार्यालयमा गई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा रकम पठाउनु पर्नेछ भनि खाता नम्बर र खातावालाको नाम समेत दिई पटक-पटक गरी जम्मा ३ लाख रूपैयाँ रकम पठाउन लगाई आइएमई कार्यालयका संचालकलाई आइएमई गरेको रकम नदिई बाहिर गई फोनमा कुरा गरे जस्तो गरी भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२१

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय बिजय लामा भन्ने डम्बर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडियोलाई अश्लीलता सहित प्रसारण गरी सम्वन्धीत व्यक्तित्वको छविमा आँच पुर्‍याउने साथै, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा तामाङले संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई साइबर व्यूरो भोटहिटिबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा उनकै ठेगानाबाट पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ
२०८०-०१-२१

पर्सा, वीरगंज महानगरपालिका-१६ चालिसफिटे सडकबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुई जना पक्राउ
२०८०-०१-२०

मोरङ, आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् । विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते विहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते मृत्यु भएको थियो । उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या गर्न दुरूत्साहन गरेको मुद्दाको जाहेरी परेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका- ४ बाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८०-०१-१७

काठमाडौं, काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिका-५ घर भएकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा झापा मेचीनगर नगरपालिका-१० घर भई भक्तपुर नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने ३५ वर्षीय बिनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ सरस्वतिनगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर पसलमा वैशाख ७ गते दिउँसो आचार्यको शरीरको विभिन्न भागहरूमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अवस्थामा फेला पारी उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्दै जाने क्रममा प्रहरीले घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका-१ ईलाम बस स्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१७

काठमाडौं, अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३० लाख रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्न व्यक्ति पक्राउ
२०८०-०१-१७

काठमाडौं, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २६ वर्षीय मन बहादुर कुमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कठमाडौं महानगरपालिका-२६ स्थित यूरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ मेनेजर कुमालले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबइ पठाइ प्रतिष्ठित कम्पनीमा ६० हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-१५

काठमाडौं,अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सयना समेतले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ३० लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

नक्कली नोटसहित दुई जना पक्राउ
२०८०-०१-१५

ललितपुर, गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भएका ३६ वर्षीय जिवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ घर भएका २१ वर्षीय  सुकुटे भन्ने भुपाल बिकलाई नक्कली नोट र विभिन्न दशीका समानसहित प्रहरीले पक्राउ गरेको छ । सुरेश तामाङले गोदावरी नगरपालिका-१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही पसल अगाडिबाट नेपाली एक हजार दरको नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान गरी जम्मा ३ थान नक्कली जस्तो देखिने नोटसहित आइतबार पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा भुपाल बिकको समेत संलग्नता रहेको खुल्न आएपछि ललितपुर गोदावरी नगरपालिका-११ बज्रवाराहीबाट उनलाई नेपाली पाँच दरको नोट १ थान र सय दरको नोट १ थान गरी जम्मा २ थान नक्कली जस्तो देखिने नोटसहित फेला पारी बिहीबार प्रहरीले पक्राउ गरेको हो । साथै भुपाल बिकको गोदावरी नगरपालिका-१३ स्थित डेरा समेत तलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाणमा लाग्ने फोटकपी/प्रिन्टर मेसिन १ थान, नेपाली एक हजार, पाँच सय र एक सय दरका नोटको फोटोकपी गरिएको कागजातहरू र नक्कली जस्तो देखिने विभिन्न नोटपानाहरू समेत फेला पारी बारमद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

मोबाइल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८०-०१-१५

तनहुँ, व्यास नगरपालिका-२ जनजागृतीमार्ग बस्ने लक्ष्मी श्रेष्ठको घरबाट २ थान मोबाइल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा व्यास नगरपालिका-४ बागबजार बस्ने २२ वर्षीय ताईरे भन्ने सौरब दरै र म्याग्दे गाउँपालिका-१ गुणादी बस्ने १९ वर्षीय शैलेस परियार रहेका छन् । वैशाख १० गते राति भएको उक्त चोरीमा संलग्न रही फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले व्यास नगरपालिका-३ बाट चोरी भएका २ थान मोबाइलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यसैगरी व्यास नगरपालिका-४ बस्ने सैलेन्द्र पण्डितको डेराबाट मोबाइल तथा नगद समेत चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-५ सागे बस्ने २२ वर्षीय सुनिल थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते बिहान भएको उक्त चोरीमा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले व्यास नगरपालिका-२ भोर्लेटारचोकबाट चोरी भएको मोबाइल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

किर्ते गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१५

झापा, किर्ते गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारी रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा मेचीनगर नगरपालिका-६ बस्ने ७३ वर्षीय ज्ञान बहादुर गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका-६ मेचीडाँडास्थित ऐलानी जग्गाको जग्गा धनी प्रमाण पुर्जा उपलव्ध गराई दिने भनि मेचीनगर नगरपालिका-६ बस्ने ७५ वर्षीय भुपध्वज दाहाल र ज्ञान बहादुर गिरी लगायतले विभिन्न मितिमा निवेदकहरूसँग १० हजारदेखि ७० हजार रूपैयाँसम्म रकम लिई निवेदकहरूको फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ज्ञान बहादुर गिरीलाई पक्राउ गर्नुका साथै हाल फरार भुपध्वज दाहालको खोजी गरिरहेको छ । ज्ञान बहादुर उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-०१-१५

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित सोही महानगरपालिका-१८ सराङकोट बस्ने ४८ वर्षीय आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा राखेको नगद ८० हजार रूपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका- ९ शान्तिवन बस्ने २३ वर्षीया बर्षा कामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्कुटरको डिक्कीमा राखेको नगद अपरिचित महिलाले चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत सिआरभी पृथ्वीचोक कास्कीबाट खटिएको प्रहरीले चोरीमा संलग्न कामीलाई उक्त चोरी भएको रकम सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ
२०८०-०१-१५

काठमाडौं,काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट हात्तीको दाह्रा जस्तो देखिने वस्तु २ थानसहित गोरखा सिनारचोक गाउँपालिका घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-११ मनमैजु बस्ने २० वर्षीय सविन गुरुङ समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त वस्तु किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश ३-०२-००८ प ६७१७ नम्बरको स्कुटरमा सवार उनीहरूको झोलाभित्र लुकाई राखेको उक्त वस्तु फेला पारी चालक गुरुङसहित ३ जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरी बास्तबिक परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ
२०८०-०१-१४

काठमाडौं, आफ्नै श्रीमतीको हत्या गरी बास्तविक परिचय लुकाई बसेका अर्घाखाँची वल्कोट स्थायी वतन भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जीलाई घटनाको १८ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । खुमे दर्जीले रुपन्देही साविक दुधराक्ष गाविस-३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी हत्या गरी फरार रहेका थिए । भारतको दिल्लीमा करिब ३ वर्ष काम गरी नेपाल आई काठमाडौं क्षेत्रपाटी ढल्कुमा वास्तविक पहिचान लुकाई दिपक रानाको नाममा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटी ढल्कुबाट पक्राउ गरेको हो । उनलाई थप कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा बुझाइएको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०१-१४

काठमाडौं, पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  कैलाली टिकापुर नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने ४० वर्षीय कृतक बहादुर साउँद, गोरखा घ्यालचोक गाउँपालिका-८ घर भई ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५१ वर्षीय दुर्गा बहादुर रेग्मी र सोही ठाउँ बस्ने ४५ वर्षीया कमला रेग्मी रहेका छन् । कृतक बहादुरले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित कम्पनीमा २ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट बुधबार दिउँसो पक्राउ गरेको हो । यसैगरी दुर्गा बहादुर र कमलाले पोर्चुगल पठाई प्रतिष्ठित होटलमा २ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा २१ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर गोदावारी ठैबबाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

अजरवैजान पुर्‍याई ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१४

काठमाडौं, अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा दाङ लमही नगरपालिका-५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि  ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पुर्‍याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ । 

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-१३

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-१२

काठमाडौं, क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीया विपना कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाई वयटरमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा  ९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णश्वर जुम्बुडाँडाबाट पक्राउ गरेको हो । उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

सिङगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-१२

काठमाडौं, सिङगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ
२०८०-०१-१२

रौतहट, अपहरण, शरिर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माधवनारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दिपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन् । मन्त्रीबाबु रायले परोहा नगरपालिका-३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिबार आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरास्थितमा रहेको रक्सी भट्टी पसलमा लगेको र उक्त पसलमा ८/९ जनाको अज्ञात व्यक्तिहरुले ती पुरूषलाई अपहरण गरी बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्नुका साथै फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पीडित र अपहरणकारीहको खोजी गर्ने क्रममा आइतबार बिहान पीडितलाई सर्लाहीको बलरा भन्ने स्थानबाट भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी अपहरणकारीमध्ये राजाबाबु पटेल र मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

नक्कली नोटसहित पक्राउ
२०८०-०१-१२

धनुषा, जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ ।  महोत्तरी, मटिहानी नगरपालिका-८ स्थित दसगजा नजिकबाट एक हजारको दरको १ थान नक्कली नोटसहित धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-११

काठमाडौं, न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-३ पुछारबजार घर भई काठमाडौं टोखा नगरपालिका-६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि न्यूजिल्याड पठाई प्रतिष्ठित होटलमा १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा  ५ लाख ६ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।         

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न चार जना पक्राउ
२०८०-०१-०८

मोरङ,चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका-५ बस्ने ४० वर्षीय दिलिप कुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी नगरपालिका-२ पुनरबास टोल बस्ने ३५ वर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर नगरपालिका-५ नरेशखोर टोल बस्ने २६ वर्षीय मिथिलेश महत्तो रहेका छन् । ग्रामथान गाँउपालिका-२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७९ चैत २ गते राति फलामको सेफ बाकसमा राखेको ७ लाख ७७ हजार १८ रूपैयाँ चोरी भएको घटनामा उनीहरूको संलग्नता भएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूमध्ये दिलिप कुमार चौधरी, ईरज धामी र मिथुन पासवानलाई जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने मिथिलेश महत्तो २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् । 

युवतीलाई दुःख हैरानी दिई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०७

काठमाडौं, सामाजिक संजालको दुरूपयोग गरी युवतीलाई दुःख हैरानी दिई चरित्रहत्या गरेको अभियोगमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ घर भएका २२ वर्षीय ओम प्रकाश महरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीको हराएको मोबाइलबाट विभिन्न सामाजिक संजालमा भएका तस्विरहरूमा अश्लील शब्दहरू राखी अपलोड गर्नुका साथै प्रोफाइलबाट आफन्तलाई समेत अपरिचित महिला-पुरुषको यौनजन्य भिडियो पठाई चरित्रहत्या गरेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई रोल्पाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८०-०१-०७

काठमाडौं, विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ  बस्ने ३४ वर्षीय स्माईल स्टार पुनसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एण्ड टुर्स प्रालि संचालन गर्ने पुन लगायतका व्यक्तिहरूले उक्त रूपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त प्रालि तलासी गर्दा कम्पनीबाट विभिन्न नाम गरेको व्यक्तिहरुको राहदानी ५ थान, सिपीयू १ थान, मनिटर १ थान र  विभिन्न महत्वपूर्ण डकुमेन्ट लगायतका सामानसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२०८०-०१-०७

पर्सा, वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महत्तोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०६

काठमाडौं, पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभनमा पारी  १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई  काठमाडौं महानगरपालिका- १३ ताहाचलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०६

काठमाडौं,  अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई रौतहट चन्द्रपुर नगरपालिका-४ चपुरबाट पक्राउ गरेको हो ।   उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०६

काठमाडौं,  मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चोभारबाट पक्राउ गरेको हो ।उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।                      

भरूवा बन्दुकसहित पक्राउ तथा बरामद
२०८०-०१-०६

धादिङ, थाक्रे गाउँपालिका-५ डाडीघाट बस्ने ४६ वर्षीय सुमन तामाङलाई भरूवा बन्दुक १ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाप्सेचौर र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।  रूकुम (पूर्व), भुमे गाउँपालिका-१ झालायम सामुदायिक वनको ओडारमा  वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक ३ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०१-०६

झापा, लागूऔषध मुद्दाका फरार प्रतिवादी मोरङ उर्लाबारी नगरपालिका-१ घर भएका २८ वर्षीय उत्तम बिक भन्ने रूद्र विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७८ असार ३१ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङसँग समन्वय गरी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०४

काठमाडौं, मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौमा पठाईएको छ । 

ईटाली, दक्षिण कोरिया लगायतका देशहरूमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
२०८०-०१-०४

काठमाडौं, वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाईदिन्छु भन्दै नगद ६६ लाख ३७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ टाउनप्लानिङस्थित ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी प्रालि र काठमाडौं ठमेलस्थित नेपाल स्नोफल माउण्टेन्स ट्रेक एण्ड एक्सपेडिसन प्रालिका संचालक कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-५ घर भएका २८ वर्षीय सुधन कुमार शाही र मेनेजिङ डाईरेक्टर सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनीहरूले २२ जना पीडितलाई सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ र प्रति व्यक्ति ५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पटकपटक गरी उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौमा पठाइएको छ ।                    

अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने तीन जना पक्राउ
२०८०-०१-०४

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्य बहादुर पाईन रहेका छन् । विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर साटीदिन्छु भनि प्रलोभन देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख रूपैयाँ, काठमाडौं चोभारबाट १८ लाख रूपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रूपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।  

साउदी अरब रियाल देखाई सुनको ब्रासलेट ठगी गर्ने दुई जना पक्राउ
२०८०-०१-०४

काठमाडौं, वैदेशिक रोजगारीबाट फर्किएका एक पीडितलाई साउदी अरब रियाल देखाई पीडितको साथबाट ५० ग्रामको सुनको ब्रासलेट ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० नसिथौंली घर भई काठमाडौं मुलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानीसिंह घिसिङ रहेका छन् । पासपोर्ट नभएका कारणले साउदी अरब रियाल साट्न मिलेको छैन तपाईले लगेर साट्नु भन्दै पीडितलाई प्रलोभनमा पारी पीडितको साथबाट सुनको ब्रासलेट लिई फरार भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं चाबाहिलबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।  

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-०१-०४

काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि पार्किङ गरी राखेको बा.५ च ९६५७ नम्बरको गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-२ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र काठमाडौं चोभार बस्ने मकवानपुर थाहा नगरपालिका-१२ घर भएका २३ वर्षीय किरण स्याङतान रहेका   छन् । गत चैत ३० गते राति उक्त गाडी हराएको र कीर्तिपुर नगरपालिका-६ चारघरेस्थित सुवर्ण महर्जनको चक्रतिर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पाटपुर्जाहरु चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा काठमाडौं चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । थप सोधुछको क्रममा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरु समेत उनीहरूले चोरी गरेको खुल्न आएको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ । 

लुटपाट गरेको अभियोगमा चार जना पक्राउ
२०८०-०१-०२

झापा, नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा दमक नगरपालिका-९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  दमक नगरपालिका-९ चिया बगानस्थित ईलामबाट चिलाउनेको काठ लोड गरी आएको मे.१ त ५००९ र मे.१ त ४९४७ नम्बरको ट्याक्टरका चालकलाई अपरिचित ७/८ जना व्यक्तिहरूले कुटपिट समेत गरी उक्त काठ र नगद लुटि लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै लुटपाट गरी उक्त चिया बगानमा लुकाई राखेको काठसमेत प्रहरीले बरामद गरेको छ ।  घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
२०७९-१२-३०

काठमाडौं, चोरीको मोटरसाइकल सहित नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७ ७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१२-२९

काठमाडौं, अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ घर भई बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उनले सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ कपनबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।    

ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१२-२९

काठमाडौं,  जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका-३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।  वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायलबीच हुने जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा ईजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेकोले उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।       

ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एक जना महिला पक्राउ
२०७९-१२-२९

काठमाडौं, ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३५ वर्षीया जुनुकला राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालिका संचालक राई समेतले नेपाली कला र सिपबाट विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गराउन लिएको ईजाजतको उल्लङ्घन गरी कम उमेर समूह समेतका युवायुवतीहरुलाई विभिन्न प्रलोभन दखाई सदस्यता लिन लगाएर नेटवर्किङ व्यवसाय सम्बन्धि ३ दिने प्रशिक्षण दिई ५० जनाबाट करिब ५५ लाख २२ हजार ८ सय रूपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित तीन जना पक्राउ
२०७९-१२-२९

काठमाडौं, अबैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारीय नागरिक गरी ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा बंगलादेशको ढाकातर्फ जान लागेका  बंगलादेशी नागरिकहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको हो । साथै फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै युएसए जान लागेका भारतीय नागरिक सन्दिप कुमारलाई विभिन्न दरको अमेरिकी डलर ७ हजार १ सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको छ ।

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-२९

झापा, बहुबिवाह मुद्दाका २ जना फरार प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने ३७ वर्षीय मोहन शम्शेर योङहाङ र सोही ठाउँ बस्ने २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेका छन् । जिल्ला अदालत झापाको २०७९ असार २० गतेको फैसलाले बहुबिवाह मुद्दामा मोहनलाई १५ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना तथा पुजनलाई १३ महिना कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीरूलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

स्लोभाकिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१२-२८

काठमाडौं, स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ  ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका- १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने पक्राउ
२०७९-१२-२७

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा, झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका-६ बाट पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ । 

पेस्तोल र भरूवा बन्दुकसहित पक्राउ
२०७९-१२-२७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसामाडी सरस्वरी पेट्रोल पम्प नजिकबाट म्याग्जिन सहितको अटोमेटिक पेस्तोल १ थानसहित सोही उपमहानगरपालिका-१२ पदमपोखरी भोर्ले बस्ने ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पैदल हिँडिरहेको अवस्थामा उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, भेरीगंगा नगरपालिका-६ घारीवन बस्ने ७३ वर्षीय शसी डाँगीलाई भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले डाँगीको गोठमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  दाङ, गढवा गाउँपालिका-८ डाडाँगाउँ बस्ने ३२ वर्षीय मान सिंह सुनारलाई भरूवा बन्दुक १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोईलाबास, ईलाका प्रहरी कार्यालय गढवा र बिओपी सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले सुनारलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।  रामेछाप, मन्थली नगरपालिका-१४ स्थित च्यानडाँडा जंगलबाट भरूवा बन्दुक १ थान आइतबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी फुलासीबाट खटिएको गस्ती टोलीले देख्नासाथ २ जना अपरिचित व्यक्तिहरुले उक्त बन्दुक फाली फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । रूकुम (पूर्व), भूमे गाउँपालिका-५ भेडाखर्क जंगलमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १० थान र बन्दुकको नाल १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम (पूर्व)बाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सालकको खपेटासहित दुई जना पक्राउ
२०७९-१२-२७

ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका-२ घर भई सोही नगरपालिका-७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।

हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न दुई जना १५ वर्षपछि पक्राउ
२०७९-१२-२६

काठमाडौं, नेपालगंज उपमहानगरपालिका-५ स्थायी वतन भएका २८ वर्षीय बिकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुङ्गा साविक नर्मदेश्वर गाविस-७ देवीथान घर भई ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भिम बहादुर बुढाथोकी र रामेछाप साविक सालु गाविस-६ घर भई काठमाडौं चावहिल बस्ने ६८ वर्षीय गुमान ध्वज खड्का रहेका छन् । भे.१ च ५८१ नम्बरको जिप चालक केसीलाई कपिलबस्तु साविक शिवपुर गाविस-१ शिवपुरस्थित महेन्द्र राजमार्गमा २०६४ चैत ३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेको घटनाको थप अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-२६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३० वर्षीया रजनी श्रेष्ठलाई बुढानिलकण्ठबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ फागुन ८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २१ दिन कैद र ७५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको बैंक खातामा  पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न चार जना पक्राउ
२०७९-१२-२६

   काठमाडौं, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं महानगरपालिका-३२ का विभिन्न स्थानबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रे सिम्ले गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने १९ वर्षीय राज तामाङ, दोलखा कालिन्चोक गाउँपालिका-२ घर भई भक्तपुर व्यासी बस्ने १९ वर्षीय सुजन बुढाथोकी, रौतहट घर भई काठमाडौं चावहिल बस्ने २० वर्षीय अजय कुमार र पर्सा जर्गनाथपुर गाउँपालिका-२ घर भई काठमाडौं पेप्सिकोला बस्ने १९ वर्षीय जलि आलम मियाँ रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी विक्री गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई चोरी गरेको ८ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।  उनीहरु उपर चोरी तथा डाँका मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ
२०७९-१२-२५

सर्लाही, बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राम प्रसादको साथबाट उक्त नोट, कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डलसहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त स्थानबाट बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-२५

झापा, ठगी, जबरजस्ती करणी र सवारी ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ४१ वर्षीय वेद प्रसाद सेडाई, सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय नगेन राई र सोही नगरपालिका-७ बस्ने ४५ वर्षीय पवन लिम्बु रहेका छन् । जसमध्ये वेद प्रसादलाई शुक्रबार र नगेन र पवनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूमध्ये वेद प्रसाद सेडाईलाई जिल्ला अदालत झापाको २०६९ चैत २० गतेको फैसलाले ठगी मुद्दामा ५ दिन कैद र १ हजार रूपैयाँ जरिवाना, नगेन राईलाई सोही अदालतको २०६७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय र पवन लिम्बुलाई सोही अदालतको २०७५ आसार ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद  सजाय ठहर भएको थियो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ । 

सालकको खपेटासहित दुई जना पक्राउ
२०७९-१२-२२

भक्तपुर, चाँगुनारायण नगरपालिका-२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-२१

झापा,  लागूऔषध मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-११ बस्ने २१ वर्षीय बिनय भन्ने बिनम मगर र अर्जुनधारा नगरपालिका-८ बस्ने २२ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत झापाको २०७८ असोज २० गतेको फैसलाले लागूऔषध मुद्दामा दुबै जनालाई जनही ८ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

डलर साट्ने बाहानामा ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०७९-१२-१७

काठमाडौं, डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई  बुधबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी भएका घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुल्नआएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाउनुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी गरिरहेको छ  ।  

स्रोत नखुलेको नगदसहित पक्राउ
२०७९-१२-१७

धनुषा, जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह रहेका छन् । ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको संयुक्त टोलीले जयनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-१३

काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा, धनकुटा नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०८

 बर्दिया, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-६ बस्ने अमर सिंह थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २९ गतेको फैसालाले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्ति सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बाँसगढी नगरपालिका-६ मोतिपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।   

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । 

नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ
२०७९-१२-०३

काठमाडौं,  नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन् ।  काठमाडौं कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।   

इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार रहेका प्रतिवादी पक्राउ
२०७९-१२-०२

काठमाडौं,  इन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु भृकुटि नगरपालिका-७ ठेगाना भएका २३ वर्षीय शिव शरण चौधरी पक्राउ परेका छन् ।   कपिलवस्तु बुद्दभुमि नगरपालिका-४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई एनसिबि काठमाडौंको अनुरोध तथा एनसिबि अबुधाबी युएईको सहयोगमा युएईबाट पक्राउ गरेको हो ।   घटना पश्चात शिव शरण चौधरी फरार भई युएई बसेको अनुसन्धानको क्रममा खुल्नआएपछि ईलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तु मार्फत नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भए बमोजिम चौधरीको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनी विरुद्द रेड नोटिस् जारी भएको थियो ।  इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरी विरुद्द जारी भएको रेड नोटिस् एनसिबि अबुधाबी युएईलाई जानकारी गराउनुको साथै निज प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकोमा २०७९ भदौ २१ गते एनसिबि अबुधाबीले उनलाई पक्राउ गरि सपुर्दगीको लागि आवश्यक कागजात माग गरेको तथा एनसिबि काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाए पश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगि गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिनुहुन भनि जानकारी प्राप्त भए अनुसार एनसिबि काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो ।   उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ ।

अवैध रुपमा लुकाई लैजाने लागेको अमेरिकी डलर र बंगलादेशी टाकासहित पक्राउ
२०७९-१२-०२

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित चिनिया नागरिक ५२ वर्षीय CAI, HUNAN लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

अवैध लागूऔध र नक्कली नोटसहित २ जना पक्राउ
२०७९-१२-०२

झापा, बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागूऔषध र नक्कली नोटसहित बुधबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट  मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगा जमुना गाउँपालिका-६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार रूपैयाँ पिडितलाई बिगो भराई ३६ लाख ८८ हजार रुपैयाँ जरिवाना र क्षतिपुर्ति शुल्क १ लाख ४७ हजार ५ सय २० रूपैयाँका साथै ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्क भद्रकालीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ । 

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ
२०७९-११-३०

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA र ५९ वर्षीया  KALSANG CHODON रहेका छन् । भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा THUPTEN GELEK LHASAWA को झोलाभित्र भारतीय ५ सय दरको ३ सय थान र KALSANG CHODON को झोलाभित्र ५ सय दरको ३ सय ७० थान भारतीय रूपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०७९-११-२९

काठमाडौं, अनलाईन मार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।उनले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियो समेत पठाएर पीडितलाई बिश्वास दिलाए पश्चात कुरियर कार्यालयबाट पार्सल पाउनको लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, ईन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न ब्यक्तिको नाममा रहेको बैंक खातामा पटक-पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

ठगी गरेको घटनमा संलग्न ३ जना पक्राउ
२०७९-११-२९

मोरङ, विराटनगर महानगरपालिका-२ स्थित तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर महानगरपालिका-२ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका-६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका-१४ घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने सविना न्यौपाने रहेका छन् ।  २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका-२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  उक्त संस्थाले बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/ सुपर पेन्सन बचत/ अवधि बचत/ कर्मचारी चल्ती बचत/विशेष बचत/ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  घटनामा संलग्न अन्य ५ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

ज्यान मार्ने उद्योग कसूरमा संलग्न ३ जना पक्राउ
२०७९-११-२९

काठमाडौं,  ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका-१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई शनिबार बिहान हतियार प्रयोग गरी कुटपिट गरि फरार रहेका उनीहरूलाई काठमाडौं तार्केश्वर नगरपालिका-९ फुटुङबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको चुप्पि १ थान र छिनो १ थान समेत बरामद गरेको छ ।  उनीहरू उपर ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।  

हत्या गरेको अभियोगमा ७ जना पक्राउ
२०७९-११-२८

रुकुम पश्चिम, मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ७४ वर्षीय जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।  पुर्ब रिसिईबिको कारण उनीहरुको कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।  जुम्ला, आफ्नै श्रीमती २१ वर्षीया ममता नेपालीको हत्या गरेको अभियोगमा तिला गाउँपालिका-४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आइतेले ममता नेपालीलाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७९-११-२५

रौतहट, मौलापुर नगरपालिका-६ बस्ने ४५ वर्षीय नरेश महतोको हत्या गरेको अभियोगमा देवाही गोनाही नगरपालिका-७ बस्ने २१ वर्षीय संजय महतोसमेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  मौलापुर नगरपालिका-६ पथरा टोलमा संजय महतो र सोही ठाउँ बस्ने उमेश महतोबीच बुधबार बिहान एक आपसमा बादबिबाद भई कुटपिट हुँदा गम्भीर घाइते भएका नरेश महतोको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-२५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा कालिञ्चोक गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३७ वर्षीय पंकज न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र १० लाख ३५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । न्यौपानेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ साउन ९ र २५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-११-२२

डोटी, पूर्वीचौकी गाउँपालिका-१ छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा लेबर काम गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका-१७ धुर्जना घर भएका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लडागडा र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले डबललाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२० भलाम कालिखोला बंगुर फर्ममा काम गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-३ फलाटे घर भएका ५५ वर्षीय मसला दमैको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै सालो २० वर्षीय कमल नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीच सामान्य विवादको क्रममा कमलले कुटपिट गर्दा गम्भीर घाइते भएका मसलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-२१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मोरङ विराटनगर महानगरपालिका-१५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । अर्यालले नबिल बैंक लिमिटेड काठमाडौं सिनामंगल शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ चैत ११ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ
२०७९-११-२१

 बाँके, नेपालगंज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद आदिललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।             यसैगरी बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय भूपेन्द्र पाठकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.४ प ८२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक पाठकलाई पक्राउ गरेको हो ।              झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित  पशुपतिनगर होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने १९ वर्षीया तिलु राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-१ तरकारी बजार नजिक किराना पसल संचालन गरी बस्ने ५४ वर्षीया कुसुम भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको अवस्थामा दुई स्थानबाट १७ जना पक्राउ
२०७९-११-२०

ललितपुर, ललितपुर महानगरपालिका-१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, जानकी गाउँपालिका-३ भगतपुरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ दुर्गौली बस्ने ४९ वर्षीय चन्द्रभान बमलगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको  प्रहरीले उनीहरूलाई नगद २४ हजार ३ सय ३५ रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका-५ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्ण बहादुर गुरङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । कृष्णले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ । 

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ
२०७९-११-१८

काठमाडौं, पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया NATASHA भनिने IMMACULATE NABASUMBA लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिषालगायतको खर्च समेत कमाएर तिर्ने शर्तमा पीडितलाई नेपालमा बोलाई विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नुपर्ने, नत्र निज र पीडितको परिवारलाई मारीदिने सम्मको धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको, पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटलबाट निकालेको र युगाण्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरी दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अभियुक्त आफै यौन व्यवसायमा संलग्न हुँदै आएको, पीडित लगायत अन्य युगाण्डाका महिलाहरुलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको, ठमेलका बिभिन्न नाईट क्लवहरुमा गई ग्राहकहरु खोजी ल्याउने र पीडितलाई बेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकम समेत आफैले लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।   उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१८

तनहुँ, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा शहिद लखन गाउँपालिका-३ घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले आँबुखैरेनी गाउँपालिका -४ मुग्लिङ पुलजिपबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा दाखिला गरिएको छ ।

बैङिक कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २८ वर्षीय रूवि खतिवडालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको      हो । खतिवडाले प्रभु वैंक लिमिटेड काठमाडौं बबरमहल  शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय काठमाडौं सुन्धारा पठाइएको छ । 

सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ
२०७९-११-१७

धादिङ, धुनिवेशी नगरपालिका-६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिल १ थानसहित थाक्रे गाउँपालिका-५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामा समेत दुई जनालाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेका उनीहरूलाई बोराभित्र लुकाई ल्याएको खपटा र कार्टुनभित्र लुकाई ल्याएको हुचिलसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत ठगी गर्ने पक्राउ
२०७९-११-१५

काठमाडौं, यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् ।  उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूके मा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरुसँग मोबाईल नम्बर लिई वाट्यएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेका थिए । तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात बिभिन्न ब्यक्तिहरुलाई  पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको   छ । 

बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ
२०७९-११-१५

ललितपुर, बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ वुंगमतीबाट पक्राउ गरेको हो ।  उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ । उनी उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी गर्ने व्यक्ति पक्राउ
२०७९-११-१५

काठमाडौं, नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी दिएको अभियोगमा ओखलढुङ्गा सुनकोसी गाउँपालिका-४ घर भएका २७ वर्षीय मुगाधन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखी नाबालिकासँग वार्तालाप गरेको तथा वार्तालापको क्रममा नाबालिकाको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गरी सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जरमार्फत पठाई हैरानी दिने गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा साइबर व्युरो भोटाहिटिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।  

मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा पक्राउ
२०७९-११-१५

सर्लाही, मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा मलंगवा नगरपालिका-९ स्थित सीमाक्षेत्रबाट धादिङ गल्छी गाउँपालिका-९ बस्ने ३२ वर्षीय गोपाल खनाल समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीका सीमावर्ती क्षेत्रमा ठगी तथा आपराधिक षड्यन्त्र गर्ने उद्देश्यले ३ गुणा बढी पैसा दिन्छु भन्दै लोभ लालच तथा प्रलोभनमा पारी लुटपाट गर्ने गरेको घटना दोहरिदै गएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई नेपाली नोटहरूसँग मिल्ने कागजका गडी ९९ बण्डल, पैसा आकारको कागज काट्ने मेसिन १ थान, डायरी २ थान र मोबाइल ४ थानसहित फेला पारी पक्राउ गरेको हो ।  यसअघि २०७५ भदौ ३० गते सर्लाही गोडैता नगरपालिका-३ मधुवनी गाउँबाट सोही प्रकारको ठगीमा संलग्न भारत बिहार सितामढी ग्राम पंचायतका शत्रुधन कुमार भगतसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । साथै सोही स्थानबाट २०७६ कात्तिक ५ गते प्रलोभनमा पारी ४२ लाख ७५ हजार रूपैयाँ ठगी गरेको, २०७९ भदौ १७ गते गोडैता नगरपालिका-३ मा १ हजार दरको नोटको बीचमा कागज राखेको ६९ बण्डल फेला परेको थियो भने २०७९ पुस ३० गते मंलगवा नगरपालिका-८ सिमाक्षेत्रबाट नक्कली जस्तो देखिने एक हजार दरको नोट १ सय १५ थान फेला परेको थियो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका-३ घर भइ काठमाडौं टोखा नगरपालिका-४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।                                                                                                     

विभिन्न हातहतियार तथा अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०७९-११-१३

मकवानपुर, कैलाश गाउँपालिका-६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जित बहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् । जित बहादुरको घरमा लागूऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार तथा घर नजिकै रहेको गोठबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ
२०७९-११-१३

सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँसहित भारत सुपौल कुनौली ग्राम पंचायत कमलपुर बिहार घर बताउने ३१ वर्षीया अस्मिता कुमारी साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयका कर्मचारीसहित संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ ।

चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१३

काठमाडौं, चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दामा संलग्न फरार प्रतिवादी नागार्जुन नगरपालिका-१० स्यूचाटर बस्ने कालीकोट महावै गाउँपालिका-४ घर भएका २३ वर्षीय यवराज शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित मधुर बिक्रम खनालको घरमा २०७९ कात्तिक २८ गते साँझ ११/१२ जनाको संख्यामा आएका अज्ञात हतियारधारी समूहले खनालकी श्रीमतीलगायत घरमा भएका अन्य मानिसहरुलाई नियन्त्रणमा लिई बन्धक बनाई धारिलो हतियार खुकुरी, हतौडा तथा रड प्रहार गरी सख्त घाइते बनाई नगद, सुन तथा हिराका बहुमूल्य गरगहना तथा नगदसमेत गरी करिब ५ करोड रुपैयाँ बराबरको धनमाल लुटपाट गरी फरार भएका थिए ।  सोही घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं स्यूचाटरबाट पक्राउ गरेको हो । यसअघि सोही घटनामा संलग्न १० जना व्यक्तिलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंको २०७९ पुस १ गतेको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको थियो । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ । 

ईजाजतपत्र नलिई बित्तिय कारोबार गर्ने कार्यमा संलग्न पक्राउ
२०७९-११-१०

काठमाडौं, ईजाजतपत्र नलिई बित्तिय कारोबार गर्ने (हुण्डी) कार्यमा संलग्न रहेको अभियोगमा भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजय कुमार गुप्तालाई सोमबार  साँझ प्रहरीले पक्राउ गरेको   छ ।  काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद  ५७ लाख रूपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको हो ।    उनले  फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघि पनि २०७५ साउन ७ गते भारतीय रुपैया २ लाख र नेपाली ३१ लाख रुपैयाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको      छ ।  उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

अमेरिकी डलर देखाई लुटपाट तथा ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-११-१०

काठमाडौं, अमेरिकी डलर देखाई  लुटपाट र ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक गाती घर भई भक्तपुर पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णबाट पक्राउ गरेको हो । साथै तामाङले २०७९ माघ २६ गते काठमाडौं साँखुमा अमेरिकी डलर देखाई ४ लाख रुपैयाँ  लुटपाट गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई ठगी मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०७९-११-१०

काठमाडौं, दुबइ पठाइदिन्छु भन्दै नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रुकुम सानीभेरी गाउँपालिका-२ स्थाई वतन भई काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय दलविर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  रुकुम(पश्चिम) चौरजहारी नगरपालिका-८ बस्ने ३० वर्षीय पुरूष समेतलाई दुबईमा मासिक ६० हजार रुपैयाँ तलव हुने गरी सेक्युरिटीगार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।               

नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न पक्राउ
२०७९-११-१०

काठमाडौं, नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भई ललितपुर गोलभट्टा बस्ने २८ वर्षीय प्रकाश घर्ति मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी विभिन्न बर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न मगरलाई 'बी' बर्गको सवारी चालक अनुमतीपत्रलाई ‘ए, बी, एफ र जी’ बर्गको नक्कली सवारी चालक अनुमतीपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ । 

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१०

काठमाडौं, बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ५० वर्षीय नवराज भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा २ दिन कैद र १३ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
२०७९-११-१०

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट गरुडा नगरपालिका-९ सिसवा बस्ने २७ वर्षीय शिव शंकर कुमार यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित सार्वजानिक सडकमा यादव समेतका ब्यक्तिहरुले ५२ वर्षीय छबिलाल शाहलाई २०७९ असोज २६ गते  कुटपिट गरेको र गम्भीर घाइते भएका शाहको नारायणी बयोधा शिक्षण अस्पतालमा उपचार क्रममा २०७९ कात्तिक १८ गते मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहट पठाइएको छ ।

प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँच जना पक्राउ
२०७९-११-०८

रौतहट, गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थाई प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग.१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेकोले नियन्त्रणमा लिएको बिषयलाई लिएर अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

महिला विरुद्ध अपमानजनक तथा अमर्यादित कार्य गर्ने व्यक्ति पक्राउ
२०७९-११-०५

काठमाडौं,  महिला विरूद्ध अपमानजनक तथा अमर्यादित कार्य गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका-५ मनकामना टोल घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।  विद्युतिय सञ्चार माध्यमद्वारा पीडित महिला विदेश रहँदा बस्दाको सम्बन्धमा शिष्टाचार विरुद्धका घृणा एवम् द्वेष फैलाउने गरी अमर्यादित शब्द सामाग्रीहरू अभिव्यक्त गर्ने कार्यमा संलग्न उनलाई साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

झुट्ठा बहाना बनाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०७९-११-०५

काठमाडौं, झुट्ठा बहाना बनाई अनलाई मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका-१० चन्द्रगढी लेखनाथचोक घर भई काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्ने ३२ वर्षीया दिपाञ्जली थापा भन्ने उषा कार्की  र चितवन कालिका नगरपालिका-४ की २० वर्षीया निकिता सुवेदी रहेका छन् ।  पिडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ भनी काठमाडौं बाँसबारीमा घर रहेको साथै यूनिभर्सिटिबाट एमबिबिस टपर डाक्टर हुँ भनी बताएको र हाल बिद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छु भन्दै पिडितसँग झुट्ठा बहाना बनाई पीडितको साथी बनेर पिडितलाई ई-सेवा वालेटमा रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०७९-११-०५

काठमाडौं, विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट देवाही गोनही नगरपालिका-५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाको बहिनी समेत भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दु:ख हैरानी दिने गरेको घटनामा संलग्न रहेका उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोग वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-११-०५

   काठमाडौं, क्यानडा  पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।               

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-११-०५

          कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका-२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।   

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ
२०७९-११-०४

काठमाडौं,  काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी र ल्होत्से मलमा तोडफोड गरी मोवाइल पसलमा लुटपाट समेत भएको घटनामा संलग्न रहेको अभियोगमा १५ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमध्ये लोत्से मलमा भएको घटनामा संलग्न काभ्रे पाँचखालका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत र मोरङका ३० वर्षीय यमन राई रहेका छन् ।  यसैगरी उक्त आगजनी तथा तोडफोडमा संलग्नहरूमा नुवाकोटका १९ वर्षीय केशर राई, धादिङका २६ वर्षीय ईलाराज गुरूङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, चितवनका २७ वर्षीय संविधान परियार, काठमाडौं तार्केश्वरका १९ वर्षीय कविन खड्गी, काठमाडौं माछापोखरी बस्ने २२ वर्षीय रोमन नगरकोटी र ३३ वर्षीय माधव शाही रहेका छन् । यसैगरी पक्राउ पर्नेमा नुवाकोटका २ जना १८ वर्षीय किशोर, धादिङका १८ वर्षीय किशोर र सिन्धुलीका १८ वर्षीय किशोर रहेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायिहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शनमा भएको उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै पक्राउ  परेकामध्ये अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरू उपर आपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत्त बालाजु र महाराजगंज पठाइएको छ । यसअघि सोही घटनामा संलग्न १० जनालाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं,चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।  काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । 

प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गर्ने छ जना पक्राउ
२०७९-११-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका-१ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ गंगाहल बस्ने २०  वर्षीय आशिष खड्का रहेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा.२ झ १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको छ । 

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०७९-११-०३

काठमाडौं, लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय राजन तामाङ रहेका छन् ।  विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये कञ्चन गुरुङलाई माघ २९ गते काठमाडौं रामशाहपथबाट तथा अनिल राईलाई सामाखुशीबाट र राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरेको हो ।  कञ्चनले आफ्नो फोटो, अर्कै व्यक्तिको सक्कली सवारी चालक अनुमतिपत्र र ५ हजार रूपैयाँ अनिललाई दिएकोमा अनिलले उक्त फोटो, कागजात र ३ हजार ५ सय रूपैयाँ राजनलाई दिएको र राजनले उक्त सवारी चालक अनुमतिपत्रमा कञ्चनको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यसअघि लिखत सम्बन्धि कसूरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ भई मुद्दा चलेका राजनेले अन्य व्यक्तिलाई समेत नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएको छ । उनीहरू उपर लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको   छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरारा प्रतिवादी दोलखा भीमेश्वर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुमन बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद र ३ करोड ७५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।  उनले हिमालय बैंक लिमिटेडमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बिमा दाबी गर्ने मनासयले आफै गाडीमा आगजनी गर्ने चालक पक्राउ
२०७९-११-०१

बर्दिया, बिमा दाबी गर्ने मनासयले आफै लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक मधुबन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।मधुबन नगरपालिका-४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गएराति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो । माघ २० गते उक्त गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बिमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति उक्त स्थानमा लगेर डिजल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-११-०१

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रूपैयाँसहित सोही महानगरपालिका ईनर्वागाउँ बस्ने २५ वर्षीय ओम कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.३५ प ८४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले लगाएको हेल्मेटभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ रंगेली बजारबाट स्रोत नखुलेको नगद ४ लाख १२ हजार ८ सय ५५ रूपैयाँसहित सोही नगरपालिका-४ चोप्राह बस्ने ४१ वर्षीय भवानी शंकर साहसमेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट बैंकको चेक २ थान, विभिन्न बैंकमा पैसा जम्मा गरेका भौचरहरू, मोवाइल ३ थान र उनीहरू सवार को.३९ प १६९१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-०१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने ५७ वर्षीय राम श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ चैत २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख रूपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठगर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।

एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-१०-२९

ललितपुर, एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको अभियोगमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर भिमफेदी घर भई हाल ललितपुर च्यासल बस्ने २३ वर्षीय कान्छा राम तामाङ, महोत्तरी बर्दिबास घर भई हाल ललितपुर महानगरपालिका-२८ सुनाकोठी बस्ने २० वर्षीय बिश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई हाल गोदावरी नगरपालिका ठेचो बस्ने २५ वर्षीय कुशल लामा रहेका छन् ।  ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले एटिएम मेसिन तोडफोड गरी भाग्दै गरेका २ जनालाई सोही महानगरपालिका-१४ महालक्ष्मीस्थान चोकबाट पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरु सहित ४ जनाले सोही महानगरपालिका-१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरुलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट चक्कु १ थान, क्यामेरा १ थान, फलामको रड १ थान, खुकुरी १ थान, हम्बर १ थान र एयरफोन १ थान बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिक पक्राउ
२०७९-१०-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् ।  ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गर्ने पक्राउ
२०७९-१०-२७

काठमाडौं, अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ ।प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०७९-१०-२७

काठमाडौं, टोखा नगरपालिका-३ बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ५७ वर्षीय ध्रुव बहादुर खड्काको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ शुन्दरहरैचा नगरपालिका-७ घर भएका ३२ वर्षीय राम बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ रुद्रनगर शान्तीमार्गस्थित सडकमा मंगलबार बिहान ध्रुव बहादुर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा राम बहादुरले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो । उनले खड्कालाई कुटपिर गरी हत्या गर्नुको साथै मृतको साथमा रहेको मोबाइल तथा धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै थापाको साथबाट लुटपाट गरिएको धनमालमध्ये मृतकको फोटो, सिम कार्ड लगायतका कागजात र झोला काठमाडौं महानगरपालिका-४ धुम्बाराहीस्थित बासको झाडीमा फेला पारी प्रहरीले बरामद गरेको छ ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसूरमा प्रहरीबाट थप अनसुन्धान भइरहेको छ । 

नक्कली कागजातहरू बनाई कीर्ते गर्ने व्यक्ति पक्राउ
२०७९-१०-२७

काठमाडौं, शैक्षिक प्रमाणपत्र तथा बिभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू फेला पारेको हो । उनी उपर लिखत सम्बन्धि कसूरको (किर्ते गर्न नहुने ) कसूरमा थप अनुसन्धान भइरहेको छ ।

संरक्षित वन्यजन्तु गैंडाको खाग ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जना पक्राउ
२०७९-१०-२७

काठमाडौं, संरक्षित वन्यजन्तु गैंडाको खाग अवैध रूपमा चोरी शिकारी, ओसार पसार तथा खरिद बिक्री कार्यमा संलग्न रहेको अभियोगमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गत पुस १९ गते झापा भद्रपुर नगरपालिका-१० बस्ने ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँके कोहलपुर नगरपालिका-११ बस्ने ४१ वर्षीया जमुना कुमारी शर्मालाई संरक्षित वन्यजन्तु गैंडाको खाग ५ सय २२ ग्राम सहित केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।  थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराई,  कैलाली घोडाघोडी नगरपालिका-१० पहलमानपुरका ३६ वर्षीय प्रताप चौधरी, कैलाली मसुरियाका ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटा, भोजपुर अरुण गाउँपालिका-२ घर भएका ४५ वर्षीय डम्बर कुमार आले मगर, गोरखा पालुङटार नगरपालिका-२ ठाँटीपोखरी बस्ने ४७ वर्षीय दान बहादुर राना, स्याङ्जा पुतलीबजार नगरपालिका-१ का ४६ वर्षीय निर्मल शाही,  स्याङजा वालिङ नगरपालिका-८ जैसीपधेँराका ३८ वर्षीया हरिमाया राना, चितवन भरतपुर महानगरपालिका-८ की ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ, चितवन कालिका नगरपालिका-९ शेरबास बस्ने ३९ वर्षीय राजु भन्ने सोम बहादुर चेपाङ तथा ३० वर्षीय राधाकृष्ण चेपाङ, चितवन इच्छाकामना गाउँपालिका-७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, सोही गाउँपालिका-७ सुन्दरबस्तीका  ३९ वर्षीय बिरमान वाइबा र चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज सल्यानी बस्ने ५२ वर्षीय आइत बहादुर तामाङ समेत गरी १३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०७९-१०-२७

काठमाडौं, अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३ हजार ६ सय ४१ र कतारी रियाल १८ हजार ३ सय २४ सहित सिरहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मोहम्मद अब्बास राईनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  नेपाल एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त विदेशी मुद्रा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशला पठाइएको छ ।

अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ
२०७९-१०-२६

काठमाडौं, अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका-५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका-६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका-१ बस्ने ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रे बनेपा नगरपालिका-६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गाउँपालिका-५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् ।  चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण भएको भन्ने सूचनाको आधारमा तत्काल काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-१०-२५

काठमाडौं, आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका-४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनी उपर विद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।

प्रतिबन्धि भारतीय रूपैयाँ सहित तीन जना पक्राउ
२०७९-१०-२५

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ४० थान गरी जम्मा २ लाख २० हजार सहित २ जनालाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित क्यान्टिन नजिकै उनीहरूले उक्त भारतीय रूपैयाँ लेनदेन गरी कारोबार गरिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  यसैगरी नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ५६ थान गरी जम्मा २ लाख २८ हजार सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाते झोलाभित्र उक्त भारतीय रुपैयाँ फेला परेको हो ।  पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-२४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ताप्लेजुङ मैवाखोला गाउँपालिका-१ बस्ने सेत/लाख बहादुर तामाङ भन्ने ३४ वर्षीय सुगम तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कपन आकासेधाराबाट पक्राउ गरेको हो । लाख बहादुर समेतका ६ जनाको समूहले ताप्लेजुङ ढुङ्गेसाघुका २४ वर्षीय राजेन्द्र वेनम (लिम्बु)लाई परस्त्रीसंग लागेको भन्ने रिसिईवीका कारण केटीको आवाजमा फोन गरी २०६६ पुस २ गते  राति स्थानीय खानी टोलमा बोलाई धारिलो हतियार प्रहार गरी हत्या पश्चात अलैची घारीमा फालेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । घटनापश्चात मलेशिया गई पुन: नेपाल फर्की लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमार्फत जिल्ला अदालत ताप्लेजुङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय ताप्लेजुङमा पठाइएको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-२४

सिरहा, नवराजपुर गाउँपालिका-४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९  वर्षीय राधेश्याम यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  सुभकलालको नाती र राधेश्याम यादवबीच भएको झै-झगडा छुट्याउने क्रममा राधेश्याम यादवले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झाझपट्टी र ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ
२०७९-१०-२३

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजार सहित भारतीय नागरीक ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारीयालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक  उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ । 

रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ
२०७९-१०-२२

काठमाडौं, रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठान गौमुख नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमती बस्ने ४२ वर्षीय हेमलाल पुन मगर  रहेका छन् ।  काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालकहरूले विभिन्न ९ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित Agriculture Company मा Fruits packing लगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमतीबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।                                    

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-२२

झापा, आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेल (बस्नेत)को हत्या गरेको अभियोगमा उदयपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडी आफ्नै घरमा हत्या गरी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०७९-१०-१९

काठमाडौं, मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रबि थापा मगर भन्ने लाल बहादुर मगर र ईलाम फाकफोकथुम गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी रहेका छन् । उनीहरुमध्ये रविलाई काठमाडौं महानगरपालिका-३ र डम्बरलाई काठमाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।  कुवेतमा रहेको रोयल रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी लगाई दिने र सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाईदिन्छु भन्ने प्रलोभन देखाई गत मंसिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लागी त्यहाँ रहेका अन्य एजेन्टहरु मार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरी पीडितलाई दैनिक १८ घण्टा सम्म काममा लगाई श्रम शोषण गरेको भन्ने उजुरीको आधारमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलले कुवेतमा रहेको नेपाली राजदुतावास सँगको समन्वयमा पीडितलाई कुवेतबाट उद्दार गरी नेपाल ल्याएको हो । कुवेतमा बस्ने प्रतिवादीले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुक लगायतका सामाजिक संजालहरु प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग अश्लिल कुराकानी गर्ने र सो कुराकानी गरेको रेकर्ड पीडितको श्रीमान लगायतका आफन्तलाई पठाईदिने धम्की दिने गरेको  र विभिन्न धाकधम्की दिई कुवेतमा आफू राजीखुसी आएको हुँ बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपश्चात कोहीकसैलाई उजुरी गर्दिन भन्ने व्यहोराको कागज समेत गराएको अनुसन्धानबाट खुल्न आएको छ । घटनामा संलग्न फरार व्यक्तिहरुको खोजी गर्ने साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-३१  शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ  विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-१९

सिरहा, आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा कल्याणपुर नगरपालिका-११ मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राकेशले आपसी झै-झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न २ जना पक्राउ
२०७९-१०-१८

सप्तरी, डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डिजेल लोड भएको टयाङ्कर चोरी गरी डिजेल बेच्ने कञ्चनरुप नगरपालिका-९ बस्ने २९ वर्षीय नबराज भुजेल र चोरीको डिजेल खरीद गर्ने खडक नगरपालिका-७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह रहेका छन् ।  नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट माघ ११ गते बिहान को.१ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा टयाङ्करका चालकले माघ ११ गते साँझ कञ्चनरुप नगरपालिका-८ स्थित रहेको बिकि पम्पमा पार्किङ्ग गरी आफ्नो घर गएकोमा उक्त ट्याङकर चोरी भएको र माघ १५ गते बिहान शम्भुनाथ नगरपालिका-२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले टयाङ्कर जाँच गर्दा टयाङ्करको ५ वटा च्याम्बरमा रहेको २० हजार लिटर डिजेलमध्ये १६ हजार लिटर चोरी भएको अवस्थामा फेला पारेको थियो । घटनाको आवश्यक अनुसन्धानको क्रममा नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  नबराज भुजेल समेतले माघ १४ गते राति पार्किङ्ग गरेको स्थानबाट डिजेल लोड भएको टयाङ्कर चोरी गरी १६ हजार लिटर डिजेल बिक्री गरेको र श्याम कुमार साहले चोरी भएको डिजेल खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरू उपर चोरी मुद्दा शिर्षकमा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

अवैध रूपमा यार्सागुम्बा कारोबार गर्ने दुई जना पक्राउ
२०७९-१०-१८

काठमाडौं,अवैध रूपमा यार्सागुम्बा कारोबार गरेको अभियोगमा २ किलो १ सय ३८ ग्राम यार्सागुम्बा सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका-३ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका पाँगा बस्ने २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ४० वर्षीय गोविन्द गिरी रहेका छन् ।              काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये प्रकाशलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरू पक्राउ
२०७९-१०-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका-३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका-११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राज कुमार लामा रहेका छन् । प्रहरीले उनीहरूमध्ये रोसनलाई ललितपुर टिकाथलीबाट, गौतमलाई भक्तपुर वंशगोपालबाट र राज कुमारलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।  पक्राउमध्ये रोसनलाई उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले ४ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना सजाय, गौतमलाई २०७९ मंसिर २३ गतेको फैसलाले ८ दिन कैद र २२ लाख रूपैयाँ जरिवाना सजाय तथा राज कुमारलाई २०७९ कात्तिक २५ गतेको फैसलाले १० दिन कैद र १८ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो । पीडितलाई आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनीहरू उपर उक्त फैसला गरेको थियो ।  फैसला कार्यान्वयनको लागि रोसन र गौतमलाई जिल्ला अदालत भक्तपुरमा र राज कुमारलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
२०७९-१०-१७

सिन्धुली, तिनपाटन गाउँपालिका-८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा डाँका चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दुधौली नगरपालिका-१० बस्ने ४४ वर्षीय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका-१ बस्ने ३१ वर्षीय रूद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् ।  अपरिचित व्यक्तिहरूले गत पुस २ गते साँझ मंगल बहादुर तामाङ र उनको भान्जी घरमा बसिरहेको अवस्थामा दुवै जनालाई हात खुट्टा बाँधी कुटपिट समेत गरी सुनको रिङ २ थान, फुली, चाँदीका पुराना सिक्काहरू, सुनको मुन्द्रा, तामाको थाल, कचौरा लुटपाट गरी फरार भएका थिए । घटनाको आवश्यक अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले डाँका चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै चोरी भएको सामानहरूमध्ये बुट्टे कचौरा ३ थान, ढलोटको अम्खरा ३ थान, तामाको ठूलो डबका २ थान र झर्काको थाल २ थान दुधौली नगरपालिका-१० मंगलबारे बस्ने ३५ वर्षीय लाल बहादुर तामाङको घरबाट गत शनिबार प्रहरीले फेला पारी बरामद गरेपछि घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएको छ ।  उनीहरू उपर जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।   

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०७९-१०-१७

काठमाडौं,  अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको South African Rand २३ हजार २ सय ५० सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ घर भएका ५२ वर्षीय टोप बहादुर बुढा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै दक्षिण अफ्रिका जान लागेका क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र २०० दरको २१ थान, १०० दरको १ सय ९० थान, २० दरको २ थान  र १० दरको १ थान गरी उक्त South African Rand बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि विदेशी मुद्रा सहित प्रहरी वृत्त गौशला पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९  बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ । 

सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ
२०७९-१०-१६

पर्सा, मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दिपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका-१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका-२५ बस्ने २६ वर्षीय सुशिल कुमार साह, सोही महानगरपालिका-२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय संजय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् । सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ
२०७९-१०-१५

 भक्तपुर, कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका- १ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन् । २०६२ माघ ३० गते चाँगुनारायण नगरपालिका-९ ताथलीमा रहेको गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा सोही भट्टामा काम गर्ने सुकमान भन्ने कान्छाराम र बहादुरले रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गर्ने ४१ वर्षीय कृष्ण योगीको शरिरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी फरार रहेको घटनामा संलग्न उनीहरुलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१५

सिरहा, सुखिपुर नगरपालिका-८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका-३ बस्ने २३ वर्षीय मंगल सहनी र औरही गाउँपालिका-२ बस्ने २३ वर्षीय रफि राईन रहेका छन् । पसलको पछाडीबाट सुरुङ खनी पसल भित्र रहेको बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरी लैजाने क्रममा उनीहरुलाई  ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले स. ११ प ५३१८ नम्बरको मोटरसाइकल र करिब १० हजार रुपैयाँ बराबरको सरसामान सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-१५

भोजपुर, आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण आफ्नै श्रीमतीलाई घाटि थिचेर हत्या गरि खाडलमा पुरेको भन्ने सुचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिचौलियाको काम गरेको अभियोगमा पक्राउ
२०७९-१०-१४

धनुषा, बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ५० वर्षीय मो.ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनि प्रतिव्यक्ति २ देखि ३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी बिचौलियाको काम गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय प्रविन कुमार झा लाई जनकपुर उपमहानगरपालिका-१४ स्थित यातायात कार्यालयबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यातायात कार्यालयमा आएका सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनजान रहेको र काम छिटो छरितो गराई दिन्छु भनी सेवाग्राहीसँग ३ हजार ५ सय रूपैयाँ रकम लिदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित दुई जना पक्राउ
२०७९-१०-१३

काठमाडौं, अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।  नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडी व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र वाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो । थप सोधपुछको क्रममा उक्त राहदानीहरु रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनि बैदेशिक रोजगार बिभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरु र निजहरुको साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-१०-१३

अछाम, चौरपाटी गाउँपालिका-४ कालिगाडी बस्ने ललित बहादुर कुँवरलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको  हो । धनुषा, मिथिला नगरपालिका-२ नकटाझिझ चोकबाट माउजर पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरेको म्याग्जीन १ थान सहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय रौशन महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी पक्राउ
२०७९-१०-१२

काठमाडौं,  झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका-८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ । 

मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-१०-१२

काठमाडौं, मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-१४ बस्ने प्रकाश शाही ठकुरी भन्ने ४१ वर्षीय प्रकाश धिमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धिमाललाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । म्यानपावर एजेन्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भनि राहदानी लगायतका आवश्यक कागजपत्र बनाई ३/४ जना महिलालाई २०७९ बैशाख १२ गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगि ९ सय कुवेती दिनारमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो । साथै पीडितलाई दैनिक १० घण्टासम्म काममा लगाई श्रम शोषण गरेकोमा उपचार गर्नका लागि स्थानीय अस्पताल गएको समयमा पीडित उक्त अस्पतालबाट भागी कुवेतस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएपश्चात उनलाई २०७९ असोज १४ गते उद्दार गरी नेपाल फिर्ता ल्याइएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-११

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका-९ स्थायी वतन भएकी २७ वर्षीया सीता लामिछानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माई चितवन साविक पिठुवा गाबिस-७ माधवपुरस्थित धानखेतको कुलोमा वेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको भन्ने कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-११

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप रामेछाप नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय शिवहरि खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ मंसिर २० गतेको फैसलाले १४ दिन कैद र ४१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाइ झुक्यानमा पारी २०७८ सालको साउन र भदौ महिनामा दिएको २ थान चेकको रकम भुक्तान हुन नसेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
२०७९-१०-११

काठमाडौं, सवारी ज्यान मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ बस्ने ४२ वर्षीय ईम बहादुर कार्कीलाई घटनाको ९ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१५ चारदोबाटोस्थित सडकमा २०७० जेठ २७ गते दिउँसो ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा.३ च ५२७५ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक कास्की घर भई भक्तपुर गठ्ठाघर बस्ने ६७ वर्षीय शिव शरण रेग्मीको मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका एम्बुलेन्स चालक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-१०-११

काठमाडौं, क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।   

बिचौलियाको काम गरेको अभियोगमा पक्राउ
२०७९-१०-११

धनुषा, बिचौलियाको काम गरेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ३९ वर्षीय दिपक ठाकुरलाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनि प्रतिव्यक्ति २/३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ठाकुरलाई सेवाग्राहीसँग १ हजार ५ सय रूपैयाँ लिदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
२०७९-१०-१०

काठमाडौं, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका-३ बस्ने ४१ वर्षीय महवुव आलम र बारा सिम्रौनगढ नगरपालिका-३ बस्ने २० वर्षीय मोहमद आदिल आलम रहेका छन् । उनीहरुमध्ये महवुव मोरङ बिराटनगर महानगरपालिका-१ शान्ति चोकबाट र मोहमद सप्तरी राजविराज नगरपालिका-५ लंका टोलबाट पक्राउ परेका हुन् ।नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यवसायिक साझेदारीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिगमा लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा, खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा आँच पुर्‍याउने किसिमका गतिविधिहरूमा संलग्न रहेको खुल्न आएपछि उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसूर मुद्दाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुवले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको, मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको वन एक्सबेटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो श्रोत भन्ने दावी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेकोमा हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामग्री उपलब्ध नभएको समेत छानविनको क्रममा खुल्न आएको छ । उक्त प्रतियोगितामा सहभागी केही फ्र्यान्चाईज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको श्रोत नखुलेको साथै विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार  फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । नेपाल क्रिकेट संघ नै आयोजक भई सञ्चालन गर्ने नेपाल टी-२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छवीमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको खेलको रणनीतिक तथा व्यवसायिक साझेदार र फ्र्यान्चाईज टिमहरूको आर्थिक श्रोत, विगतमा क्रिकेट खेलसँगको आवद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने क्षमता लगायतका विषयमा भेटिङ गर्ने समेतको कार्यमा उचित ध्यान दिन नसकेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।  उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।

विभिन्न मुद्दाका तीन सय ३२ जना फरार प्रतिवादी पक्राउ
२०७९-१०-१०

बारा, विभिन्न मुद्दाका ३ सय ३२ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उदेश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । बैकिङ्ग कसूर मुद्दा, हातहतियार खरखजाना मुद्दा लगायतका मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका पक्राउ परेका प्रतिवादीहरु मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् । 

अर्काको नाममा ट्रायल दिने तथा दिन लगाउने व्यक्ति पक्राउ
२०७९-१०-१०

मोरङ, सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका छन् ।  षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मणिवाला सर्प हो भन्दै ठगी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१०

दाङ, मणिवाला सर्प हो भन्दै करिब १ तोला सुनको गरगहना र नगद १ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्प बेच्दै हिँड्ने सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३५ वर्षीय मोहमद सलमानलाई दाङ लमही नगरपालिका-९ जलकुम्भीबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाँके राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाई उक्त धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४६ प ४८९९ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको छ ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ । 

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-०६

बर्दिया, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका-४ बस्ने रईस अहमद सिद्धिकीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत गुलरियाको २०७९ असार २९ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष ११ महिना ५  दिन कैद र १ लाख रुपैयाँ जरिवना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनकै घर वतनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बर्दिया पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-१०-०६

दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई नगद १ लाख ८८ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-०५

सुनसरी, धरान उपमहानगरपालिका-५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिकास भन्ने हर्क बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईलाई समेत टाउकोमा खुकुरी प्रहार गर्दा घाइते भएकी उनको उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

होटलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ
२०७९-१०-०५

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-१०-०४

काठमाडौं, फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका-८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  महतले वैदेशिक रोजगारीमा फ्रान्स जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।   

डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-०४

काठमाडौं, डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी काभ्रे तिमाल गाउँपालिका-५ घर भएका ३२ वर्षीय रोमन भन्ने मनराज तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका तथा बाहिर समेत बिभिन्न श्रृङ्खलाबद्ध डकैती घटनाको अनुसन्धानको क्रममा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनकै घर नजिकबाट पक्राउ गरेको हो ।  गत २०७९ असार ६ गते राति काठमाडौं शंखरापुर नगरपालिका-९ खुलालटारस्थित घरबाट करिब २ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ असार १२ गते सोही ठाउँस्थित घरबाट करिब ६ लाख ५ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ असार २० गते राति काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ स्थित घरबाट करिब १२ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ साउन २४ गते राति कीर्तिपुर नगरपालिका-६ स्थित घरबाट करिब ५६ लाख ६५ हजार १ सय २४ रुपैयाँ बराबरको धनमाल डकैती गरेको घटनामा तामाङ संलग्न रहेको खुल्न आएको छ । साथै  २०६८ कात्तिक २२ गते ललितपुरको झरुवारासी एरियामा उनी लगायतका व्यक्तिहरुले डाँका गर्न जाने क्रममा साविक झरुवारासी गाविस-३ त्रिवेणीघाटमा मोटरसाईकल रोकी बसिरहेका ४२ वर्षीय श्रवण खड्कालाई डकैती गर्ने क्रममा उनीहरुले  समेतका व्यक्तिले गोली प्रहार गरी ज्यान मारेको खुन डाँका मुद्धामा १० वर्ष कैद भुक्तान गरी छुटेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ५७ वर्षीय एक राज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको तीन थान चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

ज्यान मार्ने उद्योग कसूरमा संलग्न तीन जना पक्राउ
२०७९-१०-०४

पर्सा, ज्यान मार्ने उद्योग कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिराभवानी गाउँपालिका-१ महादेवपट्टी बस्ने ४५ वर्षीय हिरालाल मुखिया विन, २१ वर्षीय विनोद मुखिया विन र १९ वर्षीय ललन मुखिया विन रहेका छन् । जिराभवानी गाउँपालिका-१ महादेवपट्टी बस्ने ३२ वर्षीय कैलाश दास तत्वाले बाटो अवरोध गरेको भन्ने विषयलाई लिएर उनकै भाई प्रभु प्रमेश्वर दास तत्वा समेतलाई उनीहरूकै छिमेकीहरूले घरेलु हतियार तथा लाठी भाटाले निर्घात कुटपिट गरी गम्भीर घाईते बनाई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत पर्साबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने तीन जना पाकिस्तानी नागरिक पक्राउ
२०७९-०९-३०

काठमाडौं, अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पाकिस्तानी नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने पाकिस्तानी नागरिकहरू ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन् । वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमै पूरा गर्नुपर्छ भनि एकजना पाकिस्तानी नागरिकलाई भिजिट भिसामा नेपाल ल्याई बुढानिलकण्ठस्थित घरमा बन्धक बनाई २५ लाख ६६ हजार ६ सय ९७ नेपाली रूपैयाँ फिरौती रकम लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंसँगको समन्वयमा बुढानिलकण्ठ नगरपालिका-४ बाट पक्राउ गरेको हो । पाकिस्तानमा रहेका पीडितका भाइलाई मेरो क्यानडाको लागि फलाईट छ, ३० घण्टा मोबाइल अफ हुन्छ सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर ३० घण्टापछि पुन: क्यानडा पुगेँ, ईमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाए पश्चात पीडितको भाइले उक्त नेपाली रूपैयाँ बुझाए पश्चात पीडितलाई मंगलबार राति सिनामंगलस्थित सडकमा पाकिस्तान फर्किनु भनी छाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई अपहरण गर्न नहुने र शरीर बन्धक लिन नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०९-३०

सर्लाही, गोडैता नगरपालिका-१२ लक्ष्मी चोकबाट स्रोत नखुलेको १० लाख ४५ हजार रुपैयाँ सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पहलाद चापागाई, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय सनम बस्नेत, सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय शिव चापागाई र ४८ वर्षीय कृष्ण दहाल रहेका छन् । प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च १७९४ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सर्लाही, मलंगवा नगरपालिका-२ बाट स्रोत नखुलेको २ लाख रुपैयाँ सहित भारत घर भएका १९ वर्षीया राहुल महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न व्यक्तिहरू पक्राउ
२०७९-०९-२९

काठमाडौं, रुपन्देही मायादेबी गाउँपालिका-७ बस्ने भीम बहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही मायादेवी गाउँपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैंसेपाटीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाइएको छ ।  यसैगरी यसैगरी कपिलवस्तु  वाणगंगा -८ सिद्दिपुर चोक बस्ने बिष्णु प्रसाद पाण्डेको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका-६ गौराबारी घर भएका ५० वर्षीय तौलेश्वर चौधरी र सोही नगरपालिका-५ चनौटा घर भएका ४८ वर्षीय बाबु खाँ मुसलमान भन्ने सहबाद आलम खाँ रहेका छन् । २०६५ असोज ९ गते बिहान कपिलवस्तु भलवारी गाविस-३ वहादुरगंजस्थित तौलिहवा जाने हुलाकी सडकमा बिष्णुको शव फेला परेको घटनामा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये तौलेश्वर चौधरीलाई कपिलवस्तु शिवराज नगरपालिका-६ विरपुरमा र सहबाद आलम खाँ लाई शिवराज नगरपालिका-५ चनौटामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२९

झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-२ चारापाने घर भएका ३९ वर्षीय सागर प्रसाद सेलवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ १०१९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ३ लाख रूपैयाँ जरिवाना र १२ हजार रूपैयाँ पीडित राहत कोषमा क्षेतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । 

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ
२०७९-०९-२९

भक्तपुर, लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाई दिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रहरीलाई आर्थिक प्रलोभनामा पार्न खोजेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरमा खटिएको प्रहरीलाई फोन सम्पर्क गरी लागूऔषध मुद्दाको अनुसन्धानमा उक्त कार्यालयमा नियन्त्रणमा रहेका अभियुक्तको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रलोभनमा पार्न खोजी सो कार्यालयमा आएका उनीहरूलाई नगद ५७ हजार ५ सय रूपैयाँ र २ थान मोबाइल फोन सहित प्रहरीले पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ
२०७९-०९-२९

सप्तरी,शम्भुनाथ नगरपालिका-३ स्थित सडकबाट ALETIAHAD GOLD DUBAI-UAE 1 KILO GOLD 999.9 MELTER ASSAYER D010478 लेखिएको सुन जस्तो देखिने पहेलो धातु सहित कैलाली गोदावरी नगरपालिका-३ बस्ने ३१ वर्षीय बसन्त पाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी कठौनाबाट खटिएको टोलीले उक्त सडक छेउमा रोकी राखेको बिएए ३१६४ नम्बरको कारलाई जाँच गर्न खोज्दा कारमा सवार ४/५ जना व्यक्ति फरार भएकोमा कार चालक पाललाई नियन्त्रणमा लिई तलासी गर्दा कारको डयासबोर्डको डिकीमा उक्त धातु फेला परेको हो । हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जना पक्राउ
२०७९-०९-२७

पर्सा, मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका-८ घर भएका ५४ वर्षीय अनिल कुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका-११ घर भएका ३७ वर्षीय रमेश कुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका-४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् । उक्त होटलमा मानव बेचबिखन तथा ओसार पसारजन्य कार्य भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले आइतबार राति होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवम् प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

हत्यामा संलग्न व्यक्ति पक्राउ
२०७९-०९-२७

काठमाडौं,  रुपन्देही मायादेबी गाउँपालिका-७ बस्ने भीम बहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही साविक हाटी बनगाई गाविस-१ भौजा भहुआरे घर भएका ३९ वर्षीय जितई भर भन्ने जितेन्द्र राज भरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०६१ वैशाख २८ गते राति यादवलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका-२६ बुढीबजारबाट पक्राउ गरेको हो । यसैगरी रूपन्देही साविक मझगावा गाविस-४ बस्ने ईस्लाम धोबीको छोरा १२ वर्षीय मक्सुद आलम धोबीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रूपन्देही कोटहीमाई गाउँपालिका-३ मझगवा बस्ने ५० वर्षीय नबिमोहमद चुरिहारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रुपन्देही साविक बोगटी गाविस-८ भगैयास्थित खेतको पानी पोखरीमा २०७३ असार १५ गते मक्सुदको डुबेर मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न चुरिहारलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कोटहीमाई गाउँपालिका-३ मझगवाबाट फेला पारी पक्राउ गरेको हो ।  पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०९-२७

काठमाडौं,  सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्विजरल्याण्ड लगायतका देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका-३ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक, वाट्सएप, आईएमओ जस्ता एपहरूको दुरूपयोग गरी आकर्षक तलबमा विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन राखी सम्पर्कमा आएका व्यक्तिहरूसँग बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता तथा राहदानी समेतका कागजातहरुको प्रतिलिपी मोबाईल सेवा प्रदायक कम्पनीहरुमा पेश गरी सिम डुप्लिकेसनको मध्यामबाट पीडितहरुकै मोबाईल बैकिङमा पहुँच पुर्‍याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पीडितहरुलाई वाट्सएप मार्फत सक्कल नागरिकता, बैंक स्टेटमेण्ट लगायतका कागजातहरु तयार पार्नु भनी कल गर्ने गरेको, काठमाडौंका विभिन्न स्थानबाट धिरेन मगर नाम गरेको ब्यक्ति कागजतपत्र लिन आउने गरेको, कागजातहरुको प्रतिलिपी मोबाइल सेवा प्रदायक कम्पनीहरु एनसेल, नेपाल टेलिकम, स्मार्टसेल कार्यालयबाट पीडितकै मोबाइल नम्बर निकाली उक्त सिमकार्डबाट पीडितहरुको मोबाइल बैंकिङ याक्टिभ गरी ओटिपि कोड दुवईमा भएका शेर बहादुर चौधरीलाई पठाउने गरेको र पीडितहरुको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई रकम ट्रान्सफर गरी सिमकार्ड नष्ट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।   उनलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एव कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२७

बर्दिया, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका-८ बस्ने धर्मराज जैसीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७६ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १२ लाख ९९ हजार ७ सय रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घर वतनबाटै लुकिछीपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।

चाँदी जस्तो देखिने सेतो धातु बिक्री गर्ने दुई जना पक्राउ
२०७९-०९-२६

मोरङ, चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-१२ बस्ने सुनचाँदीको गहना बनाउने कालिगढ २४ वर्षीय नबिन बिक र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष बिक रहेका छन् । सुन्दरहरैचा नगरपालिका-९ स्थित बल बहादुर श्रेष्ठको ओम सुनचाँदी पसलमा गत पुस १३ गते उनीहरूले ६ हजार रूपैयाँमा चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरेकोमा उक्त धातु पगाल्दा चाँदी नभई तामा जस्तो धातु भएको खुल्न आएको थियो । साथै उनीहरूले पुन: सेतो चाँदी रंगको धातु लिएर सोही पसलमा आई ठगी गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले दुवै जनालाई चाँदी जस्तो देखिने धातुका टुक्राहरु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३४ बानेश्वर बस्ने ५५ वर्षीय गोविन्दलाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ असार ३ गतेको फैसलाले ५ दिन कैद र १८ लाख ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुरगठ्ठाघरबाट पक्राउ गरेको हो । गोविन्दलालले  आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न नौ जना पक्राउ
२०७९-०९-२५

काठमाडौं, रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीका ३९ वर्षीय अख्तर हुसेन, धादिङ गल्छी गाउँपालिका-६ घर भएका ३० वर्षीय राज मगर, रूपन्देही कञ्चन गाउँपालिका-५ घर भएका ३८ वर्षीय मिन बहादुर दर्जी, म्याग्दी बेनी नगरपालिका-५ घर भएका ४५ वर्षीय प्रेम बहादुर बाँनिया, धादिङ धुनिवेशी गाउँपालिका-२ महेशँफाटका २५ वर्षीय कृष्ण कुमार परियार, प्यूठान नौबैरी गाउँपालिका-३ घर भएका ५१ वर्षीय गंगा बहादुर बुढा, बागलुङ जलजला गाउँपालिका-४ घर भएका ५१ वर्षीय मुयाल श्रीष, रौतहट गुजरत नगरपालिका-२ वर्म टोलका ३८ वर्षीय संगम लामा र उदयपुर गडी गाउँपालिका-५ क्युरेनीका ३९ वर्षीय बलजित विश्वकर्मा रहेका छन् । काठमाडौं धुम्बाराहीमा केही व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले रेड मर्क्युरी हो भन्दै १ करोड रूपैयाँमा मोलमोलाई गरी अवैध कारोबार गर्न लागिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाएको छ ।

छात्रवृत्ति दिलाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०९-२५

काठमाडौं,  छात्रवृत्ति दिलाई दिन्छु भन्दै नगद ८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सिरहा कल्याणपुर नगरपालिका-१० घर भई काठमाडौं बानेश्वर बस्ने २७ वर्षीय सन्तोष मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इन्डो ग्लोबल कन्सलटेन्सी बागबजारको संचालक हुँ भन्दै भारतमा छात्रवृत्तिमा इन्जिनियरिङ शिक्षाको लागि दिल्ली टेक्नोलोजीकल युनिभर्सिटिमा भर्ना गराईदिन्छु भन्दै पीडितबाट उक्त नगद लिई ठगी गरेको खुल्न आएपछि मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक  अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

बैंकिङ कसूरमा संलग्न ब्यक्ति पक्राउ
२०७९-०९-२५

काठमाडौं, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१ ठेगाना भएका ३५ वर्षीय उदय चन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।धनुषा क्षिरेश्वर नगरपालिका-१ बाट केही व्यक्तिहरुले अवैध रुपमा अनलाईन मार्फत २० करोड भन्दा माथिको रकमको हुण्डी कारोवार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न यादवलाई कारोवारमा प्रयोग भएका ल्यापटप, मोबाईल फोन समेतका उपकरणहरु सहित पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

हत्यामा संलग्न व्यक्ति १५ वर्षपछि पक्राउ
२०७९-०९-२५

काठमाडौं,  कपिलवस्तु मायादेवी गाउँपालिका-८ मा रामेश्वर पाण्डेको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा रूपन्देही साँस्कृतिक नगरपालिका-७ कर्महवा बस्ने ५६ वर्षीय शिब बालक चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  २०६४ कात्तिक १० गते राति मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले गोली प्रहार गरी पाण्डेको हत्या गरेको घटनामा संलग्न चौधरी रुपन्देही एरियामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई कर्महवाबाट पक्राउ गरको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

फिनल्याण्डमा रोजगारी मिलाई दिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न पक्राउ
२०७९-०९-२५

काठमाडौं, फिनल्याण्डमा आकर्षक तलब सुबिधामा रोजगारी मिलाइ दिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा म्याग्दी गाउँपालिका-१ घर भई काठमाडौं जोरपाटी बस्ने २६ वर्षीया मनिषा पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मासिक १ लाख ४२ हजार रुपैयाँ तलब र खाना बस्नको सुबिधा सहित फिनल्याण्डमा पठाइदिन्छु भन्दै पीडितहरूलाई आवश्यक कागजातहरू सहित काठमाडौं बोलाई विश्वासमा पारी उक्त नगद ठगी गरेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ
२०७९-०९-२५

सप्तरी, वोदेबसाईन नगरपालिका-५ बजारबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ५२ लाख ८९ हजार ५ सय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वोदेबसाईन नगरपालिका-९ देउरी बस्ने ३२ वर्षीय राम बिलास साह तेली र सोही नगरपालिका-७ बस्ने ५० वर्षीय मायानन्दन झा रहेका छन् । वोदेबसाईन नगरपालिका-५ बजारस्थित घरमा कोठा भाडा लिई बस्ने मानिसहरुले स्रोत नखुलेको नेपाली रुपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको संयुक्त टोलीले तलासी गर्दा उनीहरूलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीस्थित सडकबाट स्रोत नखुलेको नगद ६ लाख ५५ हजार रूपैयाँ र विभिन्न कम्पनीको मोबाइल ७७ थान सहित ललितपुर धापाखेल बस्ने २७ वर्षीय सृजन श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले बा.८० प ६२७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त नगद र मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सर्वसाधरण व्यक्तिलाई दु:ख हैरानी दिने ६ जना पक्राउ
२०७९-०९-२५

काठमाडौंको ठमेलका डान्सबार क्लबमा छिराइदिने तथा यौनजन्य कार्यमा केटी मिलाई दिने भन्दै सर्वसाधरण व्यक्तिहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-२ घर भएका ४२ वर्षीय नारायण कार्की, नुवाकोट शिवपुरी गाउँपालिका-८ घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका ३१ वर्षीय दिपेश तामाङ, सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २८ वर्षीय अर्जन कटुवाल, बैतडी पुरचौडी नगरपालिका-७ घर भएका २५ वर्षीय यज्ञराज जोशी र ललितपुर गोदावरी नगरपालिका-५ शान्तिपथ बस्ने २२ वर्षीय कृष्ण तामाङ रहेका छन् । काठमाडौ उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

आफ्नै साथीलाई अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न चार जना बालक पक्राउ
२०७९-०९-२५

पर्सा, आफ्नै साथी वीरगञ्ज महानगरपालिका-१६ बस्ने १६ वर्षीय बालकलाई अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा ४ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।  ती बालक घर छेउको कलधारामा मुख धोइरहेको अवस्थामा चार जनाले शनिबार बिहान अपहरण गरेकोमा प्रहरीले खोजी गर्ने क्रममा करिब ३ सय मिटर टाढा सुनसान खाली चौरमा मुखमा गलबन्दी, पन्जा तथा रूमाल कोचेर केबलको कालो तारले वाँधीएको अवस्थामा फेला पारी उद्दार गरेको थियो । उनीसँगै अध्ययन गर्ने चार जनाले कक्षामा सँधै प्रथम भएकोले रिस, द्वेस र  डाहले उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण तथा शरीर बन्धक कसूरमा ६  दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

नक्कली नोट सहित पक्राउ
२०७९-०९-२५

चितवन, कालिका नगरपालिका-१ डेरीचोक डेरा गरी बस्ने मकवानपुर मनहरी गाउँपालिका-१ गोगनपानी घर भएकी ४२ वर्षीया गङ्गा थिङलाई १ लाख ३६ हजार रूपैयाँ बराबरको नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । पर्सा, वीरगञ्ज महानगरपालिका-३२ बस्ने ३७ वर्षीय महबुब आलम अंसारीलाई १ हजार दरको २ थान नक्कली नोट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-३१ सोखलपुरस्थित किराना पसलमा समान खरिद गरी अंसारीले दिएको उक्त नोट जाली रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने व्यक्तीहरु पक्राउ
२०७९-०९-२४

     काठमाडौं, विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत दार्जिलिङ ठेगाना भएका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचिनगर नगरपालिका-८ बस्ने ३७ वर्षीय बिम माया मगरलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितको फेसबुक म्यासेन्जरमा आफू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै प्रलोभनमा पारी डलर र उपहार पठाई दिएको छु रिसिभ गर्नुहोला भनि उपहार पठाएको जस्तो भान पर्ने गरी सो को भर्पाई पठाएको र पीडितले रकम आवश्यक छैन भन्दा  उल्टै Money Laundering मा फस्नु भईसक्यो यदि सो बाट छुट्कारा पाउन चाहनु हुन्छ भने तपाईको WhatsApp Number मा आएको बैंक खातामा रकम जम्मा गरीदिनु भनि डर त्रासमा पारी विभिन्न मिति र समयमा Online Mobile Banking मार्फत विभिन्न बैंक खाताहरुमा पटक पटक रकम पठाउन लगाई ठगी गर्ने कार्यमा उनीहरू संलग्न रहेको खुल्न आएको छ ।  उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी, अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।     

विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०९-२४

कास्की,  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-३ नदिपुर घर भई चितवन भरतपुर महानगरपालिका-१२ डेरा गरी बस्ने ४६ वर्षीय उमेश गिरी भन्ने उमेश बहादुर गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत कास्कीको २०६६ फागुन २७ गतेको फैसलाले सर्वस्व सहित जन्म कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै डेराबाट पक्राउ गरेको हो । पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थाकालीलाई उमेश बहादुर लगातयका व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उमेश बहादुर  घटनामा संलग्न भएपश्चात भागेर काठमाडौं गएर बसी सोही स्थानबाट सुरूमा कतारमा १२ वर्षीय बसेको, इराकमा ३ वर्ष, अफगानिस्तानमा २ वर्ष बसेपछि ८ वर्ष अगाडी नेपालआई चितवनमा वर्कसप र वाइन पसल खोली आफ्नो परिचय लुकाई बसेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ । यसैगरी, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२८ माझठाना बस्ने ७१ वर्षीय तारानाथ तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालतको २०७९ बैशाख १४ गतेको फैसलाले १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्की उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्कीमा थुनामा पठाइएको छ ।  

विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ
२०७९-०९-२३

 काठमाडौं, सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम बन्नीगढी गाउँपालिका-६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर शाह, २५ वर्षीय विजय विक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका-८ बस्ने २७ वर्षीय चक्र बहादुर खत्री, दोलखा खोपाचागुं घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्नेहरू ४४ वर्षीय अनुप खड्का, नवलपरासी(पश्चिम) बर्दघाट नगरपालिका-४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने २७ वर्षीय रंग बहादुर साउद रहेका छन् ।   काठमाडौं महानगरपालिका-८ सिफलमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालि लगायत दर्जनौं कम्पनीहरुका नाममा शंकास्पद कारोबार देखिएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले सम्बन्धित निकायहरुबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरु संचालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्य भन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पुर्‍याई एन्टीभाइरस नविकरण बापतको रकम पठाउनु भनि झुक्याई, विश्वास दिलाई निजको खाताबाट अमेरिकी डलर ट्रान्सफर गर्नुका साथै अन्य विदेशी नागरिकहरुलाई समेत झुक्याई, विश्वासमा पारी बेईमानीपूर्वक वायर स्क्याम गरी Swift मार्फत करिब ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ GBP र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० रूपैयाँ ८० पैसा रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै गैह्र कानूनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले संचालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिहरुका बैंक खाताहरुमा जम्मा हुनासाथ प्राप्त रकमको स्रोत लुकाउने उदेश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको खातामा ट्रान्सफर गरी ठगी गरेको समेत खुल्न आएको छ ।   उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु देखाई रकम ठगी गर्ने पक्राउ
२०७९-०९-२३

झापा, सुन जस्तो देखिने पहेलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ईलाम फाक्फोकथुम गाउँपालिका-७ घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेर बहादुर बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  झापा मेचीनगर नगरपालिका-९ स्थित रोशन कुमार गजमेरको हनुमान ज्वेलर्समा बुधबार बराईलीले ३ तोला सुन जस्तो देखिने पहेलो धातुको बेरुवा औंठी २ थान देखाई १ लाख ८० हजार मूल्य राखी १० हजार रूपैयाँ पछि लिन आउने सहमतीमा तत्काल १ लाख ७० हजार रूपैयाँ ठगी गरेको र सोही स्थानमा बाँकी पैसा लिन आउँदा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गुणस्तरहीन घिउ सहित एक जना पक्राउ
२०७९-०९-२३

पर्सा, वीरगञ्ज महानगरपालिका-१६ स्थित श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घिउ ६ सय १३ लिटर सहित उक्त उद्योगका संचालक सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले रायले आफ्नै घरमा संचालन गरेको सो उद्योगबाट उक्त परिमाणको गुणस्तरहीन घिउ फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा नापतौल गुणस्तरीय कार्यालय तेजारथ टोल वीरगञ्ज पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०९-२३

पर्सा, वीरगञ्ज महानगरपालिका-१२ बस्ने रौतहट वृदावन नगरपालिका-१ घर भएका ३६ वर्षीय अजय कुमार यादवको प्र.२-०३-०१२ प २६३८ नम्बरको मोटटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्वी नगरपालिका-७ बस्ने २० वर्षीय भुवन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  पार्किङ गरी राखिएको अवस्थाबाट चौधरीले उक्त मोटरसाइकलको लक तोडी डोर्‍याउँदै गरेको अवस्थामा स्थानीय तथा सवारीधनीले हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चाँदीका विभिन्न गरगहना चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०९-२२

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-३ भेल्ही चोकस्थित सोही गाउँपालिका-२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका-२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट बिआर ३० बि ८०१० नम्बरको मोटरसाइकल तथा सोही मोटरसाइकलको ट्याङकी मुनी लुकाई राखेको नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०९-२१

कैलाली, कैलाली, कञ्चनपुर लगायत विभिन्न स्थानका व्यक्तिहरूलाई डर त्रास तथा विभिन्न प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदम राज भट्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न बैंक तथा संघ सस्थाहरुको हाकिम हुँ भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन देखाउनका साथै महिलाहरुलाई ललाई फकाई अश्लिल भिडियो पोष्ट गरिदिने धम्की दिदै ठगीमा गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालीका-३ बाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सट्टाबाजी खेलाउन संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०९-२१

काठमाडौं,  कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाईन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

गोली प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-०९-२०

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ बस्ने ५० वर्षीय धनुषधारी दासको गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनकै जेठो छोरा २१ वर्षीय प्रदीप दास, उनकै ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र धनुषा नगराईन नगरपालिका-२ जटही बस्ने २१ वर्षीय रंजीत कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा बिग्रीएको पानी पम्प सेट मर्मत गरिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले पुस ९ गते बिहान गोली प्रहार गर्दा गम्भीर घाइते भएका धनुषधारीको उपचारको लागि प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान गर्न तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार धनुषधारीका जेठो छोरा प्रदीप, घटनाका सहयोगी धनुषधारीका ज्वाइँ उदय र गोली प्रहार गर्ने रंजित कुमारलाई हत्या गर्न प्रयोग भएको कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोलीको खोका १ थान, अटोमेटीक पेस्तोलमा लाग्ने म्याग्जीन १ थान र अटोमेटिक पेस्तोलको गोली १ राउण्ड सहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०९-१९

अर्घाखाँची,  शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-१० बोरखोर बस्ने भारत नई पालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  शितगंगा नगरपालिका-१० सिद्धारा बोखोरस्थित जंगलमा आइतबार बिहान टाउकोमा गहिरो चोट लागेको अवस्थामा राधा थापाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगा नगरपालिका-११ मुन्द्रीबासस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान महिला दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
२०७९-०९-१८

बाँके, नेपालगंज उपमहानगरपालिका बस्ने २ जना र जानकी गाउँपालिका-३ बस्ने  १ जना गरी ३ जनालाई धारिलो हतियार प्रहार गरी फरार रहेका ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१८ वस्ने २९ वर्षीय विनय भण्डारी, सोही उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३१ वर्षीय नारायण डाँगी र वैजनाथ गाउँपालिका-५ बस्ने २९ वर्षीय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनार रहेका छन् ।  उनीहरूले ती व्यक्तिहरूलाई आइतबार दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा डुडुवा गाउँपालिका-३ बाट घटनामा प्रयोग भएको यूपी ३२ ईयू ८६१६ नम्बरको कार बरामद गरी उनीहरूलाई सोही गाउँपालिका-२ दासपुरूवाबाट पक्राउ गरेको ।  घाइतेहरूलाई उपचारका लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०९-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१७ धोबिचौर बस्ने ७५ वर्षीय राममान श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ भदौ १७ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ५ दिन कैद र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१७ धोबिचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । यसैगरी  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ४२ वर्षीय बद्री बोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ मंसिर १८ गते फैसलाले ४ दिन कैद, ११ लाख ६० हजार रूपैयाँ जरिवाना र ४६ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाईएको छ ।   

साइप्रस पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०९-१४

काठमाडौं, साइप्रस पठाईदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कञ्चनपुर भिमदत्त नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वर बस्ने ३० वर्षीय विनोद लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुहारले १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने गरी वर्किङ भिषामा साईप्रसको प्रतिष्ठित होटलमा काम लगाइ दिन्छु भन्दै पीडितबाट उक्त रुपैयाँ लिई ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको छ ।                   अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं, अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर  र हङकङ आईडी समेत बनाईदिने भनी वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ लैनचौरबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।  

४ थान नक्कली नेपाली नोट सहित पक्राउ
२०७९-०९-१४

 काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित बारा आदर्श कोटवाल गाउँपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । उनीलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको छ । 

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०७९-०९-१४

काठमाडौं, कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत बिराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

१४ वर्षीय बालकलाई अपहरण गरी हत्या गरेको घटनामा संलग्न दुई जना पक्राउ
२०७९-०९-१३

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोला ठेगाना भएका १४ वर्षीय निरज कुमार पासवानको अपहरण गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१७ अलौ ठेगाना भएका २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र धोबिनी गाउँपालिका-१ घोडादौडपिप्रा ठेगाना भएका ३० वर्षीय दिलिप कुमार पटेल रहेका छन् ।  मंसिर ८ गते दिउँसो वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वा टोलबाट अपहरित पासवानको शव वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी टंकी भित्र पुस १० गते बेलुका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई वीरगंज महानगरपालिका-१७ बाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा फिरौती रकम असुली गर्न तथा अपहरित पासवानको हात खुट्टा र मुखमा पटी बाँधी राखेकोमा पासवानले डोरी फुकाई भाग्न खोजेकोले अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले उनीहरूले हत्या गरेको खुल्न आएको छ ।  उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक बनाई कर्तव्य ज्यान (ज्यान सम्बन्धि कसूर)मा म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-१३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ असार ६ गते र २०७९ भदौ ६ गतेको फैसलाले अनिललाई ९ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना र २०७९ असार २८ गतेको फैसलाले पुष्पराजलाई ३ दिन कैद र ६ लाख ७० हजार रुपैया जरिवाना ठहर भएको थियो । फैसलापछि फरार रहेका अनिल कुमारलाई पर्सा, वीरगंज मुरलीचोकबाट र पुष्पराजलाई भक्तपुर चाँगुनारायणबाट केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।    फैसला कार्यान्वयनका लागि अनिल कुमारलाई जिल्ला अदालत चितवन र पुष्पराजलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०७९-०९-१३

कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाईट्स र जनकपुर रोयल्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०९-१२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका-५ घर भई चितवन भरतपुर बस्न ५१ वर्षीय पंचम अकौलिया र खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४८ वर्षीय जयकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये पंचमलाई उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना र जयकृष्णलाई  सोही अदालतको २०७९ कात्तिक २९ गतेको फैसलाले २ दिन कैद र ५ लाख जरिवान ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पंचमलाई मंगलबार चितवन भरतपुरबाट र जयकृष्णलाई सोमबार काठमाडौं चुनिखेल काठमाडौंबाट पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार ४ जना प्रतिवादीहरू पक्राउ
२०७९-०९-११

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकाश ज्योती, भक्तपुर सूर्यबिनायक नगरपालिका-१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका  छन् ।  उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकाशलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।    उनीहरूमध्ये बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलालाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार रुपैयाँ जरिवाना, विकाशलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना, राम सुन्दरलाई ४ दिन कैद र १५ लाख ९२ हजार ८ सय ९० रुपैयाँ जरिवाना र नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धि जिल्ला अदालतमा पेश गरिएको छ ।  

झुट्ठा विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गर्ने ब्यक्ति पक्राउ
२०७९-०९-०९

काठमाडौं, झुट्ठा विवरण पेश गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको अभियोगमा सर्लाही त्रिभुवननगर गाविस-१ ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकी खसीवजारबाट पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस-१ मा बसि मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेश गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको छ ।  उनलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०९-०८

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-१० बस्ने ३५ वर्षीय अमित पौडेल र भरतपुर महानगरपालिका-२७ बस्ने ५५ वर्षीय प्रेम बहादुर गुरूङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जबरजस्ती करणी मुद्दामा अमितलाई जिल्ला अदालत चितवनको २०६६ असार ३१ गतेको फैसलाले ५ वर्ष कैद र प्रेम बहादुरलाई जिल्ला अदालत चितवनको २०७४ माघ २२ गतेको फैसलाले ४ वर्ष कैद ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।  पौडेलले २०६५ असार ११ गतेको दिउँसो ८ वर्षीया बालिकालाई ललाई फकाई उनकै घरमा जबरजस्ती करणी गरेको घटनामा र प्रेम बहादुरले २०७२ चैत ४ गते साँझ एक महिलालाई नारायण नगरपालिका-१ स्थित एक होटल पछाडी ललाई फकाई जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितनव पठाइएको छ । 

कागजपत्र नभएको मोटसाइकल सहित पक्राउ
२०७९-०९-०८

भोजपुर, भोजपुर नगरपालिका-३ बलौटेबाट कागजपत्र नभएको मे.८ प ७७७८ नम्बरको मोटरसाइकल सहित सोही ठाउँ बस्ने २७ वर्षीय आकाश राई समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा चेकिङमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको कागजपत्र नभएपछि नियन्त्रणमा लिएर सोधपुक्ष गर्दा उक्त मोटरसाइकल सोही ठाउँस्थितमा हलेसी अटो पार्टस एण्ड वर्कशवको संचालक सोही ठाउँ बस्ने २८ वर्षीय विजय राईबाट किनेको खुल्नआएपछि विजय समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू उपर ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान समेत २ जना पक्राउ
२०७९-०९-०७

पर्सा, आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  दासकी श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो । उक्त   घटनाको थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देखिएपछि शंका लागि कुशललाई नियन्त्रणमा लिई सोधुपछ गर्ने क्रममा कुशलले श्रीमती पर-पुरूषसँग लागेको आशंकामा करेन्ट लगाई हत्या गरेको  खुल्न आएको हो । हत्या पश्चात कुशलले आफ्नै भाई २८ वर्षीय भरत दासलाई ना.३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ । वारदातमा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई वीरगंज महानगरपालिका-१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गर्नुका साथै  कुशलको भाई भरतलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-०६

रूपन्देही, मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ बस्ने आरने माईला भन्ने मिन बहादुर बिक कामीलाई  सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका-५ बुद्दनगरबाट पक्राउ गरेको हो ।   २०७० कात्तिकमा सालिकराम बिकले २ जना महिलालाई प्रलोभनमा पारी दाङ लगेर मिन बहादुरको जिम्मा लगाएको, मिन बहादुरले भारतको पंजाव लगेर बग्गी नाम गरेको मानिसलाई जिम्मा लगाएकोमा पीडित महिला आफूहरू बेचिएको थाहा पाएपछि भागेर नेपाल फर्किएर २०७० पुसमा ईलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी गरेपछि अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बिक तत्काल पक्राउ परेका थिए भने फरार मूख्य कसूरदार मिन बहादुर बिकलाई अदालतले उक्त कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।   उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कपिलवस्तु पठाइएको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०७९-०९-०६

मोरङ, केराबारी गाउँपालिका-९ बस्ने ४३ वर्षीय दुर्गा कुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ   नगरपालिका-१ बस्ने ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगेको तर उपचार हुन नसकेपछि घर ल्याएकोमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ तथा बरामद
२०७९-०९-०५

      मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्राम सहित २ जनालाई  सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-२ बस्ने  २१ वर्षीय मनिष लिम्बु र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो  विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, बर्जु गाउँपालिका-६ स्थित नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरीले बेबारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४३ प ९९३४ नम्बरको मोटरसाइकल फेला पारी जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-०५

रूपन्देही, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ वर्गदवा बस्ने जेसी भन्ने जिवन चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत बुटवल तुलसीपुर दाङको २०७३ भाद्र ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । २०७२ वैशाख २० गते राति चौधरीले घरमा कोही नभएको अवस्थामा पीडित महिलालाई धाक धम्की दिई जवरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०९-०४

 बर्दिया, लेनदेन मुद्दाका फरार प्रतिवादी  गुलरिया नगरपालिका-१२ बस्ने मोहम्मद सरिफ खाँलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दिया गुलरियाको २०७९ कात्तिक १८ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत गुलरिया बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।  रूपन्देही, लागूऔषध मुद्दाका फरार प्रतिवादी कञ्चन गाँउपालिका-४ बस्ने २६ वर्षीय नारायण बस्याललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बुटवल तुल्सीपुर दाङको २०७४ भदौ २१ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार चलान गरिएको छ । 

मोटरसाइकल चोरी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ
२०७९-०९-०३

काठमाडौं, मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं जरंखु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जै बहादुर बोहरा, काठमाडौं कोटेश्वर बस्नेहरू सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखिया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा सिङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले जै बहादुरलाई बा.प्र.-०२-०२३ प ९६९६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको र थप अनुसन्धानको क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र.०२-०३० प ४५८० नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।  यसैगरी बाग्मती प्रदेश-०२-०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-९ मंगलबजार बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका कञ्चन खत्रीको उक्त मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले उनीहरूले उक्त मोटरसाइकलमा बा.प्र.०२-०१९ प ९५६४  नम्बर प्रयोग गरी ललितपुर ताल्छिखेलमा चलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल बुझाइएको छ ।   साथै यस आर्थिक वर्षको मंसिर मसान्तसम्म काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट हराई फेला परेका १ सय ९४ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको र १९ वटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा लिएका १९ जनालाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । 

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सात जना पक्राउ
२०७९-०९-०२

रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने हाल वतन नखुलेका २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कु सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

९० वर्षीया महिलाको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०९-०१

काठमाडौं, तारकेश्वर नगरपालिका-६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   सोही नगरपालिका-३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राहत दिईरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको खुल्न आएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-०१

रूकुम(पूर्व), हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पुथाउत्तरगंगा गाउँपालिका-१ बस्ने ३३ वर्षीय फल बहादुर  पुन भन्ने  फलराज पुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मनाङको २०७६ बैशाख ११ गतेको फैसलाले हातहतियार खरखजना मुद्दामा ३ वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुकुमकोट  रुकुम (पूर्व)मा पेश गरिएकोमा अदालतको आदेशले कैद जरिवाना भुक्तानका लागि रुकुम पश्चिम कारागार कार्यालय पठाइएको छ । 

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
२०७९-०८-२९

तनहुँ, आफ्नै श्रीमान ४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जग्गाको विषयलाई लिएर कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०८-२७

सर्लाही, जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका-२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा पक्राउ
२०७९-०८-२७

सप्तरी, मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा राजबिराज नगरपालिका-१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्री गर्दै आइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनी उपर जिल्ला प्रशासन कार्यालयबाट ७  दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०८-२६

अर्घाखाँची,  आफ्नै श्रीमान ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका -१ चिदिका तुमचौर बस्ने लक्ष्मी नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बल बहादुर सार्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको घटनाको थप गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरुबीच विवाद भई झै-झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली बल बहादुरको घाँटीमा पासो लगाई घरको दलिनमा झुण्डाई हत्या गरेको खुलेपश्चात उनलाई पक्राउ गरेको हो ।   उनीउपर जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
२०७९-०८-२६

काठमाडौं, काठमाडौं पेप्सीकोलाबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका-६ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बस्ने ३४ वर्षीय किशन कार्की र काभ्रेपलाञ्वोक रोशी गाउँपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-७ बस्ने ४८ वर्षीय दिपक कुमार काफ्ले रहेका छन् ।  उच्च अदालत पाटनको २०७९ मंसिर ६ गतेको फैसलाले किसन कार्कीलाई ५ दिन कैद एवं १५ लाख रूपैयाँ जरिवाना सजाय र  २०७८ जेठ ३१ गतेको फैसलाले दिपक कुमार काफ्लेलाई सात दिन कैद एवं ८ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको    हो । उनीहरुले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।  उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०८-२१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रूपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले दोलखा चरिकोटबाट पक्राउ गरेको हो । कार्कीले २०७५ चैत १९ गते प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०८-२१

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट सुनका विभिन्न गरगहना चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेशी नगरपालिका-९ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २७ वर्षीय सिजल तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थान डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-९ घर भएका ४१ वर्षीय हरिबाबु कार्कीको कोठाबाट करिब ३ लाख ५९ हजार बराबरको सुनका विभिन्न गरगहना चोरी गर्दै गरेको अवस्थामा सिजललाई फलामको रड १ थान सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०८-१६

  काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३० डिल्लीबजार बस्ने सिन्धुली सुनकोशी गाउँपालिका- ६ घर भएका ५३ वर्षीय नारायण सिंह बराललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३० डिल्लीबजारबाट पक्राउ गरेको हो ।  बरालले २०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।    उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ । 

आपसी झै-झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु, घटनामा संलग्न छ जना पक्राउ
२०७९-०८-१६

धनुषा, मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा बादबिवाद भई भएको झै-झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ । साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न एक जना पक्राउ
२०७९-०८-१४

काठमाडौ, युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हुप्रोचौर बस्ने २० वर्षीय प्रतिक भन्ने नविन खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षार्थ खटाईएका म्यादी प्रहरीको सन्दर्भमा भिडियो साझेदारी सेवा युट्युव मार्फत विभिन्न आक्षेप तथा लान्छना लगाई समाजमा अपाच्य हुने शव्दहरुको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको श्रव्यदृश्य बनाई युट्युव तथा फेसबुकमार्फत प्रसारण गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०८-१३

झापा, जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी कन्काई नगरपालिका-४ बस्ने ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ । 

अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ
२०७९-०८-१२

काठमाडौं, अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।  अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो ।  साथै धन कुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धन कुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०८-१२

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चागुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्द प्रसाद पराजुली रहेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देवी प्रसादलाई ललितपुर बालकुमारीबाट आइतबार र मुकुन्द प्रसाद पराजुलीलाई भक्तपुर चागुनारायणबाट सोमबार पक्राउ गरेको हो ।  उच्च अदालत पाटनको २०७८ मंसिर १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा देवी कृष्ण न्यौपानेलाई ९ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय तथा सोही अदालतको २०७९ साउन १५ गतेको फैसलाले मुकुन्द प्रसाद पराजुलीलाई १५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो । उनीहरूले पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  फैसला कार्यान्वयनको लागि पक्राउ परेकामध्ये देवी कृष्णलाई जिल्ला अदालत ललितपुर र मुकुन्द प्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०७९-०८-१२

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।  उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङबाट विभिन्न कम्पनीका ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको छ । उनलाई थप अनुन्धानको लागि प्रहरी वृत्त ठिमी पठाइएको छ । 

सुनका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न छ जना पेस्तोल सहित पक्राउ
२०७९-०८-०८

काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा धादिङ खनियाबास गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङ समेत ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले संचालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७  नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी  र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल समेत फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०८-०८

  बाजुरा, त्रिवेणी नगरपालिका-७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिवेणी नगरपालिका-७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मंसिर ५ गते मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कुटपिटबाट दुई जनाको मृत्यु, घटनामा संलग्न व्यक्तिहरु प्रहरी नियन्त्रणमा
२०७९-०८-०४

भक्तपुर, चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको छ ।  झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनार सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।   सर्लाही,  गोडैता नगरपालिका-६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झै-झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको छ । उक्त स्थानमा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा तीन जना पक्राउ
२०७९-०८-०३

मोरङ, उर्लाबारी नगरपालिका-४ बस्ने २५ वर्षीय गौतम तामाङ सहित ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका-५ बस्ने २६ वर्षीय आसाङ लिम्बु समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  सोही नगरपालिका-६ स्थित तत्काल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी प्रहार हुँदा गौतम तामाङ सहित ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न लिम्बु समेत ३ जनालाई खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बिएण्डसी अस्पताल बिर्तामोड झापामा र अन्य दुई जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-३०

बारा, जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी प्रसौनी गाउँपालिका-५ बेलहिया टोल बस्ने २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  श्यामले १७ वर्षीया बालिकालाई ललाई फकाई पटक/पटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले प्रसौनी गाउँपालिका-५ बेलहिया टोलस्थित लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनी उपर जबरजस्ती करणी तथा गर्भ पतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित एक जना पक्राउ
२०७९-०७-३०

पर्सा, जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपंचायत-१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमदलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीया र बिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला पारी मोटरसाइकल चालक अहमदलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-३०

मोरङ, बुढिगंगा गाउँपालिका-७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय राजेश सरदारलाई कात्तिक १८ गते राति प्रहरीले पक्राउ गरेको छ ।  बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसमा बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते करणको गोल्डेन अस्पताल बिराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-२९

नुवाकोट, दुप्चेश्वर  गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार गर्दा दुवै जनाको सोमबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई घटनास्थल नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुन तथा चाँदीको जस्तो देखिने गरगहना सहित तीन जना पक्राउ
२०७९-०७-२९

  मोरङ, रंगेली नगरपालिका-४ स्थित सडक छेउबाट सुनको जस्तो देखिने न्याक्लेस १ थान र नथिया १ थान गरी अन्दाजी १ तोला ४ आना ४ लाल र चाँदीको जस्तो देखिने बाला १ जोर, औंठी सहितको पन्जा १ जोर, पाँउजु १ जोर र सिक्री १ थान गरी करिब ३१ तोला सहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत अररिया कौवाकोह-४ बस्ने २८ वर्षीय कुमार यादव, भारत अररिया कौवाकोह-३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् ।  उक्त सडक छेउमा भारतबाट नेपालतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला सोही स्थानमा फाली फरार भएकोमा झोला तलासी गर्दा उक्त परिमाणको सुन तथा चाँदीको जस्तो देखिने गरगहना फेला पारेको थियो । मोटरसाइकल सहित फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका-४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकल सहित घटनामा संलग्न उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-२८

मोरङ, आफ्नै मामा पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  उर्लाबारी नगरपालिका-८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।  ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-२६

तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका-२ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका-५ बगरवा घर भएका २५ वर्षीय नबिन कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासी रडले प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट सहित छ जना पक्राउ
२०७९-०७-२५

रौतहट, मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका-६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-२४

 झापा, आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीमाथिअभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ
२०७९-०७-२३

सिन्धुली, मरिण गाउँपालिका-७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा सुरक्षा ड्युटी खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने २९ वर्षीय सांगे लो लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको   छ ।  मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेपश्चात ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
२०७९-०७-२२

बर्दिया, ३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका -८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत बर्दियाको २०७३ पुस २४  गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी जम्मा ३० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  ठाकुरबाबा नगरपालिका-८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसिईबीका कारण धारिलो हतियार दाउ प्रहार गरी हत्या गरी फरार भएको भन्ने जानकारी प्राप्त भई तत्काल खटिएको प्रहरीले अजिबलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएकोमा निजको बयान कार्य सम्पन्न पश्चात शौचालय जान्छु भन्ने बहाना गरी शौचालयको भ्यान्टिलेसनबाट निस्की फरार भएका थिए ।  पक्राउ पश्चात उनलाई बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ । 

पिर्का प्रहार गरी बुबाको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-२१

रोल्पा, आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-२१

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेह्रथुम अठराई गाउँपालिका-५ ठेगाना भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । मिश्रले २०७७ भदौ २२ गते कामना सेवा बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ । 

भालुको पित्त जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ
२०७९-०७-२१

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित बौद्ध गेष्‍ट हाउसको १०९ नम्बरको कोठाबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थान सहित भारत अरूणाचल प्रदेश करुङ्ग कुमे घर बताउने ५५ वर्षीय ग्यमार तपर लगायत ३ जना भारतीय नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त गेष्ट हाउसमा गत शनिबारदेखि बस्दै आएका उनीहरूले भालुको पित्त बिक्री गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त कोठा तलासी गर्दा झोलामा लुकाइ राखेको उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरी पैठारी गरी ल्याएको काठको डमरू सहित पक्राउ
२०७९-०७-२१

काठमाडौं,  गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी गल्मतीस्थित टहरामा गलैचा कारखाना संचालन गर्ने मकवानपुर बकैया गाउँपालिका-१ घर भएका २८ वर्षीय रोहित तामाङलाई  चोरी पैठारी गरी ल्याएको खयरको जस्तो देखिने काठबाट बनाइएको डमरूको फ्रेम १ सय ६० थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  तामाङले खयर जातको काठबाट बनाएको डमरुको फ्रेम मकवानपुर बकैयाबाट चोरी पैठारी गरी ल्याई उक्त टहरामा लुकाइ राखेको भन्ने सूचानाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त परिमाणको डमरूको फ्रेम सहित उनलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एटिएम मेसिनको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०७-२१

पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-५ मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् । उक्त एटिएमको ढोकाको सिसा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ
२०७९-०७-२१

काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका-६ घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेका छन् । ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०७९-०७-२०

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा सप्तरी सुरूङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  समित कुमारले सामाजिक सञ्जाल फेसबुकको नक्कली आइडीबाट पीडितको तस्विरमा अपरिचित महिलाको अश्लिल तस्विर राख्दै पीडितको बारेमा अनर्गल, अश्लिल शब्दहरु लेखी पोष्ट गर्नुका साथै उक्त आइडीको मेसेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरु गरी बदनाम, बेईज्जत गरी, अनावश्यक मानसिक तनाव, दु:ख हैरानी दिई चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले जनाएको छ ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-१९

ओखलढुङगा, आफ्नै श्रीमती ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  राम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीसँग सामान्य बाद विबादमा दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा  कल्पनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दोहोरो नागरिकता र राहदानी भएका व्यक्ति पक्राउ
२०७९-०७-१८

काठमाडौं, काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित अमेरिकन राजदुतवास नजिकबाट दुई वटा नागरिकता र राहदानी सहित  उदयपुर वेलका नगरपालिका-७ घर भएका ४१ वर्षीय अशोक राई भन्ने ओम बहादुर राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  राईले दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दुई वटा नागरिकता र राहदानी सहित उनलाई पक्राउ गरेको हो ।  उनलाई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा  पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-१८

काठमाडौं, आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै डेरा कोठामा जय बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  काभ्रे, धुलिखेल नगरपालिका-११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ-७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका-११ डाँडा गाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन् । बिन्दाकी आफ्नै नातिनी कोपिला र गोपालले मादक पदार्थ सेवन गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली करारनामा बनाई ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०७-१७

काठमाडौं, नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१७ घर भई सोही महानगरपालिका-१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराई उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटकपटक गरी उक्त रुपैयाँमा ठगी गर्ने कार्यमा संलग्न उनलाई पर्सा वीरगंज महानगरपालिका-८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
२०७९-०७-१७

काठमाडौं, काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत वित्तिय कारोवार (हुण्डी) गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानुनी कारवाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-१६

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कामरु कन्स्ट्रक्सन प्रालिका संचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का भएका ५१ वर्षीय राममणी दहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले धादिङको गल्छीबाट पक्राउ गरेको    हो ।  कामरु कन्स्ट्रक्सन प्रालिका संचालक दहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।  उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।

जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-१६

बर्दिया, जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी वारबर्दिया नगरपालिका-६ बस्ने प्रेमलाल थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत बर्दिया गुलरियाको २०७५ असार १३ गतेको फैसलाले जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत गुलरिया बर्दियाको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।     

लागूऔषध मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ
२०७९-०७-१६

कास्की, लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१५ घर भई सोही महानगरपालिका-२७ हमालचोक बस्ने २८ वर्षीय अनिल आले रहेका छन् ।   लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको विभिन्न मितिको फैसलाले सबिन गिरीलाई ४ महिना २८ दिन कैद, सुजन कामीलाई ४ महिना ६ दिन कैद र अनिल आलेलाई ३ महिना २८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको    हो ।  उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-१६

बर्दिया, नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी वारबर्दिया नगरपालिका-२ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत बर्दिया गुलरियाको मिति २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछीपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।

एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने तीन जना पक्राउ
२०७९-०७-१५

ललितपुर, ललितपुर महानगरपालिका-५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट वेलकोटगढी नगरपालिका-३ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका-६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका-१५ भानुचोक घर भई ललितपुर, ललितपुर महानगरपालिका-६ सुन्धारामा बस्ने ३५ वर्षीय अनिल राई रहेका छन् । कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-१५

ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ साकेला गाउँपालिका-१ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको बिषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ
२०७९-०७-१४

मोरङ, झापा दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना किशोर रहेका छन् ।  उर्लाबारी नगरपालिका-७ मौवा खोलास्थित छठ मेलामा गएको बेलामा उनीहरूको छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ
२०७९-०७-०३

सर्लाही, लालबन्दी नगरपालिका-२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा धनकौला गाउँपालिका-१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र शहनी, भारत बिहार तरयानी छप्रा-८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर-१० बस्ने १९ वर्षीय सौरभ कुमार यादव र भारत बिहार हराज-१२ बस्ने १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।  बागमती नगरपालिका-१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका-३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका-१ बाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सहकारीबाट ऋण मिलाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०७-०२

काठमाडौं, सहकारीबाट ऋण मिलाईदिन्छु भनी ठगी गरेको अभियोगमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-१ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणी कुमार थापालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।  थापाले आफू काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक भएकोले उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाईदिन्छु भनी बिश्‍वास दिलाई उक्त ऋण रकमको १० प्रतिशतले हुन आउने ३ लाख रुपैयाँ र सेवा शुल्क बापत १२ हजार रुपैयाँ गरी जम्मा ३ लाख १२ हजार रूपैयाँ लिई ऋण उपलब्ध नगराई ठगी गरी फरार रहेको भन्ने सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त भएपश्चात अनुसन्धानको क्रममा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएकोले मणी कुमारको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट उनलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ । 

अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०७-०२

काठमाडौं महानगरपालिका-१७ स्थित ढल्को चोकबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भई काठमाडौं ढल्को बस्ने ३७ वर्षीय नविन गोयल र कपिलबस्तु कृष्णनगर घर भई ललितपुर नख्खु भैंसेपाटी बस्ने ४५ वर्षीय उमेश महेश्वरी रहेका छन् ।  काठमाडौं महानगरपालिका-१७ ढल्को चोकमा बिभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश विपरीत हुने गरी बित्तिय कारोवार(हुण्डी) गर्दै आएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुससन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उनीहरूलाई हुण्डी कारोबार गर्ने प्रयोजनार्थ संकलित नगद ४१ लाख ९६ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सप्तरी जिल्ला राजविराज नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३२ वर्षीय दिपेन्द्र तातेडलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले १५ दिन कैद र ४५ लाख ५५ हजार ४ सय १४ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं भोटेवहालबाट पक्राउ गरेको हो ।  दिपेन्द्रले जनता बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्‍याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।   उनलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-३०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भएका ५० वर्षीय ब्रजेश उपाध्यायलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना १५ दिन कैद, २ करोड ६१ लाख ५५ हजार १ सय ७५ रुपैयाँ जरिवाना र १० लाख ४६ हजार २ सय ७ रुपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पठाइएको छ । 

स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०६-३०

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठान, प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ । 

अपहरण गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-०६-२८

मोरङ, सिरहा गोलबजार नगरपालिका-३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । अपहरण पश्चात फिरौतीको रकम लिन विराटनगर महानगरपालिका-९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । अंशुको हत्या गरी विराटनगर महानगरपालिका-११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको थप अनुसन्धानको क्रममा खुल्न आएपछि घटनामा संलग्न राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०६-२८

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँ सहित भारतीय नागरिक ५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रूपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-२७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने भारत हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी घर भएका ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ भदौ ७ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१५ सतुङ्गलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।   यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-६ थानकोट बस्ने कास्की मादी गाउँपालिका-७ बस्ने ५८ वर्षीय नरायण भण्डारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ । 

बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ
२०७९-०६-२७

 काठमाडौं, काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका २ जना प्रतिवादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन् । उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको घटनाको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।  उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-२६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-११ गोंगबु भण्डारी टोल बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, ५ लाख ५० हजार रूपैयाँ जरिवाना र २२ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  टोखा नगरपालिका-११ गौगबु भण्डारी टोलमा फेला पारी पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ । 

अवैध पटाका सहित पक्राउ तथा बरामद
२०७९-०६-२५

    मोरङ, रंगेली नगरपालिका-९ दर्बेसाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका ३ हजार प्याकेट सहित सुनवर्षी नगरपालिका-८ हस्नगडी बस्ने ३० वर्षीय जितेन्द्र राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१-०२-००२ ह ८७८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको उक्त पटाका सहित उनलाई  पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहास्थित धाधरी खोलाको बगरबाट करिब १ लाख २२ हजार २ सय रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका २ हजार ४ सय ४४ प्याकेट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनाले देख्नासाथ सामान छोडी फरार भएपश्चात ४ वटा बोरामा रहेको उक्त पटाका प्रहरीले बरामद गरेको हो ।  झापा, कचनकवल गाउँपालिका-६ बनियानी चौकबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले बनियानिबाट विर्तामोडतर्फ आउँदै गरेको मे.१ख  ३०९० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पटाका फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरी गरी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०६-२५

पाँचथर, ताप्लेजुङ फुङलिङ नगरपालिका-४ वीरेन्द्रचोकस्थित अम्मर श्रेष्ठको कञ्चन मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरेको अभियोगमा फिदिम नगरपालिका-१ बस्ने ताप्लेजुङ सिदिङवा गाउँपालिका-५ घर भएका २७ वर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  असोज १७ बिहान उक्त मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको संयुक्त प्रहरी टोलीले फालेलुङ गाउँपालिका-८ बाँसबोटेस्थित खाली घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०६-२४

काठमाडौं, काठमाडौं महानगरपालिका-१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-२ हांसवा  घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आदकको उनकै कोठामा असोज १९ गते विहान शव फेला परेको घटनाको थप अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुल्न आएपछि आदकलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या पश्चात शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुल्न आएको छ । साथै उनको कोठाबाट उक्त सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।   झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका-४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-९ घर भई झापा अर्जुनधारा नगरपालिका-११ स्थित ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका-१२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् । इन्द्र बहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो । असोज १७ गते उक्त होटलमा उनीहरू मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा हारजितको बिषयलाई लिएर विवाद हुँदा उनीहरू समेतका व्यक्तिहरूले नविन्द्रलाई लोहोरो र चक्कुले प्रहार गरी गम्भीर घाइते बनाई उक्त होटलबाट करिब १ सय ५० मिटर टाढा रहेको सडकमा फालिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । असोज १८ गते बिहान उनको शव फेला परेको थियो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ
२०७९-०६-२४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६० ग्राम तौलको औठी ३ थान र आईफोन मोबाईल २ थान सहित रामेछाप सुनापती गाउँपालिका-२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाईल फेला पारी पक्राउ गरेको हो । उक्त धातु र मोबाईल सहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ । 

आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०६-१४

बर्दिया, आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका बिबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सालकको खपेटा सहित दुई जना पक्राउ
२०७९-०६-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका-४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन् । उक्त स्थानमा अवैध रूपमा सालकको खपेटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको छ । 

हत्यामा संलग्न फरार व्यक्ति पक्राउ
२०७९-०६-१०

बर्दिया, गेरुवा गाउँपालिका-४ बस्ने गंगाघर चालिसेको हत्या भएको घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । २०७२ साउन १६ गते चालिसेलाई घारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका बुढाक्षेत्रीलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत बर्दिया गुलरियाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 

गैंडाको खाग सहित पक्राउ
२०७९-०६-०९

काठमाडौं, टोखा नगरपालिका-९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा गौरी शंकर गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुम उत्तर गंगा गाउँपालिका-८ घर भएका ३९ वर्षीय प्रेम कुमारी घर्ती रहेका छन् ।  उक्त गेष्टहाउसमा गैंडाको खाग लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले गेष्टहाउसमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त गैंडाको खाग सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाट गरेको अभियोगमा पक्राउ
२०७९-०६-०९

ईलाम, माई नगरपालिका-४ कामिटार बस्ने ८० वर्षीया वृद्धा महिलाको सुनको मारबाडी २ थान र नाकको बुलाकी १ थान र नगद ४४ हजार ३ सय १३ रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा झापा मेचिनगर नगरपालिका-३ बस्ने २५ वर्षीय कुमार मगर, सोही ठाउँ बस्ने ३१ वर्षीय मनोराज राई र देउमाई नगरपालिका-७ बस्ने ३४ वर्षीय सन्तोष मगर रहेका छन् । ती वृद्धालाई बाँधी कानमा लगाएको उक्त सुन र नगद लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लोदिया दानाबारीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई लुटपाट भएको उक्त सुन र नगद सहित सोही नगरपालिका-४ दाहालटार सुखानी सामुदायिक वनबाट पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-०७

काठमाडौं,  चोरी मुद्दाका फरार प्रतिवादी गोकर्णश्वर नगरपालिका-६ जोरपाटी ठेगाना भएका ४३ वर्षीय राजु तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित घरबाट नगद, घडी, सुनचाँदीका गहनाहरू समेत गरी १५ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल २०७९ वैशाख १५ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट नगद, सुन जस्तो देखिने सिक्री तथा फलामको रड सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।   राजुलाई यस अघि विभिन्न मितिमा चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट कैद तथा जरिवाना, चोरी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ वर्ष कैद र नगद ५० हजार रूपैयाँ जरिवाना र उच्च अदालत पाटनबाट ३ वर्ष कैद र नगद ३० हजार रुपैयाँ जरिवाना हुने ठहर  भएकोमा उनी २०७८ असोज ३ गते कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।  उनलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र सहित नौ जना पक्राउ
२०७९-०६-०७

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ, स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका छन् ।   नेपालस्थित अमेरिकन दुतावासमा  ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई  पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नक्कली एकेडेमिक ट्रान्सकिप्ट सहित शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा पक्राउ गरेको हो । उनीहरुलाई लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको  छ । 

कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०६-०६

कैलाली, आफ्नै श्रीमती ३३ वर्षीया ललीता नाम्जाली मगरको कुटपिट गरी हत्या गरेको अभियोमगा गौरीगंगा नगरपालिका-५ अण्डैया बस्ने ३६ वर्षीय शेर बहादुर नाम्जाली मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । शेर बहादुरको कुटपिटबाट ललीताको मृत्यु भएको, १७ वर्षीया छोरी गम्भीर घाइते र १२ वर्षीय छोरा सामान्य घाइते भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अण्डैया गाउँबाट भागरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते छोरीलाई उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा नौ जना पक्राउ
२०७९-०६-०६

ईलाम, चुलाचुली गाउँपालिका-५ पकुवामा झापा दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शर्णार्थी शिविर बस्ने ४४ बर्षीय एलबि भन्ने लाल बहादुर गुरुङको हत्या गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालका-४ का २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई रहेका छन् । लाल बहादुरलाई बुधबार साँझ १०/१२ जना अपरिचित ब्यक्तिहरुले दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक खुकुरी र ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएकोमा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घट्‍ना भएको ३ दिन अगाडि गुरुङले नरेन्द्र तुम्रोकको भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको घट्‍नाको बदला लिन आरोपीहरुले गुरूङलाई कुटपिट गरी मार्नेसम्मको योजना बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा प्रयोग भएको खुकुरी, ढुङ्गाहरु तथा गुरूङले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको समेत प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न अन्य ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । 

चोरीको मोटरसाइकल सहित पक्राउ
२०७९-०६-०५

काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका-६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।  उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको    छ  । 

जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-०४

काठमाडौं, जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बस्ने ४३ वर्षीय अर्जुन कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र सामूहिक करणी मुद्दामा थप ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नुवाकोट पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दामा रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
२०७९-०५-३०

काठमाडौं, कर्तव्य ज्यान मुद्दामा ईन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने राजिव कुमार मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  राजिव कुमार समेतका २ जनाले २०७८ भदौ २६ गते बिहान ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तलवार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७८ चैत २८ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न मण्डल उपर जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामा आवश्यक समन्वय गरेपश्चात इन्टरपोलद्वारा २०७९ भदौ १४ गते रेड नोटिस जारी गरिएको थियो । सो क्रममा ईन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिई आएको प्रहरी टोलीलाई बुझाएको छ । 

गहना लुटपाटमा संलग्न छ जना पक्राउ
२०७९-०५-२९

भक्तपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानहरूमा सुनका गहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी सुनका गहना लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ठेगाना भएका २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका-७ ठेगाना भएका २३ वर्षीय बिशाल राई, सिन्धुली मरिन गाउँपालिका-५ ठेगाना भएका २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-३ ठेगाना भएका २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे नगरपालिका-८ ठेगाना भएका ४० वर्षीय चन्द्र बहादुर बिक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।  जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुन सहित काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।  लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न दुई जना पक्राउ
२०७९-०५-२८

काठमाडौं, नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् । काठमाडौं महानगरपालिका-३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरूले अनलाइन मार्फत मोबाईल किन्छु भन्दै पसलमा गई प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान मोबाईल लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-२८

ललितपुर, आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो । लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वत घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ वैशाख २ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दाका ३ थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी एनआईसी वैंक लिमिटेड शाखा कार्यालय सोह्रखुट्टे काठमाडौंमा रहेको उनकै खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ ।  बाँके, लागूऔषध मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका-४ बस्ने ५० वर्षीय बखत यादव भन्ने भगेलु कलवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७८ फागुन २६ गतेको फैसलाले १५ वर्ष ९ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना ठहर बई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसाला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७९-०५-२७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ सिक्रेनी बस्ने २६ वर्षीय बिरन घिसिङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय जोनसागर ब्लोनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले जोनसागरलाई घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२६

बर्दिया, नकबजनी चोरी तथा जबरजस्ती उद्योग चोरी मुद्दाका फरार प्रतिवादी बारबर्दिया नगरपालिका-२ बस्ने अर्जुन थारुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत गुलरियाको २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना र जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो ।  उनलाई जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ । 

चोरीमा गर्दै गरेको अवस्थामा पक्राउ
२०७९-०५-२६

सुनसरी, ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने मुकुन्द साहु तेलीको घरमा चोरी गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय सरोज मुडियारी र २८ वर्षीय अमन चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  घरको ढोका फोरी भित्र पसेर चोरी गर्दै गरेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । साथै अमनको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोजन ६२ ट्याबलेट समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०५-२६

सर्लाही, मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने पाँच जना पक्राउ
२०७९-०५-२३

भक्तपुर, मध्यपुर ठिमी नगरपलिका-५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-४ ठेगाना भएका काठमाडौं तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका-१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका-१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय राज कुमार श्रीमल रहेका छन् ।प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित पक्राउ गरेको हो । उनीहरू उपर लिखत सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०५-२३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो । पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए । साथै नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका  थिए ।  पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ । 

चोरीमा संलग्न दुई जना पक्राउ
२०७९-०५-२३

झापा, भद्रपुर नगरपालिका-७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका-७ बस्ने रोशन राजबंशी रहेका छन् । राजेन्द्रको घरबाट सुनका गहना, मोबाईल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुको साथबाट मोबाईल १ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा २ थान प्रहरीले बरामद गरेको छ ।  उनीहरू उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
२०७९-०५-२३

भक्तपुर, प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न पक्राउ
२०७९-०५-२२

काठमाडौं, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका-९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका संचालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका संचालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीमा संचालित बिभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूले खाडी मुलुकमा बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै ती फोटो स्टुडियोहरुबाट प्रहरीले ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको छ ।  उनीहरूलाई लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान एवं आवश्यक कारवाहीका लागि प्रहरी बृत्त गौशाला काठमाडौंमा पठाईएको छ ।

टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०५-२१

काठमाडौं, टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-२०

काठमाडौं, जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट  १३ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ सुविधानगरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ । 

ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-२०

काठमाडौं, ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित Info Techs Nepal Pvt. Ltd. मा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास दिलाई हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक दिई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-१९

  काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सप्तरी कृष्णासरवन गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ३८ वर्षीया रंजिता कुमारी देवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले ६ दिन कैद र १७ लाख ७७ हजार १ सय ८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कीर्तिपुर मैत्रीनगरबाट पक्राउ गरेको हो ।  रंजिता कुमारीले आफ्नो खातामा पर्‍याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एभरेष्ट वैंक लिमिटेड कालिमाटी शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको छ । 

अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-१७

काठमाडौं, अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२१ गितानगर घर भई  काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक रविन अधिकारी भन्ने ३९ वर्षीय रविन्द्र अधिकारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएका अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-१७

झापा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई बिहीबार पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो । प्रतिवादी लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए भने १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापामा पठाइएको छ ।

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-१६

नुवाकोट, तादी गाउँपालिका-५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खरानिटारबाट खटिएको प्रहरीले धारिलो हतियार प्रहार गर्ने शम्भुलाई हसियाँ सहित पक्राउ गरेको हो । साथै घाइतेलाई उपचारका लागि खरानिटार अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा बुधबार साँझ दुर्गाको मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-१५

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धुव्रेन्द्र बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको गत असार २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र १८ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । श्रेष्ठले एभरेष्ट बैंक लिमिटेड कलंकी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ । 

नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार गरेको अभियोगमा पक्राउ
२०७९-०५-१५

काठमाडौं, नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका सामाखुसीमा फार्मेसी सञ्चालन गरी बस्ने गोरखा सिलुकोट नगरपालिका-९ घर भएका २९ वर्षीया सुस्मा थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सुस्माले सञ्चालन गरेको फार्मेसीमा नेपालमा नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसीमा तलासी गर्दा ती औषधिहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।   उनको फार्मेसीबाट प्रहरीले Tramadol Hydrocloride ८ सय १० ट्याब्लेट, Dicyciomine Hydrochloride ९ सय ८० ट्याब्लेट, Dextromethoraphan Hydrochloride २ सय ६५ ट्याब्लेट, Stagan ५ सय ३१ ट्याब्लेट, Gabix-75 pregablin १ सय ४२ ट्याब्लेट, Zenegra २४ ट्याब्लेट, Chorpheniramine Sinex ८० ट्याब्लेट, एल्मास्क १ सय ६५ ट्याब्लेट,  Alcal २ सय ७० ट्याब्लेट, प्रेग्नेन्सी टेस्ट किट ४० पिस, एन्थेल्जा ४० पिस, मास्क २३ बन्डल, Stayfree ४० बन्डल, डाईपर २ बन्डल, Bustop ३ बोतल,  Detuss २ बोतल, Dj-citral १ बोतल, CTZ ४ बोतल, NS सोडियम १ बोतल, Flexon २ बोतल, Multiplex ६ बोतल, Supramox ४ बोतल, Argel १० वोतल, Rhinex २ बोतल,  Sinex ८० पिस,  सन्चो १० पिस, गुल्कोज सानो ४ पिस र डिटोल १ बट्टा बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चामलको कालोबजारी गरेको अभियोगमा पक्राउ
२०७९-०५-१५

रौतहट, चामलको कालोबजारी गरेको अभियोगमा गौर नगरपालिका-१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  राजेन्द्रले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३ सय ४२ बोरा लोकल चामल, १ सय २० थान खाली बोराहरू र १ थान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको हो ।  उक्त पसल सिलबन्दी गर्नुका साथै उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

कालोबजारीको लागि राखेका मलखाद सहित पक्राउ
२०७९-०५-१५

बारा, कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २ सय ९ बोरा मलखाद सहित कलैया उपमहानगरपालिका-२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषी सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उक्त सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि नेपाल सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त सहकारी संस्था तलासी गर्दा डिएपी मल १ सय १८ बोरा र खुल्ला २७ किलोग्राम, युरीया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ । 

दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित पक्राउ
२०७९-०५-१५

काठमाडौं, टोखा नगरपालिका-९ गोगंबुस्थित शिवमन्दिर नजिकबाट दुर्लभ वन्यजन्तु सालकको २ किलो ५ सय ग्राम खपेटा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा उदयपुर चौडन्डिगढी नगरपालिका-८ घर भई काठमाडौं रानीवन बस्ने ३२ वर्षीय तुल बहादुर मगर र काभ्रे घर भई काठमाडौं स्वयम्भू बस्ने ४१ वर्षीय टासी तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ
२०७९-०५-१४

काठमाडौं, ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दि गाउँपालिका-१ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन व्यूरोको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा ईन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाईदिने भनी पीडितहरू मार्फत् २५/२५ सय डलर र पासपोर्ट समेत लिई उनीहरूलाई दुबईमा राखेकोमा दुबईबाट लिविया हुँदै ईटाली लाने भनी पीडितहरूबाट  पुन: ३ लाख रूपैयाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई लिवियाको शरणार्थी क्याममा राखिएको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदुतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याईएको थियो ।उनलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन व्यूरोमा बुझाइएको छ । 

बिना अनुमति विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न पक्राउ
२०७९-०५-१३

काठमाडौं, ललितपुर महानगरपालिका-३ सुन्दरिघाटस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ पर्नेहरूमा उक्त उद्योगका सञ्चालक मोरङ विराटनगर महानगरपालिका-९ शनिहाट घर भई काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने २७ वर्षीय एस अग्रवाल र म्यानेजर ओखलढुंगा सुनकोशी गाउँपालिका-५ पात्ले घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने बाल कुमार भन्ने २७ वर्षीय लाल बहादुर बस्नेत रहेका छन् । भारतका विभिन्न कम्पनीबाट आयातित चामलमा उत्पादन मिति र उत्पादक स्थान लगायतको विवरण नखुलेका लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्राण्डका लोगो राखि खाद्य अनुज्ञापत्र अनुमति नलिई विक्री वितरण गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहल समेतबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उक्त उद्योगबाट १ लाख ८० हजार ३० किलोग्राम चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं विग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलोग्राम चामल फेला पारी उक्त उद्योगलाई सिलबन्दी गरिएको छ । उनीहरूलाई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलमा पठाईएको छ । 

रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-१३

काठमाडौं, रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाईदिन्छु प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ भनि विश्वास दिलाई पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहिन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाईएको छ । 

भन्सार छली चोरी पैठारी गरी ल्याइएका मोबाइल सहित दुई जना पक्राउ
२०७९-०५-१३

काठमाडौं, भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका बिभिन्न कम्पनीका ४५ थान मोबाइल सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ घर भई काठमाडौं गोलढुङ्गा बस्ने २७ वर्षीय प्रकाश थापा र ओखलढुङ्गा लिखु गाउँपालिका-१ घर भई काठमाडौं बोराटार बस्ने २६ वर्षीय सैलेश कार्की रहेका छन् ।  विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु बाइसधारास्थित प्रकाश थापाको एसयूटी पुट टेक्नोलोजी प्रालीमा तलासी गर्दा उक्त मोबाइलहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारबाहीको लागी अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा पठाइएको छ । 

अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु सहित पक्राउ
२०७९-०५-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु करिब ५ सय ५० ग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-१२

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङ नारपु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालतको २०७५ पुस १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।  

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-१२

काठमाडौं, दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४  वर्षीय भोज बहादुर चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  दुबई पुगेपछि आर्मस गार्डमा नगद १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट ३८ लाख रुपैयाँ लिई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।                    

क्रोएसिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-१०

काठमाडौं, क्रोएसिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा धनकुटा चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने ३८ वर्षीय शान्त कुमार देवानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि क्रोएसियाको प्रतिष्ठित अटोमोबाईल कम्पनीमा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाइ पीडितबाट २ लाख रूपैयाँ ठगी गरेका देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ । 

क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०५-०८

काठमाडौं,  क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाई पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेका दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ । 

सामाजिक सञ्जाल फेसबुक ह्‍याक गरी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-०५-०८

काठमाडौं,  सामाजिक सञ्जाल फेसबुक ह्‍याक गरी साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न बहाना बनाई रकम माग गर्ने कार्यमा संलग्न मोरङ पथरी शनिश्चरे नगरपालिका-१० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पीडितको साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न डिजिटल पेमेन्ट गेट वे मार्फत रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरी मोरङ पथरी शनिश्चरे नगरपालिका-१० मंगलबारेबाट  पक्राउ गरेको हो ।  उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०५-०८

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रूकुम (पूर्व) सिस्ने गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुर मकवानपुरगढी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बुद्धनगर बस्ने २८ वर्षीय सन्तोष सापकोटा रहेका छन् । प्रहरीले अर्जुनलाई काठमाडौं सुकेधाराबाट मंगलबार र सन्तोषलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बुद्धनगरबाट बुधबार दिउँसो पक्राउ गरेको हो । उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले उक्त मुद्दामा अर्जुन उपर २४ दिन कैद सजाय र १ करोड १९ लाख ४ हजार रूपैयाँ जरिवाना र सोही अदालतको २०७९ जेठ २४ गतेको फैसलाले सन्तोष उपर ५ दिन कैद सजाय, २ लाख ५९ हजार रूपैयाँ जरिवाना र १० हजार ३ सय ६० रूपैयाँ क्षतिपूर्ती शुल्क भराउने सजाय ठहर भएको थियो ।   अर्जुनलाई जिल्ला अदालत काठमाडौंमा र सन्तोषलाई जिल्ला अदालत ललितपुर लगनखेलमा फैसला कार्यान्वयनको लागि उपस्थित गराईएको छ । 

मन्दिरको दान पेटिका चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०५-०७

कास्की, पोखरा महानगरपालिका-२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गरेको अभियोगमा सोही महानगरपालिका-२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जेलाई प्रहरी पक्राउ गरेको छ । उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले जिम्मिलाई उक्त दानपेटिका सहित पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-०६

कपिलवस्तु, महाराजगंज नगरपालिका-२ पडरीया बस्ने ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६३ वर्षीय अब्दुल हक मुसलमान र उनकै २० वर्षीय छोरा सम्साद मुसलमान रहेका छन् ।  सोही ठाउँस्थित सिचाई गर्ने कुलोको विषयमा उनीहरुले अब्दुल जब्बार धुनिया र सोही ठाउँ बस्ने ३८ वर्षीय अब्दुल रहमानलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुबै जनालाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका अब्दुल जब्बार धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते अब्दुल रहमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०७९-०५-०६

मोरङ, लेटाङ नगरपालिका-३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-३ स्कुलबारीबाट अवैध लागूऔषध करिब १ केजी गाँजा सहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलबाट अवैध लागूऔषध १ केजी चरेश सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिनेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।  धनुषा, जनकपुर उपमहानगरपालिका-२२ बसबिट्टीबाट अवैध लागूऔषध गाँजा १ केजी ५ सय ग्राम र नगद ६८ हजार ९ सय ६४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०५-०६

काठमाडौं, भोजपुर जिल्ला घर भई गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने ८० वर्षीय वृद्धको आधा तोलाको सुनको औंठी चोरी गरेको अभियोगमा अत्तरखेलमा खाजा घर सञ्चालन गर्दै आएकी ५५ वर्षीया निमा लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निमाले ती वृद्धलाई खाजा घरमा नाम नखुलेको लठ्याउने औषधी खुवाई बेहोस बनाई उनको सुनको औठी चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट माकलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती वृद्धको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

एटिएम मेशिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०५-०५

कास्की, पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी(पूर्व) देवचुली नगरपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका- २७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा प्रयोग भएको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको  थियो ।   उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-०५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फारार प्रतिवादी सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सबिना थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ असार ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १२ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट  पक्राउ गरेको हो । थापाले आफ्नो खातामा पर्‍याप्त मौज्दात रकम नभएको एनआईसी एशिया बैंक लिमिटेड भक्तपुर ठिमीमा रहेको उनको बैंक खाताबाट दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको   छ । 

अवैध रूपमा ल्याएको सुनजस्तो देखिने अर्धठोस बस्तु सहित पक्राउ
२०७९-०५-०५

काठमाडौं, अवैध रूपमा ल्याएको सुनजस्तो देखिने अर्धठोस बस्तु करिब १ किलोग्राम सहित भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स-रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुन: प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेपछि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०५-०४

काठमाडौं, सार्वजनिक सवारी साधनमा सँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिई बेहोस बनाई धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-७ बस्ने ४९ वर्षीय राम बहादुर परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी साधन तथा यात्रुहरुलाई जाँच गर्ने क्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ९७१५ नम्बरको बसमा सवार परियारले आफूसँगै सिटमा सवार यात्रुलाई बिस्कुटमा स्लिपिङ्ग ट्याब्लेट मिसाई खुवाई बेहोस बनाई निजको धनामाल चोरी गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । बेहोस भएका यात्रुलाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ । साथै परियारको साथबाट ओरियो बिष्कुट ३ प्याकेट, घडी ४ थान, पर्स २ थान,  एटिएम कार्ड २ थान, नगद १४ हजार ५ सय २० रूपैयाँ, सुनचाँदी पसलको बिल २ थान, मोबाइल ४ थान, पावर बैंक १ थान, सिम कार्ड ४ थान, र स्लिपिङ ट्याब्लेट (५ ट्याब्लेटसहित) को पत्ता २ थान प्रहरीले बरामद गरेको छ ।  उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ । 

दक्षिण कोरिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-०२

काठमाडौं, दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ सितापाइला बस्ने झापा अर्जुनधारा नगरपालिका-८ घर भएका ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भु बस्ने ४० वर्षीय पुरुषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपैयाँ तलव पाउने गरी काम लगाइ दिने र यसका लागि नगद १० लाख रुपैयाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।                     

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं जोरपाटी बस्ने अर्जुन भन्ने ३८ वर्षीय अरूण कुमार गौतमलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको गत असार ६ गतेको फैसलाले बैंकिङ कसूरमा ८ लाख ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर बालकोटबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।                                                                                  

हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने तीन जना पक्राउ
२०७९-०५-०२

काठमाडौं, हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका-९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका-८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र बैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूमध्ये प्रदिप उक्त कम्पनीको सिइओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।   

भरुवा बन्दुक र शिकार खेल्न प्रयोग गरेको जाल सहित पक्राउ
२०७९-०५-०२

बाँके, राप्तीसोनारी गाउँपालिका-४ स्थित सिक सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक र शिकार खेल्न प्रयोग गरिने जाल सहित सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय गया प्रसाद थारुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उक्त सामुदायिक वनमा थारू समेत करिब १५ जनाको समूहले सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुर, सोही वनका अध्यक्ष र वन रक्षकको संयुक्त टोलीले थारुलाई फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०५-०१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका ३९ वर्षीय निरज बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ  जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । बुढाथोकीले सेन्चुरी वैंक लिमिटेड शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।  यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने स्याङजा विरूवा गाउँपालिका-६ घर भएका २७ वर्षीय सन्जोग लम्साललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ गत असार ६ गतेको फैसलाले ६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०५-०१

काठमाडौं, रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक काठमाडौं बानेश्वर बस्ने रूपन्देही सैनामैना नगरपालिका-९ घर भएका ३९ वर्षीय छविलाल भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भट्टराईले कही व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाईदिने प्रलोभनमा पारी रकम लिई गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।                     

दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-०१

बाँके, जानकी गाउँपालिका-६ पिप्रहवा बस्ने घनश्याम लोनियाको छोरा १४ वर्षीय शिब लोनियाको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय सुकलाल लोनियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  कोहलपुर नगरपालिका-७ स्थित रजगरुवा जंगलमा दाउरा काट्न गएको अवस्थामा पिप्रहवा बस्ने सुकलाल, सोही ठाउँ बस्ने ३६ वर्षीय भोजु लोनिया र २६ वर्षीय पप्पु लोनियाले निज शिबलाई दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले घटनामा संलग्न सुकलाललाई नेपालगंज उपमहानगरपालिका-१० चारबाहिनी चोकमा फेला पारी पक्राउ गरेको हो ।  घटनामा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ
२०७९-०५-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन-१३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् ।  फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

श्रृंखलाबद्ध डाँका घटनामा संलग्न तीन जना पक्राउ
२०७९-०४-३१

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूको घरहरूमा जबरजस्ती प्रबेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डाँका कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं नयाँवस्ती पाटिटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ तालामाराङ ठेगाना भएका सागर भन्ने ३८ वर्षीय राम सिंह तामाङ, काठमाडौं जोरपाटी बस्ने मकवानपुर वाग्मती गाउँपालिका-८ ठेगाना भएका ३८ वर्षीय दिल बहादुर सिङतान र जोरपाटी बस्ने मकवानपुर बकैया गाउँपालिका-५ ठेगाना भएका शुशिल भन्ने ३५ वर्षीय बाबुलाल थिङ रहेका छन् ।  काठमाडौं कीर्तिपुर नगरपालिका-६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरी धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको साथै उपत्यकाका विभिन्न ३ स्थानमा तथा उपत्यका बाहिर १ स्थानमा डाँका चोरी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूले डाँका गर्ने क्रममा परिवारका सदस्यहरूको हात बाँधि मुखमा टेप लगाउने, आफूहरूलाई कहिले प्रहरी हौँ खानतलासी गर्न आएको भन्ने तथा कहिले सशस्त्र समूह हौँ तपाईहरूको घरमा अवैध धन लुकाएर राखेको रहेछ देखाउनुस् भनि डर, धम्की देखाउने, डाँका गर्ने घरमा अगाडि नै रेकी गरी घरधनीलाई भेटी तपाईको घरमा पुरानो टिभी रहेछ भित्रको सामान बहुमुल्य हुन्छ २ लाखसम्म आउँछ भनी घरको कोठाहरू अवलोकन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनीहरू यस अगाडि पनि खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।   उनीहरूको साथबाट प्रहरीले डाँका चोरी गरेको नगद १ लाख ४२ हजार १ सय ५ रूपैयाँ, २ थान खुकुरी, १ थान रड, १ थान मोटरसाइकल र ५ थान मोबाइल बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ । 

कर्तव्य ज्यान घटनामा संलग्न रही फरार व्यक्ति पक्राउ
२०७९-०४-३१

काठमाडौं, कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका दोलखा बैतेश्वर गाउँपालिका-२ टार ठेगाना भएका ३६ वर्षीय राम कुमार मगर घटनाको १६ वर्षपछि पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २३ वर्षीय मनोज खड्काको कोटेश्वरस्थित सडकमा २०६३ साउन २ गते राति कुटपिट एवं धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका मगर वैदेशिक रोजगारीको लागि कतारमा रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई रेड कर्नर नोटिस जारी गर्न २०७८ चैत २४ गते लेखापढी भएकोमा सोही शाखाको समन्वयमा कतारबाट नेपाल ल्याई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा बुझाइएको हो ।  उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद र सुन सहित दुई जना पक्राउ
२०७९-०४-३१

सर्लाही, बरहथवा नगरपालिका-११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ तथा २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थान सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका-७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् । नाँयारोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२- ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एसिड प्रहार गरेको अभियोगमा पक्राउ
२०७९-०४-३१

सल्यान, आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३१

भक्तपुर, लागूऔषध मुद्दाका फरार प्रतिबादी काभ्रेपलान्चोक रोशी गाउँपालिका-४ स्थायी वतन भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरबाट २०७९ बैशाख ४ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

राजस्व छली ल्याउँदै गरेको विभिन्न सामान सहित दुई जना पक्राउ
२०७९-०४-३१

ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु सहित काभ्रे पनौती नगरपालिका-२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ । 

नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०४-३०

काठमाडौं, नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा खोटाङ बाह्रपोखरी गाउँपालिका-५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्‍युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रकाशले १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रुपमा काममा लगाईदिन्छु, सुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुन्छ भन्ने प्रलोभन देखाई उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहिन भएकोले पक्राउ गर्न वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२३ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने सोही महानगरपालिका-२७ असन कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ भदौ १ गतेको फैसलाले ३० दिन कैद र १० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ज्योति विकास वैंक लिमिटेड असन काठमाडौंमा रहेको बैंक खाताबाट जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको छ ।

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३०

 बर्दिया, अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका -१० बस्ने कधही चमारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको फैसलाले ८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको छ । मोरङ, चोरी मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका-२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ मंसिर २३ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन २ दिन कैद र नगद १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरबाट पक्राउ गरेको हो ।  दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मोरङमा बुझाइएको छ ।

बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०४-२९

काठमाडौं, बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी  बस्ने ईलाम, ईलाम नगरपालिका-१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु मासिक नगद ४ लाख रुपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  उनीहरूबाट प्रतिव्यक्ति ३ लाख गरी जम्मा १५ लाख रुपैयाँ लिई ठगी गरी सम्पर्क बिहिन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ । 

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०४-२९

काठमाडौं, दुबई पठाईदिन्छु भन्दै रकम ठगी गरको अभियोगमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिन्छु, मासिक १ लाख रूपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडित व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ लिई ठगी गरी फरार भएका उनलाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।                    

अपहरण, शरीर बन्धक गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०४-२९

पर्सा, अपहरण, शरीर बन्धक गरी बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका-५ ठेगाना भएका २८ वर्षीय उत्तम पटेल र सोही ठाउँ ठेगाना भएका ३० वर्षीय प्रितम पटेल रहेका छन् । राजकुमार ट्युसन पढ्न पर्सा वीरगंज महानगरपालिका-१६ नगवातर्फ साईकल चढी गएकोमा सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगंजमा महानगरपालिका-१६ नगवास्थितमा टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो । थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा  छोडेको खुल्न आएको छ । उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

कुटपिटबाट मृत्यु, चार जना अभियुक्त पक्राउ
२०७९-०४-२९

गोरखा, पालुङटार नगरपालिका-५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ
२०७९-०४-२८

काठमाडौं,  काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा दुर्लभ बन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने छ ।

भन्सार छलि लैजान लागेको सुन सहित पक्राउ
२०७९-०४-२७

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अन्दाजी ६० ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बेरुवा औठी १ थान र ब्रासलेट १ थान सहित सर्लाही लालबन्दी नगरपालिका-६ घर भएका ३३ वर्षीय पदम स्याङ्तानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्धारा दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई जाँच गर्दा भित्री वस्‍त्रमा उक्त धातु लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ
२०७९-०४-२६

काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमर राजथलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा नक्कली प्रोफाइल मार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकले अश्लिलता प्रदर्शन गरी सो को स्क्रिन सट लिई सामाजिक सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भनि बाध्य पारी पीडित महिलालाई समेत अश्लिलता प्रदर्शन गर्न लगाई रेकर्ड राखी सामाजिक सञ्जालमा प्रशारण गर्छु भनि बारम्बार बार्गेनिङ सहित ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको र उक्त अभिप्राय पूरा नभएपश्चात पीडितका आफन्त तथा साथीहरुलाई समेत अश्लिलता प्रदर्शनसंग सम्वन्धीत रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा दु:ख हैरानी दिने जस्ता कार्य गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२६

भक्तपुर, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।   

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२४

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कालिमाटीमा ग्यारेज/वर्कशप संचालन गरी बस्ने भारत  मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँ घर भएका ४७ वर्षीय सकील खानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो ।  खानले २०७३ फागुन ८ गते ३२ बर्षीया महिलालाई मादक पदार्थ सेवन गराई लठ्ठ पारी  ब्यापार ब्यवसाय संचालन गर्ने सामान किन्नका लागि भारत लैजान्छु भन्दै  झुक्याई काठमाडौं नयाँबसपार्क जाने भनी ट्याक्सी चढाई काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित ओम सुन्धारा गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० ज्योतिनगर एकतावस्ती कपन बस्ने सर्लाही ब्रम्हपुरी गाउँपालिका-२ घर भएका ३४ वर्षीय रौशन कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० ज्योतिनगर एकतावस्ती कपनबाट पक्राउ गरेको हो । गुप्ताले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सानिमा वैंक लिमिटेड काठमाडौंमा रहेको खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै  अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ
२०७९-०४-२३

काठमाडौं, सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा लैजान लागेको विभिन्न देशको मुद्रा सहित पक्राउ
२०७९-०४-२२

काठमाडौं, अबैधरुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरू सहित भारतीय नागरिक राहदानी नम्बर जेड५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०४-२१

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न बराईलीलाई पक्राउ गरेको हो । साथै उनको घरकोठा तलासी गर्दा दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरी भएको ६ तोला ८३ लाल सुनका गरगहना र २ सय ९७ तोलाको चाँदीका गरगहना प्रहरीले फेला पारी बरामद गरेको छ । उनी उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२०

काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने बागलुङ काठेखोला गाउँपालिका-५ घर भएका ४६ वर्षीय जायश्वर घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२ लैनचौंरबाट पक्राउ गरेको हो । घिमिरेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी नेपाल ईन्भेष्टमेन्ट वैंक लिमिटेड गोंगबु शाखा कार्यालय काठमाडौं रहेको खाताबाट रकम भुक्तान हुने भनी उक्त पीडितलाई  झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै  अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न छ जना पक्राउ
२०७९-०४-२०

काठमाडौं, अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका-७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ,  काठमाडौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका २९ वर्षीय रोहित मगर, काठमाडौं मित्रनगर बस्ने प्यूठान, प्यूठान नगरपालिका-८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर, काठमाडौं बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका-६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र काठमाडौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका-१० घर भएका २८ वर्षीय शिब सुनार रहेका छन् ।    काठमाडौं कपुरधारास्थित सडकबाट बनस्थली बस्ने ओखलढुङ्गा चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भएका १ जना नेपाली नागरिक र काठमाडौं लाजिम्पाटस्थित खरेलटोलबाट १ जना चिनियाँ नागरिक समेत गरी दुबै जनालाई केही व्यक्तिहरूले लिई गएको र चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद लिएर आउन भनेको सूचना प्राप्त भएको थियो ।  घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो । साथै घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो ।  उनीहरू उपर अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको छ ।

नक्कली परीक्षार्थी पक्राउ
२०७९-०४-२०

भक्तपुर, नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    मध्यपुर ठिमी नगरपालिका-९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०४-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने गोरखा, गोरखा नगरपालिका-७ घर भएका ४६ वर्षीय दिपक चन्द्र आचार्यलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । १९ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने मकवानपुर हेटौंडा उपमहानरगपालिका-१ घर भएका ४५ वर्षीय अनुप राजथलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत जेठ ३० गते फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १२ लाख रुपैयाँ जरिवाना सजाय र ४८ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  काठमाडौं महानगरपालिका-१० थापागाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको ।

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०४-१९

सर्लाही, हरिपुर्वा नगरपालिका-३ बस्ने १९ वर्षीय शुसिल रायको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । साउन १३ गते बेलुकाबाट हराई बेपत्ता भएका रायको खोजी गर्ने क्रममा सोमबार बिहान सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभुत विद्यालय धनकौलको कम्पाउण्डको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०४-१९

काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेंलो धातु तथा विभिन्न हातहतियार सहित पक्राउ
२०७९-०४-१९

धादिङ, निलकण्ठ नगरपालिका-३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका-४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ रहेका छन् । लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पहेंलो धातु र अमेरिकी डलर जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले बेग बहादुर तामाङको घर तालसी गर्दा घरमा लुकाई राखेको २ थान सेमि अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु ५ थान फेला पारी बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०४-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१ घर भएका ४२ वर्षीय गोर्खमान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, नगद ६ लाख रुपैयाँ जरिवाना र नगद २४ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने सजाय भई फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल पठाइएको छ ।  यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वर बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ घर भएकी ३५ वर्षीया माया बस्नेत थापालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ९० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पटान ललितपुरबाट पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-१६ बङ्गलामुखीबाट पक्राउ गरेको हो । साथै थापाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पूर्जी समेत जारी भएको खुल्न आएको छ । उनलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको ।

वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०७९-०४-१७

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका-९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय बिकास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग नगद ४ लाख ४५ हजार रुपैयाँ लिई दुबई पठाई अलपत्रमा पारेको भनि जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

राहदानी बनाई दिने भन्दै ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न चार जना पक्राउ
२०७९-०४-१५

काठमाडौं, काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी रकम संकलन गरी ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङ घर भएका २८ वर्षीय श्याम कुमार राई, चावहिल बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका २२ वर्षीय राम पौडेल र चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल घर भएका ४१ वर्षीय विबेक गुरूङ रहेका छन् । उनीहरूले राहदानी विभागमा सेवाग्राहीहरूलाई ललाई फकाई विश्वासमा पारी रकम संकलन गरी ठगी गर्नुका साथै कीर्ते गरी अनलाइन फारम भरिदिने कार्य गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा भरिएको ३२ थान अनलाइन फाराम, ३ थान ल्यापटप, १ थान प्रिन्टर र ३ थान मोबाइल बरामद गरेको छ । उनीहरू उपर ठगी सम्बधि कसूर र लिखत सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

डाँका गर्न नहुने कसूरमा संलग्न पाँच जना पक्राउ
२०७९-०४-१५

काठमाडौं, काठमाडौं महानगरपालिका-७ चाबहिल सरस्वतीनगरमा खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-१० स्थायी वतन भएकी ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायतका धनमाल डाँका गरेको कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिबन गाउँपालिका-४ घर भएका २४ वर्षीय उत्तम तामाङ, गोकणेश्वर नगरपालिका-६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका घर भएका २२ वर्षीय कल्याण कुमार सुबेदी र काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका-५ घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् । कुकुरलाई दिशा गराउन भनि साउन ८ गते बिहान ३ बजे पसलको सटर खोल्दा तत्काल नाम, थर, वतन नखुलेका ३ जना ब्यक्तिहरू सटरभित्र प्रवेश गरी ती महिलाको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधेर कुटपिट गरी उक्त धनमाल डाँका गरेको भन्ने सूचनाको आधारमा प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उतम तामाङको साथबाट नगद २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल लगायतका दशी प्रमाण बरामद गरेको छ । उनीहरू उपर डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०४-१३

काठमाडौं, हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ बतासे घर भएका २४ वर्षीय शेखर बास्तोला र  २० वर्षीया रोजिना राउत रहेका छन् ।  काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक संजाल फेसबुक मार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।  सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुसंग कुराकानी गर्ने, अश्लिल कुराकानी गरी उक्त कुराको आधारमा फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई मोलमोलाई गरेर बल्याकमेल  गरी ठुलो रकम माग गर्ने, रोजिना राउतको श्रीमान शेखर बास्तोलाले आफूलाई साईबर ब्युरोको प्रहरी निरीक्षक हो भनि परिचय गराएको, दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन रोजिनाले आफ्नै श्रीमानलाई नक्कली प्रहरी निरीक्षक भनि मोलमोलाई गरी मानसिक हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।   उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-१३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-९ घर भएका २२ वर्षीय सागर गुप्ताललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ असोज ८ गतेको फैसलाले उक्त मुद्दामा ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका-१० नयाँबजारबाट पक्राउ गरेको हो । गुप्ताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ग्लोबल आईएमई बैंक लिमिटेड कीर्तिपुर शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-१३

सुनसरी,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मोरङ रतुवामाई नगरपालिका-६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको २०७७ पुस २७ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१२ छाताचोकस्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

आफ्नै श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०४-१२

रुपन्देही, आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात यम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा यम बहादुरले मादक पदार्थ सेवन गरी सुतेकोमा श्रीमती समेतले अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ लिई रक्सी किनेर खाई सुतेकोमा यम बहादुरले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिई गएको भनि कुटपिट गर्ने क्रममा खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरेहेको छ । 

विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न चार जना पक्राउ
२०७९-०४-१२

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड सहित उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा पक्राउ
२०७९-०४-१२

रौतहट, चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-११

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-१ बस्ने श्याम बहादुर दर्जी भन्ने ४८ वर्षीय श्याम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख १९ हजार ७ सय ५० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चन्द्रगिरी नगरपालिका-२ बलम्बुबाट पक्राउ गरेको हो । थापाले आफ्नो खातामा पर्‍याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी सानिमा बैंक लिमिटेड नयाँबजार शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
२०७९-०४-११

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर ईमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाने क्रममा सोही बसमा सवार अपरिचित ५ जनाको समुहले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले लुटपाट गरेको उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बन्धक बनाई फिरौती माग गरेको घटनामा संलग्न छ जना पक्राउ
२०७९-०४-११

दाङ, दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका-३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका-७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका-६ हातीखौवा बस्ने २४ वर्षीय जनक कवँर र तुलसीपुर उपमहानगरपालिका-७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।  प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनु डाईभरलाई तपाईको नम्बर दिन्छु भनि बताएको र केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश-०१-२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुल्न आएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई र घटनामा प्रयोग भएको गाडी सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्ति पक्राउ
२०७९-०४-११

काठमाडौं, महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस नदिएमा एसिड हान्दिन्छु’ भन्दै अति सम्वेदनशील बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी  समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट/अपलोड गर्ने कार्यमा संलग्न भुसाललाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को सहयोगमा नवलपरासी कावसोतीबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-११

रूपन्देही, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुटवल उपमहानगरपालिका-११ घर भई हाल काठमाडौं  टोखा बस्ने ३४ वर्षीय कृष्ण बाहादुर शाहीलाई  आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७७ जेठ २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ  जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भई फरार रहेका शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दुधराक्षबाट फेला पारी पक्राउ गरेको हो । शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-१०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने कास्की पोखरा महानगरपालिका-१७ घर भएकी ४२ वर्षीया निशा गुरुङ्लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ बैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई  केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका-६ टोखाबाट पक्राउ गरेको हो । गुरुङले कुमारी वैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला  गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

एटिएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ
२०७९-०४-१०

पर्सा, वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७  वर्षीय राजकपुर चौधरी रहेका छन् । उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०४-१०

धनुषा, जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार समीलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको ६ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय बुद्दिराम बरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाक प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्वज अनुसन्धान कार्यालय वुटवल पठाइएको छ ।  पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत घर भएका  ३० वर्षीय बालकृष्ण कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट वीरगंजतर्फ आउँदै गरेको बिआर ०५ एजि ४२५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रविधिमार्फत धम्की दिने र समाजमा उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ३६ जना पक्राउ
२०७९-०४-०९

काठमाडौं,  काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित स्काई वोर्ल्ड सर्भिस सेन्टरमा अवैध तवरले कामदारहरू राखी विभिन्न प्रकारका प्रविधिमार्फत धम्की दिई रकम मोल मोलाई गर्ने तथा समाजमा उच्छृङ्खल गतिविधि गरेको अभियोगमा १ जना चिनियाँ नागरिक, २ जना भारतीय नागरिक र ३३ जना नेपाली नागरिक सहित ३६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा उक्त सेन्टरका प्रशासन प्रमुख चिनियाँ नागरिक ४३ वर्षीय HU Yuehua,  भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी तथा १९ वर्षीय नेहा गुप्ता र नेपाली नागरिक २८ जना पुरूष तथा ५ जना महिला सहित ३३ जना रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरू समेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, ब्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उक्त सेन्टरबाट नगद ८ लाख २९ हजार रुपैयाँ, ३ सय ६२ थान ल्यापटप, ७ सय ४८ थान कम्युटर र १ थान डिभिआर समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरू उपर प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-०९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका-६ कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ घर भएका ५२ वर्षीय नेमा मेन्जन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ ३१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको छ ।    

चार वर्षीया बालिकाको जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-०४-०९

पर्सा, चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला पारेको थियो । घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछको क्रममा निज बालक र अन्य ३ जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरेको खुल्न आएको हो । घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका-२ घुसुकपुरस्थितबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरको हो । उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०४-०६

महोत्तरी, पिपरा गाउँपालिका-५ बस्ने ५६ वर्षीय राम बहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय रामनाथ दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पिपरा गाउँपालिका-५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा राम बहादुर दासको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेको खुल्न आएपछि उनलाई १ थान फोरुवा (कोदालो) सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राजस्व छलिका सामानहरु सहित पक्राउ
२०७९-०४-०५

काठमाडौं महानगरपालिका-७ गोपीकृष्णनगरबाट करिब १ करोड रूपैयाँ मूल्य बराबरको राजस्व छलिका सामानहरू सहित काठमाडौं महानगरपालिका-७ साततले बस्ने पर्सा सखुवा पर्सौनी गाउँपालिका-१ घर भएका नवराज शर्मा भन्ने ४० वर्षीय छविलाल अगस्तीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाण्डौ उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट विभिन्न सामानहरू राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न छविलाललाई गोपीकृष्णनगरस्थित गोदामबाट विलविजक नभएका चुरोट, गुट्खा लगायतका सुर्तिजन्य वस्तुहरू, अक्सिमिटर, आतिसवाजीजन्य पटाका लगायतका सामान फेला पारी उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा गोपीकृष्णनगरमा छविलालले कोठा भाडा लिई सरसामानहरु भन्सार छली ल्याई भण्डारण गरी निजको श्रीमतीको नाममा रहेको श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको खुल्न आएको छ । उनको गोदामबाट बिभिन्न ब्रान्डका २ हजार ९ सय ८० बन्डल विदेशी चुरोट, मुर्गा छाप, सन फ्लावर लगायतका ४ सय २० किलोग्राम विभिन्न किसिमका पटाका, ४८ किलोग्राम पानराज गुट्खा, बजाजको मोटरसाइकलका पार्टपुर्जा, ईलेक्ट्रोनिक्स चिप्सहरु र ३ सय ८० थान फिङ्गर प्रिन्ट अक्सिमिटर प्रहरीले फेला पारी बरामद गरेको छ ।  उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर र बिस्फोटक पदार्थ सम्बन्धि कसूर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

भरुवा बन्दुक सहित पक्राउ
२०७९-०४-०५

भोजपुर, हतुवागढी गाउँपालिका-२ पूर्णेबजार बस्ने २७ वर्षीय दिकपाल राईलाई १ थान भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  राईले वादविवादको कारण सोही ठाउँ बस्ने २८ वर्षीय बिश्वहाङ राईलाई भरुवा बन्दुकले प्रहार गर्दा बन्दुकको छर्रा लागेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले उनलाई बन्दुक सहित पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य चौकी घोडेटार हुँदै धरान घोपा अस्पतालमा थप उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक वर्षीया बालिका अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०४-०४

मोरङ, बुढिगंगा गाउँपालिका-१ बस्ने १ वर्षीया बालिका अपहरण भएको घटनमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-६ रामपुर चोक बस्ने २७ वर्षीय रविन्द्र कुमार साह र सोही महानगरपालिका- ५ कारखाना टोल बस्ने  २७ वर्षीया अनु साह रहेका छन् । घटनाका मुख्य योजनाकार रविन्द्र साह र अनु साहले ती बालिकालाई अपहरण गरी प्र.०१-०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा सप्तरीको राजविराज हुँदै कुनौली पुर्‍याई दरभंगा पठाएको, रविन्द्र साहले अनु साहको मोबाइल मार्फत पीडित परिवारलाई फेसबुक लगायत सामाजिक संजालमा बालिका हराएको कुरा पोस्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै भारतको विहार दरभंगामा अनु साह बालिकालाई लिएर बस्दै आएकोमा नेपाल भारतको बोर्डर एरियाबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले अपहरित बालिकालाई सकुशल उद्दार गरी अनु साहलाई प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न रविन्द्र साहलाई वुढिगंगा गाउँपालिका-१ स्थित निजले संचालन गरेको श्रीराम ट्रेडर्सबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट घटनामा प्रयोग भएको मोटरसाइकल, विभिन्न सामान र मोबाइलहरू प्रहरीले बरामद गरेको छ ।उनीहरू उपर अपहरण तथा शरिर बन्धक मुद्दामा प्रहरीबाट अनुसन्धान भइरहेको छ । 

ठगी सम्बन्धि कसूर तथा संगठित अपराधमा फरार प्रतिवादी पक्राउ
२०७९-०४-०४

काठमाडौं, ठगी सम्बन्धी कसूर तथा संगठित अपराधमा फरार प्रतिवादी काठमाडौं कीर्तिपुर नगरपालिका-१ बस्ने धनकुटा, धनकुटा नगरपालिका-६ घर भएकी ५७ वर्षीया सिर्जना शाक्य (तामाङ)लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको घटनामा संलग्न रही फरार रहेकी उक्त संस्थाकी लेखा समिति सदस्य सिर्जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रामशाहपथबाट पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ सहित १२ जना प्रतिबादीहरुलाई २०७८ मंसिर १७ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकोमा ईच्छा राज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागि कारागारमा रहेका छन् । सिर्जनालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०७९-०४-०३

काठमाडौं, हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका-६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका-४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका-६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् । काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक संजालमार्फत सम्पर्क गरी प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने, भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठुलो रकम माग गर्ने, दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी निरीक्षक खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने र पीडित व्यक्तिका आफन्तलाई समाजिक संजाल मार्फत साथी बनाई प्रहरीकोमा निबेदन दिएको छु भनि नक्कली प्रहरी निरीक्षकसँग कुरा गरी राखेको रेकर्ड पठाई धम्काउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गर्ने तीन जना पक्राउ
२०७९-०४-०३

काठमाडौं, नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका-१६ घर भएका २० वर्षीय सिद्दार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मी मुर्साकोट नगरपालिका-२ घर भएका २५ वर्षीय विष्णु पछाई रहेका छन् । असार २३ गते राति काठमाडौं महानगरपालिका-१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रही फरार रहेका उनीहरूलाई चोरी भएका विभिन्न सुन तथा चाँदीका गहना सहित पक्राउ गरेको हो । उनीहरूबाट सुनको तिलहरी, सिसा दानी, चुकुन्द, लकेट, बथनी अर्घ, ऐना र मुकुट १/१ थान, चाँदीको करूवा, पाता, गिलास र माला २/२ थान, दियो ५ थान, दियो बाल्ने ११ थान, कचौरा ४ थान, चम्चा ३ थान र १ सय २४ थान विभिन्न सिक्काहरू प्रहरीले बरामद गरेको छ ।उनीहरू उपर चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

नक्कली सुन देखाई ठगी गर्ने खोज्ने दुई जना पक्राउ
२०७९-०४-०३

कास्की, पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एक होटलमा २ वटा नक्कली सुनको बाला देखाई सक्कली हो भन्दै ठगी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने चितवन माडी नगरपालिका-८ बसन्तपुर घर भएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) र पोखरा महानगरपालिका-१६ घर्मीखोला बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-४ रापाकोट घर भएका ४० वर्षीय डिल बहादुर बिक रहेका छन् । उनीहरूले शुक्रबार दिउँसो उक्त होटलमा ठगी गर्न खोजेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू उपर आपराधिक षडयन्त्र सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइहेको छ । 

नगद चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०४-०३

तनहुँ, व्यास नगरपालिका-२ गणेशमान चोकस्थित लोकप्रिय स्वास्थ्य क्लिनिक प्रालिबाट नगद १ लाख ३५ हजार रूपैयाँ चोरी गरेको अभियोगमा भानु नगरपालिका-१ नयाबस्ती बस्ने २० वर्षीय सुजन परियारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त प्रालिबाट गत असार ३२ गते राति सटर फोडी पसलभित्र काउन्टरमा रहेको उक्त नगद चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा सीसीटिभी फुटेजको आधारमा खोजी गर्दै जाँदा परियारलाई आइतबार राति पुन: क्लिनिक तोडफोड गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सुनका गहना तथा नगद चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०४-०२

मोरङ, सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई १ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको छ । उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

ठगी तथा कीर्ते गरेको अभियोगमा पक्राउ
२०७९-०४-०१

काठमाडौं, नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी तथा कीर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएका २१ वर्षीय वाशुदेव अर्याललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सीतापाइला बस्ने प्युठान, प्युठान नगरपालिका-४ घर भएका प्रकाश राज भण्डारीको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नाउँको नक्कली छाप र प्रकाश राजको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंक लिमिटेडको खाताबाट असम्बन्धित ब्यक्तिले पैसा निकाली रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले घटनामा संलग्न अर्याललाई विभिन्न दशी प्रमाण सहित काठमाडौं कलंकीस्थित नेपाल एसबिआई बैंक लिमिटेडबाट पक्राउ गरेको हो ।  उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्‍त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-३२

झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चाँदीका पायल सहित दुई जना पक्राउ
२०७९-०३-३२

धनुषा, धनौजी गाउँपालिका-५ बहुअर्वा चोकबाट ३ सय ६२ ग्राम ३७ मिलीग्राम तौल भएको चाँदीको जस्तो देखिने १० थान पायल सहित २ जनालाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगरपालिका-२० रुपैठा बस्ने २४ वर्षीय पंकज र भारत घर भएका २३ वर्षीय कमलेश कुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प २७५६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेबडिया सिर्सियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पायलसहित फेला पारी पक्राउ गरेको हो ।उनीहरुलाई बरामद पायल सहित आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-३१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसूर मद्दामा १० दिन कैद र ६६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टुडालदेवीबाट पक्राउ गरेको हो । सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-३१

काठमाडौं, बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो । उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी रकम भुक्तान हुने भनी २०७५ फागुन ५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-३०

काठमाडौं, बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो । उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी रकम भुक्तान हुने भनी २०७५ फागुन ५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-३०

काठमाडौं, वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी चितवन कालिका नगरपालिका-८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ्लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका मुलुकहरूमा पठाईदिने झुट्टा आश्वासन देखाई पीडितहरूबाट विभिन्न मितिमा रकम प्राप्त गरी ठगी गरेको वैदेशिक रोजगार कसूरका ३ थान मुद्दामा सर्वोच्च अदालतबाट २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना ठहर भएको थियो ।  उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । 

नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
२०७९-०३-३०

रूपन्देही, नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् । रुपन्देही कञ्चन गाउँपालिका-४ बनकसियास्थित आईतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरुले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका-४ बनकसिया डिहोमा लुकि छिपी हिँडिरहेको ‍अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धनाको क्रममा विजयले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगि बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-३०

पर्सा, लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-७ बस्ने मिश्री भन्ने मिसिर महतो नुनियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजा मुद्दामा जिल्ला अदालत पर्साको २०७४ माघ २८ गते र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको २०७६ बैशाख ३१ गतेको फैसलाअनुसार ४ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बहुदरमाई नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएकोमा अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय पर्सा वीरगञ्ज पठाइएको छ । 

ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा संलग्न व्यक्ति पक्राउ
२०७९-०३-२९

काठमाडौं, ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णश्वर नगरपालिका-६ बस्ने धनकुटा पाख्रिबास घर भएका सुन मुन्द्रे भनिने ४८ वर्षीय सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।  गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीमा फोहोरको अनुगमन गर्न आएका बागमती सभ्यता एकीकृत बिकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई फोहोरको बिषयलाई लिएर विवाद गरी ठेकेदार घिसिङले एक्कासी टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०३-२९

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा रामेछाप मन्थली नगरपालिका-१४ घर भएका ४२ वर्षीय बाबु घिसिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाको काम लगाइदिने प्रलोभन देखाई काठमाडौंमा असार २७ गते भेटी सोही दिन बीरगञ्ज बसपार्क ल्याएको र प्रहरीको बोर्डर चेकपोष्टमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नू भनी सिकाई गलफतमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न पक्राउ तथा पेस्तोलको गोली बरामद
२०७९-०३-२९

झापा, भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उक्त पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले फेला पारी थप अनुसन्धानको क्रममा सोही मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला १ थान, फलामको रड १ थान, चोरी भएको मोबाइलहरूको खोल, १० लिटर पेट्रोल, अमुल जुस १९ थान, सोही नगरपालिका-५ देवीबस्तीस्थित काली मन्दिरनेर झाडीमा उक्त पसलबाट चोरी भएको मोबाइलहरूको चार्जर २७ थान र उनको घरको पछाडी इँटामुनी लुकाई राखेको सिक्सर/रिभल्वर पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली फेला पारी बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ
२०७९-०३-२८

काठमाडौं, सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको छ । ती नाबालिकाहरूको फेसबुक एकाउन्ट खोली अश्लिल शव्द प्रयोग गरी पीडित नाबालिकाहरुको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाउने तथा नावालिकाहरुको सार्वजनिक रुपमा चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी, सामाजिक सञ्जालमा बैदेशीक रोजगारीको सिलसिलामा ओमानमा रहेकी नेपाली महिलाको फेसबुक एकाउन्ट खोली महिलाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा रुपन्देही सैनामैना नगरपालिका-४ मुर्गिया घर भएका ३६ वर्षीय ३६ जिवन दमाईलाई प्रहरीले पक्राउ गरेको छ । जिवनले वैदेशीक रोजगारीमा रहेकी आफ्नै श्रीमतीको सामाजिक सञ्जालमा फोटोमा अश्लिल क्याप्सन राखी सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरी चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-२७

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कास्की पोखरा महानगरपालिका-४ स्थायी ठेगाना भई पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा साबिक पुनरावेदन अदालत पाटन हाल उच्च अदालत पाटनबाट १० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-३० पावरहाउसबाट पक्राउ गरेको हो । कृष्ण मिजार समेतका व्यक्तिहरूले २०६४ कात्तिक १९ बेलुकी रबिन्द्र कुमार मल्ललाई काठमाडौं महानगरपालिका-२९ गोंगवु मित्रनगरस्थित सडकमा कुटपिट गरी मरनासन्न अवस्थामा पुर्‍याएकोमा उनको उपचारको क्रममा मृत्यु भएपछि अदालतले उनीउपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । 

अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न पक्राउ
२०७९-०३-२५

रौतहट, चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई नदेखेपछि खोजी गर्ने क्रममा पीडितको आफन्तलाई अपरिचित ब्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका छौं, २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु, रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका-१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको थियो । साथै उक्त कार्यमा संलग्न हुसैनलाई घटनामा प्रयोग गरेको बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत रौतहटबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०३-२५

पर्सा, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ ठेगाना भई हाल पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीया चमेली देवी र भारत विहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् । अनुसन्धानको क्रममा उनीहरूले १५ वर्षीया बालिकालाई भोजपुरी मुभीको हिरोइन बनाइदिने प्रलोभन देखाई भारतको बिहार राज्य पूर्वी चम्पारण झिटकैया गाउँमा लगि हाल फरार रहेका एक जना भारतीय नागरिकलाई ३० हजार भारतीय रूपैयाँमा बिक्री गरेको र निज फरार व्यक्तिले पीडित बालिकालाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाई शारीरिक र मानसिक यातना दिएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ भने हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-२५

काठमाडौं,  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका-१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति वापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो । चितवन साविक गोरखा नगरपालिका-९ छेपेटारस्थित तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी पीडित महिलाको घरमा कोही नभएको मौका छोपी २०६९ चैत ३ गते दिउँसो जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।    

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेका पाँच जना प्रतिवादी पक्राउ
२०७९-०३-२४

सप्तरी, ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका-६ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ३३ वर्षीय धनबीर साह, धनबीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका-८ बस्ने ५५ वर्षीया अमरिका देवी साह, सोही ठाउँ बस्ने २५ वर्षीया  रन्जु साह र  २२ वर्षीया अर्चना कुमारी साह रहेका छन् ।  बलान बिहुल गाउँपालिका-५ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ४० वर्षीय विजय कुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनबीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरुमा प्रहार गरी घाइते बनाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर ज्यान मार्ने उद्योग शीर्षकमा जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-२३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० सामाखुसी बस्ने उदयपुर त्रियुगा नगरपालिका-१३ चुहाडे घर भएका ६० वर्षीय केदार गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ६ गतेको फैसलाले ७ दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर सानेपाबाट पक्राउ गरेको    हो । केदारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ कात्तिक १५ गते प्रभु वैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको  छ । 

न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०३-२२

काठमाडौं, न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु मासिक १ लाख ७० हजार रूपैयाँसम्म तलब हुन्छ र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रूपैयाँ लाग्छ भनि प्रलोभनमा पारी ९ जना पीडितहरूबाट ६३ लाख २० हजार रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।   

वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०३-२२

पर्सा, वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ डेरा गरी बस्ने छिपहरमाई गाउँपालिका-३ घर भएका ३४ वर्षीय नवलकिशोर साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  कानुले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा झुक्याइ मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट २५ हजारदेखि २ लाख रूपैयाँसम्म ठगी गरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपिबाट आईएमई मार्फत झिकी रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट ३ लाख नेपाली रूपैयाँ, १ लाख ४८ हजार भारतीय रूपैयाँ, आईएमई मार्फत पैसा झिकेको आईएमई कन्ट्रोल आइडी नम्बर सहितका अन्य कागजातहरू प्रहरीले बरामद गरेको छ ।  उनीउपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०३-२२

पर्वत, कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस-९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस-२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए ।  कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको  थियो । सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल-भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ । 

यूट्युब च्यानलमार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गर्ने ब्यक्ति पक्राउ
२०७९-०३-२१

काठमाडौं, यूट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  4 Real TV नामक यूट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीउपर काठमाडौं जिल्ला अदालतबाट  ५ दिन  म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०७९-०३-१९

काठमाडौं, संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने २ थान आखेटोपहार सहित अर्घाखाँची पाणिनी गाउँपालिका-२ बस्ने ५३ वर्षीय हरिओम रसाइली र रूपन्देही बुटवल उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय भजिन्द्र दर्जीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको   छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी, नयाँबस्तीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाईएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०३-१९

काठमाडौं,  ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भएका ३६ वर्षीय अमर बहादुर खडकालाई शनिबार दिउँशो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदलात कैलालीको २०७८ चैत ८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद तथा १५ हजार जरिवान र ६५ लाख क्षतिपूर्ति भराइ दिने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०३-१८

मोरङ,  आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी पक्राउ गरेको हो । आगोले जलेर घाइते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाडावर्तन अन्नपात समेत जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमालन नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ
२०७९-०३-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका-७ घर भएका २८ वर्षीय गौरभ शर्मा र काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजू बस्ने धादिङ नेत्रवती डबजोङ् गाउँपालिका-५ घर भएका ३१ वर्षीय प्रेम बहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना तथा २०७९ वैशाख ४ गतेको फैसलाले गुरुङलाई २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ बालुवाटारबाट पक्राउ गरेको हो । उनीहरुले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गर्ने पक्राउ
२०७९-०३-१७

काठमाडौं, सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुर हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको   हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।      

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०७९-०३-१७

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन् । उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-१६

काठमाडौं, चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-९ वतन भई ललितपुर पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  चेक अनादर विगो मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७७ माघ २५ गतेको फैसलाले १ करोड २० लाख रूपैयाँ बिगो र चेक जारी भएको मितिदेखि भरी भराउ मितिसम्म कानुन बमोजिमको व्याज समेत निवेदकलाई भराइ दिन ठहर भई अदालतको सूचना म्यादमा हाजिर नभएकोले जिल्ला अदालत काठमाडौंको २०७९ असार १० गतेको आदेशले २ वर्ष कैद सजाय समेत ठहर भई फरार  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ बालुवाटारबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-८ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएकी ४२ वर्षीया विष्णु माया योन्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  विष्णु मायाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी २०७७ फागुन १३ गते एनएमवि बैंकमा रहेको उनको खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ २७ गते ३ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

कस्तुरीको विना जस्तो देखिने धुलो सहित पक्राउ
२०७९-०३-१५

काठमाडौं,  कोरियन नागरिक राहदानी नम्बर एम८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून जनलाई करिब ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरियाको सिओल जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्‍याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा निजले लगाएको जुत्ताभित्र प्लास्टिक र टेपले बेरिएको २ पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि  डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-१५

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२ बस्ने चितवन शिवनगर  घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७१ माघ २९ गतेको फैसलाले १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत,साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।   

घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की दिएको अभियोगमा पक्राउ
२०७९-०३-१५

                                                                                   रौतहट,आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दु:ख हैरानी दिएको अभियोगमा चन्द्रपुर नगरपालिका-९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसहरुलाई र स्थानीय होटलहरूमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   उनी उपर अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ
२०७९-०३-१५

रौतहट, घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका-९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई असार ६ गते प्रहरीले पक्राउ गरेको छ ।  कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत्र १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाटी थिची हत्या भएको खुल्न आएपश्चात कवारीलाई प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

महिलालाई प्रेमजालमा पारी लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०३-१५

रौतहट, महिलालाई प्रेमजालमा पारी नगद तथा विभिन्न सुनका गहना लुटपाट गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-४ खुटवा प्रसौनी बस्ने ३६ वर्षीय महमद रफिक रायभाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  रौतहट चन्द्रपुर नगरपालिका-४ स्थित चपुर पराठा एण्ड गेष्‍ट हाउसमा एक महिलालाई लगी महिलाकै नाममा कोठा बुक गरी राखेर बेहोस बनाई महिलाका सुनका विभिन्न गहना र नगद १० हजार रुपैयाँ समेत गरी २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार भएको घटना अनुसन्धान गर्ने क्रममा रायभाटको संलग्नता पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  रायभाट महिलाहरुलाई फोन तथा सामाजिक संजालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पीडितकै नामबाट होटेलको कोठा बुक गर्न लगाई पेय पदार्थमा लठीने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहना लगायत रकम समेत लुट्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नगद चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०३-१५

उदयपुर, त्रियुगा नगरपालिका-३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ   उक्त काउन्टरको ताला फुटाई नगद ५ लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संरक्षित वन्यजन्तु गैंडाको खाग ओसारपसारमा संलग्न फरार प्रतिवादी पक्राउ
२०७९-०३-१४

काठमाडौं, संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग राख्ने एवं खरिदबिक्री तथा ओसारपसारमा संलग्न फरार प्रतिवादी चितवन कालिका नगरपालिका-९ शक्तिखोर  ठेगाना भएका ४१ वर्षीय राम कुमार प्रजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । चितवन कालिका नगरपालिका-११ घर भई हाल तनहुँ व्यास गाउँपालिका-११ मुलपानी बस्ने ठूलो कान्छा एवं सागर प्रजा भनिने ५२ वर्षीय विन्दर सिंह प्रजा समेत भएको गैंडा शिकार गरी खाग (आखेटोपहार) खरिद विक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका राम कुमारलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाईने छ । 

स्लोभाकिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०३-१४

काठमाडौं, स्लोभाकिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोट गाउँपालिका-६ स्थाई घर भएका ३२ वर्षीय ईन्द्र बहादुर पछाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   ईन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको छ ।   

शैक्षिक योग्ताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा पक्राउ
२०७९-०३-१४

काठमाडौं, शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका-१३ कुसुन्ती ठेगाना भएका ५३ वर्षीय माधव प्रसाद तिमल्सिनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  नेपाल सरकार भूमि व्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधब प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरी २०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास वोर्डमा पेश गरेको पाइएपछि उनलाई ललितपुर थसीखेलबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको   हो । उनलाई लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-१४

काठमाडौ, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप सुनापाती गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने बिनोद लामा भन्ने ४३ वर्षीय  बिनोद घिसिङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ पुस २७ गतेको फैसलाले बैंकिङ कसूरका ३ थान मुद्दामा २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।  बिनोदले मेघा बैंक लिमिटेड बौद्ध शाखाको आफ्नो खातामा पर्याप्त रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ
२०७९-०३-१४

सिरहा, ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा भगवानपुर गाउँपालिका-४ ठाडी बस्ने ५० वर्षीया कोशिला देवी साह र उनकै बुहारी ३५ वर्षीया फुलकुमारी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बोक्सीको आरोप लगाई कुटपिट गर्दा घाइते भएकी पीडित महिलालाई उपचारको लागि लहान अस्पतालतर्फ पठाइएको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर बोक्सी आरोप सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सिरहाबाट ७  दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गायिका दिलमाया विश्वकर्माको मृत्यु प्रकरणमा शंकित एक जना पक्राउ
२०७९-०३-१३

काठमाडौं, गायिका दिलमाया विश्‍वकर्माको मृत्यु प्रकरणमा शंकित काठमाडौं कागेश्वर मनहरा नगरपालिका गोठाटार बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ स्याउले घर भएका सूर्य भन्ने ३८ वर्षीय खिल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं तारकेश्वर नगरपालिका-११ नेपालटार डेरा गरी बस्ने सुर्खेत गर्भाकोट नगरपालिका-२ घर तथा बाँके कोहलपुर खजुरा गाउँपालिका-६ सिमलघारी माइतीघर भएकी ३३ वर्षीया दिलमाया आफ्नै डेरामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको क्रममा दिलमायासँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिन आएका खिल बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान एवम् आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उक्त कार्यालयले जनाएको छ ।

गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ
२०७९-०३-१२

सिरहा, लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका-२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोर लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानी घाइते भएको र प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ
२०७९-०३-१०

काठमाडौं, कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने २५ वर्षीय बिबेक मल्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने १९ वर्षीय उज्वल काफ्ले २०७७ जेठ २९ गते मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकलाई बिबेक मल्लले मेथाडोन नामको औषधि खुवाउँदा मृत्यु भएको खुल्न आएको तथा उपत्यकाको विभिन्न ठाउँमा डाँका चोरी मुद्दा फरार भएका मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका-६ चुहाडबाट पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०३-१०

सर्लाही, कबिलासी नगरपालिका-८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रुपेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।  अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  अनुसन्धानको क्रममा सोमबार बेलुकी अमरेन्द्र ठाकुर र अमरकान्त ठाकुरबीच बाद-बिवाद भएको बिषयलाई लिएर अमर कान्त र उनको साथी रुपेशले अमरेन्द्रलाई मार्ने योजना बनाई खानपिनको व्यवस्था छ भनि बोलाई धारिलो हतियार र ढुंङगाले शरीरको बिभिन्न भागमा प्रहार गरी हत्या पश्चात शव उक्त कुलोमा फालेको खुल्न आएको छ ।  उनीहरू उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिन म्याद थप अनुमती प्राप्त    गरी प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०३-१०

खोटाङ, आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका-५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको अभियोगमा झापा गौरादह नगरपालिका-३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  खोटाङ बराहपोखरी गाउँपालिका-५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका-६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते ईटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका-५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।   उनी उपर कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ । 

मावन वेचविखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ
२०७९-०३-०९

मोरङ, मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई असार ५ गते प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका-४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् । उनीहरूले १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाईफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरु उपर जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-०९

काठमाडौं, बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप लिखु तामाकोशी गाउँपालका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ४ दिन र १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो । खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ
२०७९-०३-०८

काठमाडौं, लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्‍वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्‍वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् । गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट,  ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको   छ ।

कल बाइपास संचालन गरेको अभियोगमा पक्राउ
२०७९-०३-०८

पर्सा, वीरगंज महानगरपालिका-२ स्थितबाट कल बाइपास (भिओआईपि) संचालन गरेको अभियोगमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा  ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खानले वीरगंजस्थित भाडाको घरमा ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर संचालन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा कल वाइपासमा प्रयोग भएका विभिन्न सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो । उनको कोठाबाट ३२ पोर्टको भिओआईपि गेटवे १ थान, राउटर २ थान, ईन्भटर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान प्रहरीले बरामद गरेको छ । उनी उपर दूर सञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।  

अपहरण तथा जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति पक्राउ
२०७९-०३-०८

 बारा, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही वारदात पश्चात फरार रहेका कलैया उपमहानगरपालिका- ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अंसारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । अंसारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका-१ बाट डर त्रास देखाई अपहरण गरी भारतको लुधियानामा लगि बन्धक बनाई जबरजस्ती करणी तथा मानव वेचबिखन तथा ओसार पसार समेतको कसूर गरी फरार रहेको घटनामा संलग्नमध्ये अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका-५ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ । 

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०३-०८

बारा, कलैया उपमहानगरपालिका-४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२-०३-०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रौतहट फतुवा बिजयपुर नगरपालिका-९ टोल लक्ष्मीनिया बस्ने २५ वर्षीय अरूण चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरीले चौधरीलाई चोरी भएको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको   हो । उनी उपर चोरी मुद्दामा जिल्ला अदालत बाराबाट  ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसनधान भइरहेको छ । 

नगद ठगी गरी फरार एक जना पक्राउ
२०७९-०३-०७

काठमाडौं, डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुल्न आएपछि प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट उनलाई पक्राउ गरेको हो । कुमार उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ । 

नाटकीय अपहरणमा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा पक्राउ
२०७९-०३-०७

काठमाडौं, नाटकीय अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा ललितपुर ईमाडोल डेरा गरी बस्ने सप्तरी राजगढ गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय कृष्ण कुमार शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  आईएमईबाट रकम पठाउन भन्दै गत बुधबार डेरा कोठाबाट निस्केका कृष्ण कुमार मोबाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र खोजी गर्दा फेला नपरेको भनि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा निजले प्रयोग गर्ने सामाजिक सञ्जाल ईमोबाट कृष्ण कुमार अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती दिए अपहरण मुक्त गरिदिने र घटनाबारे प्रहरीलाई खबर गरेमा वा २ दिनभित्र मागेको रकम नदिएमा ज्यान मार्ने धम्की पूर्ण म्यासेज र अपहरण परेको भिडियो बनाइ डरत्रास देखाइएको थियो । घटनाको जानकारी पश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नो घर परिवारलाई डरत्रास देखाई दबाब दिन आफूलाई अपहरण गरेको म्यासेज तथा भिडियो आफ्नो परिवारलाई पठाई कृष्ण कुमारले नै नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरबाट उनलाई पक्राउ गरेको हो । उनीलाई सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन खैरहनी नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७७ पुस ७ गतेको फैसलाले बैंकिङ कसूरमा मुद्दामा ६ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले चितवन खैरहनीबाट पक्राउ गरेको हो । कुमारी वैंक लिमिटेड सौराहा शाखामा तामाङको नाममा रहेको प्रयाप्त मौज्दात रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७५ भदौ १० गतेमा दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ । 

जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न पाँच जना पक्राउ
२०७९-०३-०५

काठमाडौं, सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई असार १ गते प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ भई हाल ललितपुर सुनाकोठी बस्ने ४१ वर्षीय गणेश बहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बोहराटार बस्ने ४६ वर्षीय प्रेम प्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ५८ वर्षीय ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये महावीर, प्रेम प्रसाद र डासी मायालाई काठमाडौंको विभिन्न स्थान तथा गणेश बहादुर र बाबुरामलाई चितवन भरतपुरबाट पक्राउ परेका हुन् ।  विगत २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्ता देवी लोहनीको कीर्तीपुर नगरपलिका-२ स्थित ३६१.९५ वर्गमिटर क्षेत्रफलको जग्गा शान्ता देवीको किर्ते मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, निजको श्रीमान् तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका-११ बस्ने सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँ विक्री गरेको भन्ने वास्तविक जग्गा धनी शान्ता देवी लोहनीले केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजमा दरखास्त दिए पश्चात थप अनुसन्धानको क्रममा किर्ते गरी ठगी गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।   साथै उनीहरुको साथबाट नेपाली नागरिकताको नक्कली प्रमाणपत्र ४ थान, नक्कली तारानिधी लोहनीको नामको जग्गाधनी प्रमाणपूर्जा १ थान लगायतका सामानहरू बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अवैध रुपमा लुकाई लैजाने लागेको साउदी अरेबियन रियल र अमेरिकी डलर सहित पक्राउ
२०७९-०३-०५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको ५ सय दरको १ सय ३४ थान साउदी अरेबियन रियल र १ सय दरको १० थान अमेरिकी डलर सहित रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ का २७ वर्षीय सुमन श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौंबाट सारजहा जान लागेका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त रियल र डलर फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आइतबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न तीन जना पक्राउ
२०७९-०३-०४

काठमाडौं,  टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ घर भई हाल काठमाडौं टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बु लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।टोखा नगरपालिका-१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएका दिपेन लिम्बुको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पिक प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०३-०३

बारा, कलैया उपमहानगरपालिका-९ बस्ने ७२ वर्षीय अहमद मिँया चुडिहारको पिक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहालाई प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित आँप बगैचामा रहेको फुसको छाप्रो घरमा अहमदलाई जेठ २७ गते दिउँसो हत्या गरी ढोकामा बाहिरबाट ताल्चा लगाई राखेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा बजरंगीले हत्या गरी मृतकसँग भएको मोवाइल तथा नगद समेत खोसी फरार भएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमती लिइ थप अनुसन्धान भइरहेको छ । 

विदेश पठाई दिने भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०३-०३

काठमाडौं, बिदेश पठाई दिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले कास्की पोखरा महानगरपालिका-१६ बिरौटा बस्ने २२ वर्षीया महिलालाई क्यानडा पठाई दिन्छु भनी ११ लाख ७१ हजार रुपैयाँ तथा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी ९ लाख ७५ हजार रुपैयाँ आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाई बिदेश नपठाई ठगी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भई रहेको ।

नक्कली नोट सहित दुई जना पक्राउ
२०७९-०३-०२

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।  धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा ती किशोरले चलाएको लु.८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साईकलयात्री र मोटरसाइकल चालकलाई मायामेट्रो अस्पतालमा उपचार गराई दुवै जना डिस्चार्ज भएकोमा मोटरसाइकल चालक ती किशोरले उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला पारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  साथै उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसिका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसेन, १ थान किबोर्ड, १ थान कैँची, २ थान ब्लेड, एक हजार दरको १ थान बिग्रेको नक्कली नोट र एक सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरू उपर प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 

दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०३-०१

काठमाडौं, दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका  मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका संचालक कार्कीले दुबई (युएई)मा जानको लागि ७ लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट ७ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ
२०७९-०३-०१

काठमाडौं, पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो । साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

एक राउण्ड गोली सहित पक्राउ
२०७९-०३-०१

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०७९-०२-३१

पर्सा, बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् । शनिबार बिहान जगरनाथपुर गाउँपालिका-६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति  मृतकको भिनाजु हिरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरुउपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको   छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-३०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७७ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १० लाख ५० हजार रुपैयाँ जरिवाना र विगो रुकम १० लाख ५० हजार रुपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ । यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने  सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ४७ वर्षीय भिम बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ बैशाख २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १८ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो । ज्योति विकास वैंक लिमिटेड जोरपाटी शाखामा रहेको तामाङको खातामा पर्याप्त मौज्दात रकम नभएकोमा रकम भुक्तान हुने भनी जानी-जानी पीडितलाई झुक्यानमा  पारी २०७७ फागुन १७ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई  फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा  पेश गरिएको छ ।    

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०२-२९

सुनसरी, आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०२-२८

सर्लाही, लालबन्दी नगरपालिका-१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका-११ हिरापुर पानी ट्याङ्कीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद हुँदा रबि बिकले उनकै मामा अशोक बिकलाई बाँसको लाठी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-२८

कास्की, ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका-७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई ५० लाख फिरौती रकम माग गरेको र पीडितले ३ लाख दिएकोमा पुन: पटक-पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट अपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

महिलाको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ
२०७९-०२-२७

दार्चुला, शैल्यशिखर नगरपालिका-१ बारील बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका प्रतिवादी सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय बैतडीको समन्वय र सहकार्य ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला र प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट पक्राउ गरेको हो ।  भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुन: घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट भागी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थान समेत प्रहरीले बरामद गरेको छ ।  उनी उपर जवरजस्ती करणी, ज्यान सम्बन्धी कसूर र डाँका चोरी शीर्षक मुद्धामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-२५

ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका-३ घर भएका ४० वर्षीय जित बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाइएको छ । यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-१ घर भएका ३४ वर्षीय अमर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा ६२ लाख ३३ हजार रुपैयाँ विगो तोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं माकलबारीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।   यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जडिबुटि बस्ने धनुषा लक्ष्मिनिया गाउँपालिका-२ बस्ने ३९ वर्षीय हसन साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा ९५ लाख रुपैयाँ विगो तोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।   

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-२४

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनबाट २०७६ फागुन ६ गतेको फैसालाले उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना तथा लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौं कालोपुल र लिनालाई काठमाडौं नयाँवस्तीबाट पक्राउ गरेको हो ।  उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो ।  उनीहरूलाई फैसाला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।  

स्रोत नखुलेको नगद सहित पाँच जना पक्राउ
२०७९-०२-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न पक्राउ
२०७९-०२-२४

बारा, आदर्श कोतवाल गाउँपालिका-६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कटुपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो रहेका छन् । किशोरी कुशवाहा, रामप्रवेश महतो र सोही ठाउँ बस्ने ५० वर्षीय हिरामण कुशवाहा समेतले जग्गा नाप्ने विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका प्रभु कुशवाहाको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरी र राम प्रवेशलाई प्रहरीले पक्राउ गर्नुका साथै हाल फरार हिरामणको खोजी गरिरहेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-२४

काठमाडौं,  काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका-६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका तयारी गहनाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका ३३ वर्षीय बिजय लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  चोरी भएको सूचना प्राप्‍त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका-१५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोलाको सुनको जस्तो देखिने बेरुवा औठी १ थान, १ तोलाको सुनको जस्तो देखिने रिङ १ जोर, ३० लालको सुनको जस्तो देखिने लकेट १ थान, १ तोलाको पत्थर सहितको चाँदीको जस्तो देखिने औठी १ थान समेत प्रहरीले बरामद गरेको छ ।   उनी उपर चोरी गर्न नहुने कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 

सवारी दुर्घटना गराई फरार रहेका चालक पक्राउ
२०७९-०२-२४

काठमाडौं,  सवारी दुर्घटना गराई फरार रहेका बा.१२ च ५६२ नम्बरको हात्ती गाडीका चालक काठमाडौं महानगरपालिका-१२ टेकु डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका ३३ वर्षीय कमल प्रसाद गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा रहेको डिभाइडरमा प्रदेश०२-०२१-प ६३३१ नम्बरको मोटरसाइकल २०७८ चैत २० गते साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-३ बस्ने २५ वर्षीया लक्ष्मी दर्नालको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धानको क्रममा कमल प्रसाद गौतमले चलाएको हात्ती गाडीको समेत संलग्नता रहेको र सो घटनापश्‍चात गाडीका चालक फरार रहेको खुल्न आएको थियो । फरार रहेका कमलको खोजी गर्ने क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर सवारी ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

लुकाई छिपाई ल्याएको सुन सहित पक्राउ
२०७९-०२-२३

काठमाडौं, भन्सार छली अवैध रूपमा ल्याएको ८ सय ८८ ग्राम २ सय ४१ मिलिग्राम सुन सहित उक्त कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका-१ बस्ने गुल्मी ठेगाना भएका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तु बाणगंगा नगरपालिका-८ ठेगाना भएका २९ वर्षीय सन्दिप चन्द ठकुरी, काठमाडौं बौद्ध बस्ने बारा जितपुरसिमरा उपमहानगरपालिका-१६ ठेगाना भएका २२ वर्षीया निर्मला घलान, काठमाडौं बुढानिलकण्ठ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-४ ठेगाना भएका ४१ वर्षीय राहुल भन्ने बरूण भक्त माथेमा, काठमाडौं बौद्ध बस्ने चीन तिब्बत छेन्दु ठेगाना भएका २७ वर्षीय लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका-१० ठेगाना भएका ४२ वर्षीय युवराज भुषाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगर ठेगाना भएका ५१ वर्षीय अमन राजपुत रहेका छन् ।दुवईबाट काठमाडौं आउने नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको सुन सहित फेला पारी पक्राउ गरेको हो । सुरेशको साथबाट ३ सय १६ ग्राम ८१ मिलिग्राम र सन्दिपको साथबाट ५ सय ७२ ग्राम १ सय ६० मिलिग्राम सुन बरामद भएको हो । साथै उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ
२०७९-०२-२३

काठमाडौं, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका-६ बस्ने नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-१ ठेगाना भएका २५ वर्षीय पेम्बा तामाङ र काठमाडौं महानगरपालिका-१ मालीगाउँ बस्ने दाङ बंगालचुली गाउँपालिका ठेगाना भएका ३४ वर्षीय सालिक राम नेपाली रहेका छन् । काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित खाजा घरबाट जेठ ८ गते दिउँसो कास्की पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एकजना ब्यक्तिको साथमा रहेको नगद ३५ लाख रूपैयाँ लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट मोबाइल १ थान, स्मार्ट वाच १ थान र फलामको औजार (रड) १ थान प्रहरीले बरामद गरेको छ । उनीहरू उपर डाँका चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको तथा घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको छ । 

मोबाइल लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०२-२३

काठमाडौं, काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर चोकस्थित श्रीनगर फेन्सी कपडा पसल र सोही ठाउँबाट एक महिलाको साथबाट मोबाइल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महाबौद्ध बस्ने नुवाकोट मेगाङ गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय बिक्की अर्याल र काठमाडौं बागबजार बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ ठेगाना भएका २८ वर्षीय राम श्रेष्ठ रहेका छन् । उक्त स्थानबाट शुक्रबार दिउँसो मोबाइल लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्वर चोकबाट शंखमुलतर्फ जाने बाटोमा मोवाइल लुटपाट गर्ने बिक्की अर्याल तथा लुटपाट गरी ल्याएका मोबाइल छन् भनी जानी जानी मोबाइल खरिद गर्ने रामलाई लुटपाट गरेका ९ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

ज्यान मार्ने उद्योग मुद्दाका फरार व्यक्ति पक्राउ
२०७९-०२-२३

काठमाडौं, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने बर्दिया गुलरिया नगरपालिका-६ घर भएका ३६ वर्षीय कपिल भण्डारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर हाईट सडकमा काठमाडौं मैतिदेवी बस्ने अछाम मंगलसेन नगरपालिका-३ घर भएका ३३ वर्षीय कमान सिंह बोगटीलाई २०७८ फागुन २५ गते बिहान कपिल भण्डारी समेतले पूर्व रिसिबिका कारण धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए । सुनसरी धरान उपमहानगरपालिकाको ‍एरियामा कपिल लुकिछिपि बसिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ । 

मोबाइल चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०२-२३

बर्दिया,मोबाइल चोरी गरेको अभियोगमा गेरूवा गाउँपालिका-४ खोनपुर बस्ने सागर कटुवाल र सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक ठेगाना भएका पारस तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  गेरूवा गाउँपालिका-५ सुखाङ बस्ने मनिराम थारूको घरबाट सागर र पारसले मोबाइल चोरी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले सागर कटुवालको घरमै बसिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्लाष्टिकमा राखेर जमिन मुनि पुरेको अवस्थामा चोरी भएका ४ थान मोबाइल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।  उनीहरू उपर चोरी सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
२०७९-०२-२२

काठमाडौं,  गोकर्णेश्वर नगरपालिका-६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा अध्यनरत १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा सोही शिक्षालयमा शिक्षकको रूपमा काम गर्ने रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बस्नेतले उनीहरूलाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त  बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै सोधपुछ तथा थप अनुसन्धानको लागि सोही शिक्षालयका प्रिन्सिपल समेत २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नेपाली नोट सहित ३ जना पक्राउ
२०७९-०२-२१

कैलाली, धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही महानगरपालिका-२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् ।उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-२०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्येपुर ठिमी नगरपालिका-६ बस्ने खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका-९ सल्ले ठेगाना भएका ५१ वर्षीया ईन्द्र कुमार राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो । राईले २०७७ माघ २४ गते आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी ग्लोवल आईएमई बैंक लिमिटेड भक्तपुर शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको  ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो । यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरिमनोहरा नगरपालिका-१ बस्ने ४८ वर्षीय रामेश्वर चौलागाईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले १ महिना कैद र १ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो । उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

अर्काको नामको परीक्षा दिईरहेको अवस्थामा दुई जना पक्राउ
२०७९-०२-२०

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिईरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको झोलाबाट नगद  ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकता समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।  यसैगरी हेटौंडा उपमहानगरपालिका-११ स्थित यातायात ब्यवस्था कार्यालय हेटौंडाले लिईरहेको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् ।  सोही गाउँपालिका-७ बस्ने टुक नाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिई रहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनीहरू उपर प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-२०

स्याङ्जा, हातहतियार  तथा खरखजना मुद्दका फरार प्रतिवादी हरिनास गाउँपालिका-३ बस्ने ४१ वर्षीय तुल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज १९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरीले निजको घरबाटै पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ । 

मोटरसाइकल चोरीमा संग्लग्न आठ जना पक्राउ
२०७९-०२-१९

झापा, विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकल सहित चोरीमा संग्लग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सप्तरी टिकुली नगरपालिका-५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका-३ बस्ने १९ वर्षीय कुमार राजवंशी र ईलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।   झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान गर्न क्रममा जिल्ला प्रहरी कार्यालय झापा र  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका-८ कदमगाछी बस्ने अशोक विहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका-१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानवाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो ।  उनीहरू उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

अवैध रुपमा भन्सार छलि ल्याईएका मोबाइल सहित पक्राउ
२०७९-०२-१९

काठमाडौं,  अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका विभिन्न कम्पनीका १३ थान मोबाइल सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने भारत बिहार बैशाली भेरोपखरा ठेगाना भएका २८ वर्षीय जमशेद अलिलाई प्रहरीले पक्राउ गरेको छ ।  अलिले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाइल बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा अलिको जेम्स मोवाइल रिपेयर पसलमा तलासी गर्दा भन्सार छलि बिक्री गर्ने उद्धेश्यले राखेका उक्त मोबाइल फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनलाई बरामद मोबाइल सहित आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ । 

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१९

काठमाडौं,  ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने दोलखा वैतश्वर गाउँपालिका-६ नाम्दु घर भएका ३० वर्षीय विकाश तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  २०७८ चैत ९ गते दिउँसो काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित भोटाहिटी फलफूल पसल अगाडि २५ वर्षीय सुरज खड्कालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ । 

भरुवा बन्दुक सहित चार जना पक्राउ
२०७९-०२-१९

डोटी, दिपायल सिलगडी नगरपालिका-६ हस्पिटल मोडबाट १ थान भरूवा बन्दुक सहित सोही ठाउँ बस्ने २७ वर्षीय डम्मर बोहरा लगायत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  उक्त ठाउँमा केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटलको कोठाभित्र लुकाई राखेको उक्त बन्दुक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ । 

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०२-१८

झापा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई चोरी भएको ४ थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।  दमक नगरपालिका-६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका-४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ  खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका-६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ । चोरी भएका प्र.१-०१-०१५ प ८६९० नम्बर,  प्र.१-०१-०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।  उनीहरू उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०२-१८

काठमाडौं,  चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका-८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् । सोही नगरपालिका-३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो । साथै मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल प्रहरीले बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

न्यूजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०२-१७

काठमाडौं, न्यूजिल्याण्ड पठाईदिन्छु भनी ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-९ स्यूचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  वर्किङ भिषामा न्यूजिल्याण्ड जान प्रतिब्यक्ति १५ लाख रुपैयाँ लाग्छ, न्यूजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, कम्तिमा मासिक २ लाख ५० हजार रूपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी २ जना पीडितबाट ३० लाख रुपैयाँ लिई ठगी कार्यमा संलग्न खत्रीलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्यूचाटारबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।  

हत्यामा संलग्न रही फरार रहेका थप एक जना पक्राउ
२०७९-०२-१७

काठमाडौं, सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा कान्छा लामा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई जेठ ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । साथै पक्राउ परेका व्यक्तिहरुको बयानको क्रममा दिपक लामा वाईबा पनि घटनामा संलग्न रहेको खुल्न आएपछि उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई समेत काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१७

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नार्गाजुन नगरपालिका-१ रानीवन बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएकी  ५१ वर्षीया लक्ष्मी सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ ।  उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुष २ गतेको फैसलाले ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको  हो ।  सापकोटाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतिदेवी शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०२-१७

सुनसरी, धरान उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका-१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय गरी २ बालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो ।   धरान उपमहानगरपालिका-५ तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बिहीबार बिहान शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा सन्दिप लम्जेलको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै उनीहरूलाई लम्जेलले धम्काई गाली गलौज समेत गरेको रिसिवीमा केटी सम्पर्कमा छ भन्ने झुक्यानमा पारी उक्त खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ । 

भिजिट भिषामा दुबई पठाई ठगी गरेको अभियोगमा पाँच जना पक्राउ
२०७९-०२-१६

काठमाडौं, भिजिट भिषामा नेपालबाट दुबई पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ राईनास नगरपालिका-३ ठेगाना भएका ४७ वर्षीय मधुबिलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका-८ ठेगाना भएका ५४ वर्षीय होम बहादुर खड्का, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३५ वर्षीया रंजना ढकाल प्याकुरेल, रुपन्देही देवदह नगरपालिका-५ ठेगाना भएका ३० वर्षीय राजु भन्ने खुम बहादुर बस्याल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ टाउन प्लानिङ बस्ने ४० वर्षीय सन्तोष प्याकुरेल रहेका छन् ।  दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसिको संचालक कोमलराज उपाध्याय समेतको गिरोहले आमर्स गार्डमा ५ सय जनाको भ्याकेन्सी भएको, मासिक तलब ३ हजार दिराम सम्म पाउने बैदेशिक रोजगारमा लगाई दिने, सो वापत जनही ३ लाख ५० हजार रूपैयाँ देखि ८ लाख रूपैयाँसम्म खर्च लाग्ने भनि फेसबुक वाट्सएप जस्ता सामाजिक संजालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणलाई विभिन्न मितिमा भिजिट भिषामा दुबईमा पुर्‍याई ९० दिनभित्र काममा लगाई दिन्छु भनि विश्वासमा पारी काममा नलगाई बिचल्ली बनाई फरार भएका थिए । उक्त घटनामा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको र हालसम्म ७६ जना पीडितहरुबाट २ करोड ४३ लाख ३६ हजार ८ सय १० रूपैयाँ ठगी भएको खुल्न आएको छ । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ । 

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा चार जना पक्राउ
२०७९-०२-१६

 काठमाडौं, सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१५ ठेगाना भएका ५५ वर्षीय राज भन्ने मिन बहादुर थापा, भारत हैदरबाद रङरिडी मन्द्रुनगर ठेगाना भएका ३३ वर्षीय फेनि कुमार जेट्टी, २४ वर्षीय हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायक रहेका छन् । ल्यापटप, मोबाईल, क्यामेरा जस्ता सामाग्रीहरु बिक्री गर्नको लागि सामाजिक संजाल हाम्रो बजार डटकममा बिज्ञापन राखेकोमा उक्त सामान किन्नको लागि उक्त पेजमा क्रिस्टोफर पिलग्रिम नाम बताउने व्यक्तिले आफू युएसएमा छु, नेपालमा रहेको मेरो साथीलाई ल्यापटप गिफ्ट दिनु पर्नेछ, तपाईलाई कुरियर गरेको चार्ज एक्ट्रा ५ हजार दिन्छु भनि म्यासेज गरेकोमा पीडितको बैंक खाता नम्बर समेत लिई ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत बैंक खातामा पठाएको छु भनि विश्वासमा पारी विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा उक्त ल्यापटप कुरियर गर्न लगाई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागि समेत भनि मिन बहादुर थापाको नामको एनआइसि एसिया  बैंकको खातामा ७० हजार पठाउन लगाई उनीहरूले ठगी गरेको खुल्न आएको छ । उक्त कार्यमा संलग्न उनीहरूलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट भारतीय १ लाख ६५ हजार रूपैयाँ, क्यामेरा १ थान, विभिन्न कम्पनीका ल्यापटप ३ थान, विभिन्न कम्पनीका मोबाइल ९ थान, स्मार्ट वाच १ थान, गितार १ थान र बुद्धको मुर्ति १ थान प्रहरीले बरामद गरेको छ । उनीलाई उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

नक्कली नोट कारोबार गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०२-१६

पर्सा, जगरनाथपुर गाउँपालिका-६ स्थितमा लागेको दुर्गा भगवती मेलामा नक्कली नोट कारोबार गरेको अभियोगमा नेपाली एक हजार दरको नक्कली नोट २० थान सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बहादुरमाई नगरपालिका-८ बस्ने १९ वर्षीय राजाबाबु साह तेली र सोही ठाउँ बस्ने पटेर्वासुगौली गाउँपालिका घर भएका २० वर्षीय अजय सहनी रहेका छन् । मेलामा नक्कली नेपली नोटहरू साट्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरू विरूद्ध मुद्रा सम्बन्धी कसूरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-८ लिवाली बस्ने रामेछाप सुनापाती गाउँपालिका-५ ठेगाना भएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुस २ गतेको फैसलाले ३ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरी फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक  बनेपा नगरपालिका-१ नालाबाट पक्राउ गरेको हो । मानन्धरले २०७७ मंसिर १८ गते आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको खाताहरुबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०७९-०२-१६

 पर्सा, मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ ठेगाना भएका २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका-१६ फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका-३ जोगीवडा टोल ठेगाना भएका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका सखुवासभा खाँदवारी नगरपालिका-१० ठेगाना भएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।    सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगंज बोलाई बसपार्कस्थित एक होटलमा लगि पटकपटक करणी गरेपश्चात् जेठ ९ गते वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई आफू भागी फरार भएका थिए । जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको छ । 

हत्या गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-०२-१६

मोरङ, कटहरी गाउँपालिका-२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कटहरी गाउँपालिका-१ बस्ने ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय वर्षीय कपिल माझी र कटहरी गाउँपालिका-३ बस्ने २८ वर्षीय नितेश चौधरी रहेका छन् । कटहरी गाउँपालिका-१ महेशपुर थानगाछीस्थित खेतमा आइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१  नयाँ बानेश्वर ठेगाना भएका ५५ वर्षीय रञ्जन प्रसाद कोइरालालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) नम्बर बमोजिम सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७९ जेठ १२ गते २० वर्ष कैद सजाय ठहर हुने भन्ने फैसला भए पश्चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।  कोइरालालाई साविक मुलुकी ऐन अदालती बन्दोबस्ती १८८ नम्बर तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम आठ वर्ष छ महिना कैद सजाय हुने गरी राय दिएको हदसम्म प्रतिवादीले गरेको गम्भीर कसूरको प्रकृति र कसूर गर्दाको अवस्था समेतको आधार कारणबाट सो फैसला मिलेको नदेखिँदा केही उल्टि भई प्रतिवादीलाई उक्त सजाय ठहर भएको थियो ।   

भरुवा बन्दुक पड्किँदा १ जनाको मृत्यु, ४ थान बन्दुक सहित ८ जना पक्राउ
२०७९-०२-१४

दाङ, लमही नगरपालिका-१ गौराह भन्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्किँदा सोही नगरपालिका गौराह बसन्तपुर बस्ने २३ वर्षीय कालुराम घर्ती मगरको शुक्रबार दिउँसो मृत्यु भएको छ । कालुराम घर्ती मगर सहित ९ जना सिकार खेल्न गएकोमा सँगै गएका ४२ वर्षीय बुद्धिराम घर्तीमगरले बोकेको भरुवा बन्दुक लहरामा एक्कासि अड्डिन गई पड्किँदा कालुरामको घाँटीमा छर्रा लागेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले मृतक सँगै गएका ८ जनालाई ४ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सरकारी जग्गा समेत बैना गरी ठगी गर्ने व्यक्तिहरु पक्राउ
२०७९-०२-१३

काठमाडौं,  सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् ।  केशव प्रसाद अधिकारी समेतले भक्तपुर साविक सुडाल गाविस-४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याउनुका  साथै किता नम्बर ३९९ क्षेत्रफल (०-४-०-० ) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका-१० मालपोत गेटबाट पक्राउ गरेको हो ।   उनीहरुलाई आवश्यक कारवाहीको  लागि  जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।       

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०२-१३

काठमाडौं, १३ जेठ सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई दु:ख हैरानी र चरित्र हत्या गरेको अभियोगमा २ जनालाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रौतहट दुर्गा भवानिपुर गाउँपालिका-४ बस्ने प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दीका प्रहरी जवान २७ वर्षीय कृष्ण कुमार यादव र मोरङ विराटनगर महानगरपालिका-१७ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका-३ मा अस्थायी रुपमा बसोवास गर्ने ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीम रहेका छन् ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जाल वाट्सएप फेसबुक लगायतमा पोष्ट गर्ने, आफन्त र साथीभाइलाई पठाई पीडितलाई मानसिक तनाव, दु:ख हैरानी, समाजमा बदनाम र बेईज्जत गराइ चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।  उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५/५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

धाक-धम्की दिई सात करोड रकम माग गरेको अभियोगमा पक्राउ
२०७९-०२-१३

काठमाडौं, योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ  माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-८ ठेगाना भएका २९ वर्षीय टेक विक,  काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका-७ ठेगाना भएका २९ वर्षीय धर्मराज थापा, काठमाडौं कांडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका- २ ठेगाना भएका ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका-२ ठेगाना भएका २९ वर्षीया बसन्ता खनाल, काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका-११ ठेगाना भएका ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन् । उनीहरूले पीडितबाट उक्त रूपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरू उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सुनको सिक्री चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-१३

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्‍वर नगरपालिका-६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-१० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१२

काठमाडौं,  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ठेगाना भएका ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई बिहीबार  प्रहरीले पक्राउ गरेको छ ।  खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित गेष्ट हाउसमा पु-याई स्कूल रेष्टिकेट गरिदिने भनी धम्क्याई जबरजस्ती करणी गरेपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्राप्त भएपछि उनी फरार रहेका थिए ।  काठमाडौं टोखा नगरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ ।  उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ । 

विदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ
२०७९-०२-१२

काठमाडौं,  विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।  उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०२-१२

अछाम, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबिबिएस/ एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि चिनाउने बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-११

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका-१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ
२०७९-०२-११

काठमाडौं,  काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सेन्टलरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई बालयौन दुरूपयोग गरेको अभियोगमा सोही कलेजका २ जना शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी घर भएका ५१ वर्षीय राजन पौडेल र कागेश्वरी नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका ४७ वर्षीय जनार्दन अधिकारी रहेका छन् । सोही कलेजको शिक्षकहरूले छात्राहरूलई दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीहरु भेलाजम्मा भई नाराजुलुस गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर बालयौन दुरुपयोग मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०२-१०

सुनसरी, आफ्नै आमा ४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

गैरकानूनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गर्ने संचालक पक्राउ
२०७९-०२-१०

मोरङ, गैरकानूनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गरेको अभियोगमा विराटनगर महानगरपालिका-६ स्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक सोही ठाउँ बस्ने ३० वर्षीय सेख अलतफलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  अलतफको ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा भारतबाट अवैध रुपमा राजश्व छली, चोरी पैठारी गरी राजश्व चुहावट गरी विभिन्न किसिमका पानी तान्ने मोटर पार्टस, मेसिनरी पार्टसहरु ल्याइ फिटिङ गरी गैरकानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु तथा वारेन्टी कार्ड समेत प्रयोग गरी लुकाई छिपाइ स्टोर गरी राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले करिब ४ लाख ८५ हजार रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका सामानहरू सहित उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ । 

सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न पक्राउ
२०७९-०२-१०

काठमाडौं,  सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल वाट्सएप, ईमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई बिश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनले लटरीको रकम आएपछि नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम फि चाहिन्छ, निजको आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय युरो लाग्छ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको हो ।  उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

युवकको हत्यामा संलग्न रही फरार रहेका तीन जना अभियुक्त पक्राउ
२०७९-०२-१०

पर्सा, ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा ठेगाना भएका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका-३२ रामबन ठेगाना भएका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।  सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरेको हो ।  उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१०

काठमाडौं,  जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  २०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका-३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा प्राप्त भएको र जिल्ला अदालत काठमाडौंको २०७८ फागुन २९ गतेको आदेशले निज प्रतिवादीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको थियो ।   उनी उपर प्रहरी वृत्त थानकोट काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०२-०९

काठमाडौं, सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बाग्मती गाउँपालिका-६ फापरबारी सानो कायर ठेगाना भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका-६ लेले ठेगाना भएकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् । दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर बाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको छ । हत्या पश्चात सलले बाँधी  शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-०९

पर्सा, ठोरी गाउँपालिका-५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।  साथै उक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको छ ।   पक्राउ परेका किशोर उपर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  छ ।  

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको लाटोकोसेरो चरा सहित दुई जना पक्राउ
२०७९-०२-०९

पर्सा, छिपहरमाई गाउँपालिका-१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी-१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी-३ ठेगाना भएका ३५ वर्षीय शेख अनवर रहेका छन् । उक्त स्थानमा अवैधरूपमा वन्यपशुपन्क्षी लाटोकोसेरो चरा (उल्लू) १ वटा नेपालबाट भारततर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पन्क्षी लिई भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ । 

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ
२०७९-०२-०६

तनहुँ, सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।  उनी उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

सालको काठ सहित चार जना पक्राउ
२०७९-०२-०६

तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ धारापानीबाट २६  क्युफिट सालको काठ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-३ घर भएका २१ वर्षीय विमल वली, शुक्लागण्डकी नगरपालिका-६ ग्यारसिङ बस्ने ३२ वर्षीय प्रेम बहादुर बिक, सोही नगरपालिका-६ नौबिसे बस्ने २५ वर्षीय पदम बहादुर सुनार र शुक्लागण्डकी नगरपालिका-७ बस्ने ३२ वर्षीय सोम बहादुर नेपाली रहेका छन् ।  शुक्लागण्डकी नगरपालिका-७ धारापानी बस्ने जनक तिमिल्सिनाको पाखो बारीबाट उक्त सालको काठ उनीहरूले ग.१ त ५७८६ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले फेला पारी काठ लोड भएको ट्याक्टर सहित उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय शुक्लागण्डकीमा बुझाइएको छ । 

फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७९-०२-०६

तनहुँ, व्यास नगरपालिका-३ बिसघरे बस्ने ५४ वर्षीय दिल बहादुर सारुलाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनकै सालो नाता पर्ने सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय बिनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थापाले एक्कासी फलामको रडले टाउको समेतमा प्रहार गर्दा दिल बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई समाधान अस्पताल दमौली हुदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-०५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका ३७ वर्षीय प्रकाश रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ चैत २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । रेग्मीले मुक्तिनाथ बिकास वैंक लिमिटेड महाराजगंज शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७६ कात्तिक १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-०५

ललितपुर, गोदावरी नगरपालिका-२ गोदावरी पात्लेछापस्थित कविता सिलवालको घरबाट नगद १ लाख १२ हजार ६ सय ७० रुपैयाँ, ३ थान मोबाइल र ३ थान किप्याड गरी करिब १ लाख ४६ हजार ६ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय सुनिल खड्गी लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताल्चा फोडी दराजभित्र रहेको उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट चोरीका सामान सहित फेला पारी पक्राउ गरेको हो । चोरीमा प्रयोग गरेको बा.४ ख १८५३ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली जस्तो देखिने नेपाली नोट सहित पक्राउ
२०७९-०२-०१

सर्लाही, गोडैता नगरपालिका-८ स्थित गोडैता बजारबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको ४ थान नोट सहित भारत सितामढी रनौली-१० बस्ने २२ वर्षीय सरोज कुमार बैठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सोही नगरपालिका-५ रामबन घर भई पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किनमेल गर्ने क्रममा नक्कली जस्तो देखिने नेपाली एक हजारको नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौडेताबाट खटिएको प्रहरीले बैठालाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त नोट फेला पारेको हो । साथै उनको साथबाट सक्कली जस्तो देखिने नेपाली नोट ५ सयको १ थान, १ सयको नोट २ थान, र ५० को नोट १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७९-०१-३०

दाङ, आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा  गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लमही अस्पताल लमही पठाइएको छ । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले शिउ कुमारलाई पक्राउ गरेको छ ।  झापा, बिर्तामोड नगरपालिका-७ डाडागाउँ बस्ने ३० वर्षीय हरदेव राजवंशीलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर बनाएको अभियोगमा भारत दार्जिलिङ बस्ने ३९ वर्षीय जन्ते राजवंशीलाई  बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-७ डाडागाउँ बस्ने दिपेश भट्टराईको निर्माणाधिन घरमा लेबर काम गर्ने जन्तेले आपसी विबादमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका हरिदेवलाई उपचारको लागि मेची अस्पताल भद्रपुर पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ वैंशाख ४ गतेको फैसलाले २ थान बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १७ लाख  ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको हो । अधिकारीले स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त कैद फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय राम सुन्दर डंगोललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ वैंशाख ४ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ७ दिन कैद र ३६ लाख ७५ हजार रुपैयाँ  जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पिगंलास्थानबाट पक्राउ गरेको हो । डंगोलले २०७७ असोज २ गते कैलाश विकास बैंक लिमिटेडमा उनको आफ्नै खातामा  पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०१-२४

बैतडी, डिलाशैनी गाउँपालिका-७ मनकुडा बस्ने २८ वर्षीय श्याम बहादुर ऐरको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय बीरेन्द्र बहादुर ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।खानेपानीको बिषयलाई लिएर बीरेन्द्रले बाउसो प्रहार गर्दा श्याम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धामिगाउँ र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते श्यामको स्थानीय स्वास्थ्य चौकी हुँदै गोकुलेश्वर अस्पताल दार्चुलामा थप उपचारको क्रममा मृत्यु भएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ
२०७९-०१-२४

सप्तरी, ज्यान सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी रुपनी गाउँपालिका-१ रुपनी चौक बस्ने ३८ वर्षीय मो.नाजिर भन्ने मो.नसिर मियाँलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।शम्भुनाथ नगरपालिका-१ खाडो खोला नजिक सार्वजनिक पोखरीमा २०७८ असोज ९ गते बिष्णुपुर गाउँपालिका-५ कट्टी गाउँ टोल बस्ने ५० वर्षीय राम सुन्दर महतोको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा मियाँ समेतले रामसुन्दर महतोलाई २०७८ असोज ८ गते दिउँसो घरबाट भोजमा खाना बनाउने बहानामा बोलाई हत्या गरेको खुल्न आएको हो । साथै वारदात मितिबाटै फरार रहेका मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बोदेबरसाईन नगरपालिका-५ बाट फेला पारी पक्राउ गरेको हो ।साथै मो.नसिर मियाँ तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूहमा आवद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकदार तथा धनाढ्य व्यक्तिहरूलाई फोन गरी धम्काई चन्दा असुली गर्ने, अवैध लागूऔषध व्यापार गर्ने, लुकाई छिपाई हतियार साथमा बोकी हिड्ने जनमानसमा डरत्रासको वातावरण सृजना गर्ने जस्ता अपराधिक समूहमा संलग्न रहेको खुल्न आएको छ ।उनी उपर जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ । 

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ
२०७९-०१-२२

काठमाडौं, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्त काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप बस्ने सिन्धुली कमलामाई नगरपालिका-१० ठेगाना भएका २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दासलाई घटनाको ३ वर्षपछि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।  काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँस्थित पेट्रोल पम्प नजिक महेश परियार, मनिष बाँनिया र सरोज सुन्दास समेतले २०७५ मंसिर ८ गते दिउँसो धारिलो हतियार चक्कु प्रहार गरी बिक्कि थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका सुन्दास नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई नैकापबाट पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न महेश परियार र मनिष बाँनियालाई घटना भएको दिन नै काठमाडौं तारकेश्वर नगरपालिका-१ साङ्ला विहानी चोकबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौंको फैसलाले जन्म कैद सजाय भई हाल केन्द्रीय कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।  सुन्दासलाई आवश्यक कारवाहीको लागि  जिल्ला अदालत काठमाडौं पठाइएको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२२

मोरङ, अवैध लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी धनकुटा साँघुरीगढी गाउँपालिका-८ बस्ने ३९ वर्षीय झगेन्द्र राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका-१८ स्थित ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले २०७८ चैत ३० गते राति को.१ च ५३१८ नम्बरको पिकअप गाडीबाट १ सय २० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको घटनामा फरार रहेका गाडीका चालक राईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुनसरी धरानबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट लागूऔषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।  झापा, झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-५ ठेगाना भएका ४१ वर्षीय शुसान्त चौधरी भन्ने शुसान्त कर्मकारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०६४ भदौ २४ गतेको फैसला उल्टी गरी पुनराबेदन ईलामबाट भएको फैसला सर्बोच्च अदालतबाट २०६९ असोज १६ गते सदर गरी भएको फैसला बमोजिम झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्दामा ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी डाँका मुद्दाका फरार प्रतिवादी बुद्दशान्ति गाउँपालिका-७ ठेगाना भएका ३३ वर्षीय अञ्जु तामाङ भन्ने अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०६८ माघ १५ गतेको फैसलाले डाका मुद्दामा ६ वर्ष कैद र ३ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२१

 काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने ४७ वर्षीय विकु बहादुर सुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ फागुन ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र २४ लाख ५९ हजार ८ सय २२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर व्यासीबाट पक्राउ गरेको हो । सुवालको एनआईसी एसिया वैंक लिमिटेडमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ । 

लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
२०७९-०१-१९

काठमाडौं, लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका-१ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिना लगाएतका दुई जना ब्यक्तिहरुले वैशाख २ गते लुटपाट पश्‍चात हत्या गरी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका-३ जगतबाट प्रकाशलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ । 

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०१-१८

पर्सा, वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१० रानीघाट ठेगाना भएका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका-७ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् । आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी ठोरी गाउँपालिका-१ बस्ने ४० वर्षीय शिवशंकर मण्डलको बा.प्र.०३ प ५३०४ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय निरज सुनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा लक तोडी मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उक्त मोटरसाइकल सुनुवारको घरमा त्रिपाल र प्लाष्टिकले छोपी लुकाइ छिपाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न सुनुवारलाई पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 

सिटी सफारी र ब्याट्री चोरीमा संलग्न ३ जना पक्राउ
२०७९-०१-१७

मोरङ, सिटी सफारी तथा ब्याट्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २२ वर्षीय मोहमद जुमन, सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय पवन रविदास र सोही महानगरपालिका-११ बस्ने ३४ वर्षीय मोहमद अन्सारूल रहेका छन् ।विराटनगर महानगरपालिका-६ स्थित रामपुर चौकमा को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लैजाँदै गरेको अवस्थामा उनीहरूलाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरूले वि.न. १ ह ००९३ र को.१ ह ७८१८ नम्बरको सिटी सफारी समेत चोरी गरेको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने २ जना पक्राउ
२०७९-०१-१६

काठमाडौं,  दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर ठेचो बस्ने पर्सा वीरगञ्ज महानगरपालिका-५ घर भएका ३३ वर्षीय विकास तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय हरि बहादुर तामाङ रहेका छन् । विकासलाई बिहीबार काठमाडौं महानगरपालिका चुच्चेपाटीबाट र हरि बहादुरलाई शुक्रबार ललितपुर महानगरपलिका-४ जावलाखेलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुले काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-९ इटहरा घर भएका २० वर्षीय पुरुष समेत ५ जनालाई भिजिट भिषामा दुबई जान प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु तथा मासिक ३ हजार दिराम तलब हुन्छ भनी प्रलोभनमा पारी जम्मा ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएको छ  । उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको छ । 

लुकाई छिपाई अवैध रुपमा लैजान लागेको सुन सहित ५ जना पक्राउ
२०७९-०१-१६

काठमाडौं, लुकाई छिपाई अवैध रुपमा लैजान लागेको २ किलो ३ सय ३२ ग्राम सुन सहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पाँचथर याङवरक गाउँपालिका-४ स्थायी वतन भएका २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ स्थायी वतन भएका २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ स्थायी वतन भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ स्थायी वतन भएका ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरुङ्गा नगरपालिका-४ स्थायी वतन भएका ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् । दुबईबाट काठमाडौं आएको हिमालय एयरको बिमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत सरसफाई गर्न खटिएका भिम कुमारले विमानको शौचालयभित्रबाट फोहरसँगै सुनको विस्कुटहरु बाहिर ल्याई उनीसँगै काम गर्ने सुमनसँग बाँडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा भिम कुमारको पर्सभित्र १० थान र सुमनको पर्सभित्र १० थान गरी उक्त तौल बराबरको सुन बरामद भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले राजेशले भने बमोजिम उक्त कार्य गरेको खुल्न आएपछि राजेशलाई समेत विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । साथै राजेशलाई दुबईमा बस्ने रमेश उप्रेती भन्ने व्यक्तिले सुन पठाउने गरेको र उक्त सुन राजेशले भिम कुमार मार्फत संकलन गरी ट्याक्सी चालक हेम बहादुरलाई जिम्मा लगाउने गरेको खुल्न आएपछि हेम बहादुरलाई समेत विमानस्थल नजिकबाट प्रहरीले पक्राउ गरेको हो । हेम बहादुरले उक्त सुन राजेशबाट लिएर रमेश उप्रेतीले भने बमोजिमको हुलिया भएको व्यक्तिलाई बुझाउने गरेको र सो बापत उनीहरूले केही रकम पाउँदै आएको खुल्न आएको छ ।             साथै, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत विमानभित्र सरसफाई गर्ने/गराउने भनी सुपरभाईजरको रुपमा खटिएका ताराकान्त चौधरीको समेत मिलेमतोमा भिम कुमार र सुमनले अनुकूल वातावरण मिलाई गैह्रकानूनी रुपमा सुन चोरी पैठारी गर्दै आएको खुल्न आएको छ । उनीहरूलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा पक्राउ
२०७९-०१-१४

मोरङ, चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हल लाईनस्थित श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत पश्चिम बंगाल दार्जिलिङ रानीगन्ज पानसाली पञ्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका-३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ देवीगन्ज ग्राम पञ्चायत बस्ने २९ वर्षीय सनोड मण्डल रहेका छन् । उनीहरूले क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भनि औषधि उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट ईलाज सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको  छ । 

भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ
२०७९-०१-१३

सिरहा, लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका-९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् ।  ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त होटल एण्ड लज तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर-गहनाहरु फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ । 

कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ
२०७९-०१-१२

तनहुँ, कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका-८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका-३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।शुक्लागण्डकी नगरपालिका-५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना घर परिवारसँग सम्पर्क बिहिन रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका-४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई सोही नगरपालिका-१० ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०१-१२

काठमाडौं, आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  मकवानपुर, आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा बकैया गाउँपालिका-५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनीलाई आइतबर राति प्रहरीले पक्राउ गरेको छ ।  पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-१२

काठमाडौं, बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका-३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० अनामनगरबाट पक्राउ गरेको हो । उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न २ जना पक्राउ
२०७९-०१-११

सिरहा, सिरहा नगरपालिका-१३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार दिउँसो मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहम देव महरालाई प्रहरीले पक्राउ गरेको   छ ।  धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका धनेश्वरको उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरी कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०७९-०१-१०

काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे धुलिखेल नगरपालिका-११ घर भएका १८ वर्षीय किशोर सहित ५ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार १ जना किशोरलाई चोरी भएको १ थान स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुल्न आएपछि बिहीबार काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट चोरी भएका अन्य ७ थान स्कुटर सहित चोरी कार्यमा संलग्न ती किशोरहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-०९

सप्तरी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालीनी नगरपालिका-७ बस्ने रानी देवी मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीको २०७५ फागुन १५ गतेको फैसलाले २० वर्ष कैद ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका-५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । रानी देवीले आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा दोषी ठहर गरी अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।  उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाईएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-०८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्‍वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ स्थायी वतन भएका ४२ वर्षीय वीरेन्द्र कुमार गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २३ गतेको फैसलाले ४ दिन कैद, ७ लाख ९१ हजार रुपैयाँ जरिवाना र ३१ हजार ६ सय ६० रुपैयाँ क्षतिपूर्ति तोकिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गोठाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको छ । 

चार राउण्ड गोली र नक्कली सुनसहित बिभिन्न सामानहरु बरामद
२०७९-०१-०८

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली र पहेलो रङको १ थान धातु लगायत बिभिन्न सामानहरू बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । तामाङको कोठा खाली गर्न प्रहरी तथा काठमाडौं महानगरपालिकाको प्रतिनिधि समेतको खटिएको टोलीले रीतपूर्वक कोठाको ढोका खोली कोठाभित्र जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो । उनको कोठाबाट नेपाली सेनाको जर्सी हरियो १ थान, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १ थान, केशव बहादुर धानुकको नामको राहदानी १ थान, मोबाइल ४ थान, छाप १ थान, बिभिन्न्न ब्यक्तिका नामको चेकहरू,  बिभिन्न ब्यक्तिका नागरिकताहरु, कपाली तमसुक २ थान, जन्मकुण्डली १ थान र अन्य कागजातहरु बरामद भएको छ । प्रारम्भिक रुपमा सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त पहेलो धातु नक्कली सुन भएको भनी प्रतिवेदन गरेको तथा उक्त पहेलो धातुलाई थप परीक्षणको लागि सुन-चाँदी व्यवसायी महासंघमा पठाइएको छ ।बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको छ । 

जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-०८

पर्सा, जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी उदयपुर कटारी नगरपालिका-३ बस्ने पर्सा साविक ठोरी गाबिस-९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०४६ भदौ १८ गते २ जना महिलालाई भारत मुम्बईको कोठीमा लगी बिक्री गरेको घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते उक्त मुद्दामा १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका-३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि  पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ । 

भन्सार छली गरी ल्याएको सामान र गाडीसहित १ जना पक्राउ
२०७९-०१-०८

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा ना.६ ख ४३ नम्बरको ट्रकमा भन्सार छलि ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु फेला पारी ट्रकका चालक चितवन कालिका नगरपालिका-१ घर  भएका २८ वर्षीय तस्विर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा भन्सार छलि ल्याएको उक्त सामानहरू फेला पारी तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ
२०७९-०१-०७

तनहुँ, शुक्लागण्डकी नगरपालिका-११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्किङ गरी राखेको ध.१ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पश्‍चिम आठबिसकोट नगरपालिका-३ घेत्मा घर भई हाल स्याङ्जा हरिनास गाउँपालिका चिसापानीस्थित सडक निर्माण गर्ने क्याम्पमा बस्ने २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका   छन् । उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शुक्लागण्डकी नगरपालिका-८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । उनीहरू उपर तनहुँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।  

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ
२०७९-०१-०७

काठमाडौं, १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् । शंखरापुर नगरपालिका-६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध रुपमा ल्याउँदै गरेको सामान सहित पक्राउ तथा बरामद
२०७९-०१-०७

सिन्धुली, कमलामाई नगरपालिका-४ हिरापानीबाट अवैध रुपमा ल्याउँदै गरेको बिल नभएको करिब ६ लाख ८४ हजार रुपैयाँ बराबरको रजनीगन्धा सहित खोटाङ नेर्पा गाउँपालिका-६ बस्ने ३४ वर्षीय नवराज राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गाईघाटबाट काठमाडौंतर्फ जादै गरेको लु.अ.अ.भ.१८४७ नम्बरको ट्रकलाई हिरापानी चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त रजनीगन्धा सहित फेला पारी गाडी चालक राईलाई पक्राउ गरेको हो । उक्त रजनीगन्धा, गाडी र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाईएको छ ।  नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-७ ज्यामिरेबाट करिब १० लाख २७ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न ईलेक्ट्रोनिक्स तथा हार्डवेयरका सामानहरू मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०७७९ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाई ल्याएको उक्त सामान फेला पारी बरामद गरेको हो । उक्त सामानहरू भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।  सिरहा, भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय ३७ तोला बराबरको चाँदीको गरगहना सहित भारत मधुवनी पोष्ट रोगनीदेहहट टोल बस्ने २१ वर्षीय चन्दन कामतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गहना फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मन्दिरबाट चोरिएका मूर्तिहरू सहित २ जना पक्राउ
२०७९-०१-०६

काठमाडौं, नागार्जुन नगरपालिका-७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको   छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका-४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका-४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेका छन् । नागार्जुन नगरपालिका-६ फस्कुस्थित सडकमा एकजना पुरुष व्यक्तिले बोराभित्र चोरीका सामानहरु बोकी हिँडिरहेको भन्‍ने सूचना प्राप्‍त हुनासाथ प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उमेश खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरु लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उक्त मूर्तिहरु इन्द्रायणी मन्दिरबाट कान्छा मगर समेतको मिलेमतोमा चोरी गरेको खुल्न आएपछि कान्छा मगरलाई समेत काठमाडौं महानगरपालिका-१५ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान प्रहरीले बरामद गरेको छ ।  उनीहरू उपर चोरी तथा डाँका गर्न नहुने कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन तथा मोबाईल सहित २ जना पक्राउ
२०७९-०१-०६

काठमाडौं, अवैध रुपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन तथा मोबाईल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुली तिनपटन गाउँपालिका-३ वतन भएका २२ वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका-७  वतन भएका ३४ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् । हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स त्यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद भएको छ ।  हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा सुटकेशभित्र फल्स बटम बनाई उक्त सुन तथा मोबाईल राखेर भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।  उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ४ जना पक्राउ
२०७९-०१-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-३ र बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारको सिमानामा रहेको पूर्व पश्चिम गेष्ट हाउसबाट चितुवाको जस्तो देखिने २ थान छाला, चितुवाको टाउको जस्तो देखिने १ थान खप्पर र ४ थान मोबाइल सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका-७ झापा बस्ने ३५ वर्षीय बिष्णु सुनार, भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने ओखलढुङ्गा खिजिघोम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय फुरी शेर्पा,  भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने धादिङ गजुरी गाउँपालिका-५ घर भएका २४ वर्षीय बिनोद श्रेष्ठ र ललितपुर पाटन बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानी घर भएका ३० वर्षीय बिकास पुर्कुटी रहेका छन् ।  उक्त गेष्ट हाउसमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र बोराले बेरी राखेको अवस्थामा उक्त छाला र खप्पर फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ
२०७९-०१-०२

कैलाली, जानकी गाउँपालिका-९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका छन् ।जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी विभत्स हत्या पश्चात फरार रहेका उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको  छ ।  

लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ
२०७८-१२-३०

काठमाडौं, लुकाई छिपाई लैजाने लागेको नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रूपैयाँ सहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रूपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७८-१२-२९

पर्सा, वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर नगरपालिका-१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् । चोरी गरी भाग्दै गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१२-२८

 उदयपुर, आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित पक्राउ
२०७८-१२-२६

धनुषा, जनकपुर उपमहानगरपालिका-१० स्थितबाट १ थान पेस्तोल र सोही पेस्तोलको म्याग्जिन १ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय इन्द्रेश कुमार सिंह र सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय अर्जुन कुमार सिंह रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ज. ७ प ७९३२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । रूपन्देही, सैनामैना नगरपालिका-१ भाटा एकताटोल बस्ने दल बहादुर सुनारलाई सिसाको गोली १२ थान, फलामको टुक्रा (छर्रा) ८ थान, केप १२ थान र बारुद सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो । साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ रानिकुवा बस्ने मान बहादुर राउतको घरबाट २ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको छ । मान बहादुरको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ
२०७८-१२-२६

काठमाडौं, बैंकिङ कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-२४

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बाँनियाटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका-५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् । उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ बैशाख २९ गतेको फैसलाले ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर भएको तथा उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगर, ईलाम ईजालसबाट बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी भएको थियो ।  राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ भने उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।   

हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
२०७८-१२-२४

उदयपुर, बेलका नगरपालिका-६ बस्ने १६ वर्षीया कबिता सुनुवारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बेलका नगरपालिका-३ बस्ने भारत सिक्किम बियुङ घर भएका १९ वर्षीय बिनोद ढकाल र १७ वर्षीया किशोरी रहेका छन् । बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा चैत्र २२ गते बिहान कबिता सुनुवारको शव फेला परेको घटनामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ वर्षीया आरोपित किशोरी कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित किशोरीलाई होच्याउने, चिड्याउने गरी आघात पुर्‍याउने गरेको हुँदा रिसिईवी राखि हत्याको योजना बनाई एसईई तयारी कक्षाको लागि तीनै जनासंगै बिद्यालयतर्फ जादै गर्दा बिनोद ढकालले बियरको बोतल र ढुङगा प्रहार गरी हत्या गरी मृतकको शव यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक फालेको खुल्न आएको हो ।उनीहरू उपर जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-२३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ लाटेबोटडाँडा ठेगाना भएका ३३ वर्षीय बज्र सिंह लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ चैत १ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-१२-२३

काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका-२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ । 

ठगी गरेको अभियोगमा पक्राउ
२०७८-१२-२२

काठमाडौं, बिवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका-३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  बिवाह गर्ने प्रलोभन देखाई पीडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आइएमई तथा सिटिएक्सप्रेस मार्फत पटक पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो ।  उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-२१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-५ बस्ने ईलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०७८-१२-२१

काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली परीक्षार्थी बनि परीक्षा दिईरहेको अवस्थामा पक्राउ
२०७८-१२-२०

काठमाडौं, चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका-४ ठेगाना भएका २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका-४ ठेगाना भएका २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका-१ ठेगाना भएका २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका-५ ठेगाना भएका २३ वर्षीय सन्नी कुमार साह रहेका छन् । चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा परीक्षा अनुगमनका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उपत्यकास्थित सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्रामर स्कुल लगायतका परीक्षा केन्द्रहरूबाट उनीहरूलाई परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकता सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूमध्ये अमर र अनिकेतलाई सिसिआरसि कलेज कुमारीपाटी ललितपुरबाट, राम आशिषलाई ग्रामर स्कुल कोटेश्वरबाट र ईस्तियाख अहमदलाई एम्बिसन कलेज मध्य बानेश्वरबाट पक्राउ गरेको हो । साथै सन्नी कुमार साहले ईस्तियाख अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाई आफू बाहिर बसिरहेको अवस्थामा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ
२०७८-१२-१९

सुनसरी, ईटहरी उपमहानगरपालिका-२ स्थित बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-२ बस्ने २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ र  झापा कन्काइ नगरपालिका-८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन् । ईटहरी उपमहानगरपालिका-२ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते बम बिष्फोट हुँदा मानिस घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले शेरजंग गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको थियो ।  घटनाको थप अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई ईटहरी उपमहानगरपालिका-२ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचिनगर नगरपालिका-६ स्थित नेपाल भारत सिमाना काकडभित्ताबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ
२०७८-१२-१८

पर्सा, वीरगंज महानगरपालिका-२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन भरतपुर महानगरपालिका-१५ ठेगाना भएका १९ वर्षीय निशान थापा र पर्सा वीरगंज महानगरपालिका-१५ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।  वीरगंज महानगरपालिका-१६ बसपार्कस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थाबाट ग्यारेजको ताल्चा फुटाई उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनीहरूलाई ग्यारेज नजिकबाट मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरू उपर चोरी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१२-१७

सोलुखुम्बु, आफ्नै ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ
२०७८-१२-१७

पर्सा, वीरगञ्ज महानगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२५ बस्ने २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका-२० बस्ने २९ वर्षीय मनिर मियाँ अन्सारी रहेका छन् । चैत ४ गते राति वीरगञ्ज महानगरपालिका-२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी गरी ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका-२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ । यसैगरी वीरगञ्ज महानगरपालिका-१ बस्ने २४ वर्षीय सन्जु रामको प्रदेश २-०३-०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्हवी नगरपालिका-१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-२ स्थित सडकमा पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-३ छप्कैयाबाट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूउपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

सेवाग्राहीलाई दु:ख हैरानी दिने कार्यमा संलग्न १५ जना पक्राउ
२०७८-१२-१७

ललितपुर, ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला जम्मा भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१२-१६

सिन्धुपाल्चोक, आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-१५

काठमाडौं,बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका-४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको गत फागुन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट  बैंक लिमिटेड गोंगबु काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

चोरी भएको नगद तथा विभिन्न गरगहना सहित पक्राउ
२०७८-१२-१५

काठमाडौं, चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहना सहित ललितपुर चापागाउँ बस्ने सिन्धुली सितलपाटी गाउँपालिका-१ घर भएका २४ वर्षीय राजेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-३२ नरेफाट डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएकी ३० वर्षीया तिल माया मगरको कोठाबाट आइतबार दिउँसो चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई चोरी भएको नगद तथा गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट नगद २८ हजार ३ सय ३० रूपैयाँ, सुनको जस्तो देखिने मिनी रानी हार, बाला, झुम्का, औंठी र चाँदीको जस्तो देखिने वस्तु प्रहरीले बरामद गरेको छ ।  उनी उपर चोरी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ । 

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-१५

झापा, बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने हल्दीबारी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् । पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ बैशाख १४ गतेको फैसलाले बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।   उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ । 

चितुवाको छाला सहित पक्राउ
२०७८-१२-१४

ललितपुर, चितुवाको जस्तो देखिने ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला सहित काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ वतन भएका २७ वर्षीय नर बहादुर गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा.२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरलाई प्रहरीले जाँच गर्नेक्रममा बोराभित्र प्लाष्टिकले बेरी राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

चाँदीको गहना लुटपाटमा संलग्न ४ जना पक्राउ
२०७८-१२-१३

मोरङ, बेलवारी नगरपालिका-४ बेतना सिमसार क्षेत्रमा चाँदीको गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-३ बस्ने २५ वर्षीय सबिन बिश्वकर्मा, महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने ३४ वर्षीय मनोज ठाकुर, उदयपुर रौतामाई गाउँपालिका-६ बस्ने २४ वर्षीय बिशाल बिक र सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय बादल बिक रहेका छन् ।गत चैत ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबासतर्फ लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले लुटपाटमा संग्लग्नमध्ये उनीहरूलाई चाँदीका गहना सहित पक्राउ गरेको हो । साथै घटनामा संग्लग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको छ । 

महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ
२०७८-१२-१२

बारा, वीरगंज महानगरपालिका-१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् ।आफ्नो माइतीघर बारा कलैया उपमहानगरपालिका-२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएको थियो । साथै घटनामा संलग्न उनीहरूलाई वीरगंजबाट प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-१२-१२

काठमाडौं,  आफ्नै ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-११

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका-४ बाट पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०७७ मंसिर २२  गतेको फैसलाले सोही मुद्दामा थापालाई १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१२-११

काठमाडौं, आफ्नै  श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ ।  घरायसी बिबादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो । घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
२०७८-१२-१०

काठमाडौं, ज्यान मार्ने उद्देश्यले ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं जडिबुटी बस्नेहरु रामेछाप मन्थली नगरपालिका-१३ घर भएका १९ वर्षीय राजेश बुढाथोकी, रामेछाप खाँडादेवी गाउँपालिका-३ घर भएका २७ वर्षीय संजिव मोक्तान, दोलखा नाम्दु गाउँपालिका-६ घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ ठेगाना भएका २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक बतासे गाउँपालिका-९ ठेगाना भएका २३ वर्षीय प्रविण नेपाल रहेका छन् ।  काठमाडौं शंखमुलमा ८/९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी विषयलाई लिएर ती पुरुषलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई फरार भएको घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।  उनीहरुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-१०

कास्की, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्वत मोदी गाँउपालिका-८ चित्र बस्ने २५ वर्षीय दिपक बिक भन्ने चिनिने शिरिस बिश्वकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  नेशनल स्कुलमा पढ्ने मिथुन बिकलाई शिरिस लगायतका व्यक्तिहरुले विवादको कारण २०६९ कात्तिक २५ गते साँझ पोखरा महानगरपालिका-६ शान्तीपाटनमा कुटपिट तथा चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई अन्नपूर्ण गाउँपालिका-५ सल्यानस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि कास्की जिल्ला अदालतमा पेश गरिएको छ । 

आफ्नै आमाको हत्यामा संलग्न छोरा सहित २ जना पक्राउ
२०७८-१२-०८

कास्की, आफ्नै आमा ६७ वर्षीया नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा उनकै जेठो छोरा पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर कोठाभित्र घाँटीमा थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा शुक्रबार बिहान नौमायाँ नेपालीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई  पक्राउ गरेको हो ।  ओम बहादुरले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेर दुवै जना कुमारको कोठामा गई सुतेको र शुक्रबार बिहान ओम बहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिरक अनुसन्धानबाट खुल्न आएको छ ।   उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।  

नेपाली सेनाको क्याप्टेन हुँ भनी झुक्याई ठगी गर्ने पक्राउ
२०७८-१२-०८

कास्की,नेपाली सेनाको क्याप्टेन हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१० अम्मरसिंहचोक बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका- ५ घर भएका ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।  आफू नेपाली सेनाको क्याप्टेन रहेकोमा हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनि फेसबुकमा कुराकानी गरी विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट ९ लाख ७५ हजार १ सय ४० रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो ।  उनको साथबाट नेपाली सेनाको नक्कली परिचयपत्र, सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र चेस्ट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रयाकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचयपत्र, खाली परिचयपत्रहरू र बा.८४ प ६९८८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उनी उपर ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ । 

अभद्र व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ
२०७८-१२-०८

काठमाडौं,  काठमाडौं महानगरपालिका-२० कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक जना नाबालकलाई अभद्र व्यवहार (सार्वजनिक स्थानमा हातपात) गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ लगन घर भएका ३० वर्षीय अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय सुमन नेपाली र १६ वर्षीय किशोर रहेका छन् । होलीमा भएको विवादलाई पुनराबृत्ति गरी भोटेवहाल बस्ने केही व्यक्तिहरुले अभद्र व्यवहार गरेको सूचना प्राप्‍त हुनासाथै महानगरीय प्रहरी कन्ट्रोल कक्ष र क्विक रेस्पोन्स टिमबाट खटिएको प्रहरीले पीडितहरुलाई उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त जनसेवाबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०७

झापा, बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका-२ ठेगाना भएका ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-५ बस्ने अर्जुनधारा नगरपालिका-३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले २ दिन कैद, ३ लाख ८७ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा १५ हजार ४ सय ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भएको तथा राजु श्रेष्ठलाई जिल्ला अदालत झापाको २०७५ कात्तिक २९ गतेको फैसलाले १ वर्ष २५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०६

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका-२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णश्वरबाट पक्राउ गरेको हो । धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएकोमा चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ फागुन १० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टोखाबाट पक्राउ गरेको हो । राजेन्द्रले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको मेघा बैंक लिमिटेड गोंगबु शाखाको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उनलाई अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।               उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवान, ५ दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाईएको उक्त महाशाखाले जनाएको छ ।      

अवैध लागूऔषध सहित पक्राउ
२०७८-१२-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित सडकबाट ९ सय पिस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ टेकु बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भएका २० वर्षीय अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्‍ज वरमाभोजका १९ वर्षीय अजय गौतम रहेका छन् । लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित धनकुटा पाख्रिबास नगरपालिका-३ बस्ने ३३ वर्षीय बिनोद घिमिरेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-३०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत पुस २० गतेको फैसलाले ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । राधाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको "सानिमा नारी वचत” खाताबाट रकम भुक्तान हुने भनी चेक दिएकोमा भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा पक्राउ
२०७८-११-३०

सिन्धुली, मरिण गाउँपालिका-६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही चोकस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने महोत्तरी जलेश्वर नगरपालिका-९ फुलहट्ठा बस्ने २८ वर्षीय दिपेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बा.१६ च ७८५१ नम्बरको बोलेरोलाई प्रहरीले जाँच गर्ने क्रममा सिट बेल्ट लगाउन आग्रह गर्दा बोलेरो चालक मण्डलले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।  नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका-३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बालिकाको हत्या गरेको अभियोगमा २ जना पक्राउ
२०७८-११-२९

मोरङ, डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका-७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन् । उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट भएपछि केरा बगानमा गई गाँजा खाई अजयले बालिकाको घरमा गएर कोही नभएको मौकामा बालिकालाई बोकी बनमारा झाँडीमा ल्याएको, करणी गर्ने क्रममा बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानी करणी गरेको र पछि मिथुनले समेत जबरजस्ती करणी गरी सोही स्थानमा छोडेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-२८

काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी दाङ तुलसीपुर उपमहानगरपालिका-८ अश्वार ठेगाना भएका ३० वर्षीय अनुप पाण्डेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा बैंकिङ कसूर मुद्दा दर्ता भई उच्च अदालत तुलसीपुरबाट २०७८ फागुन २५ गते पक्राउ अनुमती जारी भएको तथा ईनजिनियरिङ एण्ड ईन्फ्रा प्रोजेक्ट प्रालिबाट साईड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले पीडितको सवारी साधन प्रयोग गरी सवारी साधनको भाडा बापतको रकम १ करोड ४४ लाख १७ हजार ७ सय ७६ रूपैयाँ मध्ये सानिमा बैंकको प्रर्याप्त मौज्दात नभएको चेक मार्फत १ करोड ८ लाख ५७ हजार ७ सय ७६ रूपैयाँ रकम भएको चेक दिई बैकिङ कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइने उक्त ब्यूरोले जनाएको छ ।

भारतीय नागरिकको हत्यामा संलग्न २ जना पक्राउ
२०७८-११-२७

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका   छन् ।  धनगढी उपमहानगरपालिका-५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ताको शव फेला परेको सूचना प्राप्त हुनासाथ सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।   धनगढी उपमहानगरपालिका-१ स्थित मिल्कि फन आइसक्रिमका सञ्चालकसँग फागुन २२ गते आइसक्रिम विक्री गरेको बापत १ हजार २ सय ४० रुपैयाँ बुझी हिँडेका कुलदीपसँग से.१ घ २८६६ नम्बरको अटोमा जाँदै गरेका राजेन्द्र र भुपेन्द्रको पार्कमोड नजिक भेट भएको थियो । कुलदीपलाई समेत अटोमा लिएर जाने क्रममा निजहरु बीच भाडाको बिषयमा विवाद हुँदा कुलदीपले गालीगलौज गर्न थालेपछि उनीहरूबीच हातपात हुँदा कुलदीप सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले काठको टुक्रा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । तीनै जनाले मादक पदार्थ सेवन गरेको अवस्थामा तत्कालको रिस आवेग थाम्न नसकी घटना भएको खुल्न आएको छ ।  उनीहरू उपर  ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

महिलाको हत्यामा संलग्न १ जना पक्राउ
२०७८-११-२७

झापा, मेचीनगर नगरपालिका-५ पिपलडाँडा चोक बस्ने ६८ वर्षीया अम्बिका कुँवरको हत्या गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय रण बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार घाँस काट्न गएकी कुवँर घर नफर्कीएपछि खोजी गर्नेक्रममा मेचीनगरनगरपालिका-५ पिपलडाँडा चोकस्थित बाझो खेतमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको खबर प्राप्त हुनासाथ संघीय प्रहरी ईकाइ कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहित जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले रण बहादुरलाई पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७८-११-२७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने गोरखा भिमसेन थापा गाउँपालिका-६ ठेगाना भएका २५ वर्षीय निसम बिक, काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ ठेगाना भएकी ३६ वर्षीया शान्ता कोईराला दवाडी रहेका छन् । निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ गतेको फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना र गत मंसिर २१ गतेको फैसलाले शान्तालाई ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो भने निसमको नाममा बैकिंङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौं मनमैजुबाट र निसमलाई बनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो । मुन्दिप र शान्तालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

महिलाको हत्यामा संलग्न २ जना पक्राउ
२०७८-११-२७

भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र  भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । 

चोरी कार्यमा संलग्न ५ जना पक्राउ
२०७८-११-२७

काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई गोकर्णेश्‍वर नगरपालिका-५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ बाहुनधारा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका  २०  वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्‍वर बस्ने सखुवासभा घर भएका २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने झापा बुद्दशान्ति गाउँपालिका-६ घर भएका २० वर्षीय दिपेश मगर र गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी बस्ने सुर्खेत मेलकुनादचोर घर भएका २४ वर्षीय विशाल राना रहेका छन् ।  काठमाडौं महानगरपालिका-६ बौद्ध तथा गोकर्णेश्‍वर नगरपालिकाको विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न गिरोहका ब्यक्तिहरुले सोही इलाका र अन्य इलाकामा समेत चोरीका मोटरसाइकल बिक्री बितरण गर्दै आईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।   उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ । 

लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ सहित २ जना पक्राउ
२०७८-११-२७

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई लैजान लागेको नेपालमा प्रतिबन्धित २ हजार दरको ४ थान र ५ सय दरको ५ सय ७३ थान गरी जम्मा २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जना थाई नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राहदानी नम्बर एबि २८७६४६६ वाहक ३२ वर्षीया WANWISA JANTASAN र राहदानी नम्बर एबि २८७९४३० वाहक ४१ वर्षीया WARAPORN KHUNSOMBAT रहेका छन् । भिस्टारा एयरलाईन्सको उडानद्धारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमा प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारेको हो । उनीहरूमध्ये WANWISA को साथबाट १ लाख ७९ हजार ५ सय तथा WARAPORN को साथबाट १ लाख १५ हजार गरी जम्मा २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ फेला परेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ
२०७८-११-२७

काठमाडौ महानगरपालिका-१६ माछापोखराबाट राज कुमार तामाङको सुन-चाँदीका गर-गहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  राज कुमारको सुन-चाँदीका गर-गहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ
२०७८-११-२६

झापा,  झापाका बिभिन्न स्थानहरुबाट ७ वटा मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई  सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- ७ बस्ने २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराउ, २२ वर्षीय दिपेश राजबंशी, सोही नगरपालिका-१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र सोही नगरपालिका-६ समिम ग्यारेजका संचालक भारत किसनगंज बिरखोर घर भएका १९ वर्षीय मोहम्मद समिम रहेका छन् ।  बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको लु.८३ प ३५५४ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रकाश सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनले बिभिन्न मिति र स्थानबाट जम्मा ७ वटा मोटरसाइकल अन्य ५ जना समेतको संलग्नतामा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये प्रकाश सहनी, प्रकाश दर्जी, दिपक उराउ र दिपेश राजवंशीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँसम्म पुर्‍याउने, बिर्ख लिम्बुले चोरी गरी ल्याएको मोटरसाइकल अन्य व्यक्तिलाई बिक्री गर्ने र मोहम्मद समिम चोरी गरी ल्याएको मोटरसाइकलको पार्टपुर्जा, नम्बरप्लेट परिवर्तन गरी विक्री गर्ने गरेको खुल्न आएको छ । उनीहरूको साथबाट प्रहरीले चोरी भएको ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७८-११-२६

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली  नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न धिरेनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय  रंगेली मोरङसँग आवश्यक समन्यव गरी पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि  महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सुनको सिक्री चोरी गरी भाग्दै गरेका २ जना प्रहरीद्वारा पक्राउ
२०७८-११-२६

बर्दिया, बढैयाताल गाउँपालिका-८ शितलाबजारमा सोही गाउँपालिका-८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका-२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त बजारमा लागेको हाटबजारमा तरकारी किन्दै गरेको अवस्थामा २ जना अज्ञात व्यक्तिहरुले महिलाले घाँटीमा लगाएको सिक्री तानेर भागेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शितलाबजारबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ ।  

चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा २ जना पक्राउ
२०७८-११-२५

काठमाडौं, यूट्युव च्यानल मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका-४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ । 

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
२०७८-११-२५

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
२०७८-११-२४

काठमाडौं,  इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका फरार प्रतिवादी सिरहा बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ । आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ परेपश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट 'डिफ्यूजन' तथा पुन: २०७७ साउन १९ गते 'रेड नोटिस' जारी गरिएको थियो । यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएकोमा इन्टरपोल शाखाले जनाएको छ ।

कर्तव्य ज्यानमा संलग्न व्यक्ति बहराइनबाट पक्राउ
२०७८-११-२४

काठमाडौं,  कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका छन् ।२०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट 'रेड नोटिस' जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेका थिए ।उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने उक्त शाखाले जनाएको छ ।

जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ
२०७८-११-२३

काठमाडौं, उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगीमा गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-६ ठुलापोखरी घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय अमर पाण्डे, अर्घाखाँची छत्रदेव गाउँपालिका-६ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे, काठमाडौं बालाजुस्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङ दुधपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका जरखुं बस्ने २२ वर्षीय आनन्द मरहठ्ठा, काठमाडौं कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक सिरहा, सिरहा नगरपालिका-१९ घर भई हाल ललितपुर सानोगाँउ बस्ने २३ वर्षीय विवेक यादव, काठमाडौं महानगरपालिका-३२ आकाशेपुलस्थित एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका-३ अधेँरी घर भई हाल काठमाडौं कपन बस्ने २८ वर्षीय अश्विन राई, काठमाडौं कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुली फिक्कल गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २२ वर्षीय घनश्याम पहाडी, काठमाडौं चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका रौतहट चन्द्रपुर नगरपालिका- ४ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २५ वर्षीया सृजना लामिछाने, काठमाडौं कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका मोरङ विराटनगर उपमहानगरपालिका-४ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ४० वर्षीया ज्ञानु न्यौपाने र काठमाडौं कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रौतहट मौलापुर गाउँपालिका-५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीय रामवचन कुमार यादव रहेका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्प्लेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फाराम भर्ने बहानामा ३ सय देखि ५ सय रूपैयाँसम्म फाराम चार्ज तथा १ हजार देखि ६ हजार रूपैयाँसम्म जब ग्यारेन्टि शुल्क लिने गरेको खुल्न आएको छ । साथै फाराम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने र कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भइसकेको भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फाराम शुल्क असुल्ने गरेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको छ । 

हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ
२०७८-११-२३

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका-३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका- १३ ताहचल बस्ने भारत प्रान्त पश्चिम बङ्गाल दार्जलिङ सिलिगुरी ठेगाना भएका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका    छन् । काठमाडौं महानगरपालिका-१३ ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर-गहनाको होलसेल कारोबार गरी बस्ने अमित कुमार अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडि बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा उनले कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रूपैयाँ ल्याई अमित कुमारको कोठामा पुर्‍याइ दिएको बताएपछि अमित कुमारको डेरा तलासी गर्दा नेपाली नगद १ करोड ५० लाख फेला परेको थियो । उनीहरूबाट विभिन्न चेक, भौचर प्याड, कारोबार सम्बन्धी विभिन्न कागजातहरू, २ थान ल्यापटप र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-२३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-७ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ स्थायी वतन भएका ३४ वर्षीय सुदिप थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत मंसिर १२ गतेको फैसलाले ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो । सुदिपले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी २०७६ फागुन ३ गते प्राइम कमर्शीयल बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट भुक्तान हुने चेक दिएकोमा रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ
२०७८-११-२३

काठमाडौं, नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस सामाजिक सञ्चालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा ललितपुर, ललितपुर उपमहानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने बिकास महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी Celeb Nepal नामक यूट्यूब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत् पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा गुल्मी भनभने नगरपालिका-९ स्थायी वतन भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट दुबैजनालाई ५ दिन म्याद थप अनुमति लिई उनीहरू उपर थप अनुसन्धान भइरहेको छ । 

महिलाको हत्या गरेको अभियोगमा पक्राउ
२०७८-११-२२

सुनसरी, ईटहरी उपमहानगरपालिका-५ तुलशाटोला डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ सरङडाँडा वतन भएकी सुमित्रा तामाङको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-५ डेरा गरी बस्ने धनकुटा पाख्रीबास नगरपालिका-६ फलाटे स्थायी वतन भएका जिवन, राम भन्ने २४ वर्षीय विनेश रानालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजको कोठामा खाटमाथि ओढ्ने ओढाई सुताएको अवस्थामा फागुन १७ गते बिहान एक महिलाको शव फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा मृतक सुमित्रा तामाङ भएको खुल्न आएको थियो । थप अनुसन्धानको क्रममा उक्त घटनामा विनेशको संलग्नता भएको खुल्न आएपछि धनकुटा पाख्रीबास नगरपालिका-११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइल सहित विनेशलाई प्रहरीले पक्राउ गरेको हो ।श्रीमान विदेश रहेको बेला विगत १ वर्षदेखि सुमित्रासँग प्रेम सम्बन्ध रहेकोले पटकपटक भेटघाट हुने गरेको, आपसी सल्लाह अनुसार  फागुन १५ गते बिहान उनीहरू उक्त होटलमा बसेको, फागुन १६ गते बेलुकी सुमित्राले अन्य पुरुषसँग मोवाइलमा कुरा गरेको बिषयमा बिबाद हुँदा कुटपिट गरेको र बिबाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्या गरी नगद ५ हजार रुपैयाँ र मोबाइल समेत लिई उनी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।  विनेश उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

धनमाल लुटपाटमा संलग्न ८ जना पक्राउ
२०७८-११-२०

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका-५ ठेगाना भएका २६ वर्षीय देबी प्रसाद धिताल, काठमाडौं स्वयंभू बस्ने धादिङ धुनबेशी नगरपालिका-३ ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, काठमाडौं सानोभर्‍याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका-२ ठेगाना भएका २८ वर्षीय हिक्मत महता, काठमाडौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ झलारी ठेगाना भएका २७ वर्षीय सुबाष रतोकी, काठमाडौं मित्रनगर बस्ने कञ्चनपुर शक्लाफाँटा नगरपालिका-२ झलारी ठेगाना भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका-८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका-५ सल्लेरी ठेगाना भएका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्युठान गौमुखी गाउँपालिका-६ ठेगाना भएका २१ वर्षीय भिटेन, संगित थापा भन्ने कमल सुनार रहेका छन् । उक्त फार्मेसीका संचालकलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधि बिक्री बितरण गर्ने गरेको छ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि फागुन १२ गते साँझ नियन्त्रणमा लिई पसलको काउन्टरमा भएको नगद, १ थान मोबाइल, १ थान घडी, ई-सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३ हजार ५ सय रुपैयाँ गरी जम्मा ६५ हजार रुपैयाँ जबरजस्ती लुटपाट गरी फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

मानव बेचविखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न व्यक्ति पक्राउ
२०७८-११-२०

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भएका ३९ वर्षीय मोती लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भनी प्रलोभन देखाई मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका-१६ माछापोखरी ईलाकामा ल्याई राखिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितहरुलाई उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो ।  उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ । 

गैंडा मारी खाग चोरी गरी लगेको घटनामा संलग्न फरार अभियुक्त पक्राउ
२०७८-११-२०

काठमाडौं, चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार अभियुक्त चितवन कालिका नगरपालिका-२ घर भएका ४० वर्षीय राजन प्रजालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  उनी काठमाडौं महानगरपालिका-१६ बनस्थलीमा लुकिछिपी रहेको भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनको प्राप्त पत्रको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीमा फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-११-१९

कास्की, पोखरा महानगरपालिका-२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पोखरा महानगरपालिका-१३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध रुपमा लैजान लागेको जापानी येन सहित पक्राउ
२०७८-११-१९

अवैध रूपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येन सहित स्याङ्जा मिर्मी गाउँपालिका-६, पालिचौर स्थायी वतन भएका ४८ वर्षीय रेस्म राज भट्टराईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा निजले बोकी ल्याएको झोलाभित्र खाममा राखेको उक्त जापानी येन फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

संसद भवन अगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ
२०७८-११-१८

काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा सोमबार शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको घटनामा संलग्न रहेको अभियोगमा चावाहिल बस्ने काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका-२ सिमथली घर भएका २१ वर्षीय  सुवास महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जनमानसमा भय त्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले उक्त ठाउँमा शंकास्पद वस्तु राखेको घटनामा संलग्न उनलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष रहेको खुल्न आएको छ ।  घटनामा प्रयोग भएको बा.प्र.०२-०३०-प ७०८५ नम्बरको मोटरसाईकल, हेल्मेट, ज्याकेट र विभिन्न कम्पनीका ४ थान मोबाइल प्रहरीले बरामद गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

मोबाइल पसल फुटाई चोरी गर्ने २ जना पक्राउ
२०७८-११-१८

काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका-५ ठेगाना भएका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-५ ठेगाना भएका २२ वर्षीय गणेश क्षेत्री रहेका छन् ।  पसलको झ्याल फुटाई गत माघ १८ गते राति पसलमा रहेका बिभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित बिजि महल अगाडिबाट चोरीका सामान सहित पक्राउ गरेको    हो । प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाईट भिजन समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको उक्त महाशाखाले जनाएको छ । 

अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन सहित पक्राउ
२०७८-११-१६

काठमाडौं, अवैध रुपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको ९४.९ ग्राम सुनको २ थान ब्रासलेट सहित सप्‍तरी मौवावेल्ही-४, वतन भएका ३६ वर्षीय एमडि सौकात अलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।कतार एयरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका अलीलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ एरियामा सोधपुछ एवं तलासी गर्दा जिन्स पाईन्टको दाँया तथा बाँयातर्फको कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा उक्त ब्रासलेट फेला पारी पक्राउ गरेको  हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

क्यानडा पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ
२०७८-११-१५

काठमाडौं, क्यानडा पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने धनुषा जनकनन्दनी गाउँपालिका-४ घर भएका २३ वर्षीय लालबाबु कापरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लालबाबुले आफ्नो मान्छे क्यानडामा छ, अन्य व्यक्तिलाई २२ लाख रुपैयाँ लाग्छ तिमीलाई १२ लाख २० हजार रुपैयाँमा मिलाईदिन्छु भन्दै प्रलोभन देखाई भिषा प्रोसेसिङ्गको लागि आफ्नो बैंक खातामा पटक-पटक गरी १२ लाख रुपैयाँ रकम जम्मा गर्न लगाएर ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं  महानगरपालिका-३२ तिनकुनेबाट उनलाई पक्राउ गरेको  हो । लालबाबुले पीडितको मेल आईडीमा भिषा, हवाई टिकट समेत पठाई सन् २०२२ जनवरी १० मा उडान रहेको भनी एयरपोर्ट पुग्दा भिषा र टिकट नक्कली रहेको थाहा भएको थियो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा पठाईएको उक्त महाशाखाले जनाएको  छ । 

अवैध रूपमा भन्सार छलि लैजान लगेको सुनका सिक्री सहित पक्राउ
२०७८-११-१४

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको १ हजार १ सय ६५ ग्राम तौल भएको सुनको १० थान सिक्री सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टेनल गेटबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईले अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरु लिई भन्सार चेकजाँच क्षेत्र पास गराई पुन:सोही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बरामद सुनको सिक्री सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

अवैध रूपमा लैजान लागेको मलेसियन रिंगेट सहित भारतीय नागरिक पक्राउ
२०७८-११-१३

काठमाडौं, अवैध रुपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेट सहित भारतीय नागरिक राहदानी नम्बर भि ४७१८४३६ बाहक ४० वर्षीय आरिसलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका आरिसलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा निजले लिई आएको लगेजभित्र खैरो रंगको खाममा विभिन्न दरका गरी उक्त मलेसियन रिंगेट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।बरामद मुद्रा सहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको  छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-१२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ कात्तिक २९ गतेको फैसलाले १० दिन कैद र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।  विश्वनाथले २०७६ र २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी आफ्नो नेपाल बैंक लि. न्यूरोडको बैंक खाताबाट रकम भुक्तान हुने भनि पीडितलाई झुक्यानमा पारी चेकहरू दिएको र भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७८-११-१२

काठमाडौं, नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका-८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । हित बहादुरले काठमाडौं साँखुस्थित साल्खा-६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मै दिन्छु भनि धनीपूर्जा र नक्शाको फोटो कपी दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटक पटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ जम्मा गर्न लगाई विभिन्न बहानामा जग्गा पास नगरी झुलाई रहेपछि पीडित मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा हित बहादुरको नाममा नभएको खुल्न आएको थियो । अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनि बैना गर्न लगाई आफूलाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले हित बहादुरलाई कपनबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ । 

मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरू पक्राउ
२०७८-११-१२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ मुखिया गाउँ बस्ने सागर महर्जनको घरमा पार्किङ गरी राखेको बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ महादेवखर्क बस्ने १९ वर्षीय कुमार स्याङतान र २० वर्षीय युवराज तामाङ रहेका छन् । उक्त मोटरसाइकल गत माघ ८ गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा धादिङ गजुरी गाउँपालिका-२ फुर्केखोलामा उनीहरुलाई मोटरसाइलको बास्तविक नम्बर परिवर्तन गरी बा.९६ प ०१०८ नम्बर टास गरी चलाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । पर्सा, वीरगञ्ज महानगरपालिका-१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको पार्किङस्थलमा पार्किङ गरी राखेको प्रदेश २-०३-००७ प ८३०५ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२४ बस्ने २७ वर्षीय दिलिप कुमार चौधरी, सोही महानगरपालिका-३ बस्ने ३२ वर्षीय महमद हस्मोदिन मियाँ र सोही महानगरपालिका-२५ बस्ने २४ वर्षीय राजन पटेल रहेका छन् । उक्त मोटरसाइकल गत फागुन ५ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूले मोटरसाइकल चोरी गरी राजन पटेलको घरमा लुकाइ छिपाई राखेको र सो मोटरसाइकलको पार्टपूर्जा खोली महमद हस्मोदिन मियाले आफ्नो ना.८ प १०८३ नम्बरको मोटरसाइकलमा लगाएको खुल्न आएपछि उनीहरुलाई दुवै मोटरसाइकल सहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमित लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

चोरीका सामान सहित १ जना पक्राउ
२०७८-११-१२

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ इटालिचोकस्थित सुर्वण काजि श्रेष्ठको घरबाट चोरी भएको वर्ल्ड लिंकमा प्रयोग हुने राउटर ६ थान र एभि केवल ३ थान सहित सोही नगरपालिका-४ पासिकोट बस्ने सिन्धुली घुर्मि गाउँपालिका- ४ घर भएका २८ वर्षीय युवराज तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरमा गत फागुन ६ गते वर्ल्ड लिंकका कर्मचारीले इन्ट्रानेट सम्बन्धी काम गर्दै गरेको अवस्थामा उक्त राउटर र केवल सहितको झोला चोरी भएको घटनाको अनुसन्धानको क्रममा बुढानिलकण्ठ नगरपालिका-७ गणेश चोकस्थित ह्याप्पी कोलोनीभित्र युवराजलाई उक्त चोरी भएको सामान बिक्री गर्ने उद्देश्यले बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीउपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत काठमाडौं म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

निक्षेपकर्ताहरूको रकम ठगी गरेको अभियोगमा सहकारीका २ जना संचालकहरू पक्राउ
२०७८-११-११

काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताहरूको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जनालाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका-३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । निक्षेपकर्ताहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका संचालकहरुले हिनामिना गरी आफूखुशी सहकारीको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेर उक्त ठगी गरी सहकारीमा ताला लगाएर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं अनामनगर र शिवलाई पकनाजोलबाट पक्राउ गरेको हो ।  अन्य बचतकर्ताहरुले समेत उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न उक्त ब्यूरोले अनुरोध गर्नुका साथै यस सम्बन्धमा ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।

अवैध रुपमा लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित पक्राउ
२०७८-११-११

काठमाडौं, अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित भारतीय नागरिक राहदानी नम्बर जेड५३१४७४० बाहक ४५ वर्षीय सतिस परशोत्तम सजनानिलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका सजनानिलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिन एरियामा जाँच गर्ने क्रममा ह्‍याण्ड व्यागभित्र रहेको प्लाष्टिकमा विभिन्न देशका मुद्राहरू सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  उनको साथबाट २० हजार १ सय ५० अमेरिकी डलर, ३१ हजार ६ सय नेपाली रुपैयाँ,  बेलायती पाउण्ड ५, जर्जिया लारी ५०, भारतीय रुपैयाँ १ सय र यूएई दिराम १ हजार ३ सय ५५ प्रहरीले बरामद गरेको छ ।  बरामद मुद्रा सहित उनलाई आवश्यक कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको   छ । 

हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
२०७८-११-११

इलाम साबिक बाझो-१ स्थायी बतन भई हाल बिराटनगर महानगरपालिका-३ स्थित पिपलचोकमा डेरा गरी बस्ने ४३ वर्षीय दिनेश सिक्देलको हत्या पश्चात जेब्रा झोलामा प्याक गरी फालेको अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका-४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्डारी रहेका छन् । सुनसरी धरान उपमहानगरपालिका-४ कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडक खण्डको जेठामाने गोलाईस्थित सडकमा जेब्रा झोलामा फागुन ४ गते टाउको र खुट्टा र सोही ठाउँस्थित झाडीमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा ५ गते शरीरको भाग फेला परेको थियो । घटनास्थलमा फेला परेका दशी प्रमाणको विवरणका आधारमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत बहराइन प्रहरीसँगको समन्वयमा बहराइनस्थित टाटवीर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने दिनेश विदामा नेपाल आएपछि नफर्किएको खुल्न आएको थियो । घटनाको अनुसन्धानको क्रममा बहाराइनमा काम गर्ने दिनेश विदामा आउँदा कान्छी श्रीमतीसंगै बस्ने र यस पटक समेत नेपाल आउने जानकारी भए पनि हालसम्म घरमा नआएको भनि खुलेपछि निजको कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई सोधपुछका क्रममा निज र निजको साथी सरोजको मिलेमतोमा दिनेशको हत्या गरी मृतकको टाउको र तिघ्रा काटी प्लाष्टिकले बेरी झोलाभित्र राखी धरान उपमहानगरपालिका-४ स्थितमा फालेको खुल्न आएको हो । दिनेश बहराइनमा हुँदा उनकी कान्छी श्रीमती अनिता र सरोज बीचमा प्रेम सम्बन्ध रही ५/६ महिनादेखि निजहरु श्रीमान श्रीमती झै बसेका, दिनेशले कमाएको रकम अनितालाई पठाउने, सो रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले लामो समयदेखि नै सम्बन्धमा खटपट रहेको र प्रेमी सरोजलाई १ लाख ऋण दिएको हुँदा थप ७५ हजार दिने र दुवै जना विवाह गरी बस्ने सर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि निजलाई हत्या गर्ने योजना बनाई योजनाबद्ध हत्या भएको खुल्न आएको छ । प्रहरीले वारदातमा प्रयोग भएको १ थान ग्रेण्डर मेसिन, १ थान गल्बन्दी, रगत जस्तो लागेको १ थान सर्ट लगायतका विभिन्न दशी प्रमाण समेत बरामद गरेको छ । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ । 

बैंक तथा बित्तिय संस्था ऐन अन्तर्गतको कसूरमा संलग्न १ जना चिनियाँ नागरिक सहित ३७ जना पक्राउ
२०७८-११-११

काठमाडौं, बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला गरी जम्मा ३७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्‍वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिकद्वारा बिभिन्न एप्लिकेशनहरु मार्फत गैर कानूनी तवरले लोन स्क्याम गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको संयुक्त  टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिभिन्न एप्लिकेशनहरु मार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइल समेत बरामद गरेको छ । उनीहरु उपर बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ । 

बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७८-११-११

सिन्धुपाल्चोक, आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दाउरा चिर्ने बिषयमा विबादका कारण जिवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
२०७८-११-११

पर्सा, वीरगञ्ज महानगरपालिका-६ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको सोही ठाउँ बस्ने शुभम शर्माको ना.४३ प ३४४ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१६ ठेगाना भएका २१ वर्षीय संजय कुमार सर्राफ, सोही महानगरपालिका-२ ठेगाना भएका २० वर्षीय असफाक अली र २० वर्षीय चुनचुन बाबु राउत रहेका छन् । सडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा गत फागुन ७ गते मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुले उक्त मोटरसाइकल चोरी गरी संजय कुमार सर्राफको घरमा लुकाई राखेको खुल्न आएपछि उक्त मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरेको    हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमति लिई अनुसन्धान भइरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-११-१०

मोरङ, भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  बिकले मिणालाई लेनदेनको बिषयमा बादबिबाद हुँदा हत्या गरी उदयपुरको श्रृष्टी जंगलमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका मिणा गत माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन ७ गते उक्त जंगलमा उनको शव फेला परेको थियो ।   पुलको ठेक्कापट्टा गर्ने बिक र मृतक मिणाबिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम गर्ने भनी सम्झौता भए अनुसार विगत डेढ महिनादेखि डास खोलामा काम गर्दै आईरहेकोमा गत माघ २३ गते बिकको वीरगंजस्थित अर्को साईड हेर्न भनी बिआर ०१ बिसि ५६९७ नम्बरको गाडीमा दुवै जना वीरगञ्ज गएका र माघ २५ गते फर्किएर बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो । मादक पदार्थ सेवन गरेका बिकले बादबिबादको क्रममा मिणाको घाँटीमा केबल तारले कसेर हत्या गरेको र शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीबाट ३० किलोमिटर माथि जंगलमा लगि फालिदिएको अनुसन्धानबाट खुल्न आएको छ ।  साथै बिकले मृतकको मोबाइल कोशी नदीमा फाली गाडी भारतीय बजार भिमनगर लगेर वेवारिसे अवस्थामा छोडेर फर्किएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।  बिकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कटारी उदयपुर पठाइएको छ । 

अवैध कल सेन्टर संचालक सहित ८० जना पक्राउ
२०७८-११-१०

भक्तपुर, सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजार सम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्‍चित ब्याज सहित तोकिएको समयभित्र उठाउन ऋणिहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो । उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान जारी रहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-१०

काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-१० मनमैजुमा श्रृष्टी प्रफुल सप्लायर्स संचालन गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-८ घर भएका ४३ वर्षीय राम प्रसाद पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाले ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नेपालटार काठमाडौंबाट पक्राउ गरेको हो । पाण्डेले एनआइसी बैंक लिमिटेडमा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
२०७८-११-१०

कपिलवस्तु, शिवराज नगरपालिका-३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका-६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको छ । शिवराज नगरपालिका-३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टन्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले तिलकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  छ ।

अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ
२०७८-११-१०

काठमाडौं, भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ९ सय ३६ ग्राम अर्धठोस सुन सहित बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू५४४०२८१ वाहक ४० वर्षीय पारस नाथ साहले भन्सार छलि ल्याउन लगाएको भनी खुलाएपश्चात पारसलाई समेत प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको  छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-०९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-७ बस्ने नुवाकोट लिखु गाउँपालिका-४ घर भएका ३७ वर्षीय विनोद थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७८ मंसिर ७ गतेको फैसलाले १५ दिन कैद र ५१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं फुटुङबाट पक्राउ गरेको हो । विनोदले आफ्नो खातामा प्रर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं लिमिटेड, शाखा कार्यालय गोंगबुमा निजको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

ठगी गरेको अभियोगमा २ जना पक्राउ
२०७८-११-०९

काठमाडौं, ठगी गरेको अभियोगमा रौतहट माधबनारायण नगरपालिका-२ घर भई पर्सा वीरगञ्ज बस्ने सुभम साह र बारा महागढिमाई नगरपालिका-१० घर भई पर्सा वीरगञ्ज बस्ने सर्फराज आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ई-सेवाले बोनस बाँड्दैछ, आफ्नै ई-सेवामा ५० हजार रकम जम्मा गरेमा २ हजार ५ सय रुपैयाँ बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट ई-सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी बिश्वासमा पारी ई-सेवा आईडीको ओटिपी प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।ठगी गरेको उक्त रकमले टिकटकमा विक्रीको लागि राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी उनीहरूले पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगंजबाट पाउने गरी पठाउन लगाएको बुझिएको छ । यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको छ । 

कुटपिटबाट मृत्यु, ४ जना पक्राउ
२०७८-११-०९

कैलाली, भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भई झै-झगडा हुँदा कुटपिटबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेर कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न ४ जना प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा १ जना पक्राउ
२०७८-११-०८

   कपिलवस्तु, वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने एकलमहिला ६० वर्षीया यशोधा लोनियाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मृतकको देवर नाता पर्ने सोही नगरपालिका-१० सोनपुर बस्ने ४० वर्षीय शम्भु लोनियालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । यशोधा लोनियाको गत मंसिर ११ गते आफ्नै घरभित्र कर्तव्य गरी हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न शम्भुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा मादक पदार्थ सेवन गरेको विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमती माईतीघरमा गएकीले शम्भु मंसिर १० गते  राति यशोधाको घरमा गएको, मृतकसँग सहमतिमै शारीरिक सम्पर्क गरेको तथा पुनः अर्को पटक शारीरिक सम्पर्क गर्न खोज्दा यशोधाले ईन्कार गरी चिच्याएर हल्ला गर्छु भनेकीले घाँटी थिचिदा लल्याक-लुलुक भएपछि धोती र डोरीले दुवै हात टाउकोमाथि लगेर बाँधेर घर फर्केको खुल्न आएको हो । उनीउपर जिल्ला अदालत कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । 

रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७८-११-०८

मोरङ,  फलामको रड प्रहार गरी केराबारी गाउँपालिका-८ बस्ने २६ वर्षीय वाबुराम भट्टराईको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका-८ हजार बिघा सामुदायिक बनमा रहेको ढलेको रुखको जरामुनि खाल्डो परेको ठाउँमा गत माघ ९ गते वाबुराम भट्टराईको शव फेला परेको थियो । अनुसन्धानको क्रममा बावुराम पुस २७ गते राति देखिनै वेपत्ता भएकोमा पुस २८ गते सामान्य विवादको क्रममा कमल लिम्बुले मुक्का तथा फलामको रड प्रयोग गरी हत्या गरेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो । उनीउपर मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ । 

मोटरसाइकल चोरी गरेको अभियोगमा १ जना पक्राउ
२०७८-११-०८

काठमाडौं,  काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वर घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बस्ने २१ वर्षीय पुल्कित ठकुरीलाई तीन थान मोटरसाइकल चोरी गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित सडकमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले ठकुरीले चलाई ल्याएको बा.९२ प ३८ लेखिएको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा सवारी साधनको आवश्यक कागजपत्रहरु माग गर्दा सम्बन्धित कागजपत्रहरु दिन नमानेकाले शंका लागि मोटरसाइकलको निरीक्षण गर्दा अगाडि तथा पछाडीको नम्बर प्लेटमा टेपले अंक छोपिएको पाइएपछि थप सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल ललितपुर मङ्गलबजारबाट चोरी गरेको खुल्न आएको थियो । थप अनुसन्धानको क्रममा उनले बिभिन्न मितिमा कोटेश्‍वर इलाक समेतबाट चोरी गरी ल्याएका थप २ थान मोटरसाइकलहरु काठमाडौं महानगरपालिका-३२ नरेफाँट कोरिडोरस्थित खाली जग्गामा रहेको फोहोर फाल्ने थुप्रो नजिक लुकाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । उनीउपर चोरी गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

रकम ठगी गरेको अभियोगमा १ जना पक्राउ
२०७८-११-०८

 सुनसरी, कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छु भनी प्रलोभनमा पारी ३३ लाख रकम ठगी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-१२ बस्ने मन्दु भनिने जस बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौं भनी थुनुवाका आफन्तसँग लिम्बु र ईटहरी उपमहानगरपालिका-१२ बस्ने भरत चौधरीले न्यायाधिस र प्रहरीसँग राम्रो सम्बन्ध रहेको भन्दै दुवै जनालाई छुटाईदिने प्रलोभनमा पारी उक्त रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले ठगी गर्नेमध्ये लिम्बुलाई पक्राउ गरेको हो । हाल फरार भरतको खोजी गर्नुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालयले ईटहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

यार्सागुम्बा र भालुको पित्त सहित १ जना पक्राउ
२०७८-११-०८

कञ्चनपुर,   कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिर नजिकबाट ५ सय २४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्त सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका-२ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई २४ ग्राम यार्सागुम्बा र भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा निजको कोठा तलासी गर्दा थप ५ सय ग्राम यार्सागुम्बा फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७८-११-०७

काठमाडौं, नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो ।साथै गुप्ताले काठमाडौं महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी सुनचाँदी पसलमा अन्दाजी १/१ तोलाको सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीहरू बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनीउपर ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।

कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जना पक्राउ
२०७८-११-०६

जुम्ला, कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नव जंग रोकाया, २४ वर्षीय बखत रोकाया र २४ वर्षीय ईश्वर पछाई रहेका छन् । सामान्य बादबिबादमा उनीहरू समेत ४ जनाले बिहीबार साँझ कुटपिट गर्दा घाइते भएका वडलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोठिच्युलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  कुटपिटमा संलग्न हाल फरार रहेका सोही ठाउँ बस्ने २१ को कुरम रोकायको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटना गरी फरार चालक पक्राउ
२०७८-११-०६

काठमाडौं महानगरपालिका-१६ गंगाहल नजिक सडकमा बिहीबार बिहान भएको सवारी दुर्घटना (हिट एण्ड रन) का चालक धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका-५ घर भएका १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका-१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङ, धादिङबेशीबाट बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बस सहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको हो । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ
२०७८-११-०६

काठमाडौं महानगरपालिका-१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका-६ चोभार पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । छोराहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रुपमा ल्याउँदै गरेको सामान सहित पक्राउ
२०७८-११-०६

रुपन्देही, बुटवल उपमहानगरपालिका-१ तिनाउपुलबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ४ लाख रुपैयाँ मूल्य बराबरको १ सय ८८ जोर जुत्ता र १ हजार २ सय ९६ मिटर कपडा सहित सैनामैना नगरपालिका-२ बस्ने २८ वर्षीय कृष्ण थापा र ४० वर्षीय तुलसी थारूलाई बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । लु.१ ज ३१६७ नम्बरको पिकअपलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा पिकअपमा ल्याउँदै गरेको उक्त सामानहरू सहित चालक कृष्ण र पिकअपमा सवार तुलसीलाई सामान र गाडी सहित पक्राउ गरेको हो । उनीहरूलाई पिकअप र बरामद सामानहरू सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।  यसैगरी बुटवल उपमहानगरपालिका-५ विकासपथस्थित अहमद मिया र ईशाक मियाको नेपाल फुटवेयर गोदामबाट अवैध रुपमा राखिएका ६ हजार १ सय ३४ जोर जुत्ता, ५ हजार २ सय ५० जोर चप्पल र ३ सय २५ जोर सेण्डिल गरी ७४ लाख ८ हजार ६ सय रुपैयाँ मूल्य बराबरको सामानहरू बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल र राजश्व अनुसन्धान कार्यालय बुटवल समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो । बरामद सामानहरू आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा राखिएको छ । 

विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ
२०७८-११-०५

झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-२ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कन्काई नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय भिष्म थापा, दमक नगरपालिका-९ चियादोकान चोक ठेगाना भएका ५० वर्षीया देवी बास्कोटा(गुरागाई), कन्काई नगरपालिका-३ ठेगाना भएका ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका-१ ठेगाना भएका ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगञ्ज गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका-५ ठेगाना भएका ३३ वर्षीय प्रदिप थापा, गौरीगञ्ज गाउँपालिका-३ ठेगाना भएका ४५ वर्षीय विजय कुमार दास हलुवाइ र संखुवासभा खाँदवारी नगरपालिका-१० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने २९ वर्षीय मनमोहन दाहाल रहेका छन् ।  विर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा गत माघ ९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र “हिमाल सुरक्षा परिषद” नामको पर्चाहरु फेला परेको तथा माघ १३ गते दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु र पर्चाहरु फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संग्लग्न उनीहरुलाई विभिन्न कागजात तथा ६ थान मोबाइल सहित पक्राउ गरेको हो ।  उनीहरु उपर विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ज्यान मार्ने उद्योग/चोरी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ
२०७८-११-०५

स्याङ्जा, ज्यान मार्ने उद्योग/चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका-५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । शंकरले आँधिखोला गाउँपालिका-५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा समेत चोरी लगेको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनराबेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी पक्राउ गरेको हो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

नक्कली नेपाली नोट सहित ४ जना पक्राउ
२०७८-११-०५

काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका-९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ । 

ढलौटको मूर्तिहरु सहित २ जना पक्राउ
२०७८-११-०५

काठमाडौं महानगरपालिका-१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईकुण्ड नगरपालिका-५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरु फेला पारी पक्राउ गरेको हो ।  उनीहरु उपर चोरी गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको  छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ
२०७८-११-०४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर गोदाबरी नगरपालिका-१० सल्यानगाउँ ठेगाना भएका ५६ वर्षीय सुन बहादुर तामाङलाई घटनाको ३७ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर साविक चापागाउँ गाबिस-८ सल्यानगाउँ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई २०४१ चैत १२ गते राति कुटपिट गरी मृत्यु भएको घटनापश्चात फरार भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । सुन बहादुर उपर कर्तब्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०४४ जेठ ५ गते साविक मुलुकी ऐन, अदालती वन्दोवस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो ।  उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०७८-११-०४

काठमाडौं, विदेशमा अध्ययनरत नेपाली युवतीको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी नेपाली युवतीको सामाजिक सञ्चाल फेसबुकमा फेक प्रोफाइल बनाई अश्लित तस्वीर र भिडियो पोष्ट गरी अश्लिल स्टाटस लेखी पीडितका आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न राजनलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ । 

सर्वसाधरणलाई शारीरिक तथा मानसिक हैरानी दिने व्यक्ति पक्राउ
२०७८-११-०४

काठमाडौं, ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका-४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो Nepali Pranksters नामक युट्युब च्यानलमा राख्ने कार्य गरेको खुल्न आएपछि आकाशलाई प्रहरीले पक्राउ गरेको हो ।  आकाश उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ । 

युरेनियम जस्तो देखिने पदार्थ सहित ८ जना पक्राउ
२०७८-११-०३

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायत रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका-१४ घर भएका ६० वर्षीय नवराज महत, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर रहेका छन् ।   काठमाडौं बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई यूरेनियमको संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा राखेको बा.५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थ सहित भुपेन्द्र र नवराजलाई फेला पारी पक्राउ गरेको थियो । साथै उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थलाई उनीहरूले भारतबाट ल्याई प्रति केजी ३५ करोड रुपैयाँ मूल्यमा विक्री गर्न लागेको र उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले उक्त कार, बा.२६ प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचयपत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ । उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्धामा ७ दिन म्याद थप अनुमति प्राप्त गरी महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको   छ ।

यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा पक्राउ
२०७८-११-०३

कास्की, आफूलाई यूएनको ईन्जिनियर भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट नगद १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  दिनेशले विभिन्न मितिमा कास्की पोखराबाट उक्त रकम ठगी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देही बुटवल उपमहानगरपालिका-९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटना गरी फरार सवारी साधन सहित १ जना पक्राउ
२०७८-११-०३

ललितपुर, ललितपुर धोबिघाटस्थित सडकमा सोमबार राति सवारी दुर्घटना गरी भागेको बिआर ०५ एएन ५९२० भारतीय नम्बरको कार र भारत बिहार चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई सोमबार रातिनै प्रहरीले पक्राउ गरेको छ ।  सवारी दुर्घटना गरी भागेको भारतीय नम्बरप्लेटको सवारी साधन नियन्त्रणमा लिनको लागि ललितपुर जिल्लाबाट काठमाडौं भित्रिने सम्भावित नाकाहरूमा चेकप्वाइन्ट खडा गरी जाँच गर्नेक्रममा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि बरामद कारसहित महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चाँदीको जस्तो देखिने विभिन्न गरगहना सहित २ जना पक्राउ
२०७८-११-०३

दैलेख, ढुङगेश्वर गाउँपालिका-१ स्याउली बजारबाट करिब २१ किलो ७ सय २५ ग्राम चाँदी जस्तो देखिने वस्तुबाट बनेका बिभिन्न किसिमका गरगहना सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने डम्बर प्रसाद ढुंगाना र कैलाली टिकापुर नगरपालिका-९ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ एरिचोक बस्ने २६ वर्षीय दिपक पाण्डे रहेका छन् । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे.१ च ३२१३ नम्बरको बलेरो गाडीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गरगहना फेला पारी गाडीमा सवार डम्बर र गाडीका चालक दिपकलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट करिब १ लाख ६३ हजार ४ सय ८९ मूल्य बराबरका पोते, पत्थरहरु, गहना राख्न प्रयोग हुने डिब्बाहरु लगायतका सामानहरू समेत बरामद गरेको छ । उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-११-०३

रोल्पा, गंगादेव गाउँपालिका-४ गौरामाठे बस्ने २७ वर्षीय महेश वलीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही गाउँपालिका-४ डलसिङ्गे बस्ने ३९ वर्षीय पर्शुराम वलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । गंगादेव गाउँपालिका-४ तिखेचुलामा पर्शुरामले खुकुरी प्रहार गर्दा महेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । गम्भीर घाइते महेशको मालेखोला स्वास्थ्य चौकी हुँदै राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ
२०७८-११-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौं महानगरपालिका-२६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्शन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् । उच्च अदालत पाटनको गत मंसिर २४ गतेको फैसलाले सुरजलाई २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र सुमितलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । सुरजलाई आइतबार काठमाडौं गोंगबुबाट र सुमितलाई सोमबार लाजिम्पाटबाट फेला पारी पक्राउ गरिएको हो । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्यानमा पारी आ-आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-११-०२

मोरङ, आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।  झापा, आफ्नै श्रीमती ३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका-१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका छन् । मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-११-०२

मोरङ, धनपालथान गाउँपालिका-३ बेतौना बस्ने ३० वर्षीया महिलाको अन्दाजी १३ तोला चाँदीका गहना ठगी गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ४० वर्षीया रिना खातुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रिनाले ती महिलाको घरमा चाँदीका गरगहना राखी जोखना हेराउने भन्दै उक्त परिमाणको चाँदीका गहना ठगी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बतौनाबाट खटिएको प्रहरीले रिनालाई पक्राउ गरेको हो ।  झापा, चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि नगद २ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सिटिसेन्टर बस्ने ३६ वर्षीय दिनेश लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिनेशले चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि बिर्तामोड नगरपालिका-६ बस्ने एक व्यक्तिबाट बिभिन्न मितिमा उक्त नगद ठगी गरेको र पुनः नगद ४ लाख रुपैयाँ माग गरेको भनी ईलाका प्रहरी कार्यालय अनारमनीमा निबेदन प्राप्त भएपछि सो कार्यालयबाट खटिएको प्रहरीले दिनेशलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ज्यान सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०७८-१०-२९

काठमाडौं, ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार राति गिरीले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ बर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पुरुषलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ हुँदै वीर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको थियो । उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-१०-२८

सुर्खेत, भेरिगंगा नगरपालिका-१३ बस्ने २७ वर्षीय कर्ण बहादुर रसाईलीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका-८ बस्ने १९ वर्षीय रामपुर्ण रानामगर रहेका छन् । सामान्य बिबादका कारण वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेस्थित ईत्राम पुल नजिक रसाईलीलाई ३ जना व्यक्तिहरुले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये उनीहरुलाई १ थान खुकुरी सहित पक्राउ गरेको हो । घाइते रसाईलीको माया नर्सिङहोम सुर्खेतमा उपचार भइरहेको छ ।  घटनामा संलग्न हाल फरार अन्य ब्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-१०-२८

धनुषा, जनकपुर उपमहानगरपालिका-६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका-१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका-१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका-८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका-७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका-४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा ती बालक समेत २ वटा बच्चा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

नगद र मोबाइल लुटपाट गरेको अभियोगमा पक्राउ
२०७८-१०-२८

काठमाडौं, आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ कुशल ब्याङ्केट अगाडि दुईजना ब्यक्तिहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा आफूलाई प्रहरी बताउने २ जना ब्यक्तिहरुले धाक धम्की दिई निजहरुलाई लागूऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगि नगद ६० हजार रुपैयाँ र २ थान मोबाइल लुटि लगेका भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गरेको हो । प्रहरीले सुजनको साथबाट नगद १० हजार रुपैयाँ, २ थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय-पत्र १ थान समेत बरामद गरेको   छ । उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

नाबालकको सुनको मुन्द्रा लुट्ने र लुटेको मुन्द्रा किन्ने २ जना पक्राउ
२०७८-१०-२८

काठमाडौं, मामा भनी ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटपाट गरेको तथा लुटेको मुन्द्रा किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा लुट्ने काठमाडौं गोकर्णश्वर नगरपालिका-४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्‍ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका-६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-८ घर भएका ३० वर्षीय राज कुमार बराइली रहेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका-६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई नाबालकले कानमा लगाएको अन्दाजी २/२ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात फरार भएका व्यक्ति पक्राउ
२०७८-१०-२८

काठमाडौं, अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका-६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-७ चावहिलबाट शेर्पाले अनलाईन मार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भनि मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थाना मोबाइल समेत प्रहरीले बरामद गरेको छ । उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-१०-२८

ओखलढुङगा, मानेभन्ज्याङ गाउँपालिका-१ बाख्रे बस्ने ६० वर्षीय टंक बहादुर बस्नेतलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जग्गाको बिषयमा विवाद हुँदा राम कुमार जोगीले खुर्पाले प्रहार गर्दा टंक बहादुर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी निसंखेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते टंक बहादुरलाई मिसन अस्पताल ओखलढुंगा हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-१०-२७

  काठमाडौं,  काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङस्थित ग्रिल कारखानामा काम गर्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका २२ वर्षीय बिकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ घर बताउने ४८ वर्षीय मिलन खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  मदिरा सेवन गरी एक आपसमा विवाद हुँदा बिकासले जथाभावी गाली गलौज गरी अश्‍लिल शब्द समेत बोलेकोले मिलनले चक्‍कु र बन्चरोले गर्धन र टाउकोमा प्रहार गरी बिकासलाई गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बिकासको मनमोहन मेमोरियल अस्पताल हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ । मिलन उपर ज्यान मार्ने उद्योग  कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१०-२६

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० साधखोला बस्ने ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेको अभियोगमा ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मिन कुमारी र छिमेकी महिला सोही ठाउँ खहरे बगुवा दोभानस्थित सिचाईकुलो खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएको अवस्थामा कुमारले दुवै महिलालाई मुख छाडेको विषयमा मिन कुमारीले किन मुख छाडेको भन्दा कुमारले एक्कासी लाठी र ढुङ्गाले टाउकोमा प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जना पक्राउ
२०७८-१०-२६

पर्सा, छुट्टाछुट्टै स्थानबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विन्दवासिनी गाउँपालिका-२ बस्ने २८ वर्षीय राजनाथ यादव, बारा जितपुर सिमरा उपमहानगरपालिका-७ ठेगाना भएका २० वर्षीय रंजित सहनी र जितपुर सिमरा उपमहानगरपालिका-७ ठेगाना भएका १९ वर्षीय सभन पाठक रहेका छन् । राजनाथलाई वीरगञ्ज महानगरपालिका-३ ठाकुर राम क्याम्पस पछाडि पार्किङ गरी राखेको ठोरी गाउँपालिका-५ बस्ने अनिल कुमार चापागाईंको ना.४४ प ८२७५ नम्बरको मोटरसाइकलको लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । यसैगरी रंजित र सभनलाई वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीय बिनोद प्रसाद सहनीको घरमा पार्किङ गरी राखेको ना.१६ प २९७४ नम्बरको मोटरसाइकलको लक तोडी चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

श्रृङ्खलाबद्ध ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-१०-२५

कपिलवस्तु, आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर चितवन लगायत अन्य विभिन्न फर्मको प्रोपाईटर बताई ठगी कार्यमा संलग्न रहेको अभियोगमा प्युठान तोरवाङ गाउँपालिका-६ घर भई हाल झिमरुक गाउँपालिका-६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरी प्रसाद पोख्रेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  शिवराज नगरपालिका-५ स्थित चेक प्वाइन्टमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले उनलाई बाग्मती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार सहित फेला पारी पक्राउ गरेको हो ।  उनले कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्ट पसलमा २०७८ आसार १८ गते ५० हजार बराबरको किराना र कस्मेटिक लगायतको समान किनी आफू कपिलवस्तु बिजयनगर गाउँपालिका-४ अन्तर्गत रहेको गौमुखी फीड ईण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोपाईटर भनी उक्त सामान खरिद गरे वापत दिनु पर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउने गरी चेक दिई गएकोमा सो चेक माछापुच्छ्रे बैंक तौलिहवा शाखामा क्लियरिङ गराउँदा निजको खातामा रकम नभएको पाईएपछि ठगी मुद्दा दर्ता भई अनुसन्धान भएको थियो ।  उनीउपर यस अघिसमेत विभिन्न मितिमा सार्वजनिक ऐन अन्तर्गतको मुद्दा, ठगी एवं बैंकिङ कसूरजन्य मुद्दा दर्ता भई अनुसन्धान भएको  थियो । साथै अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा दाङ राप्ती गाउँपालिका-२ मा साइन्स कलेज स्थापना गर्ने भनि करिब १ करोड भन्दा बढी रुपैयाँ, कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने भन्दै लाखौँ रकम लिई ठगी गरेको खुल्न आएको छ । साथै उनले पर्सा वीरगञ्जस्थित जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट ४७ लाख रुपैयाँ बाराबरको रडहरु, भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँ बराबरको हार्डवेयर सामग्री, चितवन टाडीस्थित रिजाल फुड एण्ड विभरेज प्रालिबाट २८ लाख रुपैयाँ बराबरको सामान, नवलपरासीस्थित समृद्धि स्टिल कम्पनीबाट २५ लाख बराबरको सामानहरु, प्युठान सिमेन्ट कारखानाबाट २० लाख रुपैयाँ बराबरको सामान, गोल्छा अर्गनाईजेसनबाट ३० लाख रुपैयाँ बराबरको सामग्रीहरू र काठमाडौं टेकुस्थित निर्मणी मेशिनरी सप्लायर्शबाट १ लाख २७ हजार रुपैयाँ बराबरको विभिन्न मेसिनरी सामानहरू लिई सबै ठाउँमा विभिन्न बैंकको खाताबाट भुक्तानी हुने गरी रकम नभएको चेक दिई फरार रहेका अनुसन्धानबाट खुल्न आएको छ । साथै निज प्रोपराईटर भएको भनि बताएका फर्महरु भौतिकरुपमा स्थापना र सञ्चालनमा समेत नरहेका खुल्न आएको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१०-२५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ धनेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका-११ स्थायी वतन भएकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलाले १७ लाख ४२ हजार ८ सय ७७ रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट फेला पारी पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालय धनेश्वर काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुनेगरी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

सामान चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ
२०७८-१०-२५

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको फलामको सेफ र ४२ इन्चको १ थान सोनी टिभिसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी बस्ने रौतहट चन्द्रपुर नगरपालिका-७ घर भएका ३० वर्षीय अलि अक्तर मन्सुर र सोही ठाउँ बस्ने १९ वर्षीय आकास चौधरी रहेका छन् ।  उनीहरूलाई उक्त टिभि र फलामको सेफलाई सिरक र तन्नाले बेरी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।  उनीहरू उपर महानगरीय प्रहरी बृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरेको अभियोगमा पक्राउ
२०७८-१०-२५

बर्दिया, कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । बर्दिया जिल्लाका केही विद्यालयहरुमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साईबर एण्ड लाईब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मूल्यमा बिक्री गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-६ स्थित बङ्लामुखी बिद्यालयको परिसरमा उक्त सामग्रीहरु बिक्री बितरण गरिरहेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो । क्षेत्रीबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साईबर एण्ड लाईबेरीको नाममा रहेको बिल ठेली ४ थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि १८ थान, कि बोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताब लगायतका विभिन्न शब्दकोश ३० थान,  बिभिन्न पुस्तक  र क्यालेण्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

आवश्यक कागजात विना निर्यात गर्न लागेको सिलाजित सहित पक्राउ
२०७८-१०-२५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ केजी सिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-६ घर भएका २१ वर्षीय अनिल बुढाथोकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा डिएचएल एक्सप्रेस नेपाल प्रालि, काठमाडौं नेपाल केयुके बिल्डिङ सिनामंगलको स्टिकर सहित ट्याग लगाएको कार्टुन निर्यात प्रयोजनको लागि आवश्यक कागजात विना निर्यात गर्न लागिएको अवस्थामा फेला पारी उक्त सामान डिलिभर गर्न खटिएका बुढाथोकीलाई पक्राउ गरेको हो ।  उनलाई बरामद पदार्थ सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

अवैध रुपमा लैजाँदै गरेको ५ हजार किलो केराउ सहित ट्रक चालक पक्राउ
२०७८-१०-२५

कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलो केराउ सहित ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारतको इटवातर्फ जांदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा ल्याएको उक्त केराउ फेला पारी ट्रक तथा चालक धन प्रकशलाई पक्राउ गरेको हो । उनलाई बरामद केराउ र ट्रक सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाइने  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-१०-२४

तनहुँ, आबुँखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध २५ एम्पुल नुर्फिन, २५ एम्पुल डाईजेपाम र २५ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र म्याग्दी बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहोरा (सार्की) रहेका छन् । प्र.३-०१-००१ प १६३१ नम्बरको बसलाई बेनिटारस्थित सडकमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ठगी गरेको अभियोगमा २ जना पक्राउ
२०७८-१०-२४

काठमाडौं, भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका-८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका  ३८ वर्षीय होम नारायण चौधरी  र  काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गछौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, “भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम” लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, बिभिन्न ब्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान समेत प्रहरीले बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय गराई काठमाडौंमा  सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुल्न आएको  छ ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१०-२४

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-७ बस्ने ७० वर्षीया बसुमायाँ तामाङ र ५९ वर्षीया सन्तवीर तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-७ माथिल्लो चिम्लिङ बस्ने ३८ वर्षीय बिजय तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका बिजयले बसुमायाँ र सन्तवीरलाई ढुङगा तथा बाँसको भाटा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लामोसाँघु, ईलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ
२०७८-१०-२३

काठमाडौं, अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ मधुमल्ल वतन भएका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिका स्थायी वतन भएका ३० वर्षीय मान सिंह विश्‍वकर्मा र झापा शिवसताक्षी नगरपालिका-९ मिलनचोक वतन भएका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ वतन भएका ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन् । जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप, मान सिंह विश्‍वकर्माको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप तथा समिरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सोधपुछ गर्दा उक्त सामानहरू भन्सार छलि ल्याउन गोकुलले लगाएको भनि खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुल समेतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१०-२३

बाँके, अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका-१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  नेपालगंज उपमहानगरपालिका-१ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरण गरी बन्धक बनाई मारेको घटनामा फरार रहेका उनी गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हत्यामा संलग्न थप २ जना फरार अभियुक्तहरू पक्राउ
२०७८-१०-२२

मोरङ, धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको घटनामा संलग्न थप २ जना फरार अभियुक्तहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका-६ जिरोगौवा बस्ने १८ वर्षीय किशोर रहेका छन् । धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका-४ बस्ने ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ समेतको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न ३ जना पक्राउ
२०७८-१०-२२

काठमाडौं, राहदानीको अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्ने लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर बताउने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ४० हजार रुपैयाँ, १ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र ५० थान कीर्ते गरिएका कागजपत्र समेत प्रहरीले बरामद गरेको छ । उनीहरु उपर कीर्ते गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
२०७८-१०-२१

मोरङ, हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका-४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, काठमाडौं बल्खु बस्ने सिरहा, सिरहा नगरपालिका-२१ घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका-७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् । उनीहरुमध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका-५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका-१३ बल्खुबाट र नासिर आलमलाई मोरङ विराटनगर    महानगरपालिका-१७ मटेरूवाबाट बिहीबार प्रहरीले पक्राउ गरेको  हो ।  धनपालथान गाउँपालिका-७ बस्ने दिलिप सिंहको उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका-४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका-३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति-२ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको   छ ।  प्रारम्भिक अनुसन्धानको क्रममा कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१०-२१

काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सोही ठाउँस्थित साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा-समिति संयोजक ४८ वर्षीय पंचमान महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मुद्दामा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।  उक्त संस्थामा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन वाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा पंचमान समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै उनीउपर अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जना पक्राउ
२०७८-१०-२१

काठमाडौं, राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो । उनी उपर ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

अवैध सुन र मोबाइल सहित ३ जना पक्राउ
२०७८-१०-२०

काठमाडौं, अवैध रुपमा भन्सार छलि ल्याएको १ किलोग्राम १ सय ५५ ग्राम सुन र ५ थान आईफोन १३ प्रो म्याक्स मोबाइल सहित ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ ठेगाना भएका ३९ वर्षीय दावाछिरिङ शेर्पा, रौतहट गौर नगरपालिका-१० सोबगाढा ठेगाना भएका ३२ वर्षीय सुनिल कुमार साह र मकवानपुर मनहरी गाउँपालिका-७ ठेगाना भएका २८ वर्षीय नबराज परियार रहेका छन् ।  एयर अरेबियाको उडानद्वारा सारजाहबाट आएका दावा छिरिङ शेर्पालाई मलद्वारभित्र लुकाएको १ किलोग्राम ५५ ग्राम तौल बराबरको ३ थान अर्धठोस सुन, हिमालयन एयरलाइन्सद्वारा दुबईबाट आएका सुनिल कुमार साहलाई ५० ग्राम बराबरको १ थान बेरुवा औँठी तथा १ थान सिक्री र ४ थान आईफोन र दुबईबाटै सोही एयरलाइन्समा आएका नबराज परियारलाई ५० ग्राम बराबरको २ थान बेरुवा औंठी र १ थान आईफोन सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । बाहिरी मुलुकबाट काठमाडौं आएका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त अवैध सुन र मोबाईल फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ४ जना पक्राउ
२०७८-१०-१९

काठमाडौं, नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटारस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी ललितपुर ग्वार्को बस्ने धनुषा बिदेह नगरपालिका-४ घर भएका २५ वर्षीय रोशन कुमार छिट्टान र सोही हस्पिटलका ल्याब प्रबन्धक भक्तपुर कौशलटार बस्ने सर्लाही बलरा नगरपालिका-७ घर भएका २४ वर्षीय प्रसन्न कुमार झा तथा काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका कर्मचारीहरू काठमाडौं गौशाला बस्ने धनुषा छिरेश्वर नगरपालिका-१ घर भएका २५ वर्षीय नागेन्द्र यादव र भक्तपुर सूर्यबिनायक नगरपालिका-५ सल्लाघारी बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-५ घर भएका २९ वर्षीय माधव मैनाली रहेका छन् ।बैदेशिक रोजगारमा जाने ब्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट ती दुई अस्पतालबाट नेपाल सरकारले तोकेभन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनासमेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले रोशन कुमारलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलबाट जारी भएका ८ थान नक्कली पिसिआर रिपोर्टसहित एयरपोर्ट अगाडिबाट र प्रसन्न कुमारलाई सोही हस्पिटलबाट तथा कान्तिपुर अस्पतालका नागेन्द्र कुमारलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडिबाट र माधव मैनालीलाई सोही अस्पतालबाट पक्राउ गरेको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधि समेतको रोहबारमा प्रहरीले दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण, पिसिआर टेष्ट दर्ता रजिष्टर, नक्कली पिसिआर रिपोर्ट र रसिद प्याडहरू समेत बरामद गरेको छ । साथै दुवै अस्पतालका पिसिआर ल्याबहरू सिल गरी पिसिआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ ।उक्त अस्पतालले व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, ल्याबमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको, पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरूको सिटिभ्यालु तथा मिति तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ती अस्पतालहरूले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनि परिचयपत्र बनाई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरूले आफैले आफ्नै स्वाव संकलन गरी बिभिन्न व्यक्तिका नाममा ल्याबमा स्वाब दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको, बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरूलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म असुल गर्ने गरेको तथा क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको खुल्न आएको छ ।हाल फरार दुवै अस्पतालका ल्याबका सञ्चालकहरू तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१०-१९

मोरङ, आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-२ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।माघ १२ गतेदेखि घरैबाट एक्कासि हराएको भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई थाहा नै नदिई आफ्नी श्रीमतीको नाममा बनाएको जानकारी भए पश्चात अदालतमा मुद्दा परेको तथा अदालतले उक्त जग्गामध्ये  ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा उनले आमाको हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ
२०७८-१०-१९

पर्सा, वीरगंज महानगरपालिका-१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-२ बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।बारा फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको उक्त मोटरसाइकल पार्किङ गरी राखेकोमा अलीले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१०-१९

मोरङ, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका-६ बस्ने ४० वर्षीय सिताराम लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको उक्त कार्यालयले जनाएको छ ।

पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जना पक्राउ
२०७८-१०-१७

बारा, प्रसौनी गाउँपालिका-२ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-१ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका-४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् ।  उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर र सोही घरको पहिलो तलामा रहेको चामलको बोराभित्र लुकाई राखेको ६ किलोग्राम अवैध लागूऔषध गाँजा समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चोरी पैठारी गरी ल्याएको मदिरा कारोबारमा संलग्न ४ जना पक्राउ
२०७८-१०-१६

काठमाडौं,  विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गरेको अभियोगमा उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायत विभिन्न स्थानहरूबाट २ सय ९६ कार्टुन मदिरा सहित ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने पर्सा गादी गाविस-८ ठेगाना भएका ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, काठमाडौं कागेश्वरीमनहरा नगरपालिका-६ बस्ने ३० वर्षीय शैलेश पन्त, काठमाडौं हाँडीगाउँ बस्ने पर्सा सुवर्णपुर गाविस-५ ठेगाना भएका २८ वर्षीय रविन पाख्रिन र काठमाडौं चावहिल बस्ने सर्लाही वरथहवा नगरपालिका-९ ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन् ।  सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले विभिन्न ब्राण्डका मदिरा चोरी पैठारी गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  अनुसन्धानको क्रममा रवि भन्ने भारतीय नागरिक र सन्तोषको योजनामा भारतबाट राजश्व छली विभिन्न ब्राण्डका मदिराहरू बिक्री गर्ने गरेको, सन्तोषले विगत ३ महिना अगावै ६ सय ६० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानूनी रुपमा बिक्री गरेको तथा बजारमा बिक्री गर्न ईन्फिनिटि लिक्योर मुलपानीका संचालक शैलेशसँग मिलेर काम गर्दै आएको, नारायणले उक्त ब्राण्डका मदिराहरू डिउट फ्रिको हो भनि ग्राहकलाई विश्वास दिलाई बिक्री गर्दै आएको तथा उक्त मदिराहरू विशेषतः पार्टी प्यालेसमा बिक्री गर्ने गरेको खुल्न आएको छ ।  उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको तथा बरामद मदिराहरुको गुणस्तर परीक्षणको लागि समेत पठाइएको उक्त महाशाखाले जनाएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-१०-१६

पर्सा, वीरगंज महानगरपालिका-१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका-१६ घर भएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१६ बस्ने मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मीलाई माघ २ गते प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको चेपमा गत पुस २४ गते ढुंगा प्रहार भएको अवस्थामा ती बालिकाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनामा संलग्न कुर्मीलाई वीरगंज महानगरपालिका-१६ ईनर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले उक्त घटना घटाएको खुल्न आएको हो । उनी उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ
२०७८-१०-१५

काठमाडौं, बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।सिंहले बिभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा/जमिन खरिद गर्ने, ब्यापार ब्यवसाय सञ्‍चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्‍चात फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।साथै सिंहले अर्का एकजना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा संलग्न फरार व्यक्ति पक्राउ
२०७८-१०-१४

काठमाडौं, बिद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रही फरार रहेको अभियोगमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । खनाललाई बैदेशिक रोजगारबाट फर्कने क्रममा महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खानलले बैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग म्यासेन्जरमा कुराकानी गर्ने क्रममा ललाई फकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारी दु:ख हैरानी दिई पीडितको नग्न तस्वीर / भिडियो प्राप्त गरी निजको श्रीमान् लगायत अन्य आफन्तजनमा सार्वजनिक गरी दिने भनि ब्ल्याकमेल गरेको कसूरमा मुद्दा दर्ता भई फरार रहेका थिए । उनी उपर आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ । 

चोरीमा संलग्न रही फरार रहेका २ जना पक्राउ
२०७८-१०-१४

तनहुँ, भानु नगरपालिका-९ वाईसजाँगरस्थित अशोक श्रेष्ठको कालिका मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलबाट करिब ५ लाख रुपैयाँ मूल्य बराबरको बिभिन्न कम्पनीका मोबाइल सेट, घडी, रिचार्ज कार्ड लगायतका सामानहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ वेशीसहर नगरपालिका-९ घर भएका २३ वर्षीय पूर्ण बहादुर गुरूङ र वेशीसहर नगरपालिका-८ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका- ६ घर भएका २५ वर्षीय विकास गुरूङ रहेका छन् । उक्त पसलबाट २०७८ कात्तिक २९ गते धनमाल चोरी भएको घटनाको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई चोरी भएका बिभिन्न कम्पनीका मोबाइल सेट ११ थान सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर चोरी मुद्दा शीर्षकमा जिल्ला अदालत तनहुँबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।   

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१०-१४

काठमाडौं,बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-१ ठेगाना भएका ४४ वर्षीय बिष्णु बहादुर कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २७ लाख रुपैयाँ जरिवाना, जिल्ला अदालत काठमाडौंको २०६० पुस १० गतेको फैसलाले बैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना, बैकिङ कसूर मुद्दामा १ वर्ष कैद र १ लाख ६९ हजार रुपैयाँ जरिवाना र बैंकिङ कसूर मुद्दामा १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । साथै उनले बिभिन्न ब्यक्तिहरुलाई एयरलाईन्समा पाईलटको जागिर लगाईदिन्छु, डिमाण्ड ड्राफ्ट बनाई दिन्छु लगायतका बहानामा ठगी समेत गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 

लागूऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्ति पक्राउ
२०७८-१०-१४

तनहुँ, लागूऔषध तथा हातहतियार मुद्दामा संलग्न रही फरार रहेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने २५ वर्षीय निनो श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठाबाट गत पुस १५ गते लुकाई राखेको नियन्त्रित लागूऔषध नुर्फिन १ सय ३४ एम्पुल, फेनारगन १ सय ३६ एम्पुल, डाईजेपाम १ सय ३३ एम्पुल, नाईट्राभेट १ सय ९२ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस ५४ चक्की र म्याग्जिन सहितको १ थान पेस्तोल प्रहरीले फेला पारेको थियो । साथै तत्काल फरार रहेका श्रेष्ठलाई कास्की पोखरा महानगरपालिका-६ हल्लनचोकबाट प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत तनहुँबाट लागूऔषध तथा हातहतियार खरखजना मुद्दामा १० दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ
२०७८-१०-१३

काठमाडौं,  काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुर टिकाथली घर भएका ३४ वर्षीय बुद्दि बहादुर कार्की, काठमाडौं भोटेबहाल बस्ने भारत राजस्थान घर भएका नक्कली थ्रीएम मास्कको सप्लायर्स २० वर्षीय यश अग्रवाल, २० वर्षीय श्री यान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभा सभापोखरी गाउँपालिका-१ घर भएका २३ वर्षीय मुक्ति प्रसाद पोखरेल रहेका छन् ।  काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा अमेरीकन ब्राण्ड थ्रीएम मास्क तथा थ्रीएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका माक्स नेपाली बजारमा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्समा जाँच गर्ने कम गुणस्तरको मास्क फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै महालक्ष्मी इशान इन्टरप्राइजेजबाट ४ हजार १ सय ९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९ सय २० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरेको छ । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१०-१३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने ४० वर्षीय लबराज ओलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका-६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो ।  ओलीले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी ज्योति विकास बैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको खाताबाट भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

स्कुटर चोरी गर्ने पक्राउ
२०७८-१०-१३

बर्दिया, बढैयाताल गाउँपालिका-३ सिमरा बस्ने ३० वर्षीय बामदेब पौडेलको भे.१० प ६४८५ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही गाउँपालिका-५ हल्लन चोक बस्ने २८ वर्षीय शंकर परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।बाँसगढी नगरपालिका-५ शान्ती मार्गटोल बस्ने बासुदेब पौडेलको घर अगाडि राखेको बामदेब पौडेलको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँसगढी नगरपालिका-५ स्थित सालघारी सामुदायिक जंगल नजिकै परियारले उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी स्कुटर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०७८-१०-१२

स्याङजा, आफ्नै सहोदर भाईको छोरी २७ महिनाकी सुबिना ढकालको हत्यामा संलग्न रहेको अभियोगमा चापाकोट नगरपालिका-७ पिपलछाप बस्ने ३८ वर्षीय बासुदेव ढकाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ढकालले सुबिनालाई ज्यान मार्ने मनसाय लिई जमिनमा पछारी अचेत बनाई छाडेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले अचेत अवस्थामा रहेकी सुबिनालाई उपचारको लागि रामपुर अस्पताल रामपुर पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।    

हत्यामा संलग्न ५ जना पक्राउ
२०७८-१०-११

पर्सा, जगरनाथपुर गाउँपालिका-६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन् ।  ,जगरनाथपुर गाउँपालिका-६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टु प्रसादको हत्या भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका-६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ
२०७८-१०-१०

काठमाडौं, तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका-७ घर भएका २३ वर्षीय प्रेम बहादुर बोहरा, काठमाडौं सुकेधारा डेरा गरी बस्ने कैलाली घोडाघोडी नगरपालिका-२ घर भएका २५ वर्षीय नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर, काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २४ वर्षीय गोबिन्द साउँद र काठमाडौं महानगरपालिका-१६ नयाँ बजार बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ३० वर्षीय प्रबिन कार्की रहेका छन् । उक्त स्थानमा टेलिकमको तार चोरी भएको भन्ने सूचना प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ -०१-०२३ च.४३०१ नम्बरको हात्ती गाडी जंगलतर्फ गईरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा फेला पारी चोरी गर्ने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र १ सय १४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ । उनीहरु उपर महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-१०-१०

काठमाडौं,  काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा मोरङ घर भई हाल भक्तपुर सूर्यबिनायक बस्ने ३३ वर्षीय बिनोद आचार्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तिमल्सिनालाई कैँची प्रहारबाट घाइते भएको अवस्थामा फेला पारी उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल हुँदै थप उपचारको लागि वीर अस्पताल पठाउनुका साथै घटनामा संलग्न बिनोदलाई पक्राउ गरेको हो ।  घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

क्रिप्टो करेन्सी ट्रेड गर्ने ३ जना पक्राउ
२०७८-१०-०८

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेशबिपरीत क्रिप्टो करेन्सी/बिटिसि बिट क्वाईनबाट बित्तिय कारोबार गररको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कास्की पोखरा बस्ने पर्वत फलेवास नगरपालिका-११ कर्नासका २१ वर्षीय राजन भट्टराई, सुनसरी ईटहरी उपमहानगरपालिका-४ ईटहरी बस्ने २५ वर्षीय बिशाल श्रेष्ठ र काठमाडौं महानगरपालिका-११ थापाथली बस्ने २७ बर्षीय दिपेनराज श्रेष्ठ रहेका छन् ।उनीहरूले बित्तिय कारोबार गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट तीनै जनालाई पक्राउ गरेको हो ।उनीहरूलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा पक्राउ
२०७८-१०-०७

काठमाडौं, मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भएका नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा गुणस्तरतहीन तयारी मह ६ सय किलो, मह बनाउन प्रयोग गरिने कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ सय किलो, ग्लुकोज ५ सय किलो, चिनी १ सय किलो, १/१ थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु र १ हजार पिस पेट जार सहित फेला पारी पक्राउ गरेको हो । श्रेष्ठले बिगत ७ वर्ष अगाडिदेखि आफ्नै श्रीमतीको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्ने, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने, गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने, मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रति केजी ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको बुझिएको उक्त महाशाखाले जनाएको छ । साथै उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंमा परिक्षण गर्दा एचएमएफ र एफजी रेसियोको मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहको र मह खान योग्य नरहेको भन्ने खुलेको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको   छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१०-०७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-३ बस्ने दोलखा भिमेश्वर नगरपालिका-३ घर भएका ४३ वर्षीय जितेन्द्र बहादुर रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र नगद १२ लाख रुपैयाँ जरिवाना ठहर गरी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्ताखानबाट पक्राउ गरेको हो । रिजालले आफ्नो वैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी एनआईसी बैंकको खाताबाट भुक्तान हुने भनी चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 

पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा पक्राउ
२०७८-१०-०६

काठमाडौं, पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका-२६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेका छन् । २०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलभित्र केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सूचिकरण गरिएको बाघको टाउकोको नम्बर २६, २ थान तरवार समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा २ थान तरवार र ३ किलो तौल भएको बाघको टाउको जस्तो देखिने १ थान बस्तु बुधबार दिउँसो फेला पारेको थियो । थप अनुसन्धानको क्रममा उक्त सामग्रीहरु चोरी कार्यमा संलग्नमध्ये उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं पठाइएको तथा चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ । 

ठगी कसूरका फरार प्रतिवादी पक्राउ
२०७८-१०-०३

काठमाडौं, ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३-०१-०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ । विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाईएको उक्त ब्यूरोले जनाएको छ । 

नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा २ जना पक्राउ
२०७८-१०-०३

रौतहट, नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा राजदेवी नगरपालिका-९ बस्ने २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  गौर नगरपालिका-५ ब्रहर्वा पुल नजिक राणा रौशन सिंहको जय शिव शक्ति अटोमोबाईल पसल र सो पसल नजिक गोदाममा विभिन्न कम्पनीको लोगो प्रयोग गरी झुक्यानमा पारी बाहिरबाट सो कम्पनीको मोबिल तथा मोटरसाईकलका पार्टसहरु ल्याई भण्डारण गरी कालो बजारी गरेको भन्ने सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको पसल तथा गोदामबाट प्रहरीले ३ हजार बट्टा मोबिल, २ सय लिटरका २ ड्रम खुल्ला मोबिल र ९ वटा खाली ड्रम बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

अनलाईन ठगी गरेको अभियोगमा २ जना पक्राउ
२०७८-१०-०२

काठमाडौं, खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाईन ठगी गरेको अभियोगमा पर्सा छिपहरमाई गाउँपालिका-२ ठेगाना भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पीडितहरुलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी भएको तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी कोड आउँछ, उक्त ओटिपी कोड अरु कसैलाई नदिई टिपाउनु भनी पीडितहरुलाई विश्वासमा पारी ओटिपी कोड लिई पीडितकै खल्ती आईडी खोली विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम विभिन्न व्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी आईएमई तथा सिटी एक्स्प्रेस मनि ट्रान्सफरबाट निकाली अनलाईन ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जना पक्राउ
२०७८-०९-२९

पर्सा, वीरगञ्ज महानगरपालिका-३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई-रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय निकेश पटेल, पर्सा छप्कैया बस्ने भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर घर भएका ५५ वर्षीय सपन मण्डल, छप्कैया बस्ने भारत बिहार घर भएका बक्सर भन्ने ३५ वर्षीय नाजिर हुसैन र छप्कैया बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उनीहरूकै आ-आफ्नो घर ठेगानाबाट पक्राउ गरेको हो । प्रदेश-२-०३-००१ ह ६६९ नम्बरको ई-रिक्सा चालक मुख्तार यही पुस २१ गते साँझ आफ्नो रिक्सासहित हराइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-२३ इटियाहीस्थित नारायणी बयोधा अस्पतालको पछाडिपट्टि नहरमा पुस २२ गते मुख्तारको शव फेला पारेको थियो ।अनुसन्धानको क्रममा मृतकको रिक्सा, अभियुक्त सुनीलको १ थान अटो, घटनामा प्रयोग भएको १ थान फलामको रेन्च, अभियुक्तहरूको २ थान मास्क, रगत लागेको अभियुक्तको २ थान सर्ट, रगत लागेको अभियुक्तको १ थान ज्याकेट, रगत लागेको अभियुक्तको १ जोर जुत्ता र सिसीटिभी फुटेजहरू लगायत प्रहरीले बरामद गरेको छ । एउटै घरमा बस्दै आएका अभियुक्त सपन मण्डल र मुख्तारबीच झगडा भएको तथा उक्त झगडाको रिसइवी र आर्थिक प्रलोभनका कारण उनीहरू ५ जना र हाल फरार १ जना भारतीय नागरिक समेत मिलेर मुख्तारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
२०७८-०९-२९

काठमाडौं, इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका-६ ठेगाना भएका ४० वर्षीय  गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याइएको छ । प्रतिवादी गोबिन्द मगर भएको कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।  मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनी उपर रेड नोटिस जारी गरिएको थियो । मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति ७ वर्षपछि पक्राउ
२०७८-०९-२८

कपिलवस्तु, आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।सिकन्दरले आफ्नै श्रीमती २१ वर्षीया किसलावती चमारलाई लिएर कपिलवस्तु कृष्णनगर नगरपालिका-६ श्रीनगरस्थित ससुराली आएको अवस्थामा २०७१ फागुन ३० गते राति श्रीनगरस्थित खेतमा लगेर हत्या गरी आगो समेत लगाई भागी फरार भएका सिकन्दरलाई नेपाल आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका-६ रंगपुरमा फेला पारी पक्राउ गरेको हो । उनी उपर कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०९-२८

स्याङ्जा, धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा वालिङ नगरपालिका-१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले वालिङ नगरपालिका-१० भकुण्डे डेरा गरी बस्ने सोही नगरपालिका-१२ सिर्सिबोट घर भएकी रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ र उनकै छोरी ५ वर्षीया साईना गुरुङलाई चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका साईमन गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो भने साईना गुरुङको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ
२०७८-०९-२७

काठमाडौं, काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा.२ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका-२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिँदा बिपिनको मृत्यु भएको तथा चालक टिपर सहित फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न १ जना पक्राउ
२०७८-०९-२६

काठमाडौं,  झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।     भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान वेहोस भएकोले उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बालिकालाई उनकै आमाले २२ दिन पहिले उपचारका लागि उक्त घरमा ल्याई छोडेको बुझिन आएको थियो ।        ठकुरी उपर कर्तव्य ज्यान कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ज्यान सम्बन्धी कसूरमा ६ जना पक्राउ
२०७८-०९-२५

स्याङजा, ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आँधिखोला गाउँपालिका वडा-१ बस्ने २७ वर्षीय सूर्य बन्ने भिम बहादुर सुनार, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धन बहादुर बिक, २४ वर्षीय गोबिन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामी र १८ वर्षीय किशोर रहेका छन् । आँधिखोला गाउँपालिका-१  कालिखर्क जंगलमा ७ जना व्यक्तिहरू अवैध भरूवा बन्दुक लिई बन कुखुरा मार्न भनि जाँदा पुस २० गते राति सोही ठाउँ बस्ने २७ वर्षीय मनोज बिकको उक्त भरूवा बन्दुकको छर्रा लागि घटनास्थलमै मृत्यु भएको घटनामा संलग्न रहेका उनीहरुमध्ये भिम, १८ वर्षीय किशोर, रेवत र धनलाई सोही दिन तथा फुननारायणभ र साजनलाई शुक्रबार रूपन्देही बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाई समेत बरामद गरेको छ । उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ
२०७८-०९-२५

स्याङजा, आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा पुतलीबजार नगरपालिका-१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर आत्महत्या दुरुत्साहन कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

बाघको छाला सहित ४ जना पक्राउ
२०७८-०९-२४

दाङ, लमही नगरपालिका-३ टिक्लिगढबाट बाघको जस्तो देखिने १ थान छाला सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने घोराही उपमहानगरपालिका-१३ घर भएकी ४२ वर्षीया झरना थापा भन्ने धनसरी रेश्मी थापा, उनका श्रीमान् ४५ वर्षीय शंकर भन्ने खेमराज गिरी, लमही नगरपालिका-१ नर्ति बस्ने ६३ वर्षीय गीर बहादुर बिक र सोही नगरपालिका-२ बरुवा गाउँ बस्ने २८ वर्षीय आशा कुमार चौधरी रहेका छन् ।धनसरीको कोठामा बाघको जस्तो देखिने छालाको किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय लुम्बिनी र वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०९-२३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने ४१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलाले ५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी २०७६ कात्तिक २० गते सिभिल बैक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 

चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-०९-२३

चितवन, भरतपुर महानगरपालिका-२४ अमृत चोक बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुदिप मोक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।लेनदेनको विषयमा झगडा हुँदा सुदिपले सन्तोषलाई उक्त चोकमा चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फूलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका सन्तोषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

होटलमा आगो लगाएको अभियोगमा पक्राउ
२०७८-०९-२३

सिरहा, धनगढीमाई नगरपालिका-१० बस्ने ३० वर्षीय गुंजेश्वर साहले सोही नगरपालिका-११ छप्रारीमा संचालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१२ बस्ने २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव रहेका छन् । लेनदेनको बिषयलाई लिएर उनीहरुले उक्त होटलमा पेट्रोल छर्की आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै  उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । आगलागीबाट होटल सामान जलेर करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
२०७८-०९-२०

पर्वत, प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गालिगलौज गर्नुको साथै अभद्र ब्यवहार गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर अभद्र ब्यवहार सम्बन्धी मुद्धा शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप  भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
२०७८-०९-१६

    मोरङ    रतुवामाई नगरपालिका-९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलबार कुटपिट गर्दा दिपनारायण गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले अर्जुनलाई पक्राउ गरेको हो । घाइतेको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दामा ४ जना पक्राउ
२०७८-०९-१५

मोरङ, विराटनगर महानगरपालिका-७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवी प्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका-६ बस्ने ४७ वर्षीय नविन सुवेदी रहेका छन् । उक्त बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ रकम हिनामिना भएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धनमाल चोरीमा संलग्न ६ जना पक्राउ
२०७८-०९-१४

काठमाडौं, रातको समयमा ट्याक्सी प्रयोग गरी धनमाल चोरीमा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-८ ठेगाना भएका ३१ वर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३३ वर्षीय राम पुनित महतो, ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, २६ वर्षीय  अशोक कुमार महतो, काठमाडौं गोंगबु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ ठेगाना भएका ३६ वर्षीय राम बाघदास र काठमाडौं टेकु बस्ने भारत मोतिहारी सुगौली थाना छाप्राबास ठेगाना भएका ५३ वर्षीय शत्रुधन प्रसाद जैसवाल रहेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका-३ थानकोटस्थित बिशाल प्लाष्टोक्याव ई. प्रालिको कारखानाबाट मंसिर ११ गते राति पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको ६ थान साइजर र तामाको पावर केबल तार समेत गरी १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतो सहित ५ जना र चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक शत्रुधनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले रातको समयमा ट्याक्सी प्रयोग गरी समूह बनाई बिभिन्न सहकारी संस्था लगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको छ । उनीहरूबाट ९ केजी ५ सय ग्राम तारका क्वाइलहरू बरामद भएको छ । उनीहरुलाई चोरी गरी लगेको सामानहरु सहित थप कानूनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

स्कुलमा भएको चोरीमा संलग्न २ जना पक्राउ
२०७८-०९-१४

सुनसरी भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलबाट ३ थान कम्प्युटरको सिपियु, ३ थान मोनिटर, १ थान प्रोजेटर र २ थान पानी तान्ने मोटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भोक्राहानर्सिङ गाउँपालिका-५ का १८ वर्षीय किशोर र २१ वर्षीय सुरज भुजेल रहेका छन । चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु फेला पारी चोरीमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाइएको छ । 

अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
२०७८-०९-१२

काठमाडौं, युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका-१ पाखापानी स्थायी ठेगाना भएका ३१ वर्षीय राम बहादुर मल्ललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  साथीभाइ अनलाइन टिभि नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको  छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०९-१२

 पाँचथर आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्राप्त हुनासाथ खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ
२०७८-०९-०८

सिरहा, धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा हिर्काई गम्भीर घाइते भएका टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको र शव धनगढिमाई नगरपालिका-१३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया पक्राउ
२०७८-०९-०७

काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको सरकारी जग्गा हिनामिना प्रकरणका २ जना मुख्य बिचौलियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका ५७ वर्षीय राम कुमार सुवेदी र सोही ठाउँ बस्ने ५५ वर्षीया माधवी सुवेदी रहेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले राम कुमारलाई काठमाडौं कमलादीबाट र माधवीलाई ताहाचलबाट पक्राउ गरेको हो । रामकुमार सुवेदी समेतका प्रतिवादीहरूले विभिन्न व्यक्तिहरूको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेशमार्फत कानूनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरीत समेत गरी बदनियतपूर्वक राज्यलाई हानी हुने गरी नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको उक्त सरकारी जग्गा अन्य व्यक्तिहरूलाई फाइदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानी नोक्सानी पुर्‍याएको भन्ने व्यहोराको लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको सिलसिलामा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

जिउ मास्ने बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७८-०९-०७

काठमाडौं, जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) कार्यमा संलग्न रहेको अभियोगमा २२ वर्षदेखि फरार बेल्जियम बस्ने संखुवासभा मादी नगरपालिका-३ जन्मस्थान भएका ५२ वर्षीय युवराज गुरुङलाई गत मंसिर २३ गते प्रहरीले पक्राउ गरेको  छ ।  एक महिलालाई वैदेशिक रोजगारीको सिलसिलमा बेल्जियम लैजाने भन्दै गुरङ समेतले ललाई फकाई पीडित महिलाको करिब ५० लाख रुपैयाँ नगद, सुनका गहना तथा घर समेत बिक्री गर्न लगाको रकम सहित २०५५ सालमा घरबाट काठमाडौं ल्याई आफन्तसँग सम्पर्क गर्न नदिई लुकाई बेपत्ता बनाएको भनी जिउ मास्ने बेच्ने मुद्दाको थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न नेपाली मूलका बेल्जियम नागरिक गुरुङलाई बेल्जियमबाट नेपालतर्फ कृषिजन्य वस्तुको व्यापार व्यवसाय गर्ने सिलसिलामा नेपाल आएको बेला ललितपुर महानगरपालिका-२ सानेपाबाट पक्राउ गरेको हो ।  गुरुङ समेतले पीडित महिलालाई नेपालबाट बेल्जियम जान मिल्दैन भारतको बाटो हुँदै जानुपर्छ भनि भारतको नयाँ दिल्लीसम्म ओसारपसार गरी एक महिनासम्म अलपत्र बनाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको उक्त व्यूरोले बुधबार जनाएको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०९-०७

संखुवासभा, आफ्नै श्रीमती २९ वर्षीया बिष्णु माया राईको हत्या गरेको अभियोगमा पाचखपन नगरपालिका-३ का दिपन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  बिष्णु माया राई पुष ५ गते राति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको कर्तब्यबाट हत्या भएको खुल्न आएपछि दिपनलाई पक्राउ गरेको हो ।  राईले सामान्य बादबिबादको क्रममा रिसको आवेगलाई थाम्न नसकी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पक्राउ
२०७८-०९-०७

कास्की,     बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ स्थायी वतन भएकी २७ वर्षीया जानुका नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका-१५ गलेश्वर चोकस्थित  न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिङ्गमा रबरले बाँधेर यातना दिएको भन्ने घटना सम्बन्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जाहेरी पश्चात् नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।     उनी उपर जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०९-०७

    उदयपुर, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले सोमबार जबरजस्ती करणी गरी फरार भएको भन्ने  खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     सप्तरी, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका-५ बुदेवा टोल बस्ने २० वर्षीय मो.अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
२०७८-०९-०६

मोरङ, कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा रंगेली नगरपालिका-२ नहर टोल बस्ने ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सोही नगरपालिका-२ नहर टोल बस्ने चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउ मंसिर २६ गते दिउँसो घरबाटै हराई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी खोजी गर्ने क्रममा मंसिर २८ गते चन्द्रकै घर पछाडि पैनीमा गाडेको अवस्थामा युनिसाको शव फेला परेको थियो । घटनाको थप अनुसन्धानको क्रममा उक्त कसूरमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरु उपर जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान कसूरमा ५ दिन म्याद थप गरी  आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुटपिटबाट १ जनाको मृत्यु, अभियुक्त पक्राउ
२०७८-०९-०६

संखुवासभा, खादबारी नगरपालिका-११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने ३० वर्षीय जीवन दर्जीवीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा जिवन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०९-०५

कास्की, अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका-६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका-९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार उक्त ट्रसमा शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शिव र मादक पदार्थ सेवन गरेका अर्जुनबीच झगडा हुँदा अर्जुनले हत्या गरेको खुल्न आएपछि अर्जुनलाई पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्लभ जिउँदो सालक सहित पक्राउ
२०७८-०९-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्‍टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामीलाई ३ केजी तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मरुछासपाखास्थित थामीको डेराबाट करिब १ करोड १० लाख रुपैयाँमा बिक्री गर्ने उद्देश्यले लिई आएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सुनजस्तो देखिने धातु सहित दुईजना बंगलादेशी नागरिक पक्राउ
२०७८-०९-०३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरा सहित २ जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटि ०२१२१५४ बाहक ३० वर्षीय एमडि अबु जिहाद रहेका छन् । उनीहरूमध्ये अहमेदको साथबाट ३ सय ३० ग्राम र जिहादको साथबाट २ सय ६० ग्राम सुन जस्तो देखिने धातु बरामद भएको हो ।हिमालयन एयरलाईन्सको उडानद्धारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको धातु फेला परेको हो ।उनीहरू उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आवश्यक अनुसन्धान एवम् कारबाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०९-०३

झापा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका-४ घर भएका ४२ वर्षीय बिष्णु प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत इलाम इजलासको २०६६ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बर्दिया, बहुबिबाह मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका-५ बस्ने मेहदी हसन धोबीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दिया गुलरियाको २०६९ फागुन ३० गतेको फैसलाले बहुबिबाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-७ बाट पक्राउ गरेको हो ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०९-०२

झापा, दमक नगरपालिका-२ बस्ने २५ वर्षीय तेज प्रकाश पराजुलीको हत्या गरेको अभियोगमा सोही नगरपालिका-१ बस्ने २० वर्षीय अर्जुन लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  दमक नगरपालिका-६ नमुना मार्गस्थित सोही नगरपालिका-८ बने सन्तोष पौडेलको रक्षा फेन्सी पसलमा काम गर्ने तेज प्रकाश सोही मार्केटको भवनभित्र रहेको धारामा पानी लिएर पसलतर्फ फर्कने क्रममा घाँटी तथा अनुहारको भागमा धारिलो हतियारले काटी बेहोस भएको अवस्थामा फेला पारी उपचारको लागि लाईफ लाइन अस्पताल दमक हुँदै थप उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  अर्जुन र तेज प्रकाशबिच २/३ महिना अगाडि झै-झगडा हुँदा अभियुक्तलाई कुटपिट गरी टाउकोको भागमा चोट समेत लागेको घटनापश्चात रिसईबि राखी बदलाको भावना लिई अर्जुनले धारिलो हतियार प्रहार गरेको अनुसन्धानबाट खुल्न आएपश्चात अर्जुनलाई घटनामा प्रयोग भएको धारिलो हतियार १ थान दाउ सहित प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

विचौलीयामा संलग्न ४ जना पक्राउ
२०७८-०९-०२

मोरङ, उपचारका लागि आएका सर्वसाधारणलाई आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दु:ख हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका-५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका-१२ बस्ने ३९ वर्षीय शिव कुमार कामत रहेका छन् । विराटनगर महानगरपालिका-७ स्थित उपचारका लागि आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  उनीहरु उपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न पक्राउ
२०७८-०९-०२

सुनसरी, इटहरी उपमहानगरपालिका-९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका-४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका-५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् । उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको हो उनीहरु उपर  मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ
२०७८-०९-०१

झापा,  नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ । अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरी इडिट गरेर नाम खाली राखी पिसिआर नेगेटिभ भएको रिपोर्टहरू सेभ गरि राखेको, नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको छापहरूलाई डिजिटल स्क्यान गरेको तथा विभिन्न सरकारी कर्मचारी, डाक्टर र व्यक्तिहरूको दस्तखतलाई  डिजिटल स्क्यान गरी इडिट  गरेर सेभ गरी राखेको फेला परेको छ । थप अनुसन्धानको क्रममा बरामद हुन आएको मेची अञ्चल अस्पतालको १ थान पिसिआर रिपोर्ट उक्त अस्पतालबाट तयार नभई किर्ते गरेको खुल्न आएको छ । उनी उपर झापा जिल्ला अदालतबाट लिखत सम्वन्धी कसूरको अनुसन्धानको लागि ७ दिन म्यादथप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७८-०८-२९

मोरङ, मोटरसाइकल चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-११ डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-३ घर भएका २८ वर्षीय उमेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा पर्किङ गरी राखेको को.२५ प ५०२४ नम्बरको मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भारतको जोगवनीतर्फ लाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उक्त मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

अश्लिल फोटो पठाई ब्ल्याकमेल गरेको अभियोगमा पक्राउ
२०७८-०८-२८

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।           बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एप मार्फत महिलाको आफन्तलाई पठाउनुको साथै पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडिमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-२१ ललितपुर बस्ने ४२ वर्षीय अमर महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा उच्च अदालत पाटनबाट २०७८ असोज ८ गतेको फैसलाले ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्यानमा पारी २०७५ असोज २४ गते मेगा बैंक लिमिटेडको चेकहरु दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०८-२७

  मकवानपुर, आफ्नै दाइ ३३ वर्षीया नन्दरे मोत्तानको कुटपिट गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका-६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नन्दरे र सितारामबिच सामान्य विवाद भई कुटपिट हुँदा नन्दरेको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदी, ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो । अन्य ३ जनालाई समेत नियन्त्रणमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२७

सिन्धुली, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घर भएका ४२ वर्षीय हरि बिक लाम्कादेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     उच्च अदालत पाटनको २०७७ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ लाख ४१ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ स्थित बनौलिमा फेला पारी पक्राउ गरेको हो ।     उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुली पठाइएकोमा अदालतको आदेशले कारागार कार्यालय सिन्धुली पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२६

मोरङ, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ की ५० वर्षीया सुनिला याखालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँ घरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको  हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा दाखिला गराई कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
२०७८-०८-२४

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१८ ठेगाना भएका ४१ वर्षीय राजु थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०५७ असार २३ गतेको फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।  ८ वर्षीया बालिकालाई तत्काल २० वर्षीय थापाले २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी करणी गर्न नदिएमा मारिदिने र दिएमा १० रुपैयाँ दिने भनि जवरजस्ती करणी गरेको मुद्दामा उनी उपर अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२४

अर्घाखाँची, बहुविवाह मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका-१० बस्ने ३३ वर्षीय बसन्त नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका-९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

खुन डाँका र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२२

सप्तरी, खुन डाँका र कर्तव्य ज्यान गरी २ वटा मुद्दाका फरार प्रतिवादी सुरुङगा नगरपालिका-१० थलाहा बस्ने ६० वर्षीय गुल्जार मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।साविक टिकुलिया गाबिस-७ घर भएका सप्तरी साविक कुसहा गाबिस-६ बस्ने ३५ वर्षीय मोहमद सकिल हुसेनले कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सप्तरीका मोहमद आलम मियाँलाई छुटाई दिन्छु भनी उनकी आमा कैली खातुनबाट ३ लाख रुपैयाँ लिई २०६९ असोज १० गते सोही मुद्दा सम्बन्धमा सल्लाह गर्न काठमाडौं जानु पर्छ भनि कैलीका श्रीमान सहबुद मियाँ र बुहारी सगिरा खातुनलाई लगेकोमा सोही मितिदेखि हराएका उनीहरुको २०७२ जेठ ६ गते साविक कल्याणपुर गाबिस- ८ स्थित मो. सकिल हुसेन मियाँको कुखुरा फारममा कर्तव्य गरी मारी खाल्डोमा पुरेको अवस्थामा दुवै जनाको शव फेला परेको थियो । साथै कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका धिरेन्द्र साहलाई छुटाई दिन्छु भनि उनकी श्रीमती दुलारी देबी साहलाई जग्गा बिक्री गराई ६ लाख रुपैयाँ तयार पारी मो.सकिल हुसेन मियाँले २०७० मंसिर महिनाको पहिलो हप्तातिर धिरेन्द्र साहलाई कारागारमा भेटघाट गर्न दुलारी देबी साहलाई साथमा लिई गएकोमा सोही समयदेखि निज दुलारी साह हराई वेपत्ता भएकोमा २०७२ बैशाख २७ गते सप्तरी साबिक जण्डौल गाबिस-८ स्थित चुरे जंगलको फेदी कुलो कल्भर्टमा दुलारी देवीको शव फेला परेको थियो । दुवै घटनामा संलग्न रही फरार गुल्जार मियाँलाई सिरहा सखुवनन्कारकट्टी गाउँपालिका-१ महेशवारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

चोरीको मोटरसाइकल सहित पक्राउ
२०७८-०८-२१

पर्सा, वीरगञ्जस्थित जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिजको ना.१६ प ६८२५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा विरगंज महानगरपालिका-१८ ठेगाना भएका १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१५ लक्ष्मणवा चोकबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-१८ अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखेको अवस्थामा मंसिर १४ गते चोरी भएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त चोरी मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । उनीउपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सप्तरी, तिरहुत गाउँपालिका-४ बस्ने ४४ वर्षीय सोभित लाल खंगको स.३ प ४२९० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा राजबिराज नगरपालिका-६ बस्ने २० वर्षीय बिशो यादव भन्ने विश्व कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।  तिलाठी कोईलाडी गाउँपालिका-१ स्थित कुनौली भंसार कार्यालय गएको अवस्थामा सोही कार्यालयको अगाडि सडक छेउमा राखेको अवस्थामा मंसिर १३ गते दिउँसो चोरी भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा यादवले चलाई ल्याउँदै गरेको अवस्थामा राजविराज नगरपालिका-५ स्थित उक्त मोटरसाइकल फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।

कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ
२०७८-०८-२१

रौतहट, चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् । मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-२१

सिन्धुली, विभिन्न मुद्दाका फरार प्रतिवादी तिनपाटन गाउँपालिका-१ बस्ने मगर कान्छा भन्ने मेष बहादुर थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत तनहुँको २०७१ वैशाख १७, २०७२ जेठ ४ र जेठ १४ गतेको फैसलाले ६ वटा जबरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्दा तथा जिल्ला अदालत सिन्धुलीको विभिन्न १८ वटा लगत नम्बरले सबै मुद्दामा गरी जम्मा १ सय २९ वर्ष ७ महिना १५ दिन कैद र १४ लाख ८३ हजार ३ सय ४७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुलीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

भुपेन्द्र बडुवालको हत्यामा संलग्न १२ जना अभियुक्त पक्राउ
२०७८-०८-२०

कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, सोही नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, सोही नगरपालिका-५ बस्ने २८ वर्षीय विकास खड्का, टिकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबिण रिमाल, सोही नगरपालिका-१ ब्लक नम्बर २५ बस्ने बर्दिया राजापुर नगरपालिका-७ घर भएका २१ वर्षीय रोहित आले, सोही ठाउँ ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका-२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा नगरपालिका-३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविन जंग शाही रहेका छन् ।  टिकापुर नगरपालिका-१ स्थित सिद्वार्थ होटल नजिकै अपरिचित ब्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारको लागि टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  लम्की, चिसापानी, टिकापुर लगायतका क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टाको विषयलाई लिएर एकै समूहबीच मनमुटाव र वैमनश्यता उत्पन्न भई दुई समूहका युवाहरूबीच झै-झगडा हुन थालेपछि एकआपसमा आक्रमण गर्ने योजना बनाएकोमा टिकापुरमा लुकी बसेका कपिल श्रेष्ठले भुपेन्द्र बडुवाललाई लिन बोलाएपछि टिकापुर गएको अवस्थामा आर्यन देवकोटा समेतले भुपेन्द्रलाई फेला पारी हामी विरुद्ध टिकापुर आएको भन्दै ईवी लिई करिब २ किलोमिटरसम्म लखेटी उक्त होटेल नजिक पुर्‍याए पश्चात धारिलो हतियार प्रहार गरी भागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।  उक्त घटनामा संलग्न रही फरार रहेका अन्य ९ जना अभियुक्तहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०८-२०

ललितपुर, आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-१० कुपण्डोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उनकी श्रीमती ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मंसिर १६ गते मृत अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा एक्काराजले घाँटीमा कपडाले कसी कर्तव्य गरी मारेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको  छ ।    

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१९

काठमाडौं, इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस-१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरु मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१९

मोरङ, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका-६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका-७ स्थितमा गत कार्तिक २८ गते बेलुकी धनकुटा पाख्रीबास नगरपालिका-४ बस्ने २६ वर्षीय रिजन दाहाललाई पुरानो रिसिवीका कारण धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मोरङ सुनवर्षी नगरपालिका-८ सिक्टी एरियाबाट फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दामा २ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

अनलाईन ठगी गरेको अभियोगमा पक्राउ
२०७८-०८-१८

काठमाडौं अनलाईन ठगी गरेको अभियोगमा महोत्तरी सम्सी गाउँपालिका-६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पीडितको एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते एक्कासी ५० हजार २ सय रुपैयाँ रकम अनेत्र ट्रान्सफर भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त रकम पीडितको बैंकको खाताबाट आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंक लि. मा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको हो ।  उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ । 

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार महिला पक्राउ
२०७८-०८-१७

कैलाली, सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भएकी कैलाली धनगढी उप-महानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा कोठामा गई बुझी दिन भनि खबर गरेकोमा उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि खटिएको प्रहरीले हेर्दा मागीका सौताको छोरा धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप प्रहरी टोली खटिई फरार रहेकी मागी रोकायाको खोजी भईरहेकोमा उनी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीको सहयोग र समन्वयमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ । उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जना पक्राउ
२०७८-०८-१६

दोलखा गौरीशंकर गाउँपालिका-१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त  गाउँपालिका-१ जुगु बस्ने २७ वर्षीय विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेका छन् ।  पूर्ण बहादुरलाई गत कार्तिक १० गते अज्ञात समूहले नियन्त्रणमा लिई उक्त सहकारीबाट नगद १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट गरी फरार रहेकोमा गौरीशंकर गाउँपालिका-१ जुगुस्थित जंगलमा हातखुट्टा  डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विक्रमलाई काठमाडौं महानगरपालिका-३२ तिनकुने र सुमनलाई काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट लुटिएको मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको उक्त ब्यूरोले जनाएको छ । 

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
२०७८-०८-१३

मोरङ,  कटहरी गाउँपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवादका क्रममा आमा बातियो र बहिनी ३० वर्षीया रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिट गर्ने बातियो र रितालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०८-१२

बझाङ, जयपृथ्वी नगरपालिका-७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । रोजगारीको लागि भारततर्फ जाँदै गरेका छोरालाई सडकसम्म गएर बस चढाई घरतर्फ फर्किने क्रममा मादक पदार्थ सेवन गरेका पीरूले सोही ठाउँस्थित दिपेन्द्रको पानी घट्टभित्र दिपेन्द्रलाई गालीगलोज गरेको र दिपेन्द्रले सम्झाउँदा उल्टै बलेको अगुल्टोले प्रहार गरेपश्चात दिपेन्द्रले कुटपिट गर्दै वाहिर धकेल्दा पछारिई घाइते भएका पीरूको उपचारको लागि जिल्ला अस्पताल बझाङ पुर्‍याउँदा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले दिपेन्द्रलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

विदेशी मुद्रा सहित १ जना पक्राउ
२०७८-०८-११

कास्की,  पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ लो-घेकर दामोदर कुण्ड गाउँपालिका-१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।कास्की जिल्लामा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-३३ स्थित काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको सवारी साधन जाँच गर्ने क्रममा गुरुङलाई उक्त अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो ।उनी उपर अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१०

सुनसरी, चोरी मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ नमस्ते चोक बस्ने २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत सुनसरीको २०७६ जेठ ९ गतेको फैसलाले चोरी मुद्दामा लगत नम्बर ८९५९ मा नगद ५९ हजार ९ सय ६ रुपैयाँ, लगत नम्बर ८९६० मा २ महिना कैद र १७ हजार रुपैयाँ र लगत नम्बर ८९६१ मा ८ महिना कैद र ५३ हजार रुपैयाँ जरिवाना भएकोमा उक्त कैद तथा जरिवाना बेरुजु रही फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ
२०७८-०८-१०

मोरङ,  उर्लाबारी नगरपालिका-८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषकको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  यसैगरी बुढिगंगा गाउँपालिका-७ मा धनकुटा पाख्रीबास नगरपालिका-४ बस्ने २६ वर्षीय रिजन दाहालको हत्या गरी फरार रहेका सुनसरी ईटहरी उपमहानगरपालिका-११ भागलपुर बस्ने २२ वर्षीय राजु तमाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २८ गते बेलुकी पुरानो रिसिवीका कारण राजुले रिजनलाई खुकुरी प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा रिजनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई जिल्ला अदालत मोरङमा पेश गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-०९

मोरङ, वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङ विराटनगरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-०८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर सानागाउँ बस्ने काठमाडौं महानगरपालिका-१० घर भएका ५१ वर्षीय दुर्गा शाही सापकोटालाई बुधबार प्रहरीले प्रकाउ गरेको छ । उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर सानागाउँबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी हिमालयन बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-०७

सुनसरी, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको २०७७ माघ ७ गतेको फैसलाबाट ठहर भएको ४ वर्ष ७ महिना ४ दिन कैद सजाय भुक्तान नभई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि करागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटानगरले जनाएको छ । 

आपसी झगडा हुँदा १ जनाको मृत्यु, अभियुक्त नियन्त्रणमा
२०७८-०८-०६

डोटी, आपसी झगडा हुँदा बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको  छ । झगडामा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरुबीच सामान्य विवादमा झगडा हुँदा घाइते भएका धन बहादुरलाई उपचारको लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चमराचौतराबाट खटिएको प्रहरीले मिलनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेलो पदार्थ सहित पक्राउ
२०७८-०८-०४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट करिब २ हजार १ सय ७० ग्राम तौलको सुन जस्तो देखिने पहेलो रंगको अर्धठोस पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिरहा मिर्चैया नगरपालिका-१२ ठेगाना भएका २६ वर्षीय सरोज सहनी र दाङ दंगिशरण गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय सिताराम चौधरी रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा भित्रीबस्त्रको अगाडिको भागमा फल्स बटम बनाई भन्सार छली गरी लुकाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । सरोजको साथबाट करिब १ हजार ८५ ग्राम र सितारामको साथबाट करिब १ हजार ८५ ग्राम पदार्थ फेला परेको हो । उनीहरुलाई बरामद अर्धठोस सुन सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अबैध रुपमा संकलन गरी लैजान लागेको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेलौरी नगरपालिका-३ ठेगाना भएका ३७ वर्षीय धर्म बहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका-१० ठेगाना भएका ४१ वर्षीय हरि प्रसाद गिरी रहेका छन् । उनीहरूमध्ये धर्मको साथबाट १ सय ग्रामको २ थाना बाला र हरिप्रसादको साथबाट ५० ग्रामको १ थान बाला बरामद भएको हो । मलेसियाबाट काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उनीहरूले उक्त धातुको बालाहरु संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद बाला सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

चोरीमा संलग्न ४ जना पक्राउ
२०७८-०८-०४

भक्तपुर, भक्तपुर  नगरपालिका-१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बानेश्वर बस्ने भारत मोतिहारी घर भएका ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साह र काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने भारत हैदरावाद घर भएका २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।उक्त उद्योगमा गत कात्तिक ३० गते राति चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा २ जना किशोरले उक्त चोरी गरेको सामान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित मुन्ना साहको कवाडी पसलमा बेचबिखन गरेको तथा नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरिरहेको खुल्न आएको छ । उनीहरुको साथबाट २९ केजी ५ सय ग्रामको ढलौटको करुवाको बैठक, ७४ केजी ढलौटको करुवाको मुख, ४७ केजी पानसको डण्डी र ४८ केजी कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ ।उनीहरु उपर भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-०३

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका-११ स्थायी वतन भएका ४६ वर्षीय अन्दीराम इजम लिम्बूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले ५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर नयाँठिमीबाट पक्राउ गरेको हो ।  लिम्बुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसूरमा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ । 

हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरू पक्राउ
२०७८-०८-०२

मोरङ, बुढीगंगा गाउँपालिका-६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका-४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोर रहेका छन् । गत कात्तिक २८ गते राति धारिलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०७८-०७-२९

झापा, गौरादह नगरपालिका-५  बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन रहेका छन् । मबेसिर हुसेन कात्तिक ११ गते बिहानदेखि हराएको भन्ने खबर १४ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घर तलासी लिनेक्रममा उनको घर बाहिर रहेको सेफ्टी ट्याङ्कीभित्र हत्या गरी कम्बलमा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो । थप अनुसन्धानको क्रममा व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत चिजबस्तुहरु समेत प्रहरीले बरामद गरेको छ । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ
२०७८-०७-२८

धादिङ, कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका-१ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका-७ घर हुने १८ वर्षीया किशोरी र सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-१ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा जे.एच. ज्वेलर्स पसल संचालन गरी बस्ने २८ वर्षीय रामशरण राज सुनार रहेका छन् । धुनिबेशी नगरपालिका-१ डाँडागाउँ बस्ने ५९ वर्षीया तिर्थमाया तामाङ आफ्नै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटना शंकास्पद देखिएपछि ईलाका प्रहरी कार्यालय खानिखोला र प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा सोही नगरपालिका भञ्ज्याङ पोखरीबाट वीर बहादुरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उनले बुधबार साँझ ती महिलालाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेपछि महिलाको सुनसमेत लुटेर फरार भएको खुल्न आएको थियो । साथै उक्त सुन लुकाउने तथा बिक्री गर्ने उनकै भाइ सुवास, १८ वर्षीय किशोरी तथा सुन खरिद गर्ने रामशरणलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले रामशरणको पसलबाट ४७.२ लालको सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको १ थान बेरूवा रिङ, १८ वर्षीया किशोरीको कोठाबाट ४७.६६ लालको सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको १ थान बेरूवा रिङ, नगद २२ हजार ६ सय रुपैयाँ र घटनास्थलबाट रगत जस्तो पदार्थ लागेको १ थान ढुङगा बरामद गरेको छ । उनीहरूउपर जिल्ला अदालत धादिङबाट म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०७-२८

मोरङ, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई  ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१५ रानीबस्तीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ
२०७८-०७-२४

कैलाली, टिकापुर नगरपालिका-१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।अपरिचित ब्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारको लागि टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।सोही बिषयलाई लिएर मृतकका आफन्तहरुले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राज बहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ । साथै उनीहरुले लम्कीचुहा नगरपालिका-१ स्थित लम्की चोकमा पूर्व पश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ ।घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ
२०७८-०७-२४

पर्सा,  वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना.२९ प ६७९० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका-१५ भिष्वा बस्ने २२ वर्षीय सुरज सहनी र सोही ठाउँ बस्ने १९ वर्षीय सुजित सहनी रहेका छन् । उक्त मोटरसाइकलको लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा सोही अस्पतालका गार्डले देखी जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउनासाथ तत्काल वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०७-१७

अर्घाखाँची, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सितगंगा नगरपालिका-७ बस्ने ५५ वर्षीय खिम बहादुर पुलामी मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत अर्घाखाँचीको २०५६ असार १८ गतेको फैसलाले उक्त मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिई फरार रहेका उनलाई उनकै घरठेगानामा लुकी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।  उनलाई जिल्ला अदालत अर्घाखाँचीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०७-१६

पर्सा, अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका-६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०७० माघ १७ गतेको फैसलाले उक्त मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले महानगरीय अपराध माहाशाखा र महानगरीय प्रहरी ‍वृत्त गौशाला काठमाडौंको समन्वयमा काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । चौधरी लागायतका प्रतिवादीहरुले २०६७ फागुन २४ गते भारत मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षीय पुरुषलाई पर्सा वीरगंज महानगरपालिका-३२ बाट अपहरण गरी बन्धक बनाएको अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

गोली प्रहार गरी डाँका गरेको घटनाका मूख्य योजनाकार पक्राउ
२०७८-०७-११

महोत्तरी, गोली प्रहार गरी डाँका गरेको घटनामा संलग्न रहेको अभियोगमा घटनाका मूख्य योजनाकार लालबन्दी नगरपालिका-२ पुनर्वास बि-टोल बस्ने ४२ वर्षीय कारी पासवान भन्ने बिश्वनाथ पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले आफ्नै घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा गत असार ३ गते राति आएका व्यक्तिहरूले घरको पर्खाल नाघी प्रवेश गरेर घर परिवारका सदस्यलाई रड तथा वीरेन्द्रलाई कटुवा पेस्तोलबाट गोली प्रहार गरी घाइते बनाई करिब ८ लाख ९७ हजार २ सय रुपैयाँ बराबरको नगद तथा सुनचादीका गहना डाँका गरी लगेको घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोनमा गाउँपालिका-३ रघुनाथपुरबाट पासवानलाई पक्राउ गरेको हो ।साथै पासवान लुटपाट, बम प्रहार, डाँका तथा हातहतियार, अपहरण तथा शरीर बन्धक, चोरी लगायतका विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुल्न आएको तथा उनीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०७-१०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ  । उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० चुन्नीखेलबाट पक्राउ गरेको हो । खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०७-०८

   सुनसरी,  बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद तथा ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा कैद भुक्तानका लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ
२०७८-०७-०२

मोरङ,  धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  साथै सोही घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो । उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका राशनलाई सुनवर्षी नगरपालिका-८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रही गत असोज २५ गते पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र  ५ सय ग्राम अवैध लागूऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । साथै बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ  लुटपाट गरेको घटनामा समेत सोही समूहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ
२०७८-०६-३०

   रसुवा, २०७८ असोज ३० गते    घरायसी बिषयमा झै-झगडा भई कुटपिट हुँदा नौकुण्ड  गाउँपालिका-५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धी बहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिंढीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट पठाएकोमा उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो । कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०६-२७

काठमाडौं,  सिन्धुली, कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् । फुलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले बिक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र बिक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।  सल्यान, बनगार कुपिन्डे नगरपालिका-१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निम बहादुर कवर मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । निम बहादुरले  आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
२०७८-०६-२६

मोरङ, धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई १ थान कटुवा पेस्तोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा विराटनगर उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया गोराहा-४ बस्ने ३० वर्षीय बिजय सहनी र भारत सेखपुरा-५ बस्ने २८ वर्षीय सुनिल यादव रहेका छन् । उक्त बैंकमा मोटरसाइकलमा आएका हतियारधारी समूहले बैंकको गार्डलाई गोली प्रहार गरी घाइते बनाई नगद लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट लुटपाटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये को.२५ प ३८९९ नम्बरको मोटरसाइकलमा सवार ३ जनालाई कटुवा पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । साथै घाइते भएका लुटपाटमा संलग्न बिजय सहनीको प्रहरीको निग्रानीमा रङगेली अस्पतालमा उपचार भइरहेको छ भने गोली प्रहारबाट घाइते भएका बैंकका गार्ड रंगेली नगरपालिका-२ बस्ने ४० वर्षीय सितल कुमालको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०६-२४

ललितपुर, बाग्मती गाउँपालिका-४ प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतककै श्रीमती २८ वर्षीया रजिना भोलुन, गोदावरी नगरपालिका-७ देवीचौर बस्ने ३० वर्षीय ज्ञान कुमार सिंतान, २५ वर्षीया सुनीता सिंतान र गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ३० वर्षीया लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलन रहेका छन् । सोही घटनामा संलग्न गोदावरी नगरपालिका-११ बस्ने मनोज मगर भन्ने २८ वर्षीय मनोज सार्की घटनास्थल नजिकै मृत अवस्थामा फेला परेका छन् । गोदावारी नगरपालिका-७ देविचौर सलेनी खोल्सामा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा असोज ११ गते बिहान राजकुमारको शव फेला परेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको  हो । उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अपहरण गरी बन्धक बनाएको अभियोगमा २ जना पक्राउ
२०७८-०६-१९

काठमाडौं, २०७८ असोज १९ गते चन्द्रागिरी नगरपालिका-३ थानकोट डेरा गरी बस्ने एक महिलालाई जबरजस्ती डरत्रास देखाई अपहरण गरी भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित घरमा बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बस्ने ३७ वर्षीय धिरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बस्ने २९ वर्षीया रसिला अवाल रहेका छन् ।  उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पीडित महिलालाई बन्धक बनाई राखेको रसिलाको घरबाटै उद्धार गर्नुका साथै घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।   उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ । 

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०६-१८

रुपन्देही, २०७८ असोज १८ गते  शुद्धोधन गाउँपालिका-३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्ति बिच झैझगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको हो । साथै चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ
२०७८-०६-१८

कैलाली, २०७८ असोज १८ गते    विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी कसूरमा ३ वर्ष ११ महिना ५ दिन कैद सजाय ठहर भएका कैलारी गाउँपालिका-१ बस्ने बिनोद चौधरी, जबरजस्ती करणीको कसूरमा ३ वर्ष कैद सजाय ठहर भएका बर्दगोरिया गाउँपालिका-६ बस्ने २२ वर्षीय अशोक चौधरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-१ बस्ने शत्रुजित जोशी रहेका छन् । उनीहरुलाई जिल्ला अदालत कैलाली पेश गरिएको छ ।यसैगरी वन मुद्दाका फरार प्रतिवादीहरु धनगढी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय २ जना किशोर, २९ वर्षीय कृष्ण राना र ३० वर्षीय बब्लु रानालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१४

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउपर्सा, २०७८ असोज १४ गते एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका-७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएकोमा कोभिड-१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएकोमा पुन: सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन: बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो ।२०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए । 

ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदार पक्राउ
२०७८-०६-१२

ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदार पक्राउमोरङ, २०७८ असोज १२ गते   ज्यान मार्ने उद्योगमा संलग्न कसूरदार विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद साजिद मियालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार दिउँसो विराटनगर महानगरपालिका-७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।उनीहरुलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
२०७८-०६-१०

रौतहट, २०७८ असोज १० गते  ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट श्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कस्तुरीको बिना जस्तो देखिने २ थान सुगन्धित डल्ला सहित २ जना पक्राउ
२०७८-०६-०३

सुर्खेत, २०७८ असोज ३ गते वीरेन्द्रनगर नगरपालिका-१२ भावरटोलस्थित होटलबाट कस्तुरीको बिना जस्तो देखिने सुगन्धित चिज बस्तुको २ थान कालो डल्ला सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा दैलेख महावु गाउँपालिका-६ स्थायी ठेगाना भई उक्त होटल संचालन गरी बस्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका-२ बस्ने ६० वर्षीय रण बहादुर बोहरा रहेका छन् । उक्त होटलमा कस्तुरीको बिनाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी निजहरूको शरीर एवं होटल समेत तलासी गर्दा लुकाई राखेको उक्त डल्ला फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०७८-०५-०१

काठमाडौं, २०७८ भदौ १ गते  काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका-९ घर भएका ४२ वर्षीय संजिव राईलाई १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकस्थित सडकमा बा.५ प १४० नम्बरको गाडीबाट १ सय २० किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ सिरानचोक बेसी बस्ने ३२ वर्षीय विर बहादुर ब्लोनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीभित्र रहेको पानीको ट्यांकीभित्र उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक ब्लोनलाई पक्राउ गरेको हो ।कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका-२ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमाबर साँझ प्रहरीले पक्राउ गरेको छ । लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक रानालाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका प्युठान प्युठान नगरपालिका-८ खप्रिङ खोला बस्ने २९ वर्षीय बिकास महोत्रा क्षत्रीलाई समेत नगद १४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।